Comparing seasonal changes and life

by JoAnne Windsinger
(extracted from Helium today)

Life follows the seasonal rhythms of the earth. Out of the frosty chill of a long winter comes new life and innocence of spring. The earth awakens and begins to teem with flora and fauna previously sleeping beneath frozen expanses, hiding in wintry mud, or hibernating in burrows or caves.

Animal mothers give birth to babies who discover the wonderment of feeling, experiencing, and learning. Bunny babies and little foxes peek out of holes for a first look at their world. The calf or foal stands on spindly legs and falls a few times while trying to take those first faltering steps.

The human infant depends on his caregivers for every need. In the spring of his life, he takes tentative steps toward independence, holding up his head, rolling over, sitting, and standing.

Soon the colt kicks up its heels and runs zanily through the meadow. The puppy chases its brothers and sisters and yaps crazily at dandelions, birds, and the moon. The baby advances and learns to care for himself: dressing and undressing, using a spoon, talking, and playing.

Spring is unpredictable, changeable, and stormy. Calm breezes suddenly churn angrily. Freezing rain follows a sudden blizzard. The temperature soars, melting away the evidence. People experience storms, problems, tantrums, and sunny moods.

Euphoria gives way to the grim business of staying alive, finding food, and learning all the skills needed in adulthood. The heat and weight of summer bear down and make living an effort. Animals cope with these problems in their individual ways.

Adults take on all the responsibilities of personhood. Work, worries, getting ahead, and repopulating the earth fill the summer of one’s life.

The heady days of summer give way to warm and delicious days and snuggly cool nights of fall. Much activity fills the days. Flocks of birds gather to start the long flight south. Trees transform into flaming masses of color. Fall flowers streak across the landscape in riotous bands of color.

In the autumn of life, responsibilities fly away to college, the service, marriage, or the job market. Mature people wind up their activities. They exchange the daily grind for other jobs and sometimes the realization of other dreams.

While preparing for a long sleep, the earth winds down its activities and warm days give way to gathering storms and punishing winds. Trees drop their flashy dress, flowers turn brown and drop off, and cold grips the land. Suddenly summer reappears for a brief moment but icy winds snatch it away.

The winter of life creeps in on dreadful, silent footsteps to grip everything within reach. Winter puts an end to old life and makes way for the new. It struggles for a bit but wins in the end. Bambi’s mother dies. Our mother dies. Soon it insists on taking us. We have no protest, no pretense, and no control: God is in control.

Out of winter’s misery, the pain of losing loved ones, comes a new innocence and renewed life that must learn navigate the seasons of the earth and the seasons of the heart, each generation different, but so much the same.

