एकैछिनको झल्को :बन्दिपुर

आजकाल दैनिकी निकै उदेकलाग्दो भएको छ । सोचेको कुरा समयमा केही हुनसकेको छैन । एक महिना अघि देखि ब्लगमा थुप्रै फोटो अपलोड गर्ने सोचमा छु । तर परिस्थिति आफैँमा निकै कठोर भएको छ । सेमेस्टर सकिएको खुसि पनि खास केही रहेन । घरमा बस्यो बिजुली हुदैँन भइहाल्यो भने पनि फोन लाईन हुदैँन जसले गर्दा म चाहँदाचाहँदै पनि मनलागेको कुरा र विशेष फोटोहरु अपलोड गर्न सक्दिन । आज कलेजबाट म एकैछिनको समय निकालेर आफूले खिचेको बन्दीपुरको फोटोहरु राख्ने सोचमा छु । म पुग्दा मौसम त्यति सफा थिएन । चाहेको र सोचेको जस्तो फोटो खिच्न सकिँन । तर ठाँउ बास्तबमै निकै रमाइलो थियो । माथिको थानीमाईमा पुग्दा ती हिमालहरु तुँवालोको कारण हेर्न नपाएकोमा मेरो मन चुकचुकायो । सुन्तला ठिक्क सकिने समयमा पुगेकोले सुन्तला बगैँचाको पनि खिच्न पाइएन । बन्दीपुरको त्यो थुम्को अन्य हिसाबले निकै मनमोहक थियो । सानो गुचुमुच्च परेको नेवारी बस्ती । पर्यटक आकर्षित गर्ने मनसायले खोलिएका केही गेष्टहाउस लज र हस्तकलाका सामानहरु । सुन्तला देख्न नपाए पनि त्यही रङ्गको सुन्दरता झल्काउने फुल थुप्रै घरको धुरीहरुमा त्यो माथिको थानी माईबाट देख्दा मनै मोहे ।

दिन त्यति सफा नभए पनि त्यहाँ त्यो दिन छुट्टै मनस्थितिमा खिच्दा भने निकै रमाइलो लागेको थियो ।

dsc04227
थानी माईको मन्दिरबाट देखिएको बन्दिपुर बजार
dsc04235
खासै राम्रो संरक्षण गरेको नभए पनि यो थानी माइको मन्दिरमा कास्की र तनँहुका थुप्रै भक्तजन दर्शनको लागि आउने गर्छन्dsc04251
बन्दिपुरको नेवारी बजार
dsc04241
बन्दिपुरको सबैभन्दा उच्च स्थान जहाँ थुप्रै मानिसहरु पिकनिकको लागि आउने गर्छन् । यहाँबाट निकै राम्रै हिमश्रींखला देखिन्छ ।

orange
Bandipure Suntala

जन्मदिनको शुभकामना

हिजो मेरो जन्मदिन । मैले चाँहदा चाहँदै पनि हिजो केही लेख्न पाईन । मैले ब्लग सुरु गरेको हिजो ठ्याक्कै एक वर्ष भयो । नजान्दा नजान्दै अनि केही साथीले हौसाएकै भरमा मैले ब्लग सुरु गरेको थिएँ । मैले मेरो लेख नै प्रकाशित हुदैँन भन्दा एकजना साथीले ब्लग गर न अनि त आफैँ आफ्नो प्रकाशक पनि भनेका थिए । त्यहीताक आफ्नै कोस्रमा पनि ब्लग बनाउनु पर्ने कारण मैले ब्लग खोले । तैपनि मैले आफ्नो ब्लग भएको ’bout कसैलाई पनि भनिन । ममा आत्मविश्वास नै थिएन । म सोच्थेँ मलाई कसैले पढ्दा कति वाहियात ठान्छन् होला । पछि पोष्ट गर्दै गए पछि आफैँ रमाइलो लाग्दै गयो ।

त्यसैले कहिले फोटो कहिले केही साना लेखाइहरु राख्न थालेँ ब्लगमा । लेखाई निकै फितलो र कमजोर छ जसकारण म आफ्नो लेखाईमा गर्ब गर्न सक्दिन । तर अब कसैले पढे पनि नपढे पनि मलाई भने आफ्नो ब्लग प्रति मोह हुन थालेको छ । अहिले गरिहाल्नु पर्ने र इमेल अलि लामै पठाई हाल्नुपर्ने छ तर पनि इन्टरनेट पाउने बित्तिकै म ब्लगमा केही लेखौ भनेर नै हौसिएको छु । यो एक वर्ष वित्दा मैले निकै कम लेखेँ ब्लगमा । यद्यपि प्राय डायरीमा लेख्छु तर पनि ब्लगमा भने निकै सुस्त गतिमा म पोष्ट गर्छु ।

ब्लगमा लेख्दा मलाई केही लेख्न नहुने कुरा पनि लेखिन्छ की जस्तो लाग्छ । भन्न खोजेको जुन कुराहरु म गोप्य राख्न चाहन्छु त्यो कुरा पनि फुत्कि हाल्छ की भन्ने चिन्ता हुन्छ । जुनकुरा रातको पहिलो प्रहरमा आफ्नो डायरीमा लेख्दा मलाई चिन्ता हुन्न । म निर्धक्क सबै कुरा लेख्छु किनकी त्यसको लेखक र पाठक म मात्रै हुन्छु । ब्लगका शब्द र डायरीका शब्दमा निकै धेरै भिन्नता हुन्छ । मलाई मेरो आफ्नो डायरीको प्रत्येक शब्द प्यारो लाग्छ । ती शब्दहरु पढ्न मलाई कुनै छुट्टै र विशेष समय निकाल्न मनलाग्छ । आफ्नो बालापना रुवाई हसाई ख्याल ठट्टा सबैलाई डायरीका शब्दले विशेष महत्व दिएका हुन्छन् ।

