जीबन बुझ्न हिँडेका युवा


कुरा करिब डेढ महिना अघिको हो । ठमेलको वातानुकुलित हलमा रेडियो नाटक विषयक तीनदिने कार्यशालामा उपस्थित भएका युवा सभासद् र रेडियाकर्मीको कुरा दिमागमा घुमिरहेको छ । आज तीनै मध्यका केही युवाको ’boutमा लेख्न खोज्दै छु । ती हुन् आरोहण नाट्य समुहका नाट्यकर्मी युवा । भोला सुमन र मणि । कसरी हिँडे त यी युवा जीबन बुझ्न । झण्डै बीस जना जति वरीपरि बसेका छौँ हामी श्रोता । पहिला मणिले शुरु गरे आफ्नो अनुभव ।

उनले बुझे बाटोमा बस्ने ज्योतिषिको जीबन टुडिखेलमा बसेर । कति चुनौतिपुर्ण थियो होला त एक सामान्य युवाले अर्काको भविष्य भनिदिनुपर्ने । उनी बसे पुरै ज्योतिषिको भेषमा । छेउमा राखे एक सहयोगी । गाँउबाट भर्खरै झरेजस्ता लाग्ने आमा छोरा सामुन्ने अघि आएर हात देखाउन लागे । लौ ! अब के भन्ने उनको दाँतबाट पसिना आउन थाल्यो रे । हात लगलग काम्न थाल्यो । ती आमैले पहिलै सोधिछन् तपाईँको हात किन यस्तो कामेको ज्योतिषिको सहयोगीले भनिदिएछन् । गुरुको हात यस्तै हुन्छ भविष्यबाणी गर्दा । आमैले सोधिछन्ुलौ भन्नुस् त मेरा कति सन्तान होलान् ु गुरुले संगैको सानो छोरालाई हेरी अनुमान गरेछन् । सन्तान पाँचवटा ती मध्य पनि तपाईको साथमा सधैँ यही सानो छोरो हुन्छ । आमै मख्ख परिछन । उता आमैको अनुहार पढेर अनुमान सही भएको पत्ता लगाए पछि ज्योतिष बनेका मणि दाई निकै हौसिए । उनमा सास आयो ।
अरु अनुमानकै भरमा भने । जेनतेन मिल्यो नमिलेका अनुमानमा उनले तर्क दिँदै ती बृद्धालाई आस्वस्त पारे । यसरी बस्ने मात्रै होइन एकदिनको कमाई पनि गर्नु थियो । उनीहरुलाई यो सबै गृहकार्य गर्न दिईएको थियो गुरुकुलबाट सुनिल पोखरेलले ।

अरु युवा पनि आए ती बृद्धा पछि । मणिदाईले अनुहारमा त्यो बेलाको सबै भाव एकैपटक ल्याएर भने । यी युवाको भविष्य मिलेन भने अब के गरुँ त्यसतैमा उनीहरुले कस्तो गर्दैछन् भनेर हेर्न पुगे नाट्य गुरु सुनिल पोखरेल । उनी आफैँ जाच्न हात तेस्र्याएर अघि बसे । कस्तो रमाइलो गुरुको जीबनको इतिबृत्तान्त थाहा छ मणि दाईलाई । एकएक गर्दै भकाभक भन्न थाले । सुनिल पोखरेलले आगन्तुक भए जस्तै गरी मिलेको बताए । अब मणि दाईलाई लाईन लागे मानिस हुलका हुल । यसरी दिनभरीमा १८० कमाए उनले । अब अर्को चुनौति थियो उनको । ज्योतिषि बनेर महाबौद्धमा गई बफ मःम खानुपर्ने । उनलाई ज्योतिषिको भेषमा रुद्राक्ष लगाएर त्यो नन भेज होटलमा गएर खान निकै आत्माले मानेन । उनी त्यो १८० बोकेर कोठा तिर लागे । अनुहार भरी बिछट्टैको खुसी ल्याएर मणि दाईले भने मैले कमाएको सबैभन्दा मिठो पारिश्रमिक । मैले आफ्नो जेबमा राखेँ । त्यो पैसा म कहिल्यै खर्च गर्ने छैन ।

अब पालो भोला र सुमन दाईको । उनीहरु खटिए भरियाको जीबन बुझ्न । सुमन दाइले त्यो दिन जति भरिया कहिल्यै देखेनन् रे । किन त भन्दा उनले भने ुमैले भरीया भएर धेरै आम्दानी गर्नु थियो । मैले जताततै आफ्ना प्रतिस्पर्धी मात्रै देखेँ ।ु फेरी उनलाई चुनौति कस्तो थियो भने जति नै गरम भारी बोक्न अह्राए पनि नाई भन्न पाइँदैन थियो । पुतलिसडकमा उनी निस्किए भरियाको भेषमा । उनलाई चिनेका कसैले देख्ला भन्ने पनि ठुलो चिन्ता थियो । नभन्दै डिल्लीबजारको उकालोमा देखिईन् घरभेटीकी छोरी । सुमनदाईलाई के गरुँ कसो गरुँ आछु आछु पर् यो । उनी नजिकैको घडी पसलमा छिरे र एकछिन लामो सास तानेर आफ्नो बाटो लागे ।

अब आयो भरियाको कर्म । एकजना कोठा सर्न तयार भएका दम्पति भरियालाई एकसय दशमा डिल्लीबजार देखि कमलपोखरी सम्म ठुलो दराज बोकेर पुर् याउन आग्रह गर्दै थिए । ती भरियाले मानेनन् एकसय पचासको माग गर्दै । तर मणि दाईलाई चुनौति र अबसर दुबै थियो यो । उनले आँट गरे त्यो दराज कमलपोखरी सम्म पुर् याउने । त्यो बेलाको पीडा अहिले पनि बाकिँ नै छ जस्तो गरी उनले भने ुमेरो ढाड कहाँ बाकि रह्यो र ।ु जेनतेन कमलपोखरी पुर् याएर प्याटप्याटे चप्पल पड्काउँदै उनी अर्को अबसर खोज्न हिँडे । भरियाको हुलमा उनी पनि सुन्न र सुनाउन पसे । त्यही समय उनलाई देखे गाँउका छिमेकीले । अब पर् यो फसाद । उनी आफ्नो आखाँ उनी तिर नपरोस् भन्नका लागि सचेत छन् । तर ती छिमेकी भने आफ्नो ठाँउबाट डेक चल्दैनन् । तर अभिनय जारी रह्यो र त्यो सकिए पछि सुमन दाईले अभिनयको कुराको चुरो खोले ।

