ुअब्दुल कलामको उक्तिको मर्मु

ुप्रत्येक मानिस संग दैवी शक्तियुक्त आगो हुन्छ । हाम्रो प्रयास त्यही आगोमा पखेटा हालेर संसारलाई यसको उत्तमताको चमकले भरिभराउ बनाउने तर्फ हुनुपर्छ ।ु

प्रत्येक मानवसंग सम्बन्धित यी प्रेरणादायी उक्ति डा। कलामले हालसालैको आफ्नो दुइदिने नेपाल भ्रमणको अबसरमा दिइएको मन्तब्यबाट साभार गरिएको हो । भ्रमण साह्रै छोटो रहे पनि उनले नेपाल र नेपालीको हितको लागि दिएका महत्वाकांक्षी योजनाहरु निकै लोभलाग्दा छन् । औपचारिक रुपमा दुईवटा कार्यक्रममा मात्रै आफ्नो विचार राखेका कलामले समाजका सबै तह र तप्काका मानिसको भलाइ र जीबन सुधारको पक्षलाई प्राथमिकता दिए ।

युवाको प्रज्जवलित मस्तिष्कलाई राष्ट्रको सबैभन्दा शक्तिशाली स्रोत मान्ने कलामले युवा शक्तिलाई राम्ररी परिचालन गरेर शहरी र गाम्रीण भेगको दुरी कम गर्न सल्लाह दिए । हुन त उनले नेपाल समृद्ध र सुखि बनाउन दिएको दश वर्षे योजना जस्तै अन्य योजनाका सपनाहरु हाम्रा नेताहरुले पनि नसुनाएका होइनन् । तर भिन्नता यसमै छ कि डा। कलामले आफूले भारतमा देखेको सपना पुरा गरे पछि आफ्ना खारिएका अनुभवबाट आएको यो योजना अघि सारे भने हाम्रा नेताहरुले केवल भाषणामा नै जनताको नाममा जनतालाई नै झुक्याउने काम गरे । डा। कलामको बहुचर्चित किताब ुवीङ्गस अफ फाईरु मात्रै पढ्ने हो भने पनि उनको जीबनबाट हामी जस्ता युवालाई संसारमा आफ्नो आवश्यकताको हेक्का रहन्छ ।

राष्ट्रपति हुदाँसम्मको उनको आफ्नै संघर्षशील जीबनीको विकासक्रम हेर्दै जाने हो भने पनि उनको ब्यक्तिगत जीबन अत्यन्तै नाटकीय लाग्छ । सानोमा आमाले केराको पातमा खाना पस्किँदाको उनको अतीत र अहिले उनले पाएको राष्ट्रिस्तरको सफलता भारतका मात्रै नभई विश्वभरका युवालाई प्रेरणादायी बनेका छन् । सानै देखि बाबु आमा र गुरुले आफ्नो जीबनमा पारेको प्रभावको सम्झना गर्दै उनले नेपालका सम्पूर्ण बालबालिकालाई सानै देखि नैतिक र आध्यात्मिक शिक्षा दिनुपर्नेमा जोड दिए ।

शान्तिपि्रय जीबनको लागि हामीले आफूमा भएको अहम्लाई हटाउन गाह्रो हुन्छ । तर असम्भव पक्कै हुँदैन त्यसको लागि हामीलाई अन्तःकरण देखि नै ब्यवहारिक शिक्षा हुनु आवश्यक छ । आफैँ मिसाइल म्यान भनेर चिनिने यी बैज्ञानिकले शान्तिको वकालत गर्नु अस्वभाविक लाग्न सक्ला । तर केरलाको चर्चमा एउटा विशाल बैज्ञानिक मिसन क्षेत्र बनाउनको लागि विहार खाली गर्न आग्रह गर्दा त्यहाँका धर्म गुरुले विज्ञान र आध्यात्मिकताको उद्देश्य मानबको सम्बृद्धि हो भन्ने भाब दिए त्यही भाबमा नै उनको तर्क सही लाग्छ ।

उनले नेपालको हिमश्रृखंला देखेर आफूलाई उच्च विचार राख्न मद्दत मिलेको कुरा बताउनु हाम्रो लागि गर्बको कुरा थियो । तर हाम्रो विवशता प्रकृतिले दिएको यो सौन्दर्य मात्रै नभई धुलिखेलबाट फर्किदाँ दुई घण्टे पट्यारलाग्दो जामको यथार्थ पनि देखायौँ । विकास निर्माणको काममा निराशाजनक हाम्रो स्थितिको अबलोकन कलामले राम्रै संग गरे । तर पनि उनले सकारात्मक सोचका साथ नेपालमा रहेको अनन्त सम्भावनाको बाटोहरु देखाइ दिए ।

राष्ट्रपति कलामले आफ्नो पाँच वर्षको कार्यकालमा भारतलाई आणविक क्षेत्रमा निकै शक्तिशाली राष्ट्र बनाएका थिए । अन्य विकसित देश संगको सम्बन्ध निकै मैत्रीपूर्ण बनाउनुको साथै अनुसन्धान विज्ञान र प्रविधि क्षेत्रको विकासमा निकै ठुलो रुपान्तरण गराए ।

युवा सम्बोधित उनको आधा घण्टा लामो मन्तब्यमा उनले पनि युवालाई यस्ता विज्ञान प्रविधिको क्षेत्रमा आफ्नो परिश्रम खर्च गर्न सुझाए । उनले दिएका माहात्मा गान्धीको आमाको भनाई बुलगेरीया र अरुणााचलका गुम्बा र बिहारका भिक्ष्ाहरुको शान्तिको खोजीको अनुभब सुनाए । उनले भने जस्तै यी सबै आध्यात्मिक विचार हुन् जसले धर्म भुगोल र समयलाई परिमार्जन गर्दै लैजान्छ । यदी हामीले धर्म र राष्ट्रवीचको यो आध्यात्मिकतालाई पार गर्न सक्यौँ भने मात्र हुने र नहुने वीचको दुरी घट्छ र शान्ति र सम्बृद्धिका बाधकहरु र बिगतमा रहेका सबै बैरभाव हट्छन । उनले नेपालका युवाले यो मर्म बुझी सुरक्षित तवरले आफ्नो सपनाको शान्त र समृद्ध नेपाल बनाउने तर्फ आफूलाई लैजानु पर्नेमा जोड दिए ।

उनले हामीलाई सुझाएका यस्ता आध्यात्मिक कुरा स्वयं आफ्नै जीबनमा लागू गरेर नै राष्ट्रपति भएका थिए । राष्ट्रपति भवन छिर्ने उनी भारतका पहिलो बैज्ञानिक र अविवाहित पुरुष हुन् । उनको संघर्ष र प्राप्तिका यस्ता कथा भारतीय युवाका लािग मात्र नभई विश्वका कैयन युवालाई प्ररणादायी बनेका छन् ।

सानो उद्देश्यलाई अपराध मान्ने उनले युवालाई विशेषगरी तीन कुरामा जोड दिन सल्लाह दिए । सृजनशीलता हिम्मत र इमानदारितालाई मनन गरेर कुनै पनि कार्य सफल गर्ने हो भने यसले घर समाज देश र संसार सबैमा शान्ति ल्याउने र सम्वृद्धि बढ्ने सुझाए । युवा शक्तिलाई राम्ररी निर्देशन गर्न सकियो भने यसले मानवताको पक्षमा वकालत गर्नका साथसाथै समाज रुपान्तरणमा ठुलो टेवा पुर् याउने तर्क उनले दिएका थिए ।

उनले जोडे ुकठिन क्षेत्रमा सहयोग गर् यौ भने तिमी पछि पर्दैनो बरु पाएका प्रतिकि्रया र सुझावले तिमीलाई अघि पुर् याउँछु । यो आफूमा लागु गर्न सक्यो भने आफ्नो र अर्काको मन परिवर्तन गर्न सकिन्छ । यसरी नै सबैतिर सम्वृद्धि फैलिने उनले बताए । उनले प्रस्ट्याउन जोडे ुएउटा मैन बत्तिले अर्को मैन बत्तिलाई सल्काएर केही पनि गुमाउदैँन ।ु उनले यो प्रसङ्ग भारत आफैँ बलियो हुन छिमेकी राष्ट्र नेपाल पनि बलियो हुनुपर्ने र त्यसको लागि सधैँ भारतले आफ्नो नेपाल प्रतिको सहयोग जारी राख्ने कुरामा जोडेका थिए ।

उनका यस्ता आर्शिवचनको मर्मलाई युवा विद्यार्थीका साथै समाजका बिद्धत् वर्ग नेता बुद्धिजीबिले एक छिनको मन्तब्य मात्रै नसम्झि सबैले आत्मसात गर्दै थोरै मात्रै ब्यवहारमा लागु गर्ने हो भने पनि समाजमा धेरै सकारात्मक परिवर्तन हुने निश्चित छ ।

Advertisements

14th Convocation Ceremony

A poem by Dr. Kalam extracted from his book “Wings of Fire”.

