‘विशेषको फैसलामा के–के मात्र त्रुटि छ भन्नु, आँपका रुखमुनि धान फल्छ र?’

किरण भण्डारी/विनिता दाहाल

‘मलाई हिजैदेखि चिने/नचिनेकाले फोन गरिरहेका छन्, त्यहाँ पनि साथीहरूले बधाइ दिएरै हैरान पार्ने हुन्,’ धापासीको डेरामा नागरिकसँग संक्षिप्त कुरा गर्दै कार्कीले भनिन्, ‘अर्कालाई थुनामा पठाउने फैसला गरेर के बधाइ खाइरहनु!’

उनी यो फैसलामा सहधर्मीहरूले भनेझैं ‘साहसिक निर्णय’को विशेषण लगाउन तयार छैनन्। ‘अग्रज न्यायाधीशहरूले पहिलेका फैसलामा प्रतिपादन गर्नुभएको सिद्धान्तअनुसार गरेका हौं, त्यसैले हामी न आँटिला हौं, न काँतर,’ उनले भनिन्।

न्यायाधीश समाजले बुधबार ललितपुरको होटल हिमालयनमा गरेको ‘भावी संविधानमा न्यायपालिकाको स्वरुप’ कार्यक्रममा प्रधानन्यायाधीश खिलराज रेग्मी ११ बजेको निर्धारित समयअघि नै आइसकेका थिए।