अब संगै भरिया बनेर हिँडेका भोला र सुमन दाई भेटिए । पेटमा भोकले मुसा कुदिरहेको थियो । खान जाने कहाँ त दुईजनाको दिनभरीको कमाई २८० भएको थियो । उनीहरुले सोचे यति मिठो पसिनाको कमाई अब कुनै ठुलाठुला बस्ने बेकरीमा पसेर खाजा खाने ।

उनीहरु छिरे बानेश्वरको एक बेकरीमा । पहिला छिर्नै दिन खोज्दै छैनन् त्यहाँका गार्ड । सुमन दाईले झनक्क रिसाउँदै सोधे यो खोने ठाँउ होइन । लुत्रुक्क परेर गार्डले हो भने । अनि छिरे दुई भरिया होटलमा खानको लागि । उनीहरुले मार्बल बिछ्याएको त्यो चिल्लो टेबलमा मैलो नाम्लो राखे । वेटर छेउमा आएर त्यो नाम्लो हटाउन खोज्दै छन् । भरिया पनि के कम त्यो त्यहीँ राख्न खोज्दै छन् । उनीहरुले बेकरीमा बजिरहेको अङ्ग्रेजी धुन हटाएर नेपाली लोक गीत बजाउन रिसेप्सनमा अनुरोध गरे । पहिला नमाने पनि पछि त्यही नेपाली लोक गीत बजाए । पल्लो सिटमा छन् नाट्य गुरु सुनिल पोखरेलको समुह । उनीहरु अभिनयको निरिक्षण गर्न बसेका । वेटर आए भरिया नजिक मेन्यु बोकेर । सुमन दाईले भने हामीलाई यो हेर्न आउँदैन त्यो डल्लो डल्लो खाने कुरा लिएर आउ । अर्थात् मम । त्यति मात्रै । भोला दाइले भने त्यो लामो हुन्छ नि हातमा समातेर खाने त्यो पनि ल्याउ । ती वेटरले कति सम्म भनेछन् भने तातोकी चिसो आइसकि्रम । ती भरियाको अभिनय गरेका युवालाई ठुलै तोड पर् यो वेटरको त्यो गिराईले । तर उनीहरु संगै भित्रभित्र मख्ख पर्दै छन् किनकी उताबसेका सुनिल पोखरेलले ज्वलन्त अभिनयको स्वाद पाएका छन् । १८० उठेको पैसा तिर्न उनीहरुले एक दुईका सिक्का र बढिमा दस रुपैँया राखेर पुर् याए अनि तिरे ।

बेकरीबाट निस्कँदा सुनिल पोखरेलको समुह अघि अघि र भरीयाको समुह पछि पछि भयो । बाहिर बसेको पालेले सुनिलको समुहलाई सलाम गर् यो । भरियालाई भने कुनै झुकाव देखाएन । सुमनले भोलालाई सोधे ुयसले हामीलाई किन सलाम नगरेको ु ुपैसा नदिएकोलेु भोलाले जवाफ फर्काए । अनि सुमनले भोलाको खल्तीबाट पाँच रुपैँया झिक्न लगाएर त्यो पालेलाई दिए र सलाम ठोक्न लगाए । पाले आज्ञाकारी चेलो बन्यो ।

उनीहरुको जीबन बुझ्ने यी अभिनयका प्रसङ्गले हामी श्रोतालाई मौन भएर सुन्न बाध्य बनाएको छ । बेलाबेला हामी खित्का छोडेर हास्छौँ । तर उनीहरुले जीबन बुझ्दा मानिसले मानिसलाई गर्ने ब्यबहारको राम्रो शिक्षा पाए । त्यो शिक्षा उनीहरुका लागि मात्रै हैन मजाकको रुपमा लिईरहेको मलाई निकै सोच्न बाध्य बनाएको छ । आखिर हामी आफ्रैँ पनि मानिसको लवाई र बाहिरी आवरणमै सिमित रहेर मानिसको मुल्याङ्कन गर्छौँ र त्यसै प्रकारको ब्यवहार गछौर्ँ ।

ती युवाले हामीलाई यति मात्रै सुनाएनन् । ओपन थियटरको ’boutमा पनि भने । तर त्यस’bout म पछिल्लो पोष्टमा लेख्नेछु ।

यातायात भाडामा मनपरी

संकटमा परेका यात्रुलाई जजसले जतिजति ठगे पनि हुन्छ भन्न सोच कहिले हट्ला?

गोरखा दरबारबाट मनकामना माईको दर्शन गरेर कुरिनटार आउन पुरै आठघन्टे पैदल यात्रा गर्नुपर्‍यो। कुरिनटारसम्म आउदाँ झन्डै साँझको साडे पाँच बज्न लागेको थियो। केबलकार मुनिको बाटो पैदलयात्रा गर्दै लामो झोलुङ्गे पुल तरेर सिँडी चड्दै गरेका तीन युवती देख्ने बितिकै बिश्राममा बसेको मिनिबसले हामीलाई कुर्‍यो। हाम्रो इच्छा पनि जति सक्दो चाँडो घर पुग्नु थियो। पोखराबाट काठमाडौँ जान लागेको मिनिबसका खलासी र कन्डक्टरले हानथाप गर्दै आदिमात्रै सिट भरिएको बसमा हामीलाई चढ्न आग्रह गरे।

मनोमानी दर तोक्ने यस्ता बसमा भाडाको छिनोफानो नगरी चढिहाल्ने हतार गरेनौं। ´अब यो त अन्तिम बस हो, माइक्रो पनि खाली आउँदैन त्यसैले चढिहाल्नु नत्र यतै अलपत्र परिन्छ´ भन्दै थियो खलासी। पहिला पाँचसय भनेको खलासीलाई विद्यार्थी परिचय पत्र भएको जनाउ दिदैँ तीनसय पचास तिर्ने निधो गरी हामी बसमा चढ्यौँ। भाडा दिने बेला चानचुन नभएकोले पाँचसयको नोट दिँदा खलासीले सय मात्र फिर्ता दियो। एकैछिन अघिको कुरा बदलेर खलासी हामीलाई पचास रुपैँया फिर्ता नदिई उल्टै नाना भाँतीका गलफती गर्दै अगाडी ड्राईभर भए नजिक गयो।

कुरिनटार देखि तोकिएकै भाडाबाट विद्यार्थीले पाउने ४५ प्रतिशत छुट गर्दा हामीले जम्मा एकजनाको एकसय तिरे पुग्ने रहेछ। जान्दाजान्दै हामी थप एकसय तिर्न बाध्य भयौँ। दिनभरिको पैदल यात्राले थाकेकाले आफूआफूमा खलासीले सधैँ नै मनलाग्दी भाडा लिने कुराको विरोध गर्दै आयौँ। आखिर, दिनहुँ यसैगरी हामी ठगिएकै हुन्छौँ र सुनुवाइ नहुने गरी आफूआफू विरोध गर्छौ।

