फुर्गेल्बो, लाजुंग र पाङ्डा डिक्की

पढ्नका लागि हरेक दिन चार घन्टा पैदल हिँड्ने शेर्पा दाजुबहिनी
DSC07427

उनीहरुको स्कुल पुग्न घरबाट दुई घन्टा पैदल हिँडनुपर्छ । चिप्लिङ सिन्धुपाल्चाकको एउटा पूरै डाँडाको फेरो मारेपछि मात्रै स्कुलको छानोदेखिन्छ । स्कुल प्रांगणमै पुग्न त त्यस्ता दुई डाँडा अझै पार गर्नुपर्छ । तर पनि सधैं स्कुल जान्छन् । कहिल्यै थाक्दैनन् ।

गाँउमा घरबाट आधा घन्टामै पैदल यात्रामा पुगिने स्कुल नभएको होइन । त्यहाँका सर धेरै विदामा बसेर स्कुल बन्द हुने भएकाले उनीहरुले दुई घन्टा टाढाकै स्कुल रोजे ।

ती हुन् सिन्धुपाल्चोकको चिप्लिङ हाइटमा बस्ने दाइ फुर्गेल्बो शेर्पा १३ र बहिनी लाजुंग ११ । घरमा पाँचजनाको परिवार छ । बा आमा उनीहरु दुई र कान्छी बहिनी पाङ्डा डिक्की शेर्पा ९ । कान्छी बहिनीबाहेक सबैले आ-आफ्नो काम बाँडिचुँडी गर्नुपर्छ । घरमूली बा मौसमअनुसार काम खोज्न काठमाडौं झर्छन् । आमा अन्न जोहो गर्न बचेका थोरै भिर पाखोमा मकै कोदो र आलु लगाउँछिन् । फुर्गेल्बो भान्छाको काम गर्छन् । बिदाको दिन भैंसी र गोरुका लागि घाँस काटेर ल्याउँछन् । घरका सानातिना काम पनि भ्याएकै हुन्छन् । स्कुल जान थालेपछि भने उनलाई धेरै पढ्नुपर्ने रहेन भन्ने लाग्यो रे । स्कुलमा उनले शेर्पा भाषाबाहेक नेपाली पनि सिके । पहिला आफ्नो भाषा मात्रै जान्दा बा आमा र छिमेकीको घरधन्दाका कुरा मात्रै सुन्थे । स्कुल गएर नेपाली भाषा बुझ्न र बोल्न जानेपछि सर-मिसले गर्ने ज्ञानगुनका कुरा पनि सुने ।
DSC07430
उनलाई सर-मिसको कुरा सुन्दा किताबको पाठमा भएका वीर नेपालीको कुरा पढ्दा नेपाल धेरै ठूलो रहेछजस्तो लाग्यो । ‘मैले त यो कुरा घरमा आमालाई पनि सुनाएँ,’ उनले भने ‘आफूले भन्न खोजेको आमाले नबुझेजस्तो लागेपछि शेर्पा भाषामा बहिनीलाइए पनि सुनाएँ । उसले पनि बुझिर्न । पढ्न नपाएकीले नबुझेकी हुन् भन्ने लाग्यो ।’

उनकी बहिनी लाजुंग पनि घरको काममा आमालाई सघाउँछिन् । सानी बहिनी पनि हेर्नुपर्छ । त्यसैले बहिनी नहुकिँदासम्म उनले स्कुलको मुखै देख्न पाइनन् । घर नजिकैको स्कुल जने इच्छा राखे पनि त्यहाँका शिक्षक बाली लगाउने बेला महिनैभरि बिदा लिएर बस्थे । पढाइ हुँदैजथ्यो । स्कुलभरिको शिक्षक त्यही एकजना । उनी स्कुल बसे स्कुलै बन्द हुँदो रहेछ । उनी अहिले पार्टी भाज्याङको स्कुलमा पढ्छिन् । त्यहाँ भने जाडो गर्मी दसैं तिहार र अन्य सार्वजनिक बिदाको दिनमात्र छुट्टी हुन्छ ।

अघिल्लो वर्ष फुर्गेल्बोले सोचे सानी बहिनी हुर्केपछि तीनैजना एउटै स्कुल जानुपर्छ । नियमित पढाइ भइरहने स्कुल चाहे त्यो घरभन्दा ठाढा किन नहोस् यति सोचेपछि बा काठमाडौंबाट पैसा कमाएर घर फर्केका बेला फुर्गेल्बोले सोधे ,’अब हामी तीनैजना दाजुबहिनी टाढाको स्कुल पढ्न जान्छौं’ सुरुमा त आमाबाले उनको कुरा बुझ्दै बुझेनन् । तर उनले आफ्नो हठ छोड्दै छोडेनन् ।

