my regular jottings

विजयकुमार

शनिबार कान्तिपुरमा प्रकाशित विजयकुमार पान्डेको लेख

संविधानसभाको निर्वाचन परिणाम आएको धेरै कालसम्म, संविधान निर्माणको विषयलाई लिएर हाम्रो समाजमा ‘पटमूर्ख’ र ‘नामी विद्वान्’ कहलिएकाहरूबीच मैले खासै अन्तर देखिनँ । बडा गहिरो तवरले बुझ्नुपर्ने कुरा के छ भने- दुई नितान्त भिन्न राजनीतिक दर्शन मिलेर एउटा संविधानको निर्माण कदापि र कहिले पनि हुन सक्दैन । संविधानसभाको गठन भएको डेढ वर्ष बितिसक्दा पनि मैले त्यस विषयमा न त एक अक्षर पढें, न कसैको एक शब्द सुनें । संविधानका आधारभूत विषयवस्तुको जग नै नहाली ‘छाना’ छाउने हास्यास्पद सामूहिक मूर्खतामा भाग नलिएकामा मलाई ठूलो सन्तोष छ । व्यक्तिगत सन्तोषको यस अवस्थाका निम्ति मेरो आफ्नो ज्ञान होइन, आदरणीय गणेशराज शर्माज्यूको अचुक सल्लाह

जिम्मेवार छ । संविधानसभाको निर्वाचनपछि प्रतिक्रिया लिन जाँदा उहाँले भन्नुभएको थियो, ‘विजयजी, कम्तीमा दुई वर्षसम्म मलाई त्यस विषयमा केही नसोध्नु । हुनसक्छ भने त्यस अवधिमा संविधान निर्माणको विषयमा आफू पनि कुनै टेलिभिजन कार्यक्रम नबनाउनु र लेख नलेख्नु । यी नेताहरूलाई लागेको मात नओर्लिएसम्म तर्क, कानुन र संविधानका कुरा बेकार छ ।’

मैले गणेशराजजीको सल्लाहलाई शिरोधार्य गरें । चुपचाप बसें । पछि गएर, टेलिभिजन कार्यक्रम ‘ठूला भ्रम, सत्य साधारण’ निर्माण गर्ने कर्ममा म एक सामान्य निष्कर्षमा पुगें र त्यही निष्कर्षलाई चैत २६, २०६७ मा कान्तिपुर दैनिकमा यो स्तम्भको श्रीगणेश गर्दा ‘तर, यदि, किन्तु, चिन्तु, परन्तु, सम्भावना’ आदि जस्ता रक्षात्मक शब्दको बैसाखी नटेकिकन भनें, ‘दुई नितान्त भिन्न राजनीतिक दर्शनहरू मिलेर एउटा संविधान आजसम्म न संसारमा कहीं बनेको छ, न बन्ने छ ! हो, पक्कै पनि, भिन्नभिन्न राजनीतिक दर्शनका गुणहरूलाई एकै संविधानमा एक हदसम्म राख्न नसकिने होइन, तर कुनै पनि संविधानमा राजनीतिक दर्शनको ‘प्राधान्य’ चाहिँ एउटै राजनीतिक दर्शनको मात्र हुनसक्छ ।’ नेपाली कांग्रेसका प्रखर नेता गगन थापाले सबैले सुन्ने, बुझ्ने शब्दमा भनेका छन्, ‘कि त यो संविधानसभाले लोकतान्त्रिक दर्शनको प्राधान्य भएको संविधान बनाउने छ, होइन भने यो संविधानसभाले कहिले पनि, कुनै पनि संविधान बनाउने छैन ।’