जन्मदिनको शुभकामना

यो वर्ष ब्लग लेख्दा कसो कसो आफैँ प्रति धेरै असन्तुष्टि भए जस्तो लाग्छ । आफ्नै क्षमता, आत्मविश्वास माथि कुनै विश्वास नभए जस्तो । अघिल्लो वर्षको ब्लग शुभकामनामा मैले एउटा आशा राखेको थिएँ आगामी वर्ष सम्म थोरै भए पनि मेरो लेखाईमा सुधार आओस् । खै कस्तो भएको छ तर आफ्नै बुझाईमा चाहिँ (आफैँ संग नभएको लेखन शैली) झन् खस्कँदै गए जस्तो । झन्, आजकाल पठाईरहँदा पनि लेखहरु पत्रिकामा नछापिँदा त के भन्नु र खै ?
हो, यही बेलो मेरो पि्रय ब्लग साथमा हुन्छ । जब फेसबुक र अन्य मेसेन्जरमा च्याट गरेर वाक्क्क्क्क्क्क्क्क्क्क हुईन्छ तब अन्तिम पालो ब्लगको आउँछ । त्यही बेला लाग्छ ब्लग प्रति एउटा गहिरो भाव छ, ‘आखिर तिमी नै त छौ’ मेरो साथ । साँच्चै वर्षौ देखि प्रकाशित हुन नपाएका र कहिलेकाही आफुले लेख्न चाहेका कुरा कहाँ लेखौँ भन्दा यहीँ आईन्छ । कहिलेकाहीँ त लाग्छ आफ्ना कहिँ नबिकेका विचार र भावहरुको कन्टेनर हो मेरो ब्लग । त्यसैले त आफैँ छापिन्छ आफ्ना मनगडन्ते कुरा । मपाइँ हुन मन लाग्दैन तर नभई बिकल्पै भेट्न गाह्रो हुनथाल्यो ।
जे होस् हालैका दिनमा बिरक्तिएको यो मनस्थितिले त्यही अवस्थामै आफ्नो जन्मदिनको सन्देश यस ब्लगमा राख्न चाह्यो । तर कुनै उत्साह बिनै । आफैँ संग ठगेर के लेख्नु खै ? खासमा लेख्न रमाउने मान्छेले सबैभन्दा बढी चाहिँ आफ्नो पाठक चाहँदो रहेछ ।
कान्तिपुरमा लेख्न छोडेदेखि सबैभन्दा बढी गुमाएको कुरा पनि मैले त्यही हो ।
स्वदेशि केही र एउटै भए पनि विदेशि पत्रिकामा आफ्नो लेख प्रकाशित नभएको होईन । तर खै छापिएको दिनमा सधैँ एउटै प्रतिक्षा हुन्छ आज राति त मजाले बसेर इमेल चेक गर्नुपर्छ । तर वास्तबमै त्यसतो दिन गएछन्, अब ।
नागरिकमा लेख्न थाले देखि मैले सबैभन्दा बढी इमेल पाएको चेली ज्वाईँ खोई त शिर्षकमा । र, म यति सम्म बुझ्न सक्छु की त्यो यात्रा संस्मरण पढ्नुको ठुलो कारण शिर्षकले गर्दा हो । त्यो बेला थुप्रैले मलाई अलि अर्कै तरिकाले बुझे जस्तो लाग्छ । तर मेरो ठम्याई के पनि हो भने त्यही शब्दहरुमा कुनै फरक शिर्षक थियो भने मानिसले त्यसलाई फरक किसिमले हेर्थे वा कतिले त पढ्दै पढ्दैनथे । त्यही लेख पुरुषले लेखेको थियो भने त्यहाँ सोच्नुपर्ने कुरा निकै कम हुन्थे, सायद । कति स्पष्ट हुन सकेँ थाहा छैन । यहाँ लेख्दै जाँदा धेरै त्यसता कुरा लेखिन्छन् जसलाई अभिब्यक्त गर्न मन लाग्दैन ।
आजकालको दिनचर्याले म वाक्क दिक्क भईसके । केही कुराले पनि मलाई साथ नदिई रहेको बेला जस्तो । अब चाहिँ म आफू धेरै नै पोखिन चाहेको छु । तर फेरी पनि यी भावना बुझाईहरु अन्र्तमुखि स्वभावले यहाँ सार्बजनिक गर्न नचाहाँदा यी फोटो अपलोड गर्न चाहँदैछु । यो लेखाईमा मैले के लेख्न चाहेर के लेखे केही थाहा छैन, अन्यौलता कति मात्रै छ ? पुग्न चाहेर पनि गन्तब्य समाउन परिस्थितिले नदिए जस्तो वा आफैँले पकड्न नसके जस्तो । अहिलेको मनस्थितिलाई झल्काउने यो फोटो मैले अघिल्लो साँझ आकाश हेरीरहँदा खिचेको थिएँ । अनि, आज नागरिकमा पनि ठ्याक्कै यस्तै फोटो प्रकाशित भएको छ ।

भिन्न र अनौठो, मेरो मनस्थिति जस्तै


मडारिएको आकाशमा पनि रंगको निश्चलता

यी दुबै तस्बिर एकै समय घरको छतबाट लिईएको हो । मात्रै क्यामराको मोड फरक थियो मेरो ……..जस्तै
P.S.यस्तो समय मेरो सबैभनदा नजिक हुने मेरो प्रिय ब्लगलाई फेरी पनि जन्मदिनको धेरै धेरै शुभकामना

फिल्मी दुनियाँको असन्तुष्टि

पाउलो कोयल्हो

केही महिना अगाडी पाउलो कोयल्होको पछिल्लो उपन्यास ‘द वीनर स्ट्याण्ड्स अलोन’ नागरिक दैनिकको परिशिष्टाकं अक्षरको लागि लेखेको थिएँ । तर, सायद पुस्तक समीक्षा लेख्ने बानी नभएकोले राम्रो थिएन त्यसैले प्रकाशित हुनसकेन । तर कतै न कतै यी अक्षर प्रकाशित हुन चाहे त्यसैले यसलाई आफ्नै ब्लगमा प्रकाशित गर्न चाहेँ ।

पाउलो कोयेल्होकॊ पछिल्लो उपन्यास ‘दी वीनर स्ट्यान्डस् अलोन’ विश्वभर वेस्ट सेलरमा दरिइसकेको छ । उनको यो बाह्रौ उपन्यासले प्रुान्सको केन्स फिल्म फेस्टिबललाई आधार मानेर आफ्नो विषय बस्तु बुनेको छ । जम्मा २४ घण्टाको अन्तरालमा बुनिएको उपन्यासले फिल्मी ग्लामर दुनियाँको चम्किलो तडकभडकलाई उजागर गर्ने प्रयास गरेको छ । फ्यासन प्रतिको तीब्र चासो नाम र दामका लागि गरिने संघर्षको यथार्थ चित्रण छ उपन्यासमा ।

