जीवन बुझाइका अनुभूतिहरू

आजीवन आफ्नो कुरा नगरेका जगदीश घिमिरेले गोडामुनि रहेको टेलिभिजन सेटमा आफ्नो मृत्युलाई साक्षात देखेको आभास गरेपछि आफ्नै जीवनकर्मर्लाई आफ्नो पुस्तक ‘अर्न्तर्मनको यात्रा’मा मीठो भाषाशैलीमा लिपिबद्ध गरेका छन् । मनमा बिझेका का“डा र तिनका खिलहरूलाई शब्द-शब्दका सुइराले खोतलेर निकालेका रहेछन् उनले । पाठकलाई यो पुस्तकमार्फ र्सार्थक जीवनको परिचय दिएका छन् उनले ।जीवन र मृत्यु बीचको धर्को जोड्ने विन्दुमा पुग्दा मानिसले आफ्ना इच्छा, आकाङ्क्षा, क्रोध, मोह र विगतको जीवनप्रति कस्तो धारणा बनाउ“छ भन्ने गहिरो व्याख्या गरिएको छ, पुस्तकमा । अस्पतालमा किमो उपचार र स्टेम सेल ट्रान्न्सप्लान्टको विधि लेखेका हरफहरूले अति भावुक बनाउ“छ । उपचार वृत्तान्तले आफैंलाई शरीरमा रोपेको झस्का पस्छ, पाठकको मनमा । घिमिरेले बाल्यकालदेखि मृत्युको मुखमा पुग्दासम्म आफ्नै जीवनका र समग्र मानिसका भाव, स्वभाव र स्ववास्तविकता केलाउनुका साथै जीवनको र्सार्थकता खोज्ने कामगरेका छन् ।

बाल्यकालमा गौंथलीलाई आफ्नो सिकार बनाएबाट प्राणीहत्याको प्रायश्चित गरेका उनले आफ्ना छोराछोरीलाई जति नै रहर गर्दा पनि गोली नकिनिदिएको प्रसङ्ग र मृत गँैंथलीले निहुराएको शिरको वर्ण्र्ाानिकै मार्मिक छ । काठमाडौंमा बसेर पढ्दा एसएलसीपछि परिस्थितिवश पढाइ बीचैमा छाडेका लेखकको जीवन एकाएक भत्किन्छ । उनी भन्छन्, ‘नभत्किएको मान्छे मान्छे हु“दैन, लेखक त हु“दै हु“दैन ।’ विश्वविद्यालय शिक्षाभन्दा जीवन शिक्षाको महत्त्व बढी देखेका उनले साहित्यलाई एउटै मूल विषय बनाई आफ्नै जीवनको पाठशालामा भर्ना भए । तीन बसाइमा यो पुस्तक पढिसिध्याउ“दा र यसको भाव मनन गर्दा आफूले पनि जीवन शिक्षाका केही मर्म बुझेको अनुभव गरे“ । आफ्नो योग्यता आफैं बनाउने प्रतिबद्धताका लागि उनले आफ्नो मनलाई प्रत्येक कुराको खुला प्रयोगशाला बनाए । जीवन र जगत’bout जिज्ञासा राखेर सबै किसिमका विचार, चिन्तन र अनुभव समेट्ने जमर्काेमा जुटे ।

जगिदश िघिमरे

जगिदश िघिमरे


रामेछापको मन्थलीमा जन्मेर विभिन्न ठाउ“मा बाल्यकाल बिताई कुनै बेला छापामार हुने लहडमा त कुनै बेला जीवन शिक्षा लिने प्रयत्नमा जुट्दै पछि नेपाल, भारत र बेलायतमा पढाइ पूरा गरे । गैरसरकारी संस्थामा जागिरे भएर नेपालमै धेरै कमाउनेमध्ये एक भएको कुरा पढ्दा जीवन नाटकीय लाग्छ । जीवनलाई एउटा मोड दिन उनी राम्रो जागिरको खोजीमा लागे, आफूलाई सक्षम बनाए । बाल्यकालदेखि रह“दै आएको जन्मथलोप्रतिको मायालाई कर्तव्यका रूपमा लिएर त्यहीं गाउ“को विकासमा जुटे । उनको मूल उद्देश्य थियो, अभावै-अभावले जर्ीण्ा रामेछापमा स्वनिर्भर र दिगो सामुदायिक विकास गर्न आफ्नो समय र चिन्तनको योगदान गर्ने । जसमा उनले धर्मपत्नी दर्ुगाको साथ पाए । अहिले रामेछापमा तासेसले गरेको सहकारीको विकासस“गै त्यहा“को महिलाको नेतृत्व र चेतनास्तर पुरुषको भन्दा बढी भएको लेखकले उल्लेख गरेका छन् ।

