पर्यावरण यात्रा

दुई साइकल यात्री कलामसँग


साइकलबाट सार्क राष्ट्र घुमेर फर्केका मनोक्रान्ति अभियानका दुई तन्नेरी वैशाखमा युरोप जाँदै

विनिता दाहाल

सानैदेखि केही फरक काम गर्ने हुटहुटी चलिरहन्थ्यो । स्कुल छँदै किताबमा पढिएका व्यक्तिजस्तो बन्न केही फरक अभियानमा लाग्नुपर्ने तर्कना आउँथ्यो । त्यो सोचलाई योजनामा बदल्न उनीहरुले फरक बाटो रोज्नु थियो । भावनामा बग्ने किशोर अवस्थामा उनीहरु योगी विकासानन्दको दर्शन गर्न जान्थे । त्यसले घरपरिवार समाज सबैलाई त्याग्ने ऊर्जा दियो ।

महान सोचाइ कर्ममा रुपान्तरण गर्ने हो भने बन्धन केही रहँदैन- उनीहरुले बुझेको कुरा । यसैले फरक गन्तव्यमा लाग्ने संकल्प जाग्यो । जब विकासानन्दको दर्शन सुन्थे उनीहरुलाई लाग्थ्यो विश्व विस्तारै विनासतर्फ उन्मुख छ ।

मनोक्रान्ति अभियानमा लागेर गुरुकुल बस्दा उनीहरुलाई सन्देशसँगै यात्रामा निस्कने इच्छा जाग्यो । जीवनको कुनै कालखण्ड लामो यात्रा तय गरेकैलाई विश्वले चिनेको दिव्य ज्ञान पाए उनीहरुले । बुद्ध मोजेज जिजस विवेकानन्द ओशो कृष्णमुर्ति रविन्द्रनाथ टेगोर चे ग्वेभारा सबै अखिर एउटा यात्रामै निस्केर त चिनिएका हुन् ।

अब फरक बन्न र विनासमा धकेलिएको विश्वमा बुझ्न केही सन्देश बोकेर विश्वयात्रा किन नथाल्ने त यही प्रश्न दुई युवा योगीको मनमा जाग्यो । संयोगले दुवै काभ्रे जिल्लाका ।

ती जुझारु युवा हुन् रुपक खड्का र राजेन्द्र सापकोटा । मन्त्रअनुसार उनीहरुलाई दिइएको नाम हो योगीयाम र योगीघम छ । आफ्नो परिचय पनि उनीहरु यसैबाट चाहन्छन् ।

फरक यात्रा तय गर्ने मनसायले उनीहरुले पहिला नेपाल पदयात्रा सुरु गरे । मेचीदेखि महाकालीसम्मको पैदलयात्रा सक्न पन्ध्र महिना लाग्यो । उनीहरुको भनाइमा भ्रमणको उद्देश्य स्वस्थ शान्त प्रफुल्ल सिर्जनशील लक्ष्यमुखी मानवतावादी तथा प्राकृतिक आध्यात्मिक समाज निर्माण गर्नु हो । त्यसका लागि उनीहरुले हिउँदवर्षा नभनी मिठोपिठो खाएर सुगम-दुर्गम सबै ठाउँ चहारे ।

जोस यत्तिमै मरेन । नित्य ध्यान र योग गर्ने उनीहरुको यो यात्रा सुरुवात मात्र थियो । बाँकी योजना’bout अनिश्चित उनीहरुले चियागफमा विश्व साइकलयात्री पुष्कर शाहलाई भेटे । शाहले एघार वर्ष लगाएर विश्वका १५० मुलुकको भ्रमण साइकलबाटै गरेका थिए । शाहकै सल्लाहअनुसार यात्राको मजा लिँदै पर्यावरण संरक्षणको नारा विश्वभर फैलाउने इच्छा जाग्यो ।

यात्राको दौरानमा


‘यही संकल्प गरेर हामीले साइकलबाट विश्वपरिक्रमा गर्ने अठोट गर् यौं,’ योगीयामले भने ‘पर्यावरण संरक्षणका लागि आफ्ना तर्फबाट मात्र नभई सारा मानव जातिका तर्फबाट आवाज बुलन्द गर्ने अभिप्राय पलायो र हामी यात्रामा निस्क्यौं ।’
पढ्नेक्रम जारी राख्नुहोस्