अहिले यी तीनैजना दाजुबहिनी दुई घन्टा टाढाको ‘श्री ठूलो थाकनी माध्यमिक विद्यालयु’ पार्टीभाज्याङमा भर्ना भएका छन् । फुर्गेल्बो ४ र दुई बहिनी कक्षा २ मा पढ्छन् । कान्छी बहिनी नहुर्किने बेलासम्म त्योभन्दा माथिल्लोले पढ्न नपाउने चलन उनीहरुको गाँउमा अझै छ ।
DSC07413
करिब ५०घर भएको यो गाँउबाट यति सानै उमेरमा टाढाको स्कुल जाने उनीहरु मात्रै हुन् । यो देखेर गाउँले छक्क मान्छन् । उनीहरुको घरदेखि पार्टीभाज्याङसम्म गोरेटो बाटोमात्र बनेको छ । बिहान १० बजे सुरु हुने स्कुल पुग्न उनीहरुलाई ढिलोमा आठ बजे हिँडिसक्नुपर्छ ।

स्कुल जान थालेपछि उनीहरुले धेरै नयाँनयाँ कुरा सिकेका छन् । दाँत स्वस्थ राख्न नियमित ब्रस गर्नुपर्छ भन्ने उनीहरुले सुकलमै जानेका हुन् । अहिले त्यसलाई व्यवहारमा पनि उतारेका छन् । बजारमा पाइने ब्रस घरमा नभएकाले उनीहरु निगाँलाको डाँठले दाँत माँज्छन् ।

उनीहरु तीनैजनालाई स्कुल जान एकदमै रमाइलो लाग्छ । फुर्गेल्बो बिहानै पकाइतुलाई गरेर स्कुल जान तयार हुन्छन् । दिउँसो खाजा खान भुटेको मकै पोल्टामा हाल्छन् । जेठी बहिनीको काम अझ धेरै छ । उनी आफू लुगा लगाइसकेपछि बहिनीलाई सफसुग्घर पारेर स्कुल जान थयार पार्छिन् । घरमा भात कमै पाक्ने हुँदा उनीहरु कोदो या मकैको ढिँडो खाएर समय हुँदै स्कुल निस्कन्छन् । ‘दस बजेको प्रार्थना नछुटोस् भन्ने लाग्छु फुर्गेल्बोले भने ।

बाटोमा हिँड्दा पनि फुर्गेल्बो बहिनीहरुलाई पढेका कुरा र सुनेका कथा सुनाउँछन् । एकदिन उनले ुकेटीले पनि पढेर धेरै काम गर्न सक्छन्,’ भन्ने सुनाएछन् । लाजुंगले उदाहरण मागिन् । फुर्गेल्बोले आफ्नो जस्तै थर भएकी पासाङ ल्हामु शेर्पाले हिमाल चढेको कुरा सुनाए । अहिले त जेठी बहिनीलाई पनि विस्तारै पढाइको रस बस्न थालिसक्यो । उनी नेपाली राम्ररी बुझ्न बोल्न र पढ्न सक्छिन् । ‘मैले विस्तारै पढाइ राम्रो गरेँ’ लाजुंगले हाँस्दै भनिन्,’अहिले त कक्षामा फस्ट भएकी छु ।’

मिस किरमाई तामाङ उनलाई कक्षामा असाध्यै माया गर्छिन् । पढ्न अल्छी गर्ने साथीको अगाडि ‘लाजुंगले झैं पढ्नुपर्छु’ भनेर मिसले सुनाउँदा उनलाई निकै रमाइलो लाग्छ रे । ‘लाजजस्तो खुसीजस्तो खै त्यस्तै के हुन्छ के हुन्छ,’उनले भनिन् ।

उनीहरुले राम्रो पढेको थाहा पाएर बाले कहिलेकाहीँ फुर्गेल्बोलाई क्याम्पससम्म पढ्नुपर्छ भनेका छन् । आफूले काठमाडौं आएका बेला काम गर्ने घरबेटीका छोरा विदेश पढ्न गएको सुनाउँदा बाले पढाइको महत्व बुझेछन्जस्तो लागेको छ फुर्गेल्बोलाई ।