To the memory of my parents

My Mother

Sea waves, golden sand, pilgrims’ faith,
Rameswaram Mosque Street, all merge into one,
My Mother!
You come to me like heaven’s caring arms.
I remember the war days when life was challenge and toll
Miles to walk, hours before sunrixe,
Walking to walk, hours before sunrise,
Walking to take lessons from the saintly teacher near the temple.
Again miles to the Arab teaching school,
Climb sandy hills to Railway Station Road,
Collect, distribute newspapers to temple city citizens,
Few hours after sunrise, going to school.
Evening, business time before study at night.
All this pain of a young boy,
My Mother you transformed intopious strength
With kneeling and bowing five times
For the Grace of the Almighty only, My Mother.
Your strong piety is your children’s strength,
You always shared your best with whoever needed the most,
You always gave, and gave with faith in Him.
I still remember the day when I was ten,
Sleeping on you lap to the envy of my elder brothers and sisters
It was full moon night, my world only you knew
Mother! My Mother!
When at midnight I woke with tears falling on my knee
You knew the pain of your child, My Mother.
Your caring hands, tenderly removing the pain
Your love, your care, your faith gave me strength
To face the world without fear and with His strenght
We will meet again on the great Judgement Day, My Mother!
By- APJ Abdul Kalam

The world is in your Hand
Blessings for you
-A P J Abdul Kalam

यस्तो सजकताको छाप कसले मेटाउने


केही साताअघि काठमाडौँ विश्वविद्यालयको ूएकिकृत विद्यार्थी अभियानू बाट रोल्पा जाँदा मैले स्थानीय वासीहरुको थुप्रै कथा भेटें । बालबालिका अनि युवामा धेरै समस्याहरु देखें । शैक्षिक ज्ञानका हिसाबले कमजोर भएपनि त्यहाँका बाल बालिकाहरु दशक लामो युद्धको त्रासका कारणले होला आगन्तुकहरुसँग बढि नै सजग देखिन्थे ।

झण्डै तीन घण्टाको कठिन बस यात्राका लागि हामीलाई टिलाबाट घर्तीगाउँसम्म बाटो देखाउने त्यहिँको स्थानीय केटो थियो । ऊ सँग कुरा गर्ने इच्छा यात्रा शुरु देखि नै थियो । दहवनका स्थानीय मानिसहरु हामीसँग बोल्न नचाहेको व्यक्तिगत अनुभवको कारण मैले त्यस केटासँग कुरा गर्न खोजें । तर पैदल यात्रा शुरु भएको तीन घण्टा पछि घर्तीगाउँ आउन करिब ४५ मिनेट बाँकी हुँदा मात्र त्यस केटो सँग कुरा गर्ने मौका पाएँ । लगनशील र मिहिनेति केटालाई देख्ने बित्तिकै मेरो दिमागमा प्रश्नको ओइरो आउन थाल्यो । तर डर लाग्थ्यो कतै त्यहि दिन दिउँसो बसमा भेटेको भाइसँग कपि हेर्न माग्दा ून हेरौं हैू भनेर टारे जस्तै यस भाइले पनि टार्ने त हैन ।

उत्तर पाँइदैन कि भन्ने संकोच मनमा हुँदा हुँदै पनि आफ्ना उत्सुकतालाई अरु दबाउन नसकेर सोधेँं ूभाई तिम्रो नाउँ के हो ू ूटोयोङ्चोू उसले जवाफ दियो । हेर्दा सानो देखिए पनि गह्रौ भारी बोकेर हामीभन्दा छिटो िहंडिरहेको थियो । ूभाई कति वर्षको भयौ त ू उसले बढो सहजसँग जवाफ दियो ूसोह्र वर्ष । ू उसको कलिलो अनुहार हेर्दा मलाई पत्याउन गाह्रो भयो । तर त्यति निर्दोष बोली माथि म कसरी शंका गरुँ

टोयोङ्चोलाई सोध्नुभन्दा अघि नै मैले उ माओवादी पार्टीमा लागेको थाहा पाईसकेकी थिएँ । त्यसैकारण उसलाई अर्को प्रश्न गरी हालें ूभाई पार्टीमा लागेको कति भयो ू ूदुई वर्ष भयो । पार्टीमा लाग्दा म १४ वर्षको थिएँ ।ू

मैले आफ्ना प्रश्नहरु रोकिन र सोधें ूत्यसो भए माओवादी पार्टीका ठूला नेताहरु कसैको नाम थाहा छ त ू उसले भन्यो ूकृष्णबहादुर महरा र प्रचण्डको नाउँ मात्र थाहा छ । झन् कृष्णबहादुर महरालाई त दाङ्गमा भाषण िदंदा प्रत्यक्ष देखेको पनि छु ।ू ूकाठमाडौं गएको छौ कि छैनौ ू मैले अर्को प्रश्न गरिहालें । ूछैन दाङ्ग त पार्टीको दाइहरुको पछि लागेर गएको । काठमाडौं जान त आर्थिक अवस्था कमजोर छ ।ू मैले प्रश्न गर्दा नगर्दै उसले कुरा थप्यो ूटिलामा तीन घण्टाको फिल्म हेर्नलाई हामी बच्चालाई १० रुपैयाँ लिन्छ पैसा नभएर अहिलेसम्म मैले टि।भी कस्तो हुन्छ देखेको छैन । साहुले पैसा नदेखाई कोठा भित्र छिर्न त िदंदैन ।ू

हाम्रो देशको रोल्पा जस्तो विकट गाउँमा अझै पनि धेरै मानिस छन् जसलाई टि।भी कस्तो हुन्छ थाहा छैन । उसका यस्ता उत्तरहरुले मेरो मन कता कता कुडिन्थ्यो । टोयोङ्चोसँग मलाई अझ धेरै प्रश्न गर्न मन थियो । हाम्रो िहंडाईको वेग पनि निकै धेरै थियो । साथीहरु हामीभन्दा निकै पछि थिए । उत्तरले मलाई थप प्रश्नहरु गर्न उत्साहित बनाईरहेको थियो । ूभाई तिमी स्कूल जान्छौ कि जाँदैनौ ू ूअँहँ जाँदिन ।ू उसको यो उत्तरले मलाई उसको पारिवारिक अवस्था’bout जान्न मन लाग्यो र सोधें ूघरमा को को हुनुहुन्छ त ू ूबुवा मात्रू उसले भन्यो । मैले तत्काल सोधें ूअनि आमा ू ूआमा त अर्कैसँग जानुभयो । बुवा रोगी हुनुभएकोले धेरै रिसाउनु हुन्थ्यो अनि आमालाई पिट्नु हुन्थ्यो । त्यहि पिटाई सहन नसकेर पहिला आमा माइत जानुभयो । हामी लिन पनि गयौं तर आउन मान्नु भएन । पछि थाहा पायौं उहु अर्कैसँग जानुभएछ । अहिले त्यहि भएर घरमा बुवा मात्र हुनुहुन्छ । दाइ दश वर्ष अगाडि पैसा कमाउन इण्डिया जानुभयो । अबको वर्ष पैसा लिएर आउनुहुनछ रे । अस्ति पुषमा चिठ्ठी पठाउनु भएको थियो ।ू उसले मेरो एउा मात्र पत्रको यति धेरै उत्तर दियो । केहि छिन पछि मैले फेरि सोधें ूतिम्रो बुवा के काम गर्नुहुन्छ खेती हो ू उसले भन्यो होईन सिकर्मी काम गर्नुहुन्छ । खेती पनि धेरै छनै । रोगी हुनुभएकोले अर्को बिहे पनि गर्नुभएन । मैले फेरि प्रश्न गरें उहाँको हेरचाह कसले गर्छ त म पार्टीमा आएपछि अहिले उहाँको हेरचाह काकाले गर्नुहुन्छ । घरमा बुवालाई दुई छाक टार्न धौ धौ छ । त्यसैले पार्टीमा लागें । ुदिनभरी भारी बोक्छु पार्टीलाई सघाउँछु अनि बिहान बेलुका टन्न खान्छु । सुत्ने बेला पार्टीको दाइहरुको कुरा सुन्छु रमाइलो लाग्छ ।ू

बीच बीचमा उसका उत्तरहरुले म घोत्लिइरहेको बेला उसले भन्थ्यो दिदी यस्तो अप्ठ्यारो बाटो धेरै िहंड्नु भाुछैन होला राम्रोसँग िहंड्नुस् अध्यारो भइसक्यो लड्नु होला । तब म झसङ्ग भएर उसलाई अरु थप प्रश्न गर्न तिर लाग्थें अनि भाई भविष्यमा के गर्छौ त उसले गर्वका साथ भन्यो ूउचाइ पुग्यो भने जनमुक्ति सेना बनेर पार्टी र देशको रक्ष गर्छु । उचाइ पुगेन भने भारी बोकेर पार्टीलाई सघाउँछु ।ू मलाई अचम्म लाग्यो सोह्र वर्षको उमेरमा उसले देशको रक्षा गर्ने सोच बनाइसक्यो । त्यहिबेला मलाई एउटा उखान याद आयो कुमलकोटीको गुँड भित्र छिरेपछि माकुरा पनि कुमलकोटी नै बन्छ ।

उसलाई अरु थप प्रश्न भ्याउँदा नभ्याउँदै पछाडिबाट साथीहरुले मलाई बोलाएको आवाजले म झस्किएँ । अध्याँरो निकै भएकोले साथीहरु टर्च लाइटको साहाराले हामीभन्दा पछाडि आउँदै थिए । मलाई एक मन त रिस पनि उठ्यो यो सोचेर कि टोयोङ्चोसँग कुरा गर्ने मेरो धोकोलाई साथीहरुले पुरा हुन दिएनन् । एकजना साथीले भन्यो ूके हो आफ्नै शुरमा आएपछि त त्यत्रो बोलाएको पनि नसुन्ने ू मलाई उत्तर दिन जरुरी लागेन । यसै सिलसिलामा हामी घर्तीगाउँको सहकारी होटलमा बास बस्न पुग्यौं । त्यसपछि भने टोयोङ्चोसँग भेट भएन । तर ऊ सँगका कुरालाई एकोहोरो भएर सोचिरहन्थें ।

भोलिपल्ट घोर्नेटीको नमुना हस्पिटलमा हामी १७ जना मध्येको एकजना साथीले टोयोङ्चोको कुरा निकाल्यो । मेरो साथीले घर्तीगाउँको सहकारी हाटलको दिदीसँग टोयोङ्चोको ’boutमा सोधेको रहेछ । टोयोङ्चोको नाम सुन्ने बित्तिकै म आफ्नो साथीको कुरा सुन्न उत्सुक भएँ । तर उसको कुराले मलाई चकित बनायो । मैले आफूसँग गएको साथीको कुरा विश्वास गर्न नै सकिन । त्यसैले टोयोङ्चोलाई चिन्ने अर्को १०÷१२ वर्षको भाई जसकुमार बुढामगरलाई सोधें । अनि प्रष्ट भएँ कि टोयोङ्चोले मसँग धेरै कुरा झठो भनेको रहेछ ।