मुख्य पात्र इगोर एउटा रसियन मोबाइल कम्पनीको मालिक हुन्छ जो उपन्यासको शिर्षकले भने अनुसार एक्लै विजेता बन्ने संघर्षमा उभिएको हुन्छ । दुई वर्ष अघि आफूलाई छोडेर गएकी पूर्वपत्नी ईवालाई आफ्नो संसारमा फर्काउनु उसको मुख्य उद्देश्य हुन्छ । चाहे त्यसका लागि उसले जति नै मानिस मारेर संसार ध्वस्त पार्न किन नपरोस् । उसको बुझाई छ मानिस मारेर आफ्नी श्रीमतिलाई मोबाइल मार्फत् सन्देश पठाउँदा उ प्रतिको प्रेम बुझेर फर्किनेछे । ईवाले छोडेर जाँदा उसले बचन दिएको हुन्छ ‘सम्पूर्ण संसार ध्वस्त पारेर भए पनि तिमीलाई आफूमा फिर्ता ल्याउँछु ।’ जब आफ्नी पत्नीले विश्वप्रसिद्ध फ्यासन डिजाइनर हमीदसंग विवाह गरेको थाहा पाउँछ तब उसलाई आरिसे लाग्छ । त्यही संकल्प पूरा गर्न सिरियल किलरका रुपमा केन्स फिल्म फेस्टिबलमा उनीहरुको पिछा गर्न प्रतिबद्ध हुन्छ ।

उता ईवा भने परिवारको स्वीकृति बिना नै प्रेम विवाह गरेको भए पनि अघिल्ला वर्षहरुमा पतिसंग खुसी हुन्छे । पहिला सिपाही भएर लडाईमा थुप्रैको ज्यान लिएको पतिकॊ आवेगलाई राम्ररी बुझेकी हुन्छे । ईवाको प्रवेश पछि इगोरले जीबनमा अपत्यारिलो सफलता पाउँछ । सफलता संगै आएको ब्यस्तताले उनीहरुमा दुरी बढ्छ । अन्तत फेसनप्रति आकर्षण रहेकी इवाले चर्चित फेसन डिजाइनर हमिदका लागि पति इगोरलाई छोड्छे । यही विषयवस्तुका बीचमा देखापर्छन् पात्रहरु ओलिभिया ग्याबि्रला गिब्सन ज्यास्मिन टाइगर । यी मध्य ओलिभिया एउटा सामान्य सडक ब्यापारी हो जो इगोरको संसार ध्वस्त पार्ने सिलसिलाकी पहिलो सिकार बन्छे । तर ओलिभियालाई सिकार बनाएको परिस्थिति पढ्दा लाग्छ एउटी कलिली निर्दोश युवतीलाई मारेर इगोर आफूलाई के साबित गर्न चाहन्छ आफूलाई धोका दिएर जाने श्रीमतिलाई आफ्नो माया देखाउन के यसरी उ सफल हुन्छ कतिसम्मको लज्जास्पद र निर्दयी पात्र छ इगोर । आफ्नो प्रेमको लागि अरुको ज्यान लिने कठोर ह्रदयको मानिस पहिला अरुका लागि जति नै सत्यवान् भए पनि यहाँ एउटा निकम्मा ठहरिन्छ । इगोरको उद्देश्यका लागि उ कति सजिलो हतियार बन्न पुगि । अन्त्यमा आफ्नै पूर्वपत्नी र उसको पतिलाई मारेर आफू बिजेता भएको महसुस गर्दा ओलिभियाको चम्किलो आँखाले उसलाई अबका दिनमा पनि पथप्रदर्शन गरिरहन्छन् भन्ने विश्वासका साथ सकिन्छ उपन्यास ।

पच्चीस वर्षिया इटालिएन ग्याबि्रला नायिका बनेर आफ्नो परिचय फिल्मी दुनिँयामा बनाउने होडमा हुन्छे । स्कुले जीवन देखि नै एउटा इगो लिएर हिँडेकी उसलाई केन्स महोत्सबमा अभिकर्ताले धोका दिन्छ । त्यसतै अर्कि पात्र अर्फिकाकी त्यो काली सुन्दरी १९ वर्षिया मोडल ज्यास्मिनले आफ्नो करियर र मायामा गोप्य रुपमा त्यो महिलाको मायालाई स्वीकार्छे । सिनेमा जगत्को विभिन्न तहका मानिसको बेग्लाबेग्लै नियति उजिल्याएका छन् ।
यसअघि पढेका ‘दी आल्कामिष्ट’, ‘इलेभेन मिनेट्स’, ‘भेरोनिका डिसाइड्स टु डाइ’ जतिको रोचक लागेन यो उपन्यास । यद्यपि विषयवस्तुको जिज्ञाशाले किताबका पाना खरखर्ती पल्टिँदै जान्छ । उनका अघिल्ला पुस्तकमा जस्तो पढिसक्दा पाठकले पढुाजेलसम्म बनाएका कतिपय प्रश्नहरुको उत्तर नपाए जस्तो लाग्छ । या भनुँ यो किताबले पाठकको मनमा उब्जाएका प्रश्न निरुत्तर हुँदैमा पुस्तक सिद्धिन्छ । यस हिसाबले बेस्ट सेलरमा पुस्तक दरिनु लेखकले अघिल्ला पुस्तकबाट आर्जेकै नामले हो जस्तो लाग्छ । विशेष शहरी पुस्ताले मनपराउने उपन्यासमा विषयवस्तुले युवाकै आर्कषणलाई समेटेको हुन्छ । यो पनि त्यसतै छ ।

