LaxmiPuja via Picture

Happy Dipawali

Happy Dipawali


sayapatri ra diyo

sayapatri ra diyo

Laxmipuja at home

Laxmipuja at home


sunsan sadak on the way to Bhadrakali

sunsan sadak on the way to Bhadrakali

title=”DSC08559″ width=”500″ height=”375″ class=”aligncenter size-full wp-image-456″ />
Subha Labh

Subha Labh

title=”DSC08603″ width=”500″ height=”375″ class=”size-full wp-image-458″ />
People at Bishal Bazaar

People at Bishal Bazaar

gudpak bhandar @ NEwroad

gudpak bhandar @ NEwroad

Newroad
Deusi Bhailo

Deusi Bhailo

the festival of light, colour and flower
nice decoration

nice decoration

Chitha...Bekam ko inside Bishal Bazaar
Pasal sajauna besta byapari

Pasal sajauna besta byapari

Bhaili group
another one

another one

CIty Centre
the well decorated house

the well decorated house

Bishal Bazaar Chowk
Narayanhiti Museum

Narayanhiti Museum

किरियापुत्री जागिर

यो लेख आजको नागरिक सप्ताहन्त ‘जीवनशैली’मा प्रकाशित भएको हो । DSC06527
जीवन भनुँ त घात छ
मृत्यू भनुँ त सास छ
दोधारमा बाँचु कति
हर गीतमा चित्कार छ

बागमतिको किनारै किनार आर्यघाट हुँदै राजराजेश्वरी छिर्न खोज्दा बाँदरको कोलाहल बीच देवालयको दलानबाट मधुरो स्वरमा भक्तराज आचार्य रेडियोमा गुिाजरहेछन् । जीवनका आखिरि दिनमा सहारा खोज्दै आइपुगेका बृद्धबृद्धा जीवनका दुखसुख भोगाईलाई यही गीतमा उनीरहेका छन् । भलै उनीहरुको ध्यान गीतमा भन्दा परिस्थितिले ल्याइदिएको एक्लोपनमा छ । पावरवाल चस्मा छेड्दै उनीहरुका दृष्टिले हातमा कातिरहेको बत्तिको फन्को संगैै जीवनको अन्तिम दिनहरु पर्खिरहे जस्तो । आ-आफ्नै सुरमा पिँढीमा एक्ला देखिँदैनन् संगै कोही उभिएको हेक्का पनि राख्दैनन् ।

सोह्र श्राद्ध लागेकाले बाटैभरी श्राद्ध गर्नेको घुइँचो छ । यहाँ बाँच्दाको लागि भन्दा मरिसके पछि गरिने कार्य धेरै देखिन्छ । चितामा लास जलाउने देखि तेह्रदिनको काजकि्रया गर्ने सम्म । शोकमा डुब्ने देखि कमाई गर्ने मेलो कुर्ने सम्म । चितामा मृत शरिर बल्न तयार छ । यता आफन्तको आँखाबाट भेल र मुखबाट रोदनको चित्कार छुटेको छ । यही परिवेश एकैछिन नियाल्ने हो भने मन कता कता भारि हुन्छ । आखिरी मरि लानु के छ र बाँच्दा यत्रो मरिमेटि हानाथाप के का लागि चितामा बल्न तयार त्यो मृत शरिर कतिको आँखाको नानी बन्यो होला कतिको आँखाको कसिङ्गर । उसले गरेको असल र खराब काम दुवैलाई चिनजानका ब्यक्तिले सम्झे होलान् ।

यसरी जल्न लागेको शरिरलाई विदेशी निकै चासो दिएर हेरिरहेका छन् । सायद यति घोत्लिएर नहेरेकैले होला हिन्दु संस्कारमै हुर्किएको मलाई यो परम्परा बडो अजिबको लाग्दै छ ।

त्यही बाटो हुँदै साँगुरो ओडार पार गर्दा मानिसका अझ बेग्लै ब्यस्तता देखिन्छ । कोही नुहाउन कोही पात गाँस्न त कोही बाँदर कुकुरबाट किरिया पुत्री जोगाउन । सबै चलन अनुसार आ-आफ्नो पितृ संस्कार गर्दैछन् । कोही आफ्नै आफन्तको कोही अर्काको खेताला भएर । आफन्तको गर्दै आएको त देखे सुनेकै हो ।

