my regular jottings

बिनिता दाहाल

रौतहटको कर्तव्यज्यान मुद्दाका ६ अभियुक्तलाई ‘कुनै कारणबिना राजनीतिक सिफारिसमा जोगाउन खोजेको’ भन्दै सर्वोच्चले अदालतले मुद्दा फिर्ता निर्णय कार्यान्वयनमा रोक लगाएको छ।

सरकारले कर्तव्यज्यान, अपहरण तथा शरीर बन्धक, डाँकाजस्ता जघन्य फौजदारी मुद्दाका ३ सय ६७ अभियुक्तको मुद्दा ‘द्वन्द्वकालमा राजनीतिक पूर्वाग्रह राखेर चलाइएको’ भन्दै फागुन १५ गते फिर्ता लिने निर्णय गरेको थियो।
२०६६ असोज १४ गते रौतहटको कटहरीयाका देवशरण महतोको गोली हानी हत्या गर्ने ६ जनाको मुद्दा फिर्ता निर्णय त्यसैमध्ये एक हो। यसरी कुनै कारणबिना राजनीतिक सिफारिसमा संरक्षण दिने नियतले मुद्दा फिर्ता लिँदा ‘कानुनी प्रक्रियाको अनुचित राजनीतिकरण हुने’ भन्दै सर्वोच्चले आइतबार कार्यान्वयनमा रोक लगाएको छ।
मुद्दाको पहिलो सुनुवाइमै न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतराज उप्रेतीको संयुक्त इजलासले रौतहट जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता रोक लगाउन अन्तरिम आदेश जारी गरेको हो।
देवशरणकी विधवा रुपिया देवीले ‘व्यक्तिगत रिसइबीका कारण गोली हानी श्रीमान्को हत्या गर्नेलाई सरकारले उन्मुक्ति दिन खोजेको’ भन्दै चैत १० गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन तथा न्याय, गृह, महान्यायाधिवक्ताको कार्यालय, रौतहट जिल्ला अदालत र मुद्दाका प्रतिवादीलाई विपक्षी बनाइएको रिटमा रुपिया देवीले सरकारको निर्णयअनुसार मुद्दा फिर्ताका लागि जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा निवेदन दिइसकेको जिकिर गर्दै कार्यान्वयनमा रोक लगाउन माग गरेकी थिइन्।
श्रीमान्को हत्यापछि रुपियादेवी आफैंले गोली हान्ने मोसाफिर महतो कोइरी, कृष्णनन्दन महतो, हरिनारायण महतो कुसवाह, श्यामकिशोरप्रसाद कुसवाह, रामजी महतो कोइरी, जितन दाश तत्मा र विगन महतो कोइरीविरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्यज्यान मुद्दा दायर गरेकी थिइन्। अदाललते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि पुनरावेदन अदालत हेटौंडाले अभियुक्तहरूलाई सामान्य तारेखमा छाडेको थियो। सर्वोच्चले २०६७ सालमा जिल्ला अदालतकै आदेश सदर गरेपछि बिगनबाहेक ६ अभियुक्त फरार नै छन्। बिगनको पुर्पक्षका लागि थुनामै रहेका बेला मृत्यु भइसकेको छ। रुपिया देवीले बिगनबाहेक ६ प्रतिवादीलाई राजनीतिक सिफारिसका आधारमा उन्मुक्ति दिन खोजेको भन्दै जिल्ला अदालतमा विचाराधीन मुद्दा फिर्ता नलिई यथास्थितिमै राख्न रिटमा माग गरेकी थिइन्।
आइतबारको आदेशमा सर्वोच्चले ‘थुनामा रहेको बिगन मरिसकेको र बाँकी अभियुक्त पनि कानुनी शासन लत्याएर फरार रहँदा राजनीतिक संरक्षणबाट कानुनी उन्मुक्तिको पृष्ठपोषण भएको’ उल्लेख गरेको छ।
‘म्याद गुजारी फरार रहेको अवस्थामा मुद्दा फिर्ता लिनुको कारणसमेत उल्लेख नगरी निर्णय गर्दा न्यायिक कारबाहीको सर्वोपरिता र फौजदारी दायित्वको निर्वाहनलाई पन्छाई राजनीतिक संरक्षणबाट कानुनी उन्मुक्तिको पृष्ठपोषण हुन्छ,’ आदेशमा छ, ‘यस्तो गम्भीर प्रश्न यो मुद्दामा देखिँदा सरकारको फागुन १५ को निर्णयबाट मोसाफिर महतो कोइरी लगायतको मुद्दा फिर्ता लिने कारबाही अघि नबढाउन र जेजस्तो अवस्थामा छ त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरिएको छ।’
मोसाफिरसहित ६ जनालाई उन्मुक्ति दिने निर्णय शान्ति सम्झौतामा उल्लेख भएअनुसार २०५२ फागुन १ देखि २०६३ मंसिर ५ भित्रको समयसीमामा नभएकोसमेत सर्वोच्चले व्याख्या गरेको छ। सरकारको फागुन १५ को निर्णयअनुसार द्वन्द्वपछिका घटनाका मुद्दालाई समेत राजनीतिको खोल ओडाएर उन्मुक्ति दिन खोजिएको आदेशमा छ।
‘सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा २९(१) अनुसार विवेकसंगत र युक्तिप्रयोग गर्न खोजिएको भन्ने फिर्ता लिने निर्णयमा प्रस्तुत हुनुपर्नेमा द्वन्द्वकालपछि भएका मुद्दा पनि घुसाएको देखिएबाट मन्त्रिपरिषद्मा प्रस्तुत प्रस्तावको उद्देश्य र फिर्ता लिने भन्ने मुद्दाको बीचमै सामञ्जस्यता देखिन आउँदैन,’ आदेशमा छ।
रुपिया देवीले रिटमा सरकारले कर्तव्यज्यानजस्तो फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरी सरकारी वकिलको कार्यालयले प्रक्रिया अगाडि बढाइसकेको काम संविधान र कानुन प्रतिकूल भएको रिटमा दाबी गरेकी थिइन्। उनले आफ्ना पति देवशरणविरुद्ध विगनकी पत्नीले आगजनी तथा डकैती मुद्दा दायर गर्दा अदालतले उनलाई सफाइ दिएको थियो।
पुर्पक्षमा थुनामै रहेका बेला मर्ने बिगनसँगको व्यक्तिगत रिसइबीका कारण आफ्ना पतिलाई गोली हान्नेलाई राजनीतिक सिफारिसमा उन्मुक्ति दिँदा आफैं असुरक्षित भएको रुपियादेवीले रिटमा गुनासो गरेकी छन्। ‘मेरो पतिको सुनियोजित रूपमा निर्ममतापूर्वक हत्या भएको हो भन्ने कुरा शव परीक्षण प्रतिवेदनबाट प्रस्ट छ,’ रिटमा उनले भनेकी छन्, ‘राजनीति नजोडिएको मुद्दामा मन्त्रिपरिषद्को अनधिकृत र गैरकानुनी निर्णयअनुसार फिर्ता लिने कुनै पनि काम नगर्नू भनी आदेश जारी गरिपाउँ।’
सर्वोच्चले रुपिया देवीले दाबी गरेअनुसार देवशरणको हत्या अभियोग लागेकाहरूको राजनीतिक मुद्दा भएको सरकारले खुलाउन नसकेको व्याख्या गरेको छ।
‘सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २९(१) बमोजिम प्रस्तुत मुद्दा राजनीतिक आधारमा चलाइएको भन्ने निष्कर्ष नै उक्त विवरणमा उल्लेख भएको छैन,’ सर्वोच्चले आदेशमा भनेको छ, ‘न त कुनै खास राजनीतिक प्रयोजनको मुद्दा भन्ने कारण उल्लेख भएको छ।’
यसअघिको झलनाथ खनाल सरकार र अहिलेको बाबुराम भट्टराई सरकारले सिफारिस गरेपछि भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको ३४ थान मुद्दा फिर्ता लिने निर्णय सरकारले एक महिनाअघि गरेको थियो।
परिबन्दमा परेकालाई न्याय दिलाउन ‘विशेष परिस्थितिमा मात्र प्रयोग गर्नुपर्ने’ कानुन दुरुपयोग गर्दै जघन्य अपराधीलाई पनि सफाइ दिने सरकारको नियत देखिएको भन्दै सर्वोच्चले विगतमा पनि यस्तो मुद्दा फिर्ता गर्न खोज्दा पटकपटक ‘जस्ताखाले मुद्दा पनि फिर्ता लिँदै अदालत नपठाउनू’ भनी सरकारको ध्यानाकर्षण गराएको थियो।

चैतभित्रै समायोजन सक्ने सहमति

बिनिता दाहाल
सर्वोच्च अदालतले संविधानसभा म्याद जेठ १४ मा सकिने टुंगो लगाइदिएपछि दलका नेतामा छिटो शान्ति प्रक्रिया टुंग्याएर निर्धारित अवधिमै संविधान जारी गर्न दबाब परेको छ। बुधबार सर्वोच्चले संविधानसभा म्याद जेठ १४ सम्मका लागि अन्तिमपटक थप्ने मंसिर ९ को आदेशलाई नै सदर गरेपछि शान्ति प्रक्रिया र संविधानका काम दुवैले गति पाएका छन्।

त्यसकै एउटा परिणाम हो- चैतभित्रै माओवादी लडाकुका शिविर खाली गर्ने सेना समायोजन विशेष समितिको शुक्रबारको निर्णय। माओवादी लडाकु र तिनका हतियार व्यवस्थापन गरी चैतभित्रै शिविर खाली गर्ने निर्णय शुक्रबार विशेष समिति बैठकले गरेको छ।
संविधान बनाउने समय अब ५७ दिनमात्र बाँकी रहँदा समितिले शान्ति प्रक्रियाको मुख्य पाटो समायोजन चैतभित्रै टुंग्याउने निर्णय लियो।
‘विकल्प रोजेर शिविरमा रहेका माओवादी लडाकुलाई यही महिनाभित्रै सेनाको मातहतमा लगेर समायोजनको प्रक्रिया अगाडि बढाउने र हतियार सरकारलाई बुझाउने निर्णय गरेका छौं,’ कांग्रेसबाट समिति सदस्य रामशरण महतले भने, ‘संविधान बनाउने समय थोरैमात्र रहेका बेला समितिको यो निर्णय शान्ति प्रक्रियामा सकारात्मक कदम हो।’
शुक्रबार समितिअन्तर्गत सचिवालयले सेना समायोजन गर्ने विधि, प्रक्रिया र मापदण्डसहितको समग्र कार्ययोजना बुझाएपछि बैठक फलदायी बन्यो।
सचिवालयले ल्याएको समायोजन प्रस्ताव अध्ययन गरेर आइतबारको बैठकमा बाँकी छलफल हुने एमालेका तर्फबाट समिति सदस्य भीम रावलले जानकारी दिए।
‘प्रधानमन्त्रीले आइतबार बैठक डाक्नुभएको छ,’ रावलले नागरिकसँग भने, ‘कार्ययोजनामा आइतबार छलफल भएपछि त्यहीअनुसार समायोजन प्रक्रिया अगाडि बढ्छ।’ दर्जा निर्धारणदेखि सबै विषयमा सहमति भइसकेकाले समायोजनमा कुनै समस्या नरहेको उनले जनाए। पहिले भएका निर्णय कार्यान्वयन नगर्ने माओवादी प्रवृत्तिले प्रक्रिया लम्बिएको जनाउँदै रावलले ‘अब त्यस्तो नहुने’ विश्वास व्यक्त गरे।
कात्तिक १५ गते दलहरुबीच भएको सातबुँदे सहमतिमा बढीमा ६ हजार ५ सय माओवादी लडाकु सेनामा समायोजन हुनसक्ने उल्लेख छ। दर्जा निर्धारणका विषयमा माओवादी र अन्य दलबीच सहमति हुन नसक्दा समायोजन प्रक्रिया पाँच महिनादेखि अवरुद्ध थियो।
चैत ९ गतेको समिति बैठकले लडाकु समायोजनको विधि, प्रक्रिया र मापदण्ड निर्धारण गरी कार्ययोजना पाँच दिनभित्र बुझाउन सचिवालयलाई निर्देशन दिएको थियो। सचिवालयले सहमति नजुट्दा निर्देशनअनुसार चैत १४ गते कार्ययोजना दिन सकेन।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समिति सदस्य जितेन्द्र देवले एक/दुई दिन तलमाथि भए पनि समायोजन चैतमै टुंगिनेमा आफू विश्वस्त रहेको बताए।
‘चैत मसान्तभन्दा एक/दुई दिन तलमाथि भए पनि समायोजन प्रक्रिया सकिन्छ भन्ने पक्का भइसक्यो,’ देवले नागरिकसँग भने, ‘अब पनि हुँदैन/सकिन्न भन्नेतर्फ जानुहुँदैन।’
माओवादी लडाकुलाई कर्नेलसम्म दिन सकिने सहमति अन्य दलले गरेकाले समायोजनमा कुरा मिलेको माओवादी नेताका अभिव्यक्ति आधारहीन भएको रावलले प्रस्ट्याए।
उनले कस्ता लडाकुले कस्तो दर्जा पाउने भन्ने मापदण्ड तयार भइसकेकाले त्यही आधारमा समायोजन हुने र बाँकी पुनः स्वैच्छिक अवकाश वा पुनर्स्थापनामा जाने विकल्प दिइने बताए।
‘यस्तो हल्ला किन फिँजाइयो, थाहा छैन तर माओवादीको आजको निर्णयमा सकारात्मक संकेत छ,’ रावलले नागरिकसँग भने, ‘मापदण्डकै आधारमा समायोजन हुने हो। योग्यता, क्षमताका आधारमा दर्जा निर्धारण हुने हो। लडाकु जति छिटो समायोजन हुन्छ, त्यति नै छिटो संविधान बन्छ।’
दर्जा निर्धारणका लागि वैवाहिक स्थिति, शैक्षिक योग्यतामा एक तह कम र उमेर तीन वर्षसम्म बढी भएकालाई ‘सहुलियत दिने’ बाहेक अन्य सबै सेनाकै मापदण्डका आधारमा समायोजन हुने विशेष समितिले निर्धारण गरिसकेको छ।
विशेष समिति सचिवालयले २३ गतेबाट ३० गतेसम्म शिविर खाली गर्ने गरी कार्ययोजना तयार गरेको सचिवालय संयोजक बालानन्द शर्माले बताए। उनले समय निकै कम भए पनि चैतभित्रै समायोजन गर्नुको विकल्प नभएकाले रातारात गरेर भए पनि सक्ने बताए।
‘निर्णय वर्षौं लगाएर हुन्छ, कार्यान्वयन एक हप्ताभित्रै गर्नुपर्छ,’ शर्माले नागरिकसँग भने, ‘२३ गतेबाट रातारात गरेर भए पनि सम्पत्ति विवरण लिने, समायोजनका लागि सेनालाई हस्तान्तरण गर्ने, हतियार एकत्रित गर्ने कार्य सुरु गरी ३० गतेभित्र सबै काम सक्नेगरी कार्ययोजना तय गरिसकेका छौं। समितिबाट निर्देशन आउनेबित्तिकै काम सुरु गरिहाल्छौं।’
उनले लडाकुहरुको समायोजन प्रक्रिया भौतिक र भावनात्मक दुवै हिसाबले गाह्रो भएको बताए। ‘राजनीतिक नियुक्तिका आधारमा आफू पर्ने आशा गर्दै विकल्प रोजेर धेरै लडाकु शिविरमा बसेका छन्, मापदण्डअनुसार अयोग्य हुने धेरै देखिन्छन्,’ शर्माले भने, ‘त्यस्ता लडाकुलाई तत्कालै पैसा दिएर पठाउन पनि समस्या हुनसक्छ।’
लडाकु पुनर्वर्गीकरणपछि देशभरका १५ शिविरमा ९ हजार ७ सय लडाकुमात्र बाँकी छन्।
विशेष समितिले दर्जा छनोटका लागि सेनालाई जिम्मा लगाउने निर्णय पनि गरेको छ। शुक्रबार सचिवालयले समितिलाई बुझाएको कार्ययोजनामा कहिलेदेखि शिविरमा जाने, कसरी छनोट गर्ने, कस्ता लडाकु कुन दर्जाका लागि उपयुक्त हुनेलगायत विषय समावेश छन्।

माइतिलाई न्याय दिलाउन १३ वर्षदेखि लडिरहेकी सावित्री श्रेष्ठ

सर्वोच्चमा साबित्री

२०५५ असार १० गते । बिहान उज्यालो नहुँदै उनको भाइको निर्मम हत्या भयो । त्यही दिनदेखि गृहस्थ जीवनबाट न्यायको लडाइँ सुरु भयो । १३ वर्ष बितिसक्दा पनि लडाइँ जारी छ ।

सुरुमा उनको लडाइँ भाइको हत्या गर्ने छिमेकी बालकृष्ण ढुंगेलविरुद्ध थियो । पछि उनै हत्यारा माओवादी पार्टी कार्यकर्ता भए । अहिले संविधानसभामा ओखलढुंगाबाट निर्वाचित सभासद् छन् ।

सावित्री श्रेष्ठ ४७ । उनको न्यायिक संघर्ष जति चुलिँदै गयो ढुंगेलले सरकारबाट पाउने संरक्षण उति बढ्दै गएको छ । तर उनी डग्मगाएकी छैनन् ।

‘एक मुठ्ठी सास रहेसम्म न्यायका लागि लडिरहन्छु,’ सावित्रीले बुधबार लाजिम्पाटस्थित निवासमा नागरिकसँग भनिन्, ‘हामीले हत्यारालाई सजाय हुनुपर् यो भनेका न हौं । पूरै सरकार पीडित परिवारलाई आलो घाउमा नुन छर्ने गरी हत्यारा जोगाउन लागिपरेको छ । म चाहिँ लडाइँ छोड्दिन ।’

१३ वर्षअघि सभासद् ढुंगेलले नै उनको भाइ उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए । झिसमिसेमै उज्जनको टाउकोमा ढुंगेलले बन्दुक पड्काए । यो सावित्रीको मात्रै जिकिर होइन । सर्वोच्च अदालतले नै दुई वर्षअघि ‘अन्तरजातीय विवाहको रिसइबीका कारण हत्या भएको’ ठहर गर्दै ढुंगेललाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो ।

सर्वोच्चको त्यो फैसला नआउँदासम्म सावित्रीले झिनो आशा राख्दै गुपचुपमै न्यायको खोजी गरिन् । भाइको हत्याविरुद्ध जाहेरी दिने बेलादेखि सावित्रीको संघर्ष जारी छ । माओवादी भूमिगत हुँदै प्रहरीले ढुंगेललाई पक्राउ गरेको थियो । जाहेरी दिने सावित्रीका दाइ गणेशकुमार आफ्नै खेतमा आधा दर्जन केटाहरुबाट मारिए । ती केटालाई बाटो देखाइदिएर आफ्नो बुवा मारिएको भन्दै गणेशकी १८ वर्षीया छोरी रन्जनाले आफ्नै गलामा पासो लगाइन् ।

माइतीको एकपछि अर्को हत्यालाई नजिकबाट नियालेकी उनी थुप्रैपटक आफू पनि मारिने हो कि भन्दै बिचलित भइन् । तर माइती उजाडिँदै गएपछि उनले संकल्प गरिन् हत्यारलाई जेल पुर् याएरै छाड्छु ।

‘एउटा हत्याले मेरो माइतीको तीनवटा लास बनायो,’ सावित्रीले भक्कानिएर भनिन् ,’मैले चुपो लागेर बसेँ भने हामी जस्तै पीडितले अन्यायमै मर्नुपर्छ । म सास रहुाजेल न्याय पाउने आस मार्दिनँ ।’

२०६१ सालमा ओखलढुंगा जिल्ला अदालतले ढुंगेललाई श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सुनायो । पछि माओवादी सडक हुँदै सदनमा पुगेका बेला पुनरावेदन अदालत राजविराजले ज्यान मुद्दामा ढुंगेललाई सफाइ दियो । आठ वर्ष जेल जीवन बिताएर उनी छुटे । सावित्रीले डरमरकै अवस्थामा पनि फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिइन् । ओखलढुंगामा रहेका परिवार माओवादी डरले घरमा बस्नै नसकेर काठमाडौं झरे । अहिले ८१ र ७८ वर्षीया बुढा बाबुआमा काठमाडौंमै बस्छन् । गाउँमा केही छैन । भएकै घरमा पनि बम पड्काइसके । जग्गाजमिन सबै कब्जामा परेका छन् ।

यता जेलबाट छुटेलगत्तै चुनावको प्रचारप्रसारमा लागेका ढुंगेलले संविधानसभाको चुनावमा ओखलढुंगा क्षेत्र नम्बर २ बाट जिते । चुनावपछि माओवादी सत्तामा आयो । आफ्नो भाइ मार्नेविरुद्ध बोल्न सावित्रीलाई डरमर्दो थियो । अनाहक मान्छे मरेको खबर आइरहेका बेला सावित्री खुलेआम बोल्न सक्दैन थिइन् । सर्वोच्चको विचाराधीन मुद्दामा बहस गरिरहेका वकिलहरुले माओवादी सरकारमा आएपछि वकालतबाट हात झिकिदिए ।

यता पुनरावेदनबाट सफाइ पाएर सदनमा पुगेका ढुंगेलले आफूलाई लागेको मुद्दा बिसे्रर सर्वोच्चले बोलाउँदा पनि वास्ता गरेनन् । पछि २०६६ पुस १९ गते सर्वोच्च अदालतले उज्जनलाई नियोजित रुपमा गोली हानेर मार्ने ढुंगेल नै भएको ठहर गर्दै सर्वस्वसहित जन्मकैद सुनायो । फैसला गुपचुपै थियो । झन्डै एक वर्षपछि मात्र त्यसको पूर्ण पाठ बाहिर आयो । सभासद् ढुंगेलले नै हत्या गरेका रहेछन् भन्ने पनि सार्वजनिक भयो । सँगसँगै सावित्रीले एक्लै गरिरहेको संघर्ष पनि सबैले थाहा पाए ।

उनले खुलेआम भाइको हत्यारालाई जेलमा पुर् याउने प्रण गरिन् । सडक हुँदै सर्वोच्च पुगिन् । प्रधानमन्त्री मन्त्री मानवअधिकारकर्मी लगायत थुप्रै निकाय गुहारिन् ।

न्यायको गुहार अझै जारी छ । जन्मकैदको फैसला कार्यान्वयन गरी पाउँ भन्दै उनी सर्वोच्चमा रिट लिएर गइन् । सर्वोच्चले ढुंगेललाई पक्राउ गरेर जेल हाल्न कानुनले कुनै रोकतोक गरेको छैन भन्ने निर्णय सुनायो ।

सर्वोच्चको निर्णयपछि सरकार जसरी भए पनि हत्यारालाई उन्मुक्ति दिलाउने अभियानमा लाग्यो । अन्तरजातीय विवाहको रिसइबीका कारण भएको हत्यालाई सरकारले पटकपटक राजनीतिक मुद्दाको खोल ओडाएर ढुंगेललाई माफी दिन लगायो । माधवकुमार नेपाल झलनाथ खनाल प्रधानमन्त्री हुँदा कुरा मात्रै उठे पनि बाबुराम भट्टराई प्रधानमन्त्री भएको महिना दिनपछि नै मन्त्रिपरिषद्बाट निर्णय गरी ढुंगेललाई माफी सिफारिस राष्ट्रपतिसम्म पुग्यो ।

यतिबेला सावित्रीको संघर्षमा मानवअधिकारकर्मी नागरिक समाज कानुन व्यवसायी राजनीतिक पार्टी सबैको समर्थन रह्यो । उनले सर्वोच्चमा फेरि रिट हालिन् । सर्वोच्चले पहिलाको कारबाही हुने अडानलाई निरन्तरता दिँदै ढुंगेललाई माफी दिन नहुने निर्णय सुनायो । मन्त्रिपरिषद्को सिफारिस अनुमोदन नगर्न राष्ट्रपति र सरकारलाई अन्तरिम आदेश दियो ।

सावित्रीले कागजी लडाइँ सधैँ जित्दै आइन् । व्यवहारमा सधैं हारेको अनुभव हुन्छ उनलाई । ुराष्ट्रपतिलाई भेटे सर्वोच्च पुगेँ सबै मेरै पक्षमा छन्ु सावित्रीले गुनासो गरिन् ुप्रधानमन्त्रीले नै संरक्षण दिएपछि हत्यारालाई पुलिससँगै हिँड्न के गाह्रो भयो र ु एक महिनाअघि राजधानीको एउटा कार्यक्रममा ढुंगेल आइजिपीसँगै बसेका थिए । जेल जान कानुनले रोकतोक नगरेका उनलाई प्रहरीले सधैं बेवास्ता गर्दै आएका छन् ।

पूरै राज्य आफ्नो परिवारविरुद्ध खनिए पनि आफू बिचलित नहुने उनले बताइन् । ुसरकारले नै खुलेआम संरक्षण दिएपछि केही नहुने रहेछ भनेर मन मर्छु उनले भनिन् ुतर जब डाडाँपारिका बुढा आमाबाबुको आँसु देख्छु दाजुभाइका कलिला छोराछोरी देख्छु लाग्छ एक मुठ्ठी सास रहेसम्म लडिरहन्छु ।ु छिमेकी विरुद्धको उनको लडाइँ अब पूरै सरकारसँग भइसक्यो ।

न्यायका लागि सडक सर्वोच्च धाउने उनको दैनिकी नै बनिसक्यो । अघिल्लो महिना भ्रष्टाचार मुद्दामा बहालवाला मन्त्री जयप्रकाश प्रसाद गुप्ता फैसला सुनाएकै दिन जेल गए । त्यसकै तेस्रो दिन पेसी खेप्न सर्वोच्च पुगेकी सावित्रीले भ्रष्टाचार मुद्दामा फैसला हुनेबितिकै मन्त्री जेल जान तयार हुँदा पनि ज्यान मुद्दामा जन्मकैद पाएकालाई प्रधानमन्त्रीले जोगाएको दिक्दारी पोखिन् ।

‘भ्रष्टाचार मुद्दामा डेढ वर्ष कैद सजाय स्विकार्दै सरकारमै भएका मन्त्री फैसला हुनेबितिकै जेल गए,’ सावित्रीले त्यही दिन पेसी सरेपछि सर्वोच्चमै भनिन्,’मान्छेको ज्यानै लिने सभासद्लाई सर्वोच्चले जन्मकैद सुनाउँदा पनि कार्यान्वयन गराउन हामीले दुई वर्षदेखि सर्वोच्च धाइरहनुपरेको छ ।’

उनलाई समय लागे पनि न्याय पाउनेमा पूरै विश्वास छ । उनले न्यायको लडाइँ सास रहेसम्म डगमगाउन नदिने कसम खाएकी छन् ।

‘थुप्रैपटक मुद्दा फिर्ता लिन धम्की लोभ देखाइसके,’ उनले भनिन्, ‘तर मेरो न्यायको लडाइँ कमजोर हुँदैन । अन्तर्राष्ट्रिय अदालतसम्म धाउँछु । व्यवहारमा कहीँबाट न्याय नपाए म प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपतिकै अगाडि आत्मदाह गर्छु । अनि मात्रै मेरो दाजुभाइ र बहिनीको आत्माले शान्ति पाउँछ ।’

Wish life is always like this..Pic:pramb

हरेक पल प्रतिस्पर्धा सरी
दिनहरु दौडाहामा छन्
उ लगाम लागेको घोडा सरी
त्यसैलाई पच्छाइ रहेछ

प्रत्येक पल समात्न चाहन्छ
म मौन उसलाई नियाल्छु
बिथोल्न मनलाग्दैन
उ सुस्ताएको कल्पना गर्छु

के उसले सुस्केरा हाल्न जानेको छ ?
निस्सासिन मै ब्यस्त जीबन
म बर्तमान जिउन चाहन्छु
उ दौडन हौसाउँछ

त्यो पीडादायी दौडाहा
न तिमी रमाउँछौं न म नै
मलाई डोराउँदै दौडाउन सिकायौ
दौडिँदा दौडिँदै बर्तमान बित्छ