सर्वोच्च र पुनरावेदनका न्यायाधीशहरू आउने क्रम चलिरहेकै थियो। चियाको चुस्की लिँदै उनीहरू झुन्डझुन्डमा गफिइरहेका थिए। चर्चाको पात्र थिए, बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरी जेल हाल्ने न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्ट।
सबै हलसामुन्नेको भर्‍याङतिर आँखा तन्काइरहेका थिए।
‘जेपी गुप्तालाई कैद हाल्ने न्यायाधीशहरूलाई बधाइ दिएर कार्यक्रम सुरु गरौं भनेको,’ समाजका सदस्य एवं पाटन पुनरावेदनका एक न्यायाधीशले भने, ‘बहालवाला मन्त्री र सत्तारुढ दलको अध्यक्षलाई जेल हाल्न साहस गर्नेको कदर त गर्नुपर्‍यो नी।’
टेलिभिजन पत्रकार पनि भर्‍याङतिर क्यामरा तेर्स्याएर झुम्मिएका थिए। दुई दशकदेखि सत्ता राजनीतिको केन्द्रमा रहेका गुप्तालाई भ्रष्टाचारी ठहर गर्ने कार्की र भट्टलाई क्यामरामा कैद गरेर ‘एअर’ गरिहाल्ने हतारो उनीहरूलाई थियो।
अझ सर्वोच्चकी एकमात्र महिला न्यायाधीश कार्कीको प्रतीक्षामा झन् सबै व्यग्र बनेका थिए। प्रधानन्यायाधीशको रोलक्रममा रहेकी उनकै नेतृत्वमा फैसला हुनु उनको ‘क्रेज’ को कारण हो। चिया गफमा सर्वोच्चका वरिष्ठ न्यायाधीशहरू दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद शाह र प्रकाश वस्तीहरू ‘फैसलाले न्यायालयप्रतिको जनआस्था बढाएको’ भन्दै प्रफुल्लित देखिन्थे।
तर, फैसलापछि ‘सेलेब्रिटी’ बनेका दुवै न्यायाधीश कार्यक्रममा आएनन्।
कार्यक्रममा किन नजानुभएको?
‘मलाई हिजैदेखि चिने/नचिनेकाले फोन गरिरहेका छन्, त्यहाँ पनि साथीहरूले बधाइ दिएरै हैरान पार्ने हुन्,’ धापासीको डेरामा नागरिकसँग संक्षिप्त कुरा गर्दै कार्कीले भनिन्, ‘अर्कालाई थुनामा पठाउने फैसला गरेर के बधाइ खाइरहनु!’
तीन दशक वकालत गरेर वरिष्ठ अधिवक्ता हुँदै न्यायाधीश भएकी कार्की ‘फैसला बधाइ लिनेदिने विषय नभएको’ बताउँछिन्। ‘फेरि न्यायाधीशले मनखुसी फैसला गर्न पाउने पनि त हैन,’ उनी भन्छिन्, ‘प्रमाण मिसिल हेरेर संविधान, ऐन, कानुन, सर्वोच्चले प्रतिपादन गरेको नजिर टेकेर गर्ने न हो।’
उनी यो फैसलामा सहधर्मीहरूले भनेझैं ‘साहसिक निर्णय’को विशेषण लगाउन तयार छैनन्। ‘अग्रज न्यायाधीशहरूले पहिलेका फैसलामा प्रतिपादन गर्नुभएको सिद्धान्तअनुसार गरेका हौं, त्यसैले हामी न आँटिला हौं, न काँतर,’ उनले भनिन्।
उनी यो फैसलाको जस पूर्व प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र अहिलेका रेग्मीले स्थापित गरेको नजिरलाई दिनुपर्ने बताउँछिन्। उनीहरूको इजलासले झन्डै एक वर्षअघि पूर्वमन्त्री चिरञ्जीवी वाग्लेको फैसला गरेपछि अकुत सम्पत्तिका मुद्दाले गति पाएका छन्।
वाग्ले, बहुदलकालमा विभिन्न संस्थानका कार्यकारी प्रमुख रहेका रामाज्ञाप्रसाद चतुर्वेदी र अर्थ मन्त्रालयका पूर्व सहसचिव ईश्वर पोखरेलको अकुत सम्पत्ति मुद्दामा कृषि, व्यवसाय वा अन्य आयको गणना गर्ने प्रतिपादित सिद्धान्त त्यसपछिका फैसलामा आधार बनेका छन्। जस लिन नतम्सिए पनि वाग्लेबाहेक भ्रष्टाचारका सबै चर्चित फैसला वा आदेशमा कार्कीले नै सुनुवाइ गरिरहेकी छन्, चाहे त्यो पूर्वमन्त्री खुमबहादुर खड्का होस् वा गोविन्दराज जोशी।
चतुर्वेदीलाई रेग्मी र उनको इजलासले नै भ्रष्टाचारी ठहर गरी डेढ वर्ष कैद, १ करोड ३९ लाख बिगो र त्यत्ति नै जरिवाना गरेका हुन्। ‘चतुर्वेदीको मुद्दामा बैंक ब्यालेन्स, खेतीपाती, फलफूल, घरजग्गाको आम्दानी गणना गर्दा वस्तुगत सिद्धान्त अपनाइएको छ। त्यसले अकुत सम्पत्तिका अरू मुद्दा छिन्न सजिलो होला,’ उनले भनिन्।
