कृष्णप्रसाद घिमिरे एन्ड कम्पनी

विनिता दाहाल

सेतोपाटी

नेपालको न्याय क्षेत्रमा करिब आठ दशक सक्रिय रहेका वकिलको रामकहानी

९० वर्षको उमेरसम्म सक्रिय जीवन बिताएका कानुन व्यवसायी कृष्णप्रसाद घिमिरेको ९६ वर्षको उमेरमा तीन साताअघि निधन भयो । औपचारिक शिक्षाबिनै सरकारी सेवामा प्रवेश गरेका घिमिरे न्याय क्षेत्रमा सबैभन्दा बढी इतिहास बोकेका एक्ला कानुन व्यवसायी थिए । स्वाध्ययनबाट आफूलाई निखार्दै सरकारका विभिन्न उच्च ओहोदामा पुगेका घिमिरेले ती फरकफरक क्षेत्रमा उत्तिकै उल्लेखनीय योगदान पु्‍याए ।

‘उहाँ विषयगत कुराहरुमा अब्बल हुनुहुन्थ्यो र आफ्नो पकड राख्न सक्ने व्यक्ति,’ ५२ वर्षसम्म कानुन व्यवसायमै सहकार्य गरेका घिमिरे निकट वकिल गुरुप्रसाद बरालले भने, ‘राजा महेन्द्रदेखि बिपी कोइराला हुँदै राजा वीरेन्द्रका पनि उत्तिकै प्रिय हुनुहुन्थ्यो । उहाँले उठाएका विषयमा यो होइन भन्ने तागत कसैले राख्दैन थिए ।’ बराल आफैं अहिले ८२ वर्ष पुगिसकेका छन् ।

राणाशासनको उत्कर्षकाल, १९९२ सालको कुरा । घिमिरे १८ वर्षको उमेरमा जागिरमा छिरे । अहिलेको बैदार पदलाई त्यति बेला नौसिन्धा भनिन्थ्यो । घिमिरेले त्यही पदबाटै सरकारी सेवा सुरु गरे ।

बढुवा भएर उनी काठमाडौंबाट मोरङ जिल्लाको अमिनी अफिस पुगे । अहिलेको जिल्ला अदालतलाई त्यतिबेला ‘अमिनी’ भनिन्थ्यो । त्यहाँको हाकिमको पद आर्मीको लेफ्टिनेन्ट सरह हुन्थ्यो । त्यहाँ उनले सुरु तहको मुद्दाको फैसला गर्ने लगायतका काम गरे । स्वाध्ययन भए पनि जागिरले उनको दिमागमा न्याय क्षेत्रको जरो गाडिँदै गएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

विद्यार्थीले सिकाउँछन् यी शिक्षिकाहरूलाई

विनिता दाहाल

सेतोपाटी

नयाँ वर्ष आउनै लाग्दा ललितपुर सिम्लेगाउँकी एकजना हजुरआमाले पटुकाको फेरो फन्का लगाउँदै थैली निकालिन् । थैलीको एउटा फेरो देब्रे हातले धकेल्दै र अर्को फेरो दाहिने हातले आफूपट्टि तान्दै गर्दा मुस्किलले थैलीको मुख खुल्यो । हजुरआमाहरू थैलीभित्र वर्षौंदेखि जतनले साँचेको केही रुपैँया, भए केही सुनका गहना जोगाएर राख्छन् ।

पटुकाको पत्रैपत्रबाट निस्किएको हजुरआमाको थैलीभित्र अरु थुप्रै पत्र थिए । त्यहाँ पनि पुरानो मैलो प्लाष्टिकभित्र प्लास्टिक, प्लाष्टिकभित्र प्लाष्टिक गर्दा एउटा २० रुपैयाँको ओसिलो नोटमा पोको पारेर केही राखिएको थियो । हजुरआमाले त्यसलाई निकै जतनले फुकाइन् । त्यहाँ रुपैयाँ, मोहोर र सुक्काका केही चानचुन र पाँच रुपैयाँको ढ्याक थियो ।

हजुरआमाले चानचुन पैसालाई २० रुपैयाँको नोटसँग छुटाएर स्कुलको शिक्षकलाई दिइन्, नातिलाई नयाँ सालको किताबको ज्याला भर्न ।

सरकारी स्कुलका विद्यार्थीलाई गाउँमा किताब निशुल्क हुन्छ । तर सिम्लेमा गाडीबाट झरेर दुई घन्टा उकालो लाग्ने भएर किताब बोक्ने भरियालाई ज्याला दिनुपर्छ । ती हजुरआमाजस्तै सबै गाउँलेहरू दुःखजिलोसँग भरियाको भाडा जुटाउँछन् ।   पढ्नेक्रम जारी राख्नुहोस्

‘एकबारको जुनीमा क्रान्तिमात्रै सबैथोक होइन, जीवन पनि केही हो !’

विनिता दाहाल/सेतोपाटी

काखकी छोरीलाई दुई वर्षमै आफूबाट अलग्याएर युद्धको मैदानमा हिँड्न त्यति सहज थिएन । माओवादकै बाटोमा हिँडेर थुप्रै आमा र छोरीलाई लैगिंक  उत्पीडनबाट मुक्ति दिलाउने शिशु लक्ष्य दिमागमा जड भएर गडेको थियो । क्रान्तिबाटै देशको आमूल परिवर्तन सम्भव हुन्छ भन्ने सोचका अगाडि आमाको ममता फितलो बन्यो ।

जीवनमरणको यही बाटोमा हिँड्दा उनले दिललाई दिमागले जितेर काखकी छोरी माइतीमा जिम्मा लगाइन् । माओवादीका तर्फबाट संविधानसभा चुनावमा रोल्पा क्षेत्र नं १ बाट प्रत्यक्षमा जितेकी जयपुरी घर्तीको काख आफ्नै छोरीका लागि बिरानो बन्दै गयो ।

‘दुई वर्षसम्म त मैले आफैँ छोरी बोकेर जंगलजंगल हिँडे,’ मंगलबार दिउँसो जयपुरी घर्तीले ती दिन सम्झँदै भनिन्, ‘त्यसपछि युद्धको समयमा जहाँतहीँ छोरी लिएर हिँड्न सम्भव भएन अनि आमाको जिम्मा लगाएँ ।’

छोरीले मामाघरमा हजुरआमाकै काखमा पनि एक वर्षभन्दा बढी  खेल्न पाइनन् । राज्यपक्ष माओवादीका सन्तानको खोजिनिती गर्दै गाउँगाउँ हिँड्न थालेपछि जयपुरीले ‘जनताको घरमा’ छोरीको रेखदेख गर्न एकजना कमरेडलाई जिम्मा दिइन् । जनताको घर दाङ घोराहीमा छ ।

यता क्रान्ति चर्कँदै थियो, उता आमा–छोरीबीच एकअर्काप्रतिको प्रेम मधुरो बन्दै गयो ।

१२ वर्षमा पहिलोपटक स्कुल जान थालेकी जयपुरीलाई समाजको वर्गीय र लै‌गिक विभेदको राम्रो हेक्का थियो । उनकै बाबुआमाले छोराहरुको आश गर्दागर्दै उनी नवौं सन्तान भएकी थिइन् । दुई दाजुभाइ र आठ दिदीबहिनीको बीचमा हुर्केकी उनलाई आफ्नो बाबुले रक्सी खाएर आमालाई पिटेको याद छ । त्यो सामान्य नै लाग्थ्यो उनलाई ।  पढ्नेक्रम जारी राख्नुहोस्