गोरखा हुँदै कुरिनटार

DSC05533‘हेल्लो ! नमस्ते’ भन्दै स-सानाकेटाकेटी ‘हेर न कुईरे आएको’ भन्दै खासखासखुसखुस गर्दै छन् गितार डाँडामा । नाम खुलाउन नचाहने साथीलाई बाटामा सुनिने यस्ता अङ्ग्रेजी लवजले हैरानै पारेको छ । संगै गएका हामी दुई पनि के कम उसको गोरो छाला र विदेशीको जस्तो लाग्ने आवरण माथि थप ब्यङ्ग्य गर्दै छौँ । यही हैरानीले अघिदेखिको एक्लै हिड्ने पारा छोडी हामी संग मिसिएकी छ ऊ ।

कलेजमा खेल सप्ताह चलिरहँदा काठमाडौँबाट मन बहलाउन गोर्खा तिर हानिएका हामी तीन सङ्गी । दुई दिनको मात्रै छुट्टि बोकेर सक्दो पैदलयात्राको मज्जा लिन आएका । लोकल बसमा बाटाभरी भविष्यका योजना र रमाइला विषयमा गफिँदै गोरखा बजार पुग्दा अपरान्ह १२ः३० भयो । हिन्दी फिल्म ुदिल चाह ता हेुमा तीन नायक स्पोर्टस कारमा गोवा घुम्न गए जस्तै हामी पनि दैनिक जीबनमा थोरै बदलाब ल्याउन हिँडेका थियौँ । ती तीन ठिटा र हामीमा निकै भिन्नता थियो होला । तर उनीहरु जस्तै उच्च कोटीको सम्पन्नतामा भ्रमण गरेको कल्पनै गर्नुमा त के जान्थ्यो र

भोलि बिहानै हामीलाई मनकामना सम्मको पैदल यात्रा गर्नु छ । आजै गारखाका मुख्य ठाउँ घुम्ने योजनाले बजारको मुटुमै रहेको गोरखा सङ्ग्राहलयमा पस्यौँ हामी । अरे ! यहाँ छिर्दा त ठ्याक्कै पाटन पुगे जस्तो । अर्थात् यो सङ्ग्राहलयले त उही पाटन सङ्ग्राहलयको झझल्को दिँदोरहेछ । बीच आगँनमा थरी थरी फुल गमलामा सजाइएका । भित्र उतिबेला राजाहरुले प्रयोग गरेका माना पाथी हातहतियार देखि लिएर पृथ्वीनारायण शाहको ५२ हाते चीना सम्म सजाईएको । विद्यार्थी छिर्न पाँच रुपैँया र फोटो खिच्न चाहानेले क्यामेराको लागि थप पच्चिस तिर्नु पर्ने नियम रहेछ । सङ्ग्राहलय परिसरमै रहेको पार्कले पिकनिक आउनेलाई थप रमाइलो दिन्छ । । झण्डै एक घण्टा यहाँ बिताएर हामी लाग्यो माथिल्लो थुम्कोमा रहेको गोरखा दरबारमा ।

नौ वर्ष पहिले यहाँ आउँदाको दरबार चढ्ने ती ढुङ्गे सिँडि उस्तै थिए । गोरखा दरबार पनि उस्तै छ । तर सबैभन्दा ठुलो परिवर्तन देशको राजनीतिक माहोलमा भयो । राजतन्त्र हटाएका माओवादी कै नेताहरुले राजाको पुख्र्यौली दरबारमा पृथ्वीनारायण शाहको पोष्टर माथि ुसंघिय लोकतान्त्रिक गणतन्त्र नेपालु भनेर लेखिएको ठुलो साईनबोर्ड राखेका छन् । जुन केही वर्ष अघिसम्म ठुला राजनीतिक विश्लेषकको पनि अनुमान बाहिरको कुरा थियो । गोरखाका तीनवटै क्षेत्रमा माओवादीले गएको चुनाबमा आफ्नो पकड जमाएको छ ।

DSC05523
माथिको थुम्कोमा पुगेर तल बजार हेर्दा मैले साथी सुजनलाई सम्झँ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

युवाले देखेका ट्राफिक समस्या

यो रिपोर्ट मैले नागरिकको लागि लेखेको थिएँ । पहिला जस्तो आजकाल न्यूज रिपोर्ट पुर्याउन कायार्लय मै जादिँन सम्भवत त्यसैले पनि हुनसक्छ यो छापिएन । रिपाेटर् अाफैँमा फितलाे पनि छ । मेरो मिहिनेत त त्यस्तै हो यसमा अन्तर्वाता दिनेहरूलाइ चाहिँ नराम्रो लाग्नु स्वाभाविक नै हो । के गर्नु मेरो बसको कुरा भएन । मेरो आफ्नै बसको कुरा भनेको, कतै नछापिए पनि म आफै सम्पादक हुनपाएको यस ब्लगमा त छाप्न सक्छु नि । जाँचको हतारिएको मनस्थितिमा लेखिएको रिपोर्ट,,


