हिमालसँग लुकामारी खेल्दै…

विनिता दाहाल

यसपटक म थुप्रै उथलपुथल छोडेर एक्लो अन्तरमनको यात्रामा निस्किएको छु जहाँ मैले दिनभर खुट्टासँगै मनको यात्रालाई एउटा गति दिएर सोच्न पाएको छु। विगत सम्झिएर असल र खराब छुट्ट्याउन पाउने यस्ता यात्रा मलाई विशेष लाग्छ।

त्यही यात्राको निचोड निकाल्न पुगेको छु म यस उचाइमा जहाँबाट विगतलाई समता भावले नियाल्न र निचोड निकाल्न सकियोस्। विनाधरातलीय उचाइले मानिसलाई भ्रममा हुर्काउँछ। तर, म उभिएको ठाउँ धरातलविहीन छ र?

एक्लो म…

ध्यान र तपस्याको त्यही समय कल्पना गर्दैछु। मन चंगा भएको छ। म निश्चल आकाश छुने उत्साहले उफ्रिएँ। अरबिनले मेरो तस्बिर उतारे। मलाई गहिरो स्वरले चिच्याउन मन लाग्यो। एक्लै चिच्याउनु मूर्खता होला भनेर मैले साथीहरूलाई उक्साएँ। उनीहरू ठूलो हाँसोसहित चिच्याए। मेरा आँखाबाट तरर्रर आँसु झर्‍यो। मैले चिच्चाइसँगै शरीरमा विकार बनेर रहेका प्रतिशोध द्वेष निस्किएको अनुभव गरेँ।

‘छिल्लिएका बाहुन कति बोल्न सक्छन्,’ छिरिङ ग्याल्चेनले भर्खरै आइपुगेका पाहुनाको अनुहार नहेरी भनिन्। पर्यटक लिएर होटल पुग्ने गाइडहरू उनलाई अनेकथरी भनेर जिस्काउँछन्। ग्राहकले अनावश्यक कुरा गरेको उनलाई मन पर्दैन।

हाम्रो आधा टोली भर्खरै उनको होटल आइपुगेको छ। हामीले उनको खुम्चिएको निधारमात्रै देखेका छौँ। उनको खरो मिजास बुझेर हाम्रा टोलीका बलबहादुरले भने, ‘तपार्इँ हाँसेको हेर्न पनि औँसीपुर्ने नै कुर्नुपर्छ कि? थाकेर आएका छौँ, लौन चिया खानुपर्‍यो।’

बल्ल उनले ओठ खुकुलो पारिन्। कति मीठो हाँसो। धुन्चेमुनिको ठूलो भार्खुबाट लगातार तीन दिन हिँडेपछि हामी क्याङिजन भ्याली आइपुगेका छौँ। पढ्नेक्रम जारी राख्नुहोस्