मौन प्रेम

मौनतामै गाँसियो
मौनतामै तोडियो
टाढा भएर, समीप रहेर
त्यो धर्मराउँदो (हाम्रो) सम्बन्ध


न मैले सोध्न सकेँ
न तिमीले भन्न चाह्यौ
लाग्यो मौनता मै बुझ
उता तिमीले त्यही ठान्यौ


यही अन्र्तद्धन्दबीच
सम्बन्ध धमिलियो
न तिमी नै पाएको
न मैले चाहेको मौनता


टाढा रहुन्जेल पि्रय
समीप रहँदा खल्बली
भूमध्य रेखामै अडिग रहने
त्यो (हाम्रो) मौन प्रेम

ह्याप्पी बर्थ डे किसुनजी !!!

बिहानीको सुर्योदय नयाँ वर्षको पहिलो दिन

२०११ को पहिलो विहानी । अघिल्लो रात ठमेलमा न्यू इयर इभ मनाएर फर्किँदा १२ बज्न लागिसकेको थियो । त्यो मध्यरातमा चिसो खाटमा निदाएर बिहान अरु दिनजस्तो ध्यानका लागि उठ्न सके पो ? ५:३० मा बल्ल उठेर आधा घन्टा जति ध्यान गरेँ । अनि बाहिर निस्कन नसकेर सिरकमा घुटुमुटु हुँदा फेरी निदाएछु । छोरीले उठ्नु भन्दै कर गरी ।

…..
ओहो अनि आजअंग्रेज नयाँ वर्ष । के प्लान बनाउने त ? छोरीले ‘ब्याडमिन्टन खेलुँ न बुन दिदी’ भनि । जिउ फुर्तिलो बनाउने गज्जबको काईदा । हुन्छ नि त । एक घन्टा असिनपसिन भएर खेलियो ।

लौ स्कुटर त हिजो राति मारकोपोलो रेस्टुरेन्टमै छोडेर आईयो । आज केही योजना बनाउन पनि स्कुटर नभई त कता जानु र ? अनि साँच्चै अघिल्लो साता काठमाडौं कथा पढेपछि सोचेको थिएँ, यो शनिबार त किसुनजीको जन्मदिनमा जान्छु । हिजो सुदिप दाईले नयाँ वर्षको योजना अफिसमा सुनाउनु भएको थियो-छोरीलाई लिएर किसुनजीको घर जान्छु । अर्को वर्ष छोरीले देख्न पाउने हो कि होइन ।

जन्मदिनमा किसुनजी


ल गज्जब । आज म पनि छोरीलाई लिएर किसुनजीको घर जान्छु । त्यहाँ मैले चिन्न चाहेका थुप्रै विशिष्ट व्यक्ति आउँछन् । कार्यक्रमको ’bout मनोज दाईलाई फोन गरेर बुझेँ । आउ न रमाईलो छ । तिमीले ठाउँ थाहा पाईहाल्छौँ उताबाट उत्तर आयो ।

छोरीलाई चिटिक्क बनाइदिएँ । उसलाई कहाँ जाँदै छौं थाहा छैन । ममीले ल्याइदिएको उलन टप्स लगाउन पाएकैमा मख्ख छे ।

पहिला हामी ठमेल पुग्यौँ । ला……।आ स्कुटर त पानी र माटोले निथु्रक्क भएछ ।

हातेरुमाल नै बिगारेर सबैतिर पुछेँ । छोरीले भद्रकाली पुग्दा भनि मामाको अफिस त्यही होइन । अक्कली छोरी ।

अनि उसले ठाउँहरु सोध्दै गई । मैले जवाफ दिँदै गएँ । हामी कति टाढा जाने हो उसको प्रश्न । अब आदि बाटो आईयो होला । किसुनजीलाई सरकारले पनि एउटा भित्तैमा पुर् याएर राखिदिएको छ ।

