एक मुठ्ठी सास रहेसम्म लड्छु :सावित्री श्रेष्ठ

माइतिलाई न्याय दिलाउन १३ वर्षदेखि लडिरहेकी सावित्री श्रेष्ठ

सर्वोच्चमा साबित्री

२०५५ असार १० गते । बिहान उज्यालो नहुँदै उनको भाइको निर्मम हत्या भयो । त्यही दिनदेखि गृहस्थ जीवनबाट न्यायको लडाइँ सुरु भयो । १३ वर्ष बितिसक्दा पनि लडाइँ जारी छ ।

सुरुमा उनको लडाइँ भाइको हत्या गर्ने छिमेकी बालकृष्ण ढुंगेलविरुद्ध थियो । पछि उनै हत्यारा माओवादी पार्टी कार्यकर्ता भए । अहिले संविधानसभामा ओखलढुंगाबाट निर्वाचित सभासद् छन् ।

सावित्री श्रेष्ठ ४७ । उनको न्यायिक संघर्ष जति चुलिँदै गयो ढुंगेलले सरकारबाट पाउने संरक्षण उति बढ्दै गएको छ । तर उनी डग्मगाएकी छैनन् ।

‘एक मुठ्ठी सास रहेसम्म न्यायका लागि लडिरहन्छु,’ सावित्रीले बुधबार लाजिम्पाटस्थित निवासमा नागरिकसँग भनिन्, ‘हामीले हत्यारालाई सजाय हुनुपर् यो भनेका न हौं । पूरै सरकार पीडित परिवारलाई आलो घाउमा नुन छर्ने गरी हत्यारा जोगाउन लागिपरेको छ । म चाहिँ लडाइँ छोड्दिन ।’

१३ वर्षअघि सभासद् ढुंगेलले नै उनको भाइ उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । झिसमिसेमै उज्जनको टाउकोमा ढुंगेलले बन्दुक पड्काए । यो सावित्रीको मात्रै जिकिर होइन । सर्वोच्च अदालतले नै दुई वर्षअघि ‘अन्तरजातीय विवाहको रिसइबीका कारण हत्या भएको’ ठहर गर्दै ढुंगेललाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।

सर्वोच्चको त्यो फैसला नआउँदासम्म सावित्रीले झिनो आशा राख्दै गुपचुपमै न्यायको खोजी गरिन् । भाइको हत्याविरुद्ध जाहेरी दिने बेलादेखि सावित्रीको संघर्ष जारी छ । माओवादी भूमिगत हुँदै प्रहरीले ढुंगेललाई पक्राउ गरेको थियो । जाहेरी दिने सावित्रीका दाइ गणेशकुमार आफ्नै खेतमा आधा दर्जन केटाहरुबाट मारिए । ती केटालाई बाटो देखाइदिएर आफ्नो बुवा मारिएको भन्दै गणेशकी १८ वर्षीया छोरी रन्जनाले आफ्नै गलामा पासो लगाइन् ।

माइतीको एकपछि अर्को हत्यालाई नजिकबाट नियालेकी उनी थुप्रैपटक आफू पनि मारिने हो कि भन्दै बिचलित भइन् । तर माइती उजाडिँदै गएपछि उनले संकल्प गरिन् हत्यारलाई जेल पुर् याएरै छाड्छु ।

‘एउटा हत्याले मेरो माइतीको तीनवटा लास बनायो,’ सावित्रीले भक्कानिएर भनिन् ,’मैले चुपो लागेर बसेँ भने हामी जस्तै पीडितले अन्यायमै मर्नुपर्छ । म सास रहुाजेल न्याय पाउने आस मार्दिनँ ।’

२०६१ सालमा ओखलढुंगा जिल्ला अदालतले ढुंगेललाई श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनायो । पछि माओवादी सडक हुँदै सदनमा पुगेका बेला पुनरावेदन अदालत राजविराजले ज्यान मुद्दामा ढुंगेललाई सफाइ दियो । आठ वर्ष जेल जीवन बिताएर उनी छुटे । सावित्रीले डरमरकै अवस्थामा पनि फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिइन् । ओखलढुंगामा रहेका परिवार माओवादी डरले घरमा बस्नै नसकेर काठमाडौं झरे । अहिले ८१ र ७८ वर्षीया बुढा बाबुआमा काठमाडौंमै बस्छन् । गाउँमा केही छैन । भएकै घरमा पनि बम पड्काइसके । जग्गाजमिन सबै कब्जामा परेका छन् ।

