जमेको जोडी

यो लेख आजको नागरिक जीवनशैलीमा प्रकाशित भएको हो ।

गाउँको मुखियाकी छोरी थिइन्, उनी । नरबहादुर धमाल भने गाउँ डुल्दै हिँड्ने गधापच्चीस ननाघेका अल्लारे । त्यो पारामा सजिलै मुखियाकी छोरीसँग विवाह गर्नु चानचुने कुरा थिएन । त्यसमाथि पनि भर्खर तेह्र टेकेकी केटी । उनीभन्दा दोब्बर उमेरको केटो । ‘अहिले भए बालविवाहको मुद्दा नै लाग्थ्यो,’ नरबहादुर हाँसे । मैले यसै मौकामा उनको उमेर’bout सोधेँ ।

‘होइन त्योचाहिँ नभनौं होला,’ प्रश्नमा उनले श्रीमतीसँग साउती गर्दै भने, ‘एक किसिमले भन्ने हो भने म सिनेमाका कलाकारको जस्तै उनको फ्यान थिएँ ।’ श्रीमानको दाहिनेसँग आफ्नो देब्रे घुँडा जोडर पलेटी मारेर बसेकी श्रीमती लजाइन् । हजुरबुवा हजुरआमाको कुरा सुनेर बसेकी आठवर्षे नातिनी खित्का छोडेर हाँसिन् । मुखिया घरानकी छोरी भए पनि ससुरा बितिसकेका थिए । सासुलाई जेनतेन रिझाएर भारततिर गइरहने आफ्नो रवाफ देखाएर विवाह गरिछाडे उनले ।

३२ सालमा यसरी विवाह गरेका दम्पतीमा अहिलेजस्तो प्रेम नै कहाँ हुन सक्यो र महोत्तरी जिल्लाको बर्दिवासका शिवमाया र नरबहादुरको जोडीले आफ्नो प्रेमकथा कहे । घरव्यवहार भन्यो श्रीमान सधैं धामीझाँक्री भन्दै कहाँ-कहाँ हिँडिरहने । विवाह गरेदेखि नै आर्थिक अभावले गाँजिरह्यो । त्यो बेला नरबहादुर धमलाको सुकुमवासी बसाइ इटहरीमा थियो । तर वर्षौंदेखि गर्दै आएको ऐलानी जग्गाले जेनतेन पेट पाल्न पुगेकै थियो ।

तेह्र वर्षको कलिलो शरीर माइतीमा पुल्पुलिएर हुर्केकी शिवमाया । ‘श्रीमानको घरमा के गर्ने भन्ने मेलोबाटो पाउनै गाह्रो भयो पहिला त पछि बिस्तारै आफ्नो घरजस्तो लाग्न थाल्यो,’ उनले भनिन्, ‘विवाह गरेर आएकी केटीलाई साँच्चै आफ्नो घर होजस्तो चाहिँ लालाबाला जन्मेपछि मात्रै लाग्दोरहेछ ।’

दिन बित्दै जाँदा लगातार चार सन्तान जन्मिए । तीन छोरा एक छोरी । त्यतिबेला व्यवहार समय विताउनकै लागि चलेजस्तो लाग्थ्यो । ‘अहिलेजस्तो मायाप्रेम भन्ने कुरा त गाउँघरमा सम्झँदा पनि लाज लाग्थ्यो,’ नरबहादुरले भने, ‘कतै जानुपरे पनि बीचमा ठूलो दुरी राखेर म अघिअघि उनी पछि-पछि हिँड्थ्यौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

Funeral of Formal PM Girija Prasad Koirala

फूलमाया…

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस

यो लेख आजको नागरिक शनिबारमा प्रकाशित भएको हो ।

अग्लो डाँडाको नाकमा वरिपरि छरछिमेक नभएको एक्लो घर । सफा गोठमा गाई-बाख्रा सेउला चपाउँदैछन् । खाइलाग्दा केटाकेटी आँगनमा दुई बिरालासँग खेलिरहेका । हामी पुग्दा उनी घर सफा गर्दै थिइन् । माथि बुइगल र तल एउटै कोठा भएको सफा मझेरीमा गुन्द्री बिछ्याउँदै लजाइलो स्वरमा उनले भनिन् ुके-के भन्नुपर्ने हो मैले त जान्दैन बोल्न ।ु