मिनीबस आफ्नै सुरमा आउँदा कलंकीमा ठ्याक्कै रातको नौ बजेको झरेका थियौँ। अब कसरी घर जाने? घरैसम्म जाने सार्बजनिक बस नपाइने पक्का भैसकेको थियो। हामी तीन युवती घर जाने मेसो मिलाउन कलंकी चोकैमा उभिएका थियौँ। एक हुल केटा आएर ´बैनीहरु कता जाने´ भन्न थाले। तिनमा कोही ट्याक्सी ड्राइभर पनि थिए। कोही भने हाम्रो उत्तर थाहा पाइसकेर पनि जिस्काउने नियतले दोहोर्‍याई दोहोर्‍याई ´कहाँसम्म जाने रे´ भन्दै थिए। तीनवटी युवती मात्र देखिएकैले छेड हानेको प्रष्टै बुझिन्थ्यो। आखिर समय निकै बितिसकेकोले हामीलाई एउटा न एउटा ट्याक्सी समाएर गन्तव्य त पुग्नु नै थियो। एक जना ट्याक्सी ड्राइभर नजिकै आएर भने ´केटीहरू मात्रै यस्तो राती भइसक्यो ल रेट तोकेरै जाँउ कोटेश्वरसम्म बस्नुस्´ भन्न थाले। तर, सँगैकी साथीलाई बसुन्धरा पुग्नुपर्ने कारणले हामी रिङ्गरोड हुदैँ जानुपर्ने बतायौँ। यो भन्ने बित्तिकै ड्राइभरले ´त्यसो भए मिटरमै जाऊँ´ भन्न थाले।
कतिपय ड्राइभरले मनलाग्दी तरिकाले मिटरमा भाडा बढाउने गरेको यसभन्दा पहिला पनि थाहा पाएकोले त्यस्तो गर्न पाइन्न भने। त्यस्तो नहुने वचन पाएपछि हामी ट्याक्सी चढेर अघि लाग्यौँ। छाउनी नपुग्दै मिटरले एकसय पचास उठायो। हामीले त्यो अनपेक्षित मिटर बढाइको विरोध गर्‍यौँ। तर, उल्टै ड्राइभर हामीसँग झोक्किन थाले। यसरी जान्दाजान्दै आफैँ कसरी ठगिनु? हाम्रो सहमति ट्राफिक प्रहरीलाई यस ’boutमा जानकारी गराउने र छिनोफानो गर्ने भयो? ठूलो भर्‍याङ् आउँदासम्म मिटरमा २५१ रुपैँया चढिसकेको थियो।
त्यहाँ ट्राफिकले हाम्रो सहमतिमा तोकिएको रकम ५५० मा जडिबुटीसम्म पुर्‍याउने गराइदिए। केही भइहाल्यो र ड्राइभरले निहुँ खोजे भने खबर गर्न ट्याक्सी नम्बर बा.१.ज ७४३९ समेत हातमा टिप्न लगाए। उनको त्यस सहयोगले रातको त्यो समयमा निकै धेरै काम गर्‍यो।

त्यसपछिको यात्रामा ड्राइभरले ट्राफिकलाई गरेको अश्लील गाली चुपचाप सुन्नु हाम्रो बाध्यता भयो। सार्वजनिक सबारी साधनमा ड्राइभर र खलासीलाई अश्लील शब्द नबोले खाएकै पच्दैन की क्या हो? अघिसम्म मिटरमा आउँदा त्यति बिस्तारै गुडाएको ट्याक्सी एकाएक बतासिएर हुँइकिन थाल्यो। दुघर्टना पो हुने हो कि भनेर त्राहिमाम हुँदै तोकिएको रकम बुझाएर जडिबुटीमा झर्‍यौँ।

कुरिनटारदेखि तोकिएकै भाडाबाट विद्यार्थीले पाउने ४५ प्रतिशत छुट गर्दा हामीले जम्मा एकजनाको एकसय तिरे पुग्ने रहेछ। जान्दाजान्दै हामी थप एकसय तिर्न बाध्य भयौँ। दिनभरिको पैदल यात्राले थाकेकाले आफूआफूमा खलासीले सधैँ नै मनलाग्दी भाडा लिने कुराको विरोध गर्दै आयौँ। आखिर, दिनहुँ यसैगरी हामी ठगिएकै हुन्छौँ र सुनुवाइ नहुने गरी आफूआफू विरोध गर्छौ।

रातको बेला बढी पैसा तिरेर भए पनि घर सुरक्षित पुग्न पाए हुन्थ्यो भन्ने सबै यात्रुलाई लाग्नु स्वभाविकै हो। तर, यसरी आफ्नो मनलाग्दी भाडा लिने र जहाँ सकिन्छ त्यहाँ ठगिहाल्न खोज्ने प्रवृत्तिले सार्वजनिक यातायातका यात्रु निकै मारमा परेका छन्। सय रुपैयाँ पुगेको पेट्रोलको भाउ अहिले ७७ रुपैँयामा झरिसक्यो तर त्यही बेला एक मिटरको २४ रुपैँया तोकिएको ट्याक्सीको भाडामा भने कुनै परिवर्तन आएको छैन। विशेषगरी आपत् पर्दा चढ्नुपर्ने यस्ता साधनले मानिसलाई सुविधाभन्दा पनि बढी सास्ती दिएको छ। चाहे त्यो राजमार्गमा चल्ने लामो दूरीका यातायात साधन होउन् या राजधानी भित्रैचल्ने छोटो दूरीको सबारी।
रातको बेला त झन् वादविवाद गर्दा आफैँ फसिने हो कि भन्ने शंकै शंकामा यात्रा गर्नुपर्छ। सम्बन्धित निकायले यस विषयमा ठोस नीतिनियम बनाउन र लागू गर्न नसक्दा पनि यात्रुहरू ठगिनुपरेको छ। यसरी मौका पर्ने बित्तिकै ठगिहाल्न खोज्ने चालक वा खलासीलाई कारबाही नभएसम्म यात्रुहरूले चूपचाप सहिरहन बाध्य हुनेछन् भने चालकहरूले मनोमानी गरिनै रहन्छन्। थाहा पाईपाई ठगिएर असुरक्षित र अन्यायपूर्ण यात्रा कतिन्जेल गरिरहनु पर्ने हो?