टोयोङ्चोका बुवा माओवादी पार्टीमा दुई वर्ष अगाडि शहिद हुनुभएको रहेछ । ऊ मात्र आमा बावुको एक्लो सन्तान रहेछ । बुवा शहिद हुनुभएपछि उसकी आमा अर्कै मान्छेसँग जानुभएको रहेछ । अब बाँच्नका लागि आफन्तहरु कोहि नभएपछि माओवादी पार्टीले नै सहयोगका लागि उसलाई लगेको रहछ ।

अब म आफैं माथि प्रतिप्रश्न गर्छु किन टोयोङ्चोले मसँग कतिपय झुठ कुरा गर्यो उसको हामी नौलो मानिस प्रतिको आन्तरिक सजकतालाई के मान्ने हाम्रै देशमा भएको दश वर्षा लामो द्धन्दको प्रत्यक्ष असर हैन यो त रोल्पा जिल्लाको एउटा कथा हो । यस्ता कथा दशक लामो द्धन्दबाट प्रभावित नेपालका विकट जिल्लाहरुमा अरु धेरै छन् । देशमा द्धन्द सकिएर शान्ति आयो भनेर हामी शहरिया भनाउँदाहरु मख्ख पछौर्ं । तर द्धन्दकै कारण भोलि देश हाँक्ने युवाको मनस्थितिमा परेको नकारात्मक छाप र सोचलाई अब कसले हटाउँछ देाहोरो मारमा परेका जनताहरुको मनस्थितिमा भएको विद्रोही र द्धन्दात्मक भावनाको जरो उखेल्ने तागत कसको छ सम्बन्धित पक्षले यसका लागि समयमै सोच्नुपर्ने हैन र या यस्ता झुठा खेती गर्ने मनस्थितिलाई वास्ता नगरी छाड्ने हो भने अर्को भयानक विद्रोह अबका केही वर्षमा नआउला भन्न सकिन्छ र

याे लेख पहिलाे पटक राेल्पा जाँदा लेिखएकाे हाे र पछिल्लाे पटक राेल्पा भर्मण पछि लेखेकाे लेख भने यहाँ छ ।


ुफेरिएको रोल्पेली आशाु



डेढ वर्ष अघि कोठमाडौ विश्वविद्यालयको एकिकृत विद्यार्थी अभियान मार्फत् रोल्पा जाँदा स्थानीय गाँउलेहरुबाट द्धन्दको समय उनीहरुले भोगेका थुपै्र कथाहरु सुनेको थिएँ । माओवादी सहितको अन्तरिम सरकार गठन भएको समयमा त्यहाँका मानिस सँग भविष्य प्रतिको आशाको ’boutमा जिज्ञाशा राखेको थिए । आफ्नो बाह्र वर्ष देखिको निरन्तर संघर्ष नेपालमा गणतन्त्र घोषणा नभए सम्मको लागि थियो । उनीहरु गर्भका साथ भन्थे अब हाम्रो संघर्षले निकास पाएको छ । त्यतिखेरको मस्तिष्कमा त्यहाँका कलिला बालबालिकाले ६÷७ वर्षको उमेर मै जनमुक्ति सेना बनेर आफ्नो बाबुआमालाई शहिद बनाउनेको बदला लिन्छु भन्ने विद्रोही भावनाले निकै नै प्रभाव पारेको थियो । रोल्पा भनेर कसैले उच्चारण गर्ने वित्तिकै मेरो सोचाईमा तीनै निर्दोस अनुहारहरु घुम्ने गर्छ जो भविष्यमा जनमुक्ति सेना बनेर पार्टी र देशको रक्षा गर्ने बताउँथे ।

यसपटक शैक्षिक प्रयोजनको लागि रोल्पा जिल्ला जाने निधो भएको थाहा पाउने वित्तिकै मेरो दिमागमा पहिलै तीनै बालबालिकाको परिवर्तित मानसिकता हेर्ने मौका मिल्ने कुरामा आशावादी भएँ । बाह्र वर्षको दन्द सकिएर पहिलोपटक आयोजना गरिएको जलजला महोत्सव हेरी सकेर थवाङ्गको ठुलो गाँउ छिर्ने वित्तिकै तीनै परिचित अनुहार देखेर एककिसिमको आत्मीयता पलाएर आयो । पोहोर साल रोल्पाबाट फर्किदा लागेको थिएन की यही ठाँउ फेरी फर्किएला र तीनै परिचित अनुहार फेरी देख्न पाईएला भनेर । माओवादीको राजधानी भनेर चिनिने एतिहासिक गाँउ थवाङ्ग प्रवेश गर्ने वित्तिकै उही प्रत्येक घरको छानोमा राखिएको पार्टीको झण्डा र घरका भित्तामा राखिएका नाराले यो गाँउमा छिर्दा अर्कै किसिमको अनुभुत गराँउछ ।

यसपटकको भ्रमणमा मैले स्थानीय गाँउलेमा खुसि र उमङ्गको भाव देखेँ । साथै परिवर्तनमा आफ्नो संघर्षले ठुलै भुमिका खेलेको गर्वको भाव पनि देखे र आफ्नो दशकौको निरन्तर संघर्ष पश्चात अब बन्ने सरकारले आफ्ना संघर्षको परिपुर्ति गर्नुपर्ने माग राखेको देखेँ । मैले भेटेर कुरा गरेका यी सबै गाँउलेहरु आफुले दिएको मत खेर नगएको र आफूले चाहेकै ब्यक्ति सभासद् भएकामा औधी खुसी देखिन्थे । राजधानीबाट दुरदराजमा रहेको आफ्नो ठाँउमा आगामी दिनमा ठुलै परिवर्तन भएर भौतिक पुर्वाधारहरुको विकास हुनेमा पनि ठुलै आशा बोकेका छन् । दुवै पक्षबाट युद जारी रहदाँ हजारौ जनमुक्ति सेनालाई एउटै खलोमा खाना खुवाएको ताजा सम्झना भएकी थवाङ्गको सहकारी होटलकी सुवानी आमा देखि बाकेँ देखि महोत्सब हेर्न आएका प्रहरी जवान सम्म सबैको आशा अबको नयाँ नेपाल विकासका हिसाबमा शहर केन्द्रित मात्र नभई गाँउ केन्द्रित पनि होस् भन्ने छ ।

यी त भए गाँउलेमा मैले देखेका सकारात्मक परिवर्तन र उनीहरुमा भएको गर्भको आभास । तर ती कलिला नानीको आखामा भने उही बिद्रोही भावना थियो । जनवादी स्कुलका विद्यार्थीहरु बढी अनुसासित छन् यो कुरामा कुनै विवाद छैन । तर उनीहरुका लागि छुटै ब्यवस्था गरिएको पाठ्य सामग्रीले ’emको कलिलो मस्तिष्कमा कस्तो प्रभाव पार्ला उनीहरु सहरीया बालबालिकाले भनेको जस्तो डाक्टर ईन्जिनियर बन्ने कुरा बताउदैनन् । उनीहरु अबोधपनामा साहसिता झल्काउदैँ भन्छन् ुम जनमुक्ति सेना बनेर आफ्नो बुवालाई मार्नेको बदला लिन्छु ।ु उनीहरुको निद्रोस आखामा प्रस्टै संग बदलाको भावना देखिन्छ । शहिद स्मृति जन नमुना विद्यालयका शिक्षक भन्छन् ुयहाँ पढ्ने कति विद्यार्थीले त आफ्नै अगाडी आफ्नो वुवा आमाको हत्या गरेको देखेका छन् ।ु यस्तो शिक्षाले उनीहरुलाई कुनै नकारात्मक प्रभाव नपर्ला त भविष्यमा भन्दा उनी भन्छन् यस्तो शिक्षा हामीले पाउन सकेको भए आज सबै नेपाली रोजगारीको लागि भौतारिनु पर्ने थिएन । यो यस्तो वैज्ञानिक र ब्यवहारिक शिक्षा दिईन्छ जसले यी बालबालिकालाई सिर्जनात्मक र रचनात्मक बनाउन मद्दत गर्नेछ । कक्षा तीन पढ्ने सपना रोकामगर ९ लाई अघिल्लो पटक आउँदा के बन्छौँ भन्दा उसले म जनमुक्ति सेना बन्छु भनर जवाफ दिएकी थिई । अनि यो पटक मैले त्यही प्रश्नमा कस्तो उत्तर पाँउछु होला भनेर सोध्दा उसले मलाई झन् मलाई नै प्रतिप्रश्न गरि मेरो बुवाले केही नगर्दा पनि किन मेरो वुवालाई मारेको त जे भए पनि मलाई लाग्यो यो निरन्तरको प्रतिस्पर्धी भावनामा लगाम लागोस् ।

शहिद जननमुना िवधालय

शहिद जननमुना िवधालय




हवाई फायरिङ्ग बाट कसरी बच्नुपर्छ भन्ने कुरा उनीहरुलाई थाहा थियो एक प्रदिप भन्ने विद्यार्थी एकपटक टनेल भित्र लुकेर आफैँ ज्यान बचाएका छन् । बालबालिकाहरु आकासमा हेलिकप्टर आएको देखेर तस्रन्थे अनि बच्नको लागि कुनै ओडार भित्र पस्ने गर्दथे । उनीहरुमा प्रतिशोधको भावना विकसित भईसकेको छ । सधै समुहमा नै बसेकाले होला यी बालबालिकामा ुमु भन्दा ुहामीु भन्ने भावना छ । थुप्रै आर्थिक अझै भन्नुपर्दा मानवीय क्षति भएको छ । धेरै महिलाहरुको सिन्दुर पुछिएको छ भने थुप्रै बालबालिकाहरु टुहुरा भएका छन् ।