दिनदिनै नलेखे पनि मैले डायरी लेख्न शुरु गरेको ६ कक्षा देखि थियो । सात र आठ कक्षाका सम्झनाहरु विभिन्न कारणले निकै प्यारा र आत्मीय थिए । तीनताक म डायरी खुब लेख्थे । ’emलाई आजकाल पढ्दा तिनमा समावेश भएका साथीहरु र आफू स्वंयमा पनि भएको परिवर्तन हास्यास्पद र प्यारो लाग्छ । हुन त अहिले ब्लगमा लेखेका कुराहरु केही वर्ष पछि ब्लगमै पढ्दा पनि रमाइलो होला तर कतिपय कारणले ती आत्मीय हुदैँनन् । मैले ब्लगमा अहिले लेख्दा मनमा लागेका कुरा भनु की नभनु भनी अन्कनाएर लेखेका कुराले मलाई पुरै अभिब्यक्त गरेको हुदैँन । त्यसैले म साच्चैँ आजका दिन सम्म जति आफ्नो डायरीलाई माया गर्छु त्यति ब्लगलाई गर्दिन ।

मेरो यो सोचाइ बदलिन पनि सक्ला तर जे होस् ब्लग प्रतिको मोह भने दिन प्रतिदिन बढ्दै गईरहेको छ । यसमा विशेष म फोटोहरु राख्न सक्छु जसलाई मैले धुलाउनु पर्दैन खासै केही खर्च पनि हुदैँन तर यो सधैँ ताजा रहन्छ । पहिला पहिला मैले अरुले खिचेको पनि फोटो राखेको थिएँ भने अब चाहिँ म आफैँले मात्रै खिचेको फोटोहरु राख्ने छु ।

अर्कोवर्षको मेरो ब्लगको जन्मदिनमा म आफैँमा थुप्रै परिवर्तन आएको हेर्न चाहन्छु । यसमा मेरो स्वार्थ भनेको चाहिँ म आफूमा आएको परिवर्तनलाई यही ब्लगले पुरै नभए पनि केही मात्रामा झल्काओस् । मेरो लेखाइमा सानै भए पनि निखारता आओस् । मेरो ब्लगलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Whose fault?

Today I started my day with an email that I sent to my friend who was waiting my reply from last three days. As always there is load shedding. I wake up at 1:30 am in the morning so that I could check his email and sent a reply.

After that I pick the book by Arvind Adiga “The White Tiger” which I was reading and was there in the fourth morning. I find the book interesting and the character Balaram Halwai too. I read up to the sixth night then got to go bath.

Last day I had no money in my pocket so dad gave me 250. I was happy with the money because the class is in ktm and I don’t need so much money as I need more If I had class in Dhulikhel. I went to the departmental store with two of my friend. We walked all the way from Ravibhawan to Baneshwor Departmental store. I actually want to try Carlsberg beer from last some of the day. Ah I am moving from the way here. So I bought Carlsberg and Classic Lays. But the taste of the beer I find is not tasty but the lays was tasty. So, I finished all the money my father gave me all these nonsense stuffs.

Today morning shamefully I have to ask my father for the money. And today he gave me one thousand ruppees. I feel so happy thinking that I will buy the adidas shoes. But what happened is that after we finished the class which was just of thirty minutes. We planned to go to Archies in Khichapokhari. Manji wants to buy the Valentine Card and I want to take the picture of the cards I like the most so that I could upload them in the blog. But, sadly what happen is I lost my purse. I lost my ATM card along with all the vouchers, KU student card and may be other cards as well. Actually not lost I think it is stolen by some street children. I don’t know. I heard these days many street children stole the purse from the bag in Newroad. So be careful.
Now I just arrived home and feel what to do. Its not my first time that I lost or am stolen. One year before I lost my Sony Camera in the Taxi after that this is the second time which I cannot forget. I am thinking that If I open my bag now the purse is there waiting for me but its my stupidity. How can it be there???????

Trip to Ramechhap

clear view of Tamakoshi from Manthali Bazarमन्थली बजारबाट देखिएको तामाकोशी नदी

Surya ko pahilo kiran Dharti ma

Surya ko pahilo kiran Dharti ma

सुर्यको पहिलो किरण धर्तीमा
<img src=”https://pramb.files.wordpress.com/2009/02/green-tree-in-clean-sky1.jpg&#8221; alt=”green tree in the clean sky” title=”green-tree-in-clean-sky1″ width=”500″ height=”375″ class=”size-full wp-image-199″ /सुख्खा तामाकोशी बगरमा निलो आकाश मुनि हरियो रुख
img src=”https://pramb.files.wordpress.com/2009/02/papaya.jpg&#8221; alt=”green papaya in the field of Majhi people of Kunauri village” title=”papaya” width=”400″ height=”533″ class=”size-full wp-image-200″ />रामेछापको कुनौरी गाँउ स्थित माझीहरुको बारीमा फलेको मेवा

Manthali bazaar ma Laxmi Prasad Devkota ko salik

Manthali bazaar ma Laxmi Prasad Devkota ko salikमन्थली बजारमै रहेको लक्ष्मी प्रसाद देवकोटाको शालिक
img src=”https://pramb.files.wordpress.com/2009/02/in-the-bank-of-tamakoshi.jpg&#8221; alt=”Me in the bank of Tamakoshi river” title=”in-the-bank-of-tamakoshi” width=”600″ height=”404″ class=”size-full wp-image-202″ />सुख्खा डाडोँ तामाकोशी नदी र ढुङ्गे बगर