पुस्तकको साह्रै रोचक र मन छुने विषय आफूप्रति श्रीमती दर्ुगाको महत्त्व र जीवनमा उनको प्रभावको वर्ण्र्ााछ । आफूले जागिरे जीवनको सुरुताका एक महिलालाई सही शब्द चयन गर्न नसकी कस्तो हिस्सी नपरेकी भन्नु र त्यस प्रसङ्गमा वासु शशीले ‘नारीप्रति तिमी अझै समवेदनशील बन’ भनेको कुराले त्यस समयको नारीप्रतिको सम्मानको व्याख्या गरेको छ । त्यस्तै संस्कृतको एक श्लोक प्रयोग गर्दा उनले ‘कुनै पुरुष त्यस्तो छैन, जो योग्य नहोस्’ भनेका छन् । यसमा संस्कृतमा पुरुष भन्नाले महिला र पुरुष दुवैलाई बुझँउ“छ भन्ने प्रस्टीकरणले पनि नारी अस्तित्वप्रति उनको सम्मान झल्काउ“छ ।

िमलेका दम्पती अाफ्रनै बगैँचामा

िमलेका दम्पती अाफ्रनै बगैँचामा

उनले पार्टर्ीीत्र राजनीतिको नाममा घिनलाग्दो चलखेल र स्वार्थीपनको चर्चा गरेका छन् । नेताको बेइमानी, शोषण र चरित्रहीनताको चर्चाले आफूलाई राजनीत्रि्रति वितृष्णा जागेको बताएका छन् । कतिपय राजनीतिज्ञले उनलाई तामाकोशी सेवा समितिको स्थापना गरेर सांसद बन्नखोजेको आरोप लगाएका रहेछन् । बहुदल आएपछि थुपै्र नेता गाउ“ पसेको र त्यसबाट गाउ“लेमा पर्नगएको नकारात्मक असर’bout मीठो शैलीमा उनले प्रसङ्ग मिलाएका छन् । ‘बेरोजगार मान्छेले त रोजगारी पाए-पाए, सबभन्दा दुःखद कति ठाउ“मा छोरी-बुहारीका यौवनले समेत रोजगारी पाउन लागे ।’ विकासको नाममा

गाउ“मा पसेका नेताको यो चरित्र चित्रणको मार्मिकताले पाठक वर्गको मुटु छुन्छ ।

रछयान खोतलेर जीविका गर्ने बालबालिकाको अनुहारको सहज हा“सो, खुसी र उप|mाइले अन्तर्रर्ााट्रय स्तरको आकर्ष जागिर छाडेर जन्मथलोको कहालिलाग्दो अन्धकार हटाउने कामका लागि प्रेरणा मिलेको प्रसङ्ग कम रोचक छैन । यसमा श्रीमती दर्ुगाको सहज स्वीकार र आगामी कामका लागि हौसला वर्ण्र्ााोग्य छ ।

जगदीशले प्रत्येक सफलताको श्रेय दर्ुगालाई दिएका छन् भने असफलताको स्वयम् आफूलाई । अब धेरै बा“च्दिन र मर्दैछु भन्ने ज्ञान भएपछि उनले आफूलाई भन्दा पनि आफ्नो अनुपस्थितिमा घर र आफ्नी दर्ुगालाई सम्झेका छन् । उनले सन्तान’bout दर्ुगालाई भनेकोे कुरा मार्मिक र गहन छ । ‘सन्तानले तिमीलाई मेरो अभाव अनुभव हुन दिने छैनन् । तिमीजस्ती असल आमाको कोखबाट अविवेकी र दुच्छर सन्तान जन्मन सक्तैनन् । कदाचित् अविवेकी र दुच्छर व्यवहार गरे भने त्यो उनीहरूले तिमीबाट होइन, मबाट पाएको भन्ने सम्झेर बिर्सनु र मलाई क्षमा गर्नु ।’ उनले एक प्रसङ्गमा भनेका छन्, ‘मलाई एकरात छोड्नुपर्दा त्यति पीर गर्ने दर्ुगाले सदाका लागि छोड्नुपर्दा कस्तो होला ।’ यो आत्मालापमा जगदीशले आत्मसम्मानसाथ आफ्नो जीवनको सफलताको श्रेयहरू अरूलाई दिएका छन् । उनले भनेका छन्, ‘जीवन यात्रामा मान्छेको मनले सुखजति आफूलाई र दुःखजति अरूलाई बा“डेका हुन्छन् । त्यो तुलोमा भने म पक्कै ठगिएको ठहर्नेछु ।’ उनको अनुभवबाट खारिएर आएको यो बुझाई अत्यन्तै प्रेरणादायी छ ।

