गोसाइकुण्ड जाने भूत

gk1
तस्वीर सबै रियालिटि बाइटस् ब्लगबाट साभार

आजकाल दिन यतिकै वित्दै छ । विना कामको । जाँच सकेपछि यो गर्छु त्यो गर्छु र् याकमा कहिले देखि थन्किएका किताब पढ्छु मन लागेको ठाउँ घुम्न जान्छु । तर खै त यतिका दिन बितिसक्यो मैले योजना अनुरुप काम गरेको । यो विदाले त मलाई झन् पिरोल्दै छ किनकी म त दिनभर अल्छी हुँदै छु । टिभी हेर्छु हेर्दा हेर्दै निदाउँछु । दिनभरमा पचास पटक किचन जान्छु खान्छु मोटाउँछु ।

तीस पेजको लेख्नुपर्ने प्रोजेक्ट कहाँ गयो छनलाई त दिमाग मै छ । तर गरेको छैन । छोएको सम्म पनि छैन । आफैँलाई दिक्दारी चलेर आउँछ मैले के ताइँ न तुँइको विषय छानेछु । अब अरु गर्न पनि त के सक्छु र यसैलाई सुरु गर्न पाए हुन्थ्यो त्यो साईत खै कहिले आउँछ । यो सम्झेर आफैँ देखि दिक्क लाग्छ । मानिसले कति तिर के मात्रै गर्दैनन् म सँग त फुस्रदै फुस्रद हुँदा पनि केही गर्दिन । छि म त । बेसोमति निर्लज्ज । साथी रु ले मजाकमै दिएको कुनै बेलाको उपनाम जस्तै ।
gosaikunda_trekking
स्वर्गाको टुक्रा सायद यस्तै दृश्यलाई भनिन्छ

खासमा समस्या आफैँमा हो । कतै जाने हुटहुटि चलेपछि नगए सम्म म यस्तै । कहिले सम्म चल्ला यस्तो एकलकाटे जिद्दि बानीले । ुसधै यस्तो बानीले चल्दैन तु कसैकसैको सदाबहार डाइलग । साँचो पनि हो ।

अहिले मलाई गोसाइकुण्ड जाने गज्जबको भूत चडेको छ । हेरुँ जाने कुरा कतिको मिल्छ । गोसाइकुण्डका तस्बिर दिनमा कम्तीमा आधा घण्टा हेरेर आफैँमा उखरमाउलो हुन्छ । संसार साच्चै विचित्रको छ । जो की यति सुन्दर ठाउँ बनेका छन् । कुण्ड यति निश्चल र काचन छ की माथिका आकाशै छाँयामा मात्र किन र साच्चै त्यही पानी माथि तैरिए जस्तो । सायद आकाशको निश्चलता र पानीको काचन वर्णन यही दृश्यलाई मात्रै प्रयोग गर्नु वजस्वी हुन्छ । सार्थक हुन्छ ।

यस्ता हिमाल हेर्ने अबसर कसरी छोड्नु ?

यस्ता हिमाल हेर्ने अबसर कसरी छोड्नु ?


धेरै मान्छे भन्छन् एक्लै नजानु नि गोसाइकुण्ड । बाटो ठिक छैन । अब के गरुँ त कोही साथी नपाएपछि म पाए कोही साथी सँग जाउँला नपाए एक्लै पनि जाउँला । घरमा भन्दै हुनुहुन्छ बाटाभरी मान्छे हुन्छन् एक्लै गए पनि केही नहोला ।

त्यसैले लाग्छ यो पटक त साईत जुरेको होला नी मलाई जान । त्यहाँ जान पाए के मात्रै हुँदैन थियो होला । ती तस्बिर आफैँले खिच्न पाउँदा झ्न मलाई कति ठुलो आत्मसन्तुष्टि होला । सोच्दै मन भरिएर आउँछ । म पक्का जान्छु हो यो पटक त गोसाइकुण्ड । अब मात्रै मलाई अठार गतेको पर्खाइ छ । निश्चित त पुरा छैन के पक्का भन्नु । गइन भने फेरी उही निराश भएर यही ब्लगमा त पोखुँला आफ्ना निराशा ।