पुस्तकको सुरुवात नै बन्दुकको बर्णनबाट गरेको पढ्दा लाग्छ यो कुनै थ्रीलर हो । तर भुमिकामा लेखक स्वंयले भनेका छन् यो थ्रीलर नभई पूर्णतः हामी बाँचेको परिवेशको चित्रात्मक वर्णन हो । फिल्मी दुनिँयाको कृतिमताको विरुद्धमा लेखिएको जस्तो लाग्छ उपन्यास ।

पात्र चाहे जति नै उच्चकोटी र सम्पन्न किन नहोउन् कसैमा आत्मसन्तुष्टि देखिदैँन । एकअर्कामा विश्वास भन्ने चीजनै हुँदैन । किनकी त्यहाँ तडकभडक हुन्छ र बस् माया पाउनको लागि गरिएको एकोहोरो बल र धनको संघर्ष । नाम र दामका लागि गरिएको बाध्यात्मक संघर्ष । अहिलेको परिवेशमा संसारले मान्दै आएको धनदौलत र चर्चाले नै मानिस सफल हुन्छ भन्ने कुरामा प्रश्न उठाएका छन् लेखकले । मानिसमा भित्रै देखि शान्ति र सन्तुष्टि नभए नाम र दामले केही हुन्न भन्ने कुरा उनले पात्रकै परिस्थितिबाट अभिब्यक्त गरेका छन् । जुन विश्वको बदलिँदो सामाजिक परिवेशमा गहकिलो विश्लेषण बनेको छ । वास्तबमै यो पुस्तकको विषयबस्तु पाउलोको अन्य पुस्तक जतिको रोचक छ तर त्यही अनुसार पात्रद्धारा उनले पाठकलाई विश्वस्त पार्नसकेका छैनन् । प्राय उनका पुस्तकमा थोरै र गहकिला पात्र पाइन्छन् । यसमा फेसन सम्बन्धी छरिएका विचारहरु बढी हाबी भएको देखिन्छ ।
विभिन्न पात्रको उपस्थितिले उनीहरुको मानसिकता भन्दा पनि फेसन दुनियाँमा के हुन्छ भन्ने कुराको व्याख्या गरेको छ । यस हिसाबले फेसन नै प्रोफेसन बन्न नसकेको हाम्रो परिवेशमा उपन्यास सुहाउँदो लाग्दैन । पतिपत्नीको प्रेम कथा वियोगान्त छ उपन्यासको अन्त्यमा पुग्दा आश्चर्यजनक पारामा पुस्तकको शिर्षक फेरिएको छ ।
उनका अघिल्ला उपन्यासमा उमेरका हिसाबले पात्रहरु परिपक्व र समझदार देखिन्थे यसमा भने इगोर उमेरले परिपक्व भएपनि आफ्नी पूर्वपत्नीलाई आफूमा फिर्ता ल्याउनकै लागि संसार ध्वस्त पार्ने कदम अपरिपक्व देखिन्छ । आफू दुईको जोडी दैवी शक्तिले बनेको विश्वास गरी मानिस मार्दै हिँड्ने र त्यसमा कुनै हिनताबोध नगर्ने पात्र इगोरको मानसिकता पाठकले पचाउन गाह्रै पर्छ । धनकै बलमा त्यति ठूला अपराध गरेको ईगोर आफ्नो निजि जहाजमा रसिया फर्किएको कुरा अपत्यारिलो र हलुका लाग्छ । उपन्यासमा फेसनसंग सम्बन्ध राख्ने विभिन्न विधाका मानिस समावेश गरिएको छ जो यो तडकभडकबाट सन्तुष्ट देखिदैँनन् ।
समग्रमा उपन्यासले पात्रहरु बलियो लिएको छ । विषयबस्तुमा गहिरो अध्ययन गरिएको छ तर स्वयं कथाबस्तुको आशयलाई भने पाठक समक्ष पत्यारिलो तरिकाले पस्कन सकेको छैन ।

Single Living…..(Happy Girl)

Are you Single?..A very straight forward question. I mean, ‘Don’t you have your Valentine?’ Your ans may be ‘yes’ or ‘no’. It doesn’t matter. Does it ? Who cares whether someone has valentine or not? Only if s/he is your crush or you like/love him/her? Isn’t it ? Answer is obviously ‘yes’. Because all these musings are my own after all. All those questions are for me, myself?

