पश्चाताप

14052581_298355240530876_1112125245_n1

तिम्रो बहिर्गमन र उसको आगमन थपघट त केही होइन

मेरो जीवनको हिसाबकिताबमा नाफा/नोक्सान बराबर

 

तिम्रो बहिर्गमन अघि नै उसको आगमन भयो

जीवनमा कहिल्यै नमेटिने पछुतो पनि त्यही रह्यो

न तिमीलाई फर्काउने कुनै सामर्थ्य छ

न उसलाई धकेल्ने सुझबुझ

 

सम्बन्धको जालो समयसँगै यसरी जकडियो

जति फुकाउँछु भन्यो भावना उति पत्र बन्दै बेरियो

मनको त्यो गहिरो बिन्दुमा धेरै खाटा त बसिसक्यो

अपितु पश्चातापबाहेक अरु केहीको गुञ्जायस छैन

 

तर फेरि लाग्छ,

मेरो जीवनमा तिम्रो उपस्थितिकै खातिर

कम्तीमा मैले दिललाई दिमागले जित्नुपर्छ

दिमागलाई जति थामथुम पार्छु, दिल उति निसासिन्छ

विगत कोट्याउँदा वर्तमान बेस्सरी दुखेर आउँछ

हो,

त्यहि बेला म चन्द्रमाको छहारी खोज्न निस्कन्छु

दिललाई दिमागले जित्ने उर्जा सधैँभरी दिइराख है