अन्त्यमा, जीवनलाई भोगिरहेका तर त्यसको रहस्य बुझ्न नसकेका थुप्रै पाठकलाई मनभित्रैबाट छचल्किएर आएको भोगाइ, अनुभव र भावनाहरूलाई

मिलाई जीवनका मार्मिक आख्यानलाई तटस्थ रूपमा पाठकसमक्ष ल्याएकोमा घिमिरेलाई धन्यवाद ।

Posted on: 2008-10-24 21:16:00

Another article on Antarmaan ko Yatra
अन्तरमनको यात्रा र त्यस भित्रका लेखक

चिकित्साशास्त्रको विद्यार्थी भएको हुनाले ‘मल्टिपल माइलोमा’ मेरो निम्ति कुनै नौलो नाम थिएन। हरेक कक्षाका लेक्चरहरुमा म अक्सर यो नाउँलाई मेरो नजिकबाट फुत्त गुज्रिएको पाउँछु। मेरो यो रोगसँगको परिचय चिकित्साशास्त्रका आम विद्यार्थीहरुलाई झैं प्यथोलोजी क्लासका ति नै पट्यार लाग्दा नियोप्लाजिया (क्यन्सरहरुको अध्ययन गर्ने बिषय) का लेक्चरहरु जस्तै थिए। न रोगीको पीडा अनुभव हुन्थ्यो, न अनुभव गर्ने चेष्टा नै गरिन्थ्यो। मान्छेको सम्पूर्ण शरीरको म ज्ञाता नै भएँ भन्ने अल्लारे भावनाहरुले मैले प्यथोलोजीको प्रायोगात्मक कक्षामा ‘मल्टिपल माइलोमा’लाई हेरेको आज धेरै दिन भएको छैन। मैले केवल माइक्रोस्कोपका दुई स-साना दुलाहरुबाट बोन म्यारो आस्पिरेसनबाट झिकिएका मल्टिपल माइलोमाका स्लाइडहरु हेर्न सकें। त्यहाँ देखिएका ‘नियोप्लास्टिक प्लास्मा सेल्’हरुलाई हेर्दै मैले प्रध्यापकसँग बडो फुर्तिलो भएर भनेको थिएँ-“सर दिस् इज फ्रम द पेसेन्ट् अफ मल्टिपल माइलोमा”। यस्ता रोगहरुप्रति मेरो सोचाइ आम मानिसहरुको जस्तै थियो। मान्छेलाई गलाउने रोग, सुताउने रोग, सिथिल बनाउने रोग, लडाउने रोग, कम्जोड बनाउने रोग र अन्त्यमा बिताउने रोग। म सोच्थें जब मान्छेसँग यस्ता रोगहरुको युद्ध हुन्छ तिनले मान्छेलाई सधैं पराजित गर्छन्। युद्धभूमिमा कहिल्यै नहार्ने अपराजित योद्धा जस्तै लाग्थे मलाई यस्ता रोगहरु। मेरा यी सोचाइहरुमा तब ठूलो परिवर्तन आयो जब मेरो हातमा अचानक स्रष्टा जगदिश घिमिरेद्वरा लिखित ‘अन्तरमनको यात्रा’ नामक ग्रन्थ पर्‍यो। जब मल्टिपल माइलोमाले उनलाई धावा बोलेछ, उनले बडो धैर्य र सहासका साथ लडेछन्। त्यो लडाईंको टक्रावसँगै जन्मिएको ‘अन्तरमनको यात्रा’ले साँच्चै त्यो लडाईंलाई सारा साहित्यप्रेमीहरुले, बिकासप्रेमीहरुले र जीवनका गहिराइलाई चुम्न खोज्ने सबैसबैले कहिल्यै बिर्सन नसक्ने बनाइदिएको छ। अन्तरमनको यात्रा मल्टिपल माइलोमाका अगाडि एउटा अचुक अस्त्र झैं लाग्यो मलाई। मैले देखें यति भयानक राक्षसी माइलोमामाथि कुनै मानव यसरी बिजयी भएको। अनि देखें असाहय माइलोमा, थकित माइलोमा, पराजित माइलोमा, चुपचाप उभिरहेको निस्तेज अनि निस्प्राण माइलोमा। यही यात्राका यी महानायकको यो बिजयको खुशीयालीमा आज म मेरा यी कोमल शब्दहरुले यो बिजयगीत गाउने प्रयत्न गर्दैछु।
