….. लक्ष्मी


तिमीले मेरो पन्ध्र किलोको झोला बोकिदिने इच्छा राख्यौं । मलाई त्यो भार सुम्पन असजिलो लाग्यो । आफैँ बोकेँ । हामी हिँड्ने बाटो कतै खोल्सा खोल्सी कतै काँडाको झाडी अनि कतै पानीको कुलो थियो । तर ’emको भन्दा पनि ठूलो चिन्ता मलाई आफ्नो थियो । म यस्तो किशोरीको पछि लागिरहेको छु जसलाई मैले उज्यालो प्रकाशमा हेर्न सम्म पाएको छ्र्र्र्रैन ।

सुरुमा तिमीलाई पनि असजिलो लाग्यो होला मैले पनि केही सोध्न सकिन । पछि सोचेँ पढाइ सोधे त थाहा भइहाल्छ । मेरो जिज्ञाशा मेटाउँदा तिमीले दिदी सम्बोधन गर्यौ मलाई साहै्र खुसी लाग्यो । त्यही सम्बोधनको हकमा रहेर आज तिमीलाई केही भन्न खोज्दै छु पुरुष प्रवृत्ति र शिष्ट दुरी को ’bout । मैले म यो कुरामा जानकार भएर भन्न लागेको होइन ।
मैले तिमीबाट पारिवारिक कुरा जान्न चाहेँ । कति कुरा तिमीले खोतल्न चाहिनौ । मन दुख्ने र विगतका तिता कुरा रहेछन् मैले पछि मात्रै थाहा पाएँ । मलाई नमज्जा लाग्यो । त्यो रात म तिमीसँगै खाटमा पल्टिए पनि निदाउनै सकिन । दिमागमा अनेकानेक कुरा खेली नै रहे ।
मैले त्यो अध्यारोमा एउटा ठूलो खोल्चो फड्किनु भन्दा अगाडी तिमीले भनेकी थियौ दिदी त्यहाँ अगाडी केटाहरु छन् ’emले तपाइँलाई नौलो देखेर जिस्काउलान् पिएको सुरमा जथाभाबी भन्लान् केही नभनी हामी आफ्नो बाटो लागौँ है ।

लक्ष्मी, तिमी म भन्दा धेरै समझदार छौँ । परिवारको आर्थिक भारका लागि । तर तिमीलाई दुई दिन बुझ्दा मलाई लाग्यो तिमी पनि म जस्तै केटाहरुलाई खास बुझ्न सक्ने मान्छे होइनौ । मेरो जस्तो फाल्तु समयमा तिमीले यस’bout सोच्न भ्याएकी पनि छैनौ होला ।

मनमा कुरा खेलिरहेको छ । सायद आजकाल भाइसँग आमा तिम्रो विवाह गर्ने कुरा गरिरहनुहुन्छ होला । मसँग पनि त्यतिबेला गर्नुभयो । दिनभरको कामले थाकेकी तिमी भुसुक्क निदाएपछि आमाले बिस्तारै कुराको गाँठो फुकाउन थाल्नुभयो । आफ्नै घरमा आगो लागेर बुवा बित्नु भएको रहेछ । दलित भएकाले समाजमा बस्न पनि निकै गाह्रो भएछ तिमीहरुलाई । त्यसमाथि तिमी जागिर पाएर हिँडेको छिमेकीलाई मनपर्दो रहेनछ ।
गाउँमा केहीले आमालाई छोरीलाई टाउकोमा टेकाउँदा कुन दिन पोइल जान्छेसम्म भनेछन् । मलाई यस्ता कुरा अब टेलिसिरियलमा मात्रै होला भनेको तर त्यो त्यो वास्तबिक कथाकी पात्र त तिमी आफ्रँै बनिछौ । तर तिमीलाई यस्ता नानाभाँती भन्नेलाई कुनै दिन आफ्नै बोलिले पिरोल्छ ।

आमा असाध्यै धेरै रुनुभयो मसँग । हृदय खोलेर आफ्नो वषोैरदेखि गुम्सेका कुरा पोखे जस्तो । लक्ष्मी मेरो कमजोरी कसैले आफ्नो पीडा पोखे त्यसलाइ सुनिरहन सक्छु तर प्रतिकृया सहानुभुति दिन सक्दिन । आमाले त्यो दिन मलाई के सोच्नुभो होला मलाई थाहा छ्रैन । मेरो हातमा आफ्नो टाउको थमाएर उहाँ भक्कानिएर रुनुभयो ।

उहाँलाई तिम्रो’bout ठूलो पीर रहेछ लक्ष्मी । मलाई लाग्छ तिमीले अहिले विवाह गर्ने ’bout सोचेकी पनि छैनौ होला । भाईले एउटा गतिलो जागिर पाएर आमाको रेखदेख गर्ने नभएसम्म तिमीले विवाह नगर्ने सोचेकी होलिउ भाइ पवन पनि उतिकै बुझकी छ फेरी । आर्थिक र बाबुको अभावले गाँजेको तिमीहरु बीचको प्रेम मलाई असाध्यै लोभ लाग्छ लक्ष्मी ।

साँच्चै लोभ भन्ने वितिकै याद आयो । यसैले हो मान्छेलाई बिगार्ने । विशेष भर्खरका यौवना केटीलाई । तिमी प्रेममा त परेकी छैनौँ लक्ष्मी ?…….क्रमश