यस पृष्ठभूमिमा, म हाल संविधानसभाभित्र होइन, बाहिर चुलिएको ‘शासकीय स्वरूप’ सम्बन्धी बहसमा प्रवेश गर्न चाहन्छु । पुस २० गते कान्तिपुर दैनिकमा सम्पादक सुधीर शर्मा स्वयंको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिएको लेख प्रकाशनमा आएपछि तत् सन्दर्भमा राजनीतिक र बौद्धिक क्षेत्रको बुद्धि-विलासमा व्यापक बढोत्तरी भएको छ । चार वर्षअघि सुरु हुनुपर्ने काम अबेरै भए पनि प्रारम्भ भएको छ । संविधान निर्माणको जग नै नहाली छाना छाउन सकिन्न भन्ने सामान्य ज्ञान मूर्ख र विद्वान् दुवैथरीमा एकैपटक आउन थालेको हल्का-हल्का लक्षण देखिन थालेका छन् । अबेरै भए पनि, जे भएको छ, शुभ भएको छ । आज, आदरणीय पाठकहरूको सुविधाका निम्ति म केही कुरा बुँदागत रूपमा राख्न चाहन्छु । यी बुँदाहरूलाई पार नगरी ‘शासकीय स्वरूप’ को ब्यान्डबाजा बजाउन निरर्थक अभ्यास हुने छ । Read the rest of this entry »

विजयकुमार

जति पढ्यो उति मनपर्छ….. आजको कान्तिपुरमा प्रकाशित अग्रज पत्रकार विजयकुमार पान्डेको यो लेख

इतिहासले कहिलेकाहीं कुनै एक व्यक्तिमाथि देश र जनताको बृहत्तर हित गर्ने वा नगर्नेजस्तो गहन जिम्मेवारी सुम्पिदिन्छ । त्यो जिम्मेवारी अहिले तपाईंको काँधमा आएको छ कमरेड प्रचण्ड !

Bijaya Kumar

‘कालो रातको अध्यारोसँग डराउने बालकलाई हामी सहजै क्षमा गर्न सक्छांै, तर जब मानिसहरू दिनको उज्यालोसँग त्रसित भएर भाग्छन्, तब समाजका निम्ति वास्तविक विडम्बना सुरु हुन्छ ।’

प्लेटोको यो महावाक्यलाई, सर्वोच्च अदालतको दरपीठ निर्णयप्रति चियाको कपमा तुफान उठाउन खोज्ने सबै प्रकारका ‘वृद्ध बालक’ प्रवृत्तिप्रति प्रतीकात्मक कटाक्षका रूपमा आज पनि प्रयोग गर्न सकिन्छ । यो संसारमा केही मानिस यस्ता पनि हुन्छन्, जो उमेरका हिसाबले जतिसुकै वृद्ध भए तापनि बुद्धि र व्यवहारका मापदण्डमा हमेसा बालक नै रहन्छन् । त्यस्ताका निम्ति ‘वृद्ध बालक’ शब्दावली प्रयोग गरिन्छ । सर्वोच्चको फैसला कानुनी रूपले सही छ वा छैन भनेर वृद्ध बालकहरूले झैं केरा-केस्रा केलाएर हेर्ने धैर्य आम जनतामा अब बाँकी छैन ।

यो धैर्य एकैदिनमा हराएको पनि होइन । जनताले दिएको दुईवर्षे सीमारेखा बितेको हप्तांै होइन, महिनौं होइन, वर्षौंपछि, आजको दिनमा आएर रकमी कानुनी कुराहरू जनताको नजरमा अर्थहीन हुन पुग्छन् । म कानुनको विद्यार्थी होइन, तर न्यायका प्रति आस्था राख्ने सामान्यजन हँु । मजस्ता लाखांै सामान्यजनलाई त यति मात्र थाहा छ- न्यायको आधारमा कानुन उभिएको हुन्छ, न कि कानुनको आधारमा न्याय ! हामीजस्ता सामान्यजनलाई त यति मात्र थाहा छ कि अब कुनै पनि बहानामा संविधानसभाले आपmनो म्याद आफैं बढाउने खेला गर्नु न्यायिक होइन । सर्वोच्चको फैसला कानुनी हो वा होइन हामी भन्न सक्दैनौं तर अनन्तकालसम्म आपmनो म्याद आफंै बढाउन पाइँदैन भन्ने आदेश सोह्रै आना न्यायिक हो भनेर ठोकुवा गर्न अधिकांश जनता हिच्किचाएका छैनन् ।