Advertisements

दृष्टिविहीनको ‘भिजन टुर’

यो लेख आजको नागरिक घुमफिरमा प्रकाशित भएको हो ।

यो खुत्रुके रोजिनाले पछि सम्मै आफैँ छातीमा च्यापिरहिन्

यो खुत्रुके रोजिनाले पछि सम्मै आफैँ छातीमा च्यापिरहिन्



टङ टङ टङ …

गाडी छुट्न लाग्दा घन्टाघरको घन्टी नौचोटी बज्दै थियो । भक्तपुर र नगरकोट भ्रमणका लागि उत्साही भएर घन्टाघरमा भेला भएका ३० जना दृष्टिविहीनहरुले चाल पाए विहानको नौ बजेछ । शनिबारको दिन । दृष्टिविहीनहरुसंग कला र संस्कृतिको सुन्दर नगरी भक्तपुर र रमणीय पर्यटन स्थल नगरकोट घुम्न जाँदै थियौं हामी । भ्रमणको नाउँ थियो भिजन टुर ।

नटराज ट्राभल्सले आफ्ना संस्थापकको दसौं पुण्यतिथि पारेर सबैका लागि पर्यटन भन्ने उद्देश्यका साथ यो भ्रमण आयोजना गरेको थियो । कार्यक्रमका योजनाकार थिए टिम नोदनका रमण भट्टराई । साथमा थियो इन्टरफेस नेपालको टोली जो भ्रमणलाई वृत्तचित्रमा उतार्दै थियो । अनि हाम्रा गाइड थिए वसन्त रायमाझी । सात वर्षदेखि पथप्रदर्शकको काम गर्दै आएका उनी पहिलोचोटि दृष्टिविहीनहरुलाई ठाँउ चिनाउँदै थिए ।
DSC07133रमाउँदै निस्कियौं भिजन टुरमा ।

आधा घन्टामा भक्तपुरको टुरिस्ट वसपार्क पुग्दा धिमे बाजाको झन्कारसंगै स्थानीय नेवार युवतीहरु हाम्रो स्वागतमा तयार थिए ।

‘अहिले हाम्रा दाँया बायाँ क्युरिया पसलहरु छन्,’हाकुपटासीमा सजिएकी एक युवतीले दरबार स्क्वायर चिनाउँदै भनिन् ।

बाजाको ताला हिँड्दै दृष्टिविहीन रमेश दाहालले भने,’मलाई त अहिल्यै नाचौं-नाचौंजस्तो लाग्यो ।’ भ्रमणकर्तामा धेरैको संगीतमा रुचि थियो कोही त आफैं सिकिरहेका रहेछन् ।

हाकुपटासीमा सजिएका नेवार युवती धिमे बाजा बजाउँदै

हाकुपटासीमा सजिएका नेवार युवती धिमे बाजा बजाउँदै


पचासजना जतिको समूह ढिक्का भएर बाजागाजासहित भक्तपुर नगर परिक्रमा गर्दा स्थानीयबासी घरका आँखीझ्यालबाट चियाइरहेका थिए । मन्दिरबाट फर्कदैँ गरेका महिला हातमा पूजाको थाली र पानीको करुवा च्यापेर हाम अचम्म मान्दै । दृष्टिवीहिनहरुको भ्रमणले पर्यटकहरुको पनि ध्यान चोरेको थियो । भक्तपुरका प्राचीन दरबारको तस्बीर खिच्न आएकाहरु हामीतिरै क्यामरा सोझ्याउँदै थिए ।

