जेठ १४, २०६८

जेठ १४ मा संविधानसभा भवनको बिहानी माहोल

जेठ १४

जेठ १४जेठ १४

जेठ १४

जेठ १४

जेठ १४

जेठ १४

जेठ १४

 

जेठ १४

जेठ १४

Advertisements

‘क्यान्टिन गफ’ जसले तोड्यो त्रिवि परम्परा….

नागरिक कार्यालयमा उत्साही तीन युवा क्रमश विजय अर्याल, केशवराज रेग्मी र शंकर पौडेल तस्विर: चन्द्रशेखर कार्की

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले इतिहासमै पहिलोपटक जाँचको अंक चित्त नबुझे उत्तरपुस्तिका हेर्ने वैधानिक अधिकार पाएका छन् । सर्वोचच अदालतको बुधबारको फैसलाले जाँचकर्ताबाट प्राप्त अंक चित्त नबुझे उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि हेर्ने अधिकार सुनिश्चित गरेको छ ।
त्रिविको परीक्षा प्रणालीमै अभूतपूर्व परिवर्तन ल्याउने यो निर्णयलाई पछाडी फर्केर हेर्दा शंकरदेव कलेजका केही विद्यार्थीको क्यान्टिन गफबाट सुधार अभियान सुरु भएको देखिन्छ ।

२०६६, जेठ। बिबिएस प्रथम वर्षको नतिजा भर्खरै आएको थियो। जाँचमा पाएको अंकमा चित्त नबुझेका विद्यार्थी कलेजको क्यान्टिनमा बसेर परीक्षा प्रणालीप्रति गुनासो गरिरहेका थिए। समूहमा थिए, केशवराज रेग्मी, विजय अर्याल, शंकर पौडेल, सन्तोष न्यौपाने र सोम ढकाल। यसमध्ये अंग्रेजीमा ११ र बिजनेस स्ट्याटसमा ७ अंकमात्र पाएर विजय निकै दुःखी थिए। अनुत्तीर्ण भएपनि आफूले पाएको अंक मिहिनेतभन्दा निकै कम भयो भन्ने उनलाई लागेको थियो।
जतिसुकै कसे पनि यति थोरै अंक आउला भन्ने उनले चिताएकै थिएनन्।

सबैले पुनर्योगमा जान सल्लाह दिए। तर, पुनर्योगले पनि उही नतिजा देखायो।

त्यसपछि विद्यार्थीको यो समूहले उत्तरपुस्तिका हेर्न पाउँ भनी निवेदनमा जाने सहमति गर्‍यो। कलेजदेखि नै जोसिलो स्वभावका रेग्मीले अभियानको नेतृत्व गर्ने बिँडो उठाए। अर्यालको मार्कसिटको प्रतिलिपि र ‘उत्तरपुस्तिका हेरिपाउँ’ भन्ने निवेदन लिएर रेग्मी त्रिविको सूचना अधिकारीकहाँ गए। सूचनाको हकसम्बन्धी अधिकार २०६४ अनुसार विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुपर्छ भन्ने उनको जिकिर थियो।

उनले निवेदन दिए। तर, त्रिविले ‘यस्तो व्यवस्था हुँदै नभएको’ भन्दै दर्ता गर्न मानेन।

त्यही बेला राष्ट्रिय सूचना आयोगका प्रमुख विनय कसजूले हुलाकमार्फत् त्रिविमा निवेदन दर्ता गराउन सुझाव दिए। रेग्मीले त्यही बाटो पछ्याउँदै त्रिविको सूचना अधिकारीका नाममा हुलाकबाट निवेदन पठाए। तर, यसपालि पनि काम बनेन। त्रिविले आफूकहाँ ‘सूचना अधिकारी भन्ने पदै नभएको’ जवाफ दिँदै चिठी फर्काइदियो।