अब छ महिनाभन्दा बढी म्याद थप्न पाइन्न भन्ने फैसला हुनेबित्तिकै आजको नेपालका सबैभन्दा महत्त्वपूर्ण नेता प्रचण्डजीले भने, ‘सर्वोच्चको फैसलामा के छ, के छैन, मलाई थाहा छैन । तर, जनताको फैसलाचाहिँ छ महिनाभित्रै संविधान बन्नुपर्छ भन्ने नै हो ।’ जनताको राजनीति लामो समयसम्म गर्ने हो भने अन्य नेताजीहरूले पनि प्रचण्डजीको यो भनाइबाट शिक्षा लिनुपर्छ । अदालतले ‘चोरको खुट्टा काट’ भन्दा संविधानसभाले आफ्नो खुट्टा माथि तानेर अनावश्यक बबाल झक्िनुपर्ने कुनै कारण छैन । जनताको नजरमा यो कुनै रकमी कानुनी प्रश्न होइन, यो सामान्य न्यायिक विषय हो । दुई वर्षका निम्ति पाएको जनमत अब अरू कति वर्षहरूका निम्ति जनतामाथि जबर्जस्ती थोपर्ने ?

बेलायती संसद्मा आफ्नो लेबर पार्टीले स्पष्ट बहुमत प्राप्त गरेपछि ७ मे १९९७ मा भएको संसदीय दलको पहिलो बैठकमा नेता टोनी ब्लेयरले भनेका थिए, ‘हामी स्पष्ट बहुमतका साथ आएका छौं, तर याद रहोस्- हामी मालिक होइनौं । मालिक त जनता हुन् । हामी जनताका सेवक हौं । मतदाताले आज हामीलाई जे दिएका छन्, त्यो फिर्ता लिएर जान पनि सक्छन् । हामीलाई दिइएको मत एक निश्चित अवधिका लागि मात्र हो । याद रहोस् ।’

आदरणीय पाठकहरू, आजभोलि जब-जब म गणतान्त्रिक नेपालका छोटे राजाहरूले पटक-पटक आपmनो म्याद आफैं बढाउने राजनीतिक सहमतिरूपी ‘हुकुम प्रमाङ्गी’ जारी गरेको देख्छु, तब-तब टोनी ब्लेयरको त्यो भनाइ सम्झना आउँछ । त्यसै भनिएको होइन रहेछ, बेलायतलाई लोकतन्त्रको जननी ! खैर, अब हामी १९९७ बाट अघि बढौं । आज सन् २०११ को अन्तिम दिन हो । के यो नयाँ वर्षले नेपाली जनजीवनमा कुनै नयाँ आशाको सञ्चार गर्ला त ? म यसै भन्न सक्दिनँ । तर एउटा ठोकुवा गर्न मलाई कुनै हिचकिचाहट छैन- १२ बुँदे समझदारीको आधारमा नेपालमा भएका राम्रा-नराम्रा परिवर्तनहरूलाई अब पाँच महिनाभित्र पनि संस्थागत नगरिने हो भने २०६३ सालयता खेलिँदै आएको सारा खेल ‘रिप्ले’ हुनेछ । दोहोर्‍याएर खेलिने खेल ‘रिप्ले’ मा अहिले कल्पना नै नगरिएका खेलाडी पनि मैदानमा ओर्लिने छन् । यो ‘रिप्ले’ को नतिजाले कसलाई कहाँ पुर्‍याउला भन्न सकिन्न । हाल चलिरहेको परिणामविहीन राजनीतिक उछलकुदबाट वाक्कदिक्क भएका आमजनता चाहेर, नचाहेर त्यो ‘रिप्ले’ खेलको टिकट किन्न जुलुसमा लाम लाग्ने छन् । अब पनि नेताले जनतालाई समाधान दिएनन् भने जनताले यी नेता र यो संविधानसभा दुवैको विकल्प एकैपटक खोज्न बाध्य हुनेछन् । यो अपि्रय अपरिहार्य काम २०१२ मा सुरु त हुनेछ, तर समाप्त हुने छैन । म यो कुरा ‘अनुमान’ होइन, ‘जानकारी’ का आधारबाट लेख्दैछु । के यस्तो दुःखद, अपि्रय अपरिहार्य स्थितिबाट हामीलाई कसैले बचाउन सक्छ ? के हामीसँग कुनै त्यस्तो देव छ, जसले देशलाई अनिर्णयको वर्तमान बन्धनबाट मुक्त गरोस् ? Read the rest of this entry »

Mona Simpson

Steve’s biological sister Simpson wrote on Newyork Times after his death

Steve Jobs

I grew up as an only child, with a single mother. Because we were poor and because I knew my father had emigrated from Syria, I imagined he looked like Omar Sharif. I hoped he would be rich and kind and would come into our lives (and our not yet furnished apartment) and help us. Later, after I’d met my father, I tried to believe he’d changed his number and left no forwarding address because he was an idealistic revolutionary, plotting a new world for the Arab people. Even as a feminist, my whole life I’d been waiting for a man to love, who could love me. For decades, I’d thought that man would be my father. When I was 25, I met that man and he was my brother.