Lumbini in Snaps

Last month I went to Lumbini with some seniors. I was the only girl in a team of nine person. The day was valentine day when we were visiting the birth place of Lord buddha. I was compelled to take some limited picture because there was not enough space in the memory card. I was thinking of uploading these pictures at the same time but because of load shedding and internet problem I was not able to do. So I am now posting. Here are some pictures of Lumbini and the monastery made by several foreign governments.

The exact birthplace of Lord buddha

The exact birthplace of Lord buddha


another-monastery

monastery
The most artistic monastery

chinese-monastery
The first monastery when entered from the next gate

lumbini-gate
The entrance gate
dsc04916Monastery made by German Government
dsc04957
Maya devi ko Mandir

.

एउटा नारी लडाईं, बेग्लै किसिमको

नारी दिवस विशेष

nirjala1
Pic by Michel Huneult

पुरुषसँगकै प्रतिस्पर्धामा रमाइरहने निर्जलालाई महिला दिवसको हेक्कै रहेन

बिनिता दाहाल,
काठमाडौं, फागुन २५

जाडो महिनाको कठ्याङ्ग्रिदो चिसो होस् वा गर्मीको चर्को घाम, बाह्रै महिना सखारै चोभारको त्यो फराकिलो बाटोमा प्राय सधैँ भेटिन्छिन् निर्जला ताम्राकार। साथमा हुन्छ दुई पाङ्ग्रे माउन्टेन बाईक। अघि पछि प्राय कोही साथी हुँदैनन् र भईहाले पनि पुरुष मात्रै। किनकी नेपाली माउन्टेन बाईक क्षेत्रमा उनी मात्रै स्थापित महिला नाम हो। खेलप्रतिको तीब्र चाहनाले उनी हरेक बिहानी अभ्यासका लागि पाटनको साँघुरो गल्ली छिचोल्दै चोभारको त्यो शान्त खुला बाटो सम्म साइकलको पाइडल घुमाउँदै पुग्छिन्। विगत आठ वर्ष देखि यसलाई निरन्तरता दिदैँ आएकी उनका महिला प्रतिस्पिर्धी नेपालमा छैनन्। बेलाबखत भइहाले भने पनि फाट्टफुट्ट देखापर्छन् र बिलाई हाल्छन्। कारण खेलाडीलाई पर्याप्त प्रोत्साहन नहुनु, खेल स्वयं अत्यन्तै कष्टकर र महङ्गो हुने बताउँछिन्, उनी।