मंसिर ८ गते । मकवानपुर जिल्लाको छतिवन गाविसस्थित हात्तीसुँडे भन्ने ठाउँ । बिहानै हेटौंडाबाट बस चढे यहाँ आइपुग्दा बाह्र बज्छ । त्यो बस छुटे भोलिपल्ट नभई यहाँ आइन्न । हात्तीसुँडेबाट पाखाको काखैकाख उक्लँदा उनको घर रातोथलीसम्म पुग्न कसिलो २ घन्टा हिँड्नुपर्छ ।

फुलमाया लो ३१ – ुफूलु र ुमायाु दुईवटा पि्रय शब्द मिलाएर जुराइएको छ उनको नाउँ । अहिले नेपालीको औसत आयुको आधा उमेर काटिसक्दा बल्ल व्यवहारमा आफ्नाबाट मायाको आभास हुन थालेको छ उनलाई ।

मैले डायरी र कलम निकालेको देखेपछि दुई वर्षकी कान्छी छोरीलाई छातीमा च्यापेर दूध चुसाउँदै उनी १५ वर्षे किशोरी उमेरमा फर्किइन् ।

१४-१५ वर्ष टेक्नेबित्तिकै पैसा कमाउन काठमाडौंका गलैंचा कारखानामा जाने चलन मकवानपुरमा छँदैछ । उनी पनि त्यही उमेरमा लहडमै हानिइन् सपनाको काठमाडौं । नौलो लाग्दै थियो सहरी वातावरण । एकाध दिन गलैंचाको बुट्टेदार धागोसँग औंला खेलाउँदै बित्यो । पछि मेसिनसरी हात चलाउन पर्ने पेसा देखेर विरक्त लाग्न थाल्यो । यही बिरानो बेला गाउँकै विकास लोले उनलाई जन्मजन्म साथ दिने बचन दिए ।

ुमन परेपछि धनी गरिब राम्रो-नराम्रो परवाह हुँदोरहेनछु काखे बच्चाको कपाल मुसार्दै उनले भनिन् ुगाउँका अरु दिदीबहिनी आफूजत्रै हुँदा बिहे गरेको देखेकी थिएँ त्यसैले गरिदिएँ ।ु

तर उनले बिहेलाई जति सजिलो सोचिन् उनको जातअनुसारको रीतिरिवाज घरपरिवारले के मान्थ्यो छोरीले सहरमा गाउँकै छिमेकीसँग बिहे गरेको थाहा पाएपछि बुवाले फर्काएर ल्याउन दाइलाई पठाए । दाइको बचन त्याग्न नसकेर दोधारमै उनी आफ्नो प्रेमीलाई काठमाडौंमै छोडेर गाउँ फर्किन् । घरपुग्दा थाहा भयो उनको बिहेका लागि केटा ठिक्क पारेर कोसेली उनीहरुको भाषामा पुङ्ग÷रीत लिन परिवार तयार भएर बसेका रहेछन् । त्यो पुङ्ग आमाको साथ लिएर जबर्जस्ती फिर्ता गर्न लगाएदेखि आफ्नै माइतीसँग दुरी बढ्यो उनको जुन अझै छोट्टिएको छैन ।

यता श्रीमान् काठमाडौंबाट गाउँ फर्किए । छोरीको घर सपि्रएलाभन्दा पनि बुवाले छोरीको घरबाट आउने कोसेलीको चिन्ता गरे । ज्वाइँ-ससुरामा उनकै कारणले काटाकाटसम्मको झगडा पर् यो । अन्तमा जसैगरी उनलाई आफ्नो बनाउन चाहने श्रीमान्ले ऋण काढेरै दोहोरो १० गाग्री रक्सी पाँचवटा कुखुरा डालोभरि सेलरोटी आदि … सौगात लगे । तर आफूलाई मन नपरेको केटा भएकाले बुवाले दाइजो दिएनन् । जन्मदाताले त उनको खुसी सोचेनन् पराई घरकाले के गर्थे दाइजो नल्याएको भनेर उनले सधैं खप्की खानुपर् यो । ससुराले कोसेली लगेको ऋण तिर्न गाह्रो भयो भनेर घरबाट निकाले ।

कोही नभए पनि संसारै भनेर स्वीकारेका श्रीमान् त थिए नि उनैसँग । तर अर्काको अधियाँमा तीन महिना काम गरेपछि ससुराले त्यहाँ पनि काम गर्न दिएनन् । ुखुला आकास नै छत भयो सिङ्गो धर्ती नै मझेरीु १८ वर्षको उमेरमा बेसहारा हुँदाको क्षण सम्झिन् उनले ुविकल्प नभएपछि पाखो भएको यही ठाउँ फाँडेर एउटा सानो ओत लाग्ने ठाउँ बनायौं ।ु