अाफ्रनाे बाबु मानेर्काे बदला िलन चाहाने नानीहरू

अाफ्रनाे बाबु मानेर्काे बदला िलन चाहाने नानीहरू




देशले नयाँ आशा प्रत्येक नेपाली मुहारमा छरिरहेका बेला यी कलिला मस्तिष्कमा पनि त्यो कालो र कठोर यर्थाथबाट हटाएर उनीहरुको आशामा पनि नयाँ जीबन प्रतिको लगाबमा नयाँ भरोसा प्रधान गरोस् ।

देश अब संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा भईसके पछि अब बन्ने नयाँ सरकारले शहरी क्षेत्रलाई मात्र आफ्नो ध्यानाकर्षणमा नपारी दुरदराजका यी जिल्लालाई पनि प्राथमिकता दिनुपर्छ । किनकी अब बन्ने नयाँ सरकारले बुझ्नुपर्छ की यो पटक संसारै अचम्मीत हुने गरी जनताले नयाँ संविधान चाहेका सम्पूर्ण क्षेत्र र जनताको समानता हेर्नको लागि हो ।

सार्वजनिक यातायातकाे लापरवाही


जेठको पहिलो साता शैक्षिक प्रयोजनको लागि रोल्पाको विभिन्न गाँउ घुम्ने मौका मिलेको थियो । डेढ वर्ष अघि एकिकृत विद्यार्थी अभियान मार्फत् रोल्पा जाँदा बाटो निर्माणाधीन भएकाले जिल्लाकै ब्यापारिक केन्द्र शुलिचौर सम्म पैदलयात्रा नै गरेका थियाँै । अहिले भने फुलिवाङ्ग सम्म जीप चल्ने बाटोको निर्माण भएको रहेछ । पन्ध्र गते औपचारिक रुपमा गाडी गुडाउने कार्यक्रम राखिएको भए पनि परिक्षण काल हुदैँ चौध गते हामीले फुलिवाङ्ग देखि शुलिचौर सम्म करिब तीन घण्टाको जीपयात्रा गर् यौँ । साँगुरो बाटो देखेर केही डर लागेको भए पनि बाटो त्यति खतरनाक भने थिएन । यता जेठ १५ गते संविधान सभाको पहिलो बैठक बसि देशमा गणतन्त्रको घोषणाको तयारी भइरहेको रेडियो नेपाल मार्फत थवाङ्गको बसाईमा खुब सुनेका थियौँ । यहि कारण पनि सकेसम्म काठमाडौँ छिटो पुगौ भन्ने मनस्थिति सबै साथीको थियो । रोल्पाको सदरमुकाम लिवाङ्गबाट आएको गाडीलाई शुलिचौरमा दिँउसो दुई बजे समाति हामी काठमाडौँ आउने भयौँ । असजिलो सिटमा जेनतेन सबै साथीहरु मिलेर बस्यौँ । करिब ६ बजे तिर भालुवाङ्ग आइपुगेको बस डिजेल खोज्न भनेर तीन घण्टा यतिकै अलमलियो । भालुवाङ्ग आएपछि नै मोबाईलको नेटवर्क टिपेकोले साथीहरु घरतिर आँउदैछौ भन्ने खबर परिवारलाई गराउँदैमा ब्यस्त थियौँ ।

भोलि गणतन्त्र घोषणा भएपछि देशभरबाट बिजय जुलुस निस्किएर गाडी बन्द होला र बीचैमा अलपत्र परिएला भनेर पनि काठमाडौँ छिटै पुग्न पाए हुन्थ्यो भन्ने थियो । करिब नौ बजे तिर डिजेल पाएपछि बस भालुवाङ्गबाट काठमाडौँका लागि गुड्यो । बसका यात्रुहरु काठमाडौँका केही क्षेत्रमा बिस्फोट भएको समाचार ’bout छलफल गर्दै भोलि कफर््यू पनि लाग्न सक्छ भन्दै थिए । बसको झ्यालबाट आएको शितल हावा र बत्तिको मधुरो प्रकाशमा हामी रोल्पा भ्रमणको उपलब्धीको ’boutमा कुरा गर्दै थियौँ । एक्कासी ठुलो आवाज आयो । बसका सबै यात्रु अत्तालियौँ । होसहवास नै रहेन । केही छिनमा नै क्याबिनबाट महिलाको रुवाईको आवाज सुनियो । खलासीले हत्पत् बसको बत्ति बाले । पछि थाहा भयो अगाडीबाट आईरहेको ट्रकले बसको दायाँ पट्टि ठक्कर दिँदा क्याबिनमा बसेकी महिलाको दाहिने हातको कान्छी औँला आधा छिन्ला जस्तै गरि ढोकाले काटी रगताम्मे भएको रहेछ ।

दुखाई सहन नसकेर ती महिला एकोहोरो चिच्याहट सहित रोइरहेकी थिईन् । ड्राईभर हत्पत् गाडीबाट झरेर कहाँकहाँ क्षति भएको हेर्न थाले । र ठक्कर दिने ट्रकको पिछा गर्ने कुरा बताउदै थिए । त्यतिकैमा रोल्पा जादैँ गरेको बस विपरित दिशाबाट अगाडी आएपछि ड्राइभरलाई भनेर ट्रकलाई पुलिस समात्नको लागि अनुरोध गरे । एकछिनमा ड्राईभर सहित ट्रक समातिएछ । घाईते महिलालाई हाम्रै सहपाठीले पदयात्राको क्रममा चाहिने प्राथमिक उपचारका सबै सामान बोकेकोले त्यही सामानले जानेको सानोतिनो औषधि गरेर काटेको औँलामा ब्यान्डेज लगाईदिए । एकछिनमा दुखाई कम भएकाले होला रुवाईको चिच्याहट सुनिन छोड्यो । बस अब काठमाडौँ जाला की नजाला भन्ने अन्योलमा नै यात्रुहरु थियौँ । ड्राईभर खलासीको बसको वरिपरि अत्तोपत्तो थिएन पदयात्रुहरु बसबाट बाहिर निस्किएर यतिकै बस्यौँ ।

झण्डै आधा घण्टा पछि एउटा भ्यानमा पुलिसहरु आईपुगे । आएका पुलिस मध्यका सबैभन्दा सिनियरले सर्रर बस हेरेँ अनि ठाडो स्वरमा ्रघाईते को हो तल आउनुस् ु भने । घाईते महिला दुखाईको पीडा साथै एकछिनमा तल झरिन् । ड्राइृभर आफ्नो क्षतिपुर्तिको मागका लागि ब्यस्त थिए । पुलिसको वरिपरि मदिराको गन्ध आईरहेको थियो । मातिएकै स्वरमा पुलिस गाडीको नम्बर ना २ ख ६०२८ टिप्दै थिए । हाउभाउ हेर्दा पुरै होसमा कुरा नगरेको प्रष्टै देखिन्थ्यो । घाईते युवती अगाडी उभिए पछि पुलिसले उही ठाडो स्वरमा प्रश्न गरे ्रखै तपाईँलाई कहाँ के भएको हो ु महिलाले नबोलिकन हात देखाईन् । ्रहात कति फुटेको छ ु पुलिसले फेरी सोधे । उनको गलत शब्दको प्रयोगले मलाई रीस उठ्यो । ्रझ्यालको सिसाले हात काट्छ कि फुट्छ ु मनमनै सोचेँ । घटनाको विवरण पुलिसले लिएको र ड्राईभरले दिएको देख्दा यी मानिसहरुमा घाईते प्रति हुनु पर्ने मानवीय भावना पनि नभए जस्तो लाग्थ्यो । यता खलासी भने बसलाई दोहोर् याई तेहेर् याई नियालेर ्रगुरुजी अर्को झ्यालको पनि सिसा फुटेको रहेछु भन्ने जानकारी गराँउन मै ब्यस्त थिए ।

अन्य यात्रु भने घटना हुने बित्तिकै घाईतेको उपचारलाई भन्दा पनि ड्राईभरले आफ्नो स्वार्थ मात्रै सोचेको गुनासो गर्दै थिए । छलफलकै क्रममा साथी रुबिनाले बस दुर्घटना भनेर यति धेरै सुनिन्छ तर बसवालाहरुले प्राथमिक उपचारको लागि चाहिने सामान्य औषधी समेत बोकेका हुदाँ रहेनछन् भन्ने कुरा उठाउदैँ थिइन् । बसको क्याबिन छिर्ने ढोका माथि प्राथमिक उपचारको चिन्ह भएको बाकस देखेर एक जना साथी त्यसमा के रहेछ भनेर हेर्न गए । त्यहाँ त क्यामराको रील र ब्याटि्र रहेछ । यति हुदाँ पनि घाईतेलाई के भएको छ भनेर ड्राईभरले वास्ता गरेनन् बरु आफ्नो बसको क्षतिपुर्तिको लागि प्रहरी संग अनुरोध गरे । दुर्घटना खासै ठुलो भएको त थिएन तर पनि घाईते प्रति देखाउनु पर्ने साहनुभुति र सहायता भने बसवालाले अलिकति पनि देखाएका थिएनन् । संयोगले हाम्रा साथीहरु संग उपचारका लागि चाहिने प्राथमिक उपचारको सामग्री थियो र खासै केही नराम्रो हुन पाएन । तर यदि ती महिलालाई ठुलै चोट लागेको भए के हुन्थ्यो होला । सार्बजनिक यातायातले गरेको यस्तो लापरवाही देखेर दिक्क लाग्यो ।