सन् २००१, साइमन्स एक्सन एसियाले आयोजना गरेको हिमालयन माउन्टेन बाइक प्रतियोगितामा पहिलोपटक भाग लिएकी थिईन्। सोही तीन सिरिजको खेलमा नेपालका अन्य महिलासंगै विदेशी महिलालाई पनि उछिनेकी उनी, यहि सफलता पछि यो खेलमा हौसिईन्। पहिलोपटक विदेशी महिला प्रतिस्पर्धीको अगाडी उपाधि थाप्दाको अनुभव सुनाइन्,’केही होइनको ठाँउमा म पनि केही रहेछु भन्ने भयो।’ त्यसपछि उनले भाग लिएका निकै प्रतिस्पर्धामा सफलता, असफलता दुवै हात पर्दै गए। कतिले प्रोत्साहित गरे, कतिले हतोत्साही। तर, खेल प्रतिको मोह र दैनिकको अभ्यासले शारिरिक र मानसिक दुबै रुपमा यो खेल छोड्न नसक्ने बताउँछिन्। काम विशेषमा निरन्तरको अभ्यास छोड्न पर्दा बिरामी नै भएको अनुभव सुनाउँदै भन्छिन् ,’शारिरिक र मानसिक दुवै रुपमा यो खेल अब छोड्न सक्दिन।’ कहिलेकाहीँ खेल जीवनबाट बिरक्त लाग्दा उनी ध्यान गर्न रमाउँछिन्। बुढानिलकण्ठस्थित विपस्यना योग केन्द्रमा १२ दिने ध्यानमा बस्दा उनले आफ्नो जीवनलाई नजिकबाट नियालिन्। मानिसमा हुने लोभ, मोह, क्रोध नीरश हो जस्तो लाग्यो। बाहिरी संसारबाट पुरै बाह्र दिन सम्पर्कविहीन भएर बस्दा आफू आफ्नै मनको गहिराई सम्म पुगेको अनुभव उनले गरिन्। यहीँ आठ वर्षको अन्तरालमा दुईपटक ध्यानमा रमिन्। ध्यानमा बस्दा पनि खेलमा आफू पुरै भिजेको महसुस गरेकी उनले खेलका अप्ठ्यारालाई त्यहाँ पुग्दा पनि मनमस्तिष्कबाट हटाउन सकिनन्।
उनको विचारमा साइक्लिङ्ग नेपालीका लागि एकदमै महङ्गो खेल हो। एउटा राम्रो प्रतिस्पर्धामा भिड्न उपयोगी हुने साइकलको मुल्य करीब तीन लाख पर्छ। उसैमाथि त्यही अनुसारका साइकलका पाटपुर्जा फेरिरहनुपर्ने। अत्यन्तै कष्टकर ब्यायाम र दिनहुँको अभ्यास चाहिने यो खेलमा उस्तै प्रकारको पौष्टिक आहार चाहिन्छ। खेलका लागि चाहिने ड्रेस पनि उस्तै महङ्गो हुने। तर, यति महङ्गो खेलको लागि सबै खर्च आफैँ धान्नुपर्ने बाध्यताले, यो क्षेत्रमा अरु महिला आउन नसक्नु उनलाई स्वभाविक लाग्छ। त्यसो त उनी आफैँलाई पनि यो खेलमा निरन्तरता दिन त्यति सजिलो कहाँ थियो र? कहिले सेल्स अफिसर भएर काम गरिन् त कहिले मेडिकल ट्रान्सक्रिप्सनिष्ट भएर, कहिले योग गुरु अनि कहिले बीमा कम्पनीमा सहयोगी कर्मचारीको रुपमा। यी सबै गरेर पनि परिवारको आर्थिक सहयोग र नैतिक समर्थन नभएको भए उनलाई यही क्षेत्रमा लागिरहन सम्भव थिएन।
खेलका लागि कोही प्रशिक्षक नहुदाँ गुरु र चेला आफैँ बन्नुपर्ने तितो बाध्यता छ। उनी आफैँले पनि आफैँ सिक्ने प्रयासमा खेलका थुप्रै तरिकाहरु सिकेकी हुन्। एक मात्रै महिला हुदाँ पुरुषहरु संग प्रतिस्पर्धा गर्न कतिको गाह्रो होला त? अनुहारमा छरपष्टैको उत्साह ल्याउँदै आफ्नो अनुभव सुनाईन् ,’म शारिरिक रुपमा उनीहरु जति बलियो नभए पनि मानसिक रुपमा उनीहरुको प्रतिस्पर्धी हुँ भन्ने कुरामा आफूलाई तयार राख्छु। प्रत्येक प्रतियोगिता मेरो लागि सिक्ने अबसर हुनेगर्छ।’
उनी जीवनमा सफलता मात्रै होइन पाएका असफलतालाई पनि उत्तिकै गर्वका साथ स्मरण गर्छिन्। सन् २००६ मा भएको अन्नपूर्ण सर्किटको यात्रा साइकलबाटै पुरा गर्ने उनी अहिलेसम्मकै एकमात्र नेपाली महिला हुन्। त्यो प्रतियोगितामा सबैभन्दा पछि परेकी उनले निकै ठुलो चुनौति सामना गर्नुपरेको थियो। पैदल यात्रा वा साइकल यात्रा दुवै तोकिएको सर्किटमा यसै पनि साइकल कति बाटोमा गुड्ने ठाउँ नहुदाँ पुरै भारी बोक्ने चुनौति थियो भने अर्को तिर कहिल्यै हिँउ नदेखेको मान्छेले हिँउ परेर चिप्लिँदै त्यो सरकिट पूरा गर्नु थियो। त्यो बेला आफ्नै समकक्षी पैदल यात्रीले उनको अन्तिम स्थानलाई होच्याउँदै ‘सक्दैन त्यसले साइकलबाट पुरै सर्किट सिध्याउन, रुदैँ कसैलाई भारी बोकाएर आउँदै होला’ भनेका थिए। प्रतिउत्तरमा त्यहीँ भाग लिने अग्रज नेपाली साइक्लिष्ट सोनाम गुरुङ्गले ‘रुँदैन त्यो केटी, अन्तिम भए पनि आफैँ साइकलमा रेस पूरा गर्ने दरो आँट छ।’ भनेको सुन्दा उनका आँखा रसाएका थिए। यो वाक्य उनका निम्ति जीत हार दुबैमा ठुलो प्रेरणा बन्ने गरेको छ अहिले पनि। आठ वर्षको खेल अनुभवमा यस्ता थुप्रै अनुभव बोकेकी उनी यही खेलमा जमिसकेकी छिन्।
साइकल दौडमा अहिलेसम्म थुप्रै सम्मान पाएकी र धेरै प्रतिस्पर्धामा नेपालको एक्लो र प्रथम महिला प्रतियोगी भएकी उनी यो खेलमा मात्रै पोख्त छैनन्। थुप्रै सुन्दरी प्रतियोगितामा मिस ट्यालेन्ट, मिस परसन्यालिटि र मिस क्याटवाक्को ताज पहिरिसकेकी छिन्। त्यस्तै, चित्रकला क्षेत्रमा पनि उत्तिकै रुचि भएकी उनले थुप्रै पुरस्कार जितेकी छिन्। सन् २००३ र २००४ मा भएको मण्डला आर्ट कम्पिटिसनमा दुवै वर्ष लगातार पहिलो स्थान ओगट्ने उनी पहिलो महिला थिइन्। बेलाबखत बनाएका चित्रकला बटुली आफ्नो अबकाश प्राप्त जीबनमा एकल चित्रकला प्रदर्शनी गर्ने ठुलो इच्छा छ ।
पहिला नेपालमै साइक्लिङ्ग गर्ने साजन राजबंशि र सुरेशकुमार दुलाल, जसले अमेरिका र लण्डन गएर उही खेललाई निरन्तरता दिइ नेपाली खेलाडीलाई बेलाबखत आई आफ्ना अनुभव र आर्थिक सहयोग गरेको कुराले निर्जलालाई पनि ठूलो प्रेरणा मिलेको छ। पछिल्लोपटक नेपालमै आयोजना भएको चौधौँ एशियन माउन्टेन बाईक च्याम्पियनसिपमा उनीहरु आएर खेलाडीलाई गरेको प्रोत्साहन र उनी आफैँलाई पनि २६ हजार बराबरको साइकलका पाटपुर्जाको सहयोगले निकै हौसला मिलेको छ। यो देख्दा उनलाई पनि विदेश गएर आफ्नो खेल प्रतिको प्रतिबद्धतालाई पूरा गरी यही पेसालाई ब्यवसायिक बनाउने उद्देश्य रहेको छ।
उनको बुझाईमा विदेश जानु आफ्नो खेल जीबनको पहिचान गुमाउनु होइन। त्यसैकारण, उनी विदेश गएर यही खेलमा आफ्नो दक्षता अभिबृद्धि गरी पछिका पीढिलाई आफैँ प्रशिक्षक भई सहयोग गर्ने उनको धोको छ।
यो खेलमा आउन चाहने महिला प्रतिस्पर्धीलाई उनको सुझाव कस्तो छ त? ´यो खेललाई पहिला आफैँ मन पराएर आउनुपर्छ। यसको चुनौतिको राम्रै हेक्का राख्नुपर्छ। साथै यो खेलमा आउँदा म मात्रै एकजना प्रतिस्पर्धी नहेरी विदेशी खेलाडीको क्षमतालाई हेरेर, उनीहरु सँग प्रतिस्पर्धा गर्ने दह्रो सोच र आँट लिएर आउनुपर्छ।´
आज नारी दिवस, निर्जलालाई भने यो दिनको पत्तो सम्म छैन। होस् पनि कसरी? मार्च २१ देखि सिक्किममा हुनलागेको ´कञ्चनजङ्गा माउन्टेनबाईक च्याम्पियनसीप २००९´ को तयारीमा जो जुटेकी छिन्। अभ्यासका क्रममा सधैँ पुरुष मित्र मात्रै हुने कारणले पनि उनलाई महिला विषयक कार्यक्रमहरुको हेक्का रहदैँन।

अनलाईन मिडिया सम्बन्धी जिज्ञाशा अपुरै रह्यो

आज शैक्षिक प्रयोजनको लागि सूचना विभाग गएको थिएँ । नेपालमा अहिलेसम्म दर्ता भएका अनलाईन मिडियाको ’boutमा जानकारी लिनुपर्ने थियो । तर सूचना विभाग जहाँ शिक्षकले नै सिफारिस गरेका थिए तथ्याङ्क संकलनका लागि जाँदा त्यहाँका महानुभावले बताए अनुसार सूचना विभागले प्रेस प्रतिनिधिलाई प्रेस कार्ड मात्रै दिनेगर्छ । ती महानुभावले मलाई यस’bout जानकारी लिन त्रिपुरेश्वर स्थित कम्पनी दर्ताको कार्यालय जान आग्रह गरे । म झिनो आशा बोकेर त्रिपुरेश्वर तिर लागेँ । तर त्यहाँ पुग्दा एकजना युवक जो किन म सँग कुरा गर्न चाहिरहेका थिए त्यो चाहिँ थाहा भएन तैपनि उनका ती छेउ न टुप्पोका कुराले मलाई दिक्क लागिरहेको थियो ।