१९ देखि २९ को दस वर्षे अवधिमा लगातार आधा दर्जन सन्तान जन्मिए । दुई छोरी र चार छोरा । कमाइ सुको थिएन । वरिपरिको ढुंगामाटो सरोबरी भएको पाखोबारी फाँड्दा अहिले जसोतसो आठजनाको परिवार पालिन पुगेकै छ ।

यसबीच माओवादीको उदयसँगै श्रीमान् द्वन्द्वमा लाग्न थाले । आफूले बस्दै आएको जग्गा छोड्नुपर्छ भन्दै गाउँका ठूलाबडाले धम्काउँथे । माओवादीले भने आफ्नो पार्टीमा लागे त्यो जग्गा लो परिवारकै नाममा नामसारी गराइदिने लोभ देखाए । उनी लोभिए । आफै कसरी पालिउँ भनेको बेला श्रीमान्ले बोकेर आएका माओवादी कार्यकर्तालाई आफ्नै भान्छामा पाल्नुपथ्र्यो । ुयहाँ लडाइँ गर्ने त्यहाँ लडाइँ गर्ने यो कब्जा गर्ने त्यो कब्जा गर्ने अनि देश बन्छ भन्थेु फूलमायाले सम्झिन् ुमलाई चाहिँ मनमनै लाग्थ्यो लडाइँ गरेर पनि कहीँ देश बन्छ त तर श्रीमान्ले केही नभन्नु भनेकाले चुप्प लाग्थेँ ।ु

लगातार दुई घन्टा उनको कुरा सुनिरहँदा काखको बच्चा कहिले देबे्र कहिले दाहिने छाती चुसिरहन्थ्यो । अरु पाँचजना छोराछोरी वरिपरि आमाको कुरा सुनेर बसेका थिए । यी छजनाले पनि नपुगेर दुईवटा खिनौरा बिराला ठाइँलो छोराको काखमा लडिबुडी गरिरहेको थियो । वरिपरि छिमेकी नभएको यो परिवारमा यी दुई पनि सदस्य जस्तैगरी पालिएका रहेछन् ।

दिन बित्दै थियो । कहिले श्रीमान् छापामार आएपछि मकै गोड्दै गर्दा कोदाली नै छोडेर जान्थे कहिले पस्केको ढिँडो नै जुठो मुख गरेर । ुदशथरिका सामान केमात्रै राखेका होलान् भनेर तलको खोल्चामा फालेको त बम रहेछ कत्रो आवाजले पड्क्योु झन्डै मर्न लागेको त्यो दिन सम्झेर कहालिँदै फूलमायाले भनिन् ुनजिकै फालेको वा बच्चाले खेल्न चलाएको भए हामी एउटै चिहान हुने रहेछौं ।ु

माओवादीको यस्तो लडाइँ देखेर उनलाई श्रीमान्को काम मनपरेन । झन् माओवादीहरु उनीहरुले राखेको सामान जतन गर्नू नचलाइदिनू भन्ने धम्की दिन्थे । ुन खान लाउन पाउनुछ न आफ्नो परिबन्धले काम गर्न पाउनुछु माओवादी कि्रयाकलापबाट आजित भएपछि उनले भनिछन् ुकि तिमी पार्टी छोड कि म तिमीलाई छोड्छु ।ु

श्रीमान्लाई पनि उत्तिको मनपरेको होइन पार्टीको काम तैपनि डर थियो । अब छोडे त पार्टीले आफैलाई मार्छ भन्ने । उता पार्टीका मान्छे राति बास माग्न आउँदा फूलमायालाई भन्थे ुभाउजु अब दाई पूर्व लाग्नुहुन्छ तपाईं पश्चिम लाग्नुस् बालबच्चा घरव्यवहार भनेर हुँदैन । महिला-पुरुष समान नहिँडे देश बन्दैन ।ु

माओवादीलाई त्यो भन्न जति सजिलो थियो आफ्ना बालबच्चाको कलिलो अनुहार हेर्दा परिस्थिति स्वीकार्न उतिनै पिडादायी । विकल्पका रुपमा त्यसको भोलिपल्टै अरु सन्तानलाई हजुरबाको घरमा पठाएर नौ महिनाको छोरो काखी च्यापी काठमाडौंका एक्ला परिचित काकाकोमा आइन् उनी । रातभरि फुलजोरको पाखो काट्दा उनलाई कम्ती मुस्किल परेन । साथमा फुट्या कौडी थिएन । राईगाउँका एकजना भोलनदाइ उनका लागि भगवान् सरह भए । उनले रात्रि गाडीको भाडादेखि कलंकीबाट बौद्धसम्म पुर् याउन पनि मद्दत गरे ।