This time I don’t know why I want to write this post. But may be because I want to convince myself that I am a ” SIngle Living…….Happy Girl” till date.:-P No matter wat will happen tomm.? I love today. I love the way, how I am living today in case of Love.:-P

Last year was somehow funny for me. Some of my fren thought that I fall for someone for the first time in Life . They sent sms, messsages in fb inbox to congratulate me saying that U r Unbelievable……that u got married?.

Last week one of my fren became angry with me because he thought I got married on last Feb 7. He was angry wid me not because I got married but because he thought I didn’t invite him in the wedding ceremony. And, during chat he asked me in a very wrath manner, “Timro bihe bhayo re ho?” At first I was shocked wid the unexpected question. Then after sometime I replied a fake answer, “Ho ni, but sorry yaar maile bolayina herana testai bhayo, try to understand”. WHen I was telling him so, I really turned red. My +2 fren when got angry inwardly, I diverted the conversation and told “Arey sathi pahila bhetu ani sabai bhanchhu?” And he replied in a way as if boyfren was talking wid his girlfren, ” Bhaihalyo pheri timro buda le marla, aba timilai k bhetirahanu?” Buda……it sounds ridiculous. It make me feel shy.

After that he always ignoring me in facebook. Today also he do the same. I don’t know why but in the last week, many more discussion and happenings were there which always makes me think about marriage. But not about mine. 😛
Seriously on the issue of marriage I am too kid. So with love too. That is why I prefer living single for now.

While writing about Valentine, I am becoming nostalgic with the word “Darling”. When I was reading at grade two, I was about to upgrade the class from two to four. When we all fren were about to get back home in a line outside the school gate, my fren S, don’t know, in which circumstances she kissed me and said,”Hello, Darling.” I was like trembled and nothing could do. SO I cried saying, ‘SUshma told me, Darling’. haha(Laughing at myself):-P :-P….Kid mind. Everytime when I remember that event I always laugh at myself thinking, the most fooooool one. I cried because I thought the word darling can only be pronounced to boyfren/girlfren or husband/wife. Same kind of event happened @ grade seven too.

THere was a boy who loved writing poem. SO did I. We used to share poem. I don’t know whether we were good fren, close fren or wat? But m sure we were not like bf/gf. Because at that grade I don’t know wat love was (even now). During the Dashain time we used to give greetinng cards to our fren and I also gave him greeting card including some poems that I had written. He accepted that very normally. I was waiting for his comment/compliment on those poems. But one of our classmate, G, uproared in the class among girls that we were gf/bf. But the guy don’t know abt that. That uproaring just came in my mind. That day too I cried a lot. And I don’t know how? but my father came to know that I was crying all the way coming back home. I told the truth. I don’t know wat came across my dad’s mind. He told me many things, Mom also convinced me that these type of problems will come in life time and again. I must be strong to fight with that. Honestly, I thought like I was the most bad girl among all others because someone add my name with one guy. Again, my fool immature mind. But I really love those innocence of mine now.:-P

Those words of my parents in a way makes me strong. Though my dad told me, ‘Tyo keta sanga chai timi bolnu hai, pahila ko jastai ramro sathi bannu’ But I didn’t talk with him very sharply for the whole one year. Later he knew why I didn’t talk wid him bhanera. But, may be our understanding was relative he too, was afraid to talk wid me. From class nine we start talking very mildly. After our +2 I joined KU and he went to US. And one night when I was online, he was also there. We talk very normally. He asked me, “timi ajkal pani poem lekhchhau?” I replied, “No”

Yes thesedays too I don’t write poem. Poem writing habit has gone. But I told him that I write articles, feature stories for newspaper. After knowing that he suggested me to read some book by some great writers. I can’t wait thanking him. He is as always a very good boy. My fren, while writing this, I am missing you extremely as a very good fren.

During my +2 and KU days there was not any boyfren hangover. Last month I met my fren of KIST onlin and we talked abt our latest updates. I was kidding wid him abt affair wid a boy. That time I love the line he told about me was, “+2 kai Binita ramri lagthyi, ekdam saral ra mehenati”. Thank you for your compliment my fren. U too are good. Coz as u told u too don’t have gf. Kaso ta?:-P
Between dat wat all these happy single living things in the year 2009 I came to know about a very sucessful lovestory. Actually there are two couples. From both couple I know only one member. From my collegue side D(man) and from my classmate side R. They both are very sure for there sucessful relationaship. I am happy with taht.