एकदिन स्कुल जाँदा बाटामा उनीहरुले गोरो छाला भएका दुईजनालाई देखे । ुउनीहरुले त नमस्ते पनि फर्काएु लाजुंग हिँसिन्’’emलाई पनि नमस्ते गर्न आउँदो रहेछ । हामी हाँस्यौं मात्र । बोलिहाल्न डर लाग्यो ।’

स्कुलमा गएर लाजुंगले,’’em कस्ता मान्छे हुन्’ भनेर मिसलाई सोधिन् । मिसले ‘उनीहरु पर्यटक हुन् र तिनैले गर्दा नेपालले धेरै पैसा कमाउनसक्ने’ बताएपछि उनलाई पनि अंग्रेजी बोल्ने रहर लागेको छ रे ।

‘बिदेशि भनेको त मलाई अमेरिकाका मान्छेमात्र हुन् भन्ने लाग्थ्यो’ फुर्गेल्बोले सुनाए ‘तर अरु देशबाट आएकालाई पनि विदेशी भनिन्छ भन्ने मैले मिसबाट थाहा पाएँ ।’

उनीहरु ४ बजे स्कुल छुटेर सरासर हिँडे पनि घर पुग्दा ६ बजिसक्छ । घर पुगेपछि फेरी आ-आफ्नो भागको काम गर्छन् । दाइ भान्छाको काम सकेर सुत्नेबेला टुकि बत्तीमा हामवर्क गर्छन् । लाजुंग आफ्नो होमवर्क गरेर सानी बहिनीलाई पढाउन बस्छिन् । ‘घरमा बिजुलि छैन के गर्नु टुकी बालेरै भए पनि हामी होमवर्क गर्छौं,’ लाजुंगले भनिन् । विद्युत् नपुगेको उनीहरुको गाउँमा केही घरले सोलारबाट बत्ती बाल्ने गरेका छन् ।

उनीहरु स्कुल आउँदाजाँदा धेरैजसो पानी परिरहन्छ । जुका लाग्छ । चिप्लो बाटोमा जोगिएर हिँड्नुपर्छ । कतिपल्ट त बाटोमा चिप्लिएर लड्दा उनीहरुका किताबका गाता उक्केका छन् । भिजेका छन् । कहिलेकाहीँ त उनीहरुलाई राम्रो स्कुल घरनजिकै भए कति धेरै पढिन्थ्ायो भन्ने लाग्दोरहेछ । गर्मी महिनामा त ठिकै छ । जाडो महिनामा भने चाँडै अँध्यारो हुने हुँदा जंगलै जंगलको बाटो हिँड्न निकै डर लाछ । तर उनीहरुलाई ठूलो मान्छे बन्ने रहरले पनि टाढाकै स्कुल जानुपर्ने भएको छ ।

‘ठूलो भएर के गर्ने,’ जूनकीरीको प्रश्नमा लाजुंगले लजाउँदै भनिन् किरमाई मिस जस्तै बन्ने ।

फुर्गेल्बोलाई धेरै पढेर ठूलो भएपछि नौलो काम गर्न मन लागेको रहेछ । आफूले कहिलेकाहीँ भेट्ने विदेशी पर्यटकसंग मज्जाले अंग्रेजीमा कुरा गर्न मन छ रे । उनले भने ,’जति कक्षासम्म हुन्छ ’til पढिसक्दा जे काम पाइन्छ त्यही गर्ने ।’ उनले यही कुरा एकपटक स्कुलको कक्षाकोठामा सुनाउँदा सर मज्जाले हाँसेका थिए रे । सर किन हाँसे फुर्गेल्बोलाई अझै थाहा छैन ।

Advertisements

टाठी आमैको हाँसो हेर्ने रहर

आमैको हाँसो

आमैको हाँसो


‘झन् भन्दै छु त्याँ पर पैरो गा’छ रे’, आमै आफ्नै सुरमा फतफताउँदै हिँड्दै छिन् ।

‘के भयो आमा ?’, संगैका साथी प्रभात भट्टराईले सोधे ।

‘त्यइ क्या बाबु राम्चेमा पैरोले मान्छे अलपत्र छन् रे, तारिदिने मौकामा उम्कि हालौँ भन्या नि’, उनले पछाडीका आफन्तलाई हेर्द्रै भनिन् ‘उनरु आफ्नै तालाँ छन् ।’