घरमा कलिला सन्तानमात्रै । तिनका पेट पाल्ने मेलोमेसो नपाएका श्रीमान् फेरि माउको खोजीमा काठमाडौं आए । ुअब पार्टी छोड्छु बरु जे पर्छ-पर्छ घरफर्कीु-श्रीमान्ले यसो नभनेका होइनन् । संकटकालका बेला माओवादीकै कारण काठमाडौं आएकी उनलाई फर्कन डर लाग्यो । तर तेह्रौं दिनको दिन बहिनीले ुतँ गाउँमा नआए ज्यान फाल्छु भनेपछि उनी अरु छोराछोरी सम्झेर घर फर्किन् ।

जीवन कतिसम्म निर्दयी छ – जस्तो परिस्थिति आए पनि झेल्नुपर्ने । घरमा अन्नको दाना थिएन । कमाइ गर्ने दम्पति बाचिँन्छ कि मरिन्छ भन्ने अन्योलमा थिए । पाखो बारी बाँझै रह्यो । यति भैसकेपछि एकदिन बेलुकी पार्टीका बथानै आएका बेला श्रीमान् र उनी मिलेर आफ्नो दुःख सबै बाँडे । माइती र घरसँगको मनमुटावको कुरादेखि आफूहरु दुईजना खेतीमा मरिमेटेर नलागे खानलाउनधरी नसकिने कुरा गरेपछि एकजना महिलाले उनको मर्म बुझिन् । फूलमायाका श्रीमान् अब दिनरात गस्तीमा हिँड्नु नपर्ने कुरा गरिन् । तर पार्टीको समर्थन बेलामौका गर्नुपर्ने जबर्जस्ती छँदै थियो ।

टाढैका भए पनि छिमेकीसँग आवतजावत नभएकी उनलाई वर्षौंदेखिको आफ्नो मौनता आफैलाई असह्य भैसकेको थियो । विस्तारै आमा समूहमा लागेर उनले सामुदायिक वनमा आफ्नो पनि पहुँच हुनसक्ने कुरा थाहा पाइन् । झन् वनको सम्पूर्ण काम महिलाले गर्ने भएकाले महिलाले नै अध्यक्ष पद पाउनुपर्ने दावी गरिन् । त्यतिबेला हेटौंडामा सामुदायिक वनसम्बन्धी तालिम दिइएको थियो । काखको छोरो लिएर उनी हेटौंडा गइन् । गाउँलेले यो कुरा चित्त नबुझेपछि उनका विरुद्ध श्रीमान्लाई भड्काए । त्यहीबेला अनाहक उनीमाथि शंका गरेका श्रीमान्को नानाभाँति आरोप सुन्न नसकेर उनले पस्केको भात नै टाउकोबाट खनाइदिछन् ।

ुहामी तामाङको रिस यस्तै हुन्छ मैले झोक चलेका बेला बुढाको टाउकोबाट भात खनाइदिएँु मानौं केही भएकै छैनजस्तरी उनले ठट्यौली पारामा भनिन् ुत्यो डाहा सहन नसकेर उनले मलाई चाहिँ दलानको बन्चरो झिकेर हाने ।ु

रिसको रन्कोमा थाहै नपाई टाउकोमै हानेछन् श्रीमान्ले । सिन्दुरको रेखी बस्ने सिउँदोमा बन्चरोको रेखी बस्यो । उनी लामो समय थला परिन् । उपचार गर्न सुको पैसा थिएन । साहुले पहिलेकै ऋणको ब्याजसमेत नबुझाएको कुरो सम्झाउँथ्यो । दसक लामो द्वन्द्व गरेका माओवादी बरु शान्ति सम्झौतामार्फत् देश बनाउने प्रकि्रयामा आए तर उनका आफ्नै माइती र घरकाले यस्तो जटिल परिस्थितिमा उनको खोजखबर गरेनन् । जस्तै झगडा गरे पनि ुलोग्नेस्वास्नीको झगडा परालको आगोु भन्ने उखान आत्मसात गरेर एकअर्काको गल्ती स्वीकार गरे ।

ुतपाईंहरु आउँदा मलाई भगवान् आएजस्तो लागेको छु उनले हिस्सी परेको मुहारमा खुसीको भाव झल्काउँदै भनिन् ुयतिका वर्ष मेरै कुरा सुन्न भनेर यो आँगन कसैले टेकेका थिएनन् ।ु