By then, I lived in New York, where I was trying to write my first novel. I had a job at a small magazine in an office the size of a closet, with three other aspiring writers. When one day a lawyer called me — me, the middle-class girl from California who hassled the boss to buy us health insurance — and said his client was rich and famous and was my long-lost brother, the young editors went wild. This was 1985 and we worked at a cutting-edge literary magazine, but I’d fallen into the plot of a Dickens novel and really, we all loved those best. The lawyer refused to tell me my brother’s name and my colleagues started a betting pool. The leading candidate: John Travolta. I secretly hoped for a literary descendant of Henry James — someone more talented than I, someone brilliant without even trying.

When I met Steve, he was a guy my age in jeans, Arab- or Jewish-looking and handsomer than Omar Sharif.
We took a long walk — something, it happened, that we both liked to do. I don’t remember much of what we said that first day, only that he felt like someone I’d pick to be a friend. He explained that he worked in computers.

I didn’t know much about computers. I still worked on a manual Olivetti typewriter.

I told Steve I’d recently considered my first purchase of a computer: something called the Cromemco.
Steve told me it was a good thing I’d waited. He said he was making something that was going to be insanely beautiful.

I want to tell you a few things I learned from Steve, during three distinct periods, over the 27 years I knew him. They’re not periods of years, but of states of being. His full life. His illness. His dying.
Steve worked at what he loved. He worked really hard. Every day. Read the rest of this entry »

विजयकुमार पान्डे

अग्रज पत्रकार विजयकुमार पान्डेले लिएका हृदयदेखिका अन्र्तवार्ता हेर्ने ब्यग्र प्रतिक्षामा…… तर उनको हृदयदेखिका यस्त लेख अब मिस गर्नुपर्ने हो ? अघिललो साता कान्तिपुर दैनिकमा स्वरसम्राट नारायण गोपालबारे विजयकुमारले लेखेको यो लेख

म नारायण गोपाललाई ‘नारान दाइ’ भनेर बोलाउँथे । व्याकरणको दृष्टिकोणबाट सायद त्यो उच्चारण सही होइन । भाषाले व्याकरणलाई पछ्याउनु पर्छ कि व्याकरणले भाषालाई भन्ने तर्कजालमा म आज फस्न चाहन्न । मेरो मन र जिब्रोलाई नारान भन्न सहज लाग्यो त्यही गरे । नारायण गोपालका परम मित्र गीतकार नगेन्द्र थापाजी पनि उहाँलाई ‘नारान’ भनेर बोलाउँथे । बाँचेका भए नारान दाई भर्खरै ७३ नाघेका हुन्थे । नारान दाई बितेको केही वर्षभित्रै पेमला भाउजू पनि रहनुभएन । उहाँहरुले महाराजगन्ज चोकबाट ५ मिनेट हिँडेर पुगिने ठाउँमा घर बनाउनु भएको थियो । आजभोलि मानिसहरु त्यो चोकलाई नारायण गोपाल चोक भनेर बोलाउँछन् । त्यहाँ नारान दाइको प्रतिमा स्थापित छ । सालिक निर्माण भएको एक वर्षपछिको कुरा हो पेमला भाउजूलाई सोधे ‘तपाईँ अफिस जाने बेलामा वा किनमेल गर्न आउँदा दाईको सालिक छेउबाटै हिँड्नु पर्छ । कस्तो लाग्छ त्यसबेला ?’ सुनेर पेमला भाउजू एकछिन सुनसान भइन् । सुनसान नहोऊन् पनि कसरी पेमला पहिला नारान दाईकी फ्यान थिइन् पछि पत्रमित्र हुँदै प्रेमिका भइन् र कालान्तरमा यो जोडीको विवाह भयो । प्रश्न सुनेर सुनसान भएकी पेमला भाउजूले त्यस दिन एक लामो मौनतापछि एक फिक्का मुस्कानका साथ उत्तर दिइन् ‘विजय भाई मलाई थाहा छ यो ढुंगाले बनेको एक सालिक मात्र हो ‘उहाँ’ होइन तर पनि पुस माघको जाडोमा जब म कामबाट फर्कन्छु उसको सालिक अगाडी टक्क रोकिन्छु र मनमनै सोच्छु- कति जाडो भइरहेको होला विचरालाई ! उसलाई एउटा ओभरकोट लगाइदिन पाए हुन्थ्यो जस्तो लाग्छ । मलाई थाहा छ त्यो ढुंगाको एक निर्जिव सालिक मात्र हो ‘उहाँ’ होइन तर पनि पानी परेको दिन जब म त्यो बाटो हिँड्छु उसलाई गएर छाता ओडाइदिन मन लाग्छ ।’