मातेको स्वरमा पुलिसले एकछिन ड्राईभर संग गनथन गरे र क्षतिपुर्तिको लागि भोलि प्रहरी कार्यालय मै छिनोफानो हुने बताएर पुलिसको समुह फर्कियो । पछि बुझ्दा थाहा भयो गल्ती हाम्रो वसको चालक र ठक्कर दिने गाडी दुबैको रहेछ । बसमा चालकले आफू नजिकैको ढोका नलगाइ त्यतिकै बस चलाएका रहेछन् भने उताबाट आएको ट्रकले तीब्र गतिमा आई जानीजानी ठक्कर दिएको रहेछ । बसकै विषयमा एकछिन चर्काचर्की बहस पछि रिसाएको मनस्थितिमा ड्राइभर सिटमा बसे । भोलि बिहान सम्म काठमाडौँ पुगिएला कि नपुगिएका भन्ने दुविधा सबै यात्रुमा ज्यँू का त्यूँ थियो । झन् ड्राईभर पनि तातो रीसमा गाडी चलाउन थालेपछि अर्को दुर्घटना हुने हो कि भन्ने डर सबैमा हुनु स्वभाविकै थियो । धन्न त्यस्तो नराम्रो नभईकन नै हामीले विहान पाँच बजे मुग्लिन काट्यौँ ।

तर मलेखु आईपुग्नु अगावै बसको लाम आँखाले भ्याए सम्म देखियो । कुरा बुझ्दा थाहा भयो राति २ बजे तिर तेलको ट्याड्ढर पल्टिएर बाटो बन्द भएको रहेछ । मानिसको लस्कर सडक भरि थियो । लामो दुरीका ड्राईभर खलासीहरु बाटो खुल्ने अत्तोपत्तो नभएकाले सडक मै राडी ओच्छ्याएर मस्त निदाएका थिए । एउटा गाडीमा केही हुने वित्तिकै पछाडी आएका सबै गाडीले जबरजस्ती रोकिनुपर्ने बाध्यताले पनि यात्रुहरुलाई निकै नै मारमा पारेको छ । यहाँ पनि झण्डै तीन घण्टा बाटो बन्द भएर इन्तु त चिन्तु भईयो । ब्यापारीहरु दिनभरी बाटो बन्द हुन्छ भन्दै खानेकुराको सामान मनलागि तरिकाले बढाई रहेका थिए । जसोतसो दश बजे बाटो खुलेपछि बाह्र बजे कलंकी आईपुग्यौँ । सडकहरुमा युवाको जमात गणतन्त्र जिन्दावाद भन्दै गणतन्त्रको स्वागत गर्दै थिए । बसहरु मानिसको भीडभाडले एकदमै न्युन चलेका थिए । सास्तीमा घर आईपुगियो । लामो दुरीको यात्रामा झेलेको सास्तीले लाग्यो दैनिक कति मानिसहरु वीच अनकन्टार बाटोमा नै अलपत्र पर्छन् होला । बसको चालक र प्रहरीको लापरवाहीले गर्दा कति धेरै निर्दाेष सर्वसाधारण चपेटामा परेका छन् । प्रहरी र चालक दुवैमा मानवीय भावना नै नभईकन अनुसासन वीहिन भएर रक्सीको मातमा काम सकिदिने बानीमात्र हावी भएको देखियो ।

दुर्घटना हुदाँ बसवाला देखि ट्राफिक प्रहरी कसैले पनि तोकिएको नीति नियमको पालना गरेको देखिएन । श्रम तथा यातायात मन्त्रालय र यातायात सम्बन्धी भएका विभिन्न निकायहरुले आकस्मिक भएका दुघर्टनाको लागि घटनाको स्वरुप हेरेर सो अनुसारको नियम बनाउनु उपर्युक्त हुन्छ । बसमा प्राथमिक उपचारको खाली बाकस मात्र राख्नुको कुनै औचित्य नभएकोले उपचारका सामग्री पनि अनिवार्य हुनुपर्ने र नभएमा कडाईका साथ कारबाही गर्ने नियम राखिनुपर्छ । दुघर्टना भईसके पछि बसवालाले पहिला घाईतेको उपचार गरेर मात्र आफ्नो क्षतिपुर्तिको माग राख्ने नियम हुनुपर्छ । घटना पश्चात् सडक अबरुद्ध भएपछि ब्यापारीले मन लागि मुल्यमा सामान बेच्ने प्रबृत्ति तत्काल हटाउनुपर्छ ।

ूआवश्यकता बालअधिकारकोू


बालअधिकार भन्नाले सोह्र वर्षभन्दा कम उमेरका केटाकेटीले कानुनी परम्परागत वा नैतिक रुपमा परिवार समाज र राष्ट्रवाट पाउनु पर्ने न्यायोचित हक हो । पोषणयुक्त खाना स्वास्थ उपचार उचित शिक्षा खेलकुद पारिवारिक माया र सहयोग सुरक्षा आदि बालबालिकाको आधारभुत अधिकारहरु हुन् । हाम्रो देशको बालबालिकाको सन्दर्भमा यी सबै अधिकार सबै बालबालिकाले पाउनु तत्कालका लागि असम्भव देखिन्छ ।

शहरी क्षेत्रको वातावरणमा हुर्किएका मध्यम र उच्चवर्गका बालबालिकाले यी अधिकार प्राप्त गरेपनि निम्नवर्गिय र ग्रामीण भेगका थुप्रै बालबालिकाले यी सबै कुरा पाउनु त परै जाओस् बिहान बेलुकि टन्न खान समेत नपाएको स्थिति छ । हाम्रो देशको बिडम्बना नै यस्तो छ कि कुनै ब्यक्ति चाहिँ बयस्क अवस्थामा प्रवेश गरिसक्दा पनि आमाबुवाबाट बालकको जस्तै स्याहार सुसार पाँउछन् भने कुनै ब्यक्तिले चुहि बाल्यावस्थामा नै आफ्नो सबै अधिकारको परिपुरक स्वयं आफैँ बन्नुपर्ने बाध्यता छ ।

बालअधिकार सम्बन्धि चर्चा गरिने विभिन्न कार्यक्रम बेला मैकामा सरकारी तथा गैरसरकारी संस्थाबाट हुने गरेको छ । यस्ता कार्यक्रमबाट बालबालिकालाई केही हदसम्म सहयोग त भएको छ नै तैपनि बालबालिका संरक्षण सम्बन्धिको समस्या समाधान भने उचित तरिकाले हुनसकेको छैन । यस्ता संस्थाले वार्षिक रुपमा बालबालिकालाई खानेकुरा र कपडा दिने गर्दछन् । विदेशी पैसाबाट यस्ता कार्यक्रम आयोजना गर्दैमा बालअधिकारबाट बिाचत भएका थुप्रै बालबालिको दिगो संरक्षण हुन सक्दैन ।

बालअधिकार सम्वन्धि कुरा उठिरहेकै बेला यसलाई हानी पुर् याउने बालश्रम जस्तो जधन्य अपराध पनि हाम्रै समाजमा थुप्रै हुने गरेको छ । घर चियापसल बसपार्क जस्तो सुकै ठाउँमा पनि श्रमका लागि बालबालिकाहरु नै प्रयोग हुने गरेका छन् । बालबालिकालाई श्रमका लागि राख्दा दबाब दिन पाइने कम खर्चिलो हुने र सजिलै सँग काम लगाउन सकिन्छ भन्ने धारणा थुप्रै मानिसको हुन्छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु हुने खानेको घरमा श्रमका लागि बस्न बाध्य छन् । श्रमका लागि राखिने बालबालिकाले शारिरिक र मानसिक यातनाबाट उत्पीडित हुनुपरेको छ । अर्काको घरमा काम गर्न बसेका बालबालिकाले उचित शिक्षा र स्वास्थ उपचारको ब्यवस्था त परै जाओस् बिहान बेलुकी टन्न खान समेत पुउदैनन् । यस्ता बालबालिकाहरु बिहान सबेरै देखि बेलुकी मध्य रात सम्म आफ्नो क्षमता भन्दा माथिको काम गर्न विवश छन् । सुत्नका लागि पनि घरधनीहरुले भर् याङ्गमुनिको अध्याँरो र हावा नआउने ठाउँ दिने गरेका छन् । त्यस्तै धेरै जसो बालिकाहरुले आफू काम गर्न बसेको घरकै सदस्यबाट पटक पटक बलात्कृत हुनुपरको पनि सुन्नमा आउँछन् । त्यसो त बालिकाहरु मात्र नभई यदाकदा बालकहरु पनि बलात्कृत भएको सुनिन्छ । कतिपय घरमा त घरधनीले आफुले दिएको शारीरिक र मानसिक यातनाबाट घर छोडी भाग्छन् भन्ने शंकाले बालश्रमका लागि राखिएका बालबालिकालाई घरमा थुनेर हिड्ने कुकार्य समेत गर्ने गरेका छन् ।

यसैकारण शारिरिक र मानसिक पीडा पाएका बालबालिकाहरु अरु कुनै विकल्प नभए पछि मौका पाउनासाथ घर छोडी सडकमा ओर्लने गरेका छन् । जुन बालबालिकाहरुलाई खाते भनि नामाकरण गरिन्छ । श्रमका लागि धेरै जसो बालिकाहरु प्रयोग हुने र यातना पाइहाले पनि घरछोडी हाल्ने क्षमता नभएका कारण ले पनि हुनसक्छ खाते बालबालिकाको सङ्ख्यामा बालकहरु नै बढी हुने गरेका छन् ।

शहरी क्षेत्रमा खाते बालबालिकाको सङ्ख्या दिनानुदिन बढ्दै गईरहेको छ । यसरी खाते हुनेहरुमा धेरै जसो बाबुआमाको ठेगान नभएका र अभिभावक भएर पनि दायित्वबोध नगरेका त्यसतै बाढीपहिरोमा परि आमाबुवा गुमाएका बालबालिकाहरु धेरै हुने गरेका छन् । यस्ता बालबालिकाहरु कसैको नियन्त्रणमा नभएका कारण अनुशासन बिहीन हुन्छन् । धेरैजसो त कुलतमा पनि फसेका छन् । बाटो हिड्ने मानिसहरु सँग मागेको पैसाले उनीहरु राम्रो खानेकुरा भन्दा पनि चुराट पिउन बढि तल्लिन हुन्छन् । त्यसतै यस्ता खाते बालबालिकाले सडेगलेको खानेक्ररा मात्र नभई अरु मानिसले पिएर फालेको चुरोटको ठुटा पनि पिउने गर्दछन् ।