यतिका वर्षको एक्लो अनुभवले उनी खँजिइसकेकी थिइन् । आफ्नो घरपरिवार नै संसार भयो । तर फूलमाया फकि्रने समय अब बल्ल आउँदै छ । अहिले गाउँ दंग छ फूलमाया सामुदायिक वनको अध्यक्ष पदमा आफ्नै ससुराको प्रतिस्पर्धी भएर लड्दैछिन् । पूरै गाउँ उनको समर्थनमा लागेको छ ।

गाउँमा छोराछोरीलाई समान रुपमा पढाउने अभियानमा पनि छन उनी । अक्षरको नाममा ुकु नचिनेकी उनी आफू कविता गीत रचना गर्ने भएकी छन् । ुमैलै आफै लेख्न जान्ने भए कति मात्रै लेख्थेँ हुँलाु उनले हुर्केका लालाबालाको अनुहार हेर्दै भनिन् ुअब यिनीहरुको मद्दत लिएर कापीमा लेख्न थाल्छु ।ु

दुई घन्टा अविरल उनलाई सुनेपछि फर्कनेबेला हाम्रो इच्छाअनुसार उनले आफूले दुःखका दिनमा रचेको गीत गाएर सुनाइन् ।

यो पहाड गाउँका बस्तीहरुमा चलन यस्तो छ

रोगी र कमजोर पातली ज्यान दुःखमा व्यस्त छ

नगरी काम पाइँदैन खान साँझ र बिहान

सबैको मनमा सम्झनु होला दुःखको चेतना


चार पढ्न तीन घन्टा

यो लेख आजको नागरिक जुनकीरिमा प्रकाशित भएको हो ।

हरिमाया चेपाङ ८ अघिल्लो वर्ष नै तीन कक्षामा प्रथम भएकी थिइन् । अहिले उनी चारमा पढ्नुपर्ने हो । तर यो वर्ष पनि उनी तीनमै छिन् । कारण उनीहरुको स्कुलमा तीन कक्षासम्म मात्र पढाइ हुन्छ । यो बाध्यता उनको मात्रै नभई कुसुमखोलास्थित रा।प्रा।वि स्कुलमा तीन कक्षामा पढिरहेका सबै विद्यार्थीको हो । कुसुमखोला चितवन जिल्लाको माडीस्थित अयोध्यापुरी गाविसमा पर्छ । यहाँ पुग्न गाडीको बाटो छोडेर खोलाको किनार र जंगलको बाटो गरी तीन घन्टा हिँड्नुपर्छ ।

स्कुल अब कति वर्षपछि पाँच कक्षासम्म पुग्ने हो स्कुलका हेडमास्टरलाई पनि थाहा छैन । तर शिक्षा पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । सुकुमवासी क्षेत्र भएकाले कुसुमखोलामा अयोध्यापुरी गाविसले कुनै पनि विकासको कार्य गर्न नदिने र आर्थिक सहयोग नगर्ने भएकाले स्कुलमा कक्षा थप गर्न नसकिएको बताउँछिन् स्कुलकी एकमात्र शिक्षिका शिवमाया चेपाङ ।

तीनपछि चार कक्षा पढ्नका लागि गाउँबाट तीनघन्टा लाग्ने बगईमा जानुपर्छ । तर त्यहाँ पुग्न जंगली जनावर आउने घनाहा जंगलको दुईघन्टे बाटो हिँड्नुपर्छ । त्यसपछि खोलाको किनारै किनार एकघन्टा । वर्षामा त झन् समस्या हुन्छ बाढीको डरले । बालबालिकामात्र होइन ठुला मान्छे पनि खोला तर्न सक्दैनन् । फेरि स्कुलको समस्या कहाँ त्यति मात्रै छ र

त्यसैले कुसुमखोलाका बालबालिकाले पढाइ निरन्तरताका लागि दैनिक बगईसम्म हिँड्नुपर्छ वा पाँचघन्टा पैदल पर्ने बाँदरझुलामा कोठा लिएर बस्नुपर्छ । तर तीन पढेपछिको कलिलो उमेरमा यति साना बालबालिका कसरी कोठा भाडामा बसेर पढ्न सक्छन्

ुत्यति टाढासम्मको स्कुलमा दैनिक पुर् याउन जाने कुरा पनि भएन उनीहरुलाई एक्लै पठाउने कुरा पनि भएन अनि के गर्नु ु अभिभावक गणेशबहादुर चेपाङले भने । अर्को वर्ष उनको छोरा पनि चारमा जानुपर्ने हो तर गाउँमा विकल्प नहुँदा छोरा फेरि गोठाला नै बन्ने भो भन्ने पीर छ गणेशबहादुरलाई । फेरि पढिरहेका बालबालिकाले पनि कहाँ निरन्तर शिक्षा पाएका छन् र कक्षा तीनमा पढ्ने शर्मिला माया चेपाङले भनिन् ुबर्षामा त हामी स्कुल नै आउन्नौं जाडो पनि हुन्छ अनि स्कुलमा छानो पनि हुँदैन ।ु