तीन वर्षअघि सर्वोच्चको अस्थायी न्यायाधीश भएकी उनी एक वर्षमै स्थायी हुन पाइन्। विराटनगरमा वकालतमा जमे पनि त्यतिबेला राजधानीमा उनी ‘लो प्रोफाइल’मै थिइन्। लोकतन्त्र स्थापनापछि संविधान मस्यौदा आयोग सदस्यका रूपमा उनको ख्याती काठमाडौंमा छरियो। न्यायाधीशको संसदीय सुनुवाइमा कार्कीको प्रस्तुतिले धेरै सभासद्को ध्यान खिचेको थियो।
न्यायमूर्तिका रूपमा पनि उनको छवि चम्किँदैछ। सर्वोच्च स्रोत भन्छ, ‘वर्षौंदेखि थन्क्याइएको खुमबहादुर खड्काको मुद्दामा झगडिया झिकाउने, गोविन्दराज जोशीको मुद्दाको तथ्यमा प्रवेश गर्नू भनी विशेष फर्काउने र भन्सार, कर, सडक, सिँचाइका पूर्व हाकिमहरूको मुद्दामा कठोर आदेश यिनै महिला सहितको इजलासले दिइरहेको छ।’
विद्यार्थीकालमा उनी नेविसंघकी शुभेच्छुक र समर्थक थिइन्। उनका बाबु डिल्लीबहादुर कार्की कोइराला परिवारसँग निकट भएकाले उनको राजनीतिक झुकाव ‘प्रजातान्त्रिक’ थियो। कांग्रेस नेताहरूका अनुसार खुमबहादुर खड्का भारत प्रवासमा रहँदा बीसको दशक अन्ततिरै कार्कीसँग चिनाजानी थियो। दुई वर्षदेखि आलटाल गरेर थन्क्याइएको खड्काको मुद्दा उनको बेन्चमा पर्नेबित्तिकै सुनुवाइलाई तीव्रता दिइहालिन्।
‘न्यायाधीशको अगाडि कोही पनि धनी, गरिब, ठूलो, सानो, महिला, पुरुष, परिचित, अपरिचित हुँदैन,’ उनी भन्छिन्, ‘मन पनि कोमल वा कठोर बनाउन पाइन्न।’
आफैं कुनै ठूलो महŒवाकांक्षा बोकेर न्यायाधीश नभएको र भविष्यका लागि कुनै चाहना पनि नपालेकाले ‘कागजमा जे देखियो त्यही फैसला लेख्ने’ गरेको उनले बताइन्।
विराटनगरमा लामो वकालत गर्दा बनाएको ‘सुशीला दिदी’को हक्की छवि उनले न्यायाधीशको भूमिकामा पनि कायमै राखेकी छन्। ‘मैले बिएल नै पढ्नुमा संयोग छ,’ उनले भनिन्, ‘वकिल न्यायाधीश त त्यसपछि न भएको हुँ, जे काम गरे पनि मेरो स्वभावमा परिवारको संस्कार झल्किन्छ होला।’
कार्की परिवारले छोराछोरीमा कुनै भेदभाव गर्दैनथ्यो। महेन्द्र मोरङबाट मनोविज्ञान र अंग्रेजीमा बिए पास गरेपछि उनलाई एमए पढ्न बनारस पठाइयो। वनरास हिन्दु विश्वविद्यालय त्यतिेबला भारतको नामी शैक्षिक केन्द्र थियो। त्यतिबेलाका चर्चित कांग्रेसी युवानेता दुर्गा सुवेदीसँग वनारसमा उनको चिनाजानी गाढा भयो। पछि उनीहरू विवाह बन्धनमा बाँधिए।
त्यहाँबाट उनले २०३० सालमा राजनीतिशास्त्रमा एमए पास गरिन्। पिएचडीका लागि उनी छानिएकी थिइन्। तर कांग्रसीहरूसँगको संगतले उता बस्न त्यति सहज भएन। उनी विराटनगर फर्किइन्। क्याम्पस पढाउन थालिन्।
ठूलो बुवा तोरणबहादुर र दाजुहरू वकिल थिए। उनलाई नपढी बस्न मन लागेन। ‘प्राइभेट बिएल दिएर विराटनगरको पहिलो महिला वकिल भएँ,’ उनले भनिन्।
२०३५ सालमा लाइसेन्स लिएर उनले वकालत थालिन्। अदालतका कर्मचारी, न्यायाधीश कोही पनि महिला हुन्थेनन्। न्यायाधीशलाई ‘श्रीमान्’ भन्दै अदालतमा एक्ली महिला भएर काम गर्दा असजिलो पर्दैनथ्यो?
‘अहँ, मलाई बुवाले छोराजस्तै हुर्काउनुभएको थियो। हामी जिम्दार परिवारका भएर पनि हो कि पुरुषसँग हच्किनुपरेन,’ तीन दशकअघिको ती दिन सम्झँदै उनी भन्छिन्, ‘बरु एकैदिन धनकुटा, धरान, विराटनगरको अदालत पनि भ्याइयो।’
पढ्नेक्रम जारी राख्नुहोस्

