जथाभावी गोलीले बालकको मृत्यु

यो समाचार बिहीबारको नागरिक दैनिकको पहिलो पृष्ठमा प्रकाशित भएको हो।

गिरीश गिरी/विनिता दाहाल- काठमाडौं, माघ ७- सरस्वती पूजामा भेला भएका साथीहरुको नृत्य हेरिसकेपछि दुई कक्षामा पढ्दै गरेका सन्तोष कार्कीले बुधबारै घोषणा हुन लागेको रिजल्ट’bout शिक्षकसँग जिज्ञासा राखेका थिए। दिउँसो मात्र त्यो थाहा हुने बताइएपछि घर फर्कदै गरेका ९ वर्षेको बाटोमै गोली लागेर मृत्यु भयो।
‘ऊ एलकेजीमा भर्ना भएदेखि लगातार प्रथम हु”दै आएको थियो,’ मृत्युको केहि घन्टापछि सन्तोषको त्यही जिज्ञासा नागरिकले राख्दा गोठाटारस्थित भिमेश्वर एकेडेमीका इञ्चार्ज राजीव सेढाईले भने, ‘यसपटकको परीक्षामा पनि ऊ सर्वोत्कृष्ठ भएको छ।’

गोठाटार-७ स्थित शोकमग्न घरमा बुधबार बेलुकी पुग्दा सन्तोषका बा, आमा र दाइ एकै ठाउँ गुजुल्टिएर रोइरहेका थिए। छेउको कोठामा आफन्त र छिमेकको भीड लागेको थियो। त्यसैको भित्तामा रातो रिबनभरि झुण्डिएका स्वर्ण पदकहरु देखिए।
‘कक्षामा प्रथम भएपिच्छे स्कूलले उसैलाई दिएको हो,’ एकै विद्यालयमा पढ्ने ठूलो बुवाका छोरा प्रदीप कार्कीले भने, ‘केहि चाहिँ अनुशासनको निम्ति पनि पाएको थियो।’
दुई छोराको भविष्य राम्रो हुन्छ भनेरै दोलखा शैलुङेश्वरका शम्भु कार्की पाँच वर्षअघि सपरिवार काठमाडौं बसाई सरेका थिए। साढुदाइ गोविन्दसँग मिलेर महाबौद्धमा खाजा पसल चलाउँदै आएका उनको सपना कान्छो छोराको मृत्युसँगै बिथोलिएको छ।
सार्वजनिक स्थलमा रोडाको थुप्रो लगाएपछि गोठाटार-८ का बासिन्दा र ठेकेदार रत्न लामाबीचको झगडामा ठेकेदार पक्षबाट गोली प्रहारपछि त्यसको सजाय सन्तोषले भोग्नु परेको हो। ‘बिहानै भएको त्यो झगडा प्रहरीको उपस्थितिमा उतिबेलै सहमतिमा टुंगिएको थियो,’ प्रत्यक्षदर्शी टोलबासी गंगाबहादुर थापा भन्छन्, ‘अचानक उनीहरुको समूह पाँचवटा मोटरसाइकलमा आयो र सडकछेवैको पर्खालमा बसेका हामीतिर एक्कासी बन्दुक तेर्स्यायो।’ त्यसलगत्तै गोलीको फोहरा छुटेको बताउने थापाका अनुसार स्कूलबाट फर्कदै गरेको बालकहरूतिर पनि बन्दुक तेर्सियो र लगातार गोली निस्किरह्यो।
‘उफ्रँदै हिँडेका बच्चाहरु मोटर गुड्दै गरेको सडकतिर जालान् भनेर म सम्हाल्दै थिए”,’ सरस्वती पूजाको दिन स्कुलबस नआउने भएपछि बच्चाहरु ल्याउने पुर्‍याउने जिम्मा पाएकी सन्तोषकी सानी आमा शोभा कार्कीले भनिन्, ‘अचानक पटटट पड्केको आबाज आयो र गोली लागेर हातमा झनन्न भएपछि म आफैं बेहोस भए”।’ त्यतिबेला उनले डोर्‍याउँदै गरेका ११ जना बच्चा कता-कता लागे भनेर उनले छुट्याउनै सकिनन्। ‘धमाधम सटरहरु बन्द हुन थालेको र बच्चा-बच्चा भनेर चिच्याएको आबाजको धमिलो सम्झनामात्र छ,’ काठमाडौं मेडिकल कलेजको विछ्यौनाबाट उनले भनिन्, ‘एकजनाले बोकेर छेवैको मेडिकल पसलमा लगेपछि बल्ल मलाई होश खुल्यो।’ गोली लागेर दाहिने हातको हड्डी फुटेको र बुढी औंला काटिएको उनी आफ्नो अवस्थाभन्दा सन्तोषको मृत्युबाट चिन्तित थिइन्। ‘अघिमात्र स्कूलको मिस अस्पताल आएर सन्तोषले बिहान दिएको चकलेट देखाउँदै बिलौना गरिरहेकी थिइन्,’ शोभाले भनिन्, ‘आजै उसको दाइको जन्मदिन भएकाले ठूलो पाकेट चकलेट उसैले स्कूलमा सबैलाई बा”डेको रहेछ।’