जाँदा जाँदै सातदोबाटोदेखि नै ठाउँ ठाउँमा सुरक्षाकर्मी थिए । सुरक्षा व्यवस्था नि राम्रै गरेको रहेछ । हुन त म पुग्नुभन्दा अगाडी नै राष्ट्रपति प्रधानमन्त्री फर्किसकेका थिए ।

बाडेगाँउको मुख्य बाटो देखि नै ध्वजाहरुले सजिएको थियो किसुनजीको घर जाने बाटो । पार्किगं पनि वरै गरेर जानुपर्ने ।

दुईसय मिटर हिँडेर गएपछि मानिसहरुको उत्साहजनक सहभागिता देखियो । स्थानीय नेवार महिलाहरु लामबद्ध भएर स्वागतार्थ खटिएका थिए ।

म किसुनजीलाई हेर्न गएँ । मेरा लागि पनि किसुनजी हेर्नु एउटा रहर थियो । ठुल्ठुला मन्त्री नेता साधुसन्त सबै पेशाका मानिसहरुको उल्लेख्य सहभागिता थियो । किसुनजी सुर नभएका मानिस जस्ता देखिए । किसुनजी कस्ता मानिस हुन् र आज किन यहाँ यति धेरै मानिस भएको मैले आफूले जाने जति छोरीलाई बताएँ ।

किसुनजी स्वभाविक रुपमै साचारकर्मीबाट घेरिएका थिए । मैले पनि इतिहास बोकेका व्यक्तिको केही फोटा खिचेँ । त्यहाँ बसेर मानिसको माहोल हेर्नै रमाईलो लागिरह्यो । सानादेखि ठूला धेरैले उनलाई जन्मदिनको उपहार ल्याएका रहेछन् । मलाई त्यसको होस पनि भएन । धेरैले उनको खुट्टामै ढोगिदिए ।

फरकफरक साना साना चुट्ट परेका घरहरु । सरकराले राम्रै व्यवस्था गरी राखेको रहेछ किसुनजीलाई । राज्यमन्त्री सरह उनलाई सुविधा दिएको छ । बीसवर्षदेखि किसुनजीकै सेवामा समर्पित भएकी अमिता कपालीलाई भित्र बाहिर गर्दै हैरानी भएको देखिन्थ्यो । सानातिना बच्चा नै तसर्िने खालको चर्को स्वर रहेछ उनको । ओहो आजभन्दा चौबिस वर्ष अघि भर्खर बीस वर्ष की हुँदा कसरी आफ्नो पूरा जीबन अर्काको सेवामा समर्पित गर्न सकेको होला

अफिस बिदाको दिन भएपनि त्यहाँ अफिसका थुप्रै सिनियर दाईहरु भेटियो । पछि त सम्पादक नै पुगेछन् । आफ्नो उही शैलीमा दाहिने हातमा छोरी च्यापेर । मलाई नारायण दाईले छोरी घुमाउँदै खिचेको फोटोहरु देखेर आफ्नो पनि बुवासँग सानो छँदाको त्यसतै फोटोहरु भएको भए हुन्थ्यो नि भन्ने लागि रहन्छ ।

मैले छोरीलाई मेरो हाकिम र उनको छोरी देखाए । छोरीले भनि बुन दिदी त्यो छोरी हो कि नातिनी अँ सबै त्यसै भन्छन् तर नारायण दाईको दुई वर्षे छोरी नै हो त्यो जसको अनुहार काटिकुटि नारायण दाईको भन्दा फरक छैन ।

मैले त्यही दिन पाइलट बाबाले बिमोचन गरेको किसुनजीको फस्तक मेरो म किनेको थिइन । त्यो किनेँ । अनि त्यहीँ व्यवस्था गरिएको दुनोमा राखिएका मिठाइ हामीले खायौँ ।

किसुनजी देख्दा लागेको थियो बुढेसकालले उनलाई केही कुराको सुर छैन । तर त्यो होइन रहेछ । उनले यति गज्जबको भनाई राखे । कस्तो आटिँलो अनि साहसिलो लाग्थ्यो उनको स्वर । आफ्नो जन्मदिनमा यति धेरै आइदिएकोमा खुसी व्यक्त गर्दै उनले आफूलाई सयवर्षसम्म बाँच्ने रहर भएको बताए ।