१४ फरवरी , भ्यालेन्टाइन डे !

विजय कुमार पान्डे

( प्रिय फेसबुक मित्रहरु , आजको यो पोस्टिङ प्रकाशनको तैयारीमा रहेको मेरो पुस्तक बाट साभार लिइएको हो । यसमा लेखिएका शब्दहरुलाइ त्यसको मुल स्रोत उदधृत गरेर मात्र प्रयोग गरि दिन हुन बिनित अनुरोध गर्दछु । सबै , सबैलाइ प्रेम दिवशको शुभकामना । सबैका ह्दयमा प्रेम र शान्तीका भाव बढदै जाउन !!! )

सुषमा मेरो पत्नी मात्र होइन ‘बेष्ट फ्रेन्ड’ पनि हो । एउटै स्त्रीमा , कुनै पनि मानिसले आफ्नो ‘ पत्नी र सबै भन्दा असल साथीको मिस्रण’ पाउनु अपुर्व भाग्य हो । सुषमालाइ एकताका फिल्म अभिनेत्री अंशुमाला शाही भनेर बढता चिनिन्थयो । सुषमा उस्को घरमा बोलाउने नाम हो । २०४४ साल तिर , चलचित्र अभिनेत्रीहरुका बिषयमा मैले बनाएको एक टेलिभिजन कार्यक्र निर्माणका दौरानमा मैले सुषमालाइ पहिलो पटक देखे । देख्ने बित्तिकै बेहिसाब मन पराए । ‘लभ एट फस्ट साइट’ भन्ने शब्दावलि मेरा निम्ति कुनै किताबमा पढेको थेगो वाक्य नभएर , जिवनमा आफै महसुस गरेको यथार्त हो । नेपाली फिल्म इतिहास कै सर्वाधिक शिक्षित र सुस्कृत अभिनेत्री मध्धे एक , सुषमा संग , उनले चाहिन भने , म अर्को जिवनममा पनि विबाह गर्न चाहन्छु !

मेरा तमाम कमी कमजोरीहरुका बाबजुद पनि , सुषमाले आफ्नो तर्फबाट , मलाइ , अविरल रुपले माया दिइ राखी । सुषमाको माया म प्रति हमेशा सागर झै एकनास रहयो । कहिले घटबढ भएन । सुरुका बर्षहरुमा म सित बस्न सजिलो थिएन । घरबाहिरका मानिसहरुका निम्ति म एक प्रसिद्ध , सनकी र मनमौजी मानिस थिए भने , घर भित्र चाहि आफुले चाहेको कुरा ‘हुनै’ पर्ने जिद्दी बच्चा जस्तो थिए । मेरी आइरिस दिदी ब्रिजिट भन्थी ‘ सुषमाले घरमा दुइ होइन तिन वटा बच्चा हुर्काउनु पर्छ । तेस्रो बच्चा हुर्काउन चाहि असमम्भव छ । ‘ सारा र सारांस बाहेक ब्रिजिटले संकेत गरेको सुषमाको तेस्रो बच्चा अरु कोहि नभएर म नै थिए !

सुरुका बर्षहरुमा , ब्रिजिटले मलाइ ‘सुध्रन असम्भव बच्चा ‘ ठोकुवा गरेता पनि पछि गएर , मेरा महान गुरुहरुको आशीर्बाद र सुषमाको अनवरत प्रेमले गर्दा मेरो जिवनका पछिल्ला बर्षहरुमा छाएको सुख , सन्तोष र शान्ति देखेर आजभोली ब्रिजिट खिस्स हासेर भन्छे ‘ विजयलाइ देखेर , मान्नै पर्ने हुन्छ , यो संसारमा मानिस , यसरी रुपान्तरित पनि हुन सक्दो रहेछ ‘

जिवनमा धेरै उतार चढाव देखे पछि मात्र मलाइ महसुस भयो – प्रेम भनेको ‘अपेक्षारहित’ रुपले दिने , दिने र दिदै मात्र जाने भावना र क्रिया नाम रहेछ । अर्को पक्षले ‘लिए’ बापत केहि फर्काएको छ वा छैन ? भन्ने हिसाब किताब कहिलै नगरि , दिदै मात्र जाने मानिस साचो अर्थमा ‘प्रेमी’ शब्दको हकदार हो । यो प्रसंङमा मैले , अत्यन्तै उच्च स्तरको आध्यामिक प्रेम वा विश्व प्रेमको कुरा गरि रहेको छैन । मैले ‘यति’ गरे बापत उस्ले मलाइ ‘कति’ गर्यो त ? भन्ने हिसाब किताब मनमा आउने बित्तिकै बुझनुस तपाइ कुनै प्रेममा होइन ‘बिजनेश डिल ‘ मा हुनु हुन्छ । जब एक जोडी , बिना कुनै हिसाब किताब , एक अर्कालाइ एकहोरो रुपले खाली दिइ मात्र राख्छन तब भन्न सकिन्छ – वाह ! क्या प्रेम छ !!