नौला मान्छेसँग बालबालिका बोल्न डराउँछन् । शर्मिलाबाहेक हामीसँग बोल्न अरु कोही बालबालिका भएनन् । फेरि धेरै बालबालिकाले त उनीहरुकै भाषाबाहेक अरु बोल्न पनि जानेका छैनन् । वर्षामासमा एकपटक हावाहुरी आउँदा सबै जस्ताको छानो उडाएर लग्छ । गाउँले आफै सकि्रय भएर नबनाए महिनौं स्कुल बन्द भइरहन्छ । यही पालि पनि बैशाख र जेठ महिनामा अलिअलि पढाएपछि एकैपटक तिहारपछि मात्रै हो स्कुल साचालन हुन थालेको ।

जम्मा स्कुलमा एकजना शिक्षक र एकजना शिक्षिका छन् । तीमध्ये पनि स्कुलका प्रधानाध्यापकले स्कुलका कक्षा आक्कल-झुक्कल मात्र लिन्छन् । एकदेखि तीन कक्षासम्मको पूरै विषय एक्ली शिक्षिकाले लिनुपर्छ । अनि कुन बेला कुन कक्षालाई कुन विषय पढाउनु विद्यार्थीलाई देखाउँदै शिक्षिका भन्छिन् ुआफूले सक्दो गरेको छु तर सधैं यी विद्यार्थीलाई ठगिरहेँजस्तो लाग्छ ।ु

उनी दिनभरमा एउटा कक्षाको जम्मा चारवटा विषय मात्र पढाउन भ्याउँछिन् । तर दुईवटा कोठा भएको स्कुलका बालबालिकालाई क्षमताले भ्याएसम्म एउटै कक्षामा राख्न खोजिन्छ । एक दुई र तीनका बालबालिकालाई एकैपटक एउटै कोठामा पढाइन्छ । प्रधानाध्यापकको पनि काम परेर कता-कता गइरहन्छन् । शिक्षिका शिवमाया चेपाङको पनि घर मकवानपुर भएकाले सधैैं स्कुल गइरहन पाउँदिनन् । यसरी चेपाङ बालबालिकालाई स्कुलमा शिक्षा लिने कुरा मुस्किलले सम्भव भएको छ । प्रावधानअनुसार यो स्कुलमा जम्मा चारजना शिक्षक÷शिक्षिका हुनुपर्ने हो ।

ुपूरै जंगलले घेरिएको बाटो बिजुली टेलिफोन केहीको पनि सुविधा नभएको यो बस्तीमा आएर कसले काम गर्न मान्छ र ु शिवमाया भन्छिन् । फेरि मासिक तलब पनि जम्मा २५ सय हुन्छ ।

कुसुमखोलामा धेरै चेपाङको बसोबास छ । यी बालबालिकाका आमाबाबु पनि यहाँ २०५६ सालमा सुकुमबासीका रुपमा काँकडा सििलंगे मकवानपुरबाट बसाइँ आएका हुन् । त्यसैले यो स्कुलमा पढ्दै गरेका थुप्रै बालबालिका यही ठाउँमा आएर जन्मिए । उनीहरुलाई सुकुमवासी भनेको के हो थाहा छैन । शिक्षा पाउनु बालअधिकार हो भन्नेचाहिँ थाहा छ । जम्मा सात जना तामाङ जातिबाहेक यो स्कुलमा सबै चेपाङ बालबालिका पढ्छन् ।

दुई वर्ष अघिसम्म यहाँका मानिस नयाँ कोही मान्छे देखे घरभित्र लुक्ने गर्थ्रे । ०६५ सालमा स्कुल स्थापना भएपनि सुरुका दिनमा अभिभावक स्कुलमा बालबालिका पठाउनै मन गर्दैनथे । सुन्य जनचेतनास्तर आर्थिक अभावले गर्दा अवस्था नाजुक भएको बताउँछिन् हरिमायाकी आमा पूर्णमाया चेपाङ । बिस्तारै गाउँका मान्छे बटुलेर छलफलमार्फत शिक्षाको महŒव’bout बुझाएपछि घाँसदाउरा गर्न पठाउने छोराछोरीलाई स्कुल पठाउन थाले अभिभावकले ।