रेग्मीले त्यही चिठी परीक्षा नियन्त्रकको नाममा पठाए। दर्ता त भयो, तर १५ दिन बित्दा पनि जवाफ आएन। त्रिविले कुनै जवाफ दिएन भन्दै उनी राष्ट्रिय सूचना आयोग पुगे। आयोगले ‘उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउनू’ भन्दै त्रिविलाई पत्र पठायो।

त्रिविले अझै त्यसको पालना गरेन। ६ महिनामै उत्तरपुस्तिका नष्ट गरिने जिकिर गर्दै त्रिविले भन्यो, ‘अर्यालको निवेदन ६ महिनाभन्दा पछि परेको छ। उत्तरपुस्तिका देखाउन मिल्दैन।’
यो जवाफपछि विद्यार्थीहरू सेलाए।

२०६६, कात्तिक।
विजयभन्दा एक वर्ष जुनियर शंकरको बिबिएस प्रथम वर्षको जाँचको नतिजा आयो। यसपालि शंकरले पाएको अंक देखेर त साथीहरूबीच हाँसोको फोहोरै छुट्यो – १ नम्बर।
मार्कसिटमा ०१ आउँदा उनले सुरुमा त ६१ हो कि भन्ठानेछन्। तर, फेल भएको नतिजा भएकाले त्यो १ नै भएको पक्कापक्की भयो। उनी मार्कसिट देखेर दिनभरि अफिसमा दुःखी भए। स्कुलदेखि नै अंग्रेजीमा राम्रो अंक ल्याइरहेका उनले जाँचमा सबै प्रश्न हल गरेका थिए।
‘एक नम्बरमात्र आउँछ भन्ने लागेको भए त म जाँचै दिँदैन थिएँ,’ पौडेलले त्यो घटना सम्झँदै शुक्रबार नागरिकसँग भने, ‘६१ आउनुपर्नेमा झुक्किएको हो कि भनेर रिटोटलिङ गराएँ। फेरि पनि ०१ नै आयो।’
विद्यार्थीको त्यही समूहले यसपालि त्रिविलाई चुनौती दिने निर्णय गर्‍यो। अघिल्लोचोटि ६ महिनाभन्दा पछि निवेदन दिएको बहाना गर्दै त्रिविले गुनासो सुनुवाई गरेको थिएन। यसपालि उनीहरू त्रिविले नै तोकेको हदम्यादभित्र थिए।
छलफल भयो। फेरि पनि रेग्मीले नै नेतृत्व लिने भए।
सबै विद्यार्थी जाँचमा अनपेक्षित रूपमा असफल हुने गरे पनि उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि माग गर्दा त्रिविबाट अल्झाउन खोजिन्थ्यो। पहिलो वर्षका विद्यार्थी पुनःपरीक्षा दिइकन तेस्रो वर्ष सकेर स्नातक गरिसक्दा पनि त्रिविबाट केही हुन्छ भन्ने आस नहुनाले ‘लफडा’मा फस्न चाहँदैन थिए। रेग्मीले लाखौं विद्यार्थीको भविष्य जोडिएको त्रिवि परिक्षा प्रणालीलाई बदल्न तत्परता देखाए। उनले जाँचपुस्तिकाको प्रतिलिपि हेरिपाउँ भनी निवेदन दिए।
‘म आफू जाँचमा पास भएको थिएँ, खासै चित्त नबु‰दो नम्बर पनि थिएन,’ रेग्मीले भने, ‘तर त्रिविमा एउटा नियम बसोस् भनेर आफ्नो र बाँकी तीनजना अनुत्तीर्ण साथीहरूका तर्फबाट संयुक्त निवेदन दिएँ।’