बढीजसो कलेजका विद्यार्थी लाईसन्स चेकिङमा पर्छन्

केटा र केटीलाई चेकिङ गर्दा केटीलाई बढी अनावश्यक प्रश्न गरिन्छ

पैसा र नातावादकै भरमा ट्राफिक चिट नकाटिकनै सवारीधनीलाई छोडिदिन्छन्

काठमाडौं जेठ २४- कमलपोखरी हुँदै डिल्लीबजार स्थित कलेज जाँदा द्रोणाशिष न्यौपाने दैनिकजसो लाईसन्स चेकिङमा पर्छन् । हालै नयाँ होन्डा स्टनर किनेपछि त झन् बढी चेकिङ्मा पर्न थालेका छन् उनी । ुआफूसंग लाईसन्स नभए पो डराउनु चेकिङ गरेको कतिको मनपर्छ भन्ने प्रश्नमा उनले भने ुट्राफिक प्रहरी आजकाल सकि्रय रुपमा चेकिङ गर्न थालेको त मनपर्छ तर ’em आफैँमा पनि खराबी छ ।ु ुकति केटाहरु लाईसन्स नहुँदा पैसा दिएर उम्किन खोज्छन् ु उनले थपेु अपबाद बाहेक ट्राफिक प्रहरी त्यसलाई सहर्ष स्वीकार्छन् ।ु ट्राफिक प्रतिको यस्तो आरोपमा जोरपाटीका प्रहरी सन्त राम लामा भन्छन् ुहामीले माग्ने होईन धेरैजस्तो केटाहरु आफैँ हातमा पैसा थमाउँदै दाई उता गए झन्झटिलो हुन्छ यतै कुरा मिलाउँ न भन्छन् ।ु उनको आफ्नै अनुभवमा पनि त्यसता थुप्रै युवा छन् । कतिपय त आफू फलानोको नातेदार हुँ भन्दै पनि उम्कन खोज्छन् । तर ’emलाई त्यसै छोड्न भन्दा जरिवाना तिराएर उनी नियमअनुसारको प्रकृया अगाडि बढाउँछन् ।
पढ्नेक्रम जारी राख्नुहोस्

फुलचोकीमा फुल्यो जमुना

नयाँ वर्षको पहिलो दिन फुलचोकीमा गरेको लघुयात्रा अनुभव

विहान निद्रादेवीको तन्द्राबाट छुटेर घरको आँगनमा आँखा मिच्दै आङ् तान्दा फुलचोकीको दर्शन पाइँन्छ । त्यो अग्लो र विशाल डाँडाको टुप्पोमा टावर देख्दा सियो ठडिएको भान हुन्छ । संयोगैले आज त्यही टुप्पोमा पुग्ने अवसर मिलेको छ नयाँ वर्षको दिन त्यो पनि हाईकिङ् गर्दै । गोदावरीको सौन्दर्यमा बेलुकी फर्कने आशा सहित उकालो चढ्दै छु बाटामा भेटिएका नयाँ मान्छे जो कसै संग मित्रता गाँस्दै । उद्देश्य छ नयाँ वर्षको पहिलो दिन उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडामा पुगेर वर्ष भरको थकाई मार्ने ।

गोदावरीबाट अलि माथि लाग्दै गर्दा भेटिएका छन् सतुङ्गलका स्थानीय नेवार युवती । मेरो जस्तै उनीहरुको पनि यो पहिलोपटक हो लघुायात्रा अनुभव । ुनयाँ वर्षको दिन नयाँ ठाउँ घुम्ने तर टाढा होइनु भन्दै आफ्नै घर मास्तिरको उकालो रोजे यी युवतीले । हिँड्ने बानी नभएकाले अलि मुस्किल भएको छ कुर्ता सलवार र थोरै हिल भएको जुत्ता लगाएका प्लस टुका उनीहरुलाई ।

ुअरुदिन मानिसै हिँड्दैनन आज नयाँ वर्ष भएकाले मात्रै यति देखिएकाु काभ्रेको बिहाबरमा भएका दिदी भिनाजुलाई हरिसिद्दि देखि आफ्नो विवाहको निम्ता दिन हिँडेका युवकले भने । उक्लँदै जादु जंगल निकै घनाह छ र बिरलै मान्छे हिड्ने भएकाले भेटिएका दोबाटोमा मानिस छलिन्छन् । घाम मास्तिर आउँदै गर्दा रुखको सेपिलोमा ओसिएका पातपतिङ्गर माथि टेक्दै हिँडन पाउनु छुट्टै मज्जा थियो । गाडी गुड्ने बाटो पनि छिनछिनमा भेटिन्छन् । धुले सडक किनारको छेउछाउ मोटरसाईकलको ओझेल पारेर प्रेममा मग्न भएका छन् जोडीहरु । दुई पाङ्ग्रे र चार पाङ्ग्रे माथि टुप्पो सम्म पुर् याउन त्यति सजिलो बाटो नभएकाले धेरैले आफ्नो साधन तलै थन्काएर हाईकिङमा उत्रेका छन् । बलजफतीले लान खोज्ने केहीका बाटाको तिखो ढुङ्गा र नागबेलि उकालोले टायर पन्चट भएर निल्नु न ओकल्नुको अवस्थामा पनि देखियो । हाँस्न हुदैँन तर हासोँ यस्तै बेला उठ्छ ।
पढ्नेक्रम जारी राख्नुहोस्