DSC07840
मेरो विशेष जिज्ञासा अर्काको बाबुआमाको लागि गरिदिने काजकृयामा छ । हुनलाई यो पेशा यहाँ सुरुभएको दुई तीन दशक भइसक्यो । पशुपति क्षेत्र विकास कोषले घाट ब्यवस्थापन मार्फत् गराएको २०५४ साल देखि रहेछ । बाहिरी आफ्नै परिस्थिति अनुकुल पारेर आउने पनि छन् । घाट ब्यवस्थापन मार्फत् जागिरकै रुपमा गर्ने जम्मा २४ ब्यक्ति छन् । जसमा एक ३५ हाराहारीकी विधवा महिला छिन् । दुई महिना अगाडी कुनै एउटा पत्रिकाले किरिया पुत्री मासु भात खान्छन् भनेर लेखिदिएको रहेछ । यही कारण यहाँका कोही पनि पत्रिका संग कुरा गर्न चाहँदैनन् । मलाई यीनै ब्यक्तिको कथा खोतल्नु छ । यही पेशामा सबैभन्दा बढी अनुभवले खारिएका ब्यक्ति संग कुरा गर्न चाहन्छु म । डायरी र कलम हातमा निकाल्ने बितिकै ती बाजे म माथि जाइ लाग्न थाल्छन् । ुहामी संग एकथरी सोध्नु हुन्छ अर्को थरी लेख्नु हुन्छु उनी भए जतिको पीडा एकैपटक पोख्छन् ुहाम्रो त काम गरी खाने भाँडो यही हो ।ु यहाँका यी किरिया पुत्रीको काम गर्नेको ’bout त्यसतो झुटो कुरो छापिएपछि जागिर नै संकटमा पर्ने भो भन्ने पीर परेको रहेछ ।

कहिले यहाँ कहिले त्यहाँ गरी चार घन्टामा झण्डै त्यहाँका अध्ययक्ष देखि कार्यालय सहयोगी सम्म कुरा गरेपछि बल्ल एकजना ज्यालामा बसेका किरिया पुत्री कुरा गर्न राजी भए । म यीनैको कथा सुन्न चाहन्छु उनको वितेको जीवनको आरोह अबरोह खोतल्न चाहन्छु । तर उनले पनि पहिला त्यही घटना सुनाए । ‘हामी आफ्नो मन बचन र कर्मले काम गर्छौ,’उनले भने,’तपाईँहरु हाम्रो हातमुखै जोड्न गाह्रो हुनेगरी लेखि दिनुहुन्छ ।’

मैले लेख्न लागेको विषयको ’bout बताए पछि उनी बल्ल विश्वस्त भए ।

DSC07838
‘सबै मान्छेले आफ्नो आफ्नो कर्म गर्ने होु भर्खरै आफैँले बोलेका यीनै शब्द मेरो डायरीमा पढ्दै उनले भने ुविधि फरक होला तर यो पनि कामै हो ।’ उनले यो पेशा रहरले अङ्गालेका हैनन् । न नै कसैको बाध्यताले । सम्झि ल्याउँदा आफ्नै दायित्वले । आफ्नो र आफ्नाको पेट पाल्ने ध्येयले एकसरो लुगा जोडिदिने जमर्कोले ।

आमा आफू जन्मेको एक वर्ष पुग्दै वितिछन् । त्यो यथार्थ उनले आफ्ना साथी आमाको ममतामा रमाएको देखेर मात्रै हेक्का पाए । मन अझै कुँडिन्छ आमाको स्नेह कस्तो हुन्छ थाहा नपाउँदा ।

पुर्ण प्रसाद रिजाल ३० हेटौडाको नवलपुरमा जन्मे हुर्केका । घरमा बा कान्छी आमा दुई भाई तीन बहिनी श्रीमति र एक छोरी छन् । दुई दिदीको विवाह भइसक्यो । यी दस जनाको मुखमा माड लाग्ने उनै एकजनाको कमाईले हो । ुभाइबहिनी पढ्न रहर गर्छन्ु किरिया बसेको आठ दिनको दिउँसोको चर्को घाम हत्केलाले छेक्दै उनले भने ुआफूले नपढेको पश्चातापले पनि उनीहरुलाई पढाउन मन लाग्छ ।ु खेतीबारी अलिकति छ तर नगद निकाल्ने तागत कसैसंग छैन । उनलाइ चार वर्ष अघि सम्म पनि यो काम गर्छु जस्तो लागेको थिएन । त्यति खेर भारतमा पाँच वर्ष बसेर फर्किएका उनी काठमाडौंमा बाँच्नको संघर्ष राम्रै बुझेका थिए । भर्खर भर्खरको विवाह थप जिम्मेवारी । उनलाई लाग्छ जीवन एउटा संघर्षको यात्रा हो जे परिआउँछ त्यही गर्नुपर्छ ।