नेपाली बालबालिकाहरु अधिकारबाट बिाचत हुनुको प्रमुख कारण पारिवारक आर्थिक सङकट हो । यसको अलावा बिगत केही वर्ष अघिदेखिको दुईपक्षीय द्धन्दको कारण पनि थुप्रै बालबालिका अधिकार बिहीन भएका छन् । बालबालिकाहरुमा दशक लामो द्धन्दको प्रत्यक्ष असर परेको छ । थुप्रै टुहुरा भएका छन् । कतिले त आफ्नो बाबुआमाको हत्या आफ्नै अगाडी भएको समेत देखेका छन् । नेपालको भौगोलिक बनोटबाट बिकट मानिएका जिल्लाहरुका बालबालिकाहरुमा द्धन्दको प्रभाव बढी परेको छ ।

बाँच्न पाउनु र उचित संरक्षण पाउनु बालबालिकाको जन्मसिद्ध अधिकार हो । जनयुद्ध र सशस्त्र सङघर्षको नाममा कतिपय बालबालिकाहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ज्यान गुमाएका छन् । विभिन्न कारणले अधिकारबाट बिाचत भएका बालबालिकाहरुको मस्तिष्कमा बिद्रोही र द्धन्दात्मक भावनाले जरो गाडेको छ । उनीहरुको सोचाईमा नकारात्मक छाप परेको छ ।

यस्ता बालबालिकाहरुमा सकारात्मक सोच कसरी विकास गराउने भन्ने ’boutमा सरकारी तथा गैरसरकारी संस्था लागि पर्नुं पर्छ । नेपालका अधिकाशं बालबालिकालाई कम्तीमा कुन तहसम्मको अध्ययन गराउने भन्ने विषयमा राष्ट्रको प्रष्ट नीति हुनुपर्दछ । माथिल्लो ओहदामा बस्ने नीतिनिर्माताकरुले ब्यक्तिगत स्वार्थबाट माथि उठि बालश्रमलाई पुर्णत रोक्नका लागि स्वयं आफ्नै घरबाट शुरु गर्नु पर्दछ । बालबालिकाको आधारभूत आवश्यकताहरु पूरा गर्न प्रत्येक वर्ग समुदाय र तहबाट बुलन्द आवाज निस्कनुपर्छ । आजका बालबालिका भनेका निकट भविष्यका देशलाई मार्गनिर्देश गर्ने युवा हुन् । उनीहरुको उचित स्याहार र संरक्षण समय हुँैदै हुन सकेन भने भविष्यमा सामाजिक राजनैतिक आर्थिक सबै सङकट आउने निश्चित छ ।

ुयुद्धका चित्र हेर्दाु

दुई टुहुरा बालबालिकाको डढेको अनुहारको तस्बीर संगै शुरुभएको ुयुद्ध चित्रु नामक वृत्तचित्रले दशकलामो शसस्त्र द्धन्दबाट प्रत्यक्ष प्रभावित द्धन्दपीडितहरुको कथा कहेको छ । उनीहरुको पीडा जस्ताको तस्तै उनीहरुको मुहारबाट झल्काउन सफल वृत्तचित्रले दर्शकलाई उनीहरुकै पीडा संग बग्न बाध्य बनाँउछ । बितेका केही वर्षमा देशको राजनीतिक परिवेश निकै धेरै परिवर्तन भयो । दुई पक्ष वीचको भिडन्तमा न कसैको हार भयो न नै कसैको जीत तर त्यसको प्रत्यक्ष मारमा नेपाली जनता परे । कुनै कारण बिना नै आफ्ना आफन्त गुमाउन बाध्य भए ।

युद्ध चित्रमा कति बाबुआमाले आफ्ना सन्तान गुमाएका श्रीमतिले श्रीमान् गुमाएका छोराछोरीले आफ्ना बाबु आमा गुमाएका कथा उनीएको छ । कलिला अबोध बालबालिका जसलाई आफू के गर्दै छु भन्ने ज्ञान नै नभई आफ्ना बाबुआमाको मृत्युपछिको काजकि्रया गर्न विवश भएका छन् । अन्धा बालबालिका प्रदर्शनिमा राखेका तस्वीर छामेर द्धन्दकालीन अबस्थामा गुज्रेको नपाल र नेपालीले भागेको पीडा अनुभव गर्दैछन् । युद्धका चित्र हेरिरहँदा लाग्यो की देशको राजनीतिक परिवर्तन संगै सरोकारवालाले पनि जनआन्दोलनका क्रममा नेपाली जनताले पुर् याएको योगदान बिस्रन थालेका छन् । आजकाल साचारमाध्यमहरु पनि तत्काल घटेका घटनाहरु र दलका गतिविधिलाई मात्रै प्राथमिकता दिन थालेकाले सरोकारवालाहरु पनि बिस्तारै द्धन्दपीडितको क्षतिपुर्तिको मागका लािग बुलन्द बनाउनु पर्ने आवाज मन्द बनाउदैँ गएका छन् । साधारण दर्शकको हिसाबले वृत्तचित्र हेर्दा मलाई पनि त्यहीँ अनुभव भयो की साचारमाध्यमले निरन्तर रुपमा फुकिरहँदा मात्र पीडितले विगतमा पुर् याएको योगदान र उनीहरुको वर्तमानको पीडाको हेक्का रहदोँरहेछ ।

अहिले द्धन्दरत दुवै पक्ष सरकारमा भएका कारण आफू र आफ्ना कार्यकर्ताले गरेको मानवअधिकार हननका विषयमा कुरा उठाउन चाहिरहेका छैनन् । यसले गर्दा पनि सीमित द्धन्दपीडितले क्षतिपुर्ति र न्याय पाएका भए पनि धेरै पीडितहरु अझै पनि न्याय र शान्तिको खोजी प्रति निरन्तर प्रतिवद्ध रहेका छन् । तर साचार माध्यमले आजकाल उनीहरुको आवाजलाई प्राथमिकता नदिएका कारण सम्बन्धित निकाय सम्म पुग्न सकिरहेको छैन । द्धन्दपीडितका लागि सरकारले गरेको बेवास्ताका लागि खबरदारीको आवाज उठाउन मानव अधिकारकर्मी र नागरिक समाज पहिलाकै रफतारमा दत्तचित्त भई लाग्न जरुरी छ ।

युद्ध चित्रमा गरीबिमा गुजि्रएका गाईघाटका एक वृद्ध दम्पति बेपत्ता नागरिकको तस्वीर भएको पेटिकामा आफ्नो छोरा लीलाराज आचार्यको फोटो देखाउदैँ प्रचण्ड संग भेटेर आफ्नो छोराको हालत सार्बजनिक गराउने इच्दा भएको बताउछन् । बेपत्ता लीलाराजकी आमा लक्ष्ामाया प्रचण्डको फोटा इङ्गित गर्दै ुयो राजा भएको छ हैन अहिलेु भन्दै भेटेर आफूलाई पनि मार्नको लागि आग्रह गर्ने बताँउछिन् । बेपत्ताा भएको छोरालाई कुरेर पल पलमा मर्नुभन्दा एकैपटकमा मर्ने मन भएको बताँउछिन् ।

उता दमककी सिता ढकाल राज्यबाट बेपत्ता बनाईएका आफ्ना श्रीमान्लाई लडाईमा जनता पुस्तकको पानामा खोज्दैछिन् । सिँउदोमा सिन्दुर र हातमा श्रीमान्को श्यामश्वेत तस्वीर लिएर श्रीमान् कुरिरहेकी छिन् । २२ वर्ष सम्म पुलिसमा सेवा गरेका श्रीमान् एकाएक बेपत्ता भएको लामो समय भए पछि अफिसमा पेन्सनपट्टा लिएर पेन्सन थाप्न जाँदा ुकी मृत्यू दर्ता बनाएर ल्याउ की स्वंय मानिस ल्याऊ भनेकोमा गुनासो गर्छिन् सीता । आफूलाई थाहै नभई बेपत्ता बनाईएका आफ्ना श्रीमान्को खोज खबरका लागि सरकारले नै श्रीमान्को स्थिति सार्बजनिक नगरेपछि उनले पेनसनका लागि अब के गर्न सक्छिन् त

कतै बेपत्ता बनाइएका आफ्ना आफन्तको ुजिउदोँ भए सास देउ नभए लास देऊ का आशामा आवाजवीहीन जनता बसेका छन् भने कतै शहिदका आमाबाबु देशको लागि अनाहकमा आफ्नो सन्तान गुमाउनु परे पनि सरकारले उचित क्षतिपुर्तिको ब्यवस्था नगरेकोमा दुखमनाउ गरिरहेका छन् ।

जनआन्दोलनको क्रममा गोली लागि घाईते भएका झापाका गोपाल श्रेष्ठ एउटा खुट्टा नचल्ने गरि ओछ्यानमा थला परेका छन् । बुढेसकालमा घाईते छोराको रेखदेख गर्नु विधवा आमाको विवशता हो । छोरालाई दिएको सम्मान पत्र देखाउँदै आमा भन्छिन् गृहमन्त्री एकैपटक आएका थिए औपचारिकता पुरा गर्नको लागि ुअब उ तपाईको मात्र छोरा होइन देशको छोरा हो भने ताली बजाए हामी हेर्छौ भने अनि गए । त्यसपछि फर्किएर कोही आएको छैन ।ु के बाँसको टाँडमा सम्मानपत्र झुण्डाएकै भरमा आमा र घाईते छोराको बाकीँ जीबन निर्बाह होला त