किसुनजीको रहर पुरा होस् मैले मनमनै भनेँ ।

मानिसहरुको भीड किसुनजीबाट बिस्तारै तल्लो सानो घरमा सर् यो । पाइलटबाबाका यति धेरै साधक रहेछन् । हामीले पनि पाइलटबाबाको आर्शिवाद लियौँ ।

ठुल्ठुला नेता डाक्टर धेरैले उनको आर्शिवाद लिन मरिहत्ते गर्दा रहेछन् । त्यसपछि छोरीको सबैभन्दा रमाइलो क्षण आयो । उसले उसको प्यारो कलाकार हरिवंश आचार्यलाई देखि । उनी पनि पाईलट बाबाको आशिष लिन छोरा मोहितसँग आएका रहेछन् ।

मैले छोरीलाई अझै खुशी बनाउन हरिवंश आचार्यलाई भनेर एउटा फोटो खिचाइदिएँ । उसको नयाँ वर्षको पहिलो दिन सोचेभन्दा रमाईलो भयो रे । त्यसपछि पुस महिना भएकोले साँझ पर्न लागिसकेको थियो । अरु मानिस जस्तै हामी पनि फर्किने तरखरमा लाग्यौँ । किसुनजी आफैँमा एउटा इतिहास बोकेका मानिस हुन् जसलाइ बुझ्न मैले उनको पुस्तक पढ्नै पर्छ । फर्किँदा मनमनै सोचेँ किसुनजीको जन्मदिनमा अर्को वर्ष पनि यसै गरी आउन पाइयोस् ।

ह्याप्पी बर्थ डे किसुनजी ।

किसुनजीको जन्मदिनमा खिचिएका केही तस्बीर

बाई बाई २०१० !!!

नयाँ वर्षको दिन किसुनजीको आँगनमा देखिएकी सानी बच्ची - pramb


अघिल्लो साल २०१० आउँदा म एकमहिने जिल्ला बसाईबाट भर्खरै काठमाडौं आईपुगेको थिएँ । दैनिक हाजिर हुने र महिना सकिने बित्तिकै तलब आउने जागीर थिएन ।

धेरै विषयसँग अछुतो थिएँ ।

विश्वविद्यालयको चार वर्षे कोस्रको एक्जाम सम्भवत सकिएको थियो । बेफिकि्र तराईका फाँट घुम्नुको आनन्द सायदै कसैले लिएका होलान् । मैले कल्पना गर्ने भन्दा भिन्न मनकारी मानिस भेटेँ ।

लक्ष्मी मेरी आदर्श पात्र बनी । जसका पाईला मैले पच्छाइरहेँ । उसको व्यवहारिक ज्ञान र साटफेर गरिएका अनुभव अमिट रहनेछ ।

……

सुरुवात देखि नै कामको खोजिमा थिएँ । फागुन पहिलो साता जागीरको लागि बोलाईएँ । आधिकारीक रुपमा त्यसको पत्तो झण्डै छ महिनापछि मात्रै पाएँ । मेरो स्वभाव देखेर मैले श्रद्धा गर्ने र मेरो जागिरको ’boutमा नजिक रहेर थाहा पाउने मेरा थोरै नजिकका मानिस नै नै आजित भए । जागीर सँगै पत्रकारितासँग जोडिएका मानिसलाई बुझेँ ।

धेरै परिस्थितिमा चुके पनि । मैले मान्छे चिन्न नजिकिनुलाई युवतीको नजिकाई बुझियो । तर मलाई वास्ता छैन । जब म स्पष्ट छु भने । धेरै राम्रा कुरा अनि धेरै नराम्रा अफ द रेकर्डका कुरा थाहा पाएँ ।

पत्रिकाको मुख्य समाचार पहिलो पृष्ठमा थुप्रै पटक आउँदा स्वभाविक रुपमा म मख्ख परेँ । केहीले फुर्काइदिए कसैको स्याबासी पाएँ । अनि पछाडीबाट गरिने आलोचना’bout पनि सम्भव भए सम्म भेउ पाएँ ।