त्यस अवस्थामा परम आश्चर्यको कुरा के छ भने , कुनै अपेक्षा नराखेर तपाइले निरन्तर दिइ मात्र राख्नु भयो भने भयो भने – तत्काल वा कुनै अर्को दिन भविष्यमा , तपाइले दिनु भएको भन्दा धेरै गुणा बडी प्रेम तपाइकोमा स्वचलित रुपले आफै आइ पु्ग्छ । यसको विपरित , यदि तपाइ आफ्नो प्रेमी संग अपेक्षा मात्र राखनु हुन्छ र तपाइको प्रेमी पनि तपाइ संग माया ‘पाउन’ मात्र चाह्न्छ, दिन जान्दैन भने दुबैको भागमा निरासा बाहेक केहि पनि हात लाग्ने छैन । एउटा ‘मगन्ते’ ले अर्को ‘माग्ने’ लाइ के पो दिन सक्छ र ? एक भिखारीले अर्को भिखारीलाइ के पो दिन सक्छ र ? दुबैले , एक अर्कालाइ अपेक्षारहित रुपले दिइ राखे पो भन्न सकिन्छ – वाह ! क्या प्रेम छ !!

हुनत आजभोली दुनियामा प्रेमको नया परिभाषा आएको छ जस्ले भन्छ – ‘प्रेम भनेको लिने -दिने बराबर हुनु पर्छ ‘ । यो सुनेर मलाइ हांसो उठछ । मानौ प्रेम भनेको अरु केहि नभएर लेखापालको ‘ट्रायल ब्यालेन्स ‘ हो जहा डेविड र क्रेडिट बराबर हुन अनिवार्य छ ! नारान गोपाल दाइले गाएको एक गीत छ ;

‘मायाको आधारमा
समझौता नै हुन्छ
लिनु पर्ने जे छ
दिनु पर्ने जे छ
त्यो बराबर हुन्छ ‘

यो गीतका समबन्धमा , मैले नारान दाइ संग एक दिन ठट्टा गर्दै सोधे ‘दाइ , यो गीत कुनै ‘एकाउन्टेन्ट’ ले लेखेको हो कि क्या हो ?’ सुनेर मस्त हासेका थिए नारान दाइ । एक छिन पछि जवाब दिए ‘ यो एक व्यबाहरिक सत्यको गीत हो , अल्टिमेट टुथ ( पारमार्थिक सत्य ) होइन ‘ ।

नारान दाइको त्यो मस्त हांसो सम्झेर , आज पनि मेरो ओठमा , एक मु्स्कान स्वचलित रुपमा उत्पन्न हुन्छ । सुषमा मलाइ भन्छे ‘ जब जब तिमी मस्त भएर खुसीले मुस्कुराउछौ , मेरो सारा संसार उज्यालिन्छ ! ‘

एउटा ‘नमिठो दुर्घटना’

उनलाई मार्न खोज्नेलाई अहिले उपप्रधान तथा गृहमन्त्रीले जोगाइरहेका छन्

नागरिक दैनिकमा आज प्रकाशित सामग्री

http://www.nagariknews.com/news-highlights/139-highlights/36530-2012-02-09-03-25-11.html

स्वयंसेवी दाई

काठमाडौंका व्यस्त सडकहरूमा एउटा अनुहार चिरपरिचित छ, जो ट्राफिक जाम भएका हरेक ठाउँ पुगेर गाडी पन्छाइरहेको देखिन्छ। स्वयंसेवीहरूको टल्कने लुगा लगाएर सडकमा खट्ने उनको यो दैनिकी छ वर्षदेखि उस्तै छ। उनी हट्टाकट्टा छन्। तर, कुहिनो काटिएकाले दुई हात सुकेर मसिनो भएको छ। उनी हुन्, स्वयंसेवी शेखर राई।