यस्तैमा म सूचना अधिकृतको कोठामा पुगँे । उनले पनि अनलाईन मिडियाको ’boutमा जानकारी लिनको लागि कम्प्यूटर अधिकृतकोमा जान सुझाए । माथिल्लो तलाको पश्चिम कोठामा पुग्दा ढोका खुल्लै थियो तर भित्र कोही थिएन । झण्डै पन्ध्र मिनेट कुरे पछि कम्प्यूटर अधिकृत आईपुगे । उनलाई देख्दै अब चाहिँ केही जानकारी पाउँछु भन्ने आशा मनमा पलायो ।

उनी आफ्नै काममा ब्यस्त देखिन्थे । मैले नेपालमा अहिलेसम्म कतिवटा अनलाईन मिडिया दर्ता भएको छ भनि प्रश्न गरेँ । यो प्रश्नले उनी एकछिन अक्क न बक्क परे । तर जानकारी दिनको लागि उनी आफ्नो फाईल पल्टाउन थाले । उनले त्यसैक्रममा कम्पनिको उद्देश्यको खोजी गर्ने बटनमा थिचे ताकि मैले खोजेको जानकारी दिन सकियोस् । त्यसबाट सूचना सम्प्रेषण गर्ने कम्पनिहरुको खोजी गर्दा २२७ वटा कम्पनिहरु दर्ता भएको जानकारी प्राप्त भयो । मैले सरर्र कम्पनिको नाम हेरेँ । मैले सुनेको र थाहापाएको कम्पनिहरुको नाम देखेँ । धुम्बाराहि मिडिया भने नदेखेपछि मैले ती अधिकृतलाई यस’bout सोधेँ । उनले यो दर्ता भएको छैन होला भने मलाई ब्यक्तिगतरुपमै यो कम्पनी दर्ता भएको थाहापाएको थिएँ । उनले त्यसको लागि फेरी सर्च बटनमा थिचे तर त्यो त अन्यत्र बर्गीकृत कि्रयाकलापहरु जस्तैः फेसन डिजाईन÷ भाषानुवाद भन्ने उद्देश्यमा देखेँ । एकछिन त मलाई अचम्मैले हासोँ उठ्यो ।

ती अधिकृतले भने मलाई तपाई नआउनुभएको भए यहाँका स्टाफले गरेको यस्तो गल्ती मैले थाहा नै पाउदिँन थिएँ भन्दै मलाई धन्यवाद भने । उनले यो कुरा तत्काल छानबिन गर्ने र त्यसता गल्ती अन्यत्र भएको छ छैन त्यस’bout अध्ययन गरी यथाशिघ्र सच्याउने बताए । यसरी शैक्षिक प्रयोजनको लागि जाने म जस्ता र अन्य रिसर्चको लागि जाने ब्यक्तिले यसरी सहि सूचना पाउन नसक्ने प्रष्ट देखेँ मैले । जुन कामको लागि गएको थिएँ त्यसको ’boutमा पनि खास केही जानकारी पाइन तर संस्थाको यो कमजोरी चाहिँ थाहा भयो । उपलब्धि यति नै हो कि ती अधिकृतले गलत सूचनालाई सच्याउने छन् ।

सबैखाले गरि अहिलेसम्म त्यहाँ ९० हजार कम्पनि दर्ता भएका रहेछन् । तर ती अधिकृत भन्दै थिए यसमा १० प्रतिशत मात्रै पनि राम्रो सँग साचालन हुने हो भने नेपालको यस्तो स्थिति किन नै रहन्थ्यो र ु ठ्याक्कै कति प्रतिशत कम्पनि काम गरिरहेका छन् त्यस’boutमा त मलाई पनि जानकारी छैन । तर लोडसेडिङ्गको चटारो ठूलाठूला कम्पनिले त खेपिरहेको समयमा ती साना दर्ता गर्नका लागि मात्रै गरिएका कम्पनिले कसरी नै काम गर्लान् र मैले थाहा पाए अनुसार त मेरो यस्तो कम्पनी छ भनी पूजीको विवरण देखाउनको लागि पनि ब्यक्तिले नै कम्पनी दर्ता गर्ने गरेका छन् । यस्तोमा दर्ता भएका सबै नै कम्पनीले कसरी उद्देश्य अनुसार काम गरुन् जे होस् बुझ्न गएको जानकारी केही नपाए पनि यस्ता खाले कम्पनी दर्ता सम्बन्धि जानकारी भने पाएँ ।

साहसिक पर्यटनका सारथि तीन बहिनी

3_sisters-low-100386811> थ्री सिस्टर्सले साहसिक पर्यटनमा पुरुषको एकाधिकार समाप्त पारेका छन्।

पुरुषको एकाधिकार जस्तै रहेको पर्यटन व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् पोखरेली तीन दिदीबहिनी। लक्की, डिक्की र निक्की नाम गरेका यिनीहरू स्वदेश र विशेषगरी विदेशमा ´थ्री सिस्टर्स´को नामले परिचित छन्।
मूल घर रामेछाप र जन्मथलो दार्जिलिङ्ग भएका उनीहरूले कर्मथलो सुन्दर पर्यटकीय नगरी पोखरालाई बनाए। पन्ध्र वर्षअघि पोखरामा उनीहरुले रेस्टुराँ, गेष्ट हाउस हुदैँपछि महिला गाइडको रूपमा काम गर्नथाले। उतिबेला डेनमार्कबाट आएका महिला पर्यटकले नेपालमा महिला गाइड भए पदयात्रामा जान आफूहरूलाई सजिलो हुने बताएर लक्कीलाई यो काम सुरु गर्न हौसाए। उनीहरूकै हौसला र सहायताले लक्कीले महिला गाइडको अनुभव बटुलिन्। आफ्नै क्षमतामाथि उनलाई विश्वास लाग्यो। केही गर्न सकिने रहेछ आत्मविश्वास जाग्यो। उनीहरूले विभिन्न ठाउँबाट आएका र ल्याइएका महिलालाई आफ्नै कम्पनीमा निशुल्क तालिम दिने र सक्दो त्यहीँ रोजगारी दिने गरेका छन्। त्यहाँ रोजगारी नपाएका महिला पोखराकै अन्य ट्रेकिङ्ग कम्पनीमा पनि रोजगारी पाएर आत्मनिर्भर बनेका छन्। हालसम्म सातसय नेपाली महिलाले ट्रेकिङ्ग तालिम पाएका छन् भने ८० जना महिलाले त थ्री सिस्टर्सकै कम्पनीमा रोजगारी पाएका छन्। विशेषगरी तालिमका लागि बिकट जिल्लाका गरिब, असहाय तथा एकल महिलाले प्राथमिकता पाउने डिक्की बताँउछिन्।
3_sisters-low-100383913