यसरी अहिले अघिल्लो वर्षबाट बालबालिका स्कुल आउन थाले । तर स्कुलमा केही कुराको व्यवस्था छैन । हरिमायाजस्ता विद्यार्थीले पनि यसरी तीन कक्षामा पढ्न पाएको पहिला चितवन जिल्लाकै अरु कसैको घरमा काम गर्न बसेकाले हो । अघिल्लो वर्षबाट स्कुलमा बालबालिकाको संख्या बढ्यो तर तीन पुगेपछि त्यहीँ रोकिएको छ उनीहरुको पढाइ । कारण स्कुलमा भौतिक संरचना र आवश्यक जनशक्ति पर्याप्त छैन । गाविसले चासो नदिउन्जेल परिवर्तन आउन नसक्ने बताउँछन् गाउँलेहरु ।

ुचितवन जिल्ला भनेर के गर्नु यो गाउँ सुदूर पश्चिमभन्दा पनि पिछडिएको छु शिक्षिका शिवमाया भन्छिन् ुयो ठाउँमा परिवर्तन ल्याउन यी बालबालिकाको पढाइ निरन्तर हुनुपर्ने हो । तर खै त्यो दिन कहिले आउँछ ु

दष्ललष्मबजबि२थबजयय।अयु

आइ मिस यु …

यो लेख आजको नागरिक घुमफिरमा प्रकाशित भएको हो ।

अगष्ट २ ‘प्रेुन्डसिप डे’ । बिहानै फेसबुकमा एउटा पहेँलो गुलाब सहितको शुभकामना सन्देस छाडेँ । अनि गुगलमा हेरेका गोसाइकुण्डका तस्बिर मनभरि साँचेर निस्किएँ पाँच दिने यात्रामा ।

परिवारकै दुई सदस्य सहयात्री बनिदिए । आफ्ना एकनासे दिनमा थोरै परिवर्तन ल्याउन तय गरिएको यात्रा । योजना-सुन्दरीजलतिरबाट उक्लने र धुन्चेहुँदै फर्कने ताकि दुबै तिरको बाटो देख्न पाईयोस् ।

बिहानै आमाले पकाउनुभएको गुन्द्रकको झोल र भातको भरमा सुन्दरीजलको उकालो समात्यौ हामीले । उकालिँदा मैले अघिल्लो यात्रा सम्झिएँ । स्कुले साथी सुनिता सुष्मा र म पोहोर दशैँको छुट्टिमा बिना योजना यहाँ आएका थियौँ । त्यो क्षण हासोँ भन्दा बढी गफ गरेका थियौं । त्यो भन्दा पनि बढि तमासा गरेका थियौं पोज पोजका फोटा खिचेर ।

धत्तेरिका ! यो मोबाईलको खाता पनि अहिल्यै सकिनु परेको । जम्मा एक रुपैयाँ ८८ पैसा बाँकी छ । अब दुई मध्ये कसलाई पठाउँ म्यासेज बिहान फेसबुकको पर्दामा टाँसेको सन्देस पनि उनीहरुले थाहा पाउने छैनन् । सारा संसार फेसबुकमा झ्याम्मी सक्दा पनि उनीहरुले चाहिँ यसमा किन मन नदिएका होलान्

मनमा कुरा खेलाउँदै हामी शिवपुरी राष्ट्रिय निकुाज प्रवेश गर्न आँट्दै छौँ । अचम्म ! मेरो मोबाईल बज्यो शुभकामना सन्देश रेहछ सुनिताकै । उसको मनै खलबलाउने सन्देशले मन भरिएर आयो । तत्काल परिवेशको वर्णन गर्दै प्रतिकृया पठाएँ । लौ मध्यमााचलबाट पठाएको सन्देश सुदुर पश्चिममा कामको सिलसिलामा पुगेकी साथीको मोबाईलमा त ब्ल्याङ्क पो पुगेछ । अब के गरुँ मोबाईल रित्तिहाल्यो ।

मोबाईल रिचार्ज गर्ने कुनै ठेगान छैन । मन गहु्रङ्गो भएर आयो । साथी मलाई जिस्काउन थालि हालीन् ुआज तैँले मिस गर्ने केटी मात्रै छन् कोही केटा साथी बनाउन सकिनस् जसलाई आज मिस गर्न सकियोस् ।’ पढ्नेक्रम जारी राख्नुहोस्

