सम्झनामा लोहनी

एकपछि अर्को गर्दै नेपाली सञ्चार जगत्ले नीडर र साहसी पत्रकार गुमाइरहेको छ। केही दिनअघि मात्रै उमा सिंहको हत्याबाट पत्रकारिता जगत्मा अपूरणीय क्षति भएको थियो। इन्द्र लोहनीको मृत्युले पत्रकारिता र न्याय दुबै क्षेत्रमा अपूरणीय खति भएको छ।
राती २ बजे साथी शिखाले पठाएको एसएमएस सपनामा पाएँ कि विपनामा पहिला त खुट्याउनै सकिन। मैले पाएको एस.एम.एस सपनामा पक्कै थिएन। इन्द्र लोहनीको मृत्यको खबर तीतो सत्य सिद्ध भयो। लोहनीलाई सम्झँदा त्यही कोसीका बाढी पीडितको उद्धार कार्यक्रम मानसपटलमा आयो। त्यस कार्यक्रममा बाढीको भयले होस गुमाएजस्ती मदेसी बृद्धाको कलेबर र उद्धार कर्ता लोहनीका शब्द कानमा गुञ्जिरहे।
untitl-34
मौका मिल्दा प्राय शनिबार पशुपति मन्दिर एक्लै जाने बानी छ। तर जाँचको समय भएर नगएको धेरै भइसक्यो। एकवर्ष जति अगाडि घरबाट तीस मिनेट लाग्ने गुहेश्वरी हुदैँ माथि विश्वरुप मन्दिर परिसरमा पुग्दा लोहनीलाई देखेकी थिँए। नेपालको राजनीतिक परिवर्तन सगैँ उनको कार्यक्रमले निकै चर्चा पाइरहेको थियो। उनलाई त्यसरी पशुपति हातामा देख्नु नौलो थिएन। प्राय त्यहाँ मर्निङ्ग वाकमा आएकै हुन्थे। त्यो दिन मेरा लागि विशेष भएको महसुस गर्दै छु अब। उनी गणेश मन्दिरको मोड पारीपट्टि पत्रिका पल्टाएर साथीसँग संविधान सभा चुनावको अनिश्चितताका कुरा गरिरहेका थिए। त्यसै ताका कान्तिपुर कोसेलीका लागि मैले प्याराग्लाइडिङ्ग ’bout एउटा लेख पठाएको थिएँ। लेख प्रकाशित भए नभए कौतुहल रोक्न नसकी नजिकै उभिएकी म अपरिचिताले कोसेली हेर्न चाहेँ। उनले त्यो बुझेर पत्रिका मेरो हातमा थमाए। मैले आँखा दौडाएर पूरै चारै पृष्ठ हेरेँ अनि उनी टेबलमा पत्रिका राखिदिँए। उनले मेरा क्रियाकलाप नियालिरहेको मैले याद गरें।
इन्द्र अलि बढी नै कठोर र आक्रोशित छन् जस्तो पनि लाग्थ्यो। तर, कोशी बाढीपीडितको कार्यक्रममा एउटा घरको धुरीबाट पूरै परिवारलाई बचाँउदा उनको मुहारमा देखिएको हर्षोल्लास र सन्तोष भावले व्यक्ति नम्र र दयालु पनि हो जस्तो लागेको थियो।