दिनरात सरकारकै काममा खटिएका राईको अनुहारमा उनी राज्य संयन्त्रबाट पीडित हुन् भन्ने झल्को रत्तिभर देखिँदैन। १५ वर्षअघि मोरङ, बयरवनमा खुकुरी हानेर उनको ज्यान लिने प्रयास भएको थियो। तीन वर्षको सघन उपचारपछि उनी तंग्रिए। जीउभरि खुकुरीका डाम उस्तै छन्।
उनले आफ्नै खर्चमा स्वास्थ्य उपचार त गराए, कानुनी उपचार भने पाउन सकेका छैनन्।
उनीमाथि खुकुरी हान्ने जयराज संयोक लिम्बू आजसम्म निस्पि्कक्री घुमिरहेका छन्। अदालतले नै दोषी ठहर गरे पनि उनी अरू अपराधीजस्तो जेल जानुपरेको छैन। लामो सुनुवाइपछि साढे दुई वर्षअघि सर्वोच्च अदालतले लिम्बूलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो।
उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको ‘भित्रिया’ भएकैले उनलाई कानुन नलागेको दाबी स्रोतहरूको छ। यसबीच अदालत र प्रहरीले पटकपटक लेखापढी गरेर औपचारिकता मात्र निर्वाह गरिरहेका छन्।
फैसला कार्यान्वयन गराउन राई अदालत, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय खुब धाए। तर, लिम्बूको राजनीतिक पहुँचबाट आजित भएर उनले अब न्यायको आस मारिसकेका छन्। तिनै गच्छदार गृहमन्त्री भएपछि त झन् उनी आफूमाथिको आक्रमणलाई कोट्टयाउन पनि चाहन्नन्। लिम्बू गच्छदारका अघोषित पिए हुन्।
‘हामी धेरै वर्ष धायौं, धाउनुपर्ने ठाउँहरू सारा धायौं,’ शेखरका बुवा धर्मानन्द राईले बुधबार साँझ नागरिकसँग भने, ‘राजनीतिको आड पाएकालाई कानुन लाग्दो रहेनछ।’
शेखर आफैं पनि कायल भएर त्यो घटनालाई एउटा ‘नमिठो दुर्घटना’ भनेर चित्त बुझाउने प्रयास गरिरहेका छन्। ‘मलाई सम्भि्कयो भने साइकोलोजिकल टर्चर हुन्छ,’ राईले भने, ‘यो विषयलाई अब नसम्झौं।’
उनको यो वैराग्य राज्यका सबै निकायको व्यवहारबाट पलाएको हो। घटनालगत्तै राईको बुवा लिम्बूविरुद्ध उजुरी गर्न गएका थिए। तर, जिल्ला प्रहरीले लिम्बूलाई समातेन। त्यतिबेला लिम्बूका बुवा शुक्रराज कांग्रेसका सांसद थिए। कोइराला परिवारका निकट। कांग्रेस सत्ताबाट हटेपछि २०५४ मा मात्र प्रहरीले मुद्दा चलायो। जिल्ला र पुनरावेदनले लिम्बूलाई दोषी किटान गर्‍यो। तैपनि प्रहरीले पक्रिएन। उल्टो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा २०५५ मा मुद्दै फिर्ता लिने निर्णय सरकारले गर्‍यो। अदालतले जघन्य अपराधमा फिर्ता लिने अन्तिम स्वीकृति नदिएकाले मात्रै सरकारको निर्णय कार्यान्वयन हुन सकेन।

दोषी नै गृहमन्त्रीको पछाडी


त्यसपछि लिम्बू आफैं पुनरावेदनको फैसलाविरुद्ध सर्वोच्च गए। सर्वोच्चले पनि उनलाई नै दोषी ठहर्‍यायो। फैसला कार्यान्वयन नभएपछि उनी तत्कालीन गृहमन्त्री भिम रावल, प्रहरीका माथिल्लो ओहोदाका अधिकारी, फैसला कार्यान्वयन निर्देशनालय लगायत थुप्रै ठाउँ धाए।
राईको मुद्दा सुरुदेखि हेरिरहेका कानुन व्यवसायी जगन फुयाँलले राई परिवार न्यायका लागि लड्दालड्दा थाकिसकेको बताए। ‘हाम्रो प्रहरी-प्रशासन शक्तिको पुजारी हो,’ फुयाँलले नागरिकसँग भने, ‘उहाँहरूले धेरै वर्ष धाउनुभयो तर कतैबाट केही नभएपछि अब आस मार्नुभएको छ।’
‘फरार’ लिम्बूलाई पक्राउ गराउन अदालतले फेरि एकपटक पहल थालेको छ। ‘हामीले अहिलेसम्म फैसला कार्यान्वयन नभएको थाहा पाएपछि पीडित परिवारसँग सम्पर्क गरेका छौं,’ फैसला कार्यान्वयन महानिर्देशनालयका चित्रबहादुर केसीले भने, ‘हामीले धर्मानन्द राईलाई यसै विषयमा कुरा गर्न भोलि कार्यालयमा बोलाएका छौं।’
घटना भएको ठाउँमा मन्त्री गच्छदार र लिम्बुवानको बलियो पकड छ। स्रोतका अनुसार पीडित राई परिवार त्यही कारण अहिले यो विषयमा बोल्न डराइरहेका हुन्। ‘आफ्नो बसोबास खेतीपाती भएको ठाउँमा गच्छदारलाई चिढाउँदा भोलि अप्ठ्यारो पर्छ भन्ने डरले उहाँहरू बोल्न मानिरहनुभएको छैन,’ स्रोतले भने।