निलो सफा आकाशमुनी निलै स्कुल डे्रसमा सजिएका विद्यार्थी ठुलै उत्साहले लालसलाम गरिरहेको तस्बीर हेर्दा रोल्पा स्थित शहीद जन नमुना विद्यालयका बिद्यार्थीको निर्दोश अनुहार मेरो मानसपटल भरी छाएको थियो । डेढ वर्षको अन्तरालमा दुइपटक रोल्पा पुग्दा ती स्कुलका बालबालिकाको भविष्यको उद्देश्य एउटै थियो ुजनमुक्ति सेना बनेर आफ्नो बाबुआमा मार्ने शत्रुलाई मारेर बदला लिने ।ु उनीहरुको निद्रोश आँखामा देखिएको बदलाको भावनाले मलाई अवाक् बनाएको थियो । ब्यवाहारिक शिक्षाको नाममा माओवादी सिद्धान्तका कुराहरु घोकाउने शिक्षा प्रणालीलाई अब कहिलेसम्म निरन्तरता दिईन्छ यदी माओवादी सिद्धान्तको कुरा पढाएर र प्रत्येक पुस्तकको पहिलो पृष्ठमा कमरेड प्रचण्डको फोटो र मन्तब्य राखिने हो भने पहिला राजाको गुणगान गाउनु र अहिले प्रचण्डको गाउनुमा के नै फरक भयो र अब माओवादीको सरकार बनिसकेपछि पनि त्यही जनवादी शिक्षा प्रणालीलाई नै प्राथमिकता दिदाँ कतिको उचित होला सधै उनीहरुमा विद्रोह र बदलाको भावना नै जगाईरहँदा उनीहरुको भविष्य कता जाला यस्तै कुराहरु दिमागमा घुमिरह्यो वृत्तचित्र हेर्ने अवधिभर ।

ुलडाईमा जनताु तस्बीर हेरेर प्रतिकि्रया लेख्ने रचना शर्माको जस्तै सबै द्धन्दपीडितले के अब एकअर्काको पीडा हेरेर मन बुझाउने बाटो खोज्नुपर्ने हो उनले प्रतिकि्रयामा लेखेकी छिन् ुमलाई यो तस्वीर हेर्दा अलिकति भए पनि मन बुझाउने बाटो भयो । किनकी यो युद्धमा मेरो बाबा पनि मारिनु भएको थियो । उहाँपनि टिचर हुनुहुन्थ्यो । मलाई लाग्थ्यो मैले मात्र बाबा गुमाएकी थिए तर बास्तबमा म जस्ता धेरै टुहुर रहेछन् ।ु उता श्रृजना पार्थिन् आफ्नो बाबा गुमाए पछि मानसिक पीडामा परेकी छिन् । भन्छिन् ुस्कुलमा सबै साथी हासेको देख्दा मलाई पनि हास्न मनलाग्छ । तर बाबा बित्नुभए देखि मेरो दिमागमा खाली नकारात्मक कुरामात्र आईरहन्छ । किन यस्तो भयो होला कसरी यस्तो भयो होला जस्तो मात्र लागि रहन्छ ।ु उनमा भएको यो मानसिक पीडाको निदान अब कसले गर्छ

नयाँ नेपालको सोच बनाएर हिडेका युद्धरत दुबै पक्षलाई नेपाली जनताले साथ दिए । युद्धको समयमा हुने खानेको सम्पत्ति कब्जा भयो हुदाँ खानेको पीडा ज्यूँका त्यूँ रह्यो । आखिर दोहोरो मारमा आवाजवीहिन जनता परे । उनीहरुको योगदानको मुल्याड्ढन अहिलेसम्म सरकारबाट हुनसकेको छैन । जसरी सरकारमा नहुदाँ प्रतिपक्षमा बसेर अरुको आलोचना गर्न सजिलो भएको थियो त्यसैगरी सोझा जनतालाई सपना बेचेर सत्तामा पुगेपछि अब शान्तिलाई नखल्बलाइ त्यो सपनालाई पुरा गर्नुपर्ने बाध्यता सरकारमा बस्नेको काँधमा आएको छ । वृत्तचित्रमा वरिष्ठ पत्रकार कुन्दा दीक्षितले भन्नुभए जस्तै ुजनताले लडाई सकिएको महसुस गरे पनि पीडा सकिएको महसुस गरेका छैनन् ।ु त्यसैले समस्या खोतलेर न्याय दिनुपर् यो क्षतिपुर्ति हुनुपर् यो अनि मात्रै देशमा दिगो शान्तिको आशा गर्न सकिन्छ ।

नारीको कोमलता र टेम्पो कर्म

सखारै टेम्पो दुकुराउंदै रत्नपार्कतिरको कर्म थलो । भिड छिचोलेर स्टेरिङ सोझ्याउंदै दिनहुं यात्रुको प्रतिक्षामा । हिउंद न बर्खा सबै बेला सडकमा हुंकिएर दैनिक गुजाराको जोहो । आहा कति सुन्दर कर्म । तर कर्म भित्रको मर्म पनि त दुःखपुर्ण छ । दिन रातको मिहिनतले सुखी पो हुन सकिन्थ्यो नि । तर छैन उहि बिहान बेलुकाको खाना अनि पुग नपुग छोराछोरीको पढाई खर्च मात्र । यहि संघर्षको चरणमा हुंईकिएकी सुनिता फुंयालको यात्रु ओसार्दे आठ बर्ष बितेछ ।

श्रीमानको गैर जिम्मेवारले उनलाई तिन छोराछोरी हुर्काउने दायित्व बढायो । दायित्व पुरा गर्न जोखिम र असुरक्षित मानिएको टेम्पो चलाउने उनको अभिलाषाले पेटलाई भोको राख्न दिएको छैन । ०५७ साल देखि यहि पेसालाई निरन्तरता दिएकी सुनितालाई कर्मले साथ दिएको होला तर भाग्यले सधैं पाखा लगायो । बिबाहित भएर पनि श्रीमान बिनाको जिवन बांच्नुपर्ने बाध्यता त आंसु पिएर लुकाएकी होलिन तर भौतिक कुराले संधै पिरोलिरहन्छ उनलाई । बिहान बेलुकाको खाना लुगा औषधी कोठा भाडा आदि खर्च धान्न उनलाई धौ धौ छ ।

अाफ्रनै कर्ममा ब्यस्त

अाफ्रनै कर्ममा ब्यस्त


श्रीमान्लाई स्वदेशमै छोडेर दुई पैसा कमाउन उनि नौ बर्ष अगाडी बिदेशिएकी थिइन् तर छोराछोरीको पालन पोषणमा परिवारले वास्ता नगरेकोले पैसा नकमाउंदै उनि नेपाल फर्कन बाध्य भइन् । श्रीमान मदिरा सेवन र पैसा अनाबस्यक खर्च गर्ने सुनेर उनि बिदेशको पुरा अबधी नबसी स्वदेश फर्किन तर उहि पिडा अभाव र सधैंको दरिद्रमा उनलाई एक दशक पार गरायो । यो दरिद्र अझै पनि टर्नेवाला संकेत उनले पाएकी छैनन् । खै कुनै सरकारले पनि हामी जस्ता महिला श्रमिकको हितमा काम गर्ने भएनन् निराश भावमा उनले भनिन्- ुज्यालाको दर र दुःख गरेर खाने महिलालाई सरकारले उचित ब्यबस्था गर्नु पथ्र्यौ नि ।ु

उनलाई अहिलेको दैनिकीले भन्दा बिदेशींदाको पिडाले बढी छुन्छ । कत्रो चाहना बोकेर परदेश गएं तर श्रीमानकै कारणले चांडै फर्कनु पर्यो उनि भन्छिन्-ुभिसा अबधीभर बस्न पाएको भए एउटा आफ्नै झुपडी जोड्न सक्ने थिएं ।ु त्यो बेलिबिस्तार उनको लक्ष्यमा तगारो श्रीमान बनेको प्रष्ट झल्किंथ्यो । स्वदेश फर्कंदा श्रीमान उनलाई थाहा नदिइकन बेपत्ता बनिसकेका थिए जुन अहिलेसम्म फर्केर आएका छैनन् ।

घर काठमाण्डौकै एक गाउं आलापोटमा भएपनि कुनै दुर्गम बस्तीको दरिद्र भन्दा कम भएन उनको जिवनमा । श्रीमान्को बेपत्तापछि सासु ससुराले समेत सुनितालाई हेलां गर्न थाले । तर पनि उनले हिम्मत हारिनन् आफ्नो छोराछोरीको पालनपोषण नेपालमै बसेर आफैँ गर्ने साहस बटुलिन् । काम के गर्ने दोधारमा पुगेकी उनले टेम्पो चालक बन्ने निर्णय आंफै गरिन् । पहिलो टेम्पो महिला चालक सुमित्रा दँगालले खुल्ला माचमा प्रशिक्षण दिने थाहा पाएपछि हान्निएर उनि त्यहां पुग्थिन् । केहि दिनको मिहिनेतमा उनले टेम्पो चलाईन अनि लाइसेन्स लिएपछि यहि पेशालाई निरन्तरता दिने उनले अठोट गरिन् । आफन्त साथीभाईले यस्तो काम महिलाले गर्न हुंदैन भनेपनि आफ्नो लगनशिलतामा उनि डग्मगाइनन् फलस्वरुप अहिलेसम्म उनि काठमाण्डौमा सफल टेम्पो महिला चालक बनेकी छिन् ।

e0a4b8e0a581e0a4bfe0a4a8e0a4a4e0a4be-e0a4aae0a4abe0a581e0a481e0a4afe0a4bee0a4b21
उनलाई त अहिले पर्दा भित्रको तितो जिवनमा बाह्य संसार कति मिठो र सुन्दर बनाएको अभाष दिन्छ । उनको परिश्रमको फल ३ छोरीले पढेर प्रस्फुटन गरिदिए । जेठी छोरी बिबिएस तेस्रो बर्षमा माइली बिबिए र कान्छी आई ए पढ्दै छन् । आहा रात पछिको उज्यालो झुल्कन उनलाई मिरमिरे आएको छ । जस्तो जिवन भोगेपनि छोरीहरुले पढेको देख्दा निकै हर्ष लाग्छ उनि भन्छिन्-ुब्यक्तिगत जिवन गाह्रो भयो तर छोरीहरुको भाग्य चम्किलो बनाउन सकेकी छु ।ु