लहरै गोली हिर्काएपछि होहल्ला र भागाभाग फैलिएकै बेला मोटरसाइकलमा आएका बन्दुकधारीहरु भने खुँडा र खुकुरी हल्लाउँदै अगाडि बढ्न खोजेको स्थानीय बासिन्दा बताउँछन्। उनीहरुका अनुसार त्यसमध्ये तीन मोटरसाइकलमा सवार तत्कालै भाग्न सफल भए भने दुईवटा मोटरसाइकलमा आएकाहरूलाई स्थानीयबासीले समाते। दुवै मोटरसाइकलमा आगो लगाएपछि टोलबासीले तिनलाई निर्घात कुटपीट गरे।
कुटाइ खाने आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएर कोटेश्वर प्रहरीको भ्यानले काठमाडौं मेडिकल कलेजतर्फ दौडाएको थियो। ‘त्यो भागदौडको बेला कोखमा गोली लागेर सडकमा लडेको बच्चातर्फ हाम्रो ध्यानै गएन,’ कोटेश्वर प्रहरीका इञ्चार्ज सइ छविरमण भट्टराईले भने, ‘अचानक आइपरेको अवस्थामा भीड र हल्लाले जता डोर्‍यायो हामी उतै पुग्यौं।’
गोली लागेर घाइते भएको बालकलाई पहिलो प्राथमिकता नदिएर आक्रमणकारीलाई प्रहरीले अस्पताल पुर्‍याएको आरोप लगाउँदै केही स्थानीयबासीले आक्रोश पोखेका थिए। ‘घाइते यहा” छ भनेर हामीले कराएको करायै गर्‍यौं,’ स्थानीय जीवन थापा भन्छन्, ‘तर प्रहरीले सुन्दै सुनेन।’
भाइको कारमा राखेर काठमाडौं मेडिकल कलेज पुर्‍याउनुअगावै सन्तोषको शरीर लत्रिसकेको प्रत्यक्षदर्शी गंगाबहादुर बताउँछन्। ‘अस्पताल पुग्नेबित्तिकै डाक्टरहरुले पेटमा थिचे र मृत्यु भइसकेको घोषणा गरे,’ उनले भने, ‘त्यसपछिको असह्य बेदनामा म अस्पतालबाहिर निस्केर १०-१५ जना सहित नारा लगाउन थालेँ।’
लजालु स्वभावका सन्तोष पढाइमा बढी ध्यान दिने र कम बोल्ने केटाकेटीको रुपमा टोलबासीले चिन्छन्। ‘आफ्नै सुरमा फर्किरहदा अचानक गोलीको आवाजसँगै ममी कराएको सुनेँ,’ शोभाका छोरा निरजले भने, ‘त्यसपछि मसँगै हिडिरहेको सन्तोष लड्यो।’
निरजका अनुसार त्यसपछि उनीहरु सबैजना नजिकैको सटरतिर भागे। ‘साथमा भएका बहिनीहरु रूवाबासी गर्न थाले,’ उनले भने, ‘सुरुमा त मैले केही गर्न सकिन। एकै छिनमा म पनि रोए”।’
‘ठूलो भएपछि डाक्टर बन्छु भन्थ्यो,’ सँगै हि”ड्दा हि”ड्दै बाटोमा ढलेको साथीका सपना सम्झँदै निरजले भने, ‘त्यसपछि गाउँ (दोलखा) फर्केर अस्पताल खोल्छु भनेर सुनाएको थियो।’
सन्तोषको घरमा जम्मा भएका आफन्त र छिमेकले शिक्षण अस्पतालमा राखिएको शव जिम्मा लिन मानेका छैनन्। ‘यो हत्यामा संलग्न सबैलाई कारबाही गरेको देखाउनै पर्छ,’ उनीहरुले एक स्वरले भने,’त्यति नभएसम्म उसको अन्त्येष्टी गर्दैनौं।’

