Samjhana Shrestha’s saga: When she retaliated to save herself

BINITA DAHAL

Samjhana’s Tale

One Saturday morning, as usual, Samjhana Shrestha left the house to collect grass. Her neighbor was Khadga Bahadur Shrestha who was also her relative and like a grandfather.

Samjhana and her family had to pass by Shrestha’s house to go to their farm, market and school. Shrestha used to drink all the time and used appalling words to passersby. Samjhana quietly used to pass by.

On January 17, 2009, Samjhana was walking by Shrestha’s house. This time not only did he call her insulting names but held her hand and dragged her forcefully to his house. Samjhana, who was tortured by his name-calling everyday, could not take it anymore.

To save herself from his atrocity, she got hold of a spade and started hitting Shrestha. Drunken and beaten, Shrestha fell to the ground. Samjhana then went home.

In a matter of minutes, Shrestha’s house was visited by locals and the police. When the police started the investigation, Samjhana told them the truth about what happened and was sent back home, the police stating that she had not committed felony. पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

म बदल्न सकूँ…

friends forever


केही अघि एउटा बिहे पार्टीमा विजय दाईले भनेका थिए ‘संसारमा मान्छेले आफ्नो भन्दा अरुको ’bout बढी पीर गरेर बिगि्रएको हो ।’ मलाई लाग्थ्यो/अझै पनि लाग्छ- ‘एउटा स्वार्थी सोचाई राख्नु हुँदैन जहाँ आफ्ना आकांक्षामात्रैले ठाउँ पाऊन् ।’ त्यसतो भए परिवार, साथीभाई, समाजसँग एक्लिन्छ । तर यो समाज/साथी भाई के साँच्चै निस्वार्थीलाई माया गर्छ त ? विजय दाईले अरु र आफ्नै पेशाप्रतिको मेरो नैराश्यता देखेर अर्का हितैषि दाईलाई बोलाएर माथिको वाक्य भनेका थिए ।

राम्रा मान्छेलाई पछारिएको बेला थियो त्यो । मैले ती दाई अभिमानी मात्रै हैनन्/स्वार्थी पनि रैुछन् सोचेको थिए । तर कपाल तिलचाम्ले भैसकेका दाईले मैले भन्दा धेरै भोटो फटाएका छन् । समाज बढी बुझेका छन् । कुरा सत्य नै हो । तिमी नसुधि्रए/नसपि्रए सम्म तिमीलाई एक कौडीको पनि भाउ दिने वाला छैन यो समाज, आफ्नै साथी भाई । आज मित्रता दिबस । कति परिवर्तित छ समाज । हुनैपर्छ । पेशामा सकि्रय हुँदा र नहुँदा कति फरक छ यो मित्रता दिबसको महत्व । कम्तीमा मोबाइलको इनबक्स, जीच्याट, फेसबुक र ट्वीटरमा ।

मैले धेरै पछि हटमेलमा एउटा मेसेस पाएँ । आधा दशक अघि बि्रटिश काउ_िन्सलमा सँगै पढेको साथी । उसले अगस्ट फस्टमै म्यासेज पठाएछ । आफ्नो हालखबर दैनिक जीबन’bout । कुनै बेला उसले शोल्टी होटलमा भेट्नै बोलाउँदा पनि म जान डराएको थिएँ । मोबाइल चेन्ज गरेपछि नम्बरसम्म नयाँ छ भनिन । त्यो अस्तीको प्रुेन्डसीप डे म्यासेजको रिप्लाई गर्दा पनि पठाउन सकिन । नचाहेर होइन । कुनै बेला आफू जोगिने निहुँमा मैले उसलाई दिएको थिइन भने अहिले के भनेर दिने । असमनजस्वका कारण दिन सकिन । उसँग भाग्ने मेरो चाला देखेर उ आफैँ चकित भई मबाट टाढा भइदिएको थियो । कस्तो टीठ लाग्दो थिएँ म । महिनौं बेपत्ता भइदिने ।
पढ्नेक्रम जारी राख्नुहोस्

युवतीले दुर्व्यवहार नसहँदा…

विनिता दाहाल

जेलमा न्याय पर्खदैँ सम्झना….


शनिबारको बिहान छुट्टी भएकाले सम्झना श्रेष्ठ बारीमा खर काट्न जाँदै थिइन्। उनको घरपश्चिम बाटोमा नै खड्गबहादुर श्रेष्ठको घर पर्छ। तेह्रदिने दाजुभाइ, ३१ वर्ष जेठा, नातामा हजुरबुवा।

खड्गबहादुरकै आँगन भएर सम्झनाको परिवार घर-खेत, बजार, स्कुल आउजाउ गर्छ। खड्गबहादुर धेरैजसो रक्सीले मातेरै बसेका हुन्थे र उनी जसलाई बोलाउँदा पनि अश्लील शब्द प्रयोग गर्थे। सम्झना मौन प्रतिवादमात्र गर्थिन्।

काभ्रे, भुम्लुटार। २०६५, माघ ४। त्यसदिन सम्झना आँगन हुँदै हिँड्दा खड्गबहादुरले अश्लील शब्द मात्र बोलेनन्, हात समाएर एकतले घरको मझेरीमा ताने। सम्झनालाई कुनै गल्तीबिना बाटो आउजाउ गर्दा खड्गबहादुरको अश्लील शब्द सुन्दा मानसिक पीडा हुन्थ्यो, त्यो दिन जबरजस्ती गरी शारिरीक पीडा दिन खोजेका थिए। सम्झनाले सहन सकिनन्। खड्गबहादुरको पन्जाबाट आफूलाई छुटाई सतीत्व रक्षा गर्न नजिकैको कोदालाको बिँड समातिन् र भकाभक खड्गबहादुरलाई हानिन्। सम्झनाका अनुसार खड्गबहादुर रक्सीले मातेका थिए। उनको चुटाइले मझेरीमै भक्लक्क लडे। लडेको थाहा पाएपछि सम्झना बेहोसीमै घर फर्किन्।

एकछिनमै खड्गबहादुरको आँगनभरि पुलिससहित गाउँलेको हुल जम्मा भयो। पुलिसले घटना छानबिन गर्‍यो। सम्झनाले माथिकै बयान दिइन्। त्यो दिन पुलिसले उनलाई ‘बहिनी तपाईंको गल्ती रहेनछ, घर जानुस्’ भन्दै पठाएका थिए। घर आइन्। राति सुत्ने बेला खबर आयो, ‘खड्गबहादुर हजुरबा बिते।’ गाउँका धेरैले खड्गबहादुरलाई हजुरबा भनेरै बोलाउँथे। उनी भोलिपल्ट बिहानै धुलिखेल जानुपर्ने भएकाले घरबाट निस्किन्। अघिल्लो दिनको घटनाले मन आत्तिएको थियो। काठमाडौं कालीमाटी बस्ने मामाले बोलाए। पढ्नेक्रम जारी राख्नुहोस्