राई परिवार आफूमाथिको आक्रमणको कथा सम्झन तयार नभए पनि अदालतको फैसला, प्रहरीको बयान र सरकारी वकिलका मिसिलमा घटना विवरण यस्तो छ :

२०५३ साल पुस।
२४ वर्षीय शेखर राई डेढ वर्षे बु्रनाई बसाइपछि बिदामा भर्खरै फिरेका थिए। कांग्रेसका तत्कालीन सांसद शुक्रराज संयोकका छोरा जयराजसँग उनको संगत थियो। लिम्बूले उनीसँग पैसा सापट मागे। नदिएपछि ‘मैले त मान्छे मारे पनि केही हुँदैन, पैसा दिने भए दे, नत्र सिध्याइदिन्छु’ भन्दै उनलाई धम्काउन थाले। राईले यस विषयमा घरमा कुरा गर्न बाँकी थियो।
राई फर्किएको २५ दिनजति मात्रै भएको थियो। २०५३ माघ ११ गते साँझ ७ बजे उनी फिल्म हेर्न सांग्रिला भिडियो हल गएका थिए। त्यहाँबाट बाहिरिनुअघि नै उनलाई कम्पासे लिम्बू र टंक पराजुलीले हलबाहिर कोही कुरिरहेको संकेत गरे। उनी बाहिरिए।
राई बाहिरिनेबित्तिकै ती केटाहरुले पुरानो रिसइबी भन्दै राईलाई लखेटे। राई आत्तिएर दौडिरहेका थिए। घर पुग्नु एक किलोमिटर अगाडि आलुबारीमा उनी पछारिए। जयराज, कम्पासे, राजु, टंकले उनलाई त्यहीँ अन्धाधुन्ध खुकुरीले हाने। दुर्गाप्रसाद पोखरेल, होमनाथ लगायत छिमेकीले घटना भएको थाहा पाएपछि राईलाई तत्कालै एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याए। राईले टाउको र छाती जोगाउन खोज्दा उनका चार हातखुट्टै छियाछिया भएको थियो। राईका दुवै हात र दुवै खुट्टामा घाउका खत छरपस्टै छन्।
घटना हुँदा शेखरका बुवा धर्मानन्द घरमा थिएनन्। आमाले छोराको चारै हातखुट्टाबाट भलभलि रगत बगेको देखिन्। रगताम्मे शेखर ‘पानी पानी’ भनिरहेका थिए। घाउचोट धेरै लागेकालाई पानी दिन हुँदैन भन्ने सुने पनि आमाले छोराको चिच्चाहट सहन सकिनन्। एक घुट्का पानी पियाइदिइन्। खल्तीमा जम्मा २ हजार ५ सय रुपैयाँ थियो। डाक्टरले बिरामीको अवस्था देखेर डिपोजिट नराख्दै उपचार सुरु गरे। हात छिनेपछि तीन वर्ष लगातार उनी अस्पताल बसे। शरीरभरि १ सय १८ टाँका छन्। अदालतमा पेस भएको मेडिकल रिपोर्टले त्यही भन्छ।
घटना भएको चार वर्षपछि २०५७ वैशाख १४ गते जिल्ला अदालत मोरङले चारै अभियुक्तलाई कुटपिटमा मात्रै सजाय गर्न मिल्ने भन्दै फैसला सुनायो। त्यसको तीन वर्षपछि पुनरावेदन अदालत विराटनगरले २०६० मंसिर ४ गते अभियुक्तले राईलाई मार्ने नियतले खुला ठाउँमा लखेटी-लखेटी खुकुरीले शरीरको विभिन्न स्थानमा काटेको भन्दै उनीहरूको उमेरसमेतलाई विचार गरेर पाँच/पाँच वर्ष सजाय सुनायो।
सर्वोच्चले त्यसको ६ वर्षपछि पुनरावेदनकै फैसला सदर गर्दै उनीहरूलाई कैद गर्नुपर्ने निर्णय गर्‍यो।
सर्वोच्चले राईलाई एकपटकमात्रै नभई पटकपटक खुकुरी प्रहार गरिएको र समयमै छिमेकीको सहयोगमा अस्पताल पुर्‍याएकाले मात्रै ज्यान जोगिएको फैसलामा उल्लेख छ।