त्यसमा उनका दुई बहिनीले पनि साथ दिए। यसरी मुलुकमै पहिलोपटक महिला गाइडको भूमिकामा देखा परे क्षेत्री तीन दिदीबहिनी।
पूरै नयाँ क्षेत्रमा आँट गरेर आउनु निकै चुनौतीपूर्ण थियो। विगत यसरी सम्झिन्छिन् लक्की, ´त्यतिखेरको समयमा थुप्रैले छोरीमान्छे भएर पनि यस्तो काम गर्ने हो भन्थे´। तर, पहिलो पटकको अनुभवले नै आत्मबल बढ्यो। बहिनीहरूले पनि दार्जिलिङ्ग मै हिमालयन माउन्टेनरिङ्ग इन्स्टिच्युटमा ट्रेकिङ्ग एन्ड क्लाइम्बिङ्गको प्रशिक्षण लिए। गाइड भएर पदयात्रा गराएका विदेशीले उनीहरूको कामको चर्चा आफ्नो साथीभाइ र परिचितहरूमा गरिदिए। थ्री सिस्टर्स एडभेन्चर ट्रेकिङ्ग कम्पनीले महिला र परिवारमा आएका पदयात्रीलाई प्राथमिकता दिने गरेको छ। यसरी बिल्कुलै नयाँ र चुनौतीपूर्ण क्षेत्रमा लागेका क्षेत्री दिदीबहिनीले समय सँगै सफलता पाउँदै गए। यी हसिँला र साहसी दिदीबहिनीको जीवनको उद्देश्य थियो, ´आफ्नो सँस्कृति जोगाउँदै नेपाली दिदीबहिनीलाई समय सँगै आधुनिकतामा हिड्न सिकाउने र महिला सशक्तीकरणमा टेवा पुर्‍याउने।´
यसका लागि उनीहरूले विभिन्न ठाउँबाट आएका र ल्याइएका महिलालाई आफ्नै कम्पनीमा निशुल्क तालिम दिने र सक्दो त्यहीँ रोजगारी दिने गरेका छन्। त्यहाँ रोजगारी नपाएका महिला पोखराकै अन्य ट्रेकिङ्ग कम्पनीमा पनि रोजगारी पाएर आत्मनिर्भर बनेका छन्। हालसम्म सातसय नेपाली महिलाले ट्रेकिङ्ग तालिम पाएका छन् भने ८० जना महिलाले त थ्री सिस्टर्सकै कम्पनीमा रोजगारी पाएका छन्। विशेषगरी तालिमका लागि बिकट जिल्लाका गरिब, असहाय तथा एकल महिलाले प्राथमिकता पाउने डिक्की बताँउछिन्।

जुम्लाकी १८ वर्षीया फूलमाया रोकायाले गाइडको पेसामा लागेपछि सकारात्मक परिवर्तन भएको पाएकिछन्। अर्को पटक घर जाँदा थ्री सिस्टर्सलाई सोधेर आफ्नो पति पनि यहीँ ट्रेनिङ्गमा ल्याउने मन छ उनको। ट्रेनिङ्गमै अलि अलि बोल्न सिकेको अङ्ग्रेजीले विदेशी साथी बनाउन निकै मद्दत गरेको छ फूलमायालाई। कालिकोटकी प्रमिला शाहीलाई ट्रेकिङ्ग पेसा कस्तो लाग्छ त? ´आफ्नै देशको नयाँ नयाँ ठाँउ घुम्ने, विदेशी साथी बनाउने र विभिन्न देशको संस्कृति र विकास बुझ्न पाइने भएकोले निकै रमाइलो लाग्छ।´ हालै प्रमाणपत्र तह सकेकी प्रमिला मुख छोप्दै लजाँउदै भन्छिन् ´आम्दानी पनि राम्रो हुने र अन्य देशमा महिला कति अघि छन् पनि देख्‍न पाइने। प्रत्येक पटकको भ्रमणमा नयाँ कुरा थाहा हुन्छ।´
यी दुबै महिलालाई पहिले विदेश पनि यति मिलनसार हुन्छन् जस्तो लाग्दैन थियो रे। गाइडको पेसाबाट रमाइलो त भएको छ नै परिवारलाई खर्च र आफ्नो पढाइलाई समेत निरन्तरता दिएका छन्।
यसरी आफूसँग काम गर्ने महिलामा आएको परिवर्तनले थ्री सिस्टर्सलाई निकै हौसला दिएको छ। थ्री सिस्टर्स आफैँ गाइड भएर दूर्गम क्षेत्रमा जाँदा त्यहाँका महिलाले उत्सुकता देखाएपछि नै उनीहरूलाई समेट्न थालेका हुन्। यस्तो तालिम त्यही दूर्गम ठाँउमा नै दिन सके स्थानीय महिलामा आत्मविश्वास बढ्ने उनीहरू ठान्छन्।
दुई वर्ष यता उनीहरूले बालबालिकाको लागि अनाथालय पनि खोलेका छन्। विभिन्न क्षेत्रबाट आएका यी बालबालिकालाई गाँस बासको बन्दोवस्त र स्कुल पठाउने व्यवस्था मिलाइएको छ।
पोखराको ´थ्री सिस्टर्स ट्रेकिङ्ग कम्पनी´ साहसिक पर्यटनका माध्यमबाट महिला सशक्तीकरणमा योगदान पुर्‍याएबापत थुप्रै अर्न्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको छ। पछिल्लोपटक मात्रै ´जियो टुरिस्म अवार्ड´, ´ग्लोबल भिजन अवार्ड´ बाट सम्मानित भएको छ। आजकाल विशेषगरी थुप्रै विदेशीले महिलासम्बन्धी कार्यपत्र लेख्‍न पिन उनीहरूलाई इमेल मार्फत् सोध्ने गर्छन् रे। लक्की भन्छिन् , ´विभिन्न पत्रकार, विद्यार्थीहरूको प्रश्नको जवाफ दिन आजकाल दिनमा विहान एक घन्टा छुट्टाउने गरेको छु।´
अविवाहित यी थ्री सिस्टर्सको छिटै विवाह गर्ने भने सुरसार रहेनछ।