एघार वर्षको उमेरमा भिनाजु संग काठमाडौं छिरे । भँैसेपाटिको स्कुलमा भर्ना भए । चार कक्षाबाट मास्तिर लाग्न सकेनन् । यसो उसो काम गर्न पनि नसकेपछि फेरी हेटौडा फर्किए । त्यहाँ पुग्दा झ्न दायित्व देखे । बलिया पाखुराका उनी एक्लो त्यसबाहेकका सबैको रेखदेख उनकै काँधमा । १७ वर्षको उमेरमा काठमाडौंमा कर्म खोज्नु बाहेक विकल्प थिएन । यहाँ आएर भौतारिँदै गर्दा तारा गाउँमा उनले जागिर पाए । महिनाको अन्तिममा ३५ सय आउँथ्यो । दुख जिलो टरेकै थियो खल्तीमा एक सुको बच्न सकेन । यसै बेला भारत तिरै काम गर्ने मामा आए । भान्जाको दुख कठिनाई राम्रै संग बुझेका उनले भारत तिरै लैजाने मन गरे । मामा माथि शंकै भएन । ३५ सय को जागिर लात मारेर भारत तिर लागे । उनको प्रस्ताब घरकाले पनि स्वीकारे । तर अफसोच मामा र उनी दुवै भारतिय रेलमा लुटिए । भएको सबै लुटिए पछि नाङ्गीझार भएका उनीहरु जे पाए पनि गर्ने आशमा थिए ।

नयाँ दिल्ली जसै जान चाहेका उनीहरु संग टिकट नभएको थाहा पाए छ महिनासम्म जेल हालिन्छ भन्ने पीर थियो । यसो भए दुवै तिरको बिल्लीबाठ । त्यसै बेला एकजना भारतिय नागरिकले सखर फ्याक्टरीमा काम लगाईदिने बताए । आफू नै मालिक भएको र काम राम्रो गर्दै गए तलब बढाउँदै जाने आस्वाशन दिएपछि उनीहरु छ महिना जेल नबस्नुपर्ने भो भन्ने मै खुसी भए । काम लगाईदिनेले महिनाको १२ सय भारतिय रुपैँया दिने तर पहिला पाँच वर्षको कन्ट्रयाक्ट साईन गर्नुपर्ने बताए । त्यो बेला उनीहरुलाई लागेको थियो ‘चौटा खान आएकी बुढी झोलमा डुबेर मरी।’ तत्कालका लागि अरु बिकल्प नपाए पछि त्यही गर्नु बाध्यता थियो । यसरी उनी नयाँ दिल्लीबाट एकदिन पुरा रेलमा चढेर काम गर्ने ठाउँ स्याम्ली रोड भैँसवाड गाउँ पुगे । मामा र भान्जालाई भिन्न ठाउँमा खटाइयो ।

त्यो बिरानो ठाउँमा सखरको गुलियो गन्धमा उनको मन सधैँ अमिलो भयो । पाँच वर्ष नबितुाजेल दिन गन्दै बसिरहे । ‘काममा इमानदार भएर होला साहुले माया गथ्र्यो,’ उनले त्यो कहाली लाग्दो क्षण सम्झे,’साहुले आफैँ खान लाउन दिन्थ्यो त्यसैले कमाएको पैसा जोगाउन सकेँ ।ु पाँच वर्ष सकेर घरमा पहिलोपटक छिर्दा ६० हजार भारतीय रुपैँया ल्याए ।

फर्किँदा उनले दृढ संकल्प गरेका थिए ‘अब मरी गए पनि अर्काको देशमा काम गर्दिन ।’ त्यसपछि पनि आम्दानी गर्ने थलो राजधानी नै भयो । काठमाडौँ आएपछि भौतारिँदै थिए कामको खोजीमा । के गर्ने कस्तो गर्ने केही अत्तोपत्तो थिएन । यसै ताका स्वर्गद्धारीबाट फर्किएको बस दुर्घटनामा परी महाराजगाज घर भएका एउटै परिवारका चार सदस्यको एउटै चिहान भयो । दुई सासु ससुरा र दुई बुहारी । सासु ससुराको दुई छोरा बस्ने भए दुई बुहारीको लागि दुई जना अरु मान्छे चाहियो । हाल घाट ब्यवस्थापन समितिका अध्यक्ष राजु कुमार रेग्मीले त्यहीबेला उनलाई ‘ज्याला राम्रो दिन्छु मान्छे छैन किरियापुत्री बसिदेऊ भने ।