Advertisements

आमाहरुबाट सिकेर बालक्लब

यो लेख हिजोको नागरिक सप्ताहन्त जुनकिरीमा प्रकाशित भएको हो ।

महोत्तरी जिल्लाको खयरमारा। हेटौंडाबाट सर्लाही हुँदै जानकी मन्दिर जाने हो भने बर्दिबास नपुग्दैको जंगलबाट तीनघण्टा पैदलपछि आइपुग्छ यो ठाउँ। लोकल बस चल्दैन, कहिलेकाहीँ ट्र्याक्टर चलेमात्रै हो हिँड्न नपर्ने। गाउँभरिमा मोबाइलको टावर टिपे पनि बिजुली छैन। आँखाले भ्याएसम्म उखुको खेती हुने ठाउँ। हो, यहीँ छ उनीहरूको गाउँ।

आफू जन्मेहुर्केको गाउँ कति प्यारो हुन्छ? आफ्नै गाउँको माया नभएको भए उनीहरूले …सरसफाइ बालक्लब’ खोल्ने नै थिएनन्। पहिला उनीहरूको गाउँलाई दलितटोल भनेर चिनिन्थ्यो। त्यो सुन्न उनीहरूलाई मन नभएपछि अब बिस्तारै आफ्नै बालक्लबको नामबाट सरसफाइ बालक्लब भएको गाउँ भनेर चिनाउने रहर पलाएको छ।

उनीहरू हुन्, खयरमारा गाविस वडा नं ५ को सरसफाइ बालक्लबका २५ जना बालबालिका। ६ बहिनी र १९ भाइ भएको एउटा बालक्लब जहाँ उमेरअनुसार आफूले गर्नसक्ने काम गरेर उनीहरू घरगाउँ सरसफाइ गर्ने अभियानमा छन्। तर, आज हामीसँग कुरा गर्न लक्ष्मीनारायण उच्च माविका तेह्र जना भाइबहिनी मात्रै छन्। बाँकीको त स्कुल नै छुट्टी भएको छैन।

रेडियो, पत्रपत्रिका र टिभी सबै नभएको ठाउँमा बालक्लब खोल्ने उपायचाहिँ कहाँबाट आयो त? सदस्य मानबहादुर परियारले भने, …आमाहरूको आमा समूह देखेर।’ दुईवर्ष अघिदेखि आमाहरू सधैं महिनाको चारपटक गाउँको मध्यभागमा पर्ने जनमुखी शिक्षा केन्द्रमा भेला हुन्थे।

अहिले कक्षा १, २ मा पढ्ने बालबालिका त्यतिबेला आमाको दुध चुस्दै यही केन्द्रमा आइपुग्थे। अलि ठूलाचाहिँ आमाको धोतीको फेर समाउँदै। आमाहरूले यसैगरी भेला हुँदा समाजका कुरा गर्न थाले, प्रौढ शिक्षाको व्यवस्था मिलाए। पछि गएर त पानीको निकै दुख भएको खयरमारामा सामूहिक रूपमा धारासम्म ल्याए।

यस्तैमा एकदिन अहिले बालक्लबका अध्यक्ष रहेका गोविन्द मगरातीले पनि जुक्ति लगाए। उनलाई लाग्यो, के समाजमा बस्नेे आमाहरूको मात्रै समस्या हुन्छ त? हाम्रोचाहिँ हुँदैन? अनि, त्यही बेला उनले सबै आमासँगै आमा समूहमा आएका आफ्ना साथी बटुलेर बाल समूह खोल्ने नयाँ उपाय’bout सुनाए। त्यसरी सबै मिल्ने कुरालाई साथीहरूले पनि नाइँ भनेनन्। तर, बालक्लब भन्ने शब्द त उनीहरूले पहिला सुनेका पनि थिएनन्। उनीहरूको विचार थियो — यसलाई …बालबालिका समूह’ भनेर नाम राख्नुपर्ला।

