परिचय खोज्दै हिँडेकी म

दुई वर्ष अघि काठमाडौँ विश्वविद्यालयको अतिथि सदनमा लोभलाग्दो जमघट थियो । फुलब्राइट एसोसिएसनका प्राडा ल्यारी स्टारजिकदेखि ‘नेपाली टाइम्स’का कुन्द दीक्षित समयका युवराज घिमिरे, त्रिभुवन विश्वविद्यालय आम साचार विभागका बद्री पौडेल र टीभी ब्यक्तित्व विजयकुमार पान्डे जस्ता पत्रकारिताका हस्तीहरुलाइ पहिलोपटक त्यहीँ देखेकी थिएँ । केयूले थालेको आमसाचार स्नातक तहका हामी पहिलो विद्यार्थी समूह थियौँ र उनीहरु हामीलाई केयूले गर्ने स्वागतमा भेला भएका थिए ।

कार्यक्रममा सबै विद्यार्थीले आफ्नो परिचय दिनुपर्ने भयो । पालो आएपछि अघिल्तिर गएर माइक्रोफोनबाट परिचय दिएँ । जसै फर्किन थालेकी थिएँ विभागीय प्रमुख डा. जंगब चौहानले भन्नुभयो- ‘तपाईको नाउँ भन्नुस् न ।’

कस्तो हुस्सु ! मैले त आफ्नो नाम भन्नै भुलेर परिचय दिएछु । मंचमा फर्केँ । सबैको अनुहारमा एकपटक पुलुक्क हेरेँ । उनीहरुका आँखा मतिरै थिए । पाइला गहुंगो भएर आयो । जीउ फतक्क गलेझैँ भयो । सायद अनुहार पनि रातो थियो- पहिलो दिनमै नराम्रो प्रभाव पर्ने भयो भन्ने चिन्ताले ।

इलेक्ट्रोनिक इन्जिनियरिङ्गको अन्तर्वार्तामा बाहिरिएपछि म आमसाचारतिर हेलिएकी थिएँ । मैले भनेँ- ‘आमसाचारमा आएको आफूलाई चिनाउनकै लागि हो अहिले नाम भनेर परिचित हुनुभन्दा चार वर्षपछि विनिता दाहाल भनेर चिनिन चाहन्छु ।’ किन हो कुन्नि हलमा ताली बज्यो । कोही भरमार हाँसे ।

त्यो घटना अहिलेसम्म जिस्किने विषय बन्ने गरेको छ विश्वविद्यालयमा । कहिलेकाहीँ शिक्षकहरु, ‘विनिता दाहाल कहिले बन्ने ?’ भन्दै ठट्टा गर्छन् । झण्डै दुई वर्षअघिको घटना सम्झँदा अहिले आफैँलाई भित्रभित्रै हाँस उठ्छ ।

अनेक विषयमा साथीहरुसँग गफिएर आनन्द लिनु, क्याफे छेउको चउरमा पारिलो घाम ताम्दै सुस्ताउनुको मजै बेग्लै । पढाइलाई प्राथमिकता दिनैपर् यो । कहिलेकाहीँ दिनचर्या दिक्कलाग्दो हुन्छ । उही नियमित कक्षा गृहकार्य अनि परीक्षाको प्रतीक्षा । काठमाडौँदेखि धुलिखेल बसको चटारो द्राफिक जाम ।

प्लसटुमा कक्षा कुनै दिन खाली भएको याद भएन । विश्वविद्यालयमा कसो कसो पढ्न खासै चासो नदिँदा सेमेस्टरको शुरुका केही हप्ता यत्तिकै बित्छन् । महिनामा परीक्षा पर्ने भएर होला समय बितेको पत्तो नहुनेरहेछ ।

कलेज पुग्न बिहान जाडो महिनामा ७ः१५ बजे हिँड्नुपर्छ । कलेजमा कति दिन कक्षा हुँदैन र धेरैजसो ३-४ घन्टामात्र हुन्छ । त्यसैले विषयलाइ मिल्दोजुल्दो सानोतिनो काम गर्न पाए पनि हुने भन्ने लाग्छ ।

कक्षाबाहेकका समय साथीहरुसँग सेमेस्टरपछिको खाली समय कहाँ घुम्न जाने र के गर्ने योजना बनाउँदै बित्छ । पुस्तकालयमा एकैछिन पुस्तक-पत्रपत्रिका हेर्दैमा कलेज बस छुट्ने समय भइहाल्छ । सिट पाउँदा ठीकै उभिनुपरे भने सार् है झ्याउ ।

धुलिखेलबाट सरासर पचास मिनेटमै काठमाडौँ आइपुगिन्छ । तर अचेलको उदेकलाग्दो जाम र जुलुसले बाटोमा अड्किनुपरे गाडीभित्रै थप एक द्धन्टा बस्नुपर्छ कम भनेको दिन २० मिनेट जति । फेरि जडिबुटीमा झरेर अर्को बस कुर्नुपर्ने जो खुट्टा देकाउन नसकिने प्यान हुन्छ । सास्तीमा घर पुगिन्छ सानोतिनो आलटालमै दिन बितिहाल्छ । कलेजको ६ महिने सेमेस्टर पनि यस्तैगरी बित्ने रहेछ । शुल्क तिर्न अकाउन्ट सेक्सन जाँदा मात्र आफूले बिताएको समय सम्झेर एकपटक मुटु ढुक्क फुल्छ । आखिर विद्यार्थी भनेको यही न हो ।

स्वागन समारोहमा गरेको प्रतिबद्धताका लागि दुई वर्ष बाँकी छ । भनेजस्तो सजिलो नहुने रहेछ । तर आशावादी बन्नैपर्छ । सुख र दुःखको अनुभूति विद्यार्थी जीवनमा पनि हुँदोरहेछ । जे होस् मैले दुई वर्षमा के सिकें भने आमसाचार भनेको सकि्रयता रहेछ । जति आफूलाई सकि्रय राख्न सक्यो उपलब्धि त्यत्तिकै भरिएर आउने ।