Actually I don’t know how one feel when s/he fell in love. Because I haven’t till date. But I felt good, listening to my fren abt their love story when we were coming back from Darjelling in that night. She told me that when anyone fell in love we act, do anything thinking about our beloved that what s/he will think. She said, “Yo sansar nai uskai tarikale sochinchha, uskai tarika le herinchha, yedi maya sacho chha bhane teha ekdam kaam swartha hunchha”. I imagined that kind of love too. But, I haven’t met that kind of man yet. May be because I am not also that kind of girl. Don’t know? And she suggested me on what kind of man should my nature need. But my introverted nature don’t want to reveal that here.

Now, leave all these musings of mine. Think of how to enjoy life as a single person on Valentine’s day. I don’t have any plan to celebrate this day. But, I love today. And because today is a valentine day I love Valentine day. And Valentine day always reminds me this picture I took last year. As this couple, may you all couple have a wonderful valentine date.

[Rose]Rose]

Garden of Dreams pic are by Dikshya and ramaining all are by myself.

P.S- I know there are many grammatical mistakes, vocabulary problems, sorry for that. I don’t have habit of writing in english. But when I m freeing my mind and typing all these words coming spontaneously from the past I feel absolutely great.:-P When I finished writing this, there was Karna Das singing “TImro mEro Sambandha ko Artha khojna Kaar lagyo” 😛

विवाहका केही झलक

करिब २ महिना अगाडी चितवनको माडी स्थित अयोध्यापुरी गाविस पुग्दा विश्वकर्मा परिवारमा भएको विवाहको केही झलक

सासु बुहारीको पाथी चुल्ठो

साँझको रत्यौली

दलाहा दुलही

श्रीमान्को गोडा ढोक्दै

यो विवाहमा जान औसाएकोमा भाई पवन सुनारलाई धेरै धेरै धन्यवाद । साँझमा बास बस्ने अत्तोपत्तो नभएको म एक्लीलाई बास दिएकोमा लक्ष्मीको गुण विर्सन सक्दिन । त्यो दिन मेरो लागि धेरै तरिकाले सम्झना योग्य रह्यो । यो विवाहमा मलाई निकै रमाईलो लाग्यो । तर, थुप्रै कुरा चाहिँ राम्रो भनदा वाहियात। सायद महिलाको क्षिबाट सोच्दा जस्तोकी खुट्टा ढोग्नुपर्ने, खुटेटाको पानी पिउनुपर्ने, जुठो खानुपर्ने आदि इत्यादि । मैहाल्यो यसको बिरोध अहिले नगरौँ। जे होस् बेलुकी नौ बजेको दुलही भित्राईसकेको विवाह निकै रमाईलो थियो । त्यो रात म निदाउनै सकिन। लक्ष्मीको परिवार संगको बिगत थाहा पाउँदा मन भारी भयो । बुवा बितेपछि लक्ष्मीले परिवारको आर्थिक जोहोमा पर्याएको योगदान उनकी आमाले लक्ष्मी निदाईसकेपछि भनेको कुरा मेरो कानमा अझै गुन्जिरहेको छ जस्तो लाग्छ ।
अनि, सबैभन्दा ठूलो पछुतो के भने म त्यो रात त्यही बस्छु भनेपछि लक्ष्मि र उसको भाई मिलेर मानु ल्यायछन् घरमा आएको पाहुनालाई सत्कार गर्न तर म साहाकारी परेकोले उनीहरुको त्यो सत्कारको अपमान गरे जस्तो भयो । लक्ष्मी संगको अनुभब अर्को पोष्टमा लेख्ने छु ।

विवाह मौसम र सपिङ्ग बानी

यो डायरी मैले एक हप्ता अघि लेखेको थिएँ कारणवश आज अपलोड गर्दै छु । हिजो विवाह मजैले मनाइयो ।


यो वर्षकै अन्तिम लगन आउँदो २४ गते भएकाले थुप्रैले त्यही दिन लगन छोपेर बिहे गर्दैछन् । आफ्नै सन्दर्भमा पनि एकजना आफन्त र अर्को एउटी मिल्ने साथी दुबैको एकैदिन विवाह परेको छ । एउटी सानैमा बेहुली बनि खेल्ने बेला देखिकी आफन्त साथी अनि अर्को चाहिँ काठमाडौँ विश्वविद्यालय पढेदेखि एउटै कक्षा एउटै बेन्च बसेर विवाहको निम्तो मैबाट बाँढ्न सुरु गरेकी साथी । दुबै संगको आत्मीयताले विवाहमा नजाने कुरै भएन । तर जान त जाने के लगाएर जाने सधैँ विवाह पार्टी भन्ने वित्तिकै किनमेलको चिन्ता हुन्छ । आफू संग जिन्स र बक्स पाईन्टको चाङ्ग बाहेक केही छैन ।