जतिखेर मानिसले यस पृथ्वीमा जन्म लिन्छ त्यतिखेर नै उसले मृत्‍युलाई प्रेम प्रस्ताव राखिसकेको हुन्छ। फरक यति हो कसैको प्रस्ताव अलि चाँडै स्विकारिन्छ र कसैको अलि ढिलो। अनि थोरैले मात्रै मृत्‍युलाई बिस्तारै आफूतिर लम्कँदै गरेको देख्छन् जस्तो लेखकले भने झैं खुट्टामन्तिरको टेलिभिजनलाई देखे जस्तै अत्यन्तै नजिक अनि अत्यन्तै स्पष्ट। मृत्‍युसँग सदैव भयवित रहिरहने हाम्रो परम्परा आजको मात्र होइन, हिँजोको मात्र पनि होइन, धेरै अघिदेखिको, सम्भवत सृस्‍टिको सुरुवातदेखिकै हो। यही भयले मान्छेलाई पापी बनाउँछ, स्वर्थी बनाउँछ अनि विश्वासघाती बनाउँछ। धेरै थोरैले मात्रै यो सत्यसँग आत्मसाथ गर्दै जिन्दगीका उकालीओरालीहरुमा आफूलाई कुदाइरहन्छन्। मृत्‍युलाई अगाडि नदेखी जिन्दगीको मुल्य थाह नहुनु त सत्य हुँदै हो तै पनि मृत्‍युलाई आफ्नै अगाडि मुख आँ गरेर बसेको देख्दै गर्ने थोरैले मात्रै यति सम्म अडिग भएर ‘अन्तरमनको यात्रा जस्तो बहुमुल्य ग्रन्थ सिर्जना गर्न सक्छन। म आँफै जगदिश घिमिरे भएको कल्पना गर्न सक्दिन, हृदय काँपिहाल्छ, ठूलो उचाइबाट खस्दै गरे झैं बोध हुन्छ। मृत्‍यु सत्य हो, थाह छ तै पनि म आफूलाई यस्को कल्पनामा खेलाउन चाहन्न। मलाई आफू सदैव अमर्त्य रहने झुठो कल्पनामै बाँच्न पाए पुग्छ।
समय र परिस्थितीको प्रवाहसँगै बहँदै जाने क्रममा धेरै भूमिकाहरुमा बाँडिएका असलमा एउटा साहित्यकारको आत्मालाप हो अन्तरमनको यात्रा। ती नै साहित्यपारखी आँखाहरुले आफू र आफ्नो संसारलाई बुझेको अनुभवहरुको मार्मिक हस्ताक्षर झैं पाएँ यो पुस्तकलाई। जीवन र मृत्‍युलाई सँगसँगै राखेर एउटा सिङ्गो जीवनको बिश्लेषण गरिरहेका जगदिश घिमिरेलाई मैले धेरै पल्ट एउटा गम्भिर दार्शनिक झैं पाएँ। सायद साहित्यकार मात्रै एकजाना त्यो मस्त हृदय भएको मान्छे हुँदो रहेछ जो मृत्‍युको सामु पनि बिल्कुल निर्भिक भएर अविरल साहित्य साधना गर्ने हैसियत राख्दछ। यो पुस्तक पढ्दै जाँदा मैले धेरै ठाउँहरुमा म भित्र पनि कतै लुकेर बसेको सानो लेखक जाग्नजाग्न लागे झैं अनुभव गरें। उनकै जस्तै पीडा त हो, मैले पनि अध्ययनका दैनिक चटाराहरुले गर्दा म भित्रको लेखकलाई क्रमश: ओझेलमा राख्दै गएको रहेछु। अचानक अन्तरमनको यात्राले त्यसलाई थोरै जगाइदियो, खै कताकता बाट कबिताको यो मूल प्वाट्ट फुटेर आयो-