लोहनीसँग ´ बहस´ ’bout मलाई केही सोध्न मन थियो। तर, उनी एक्लै नभएको र आफूले कुनै परिचय बनाइनसकेको कारण म त्यहाँबाट एउटा दरो अठोट लिई हिडेँको थिएँ ― एक दिन इन्द्र लोहनीसँग अन्तर्वार्ताका तरिकाको ’bout थुप्रै जिज्ञासा राख्ने छु। नेपाली सामयिक चर्चा चलाउनमो विजय कुमार र पछिल्लो समय इन्द्र लोहनी उत्कृष्ट कार्यक्रम प्रस्तोता हुन्। विजय कुमारलाई तीन वर्ष अघि भेटेको थिएँ। त्यसपछि मन हुदाँ पनि भेट्ने मौका मिलेको छैन। तर, इन्द्र लोहनीलाई भने भेट्न गाह्रो थिएन। शनिवारको दिन एयरपोर्टको सुनसान बाटो हुदैँ आधा घन्टा हिडेँर पशुपति पुगे उनलाई सजिलै भेट्न सकिन्थ्यो। तर, थुप्र्रैपटक यसरी भेटेर पनि बोलिन। जुन अब असम्भव भएको छ।
साथीहरुले हिन्दी टेलिसिरियल ’boutमा कुराकानी गर्दा म मौन हुन्छु। उनीहरु मलाई जिस्काउँदै भन्छन् ,´उ त बहस र दिशानिर्देश हेर्ने मान्छे। ऊसँग तीनै कार्यक्रम विषयमा छलफल गर्नुपर्छ।´ साच्चै ती सिरियलप्रति मेरो खास झुकाव रहदैँन। ´ करेन्ट अफियर्स´ कार्यक्रममा नै रुचि छ। गएको सेमेस्टर कुन्द दीक्षितले अन्तर्वार्ता लिने तरिका पढाउँदा लोहनी र पा48डेलाई निकै सम्झेको थिएँ। साथीबीच उनीहरूको अन्तर्वार्ता लिने शैलीको ’boutमा छलफल पनि भएको थियो। सरले पढाइरहँदा केही प्रश्न मनमनै बनाएको थिएँ जो इन्द्र लोहनीलाई सोध्नका लागि थिए। पछिल्लो महिनातिर कहिलेकाहीँ लोहनीलाई पशुपति परिसरमा नदेखेको पनि होइन तर त्यो बेला पनि लाग्यो अब कुनै मिडिया हाउसमा जागिर पाएपछि मात्रै उनीसँग परिचय गर्नेछु। उनले मलाई चिन्थे बाटोमा सधैँ देखिने बटुवालाई झैं। तर हामी बीच देखादेख भए पनि कुराकानी भएको थिएन।
उनको बहस हेरेपछि दाई संग कार्यक्रमको ’bout निकै छलफल हुन्थ्यो। कतिपय एपिसोडमा उनी आक्रोशित भई खरो तरिकाले राजनीतिकर्मीलाई सोधेकोमा मलाई चित्त बुझ्दैन थियो। तर, कतिपयमा भने उनले अँठ्याएर सोधेको प्रश्न र उत्तर नपाएर अक्क न बक्क बनेका नेतालाई देख्दा निकै मन पर्थ्यो। हाम्रो घाँटीमा अड्केका प्रश्न उनी ठ्याक्कै सोध्थे। देशका ठुला बडा नेता र मन्त्री भैसकेकालाई पनि निर्धक्क सोधेको देखेर गर्व लाग्थ्यो। उनी अलि बढी नै कठोर र आक्रोशित भए जस्तो पनि लाग्थ्यो।
तर, कोशी बाढीपीडितको कार्यक्रममा एउटा घरको धुरीबाट पूरै परिवारलाई बचाँउदा उनको मुहारमा देखिएको हर्षोल्लास र सन्तोष भावले व्यक्ति नम्र र दयालु पनि हो जस्तो लागेको थियो।
अस्ति भर्खर कलाकार लक्ष्मण श्रेष्ठलाई मौका मिले र परिस्थितिले साथ दिए फेरी अर्को पनि अर्न्तवार्ता लिउँला भनेका थिए। तर, उनलाई उनकै स्वास्थ्यले साथ दिएन। 31

पशुपति परिसर बेलाबखत कतै लोहनी भेटिन्छन् कि भनेर खोजीबस्ने आँखाले उनकै लास आर्यघाटमा जलेको टि.भि मा देख्यो। विश्वरुप नजिकको खुला ठाँउमा अग्ला लोहनी ब्याडमिन्टन खेलिरहेको झझल्को बोकेर परिक्षामा म कसरी केन्द्रित हुनेँ? उनी प्रतिका थुप्रै जिज्ञाशा सधैँका लागि अनुत्तरित रहे। पत्रकारितामा आफ्नो परिचय बनाएपछि मात्रै उनीसँग प्रंश्न गर्ने मेरो धोको अधुरै रह्यो।