साथी शिखाले विवाहको कुरा उठ्दा भनेकी थिई हेर है बिनि मेरो विवाहमा त हिरोईन भएर आउनुपर्छ सँधै यो पाराले हुँदैन । उसको कुरा सुनेपछि मैले आफूले लगाएको पुरानो स्पोटस्र शु जुत्ता खुईलिएको कालो जिन्स भद्दा ज्याकेट अनि साईड ब्याग हेर्दै भनेको थिएँ अरे यार म त यसमै आउँछु । उसको सुझाब थियो बिहेको पार्टीमा आउँदा कमसेकम सारी नलगाए पनि राम्रो पार्टी वेयर कुर्ता लगाउनुपर्छ फर्मल देखिन्छ । सुझाव मेरै पक्षमा थियो । मनमनै सोचेँ हेरौँ के हुन्छ । घरमा आमा पनि सधैँ भन्नुहुन्थ्यो अब त यसो विवाहमा जाँदा कुर्ता पनि लगाउने गर्नुपर्छ ।

आफ्नै उमेर हाराहारीका साथीको विवाह हो । सारी त अरुले लगाएको देख्दै मलाई असजिलो हुन्छ । सोचेँ कुर्ता चाहिँ किन्नुपर्छ की क्या हो ? तर आफू मात्रै गए कस्तो खालको कुर्ता किन्ने छान्न र दाम गर्न जान्दिनँ । दिदीलाई साथी लिएर चाबहिल चोक तिर गएँ । पार्टी वेयर भन्ने बितिकै थरीथरी बुट्टेदार कुर्ता देखाए ब्यापारीहरुले । अहिलेको फेसन यो भन्दै निकालेका भिन्न भिन्न कुर्ता मात्रै चालिस जोर जति थिए । कुनै कुर्तामा बुट्टा धेरै भरेको कुनैमा भर्दै नभरेको कुनैको कपडा नराम्रो अनि कुनैको चाहिँ डिजाईन नै नराम्रो । दिनभरी बजार घुम्दा बल्ल एउटा कुर्ता ठिकै लाग्यो ।

चेन्जिङ्ग रुममा गएर लगाई हेरेको निकै राम्रो लाग्यो । दिदीलाई पनि मन पर्यो । हामीले मनपराएको मनोबिज्ञान ब्यापारीले कति चाँडै बुझे गाँठे । ती साहुनीले भनिन् यो अम्ब्रेला डिजाईन कहिलै फेसनबाट आउट डेट हुँदैन फेरी तपाईको जस्तो सानो उचाई भएकालाई यो कुर्ता र चुँडिदार सुरुवाल खुबै सुहाउँछ । उनले हामीलाई मख्ख बनाउन खोजे पनि आफैँलाई चित्त बुझेकाले किन्ने सोच भयो । भाउ कति हो त सोध्नैपर्यो । साहुनीले भनिन्, ‘खासै महङ्गो छैन चार हजार मात्रै हो यो पिसको ।’ ओहो उनलाई खासै महङ्गो भएन तर मैले मनमनै सोचेँ एउटा कुर्ता किन्न मैले चारवटा लेख छपाउन पर्दोरहेछ । सायद उनले मेरो अनुहार पढिन् र भनिन्, ‘भाउ त अलि अलि मिलाई हाल्छु नि ।’ तर भाउ सुनेपछि कुर्ता चित्त बुझेको भए पनि म संग त्यो दिनका लागि पुग्दो पैसा थिएन । साँझ पनि पर्नै आँटेकोले हामी केही नभनि बाहिर निस्कियौँ ।

के गर्नु मन त परेकै छ । तीन हजारसम्ममा पाए किन्नुपर्यो भनेर भोलिपल्ट गएको त साहुनीले हिजै मात्रै बोलेको कुरा फेरेर भनिन्, ‘मैले त हिजै चार हजार पाँच सय भनेको थिएँ मनपरेकै हो भने अन्तिममा चार हजार सम्ममा लैजानु ।’ अरु भन्दा पनि हिजोको आजै कुरा बदलेकोले मलाई रिस उठ्यो । सधैँको मेरो पाईन्ट नै जिन्दाबाद!!! यो पटक पनि त्यही लगाएर विवाहमा जान्छु भन्ने सोचेर म फर्किएँ ।