यता जेलबाट छुटेलगत्तै चुनावको प्रचारप्रसारमा लागेका ढुंगेलले संविधानसभाको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट जिते । चुनावपछि माओवादी सत्तामा आयो । आफ्नो भाइ मार्नेविरुद्ध बोल्न सावित्रीलाई डरमर्दो थियो । अनाहक मान्छे मरेको खबर आइरहेका बेला सावित्री खुलेआम बोल्न सक्दैन थिइन् । सर्वोच्चको विचाराधीन मुद्दामा बहस गरिरहेका वकिलहरुले माओवादी सरकारमा आएपछि वकालतबाट हात झिकिदिए ।

यता पुनरावेदनबाट सफाइ पाएर सदनमा पुगेका ढुंगेलले आफूलाई लागेको मुद्दा बिसे्रर सर्वोच्चले बोलाउँदा पनि वास्ता गरेनन् । पछि २०६६ पुस १९ गते सर्वोच्च अदालतले उज्जनलाई नियोजित रुपमा गोली हानेर मार्ने ढुंगेल नै भएको ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनायो । फैसला गुपचुपै थियो । झन्डै एक वर्षपछि मात्र त्यसको पूर्ण पाठ बाहिर आयो । सभासद् ढुंगेलले नै हत्या गरेका रहेछन् भन्ने पनि सार्वजनिक भयो । सँगसँगै सावित्रीले एक्लै गरिरहेको संघर्ष पनि सबैले थाहा पाए ।

उनले खुलेआम भाइको हत्यारालाई जेलमा पुर् याउने प्रण गरिन् । सडक हुँदै सर्वोच्च पुगिन् । प्रधानमन्त्री मन्त्री मानवअधिकारकर्मी लगायत थुप्रै निकाय गुहारिन् ।

न्यायको गुहार अझै जारी छ । जन्मकैदको फैसला कार्यान्वयन गरी पाउँ भन्दै उनी सर्वोच्चमा रिट लिएर गइन् । सर्वोच्चले ढुंगेललाई पक्राउ गरेर जेल हाल्न कानुनले कुनै रोकतोक गरेको छैन भन्ने निर्णय सुनायो ।

सर्वोच्चको निर्णयपछि सरकार जसरी भए पनि हत्यारालाई उन्मुक्ति दिलाउने अभियानमा लाग्यो । अन्तरजातीय विवाहको रिसइबीका कारण भएको हत्यालाई सरकारले पटकपटक राजनीतिक मुद्दाको खोल ओडाएर ढुंगेललाई माफी दिन लगायो । माधवकुमार नेपाल झलनाथ खनाल प्रधानमन्त्री हुँदा कुरा मात्रै उठे पनि बाबुराम भट्टराई प्रधानमन्त्री भएको महिना दिनपछि नै मन्त्रिपरिषद्बाट निर्णय गरी ढुंगेललाई माफी सिफारिस राष्ट्रपतिसम्म पुग्यो ।

यतिबेला सावित्रीको संघर्षमा मानवअधिकारकर्मी नागरिक समाज कानुन व्यवसायी राजनीतिक पार्टी सबैको समर्थन रह्यो । उनले सर्वोच्चमा फेरि रिट हालिन् । सर्वोच्चले पहिलाको कारबाही हुने अडानलाई निरन्तरता दिँदै ढुंगेललाई माफी दिन नहुने निर्णय सुनायो । मन्त्रिपरिषद्को सिफारिस अनुमोदन नगर्न राष्ट्रपति र सरकारलाई अन्तरिम आदेश दियो ।

सावित्रीले कागजी लडाइँ सधैँ जित्दै आइन् । व्यवहारमा सधैं हारेको अनुभव हुन्छ उनलाई । ुराष्ट्रपतिलाई भेटे सर्वोच्च पुगेँ सबै मेरै पक्षमा छन्ु सावित्रीले गुनासो गरिन् ुप्रधानमन्त्रीले नै संरक्षण दिएपछि हत्यारालाई पुलिससँगै हिँड्न के गाह्रो भयो र ु एक महिनाअघि राजधानीको एउटा कार्यक्रममा ढुंगेल आइजिपीसँगै बसेका थिए । जेल जान कानुनले रोकतोक नगरेका उनलाई प्रहरीले सधैं बेवास्ता गर्दै आएका छन् ।