होली आतंक

यी पछिल्ला दुइवटा फोटो हिजो होलीमा लिईएको हो र लेख अघिल्लो साता लेखिएको हो ।

Happy Holi

Holi ma Ramauda


Gothatar Chowk ma holi kheldai

‘होली, सद्भावको पर्व हो,’ सानैदेखि हामीले यही पढ्दै आयौँ तर हाम्रो भोगाई सधैँ यसको
बिपरित हुँदै आएको छ ।
अब सोच्नुस, ‘मानिस एउटा उद्देश्य बोकेर दिमागमा कुरा खेलाउँदै आफ्नो गन्तब्य तिर लाग्दै छ । अकस्मात, अनपेक्षित रुपमा लोलाको चुर्टाई सहनुपर्‍यो र आफूलाई कसैले मनोरञ्जनको पात्र बनायो भने के हुन्छ हालत ?
एक त मनस्थिति नै ब्रि्रन्छ, अर्को समयको बर्बाद र सबैभन्दा बढी चाहिँ बिनाकसुर आफैँ कमजोर भएको हिनताबोध ।
बास्तबमा यो पर्व सामाजिक सद्भाव र अघिपछिका रिसराग त्यागी मेलमिलाप बढाउनुको लागि हो । आपसी भातृत्वप्रेम र विभिन्न रङ्गको उल्लासमय चाडलाई हर्षोल्लासको साथ मनाउनर्ुपर्छ । यी सबै कुरा थाहा छ हामीलाई । तर, हामी केटीले स्कुले बेलादेखि नै यति रमाईलो पर्वलाई कहिल्यै पनि यसरी आत्मसात गर्न सकेनौँ ।

सम्भिm ल्याउँदा मैले पहिलोपटक होली पर्वको ’boutमा थाहा पाएको कक्षा दर्ुइमा पढ्दा हो । होली आउनु एक साता अघिको कुरो हुँदो हो, म स्कुलका माथिल्लो कक्षामा पढ्ने दिदीहरुको बीचमा हिँड्दै थिएँ । स्वेटर लगाएको मेरो ढाडमा एउटा ठूलो लोला बर्सियो । लोला भित्रको पानी एकदमै फोहोरी र दर्गन्धित थियो । त्यो लोलाको निशाना दायाँ बायाँ रहेका दिदीहरु थिए तर सिकार म भएँ । त्यही बेला थाहा पाएँ, होली त लोला खाने पर्व रहेछ । यसरी होली पर्व सद्भावको हो भनेर पढे पनि भोगाईमा सधैँ आतंकको पर्व रह्यो ।
भोगाईको दृष्टिकोणबाट, यो बुझाई मेरो मात्रै होइन स्कुलदेखि विश्वविद्यालयसम्मका सबै समकक्षी साथीको हो ।

‘उफ, होलीको बेला छ कसरी घरबाट निस्कने र, यार -, होलीपछि जाउँला,’ होलीको एकसाता अघि गोदावरी जाने प्रस्ताब फोनमा राख्दा साथी मन्जुले दिक्क मानेर दिएको प्रतिकृया हो यो । होली आउन करिब पन्ध्र दिन अघि देखि मुख्य सडक र साना गल्लीमा केही उरन्ठेउला केटाहरुको क्रियाकलापले घरबाट निस्कन यसरी डराउनर्ुपर्छ । फेरी यस्ता घटना कति सम्म अमानवीय हुन्छ भने – गएको बुधबार विश्वविद्यालयमा काम परेर गएकी साथी दीक्षाको घटना सुन्दा त कन्सिरिको रौँ तातेर आउँछ ।

कलेज प्रवेश गर्नु अगावै बाटोको किनारमा रहेको केटाहरुको समुह मध्यबाट एउटाले उसलाई ताकेर हानेछ । साथीले रिसाएको मनस्थितिमा आँखा तर्दै ‘कसलाई हिर्काएको ढुंगाले हानौँ,’ भनिछ । एक्ली केटीलाई देखेर हौसिएको उसले पनि जोरी खोज्यो । रिसको आवेगमा साथीले बाटोको ढुंगा टिपेर त्यो केटालाई हानिछ । अनि त त्यो गधा पच्चीस ननाघेका केटोलाई के चाहिँयो, उल्टै निहु खोजेर बाँसको लट्ठीले सुम्ला बस्ने गरी मेरो साथीलाई हानेछ । उसको दाहिने हात र पछाडी अझै निलडाम छ ।
घटनालाई प्रत्यक्ष देख्ने वरिपरिका मानिस चाहिँ एक्ली पीडितलाई देखेर मुकदर्शक भएर बसेछन् । कोहि पीडामा पर्दा त्यसको विरोध गर्न नसक्ने कस्तो पाखण्डीपन हाम्रो – शहर निस्किने थुप्रै महिलाको पीडा हो यो । पढ्नेक्रम जारी राख्नुहोस्