अनायासै डोरिएको आशा

अनायासै डोरिएको आशा

गन्तब्यको खोजीमा रुमलिरहेको क्षण
कसैले चोरि औलाँ डोराइ दिए हुन्थ्यो
मनले कल्पिरह्यो

भविष्य डोरिने सुव्यवस्थित बाटोमै थिएँ म,
आशाको लहरै लिएर सुकिलो लुगामा झुल्कियौ तिमी
लामा औला र फराकिला हत्केलाले हात च्याप्प समायौ

एक्कासी यसो गर्दा हंसले ठाउँ छोड्यो
पानी पानी भएँ म
मन र मस्तिष्कको घम्साघम्सी चलिनै रह्यो

त्रि्रो र्स्पर्शकै खातिर मैले त्यसलाई स्वीकारिदिएँ
ताते ताते गर्दै कमलो मस्तिष्क आशाका किरणसँगै बामे र्सन थाले
हरियाली तोरीबारी, चम्किलो हिमाल र र्सर्ुयको न्यानो किरण

मन यसैमा रमिरहेको थियो
सहज भविष्य, सुन्दर सपना
गुनासो गर्ने परिधि सानो

हिड्दा हिड्दै म हरुर्किएँ
गुनासो गर्ने संसारको भुगोल फराकियो
जिम्मेवारीले तिमीलाई गाँज्यो

फर्केर आउने आशा दिँदै तिमी यसै बिलायौ,
कच्ची बाटोमा छोडिएँ म
उत्साहि मनले बुझ्न सकेन

एकैछिनमा झुल्कियो तिमी
मैले विगतमा जस्तै हात बढाए
कठोर र्स्पर्शले म झन् अत्तालिएँ

आभास अनुहारमा पाएर
तिमीले हात झट्कारि दियौ
कच्ची घुम्तीमा फेरी छोडिएँ म

न फर्किने विगत नै याद थियो
न अघि डोरिने भविष्यको पत्तो
थियो त केबल जतन गरी मनले साँचेका ती र्स्पर्श