त्रिविमा निवेदन दर्ता त भयो, तर त्यहाँका पदाधिकारीले यसको सुनुवाई हुने कुनै गुञ्जायस नभएको बताए। ती पदाधिकारीले हाकाहाकी नै उनलाई ‘यस्तो झन्झटमा नफस्न’ सल्लाह दिएको रेग्मी बताउँछन्।
‘त्रिचन्द्रका विद्यार्थीको संयुक्त आन्दोलनले त केही हुन सकेन भने तिमी एक्लैले के गर्न सक्छौ भन्दै परीक्षा नियन्त्रकले मलाई हतोत्साही पार्न खोजे,’ रेग्मीले सुनाए, ‘बरु विद्यार्थी नेताहरूकहाँ गएर समस्याको समाधान गर भने।’
यसअघि त्रिचन्द्रमा बिएस्सी तेस्रो वर्षका सबै विद्यार्थीको ‘क्वान्टम साइन्स’ भन्ने विषयमा २६ नम्बर आएको थियो। त्यतिखेर पनि ती विद्यार्थीले सामूहिक आवाज उठाएका थिए। तर, सुनुवाई भएन। उनीहरू अहिले पुनःपरीक्षा दिएर पास भइसकेका छन्।
रेग्मी र उनको समूह भने त्रिविको जवाफले मान्नेमा थिएनन्। सूचनाको हकसम्बन्धी अधिकारको आधारमा आफूले त्रिविबाट जाँचपुस्तिकाको प्रतिलिपि पाउनैपर्छ भन्ने अडान उनीहरूले लिइरहे।
‘यसको छिनोफानो गर्न हामीले त्रिवि धाउन छाडेनौं,’ रेग्मीले भने, ‘तर त्रिविले भनेअनुसार ६ महिनाभित्रै दिएको निवेदनमा पनि त्रिविले केही जवाफ दिएन।’
उनीहरू त्यसविरुद्ध आयोग गए।
आयोगले ४ विद्यार्थी ६ महिनाभित्रै निवेदनमा जाँदा पनि किन नदिएको भन्दै त्रिविलाई बिनाझन्झट उत्तरपुस्तिका उपलब्ध गराउन निर्देशन दियो। त्रिविले भने ‘अर्यालको विषयमा आयोगको निर्णयविरुद्ध आफू सर्वोच्चमा रिटमा गइसकेकाले त्यहाँबाट फैसला नहुँदासम्म दिन नमिल्ने’ बतायो।
त्रिविले अर्याल र बाँकी चार विद्यार्थीको विषयमा पटकपटक गरेको आयोगको निर्णय जायज नभएको भन्दै सर्वोच्चमा फेरि रिट दायर गर्‍यो। आयोगले क्षेत्राधिकारबाहिर गएर निर्णय गरेको, वर्षेनी लाखौं विद्यार्थीलाई उत्तरपुस्तिका उपलब्ध गराउने विषय कार्यान्वयन गराउन सम्भव नभएको र जाँचकर्ताको नाम राख्दा सुरक्षा खतरा हुने उसको जिकिर थियो।
०६६ सालमा परेको उक्त रिटमा विद्यार्थीहरू लगातार लडिरहे। सर्वोच्चको बिहीबारको फैसला यसैको नतिजा हो।
‘थुप्रै स्वावलम्बी विद्यार्थीको समस्या थियो,’ रेग्मीले भने, ‘त्यसलाई एउटा टुंगोमा पुर्‍याउने अठोट लिएको थिएँ। त्यही भयो।’