मैले किन्न खोजेको कुर्ता त घाँटीमा मात्रै भरेको ठिकै खालको थियो । त्यसकै पनि चारहजार भनेपछि पुरै भरेकाहरुको त दश हजार हाराहारीको हुँदोरहेछ । त्यो पनि कुनै ठूलो सपिङ्ग मल र बुटिक नजाँदा । मेरो दिमागले रफ्तारमा हिसाब गर्न थाल्यो । कुर्ता त्यसतो भएपछि त्यो अनुसारको कपाल रङ्गाएर सुहाउँदो कट दिनुपर्यो आँखीभुइँ मिलाएर थि्रयडिङ गर्नुपर्यो अनुहारमा फेसियल गर्नैपर्यो कानमा इयररिङ्ग लगाउनुपर्यो हातखुट्टामा नङ्ग पालिस र मेहन्दी लगाउनुपर्यो । त्यसबाहेक हाईहिल जुत्ता खोइ पार्टी वेयर ब्याग खोई सुनका गहना खोइ फेरी अहिले महङ्गी कहाँ छैन यी सबैको हिसाब गर्ने हो भने एकपटक विवाहमा जान झण्डै दश हजारको खर्च चाहिँदोरहेछ । अझै सारी नै सोचे त त्यसको दोब्बरले पनि पुग्दैन । त्यो पनि म जस्तो सामान्य कपडा पसल गएर हिसाब गर्दै खर्च गर्नेलाई । आफ्नै हिसाबले बेफिकि्र गर्नेलाई त कति हो कति । फेरी यस्ता सामान किने पछि एकदुई वर्षै पुगिहाल्छ भन्न पनि नमिल्ने ।

आफन्त त्यही साथी त्यही कति एकैजोर मात्रै लुगा लगाएर जाने भन्ने सोचाई छ हाम्रो । त्यसमाथि हामीलाई नचाहिँदो आँधी चाहिँ यी हिन्दी सिरियलले लगाई दिएका छन् । सिरियलकै भरमा पुरा टेलिभिजन चल्छन् भारतमा त्यसको प्रभाव हाम्रा शहरिया र केही गाउँका महिलालाई पनि मज्जैले परेको छ । त्यसैले त आजकाल कुर्ता सारी देखाउनुपरे ब्यापारी भन्छन् ,’यो इण्डियन सिरियल आईटम हो ।’

अब कुरा गरौँ यी सामान किन्न हामी नेपालीको औसत कमाई कति हो भन्नेमा । एउटा सरकारी अधिकृतको कमाई अहिले जम्मा पन्ध्र हजार हाराहारी छ । त्यसो भए यस्ता कपडामा पहुँच निकै थोरैको छ । विशेष भन्दा यस्ता कुरामा दिल खोलेर खर्च गर्न उच्चकोटीको जागिर हुनुपर्छ । वा कुनै भ्रष्टाचारीको श्रीमति र छोरी भए मात्रै हो ।

महिलाको दाँजोमा पुरुषका पनि त्यतिकै महङ्गा सामान होलान् । तर उनीहरुको सपिङ्ग मोह र महिलाको सपिङ्ग मोहमा आकाश जमिन फरक छ । फेरी हाम्रो समाजमा पुरुषको अनुपातमा महिलाहरु थोरै मात्रै रोजगार छन् । सम्भवत पुरुषको कमाईमा उनीहरुलाई निर्धक्क खर्च गर्न गाह्रो नभएको होला ।

थोरै उच्च बर्गका मानिसको सबल आर्थिक स्थितिको रवाफले पसलेहरु आफ्नो मनलाग्दो भाउ गर्न पाईरहेका छन् । त्यसको प्रत्यक्ष असर अन्य करोडौँ मध्यम र निम्न बर्गका मानिसलाई पर्छ । फेरी यो सामानको यति नै हो भन्ने सबै पसलमा समान दर हुँदैन । त्यसको लागि कुनै मापदण्ड पनि छ्रैन । त्यसैले बार्गेनिङ गर्न सक्ने नसक्नेमा पनि भरपर्छं । ग्राहक हेरेर भाउ गर्छन् ब्यापारी । यसले ग्राहकमा झन् अन्यौलता ल्याउँछ ।

अब फेरी आफ्नै कुरा गरौँ मैले किन्न नचाहे पनि बुवालाई चाहिँ त्यो कुर्ता किन्दिन मनलागेछ । अनि कुर्ताको कलर र डिजाइन बुझेर बुवा कुर्ता किन्न त्यही पसलमा जानुभयो । उहाँलाई पहिला चारहजारको भाउ गरेर अन्तिममा तीन हजार एकसयमा दिएछ । त्यति रुपैँयामा किन्न उहाँले पनि झण्डै आधा घण्टा बार्गेनिङ गर्नुपरेछ । महिलाको सामानमा महिलालाई र पुरुषलाई गर्ने भाउ पनि निकै फरक भएको पाएँ । किनकी महिलाहरु बार्गेनिङ गर्न भन्दा जति भन्यो त्यति नै दिन तयार हुन्छन् । यसले महङ्गि बढ्न सजिलो बनाएको छ । त म यतिका घटना पछि अब त्यही कुर्ता लगाएरै जाने भएँ साथीहरुको विवाहमा । अनि तपाईँले चाहिँ गर्नुभयो त अकासिँदो महङ्गीमा विवाहको सपिङ्ग ?