‘को को आउनु भा’छ आमा ?’, मुखबाट प्वाक्क प्रश्न निस्कि हाल्यो ।

‘हामी त एउटै घरका छौँ । छोरा नाति अनि घरका मालिकु’, उनले आफ्नोपन देखाउँदै भनिन् । घरका मालिक अर्थात् उनका श्रीमान् ।

‘आमाले लगाको नौगडी त निकै राम्रो छ नि माईतिले दिएका ?,’ यस्ती आमाको माईतिको कुरा सुन्ने धोको मेटाउन म यो प्रश्न गर्छु ।

माइतिले दिएको त उनले उहिलै बेचिछन् । ‘त्यसो भए बाले किन्दिनु भाको ‘, उनले अलि लजाए जस्तो गरेर भनिन्, ‘अँ बाले किन्दिनु भएको ।’ अब झण्डै झण्डै बा पनि हाम्रा नजिक आइसके । आमाले उत्तर दिँदा म बा को अनुहारको छनक हेर्न चाहन्छु । उनले अनुहारमा कुनै परिवर्तन आउन दिएनन् ।

‘आमाको नाम चाहिँ’, मैले सोधेँ ।

‘मिठ्ठु मैयाँ किन र बाबु’, उनको उत्तर दिनु अगावै मैले प्रश्न गरेँ,’अनि थर ?’

‘हामी त ठकुरी हम् देवीघाटका,’ रवाफिलो तरिकाले उनले भनिन् ।

बा आमा संगै

बा आमा संगै


‘तर आमा तपाइँ त देवी जस्तै हुनुहन्छ ।’ मेरो यो प्रतिकृयामा उनले मसिनो हाँसो हाँसिन् । उनको अनुहारको यो चमक देख्दा मलाई तत्काल तस्बिर उतार्न मन लाग्यो । तर उनी हाँस्न चाहिनन् । कारण रहेछ बाँकि रहेको एउटै दाँत देखिँदा नराम्रो देखिन्छ भन्ने पीर । बरु उनी त आफ्नो माइतिको कुरा पो गर्न थालिन् त । उनी आफ्ना बा आमाको एक्ली सन्तान रहिछन् । चार भाई बाउ मध्य उनका बुवाका मात्रै उनी एक्ली सन्तान रहिछन् । बिहेको प्रसङ्ग निस्कँदा उनले भनिन्,’एक्ली सन्तान भएकीले हाम्रो बाले कुलघरान छानेर दिएका ।’ ‘तर बिहे पछि म एक्ली सन्तान भए पनि माईतिको सम्पति हामीले लोभ गरेनौ,’ श्रीमान् तिर हेर्दै नहेरी उनले भनिन् ।

उनी आफँैले चाहिँ ६ जना सन्तान जन्माइछन् । जम्मा तीन जना मात्रै बाकिँ छन् अहिले । अरु सानैमा बिते रे । ‘किन त्यति धेरै जन्माएको त ? प्रश्नमा उनले भनिन्,’भग्वानले दिएको कुरा थाप्नपर्छ भनेर हामी उहिले अहिलेको जस्तो साधन लाउदैनथ्यौं ।’
भर्खरै भेटेका छोराले अँगालो मार्दा आमा नहाँसि बस्न सकिनन्

भर्खरै भेटेका छोराले अँगालो मार्दा आमा नहाँसि बस्न सकिनन्


बाचेकामा गर्व गर्दै संगै आएका छोरालाई हेर्दै भनिन्,’हाम्रो छोरा जे भने पनि पुर् याइदिन्छ । तीर्थ यात्रा धेरै ठाउँमा गरेको सुनाउँदै उनले भनिन्, ‘दुइटा मोटरसाइकल गाडी सबै जोड्या छ छोराले । अब हिउँदा मुक्तिनाथ पुर् यादिन्छ ।’

खिरिलो शरिर भएकी आमाले टाउकोमा रातो गम्सल बेरेकी छिन् । घाँटी भरीको नौ गेडी लगाएकी हातमा लट्ठी हुँदा बाटोमा कसैले भेट्न नसकिएली जस्ती । उनी संगै हिड्दा हाम्रो पनि वेग बढेको छ । आमाको टाठो बोलीले ’roundका यात्रु पनि एकत्रित भएका छन् । सबैमा चासो छ आमाका कुरा सुन्ने ।

