अनि, उ टुहुरो भयो !

ममतामयी आमा


भविष्य साँच्चै अकल्पनीय छ । भोलिको विहान हाम्रो पक्कड बाहिर छ । एकैछिन पछिको समय कुन वियोग लिएर आउँदैछ कसले अनुमान गर्न सक्नु  ? सायद त्यसैले अनिश्चित भविष्यको सुन्दर कल्पनामा हामी प्रत्येक दिन आशा राख्दै आफ्नो आयू घटाई रहेका हुन्छौं । प्रत्येक पल हामी जीवनको अन्तिम पटकका लागि तन्नेरी भइरहेका हुन्छौं । सफलता/असफलता असल/खराब वर्तमानको नियतले भविष्यमा देखाउला । तर सबै भविष्य बर्तमानबाट निर्धारित नहुँदो रै’छ । असल नियत राख्नेलाई भविष्य सधैँ सुखद बनेर नआउँदो रै’छ । आउँदो हो त एउटा शनिवारले त्यो निश्चल मनलाई स्थायी पीडा दिने थिएन । जसले समयलाई केही क्षणकै लागि भए पनि स्तब्ध बनाइदियो । अनपेक्षित आउने खुशी सफलता र आश्चर्यबाहेक त्यो बिहानीले सदाका लागि एउटा बियोग ल्यायो । बलिरहेको दियो निभाई त्यसमा पानी भरेर गयो ।

विवाहको १६ वर्षपछि आमा हुन्छु भन्ने आश मरिसकेको बेला जन्मिएको छोरो । गर्भमा आए देखिनै ममता उही माथि खन्नियो । नौ महिना प्रत्येक पल उत्साहपछि जीवनभर खुसी छर्न अबोध उ धर्तीमा झर् यो । एउटा मिठो, सुन्दर, उज्यालो भविष्य बोकेर । आमा बुवाका प्रत्येक सपना उसँगै हुर्किँदै गयो । महिनैपिच्छे कान्तिको बेडमा उ थल्लिन्थ्यो । मरणासन्न हुन्थ्यो । अनि फेरी केही सिसि सलाइन शरिर भर फैलिएपछि घर फर्किन्थ्यो । परिवार भरिको सानो भाई । हाम्रो च्यान्टी । उ औसत बच्चा भन्दा सानो खिरिलो थियो । उसलाई ममिले काख भरी बनाएर कहिल्यै बोक्न पाउनु भएन । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements