सोचे जस्तो हुन्न जीवन……..

स~ाचारकर्मी मीरा आचार्य पति हरिवंश आचार्यलाई जन्मदिनको केक अन्तिमपटक खुवाउँदै : Pramb

अन्तिम संस्कारमा लगिँदै .........

भरेफेरी एकान्तमा रुनु त छदैँ छ

भरेफेरी एकान्तमा रुनु त छदैँ छ

तिमी बिना कसरी बाँच्नु ?

नसोध मलाई कहाँ दुख्छ घाउ....

नसोध मलाई कहाँ दुख्छ घाउ...........

तिमी बिनाको जीवन.....सोच्न मात्रैनि म सक्दिन......

लैजाउ तिमीले र मैले दुई फेर तानेर तन्काएको इन्द्रेनी लैजाउ तिमीले र मैले बतास भरेर अकाशमा पठाएको बादल .........

यो साथ अब सधैँलाई छुट्यो......

टेलिभिजन पत्रकारिता साह्रहै झुर हुन्छ । मान्छको संवेदा कस्तो नबुझेको...

.......

Advertisements

भोलि संसार बिउझिँदा मेरो आजको असफलता मेटियोस्….

क्यामेरा समुन्द्रि छालले बगाएपछि....... मैले कसरी उतार्न सक्थे र ??

‘बितेको वर्षलाई फर्केर हेर्दा कस्तो लाग्छ ?’ विजयकुमारको दिशानिर्देश कार्यक्रममा प्राय अतिथिलाई सोधिने प्रश्न । एउटा कुरा शास्वत सत्य हो फर्केर हेर्दा उपयोगी र अनुपयोगी दुबै खाले अनुभवले जो कोहीलाई थिचेकै हुन्छ ।

२०६७ लाई फर्केर हेर्ने हो भने म ठुलो उपलब्धि पनि त्यहीँ देख्छु आफूले केही गर्न नसकेको यथार्थ पनि त्यहीँ देख्छु ।

चेन्नाईस्थित पाँच तारे होटलको वातानुकुलित कोठामा बसेर म स्मरण गर्न खोज्दै छु बितेको वर्ष । स्नातक सकेको वर्ष जागिर खाएको पहिलो वर्ष एउटा समूहको साथीलाई छाडेर व्यवसायीक जीवनमा प्रवेश गरेको वर्ष । दिमागमा तत्काल आएका विषयहरु यिनै हुन् । यी सबै उपलब्धि नै भए ।

स्वार्थी बन्दा केही साथ गुमे जागिरको एकोहोरो लगाममा लाग्दा अध्ययन ठप्प भयो भविष्य कोर्ने बाटाहरु साँघुरिँदै गए जस्तो लाग्छ । १२ दिनका लागि मात्रै भए पनि चेन्नाइ आएपछि यहाँको पढाईको तरिका परिश्रमि मानिस मलाई अजिब कै लाग्यो । नेपाल छोडेको पहिलो अनुभव भएकोले पनि होला मैले आफूलाई यथार्थसँग भिजाउनै सकिरहेको छैन । आफूसँग केही छ नै भने पनि मैले त्यसलाई कुनै दर्जा दिने ठाउँ देखिन । आफूले गर्नु पर्ने सिक्नुपर्ने र जुध्नुपर्ने ठाउँ धेरै रहेछन् म कस्तो साघुँरो ठाउँमा हुर्किएको  कस्तो सानो परिधिमा आफ्नो भविष्य खोजेको  यस्तै यस्तै ।

यहाँ दस दिनदेखि एउटै कोठा घोत्लिँदा जे सोचे पनि म फर्किए पछिको परिवेश उही हुन्छ । बिहान कलेज दिउँसोदेखि मध्य रातसम्म त्यही समाचारको खोजी । यो एकोहोरो दैनिक कहिलेसम्म चल्ने हो ? मसँग कति नै ज्ञान छ र मैले त्यो लाखौं पाठकलाई दिने ? यदि म सक्षम छैन भने जागिर खानकै लागि लेखेर किन पाठकलाई ठग्ने  ? अनि मेरो भविष्य कुन आधारमा कहाँ मैले खोज्ने ? मात्रै प्रश्न छन् । गुनासा छन् आफैँ सँग ।

‘वर्क फर जोए नट फर रेप्यूटेशन’ अग्रज पत्रकार विजयकुमार पाण्डेले मलाई मेरो करियरको सुरुवाती दिनमा दिएको सल्लाह । यति धेरै गुनासा र अनुत्तरित प्रश्नको बिचमा मैले कसरी रमाइलोको लागि गर्ने । पत्रकारिता पेशाप्रति मेरो रुचि घट्दै गएको हो कि मैले यसमा आफ्नो भविष्य नदेखेको हो । सबैतिरबाट प्रश्न मात्रै उब्झिन्छ ।

नयाँ वर्ष यस्तो प्रश्नैप्रश्नबाट सुरु भएको छ । शनिबार त म काठमाडौं पुगिहाल्छु । त्यसपछि पहिलाकै दैनिकी रोज्ने कि केही फरक बाटोको सोच बनाउने ?  फेरी प्रश्न ।

मानिसको जीबनबाट यी सबै प्रश्न समुद्रको छालले बगाएर लगे हुने नि । साच्चै मेरो क्यामरा कुन स्थितिमा कहाँ पुग्यो होला । आँखा झिम्काउन नपाउँदै बगाएर लग्यो । समुद्रको गर्भमा पुग्यो होला । मेरा केही स्मृति बोकेर । जुग जुग ती स्मृति त्यहीँ रहन्ेछन् । कुनै दिन कसैले टाइटानिक मुभिमा जस्तो गरी समुद्र मुनि पुगेर मेरो स्मृति खाज्ला कि के थाहा ।

मेरो नयाँ क्यामेराबाट खिचेको पहिलो फोटो.......

मैले अझै आफूलाई ती कुराहरुमा आस्वस्त पार्न सकेको छैन । कसरी मेरो क्यामरा पाउचबाट झर्यो कसरी त्यो आधीँ बोकेर आएको छालले आँखा झिम्काउन नपाउँदै मेरो क्यामरा बगाएर लग्यो । अनि कसरी मैले कोसिस गर्न चाहँदा चाहँदै मेरो सामथ्र्य पुगेन त्यसलाई जोगाउन । मैले धेरै दिनको यताको बसाईँ र क्यामराले मलाई एक किसिमको अनौठा दार्शनिक पाठले सिकाएको छ मेरो भविष्य मैले त्यसै गरी चाहँदा चाँहदै समाउन नसकेर एक निमेषभर मै सिधिने त होइन ?

यीनै कुरा मनमा खेलिरह्यो । पुरानो वर्षको अन्तिम दिन । २०६७ को अन्तिम दिन यस्तै कुरा मनमा खेलिरह्यो ।

अनि आफैँलाई सम्झाएर  कोठाको ढाका बन्द गरेँ- ‘भोलि संसार बिउँझिदा मेरो आजको असफलता मेटियोस् ।’

P.S. मेरो महिनाभरको पहिलो तलबले किनेको क्यामरा पहिलोपटक देखेको छालसँग जिस्किँदा गल्ती बिनै गुम्यो…….  त्यसलाई त मेरो अर्को महिनाको तलबमा मिलाउँदा भनेर मैले नयाँ किनेँ, रिप्लेस गरेँ । तर मेरो भविष्य ?????