हामी न बिगत सम्झेर रमाउन सक्छौं
न भविष्यको कल्पनामा हराउन सक्छौं
बर्तमान सधैँ आफैँसँग छ
आफ्नै पकडमा

मैले तिमीलाई चौतारीमा बिसाएर
कहिले बुझाउने ?
गोरेटोमा छहारी भेटिन्छ
जिन्दगी जिउनका लागि हो

सफलताको लागि दौडन होइन
म तिम्रै पछि उभिएर
सम्झाउन खोज्दैछु
हामी हुनुको अर्थ

के मलाई सुनिरहेछौ
कि म तिम्रो दौडिएको जीबनमा
धेरै अगाडी छोडिइसकेँ ?
बिगतमा बिलीन भइसकेँ ?

Vijay Kumar



विजयकुमार

सरकारले यसपटक प्रजातन्त्र दिवस मनाएन । किन ? यो बताउने साहस सरकारसँग छैन । हुन त निदाएको, अनिँदो र जागा गरी कुल जम्मा ३० थानजति सभासदज्यूहरू उपस्थित भएको ‘सदन’ मा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तत्सम्बन्धमा ‘माफी’ माग्ने औपचारिकता पूरा नगर्नु भएको होइन । तर यो विषय त्यति हलुका होइन, जुन हलुकापनसँग यसलाई लिइयो । २००७ सालदेखि देशमा अविच्छिन्न रूपमा मनाइँदै आएको प्रजातन्त्र दिवसका दिन कुनै कार्यक्रम नगरेर ‘बाइपास’ गर्ने सरकारी खेलाँचीले यो सरकारका विषयमा मात्र होइन, इतिहासलाई बुझ्ने र बुझाउने हाम्रो चेतनाको सन्दर्भमा समेत धेरै कुराको जनाउ दिन्छ ।
एक प्रसिद्ध भनाइ छ- गरिब देशहरू साधनस्रोतका हिसाबले मात्र होइन, आफ्नो इतिहास चेतनाका हिसाबले पनि दरिद्र नै हुन्छन् । अझ भन्नेले त कहाँसम्म भनेका छन् भने ‘साधनस्रोत होइन, सोचाइको दरिद्रताले गर्दा नै गरिब देशहरू गरिब भएका हुन् ।’ आदरणीय पाठकहरूले पनि याद गर्नु भएकै होला, हामीलाई कतिपय घटनाक्रम हाम्रै जीवनकालमा पटक-पटक दोहोरिएर आएझैं महसुस हुन्छ । हामी भन्ने पनि गछौर्ं, ‘जुन जोगी आए पनि कानै चिरेका ।’ काठमाडौंका पाँचतारे होटलहरूदेखि सामान्य पार्टी प्यालेसहरूमा वा गाउँघरको चियापसलमा भेटिने वा ठोकिन आउने कतिपय ‘जानिफकार’ ले सुनाउने थेगो हो, ‘के गर्ने हाम्रो देशमा त जुन जोगी आए पनि कानै चिरेका । इतिहासले कसरी आफूलाई पटक-पटक दोहोर्‍याएको होला ? जहिले पनि कानै चिरेका जोगीमात्र पठाउँछ ।’

पत्रकारिताका प्रारम्भिक दिनहरूमा त मलाई कुरा ठीकै हो जस्तो लाग्थ्यो । तर पछि गएर चाहिँ म सोच्न थाले- इतिहासले आफै‌लाई दोहोर्‍याएको हो ? वा हामीले पटक-पटक उही प्रकारका गल्ती दोहोर्‍याउने हुनाले त्यसैको स्वाभाविक परिणति स्वरूप इतिहास दोहोरिएको जस्तो देखिएको मात्र

हो ? के इतिहास दोहोरिएको हो ? वा हाम्रो सामूहिक मूर्खताको पुनरावोक्ति मात्र भएको हो ? जुन जोगी आए पनि कानै चिरिएका हुन् वा जोगी कहलिनका निम्ति कान चिरेको हुनैपर्ने कुनै समयनिरपेक्ष प्रणालीको स्वाभाविक परिणतिमात्र हो त्यो उखान ? Read the rest of this entry »

Tag Cloud

Follow

Get every new post delivered to your Inbox.

Join 1,043 other followers