वर्षौंदेखि उत्तरपुस्तिकामा रहेको जाँचकर्ताको एकाधिकार तोडेर सर्वोच्च अदालतले आफ्नो हकमा गरेको फैसलालाई विद्यार्थीहरूले ‘जित’का रूपमा लिएका छन्।
उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउनुपर्ने माग विद्यार्थीले वर्षौंदेखि राख्दै आएपनि त्रिविको लामो झन्झटमा अल्झेर एउटा नियम बस्न सकेको थिएन। तर, शंकरदेव कलेजका केही विद्यार्थीले लामो समय त्यसको प्रक्रियामा रहेर त्रिविदेखि उत्तरपुस्तिकाको प्रतिलिपि हेर्न पाउनुपर्ने मुद्दालाई सर्वोच्चसम्म पुर्‍याएर त्रिविको एउटा पद्दति नै बदलेका छन्। उत्तरपुस्तिका जाँच्ने कुनै मापदण्ड नभएकाले अपवादका इमान्दार शिक्षकबाहेक धेरैले परम्परागत ढंगलाई नछोड्दा विद्यार्थी पीडित छन् भन्ने विषयलाई सर्वोच्चको फैसलाले केही हदसम्म पारदर्शी बनाउनेमा शिक्षाविद्, विद्यार्थी आशावादी भएका छन्।
त्रिविको उत्तरपुस्तिकामा जाँचमा व्यापक लापरवाही र अनियमितता रहेको यसमा संलग्नहरू नै स्वीकार गर्छन्। खासगरी एउटा उत्तरपुस्तिका जाँचेबापत् पाइने पारिश्रमिक एकदमै थोरै भएकाले ध्यानपूर्वक जाँच्नेहरू निकै कम हुने उनीहरू बताउँछन्।
‘सबैलाई थोरै समयमा धेरै उत्तरपुस्तिका जाचौं भन्ने हुन्छ,’ एक प्राध्यापकले भने, ‘सबैले लेखेको उत्तर माथिदेखि तलसम्म पढ्दा त महिनौं बित्छ। धेरैले गर्ने भनेको, सर्सती हेर्‍यो, हचुवा भरमा नम्बर दियो।’
वरिष्ठ प्राध्यापकहरू फुर्सत नभए आफ्नो नाममा लिएका उत्तरपुस्तिकाधरी अर्कालाई जचाउँछन्। खासगरी विदेश भ्रमणमा जानुपर्ने छ भने यो कामै नलिएर पैसा गुमाउनुभन्दा अर्कालाई जाँच गराउनु नै उनीहरू सजिलो ठान्छन्।
‘उत्तरपुस्तिका जाँचलाई बाध्यात्मक कामको रूपमा लिने प्रवृत्ति छ,’ अर्का प्राध्यापकले भने, ‘न गर्दिनँ भनेर टक्टकिन सकिन्छ, न मन लगाएर गर्न सकिन्छ।’
वर्षौंदेखि जरो गाड्दै बसेको यो प्रवृत्ति तत्काल सुधार गर्न कठिन भएको प्राध्यापकहरू बताउँछन्। त्यही भएर सर्वोच्चको फैसला प्रभावकारी कार्यान्वयनमा धेरैको शंका छ।
शिक्षाविद् तथा राष्ट्रिय सूचना आयोगका पूर्वसदस्य तीर्थ खनियाले सर्वोच्चको फैसला सकारात्मक भए पनि त्यो आशिंक रूपमा मात्रै मान्न सकिने बताए।
‘सर्वोच्चको फैसलाअनुसार जाँचपुस्तिकाको प्रतिलिपि दिन सकिएपनि नम्बर परिवर्तन हुँदैन,’ खनियाले भने। विद्यार्थीले जाँचपुस्तिका हेर्न पाउने, तर अंक परिवर्तन नहुने भएपछि विद्यार्थीका लागि ‘आत्मसन्तुष्टि’बाहेक केही नभएको उनले बताए।
‘यत्ति हो, विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउने भए भन्ने थाहा पाएपछि जाँचकर्ता आफैं सजग हुन्छ,’ उनले भने।
एक त सर्वोच्चको फैसलालाई सरकारले कार्यान्वयन गर्नै समय लगाउने, त्यसमाथि यो कार्यान्वयन भए पनि विद्यार्थीको समस्या सजिलै समाधान नहुने उनले बताए।
‘उत्तरपुस्तिका जाँच गर्न कुनै किसिमको मापदण्ड नबनाएसम्म केही हुँदैन,’ उनले भने, ‘शिक्षामा व्यापक अनियमितता छ। अपवादबाहेक धेरै शिक्षक आफैं लापरवाही गर्छन्। सर्वोच्चले त्रिविको परम्परावादी सोचलाई १०/१५ प्रतिशतमात्रै परिवर्तन गरेको छ।’ एक वर्ष विद्यार्थीको उत्तरपुस्तिका जाँचमा गलत गरेको देखिएर कालोसुचीमा राखे पनि राजनीतिक प्रभावले अर्को वर्ष त्यही शिक्षकले कपी जाँच गर्नेजस्ता थुप्रै परिवर्तन गर्नुपर्ने विषय बाँकी रहेको उनले बताए।
खनियाजस्तै अंग्रेजीका प्राध्यापक अभि सुवेदीले साह्रै दयनीय अवस्थामा रहेकाले त्रिविको धेरै पद्दति परिवर्तन गर्नुपर्ने बताए।
‘त्रिविको परीक्षा पद्दति जटिल छ। विषयपरक प्रश्न धेरै सोधिने, तर विषयगतमा जोड नदिएपछि धेरै अंकका प्रश्नमा जाँच्नेले मनलाग्दी दिनसक्छ। त्यसको कुनै नियम छैन,’ सुवेदीले भने, ‘पढाउनेदेखि कपी जाँच्नेसम्म सबै वैज्ञानिक ढंगबाट हुनुपर्छ। यसका लागि सरकारी तवरबाटै पहल भएमात्रै सम्भव छ।’