म भने यो दम्पतीको फोटो खिच्न चाहन्छु । उनीहरुलाई नजिकै बस्न भन्छु । भर्खरै यात्रामा नजिकिएका रसुवा पत्रकार कुँदिएको ज्याकेट लगाएका अपरिचित ठट्टा गर्छन्,’बाले आमालाई अँगालो मार्नपर् यो ।’ भेला भएका सबै हाँसे ।

आमाले तत्काल प्रतिकृया जनाइन् ,’हुँदैन हामी अहिलेका केटाकेटीजस्तो छिचरिया छैनौं ।’ मलाई भने उनीहरु हाँसेको फोटो खिच्ने मन छ । तर आमा बाकिँ रहेको एउटा दाँत देखिएला भन्ने पीरले मुख उघार्ने हैन ।

लगत्तै प्रभात भट्टराईले फोटो खिच्न चाहे । पछाडीबाट अँगालो मारेर ‘छोराले त हुन्छ नि आमा’ भन्दा उनी बल्ल हाँसिन् । ‘हैन किन यतिका मेरा फोटा खिचेका’ आमा अलि मख्ख पर्दै भनिन् । त्यसपछि के सोचिन् आमा आफ्नै संग हिड्न थालिन् । पछि घुम्तीमा भेट्दा मेरो गालामा कमला हातले सुम्सुमाउँदै चिन्याै भनिन् ।
‘किन नचिन्नु आमा तपाईँको हाँसो हेर्ने रहर अझै छ ।’ यति भन्दा उनी थोरै हाँसिन् । छुटिने बेला भैसकेको थियो । नरमाइलो लागे पनि उनको हाँसो क्यामराबाट कम्प्यूटरमा खनाउँदा कति आनन्द आउला जस्तो लागिरह्यो ।

मित्रता दिवस, सुन्दरीजलको उकालो र ती दिनहरु…

साथीको नाममा पहेँलो गुलाफ

साथीको नाममा पहेँलो गुलाफ


मित्रता दिवसको दिन विहानै फेसबुकमा पहेँलो गुलाफ सहितको शुभकामना सन्देश छोडेर पाँच दिने यात्रामा निस्किएको थिएँ । मनभरी गुगलमा हेरेका गोसाइँकुण्डका तस्बिर टड्कारै थिए । म यो यात्रा धेरै तरिकाले दिगो सम्झनाको बनाउन चाहन्थे । पोहोरसाल पनि कसैले जाने प्रस्ताब गरेको थियो । तर खै कुन कारणले अनि कुन मनस्थितिमा मैले त्यो मान्छेलाई तत्काल जान्छु भने पनि पछि फोन गर्न डराए । त्यसैले त्यो त्यतिकै भयो ।

तर यो पटक म जाने लगभग सबै तरिकाले पक्का थियो । साथी नपाउने समयसम्म एक्लै भए पनि । अहिले पुगेर फर्किसके र लाग्छ एक्लै गएको भए यति रमाइलो हुने थिएन जति अहिले भयो ।

विहानै ममीले बनाइदिनु भएको गुन्दु्रक र भात खाएर निस्कियौं हामी तीन । एउटै उमेर समुह भएकाले पनि यो यात्रा रमाइलो हुन्छ भन्ने थियो । सुन्दरीजलबाट उकालि लाग्दा ममीले गहभरी आँशु पारेर राम्रो संग जानु दर्शन गर्नु भन्नुभयो । आमाको मनै यस्तै हुन्छ । त्यही क्षण मलाई टाइटानिक फिल्ममा बृद्ध रोजले भनेको यो हरफ दिमागमा आएको थियो अ ओमनस् हार्ट इज द डिप ओसन अफ सिक्रेट्स । यद्यपी यो यहाँ कुनै तरिकाबाट पनि मिल्दोजुल्दो छैन ।

सुन्दरीजलको उकालो चढ्दा मैले अघिल्लो यात्रा सम्झिएँ । स्कुले साथी सुनिता सुष्मा र म पोहोर साल दसैँमा विना योजना आएका थियौँ । त्यो समय हामीले विगत स्मरण गयौर् ‘वर्तमानका क्याम्पसे कुरा गर् यौर् र भविष्यमा कहाँ पुगिएला आफ्ना करियरका कुरा गर् यौँ । भन्नै पर्दैन स्कुले दिन जति रमाईला दिन सायदै मानिसले जीवनमा पाउला । यी ’boutमा पछि अर्को पोष्टमा लेखुँला । मनमा उम्लिएका ती दिनका सम्झनाले एउटा छुट्टै स्थान पाउनुपर्छ ।