आफ्नो योजना स्कुलका हेडमास्टर सूर्यकुमार देवकोटालाई पनि सुनाए। खुसी भएका हेडमास्टरकै सल्लाहमा उनीहरूले आफ्नो समूहको नाम दिए — सरसफाइ बालक्लब। नामैअनुसार यो बाल क्लबले आफू, आफ्नो घरपरिवार र गाउँघर सफासुग्घर राख्ने काम गर्छ।
प्रत्येक शनिबार बिहान ८ बजे भेला भएर गाउँघरका बाटोमा देखिएका प्लास्टिक टिप्ने। पानीधाराहरू सफासुग्घर राख्ने गर्छन्। गएको जेठदेखि प्रत्येक १५ दिनमा उनीहरूले बचत गर्ने बानी पनि थालेका छन्। यसरी बचत गर्न पनि बालक्लबका अध्यक्ष गोविन्द मगरातीकी आमा बच्चीले बालबालिकाले पैसा जोहो गर्न सिकून् भनेर सुझाएकी थिइन्। एकपटकमा दस रुपैयाँको दरले बचत गर्दा अहिलेसम्म ३ हजार आठ सय रुपैयाँ जम्मा भइसकेको छ।

कोषाध्यक्ष मनिषा मगरातीले भनिन्, …हामीमध्ये कुनै साथीको घरमा पैसाको समस्या परे हामी ऋण पनि दिन्छौं।’ दस रुपैयाँ मात्रै हो र? शनिबारको बैठक बस्ने दिन कोही ढिलो पुगे पाँच रुपैयाँ जरिवाना तिर्नुपर्छ। कसैले जानीजानी कुनै गल्ती (जस्तै जथाभावी प्लास्टिक फाल्ने, साथीसँग झगडा) गरे पनि उनीहरूले समूहमा छलफल गरेर दोषीलाई जरिवाना तिराउने र उचित सजायँ दिने गर्छन्। …त्यसैले त आजकाल हामी साथीबीचमा झगडा हुँदैन,’ सहसचिव प्रमिला बस्यालले भनिन्, …बालक्लब गठन हुनुभन्दा पहिला श्रीषाको र मेरो झगडा परिरहन्थ्यो।’

आफूहरूबीचमात्र होइन अभिभावकको झगडा पनि मिलाउन उनीहरू तल्लीन छन्। बाल क्लबका सदस्य मानबहादुर परियार भन्छन्, …बुवाले घरमा ममीलाई फोहोर कुरा भनेर गाली गर्दा त्यसो नगर्नू हामीले पनि सिक्छौं भन्दिएँ।’ त्यसपछि त यस्तो झगडा उनले सुन्न परेको छैन रे।

आमा समूह भेला हुने दिन शुक्रबार। बालक्लबको शनिबार। यसरी नै मिलाएका छन् समय उनीहरूले। यो बाल क्लबमा शिशु कक्षादेखि १० कक्षासम्मका भाइबहिनी सदस्य बन्न पाउँछन्। भेला हुने दिन शनिबार पहिला गाउँघर सफा गरेर, कुनै विषयमा छलफल गरिसकेपछि पन्ध्र मिनेट नाचगान पनि गर्छन् उनीहरू।

त्यही बेला पो थाहा भयो गाउँमा सबैभन्दा नाच्न जान्ने त सपना मगराती र रेना बिसङ्खे रहेछन्। अनिषाले भनिन्, …पहिला हामी उनीहरूलाई पढ्न नजान्ने भनेर जिस्काउँथ्यौं तर अहिले त पढ्न थोरै आए पनि नाच्न आउँदोरहेछ भनेर माया गर्छौं।’ यसरी उनीहरूले अहिले को केमा जान्ने छ भन्ने थाहा पाएका छन्। सबैलाई माया गर्नुपर्ने जानेका छन्।

साँच्चै, गएको तिहारमा त उनीहरूले सामुहिक देउसी, भैलो पनि खेलेछन्। त्यसबाट जम्मा भएको धान, चामलले वनभोज गरे। जम्मा भएको पैसाचाहिँ बचतमा नै जम्मा गरे। प्रमिलाले भनिन्, …अब हामी बिस्तारै खेलकुदका सामग्री पनि हाम्रो बालक्लबमा ल्याउँछौं।’
रमाइलो कुरा त के भने उनीहरूले बाल क्लबमा …छोराछोरी बराबरी’ भन्ने अभियान चलाइसकेका छन्। पहिला घरमा सधैं ललिताले मात्रै भान्छामा, विदाको दिन वनमा जाँदा बुवाआमालाई सघाउने गर्दिरहिछन्। यसले गर्दा दाइ पवनले जति आफू पढ्नै नपाउने। पछि अभियान चलेपछि त उनले दाइलाई पनि आफूसरह काम गर्नुपर्ने बताइन्। पवनले पनि बहिनीको कुरा मानिहाले।
तिमीहरू पनि आफ्नो गाउँटोलमा यस्तै बाल क्लब खोल्ने कि?