कालो बादल झैं उडेर नभमा आयो जसै चेतना
सारा भव कुभाव शान्त तटमा आएर छाए घना
ढाक्छे मृत्‍यु खिचेर प्राण बलले, मायाविनी त्यो धुवाँ
कल्ले देख्छ सिवाय मस्त ह्रिदयी? त्यो मात मीठोपना

जन्मथलो रामेछापप्रतिको लेखकको प्रेम आउने पुस्ताहरुका लागि प्रेरणा हो। रोग, भोक, शोषण , अभाव र असमानताका किटाणुहरुले ग्रस्त नेपालका थुप्रैथुप्रै ग्रामीण भेगहरु जस्तै सुरम्य प्राकृतिक थलो रामेछाप बाल्यकालदेखि नै उनको हृदयमा अमिट छाप बनेर बसेको कुरा यो पुस्तक पढिसकेका जो कोहिले पनि अनुभव गर्न सक्छन्। उनको भावनाको तरङ्ग त्यो आत्मिय मन्थली, प्रकृतिले पोषण दिएर हुर्काएकी ती पहाडी सभ्यता, नीलो आकाशमन्तिरका बिशाल बगरिला फाँटहरुबिच धुङ्धुङाइरहेकी लहरमयी तामाकोशी, जसको स्पर्श केवल एउटा साहित्यिक हृदयधारीले मात्र गर्न सक्छ। साहित्यबीहिन हृदयहरुका लागि यी सब बकवास हुन्, बौलट्ठी हुन् र हाँसउठ्दा क्रियाकलापहरु हुन्। कहिल्यै तामाकोशी नदेखेका यी मेरा आँखाहरु अहिले पनि कल्पनाको बिमान चढेर त्यै बगर वरिपरि बाराल्लिएर हिँड्दैछन् जस्तै लाग्छ, उनले जस्तै तामकोशीका छालहरुमा म पनि कल्पनैकल्पनामा घाक खेल्न पुग्छु। सडककिनारा फोहोर रछ्यान खोतलिरहेका कलिला हातहरु र तिनका दिब्य मुहारबिच टल्किरहेको अपार शान्तीको दर्शन गर्दै केवल असाधारण चेतनाहरु मात्रै स्तब्ध हुन्छन्, अझ बिशेष साहित्यिक चेतना। रविन्द्रनाथको अत्यन्तै सान्धर्भिक एउटा स्लोक अघि सार्दै उनले कर्म, प्रयास र सामर्थ्यसँग जीवनका उपलब्धीहरु जोडिएको एउटा सामान्य तर हामीले कहिल्यै बुझ्न नचाहेको कुरा भनेका छन्। को नै पो यो दुनियाँमा सुर्य जस्तै प्रकाशमय भएर सारा धर्तीको अन्धकार हर्न सक्छ र? हामीले गर्ने त प्रयासको सानो दियो बालेर सके जतिका सिमित ठाउँहरुमा सामर्थयले भ्याएसम्मका अन्धकारहरुलाई चिर्ने न हो। तर अक्सर धेरै मान्छेहरु बिकासको दियो बाल्नु त परै जाओस् बलेको दियो सम्मलाई पनि निभाउने ताक खोजिरहेका हुन्छन्।
पुस्तक पढ्दै जाँदा म धेरै ठाउँहरुमा टक्क अडिएको छु। आफ्नो मातृभूमीप्रति त्यति धेरै प्रेम अनि त्यहाँका दुखी पीडितहरुको उत्थानका निम्ति यति धेरै त्याग, यति धेरै बलिदान अनि यति धेरै समर्पण, म सोच्दै छु कि मेरो जन्म पनि मन्थलीमै किन भएन। रामेछापमा तासेसले चलाएको पानिबन्द चर्पीको अभियानले कति गाउँहरु स्वस्थ र रोगबीहिन भए होलान्। एउटा दराजमा सिमित स्वस्थ्यचौकीबाट बिस्तार हुँदै आज जिल्लाकै आधुनिक सुबिधा सम्पन्न अस्पतालसम्म आइपुग्दा तामाकोशी सहकारी अस्पतालले कति घाउहरुमा मलमपट्टी लगाइसक्यो होला। कति गरिबहरुले साहुको चर्को ब्याजमा ऋण लिनुपर्ने सामन्ती परम्पराबाट मुक्ती पाए होलान्। कति आमा दिदीबहिनीहरु दुईचार पैसाका खातिर सँधै लोग्ने र छोराहरुकोमुख ताक्नुपर्ने कहालीलाग्दो जीवनदेखि