DSC07911
‘पहिला त कहिलै नबसेको यस्तो काम गर्न खुब डरलाग्यो,’ उनले त्यो क्षण सम्झे,’फेरी आफ्नो दुख बुझेर रेग्मी सरले अनुरोध गर्दा नाई भन्न सकिनँ ।’ पहिलोपल्ट अर्काको घर गएर किरिया पुत्री बस्दा अचम्म लागेको थियो बस्दै गएपछि बानी पर् यो । ‘हाम्रो परम्परा अनुसार बुवा छँदै छोराले किरियापुत्री बस्न हुँदैन,’ उनले भने,’मैले बुवालाई नसोधी यो काम गरेँ भन्ने पश्चाताप तेह्र दिन नहुजेल लागि रह्रयो ।’

तेह्रौ दिनको दिन उनले जिन्दगीकै धेरै कमाई गरे । घाट ब्यवस्थापन समितिले ७५०० र घरभेटी स्वयंले ३००० जम्मा १०५०० । उनले २६ वर्षको उमेर पुग्दा सम्म यति रकम एकैपटकको कमाईमा कहिल्यै लिएका थिएनन् ।

‘मलाई त काठमाडौंकै धनी भएँ जस्तो लाग्यो,’उनले मधुरो मुस्कानमा भने,’तर बाको चित्त दुखाएँ भन्ने ठुलो पीर थियो ।’

त्यति पैसा लिएर उनी सिधै हेटौंडा स्थित घर गए । बालाई सबै यथार्थ बताए ।

बाको बुझाई निकै घत लाग्दो थियो । ‘तेरो आमा नभएकोले एउटा अङ्ग छैन घरमा यति धेरै जिम्मेवारी छ इमान्दार भए जे गरे पनि हुन्छ,’ बाको यति बचनले उनलाई हलुका भयो । बाकै सल्लाह अनुसार उनले फेरी यही काम सुरु गरे ।

चारवर्षको अनुभवमा जम्मा ६४ वटा काजकिरिया गरिसके । कतिका आमा थिए होलान् कतिका बा भाउजु छोरा छोरी । यसरी बस्दा साला खाला महिनाको दस देखि १५ हजार आम्दानी हुन्छ । ‘त्यो भन्दा ठूलो मानिसको सन्तुष्टि हो,’ गौशालाकी एक नेवार महिलाको किरिया बसेको दसदिनको दिन घरभेटीको मुहारमा हेर्दै उनले भने,’ आज सिधियो उहाँहरु मबाट खुसी भएको देखेपछि इमानदार भएछु भन्ने आत्मसन्तुष्टि हुन्छ ।’ धेरै जस्तो परिवारहरु त वर्षै भरी तिथिश्राद्धमा समेत उनलाई बोलाउँछन् ।

किरिया बसिरहँदा चाहिँ दिनचर्या कसरी बित्छ त । विहान उठ्यो नुहाई धुवाई ढिकुराको पुजा गरेर एकछाक अलिनो भात खायो दिउसो घाम तिर टहल्यो गरुढ पुराण सुन्यो साझको बत्ति बालेर काँडा पानी खाई सुत्यो । किरिया कुन जातको बसेको छ त्यो अनुसार फरक पर्दोरहेछ । नेवारको भए नुन खान हुने भएकाले खासै गाह्रो हुँदैन । बाहुन क्षेत्रीको अलि गाह्रो हुन्छ । गुरुङ्गले बाहुन क्षेत्रीकै परम्परा अनुसार गर्छन् । रिति अनुसार जसको जे पर्छ उनी इमानदार पूर्वक गर्छन् ।

तेह्र दिन सम्म बस्दा घर बालबच्चा खुब याद आउँछ । यो काममा लागेपछि घरपरिवारलाई समय दिनै मुस्किल पर्छ । आउनै लागेको दशैँमा पनि आफ्नो पालो परिहाले नाईँ भन्न पाईदैँन । यो दशैँ मनाउन पाइने हो हैन उनलाई शंकै छ ।

हातमा उनले निलो डाममा पी र यू लेखेका छन् । आफ्नो र श्रीमतिको पहिलो अक्षरलाई जोडेर । संगैका ब्यक्तिले के लेखेको भनि सोध्दा उनले मुसुक्क हाँसेर आफ्नो कमिजको बाहुला नाडी सम्मै ताने ।

यो पेशामा कहिले सम्म लाग्छु भन्ने थाहा छैन । अर्को कुनै काममा लाग्ने पनि तत्काललाई सोचेका छैनन् । ‘यो काममा आम्दानी मात्रै हैन मानवीय कार्य हुन्छु उनले भने,’अरुको दुखमा साथ दिँदा धर्मै गरेँ जस्तो लाग्छ ।’ आखिर त्यही आर्यघाटमा मृत शरीर जलिरहे जस्तो एकदिन यो संसारबाट विदा भई जसरी नाङ्गै आएका थियौं त्यसैगरी जानैपर्छ । उनको बुझाई पनि यही हो ।