पूरै राज्य आफ्नो परिवारविरुद्ध खनिए पनि आफू बिचलित नहुने उनले बताइन् । ुसरकारले नै खुलेआम संरक्षण दिएपछि केही नहुने रहेछ भनेर मन मर्छु उनले भनिन् ुतर जब डाडाँपारिका बुढा आमाबाबुको आँसु देख्छु दाजुभाइका कलिला छोराछोरी देख्छु लाग्छ एक मुठ्ठी सास रहेसम्म लडिरहन्छु ।ु छिमेकी विरुद्धको उनको लडाइँ अब पूरै सरकारसँग भइसक्यो ।

न्यायका लागि सडक सर्वोच्च धाउने उनको दैनिकी नै बनिसक्यो । अघिल्लो महिना भ्रष्टाचार मुद्दामा बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्ता फैसला सुनाएकै दिन जेल गए । त्यसकै तेस्रो दिन पेसी खेप्न सर्वोच्च पुगेकी सावित्रीले भ्रष्टाचार मुद्दामा फैसला हुनेबितिकै मन्त्री जेल जान तयार हुँदा पनि ज्यान मुद्दामा जन्मकैद पाएकालाई प्रधानमन्त्रीले जोगाएको दिक्दारी पोखिन् ।

‘भ्रष्टाचार मुद्दामा डेढ वर्ष कैद सजाय स्विकार्दै सरकारमै भएका मन्त्री फैसला हुनेबितिकै जेल गए,’ सावित्रीले त्यही दिन पेसी सरेपछि सर्वोच्चमै भनिन्,’मान्छेको ज्यानै लिने सभासद्लाई सर्वोच्चले जन्मकैद सुनाउँदा पनि कार्यान्वयन गराउन हामीले दुई वर्षदेखि सर्वोच्च धाइरहनुपरेको छ ।’

उनलाई समय लागे पनि न्याय पाउनेमा पूरै विश्वास छ । उनले न्यायको लडाइँ सास रहेसम्म डगमगाउन नदिने कसम खाएकी छन् ।

‘थुप्रैपटक मुद्दा फिर्ता लिन धम्की लोभ देखाइसके,’ उनले भनिन्, ‘तर मेरो न्यायको लडाइँ कमजोर हुँदैन । अन्तर्राष्ट्रिय अदालतसम्म धाउँछु । व्यवहारमा कहीँबाट न्याय नपाए म प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिकै अगाडि आत्मदाह गर्छु । अनि मात्रै मेरो दाजुभाइ र बहिनीको आत्माले शान्ति पाउँछ ।’

Advertisements

जीबन दौडाहा

Wish life is always like this..Pic:pramb

हरेक पल प्रतिस्पर्धा सरी
दिनहरु दौडाहामा छन्
उ लगाम लागेको घोडा सरी
त्यसैलाई पच्छाइ रहेछ

प्रत्येक पल समात्न चाहन्छ
म मौन उसलाई नियाल्छु
बिथोल्न मनलाग्दैन
उ सुस्ताएको कल्पना गर्छु

के उसले सुस्केरा हाल्न जानेको छ ?
निस्सासिन मै ब्यस्त जीबन
म बर्तमान जिउन चाहन्छु
उ दौडन हौसाउँछ

त्यो पीडादायी दौडाहा
न तिमी रमाउँछौं न म नै
मलाई डोराउँदै दौडाउन सिकायौ
दौडिँदा दौडिँदै बर्तमान बित्छ

हामी न बिगत सम्झेर रमाउन सक्छौं
न भविष्यको कल्पनामा हराउन सक्छौं
बर्तमान सधैँ आफैँसँग छ
आफ्नै पकडमा

मैले तिमीलाई चौतारीमा बिसाएर
कहिले बुझाउने ?
गोरेटोमा छहारी भेटिन्छ
जिन्दगी जिउनका लागि हो

सफलताको लागि दौडन होइन
म तिम्रै पछि उभिएर
सम्झाउन खोज्दैछु
हामी हुनुको अर्थ

के मलाई सुनिरहेछौ
कि म तिम्रो दौडिएको जीबनमा
धेरै अगाडी छोडिइसकेँ ?
बिगतमा बिलीन भइसकेँ ?