लौ जा भिजिदिएँ म त

लौ जा भिजिदिएँ म त


त म भन्दैँ थिए । मैले स्कुले साथीलाइै निकै मिस गरे कारण दिन पनि त्यस्तै थियो अगष्ट २ । हामीले त्यो भ्रमणमा हाँसो भन्दा बढी गफ गरेका थियौँ आफ्ना ’boutमा र त्यो भन्दा पनि बढी तमासा गरेका थियौँ फोटो खिचेर । म अहिले ठ्याक्कै त्यही पानीको छहरा नेरी आइपुगेको छु जहाँ मैले हातमा क्यामरा लिएर उनीहरुलाई पोज दिन भनेको थिएँ । धत्तेरिका यो मोबाइलमा पनि अहिले नै ब्यालेन्स छैन । जम्मा १।८८ पैसा । अब दुई मध्य कसलाई गरुँ म एस।एम।एस दिगो मित्रताको सन्देस पठाउनलाई । मैले विहान फेसबुकमा लेखेको सन्देस पनि उनीहरुले थाहा पाउने छैनन् । सारा संसार यसमा झ्याम्मी सक्दा पनि उनीहरुको किन यसमा दिलचस्वी नबसेको होला हुन त सबै म जतिकै फेसबुक र अनलाईन भोगी हुनुपर्छ भन्ने पनि छैन ।

यात्रा सम्झाउने छहरा

यात्रा सम्झाउने छहरा


दोधारे मन लिएर म शिवपुरि राष्ट्रिय निकुाज प्रवेश गर्नै लागेको छु जहाँ मैले आफ्नै दाहिने हात फर्काएर आफ्नो फोटो लिएको थिए । उनीहरु त्यो बेला स्कुले खै के पो कुरा गर्दै थिए मेरो मुखमा हेरेर सन्की हाँसो गरे । सायद केटाहरु कै होला हाहाहा

अचम्म मेरो मोबाइल बज्यो एसएमएस सुनिताकै रहेछ । कस्तो मनै खलबलाउने सन्देश । मैले तत्काल आफ्नो परिवेशको वर्णन गर्दै उसलाई मिस गरेको कुरा लेखे । लौ मध्यमााचलबाट पठाएको सन्देस सुदुर पश्चिममा कामको सिलसिलामा पुगेकी साथीको मोबाइलमा त ब्ल्याङ्क पो पुगेछ । अब के गरुँ मोबाइल रित्तिहाल्यो । यो हप्ता घर फर्कने वा मोबाइल रिचार्ज गर्ने कुनै ठेगान छैन । विहान साथी रु ले पठाएको एसएमएस पनि रिप्लाइ गर्न पाएको होइन । यो यात्रा की सङ्गी भन्दै छे ‘अब मुड खराब गरेर हुँदैन फर्केर फोनै गरे भइहाल्यो नि सम्झे जति सबैलाई ।’ उसको ध्येय थियो के आज तैँले मिस गर्ने केटी मात्रै छन् कोही केटालाई साथी बनाउन सकिनस् जसलाई आजको दिनमा मिस गर्न सकियोस् । पक्कै छ किन नहुनु तर खैरे विदेसियो । अस्ती अनलाईनमा भन्दै थियो ‘तिमीले ढाँडमा हान्ने गरेको मुक्का मैले अझै विसे्रको छैन ।’ हामी उसलाई खैरे भन्थ्यौँ एउटा गीत थियॊ पिकनिक गएको बेला सुनिताले बनाएको

हिजो भर्खर गएको खैरेनी

रविले त ल्याएछ कुइरीिन

उसले मलाई सोध्दै थियो अफियर छ कसैसंग भनेर त्यही प्रश्न मैले गर्दा उसले भन्यो ‘मेरो त एउटा कुइरिनी छ यार ।’ सुनिताले त्यही बेला गाएको गीत अब मिल्छ जस्तो छ ।

त्यो उकालो काटेर मूलखर्क नपुगुाजेल मनभरी साथीहरु आए । स्कुल देखि केयू सम्मका ती असल साथी जसले साँच्चै परोक्ष र प्रत्यक्ष रुपमा प्रभाव पारेका छन् । त्यो पुरा यात्रा पार गरेर अहिले कम्प्यूटरको समीप आइपुगेको छु फेसबुकमा आफूलाई अपडेट गराएको छु तर मैले जति मित्रता दिवसलाई अरुले मिस गरे जस्तो लागेन ।