दरबार स्क्वायर छिर्ने मूल गेटभन्दा ठीकभित्र भक्तपुर नगरपालिकाका पूर्वमेयर पे्रम सुवाल दृष्टिविहीनहरुको स्वागत गर्न उभिएका थिए ।

‘दृष्टिविहीनहरुले भक्तपुर भैमण गर्न लागेकोमा म निकै खुसी छु,’ उनले भने ‘यसले दृष्गिटविहीनले पनि भैमण गनै सक्छन् भन्ने मान्यता विकास गर्छ । आन्तरिक पर्यटनलाई पनि टेवा पुर् याउँछ ।’

क्लिक क्लिक

क्लिक क्लिक



पढ्नेक्रम जारी राख्नुहोस्

जिन्दगी बर्बाद गर्ने विरोध

यो लेख आजको नागरिक दैनिकमा प्रकाशित भएको हो ।

साँडे तीन वर्षअघि अभिभावकले मलाई काठमाडौं विश्वविद्यालयमा भर्ना गर्नुको कारण मेरो चाहनाका साथै बन्दबाट अछुतो विश्वविद्यालय भनेर पनि थियो । मेरा साथसाथै अन्य अभिभावकले पनि भन्ने गरेको सुनेको छु ुतिमी पढ्ने ठाँउमा त त्रिभुवन विश्वविद्यालयमा जस्तो बन्द हड्ताल हुँदैन होइन तु हो त्रिवीमा जस्तो बन्द हड्तालका कारण एक डेढ वर्ष ढिलो पढाइ सकिने हुँदैन केयुमा । तर केयु बन्दबाट पुरै अछुतॊ भने छैन । शैली फरक होला बन्दै नहुने चाहिँ हैन । त्यसमाथि काठमाडौं भक्तपुर र काभ्रे जुन जिल्लामा बन्द भएपनि त्यसको प्रत्यक्ष असर यहाँको पठनपाठनमा पर्छ ।

अघिल्लो सेमेस्टरको परीक्षा बन्दबाट प्रभावित हुन खोजेको थियो । त्यतिखेर बालकुमारीकै भवनमा विद्यार्थीलाई बसालेर परीक्षा लिइएको थियो । यस पटक भने परीक्षा नै स्थगित भएको सूचना टाँसिएको छ । यस पटक विश्वविद्यालयमा ताला नै मारिएको छ । यसरी ताला मार्ने पनि कसै न कसैका अभिभावकै हुन् । अब अभिभावकले नै परीक्षाको बेला परेर विरोध गर्छन् भने कसको के लाग्छ विश्वविद्यालय प्रशासन शिक्षक जोसँगकॊ असन्तुष्टि भए पनि उनीहरुले विद्यार्थीको परीक्षामा असर नपारी विरोध गर्न सक्थे । आखिर नेपालमा राम्रो कुरा सिक्ने संस्कार नबसे पनि नराम्रोलाई प्रश्रय दिने संस्कार जो विकसित भएको छ । विश्वविद्यालय प्रशासन वा सम्बन्धित निकायले पनि आन्दोलनकारीको उचित माग बेलैमा सम्बोधन गरेर परीक्षा अगावै टुंगो लगाएको भए हुने थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Flower, Umbrella, Setting sun &……

pink flower blossom

pink flower blossom


No clouds in my storms
Let it rain, I hydroplane in the bank
Coming down with the Dow Jones
When the clouds come we gone, we Rocafella
We fly higher than weather
And G5’s are better, You know me,
an anticipation, for precipitation. Stacked chips for the rainy day
Jay, Rain Man is back with little Ms. Sunshine
Rihanna where you at?
U can stand under my umbrella ella ella

U can stand under my umbrella ella ella

[Rihanna]
You have my heart
And we’ll never be worlds apart
May be in magazines
But you’ll still be my star
Baby cause in the dark
You can’t see shiny cars
And that’s when you need me there
With you I’ll always share
Because पढ्नेक्रम जारी राख्नुहोस्