P.S. यो फिचर आजको नागरिक शनिबारमा प्रकाशित भएको हो ।

लक्ष्मीलाई अर्को पत्र…,


लक्ष्मी धेरै धेरै सम्झना,

पछिल्लो साता मैले तिमीलाई बारम्बार सम्झेँ । हिजो राति मोबाईलमा सन्देश पनि पठाएँ । डेलिभर्ड नै भएन । बिहानदेखि फोन ट्राई गरेको लाग्दै लाग्दैन । ठूलै केही तलबितल परेर होइन । डेढ वर्ष भयो तिमीलाई भेटेको आक्कलझुक्कल तिमीलाई सम्झेँ पनि मैले फानै गर्नुपर्ने ठानेको थिइनँ ।
खै के के कुराले यो साता एक तमासको छटपटीले सताइरह्यो । अनपेक्षित सफलताको ईष्या गर्नेबाट हो या आफूले केही गर्न नसकेको आफ्नै यथार्थले हो । साहै्र एक्लोपनले थिचिरह्यो । वरिपरि भर्चुवल साथी धेरै भए जस्तो लाग्छ । सबै औपचारिकताका लागि मात्रै । अनि मैले तिमीलाई सम्झेँ ।
ब्लगमा तिमीलाई धेरै लेखेँ । तिम्रा तस्बिर सहित आउँछु पनि भनेँ । तर त्यो आफैँलाई ढाँटेको अर्को मिठो भूल भइदियो । तिम्रा तस्बिर राख्न कस्तो दोमन भयो । उचित हो होइन सोच्दा सोच्दै त्यो पाखा लाग्यो ।
मैले त्यसरी आफैँलाई के ठग्नु जस्तो लाग्यो । अस्ति धेरै समय लगाएर अन्तरकुन्तरमा रहेको तिम्रा तस्बिर भएको डिभिडी खोजेँ । अनि फाल्नलाई धोक्रोमा हालिसकेको रिपोर्टिङ डायरी खोजेर भाई पवनले बोक्ने तिम्रो मोबाईल नम्बर फेला पारेँ । निसासिएपछि लामो सास फेरे जस्तो हलुका भयो ।
पढ्नेक्रम जारी राख्नुहोस्

फेरी कहिल्यै नआउने बचपन…

दुई जम्ल्याहा छोरी छोरो र बाबुआमाको यो परिवार हामी जस्तै काठमाडौं आउँदै थिए । 
इटालीबाट छुट्टी मनाउन नेपालको भ्रमणमा निस्किएका उनीहरुलाई टाढैबाट नियालेका 
यी तस्बिर............. दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा गत महिना डेढ घन्टे ट्रान्जिटमा खिचिएको हो ।
बच्चीको नाम चाहिँ साकुन रहेछ ।

कस्तो रमाइलो ।।।

.......

बाबाको काखमा।।।

निदाउन मन लाग्योऽ अझै कति बेर हो यहाँ बस्नुपर्ने


पढ्नेक्रम जारी राख्नुहोस्