………
एउटा सानो सर्कलबाट ठूलो भीडभाडमा छिरेपछि वाहवाह गर्ने र पछाडी खेदो खन्ने दुबै खाले मानिससँग अभ्यस्त हुनसक्नु पर्दोरहेछ । धेरै अवस्थामा त्यसतो हुनसकिरहेकेा छैन । तर म कोशिस गर्दै छु ।

२०११ मा त्यो कोसिस गर्न सके राम्रो हो । त्यसो नगरी पत्रकारिता पेशामा टिक्न सकिन्न । निरन्तरको पत्रकारितामा म हुर्किदैँ छु । एकवर्षको पनि भएको छैन धेरै कुरा सिक्नु छ ।

धेरै अवस्थामा आफ्नो समाचारले कसैको जिवनमा थोरै पनि सहयोग भयो भने त्यो ठूलो सफलता लाग्छ । अनि बाध्य भएर कसैको विरुद्ध समाचार लेख्नु पर् यो भने चित्त बुझ्दैन । आफ्नो एउटा बाईलाईनको स्वार्थ खातिर किन मैले परोक्ष रुपमा भएपनि कसैको चित्त दुखाईदिनु तर हाकिमको अगाडी आफू असक्षम नभएको देखाउन कै लागि पनि त्यो नगरी हुन्न ।

असार तिरै बसन्त राईालई आफ्नै साथीले धोका दिएर मृगौला बेचे भन्ने समाचार लेखेपछि एक सहृदयीले पचास हजार पाए । उनले भक्कानिएर रोएको उनकै डेरामा हेरेको थिए । आँशु थाम्न मलाई पनि गाह्रो भएको हो । त्यो समाचारबाट थारै भए आत्मसन्तष्टि मिल्यो ।

त्यसबाहेक यो पेशामा मेरो आकर्षण हराउँदै गएको छ । थोरै समय काम गर्ने र बाकिँ समय अरुको कुरा काट्ने खालको जागीर जस्तो लाग्छ पत्रकारिता । तर त्यो मात्रै होइन पनि । केही त्यसता मानिस देखेको छु जो अरुको कुरा धेरै सुन्ने र सकेसम्म आफ्नो प्रतिकृया कमै दिने । मेरो अपेक्षा पनि त्यही छ यो वर्ष । महत्वपूर्णबाहेक धेरै अवस्थामा प्रतिकृयाबिहीन हुन सकिए सफल यत्तिकै भईन्छ । !

………
२०१० मा मैले एउटा दिब्य आध्यात्मिक अनुभव गरेँ । दश दिने विपश्यना शिविरको । तर ध्यानलाई मैले सिरियसली छुन सकिन । म ध्यानबाट बाहिरीएपछि बढी नै बहिर्मुखि भएको छु । ध्यानले सिकाउने अन्र्तमुखि हुन हो ।

……
मैले यहीवर्ष स्नातक सकेँ । दीक्षान्त लिएँ । बुवाममीले एउटा ठूलो आनन्दको सास फेर्नुभयो ।

अन्तिममा असाध्यै नमज्जा लागेको कुरा म हुर्किएको घर यसैवर्ष भत्काईयो । जहाँ मेरो धेरै अवोध आनन्दको पल बितेको छ । ती प्रत्येक पल अतीत हुन् । जसलाई सम्झेरै एउटा मिठो कथा हेरेको आनन्द आउँछ ।

तर २०१० लाई बाई-बाई गर्दै २०११लाई स्वागत गर्दा किन बढी खुसि र बढी दुखि हुन मनोज दाईको ‘काठमाडौं कथा’मा लेखेजस्तो प्रत्यके पललाई नयाँ सम्झे अनि प्रत्येक विगतलाई मिठो सम्झना माने भईहाल्यो ।

……
गोयन्का गुरुले भने जस्तो यो संसार अनित्य छ । कुनै पनि कुरा सधैँ एकैनास भईरहन्न भने किन द्वेष र राग जगाईरहनु प्रत्येक पल आफु सफल हुनुभन्दा असल हुन खोजे भईहाल्यो । पाइलाट बाबाले भनेजस्तो आफैँलाई नियाल्न भित्री यात्रा सुरु गरे भईहाल्यो ।

बाई बाई २०१० !!!!!! यू वील बी मिस्ड ।