तस्बिर :मिसेल उनो

यी बालबालिकाको भविष्य कस्तो होला?

dsc051041


हिजो सोमबारको दिन करिब ३ः३० तिर बानेश्वर चोक हुदैँ मिनभवन तिर लाग्दै थिए । बानेश्वर चोककैमा पचास जना जति मानिसहरुको घुइचो थियो । मानिसहरु खुब चासो दिएर केही हेर्दै थिए । बाटो हिडिँरहेको बटुवा हिँडिरहँदा स्वत मेरो पनि ध्यान त्यता आकर्षित भयो । त्यता हेर्दा त दुई बालबालिका केही नाटक जस्तो लाग्ने केही कि्रयाकलाप देखाईरहेका थिए । म कसैलाई भेट्न हिँडेको मान्छे यसै पनि दिएको समय भन्दा ढिलो भइनै सकेको थिए । त्यसैले ती बालबालिकाको दुइवटा तस्बीर खिचेँ र आफ्नो बाटो लागे । म हिँड्दा दुई मध्यको ठुलो चाहिँ बालक सानो बालकको घुँडा मुनिबाट एउटा डोरी जस्तो कपडाले बाँधेर आफ्नो घाँटीमा त्यही डोरीको पासो लगाएर हातले नसमाई घाँटीकै सहायताले त्यो बालकलाई बोक्दै थियो । हुन त घाँटीको सहायता पछाडी पट्टि लिएको थियो त्यो बालकले तर पनि मलाई भने त्यो दृश्य निकै असह्य लागेको थियो । जे होस् समय अभावका कारण म त्यहाँबाट छिट्टै नै बाटो लागेँ ।

dsc05111
आफू जसलाई भेट्न गएको थिएँ उहालाई भेटेँ । काम एक किसिमले भन्ने हो भने सफल पनि भयो । म त्यहाँबाट ४ः२० हुदाँ फर्के । मिनभवनमा नेपाल यातायात रोक्ने ठेगान कहाँ नै हुन्छ र त्यो पनि अफिस टाईम तिर त्यसैले म अघिका ती बालबालिका सम्झदैँ बस कुर्नको लागि पनि बानेश्वर तिर नै लागे । म पुग्दा ती बालबालिका आफ्ना कि्रयाकलाप सकाएर दर्शक सँग पैसा माग्दै थिए । पैसा माग्ने उनीहरुको सायद त्यो साहसिक शैलि होला । ठुलो चाहिँ बालक लामो बाँसको टाँडमा उभिएर थालमा पैसा मागिरहेको थियो । सानो चाहिँ भने दाईले जम्मा गरेको पैसा अर्को थैलीमा बटुल्दै थियो । एकछिन उनीहरुको यो काम जारी रह्यो मान्छेको भीँड केही कम हुदैँ गयो । ती मान्छे झण्डै दुइ घण्टा तीनै बालबालिकाको चत्रिकला हेरेर बस्दा बरोजगारी सहजै अनुमान लगाउन सकिन्थ्यो । हेर्ने दर्शक अधिकांश युवा जस्ता लाग्थे । मध्य अफिस आवरमा ती सबै आफ्नो दुई घण्टा समय केमा खर्च गरिरहेका छन् जस्तो लाग्यो । यस्तै सोच्दै थिएँ ती बालबालिका पैसा गनि वरी आफ्ना पोका पुन्तुरा मिलाएर हिड्न आट्दै थिए । ती बालबालिका कहाँका कस्ता पृष्ठभुमीका होलान् भन्ने बुझ्नको लागि म उनीहरुको पिछा लागे । बानेश्वरको बस स्टपमा ती साना बालबालिकाहरु अडिए । दुइजना मात्रै उनीहरु जडिबुटि जाने बस कुदैै्र रहेछन् । उनीहरु आफ्ना अभिभावक सँग जडिबुटिमा कोठामा बस्ने रहेछन् । भारतको कानपुर घर भएका उनीहरु तीन वषै देखि यहाँ बस्दै आएका रहेछन् ।

dsc05112
यहाँ आए देखि नै जेठो चाहिँ दाजुले यस्तो बाटोमा हिड्दै पैसा कमाउन थालेको रहेछ भने सानी बहिनी पहिला मैले भाई सोचेको थिएँ लाई हालसालै लिएर हिँडन थालेको रहेछ । उनीहरुले स्कुलको एकदिनको पनि अनुभव लिएका छैनन् । बाबुआमा आफ्रँले उनीहरुलाइै बिहान खाना खुवाएर यसरी यस्तो काममा पठाउँदा रहेछन् । ती बालबालिकालाई नियालेर हेरेपछि मैले पछि चिनेँ उनीहरु त उहीँ म र मेरो साथी सँग केही महिना अघि जडिबुटिमा बस कुर्दा पैसा माग्ने फुच्चाफुच्ची रहेछन् ।

dsc05115
मलाई उनीहरु यस्तो कामबाट दिनमा कति पैसा कमाउछन् भन्ने कुरा जान्न मन थियो । अघि भर्खर दाजु चाहिँले झण्डै चारसय कमाएको त मैले पनि देखेको थिएँ । उनीहरुको जम्मा आमदानी भएको रहेछ पाँच सय तेइस । अरु दिन पनि तीनसय देखि आठसय सम्म हुने गर्दोरहेछ । यस्तो पैसाको टक बसेका उनीहरुलाई स्कुल किन नै जान मनलाग्थ्यो र छोराछोरीको भविष्य बुझ्नुपर्ने बाबुआमाले त त्यही पैसाको लोभले स्कुल पठाएनन् । यति सोधिसक्दा आफू घरजानु पर्ने बस पनि आयो र त्यहीँ बाहिरै खुट्टा टेकि नसक्नुको बसमा चढेँ । मेरो पछि पछि ती दुई बालबालिका पनि चढ्न खोज्दै थिए तर खलासीले ’emलाई हातमा समातेर लछार्दै तल झार् यो । खलासी भन्दै थियो यी ठग र चोर बालबालिकाहरु । यिनीहरुले कुन बेला कसको सामान र पैसा चोर्छन् ठेगानै हुदैँन । पहिला कुनै आगन्तुकको पैसा चोरीको ’boutमा बताउदैँ घटना बसका सबै यात्रुलाई सुनाउँदै थियो खलासीँ । म सोच्दै थिँए खै यी बालबालिकाको भविष्य कस्तो होला यिनीहरु भविष्यमा के बन्लान् दुई महिनाको फरकमा मैले देख्दा उनीहरु पैसा माग्नेबाट पैसा चोरमा परिणत भएछन् ।