मुक्त भए होलान्। सिचाइ र जैविक खेतीको सुधारका कारण कति पौरखी हातहरुले पसिनाको बिउ छरेर माटोमा सुन उमारे होलान्। म कल्पना गर्छु कि तामकोशीको सेरोफेरोमा हावाका झोक्काहरुसँगै बगिरहेको त्यो चेतना एकदिन सम्पूर्ण नेपालभरि फैलिनेछ, नेपालका सारा नागरिकहरु स्वनिर्भर एवम् शोषणमुक्त हुनेछन्, पिछडिएका सारा ग्रामीण भूभागहरुमा सामुदायिक बिकासका पवित्र कार्यक्रमहरु अघि बढ्नेछन्, न गरिबी रहने छ न शोषण, न अभाव रहनेछ न कुपोषण, जताततै केवल अपार शान्ती, प्रेम र मानवताका परम्पराहरु रहनेछन्। खै कल्पना त गरें तर चेतना क्यान्सर जस्तो नहुने रहेछ, छिट्टै फैलिहाल्ने, हाइली मेटास्ट्याटिक।
पुस्तकभित्र त्यस्ता धेरै कुराहरु छन् जसले प्राय सबैका आँखामा आँसु ल्याउन जोड गर्छन्। मैले भने अलमल्ल भएर जीवनयात्राका थुप्रै ठाउँहरुमा वाध्य भएर आफ्नो साहित्यलाई ओझेलमा राख्दै समयको हाँक स्विकार्दै जाने एकजाना साहित्यिक हृदयधारीको आत्मालाप पढ्दै गएँ। परिवारप्रतिको कर्तब्य सबैभन्दा पहिले आउँछ, त्यसैका खातिर जागिरमा होमिनु पर्दा साहित्यलाई समय दिन नपाउनु स्वभविक हो। सक्ती र सम्पत्तीले मात्तिएर राजनीति गर्नेहरुको हाँक स्विकार्दा जीवनका केही क्षण राजनीतिलाई पनि दिनु पर्‍यो र त्यहाँ पनि साहित्य ओझेलमै पर्‍यो। अभाव र अन्धकारमा बाँचिरहेका आफ्नो जन्मथलोका ती थुप्रैथुप्रै अनुहारहरु आँखा वरिपरि आएर नाचिरहँदा मन थामिएन र त्यो यथार्थको सामना गर्दापनि साहित्य ओझेलमै पर्‍यो। तर उनले साहित्यलाई देखाएको त्यो प्रेम अनि साहित्य नै उनको सबै भन्दा चोखो साधना भएका प्रसंगहरु जति पढे पनि पढूँपढूँ झैं लाग्छन्। जीवनमा पाएका आफ्ना ती साहित्यकार साथीहरुको सम्झना उनले यति मार्मिकता एवम् आत्मियताका साथ गरेका छन् कि तिनलाई पढ्दै जाँदा धेरै पल्ट मेरा छाती डम्म फुलेर आए झैं भएका छन्, उनका प्रत्येक भावनाहरुको वजन बोकेर फुटे झैं लाग्ने हरेक शब्दशब्दहरु सोझै मेरा स्पन्दनहरु सम्म पुगेका छन्। मलाई पनि आफूभित्र एउटा सानो नै सही लेखक भावना भएकोमा गर्व लाग्न थालेको छ। शरीर त नाशवान छ, एकदिन यसलाई खरानी नै बन्नु पर्ने हो। तर जगदिश र उनको अन्तरमनको यात्रा उनको शरीरजस्तो होइन। यो त एउटा चेतना हो अनि चेतना कहिल्यै मर्दैन, यो अमर्त्य हुन्छ। नारायण गोपालको एउटा गीतले भने झैं-आकाशजस्तै अमर गीत मेरा मजस्तै दुई दिनको पाहुना होइन। त्यसैले त मैले भनेको हुँ कि माइलोमा केवल शरीरलाई लागेको हो, चेतना त अझै स्वस्थ छ, स्फूर्त छ, दिब्य छ। म पनि मैले सम्मान गरेको यी लेखकका अगाडि एउटा भर्खरै पालुवा बस्न लागेको सानो लेखक जस्तै खडा हुन खोज्दैछु, बिल्कुल उनले भने जस्तै बिशाल गौरिशंकरको सामुन्ने एउट बामन चुचुरो नै सही।

for more you can visit
“>http://www.mysansar.com/?p=3046#comments.