उनले जिवनभरको कमाई सन्तानकै लागि खर्चिन् । कठिन परिश्रमबाट छोराछोरीलाई बोर्डिङ स्कुल मै पढाईन् । भन्छिन्- ुसरकारी स्कुलको बाताबरणले छोरी बिग्रने हुन्की जस्तो लागेर जति गाह्रो भएपनि बोर्डिङमै पढाएं ।ु उनिहरुलाई पढाउंदा मैले कसैसंग हात फैलाएर ऋण काढ्न परेन । पहिला मासिक चार हजार आम्दानी हुन्थ्यो अहिले दश हजार पुग्छ उनि सुनाउंछिन् ।

त्यति बेला उनले टेम्पो चलाउन शुरु गर्दा महिला चालक डेढ दर्जन जति थिए । अहिले त काठमाडौमा चल्ने ६ सय टेम्पोमा २० प्रतिशत महिला चालक भईसकेका छन् । आफ्ना सबै सहकर्मी महिला पनि बाध्यताले यो पेशा अंगालेको उनि सुनाउंछिन् । उनको अनुभवमा महिलालाई यो पेसामा आफ्नो पुरै समय दिनु नै सबैभन्दा ठुलो समस्या हो । तर कति महिलाले त टेम्पो चलाएर आफ्नो जीबन निकै सुधार गरिसकेका उनको भनाई छ । उनले पनि युएनडिपी अनमिन अन्तराष्ट्रिय संस्थामा काम गर्न प्रयास नगरेकी होइनन् आफ्नो शैक्षिक योग्यताको कमिले उनलाई त्यो अबसर पुरा हुन दिएन ।

उनी संगैका सहकर्मी माया तामा¨ हर्मिता श्रेष्ठ कमला लामा बिनिता श्रेष्ठ यस्तै संस्थामा चालक हुन पाएर राम्रो आम्दानी गरेका छन् । ब्यवसायिक ढंगले यही पेसा अँगाल्दै आएका महिला अहिले थुप्रै भइसके । आंफुलाई त धेरै पटक भाग्यले ठग्यो काम गरेर मात्र कहां हुंदारहेछ र जिवनप्रतिको बिश्लेषण गर्दे सुनिता भन्छिन्-ुतै पनि आफ्नो खुट्टामा उभिएर बांचेकी छु ।ु उनले अझै आफ्नो परिवारले सम्झन्छन् र मायां दिन्छन् भन्ने आशा मारेकी छैनन् । श्रीमान फर्केर आउनेमा उनको आस अझै घटेको छ्रैन ।


Same article when published in Dainikee.com. Here is the article.

टेम्पो कर्म र नारी संघर्ष

विनिता दाहाल

बिहान सबेरै स्टेरिङ घुमाउँदै घुइँचो छल्दैछिचोल्दै टेम्पो लिएर रत्नपार्क। हिउंद न बर्खा साँझ न बिहान दैनिक गुजाराको जोहो गर्न सधैं सडकमा यात्रुको पर्खाइ। यस नियमित कर्म भित्रको मर्म भने दुःखपूर्ण छ। दिन रात यसरी मिहिनतले त सुखी पो हुन सकिन्थ्यो नि। जति दुःख गरे पनि बिहान बेलुकाको छाक टार्न र छोराछोरीको पढाइ खर्च जुटाउन सधैं धौ धौ। यसरी नै यात्रु ओसार्दै सुनिता फुंयालको आठ बर्ष बितेछ।
पतिको गैरजिम्मेवारीले तीन जना छोराछोरी हुर्काउने भार उनको एक्लो काँधमा पर्‍यो। महिलाका लागि जोखिमी र नौलो मानिएको टेम्पो चलाउने उनको आँटले धन्न भोकै सुत्न परेको छैन। सुनिता २०५७ देखि टेम्पो चलाई रहेकीछिन्।

यसोत दुई पैसा कमाएर अलि सजिलोसँग गुजारा गर्न नौ बर्षअगाडि मुगलान पसेकी सुनिता पति र परिवारले छोराछोरीको वास्ता नगरेपछि पैसा नकमाउंदै फर्कन बाध्य भइन्। पतिको मदिरा सेवन र फजुलखर्चीको कथा सुनेर स्वदेश त तर यहाँ आएपछि कष्ट र अभावबाट कहिल्यै उम्कन पाएकी छैनन्। यो दशा टर्ने लक्षण देखेकी छैनन्। यसबीच उनले विभिन्न प्रकारको सरकार देखिन्। शासन बेहोरिन्। ´खै कुनै सरकारले पनि हामी जस्ता महिला श्रमिकको हितमा काम गर्ने भएनन्, निराश भावमा उनले भनिन्– ´कम्तीमा हामी दुःख गरेर परिवारको गुजारा गर्नुपर्ने महिलालाई त सरकारले हेर्नुपर्थ्यो नि।´

उनलाई अहिलेको यहाँको दैनिकीलेभन्दा विदेशबाट रित्तै फर्कनु परेकोे पीडा छ। ´कत्रो सपना बोकेर परदेश गएं, तर श्रीमान्कै कारणले चांडै फर्कनु पर्यो, सुनिता भन्छिन्–´भिसा अवधिभर बस्न पाएको भए एउटा आफ्नै झुपडी जोड्न सक्ने थिएं।´ उनी घर नफर्कंदै लालाबाला बिचल्लीमा पाडेर बेपत्ता भएका उनका पति अहिलेसम्म फर्केर आएका छैनन्।

सुनिताको घर काठमाण्डौकै आलापोट गाउँमा भएपनि सहरीया सुखसुखको छेउछनक पनि उनले पाइनन्। दुर्गम बस्तीको दरिद्रता भोगिन्। पति बेपत्ता भएपछि सासुससुराले पनि सुनितालाई हेलां गर्न थाले। उनले हिम्मत भने हारिनन्। नेपालमै बसेर छोराछोरी हुर्काउने साहस बटुलिन्। कामको खोजी गर्ने क्रममा टेम्पो चलाउने निर्णय गरिन्। पहिलो महिला टेम्पो चालक सुमित्रा दँगालले खुल्ला मञ्चमा तालिम दिने थाहा पाएपछि हान्निएर सुनिता त्यहां पुगिन्। उनले चाँडै नै टेम्पो चलाउन सिकन् र लाइसेन्स लिएपछि पेसाका रूपमा अपनाउने अठोट गरिन्। आफन्त साथीसँगीले यस्तो काम महिलाले गर्न हुंदैन भनेपनि सुनिताको हिम्मत डग्मगाएन। अहिले त उनी काठमाडौंकी सफल महिला टेम्पो चालक बनेकी छिन्।

परिश्रमले सुनितालाई संसारको सौन्दर्य पनि देखाएको छ। उनको परिश्रमलाई तीनैवटी छोरीले सार्थक बनाइदिएकाछन्। जेठी छोरी बिबिएस तेस्रो बर्षमा, माइली बिबिए र कान्छी आईए पढ्दै छन्। लाग्छ सुनिताको जीवनमा मिरमिरे आएको छ र अब उज्यालो हुन्छ। आफूले जति कष्ट सहेको भए पनि छोरीहरू पढेको देख्दा उनी निकै हर्षित छिन्–´ आफ्नो जिन्दगी गाह्रो भयो, तर छोरीहरूको भाग्य चम्किलो बनाउन सकेकी छु।´

सुनिताले जीवनभरको कमाइ सन्तानकै लागि खर्चिन्। जति दुःख भए पनि छोराछोरीले राम्रो शिक्षा पाउन् भनेर प्राइभेट स्कुल मै पढाइन्। भन्छिन्– ´सरकारी स्कुलको वातावरणले छोरी बिग्रने हुन्की जस्तो लागेर जति गाह्रो भएपनि बोर्डिङमै पढाएं।´ टेम्पो चलाउन थालेपछि उनीहरूलाई पढाउंदा पनि कसैसंग हात फैलाउन परेन। चालक पेसाबाट पहिला मासिक आम्दानी पहिलेको चार हजारबाट हाल दश हजारजति हुने सुनिताले भनिन्।

सुनिताले टेम्पो चलाउन थाल्दा डेढ दर्जन जति महिला यस पेसामा थिए। अहिले काठमाडौमा चल्ने ६ सय टेम्पोमा २० प्रतिशत चालक महिला छन्। अरू महिलाले पनि बाध्यताले नै यो पेशा अंगालेको उनको अनुभव छ। टेम्पो चालकका रूपमा नै जीवन बिताउन महिलाका निम्ति कठिन भए पनि धेरै महिलाले गाडी.चलाएरै जिन्दगीको रथ हाँकेका छन्। उनका सहकर्मीहरू माया तामाङ, हर्मिता श्रेष्ठ, कमला लामा, विनिता श्रेष्ठले भने यस्तै संस्थामा चालकको जागिर पाएर राम्रो आम्दानी गरेका छन्।यसो त सुनितालाई अन्तै जागिर खाने रहर थियो। तर युएनडीपी, अनमिनजस्ता अन्तराष्ट्रिय संस्थामा काम गर्ने प्रयासलाई उनको शैक्षिक योग्यताले छेक्यो। व्यावसायिक चालकको पेसा अँगाल्ने महिला पनि अब त थुप्रै भइसके।

मनको अन्तरकुन्तरमा पति आफूकहाँ फर्केर आउने आशा पालेर बसेकी सुनिताको कुनै न कुनै दिन परिवारले सम्झने र मायागर्ने विश्वास भने अझै मरेको छ्रैन। धेरै पटक भाग्यले ठगेको ठाने पनि जीवनप्रति उनको खासै गुनासै छैन। सुनिता भन्छिन्–´आफ्नो खुट्टामा उभिएर बांचेकी छु।´