कान्तिपुर रेडियोका निम्ति धेरै वर्षअघि लिएको अन्तर्वार्तामा पेमला भाउजूले दिएको यो उत्तरको सम्झनाले आज पनि भावुक बनाउँछ । एक पत्रकारको नाताले मैले जीवनमा असंख्य मानिसलाई अनगिन्ती प्रश्न सोधे । र त्यत्तिकै उत्तरहरु पनि पाए । मानिसहरु सोध्छन् ‘विजयजी, तपाईले टेलिभिजनमा त्यतिका धेरै अन्तर्वार्ता गर्नुभयो ती मध्ये कस-कसले दिएको जवाफ सम्झनु हुन्छ ?’ इमान्दारीपूर्वक भन्नुपर्दा म तीमध्ये विरलै उत्तर मात्र सम्झन्छु । किनभने अधिकांश उत्तरहरुको तत्कालिक महत्व मात्र थियो । केही विरलै भने सर्वकालिक महत्वका भावनामा निथ्रुक्कै भिजेका उत्तर थिए । पेमला भाउजूको जवाफ तीमध्ये एक हो । मैले टेलिभिजनमा सोधेका धेरै जस्ता प्रश्न र तिनका उत्तर पानी फोकाझै नजाने कुन बेला उदाए अनि कुन बेला पो अस्ताए मैले त चालै पाइनँ । सायद मेरा अधिकांश प्रश्नहरु सतही र क्षणिक महत्वका थिए होलान् त्यसैले तिनले हल्काफुल्का उत्तरहरु मात्र निम्ताए । हुन त हामी पत्रकारहरुले आफ्ना निम्ति होइन दर्शक श्रोता वा पाठकका निम्ति प्रश्न सोध्नुपर्ने मोटामोटी नियम रहेको हुन्छ । सायद दर्शकहरु पनि सतही कुरामा बढी रमाउने हुनाले त्यस्तै खाले प्रश्नहरु अलि बढी सोधियो कि ?

गत साता कमरेड प्रचण्डले त्रिभुवन विश्वविद्यालयको प्रांगणमा आयोजित एक सभामा नेताहरुको व्यापक आलोचना भएपछि एक कटु सत्य बोल्नुभयो- ‘नेतालाई गाली गरेर मात्र केही हुँदैन । नेताले जनता बनाउने होइन जनताले नेता बनाउने हो ।’ प्रचण्डजीको त्यो कथन सुनेर मेरो मनमा अद्भुत सन्तोषको अनुभुति भयो । प्रचण्डजी बिस्तारै भ्रमहरुबाट मुक्त हुनुहुँदैछ र समाजलार्य पनि सतही कुराबाट गहिराईतर्फ लान यस्ता अभिव्यक्तिले सहयोग गर्ने छन् । नेपालमा नेता आकाशबाट झर्ने होइन ।

हामी जस्ता छौं मोटामोटी रुपले हाम्रा नेताहरु पनि त्यस्तै छन् । विख्यात भारतीय पत्रकार कुलदीप नैयरले दसकौं अघि लेखेका थिए- ‘हरेक समाजले आफ्नो वातावरण र योग्यता अनुसारको नेता प्राप्त गर्दछ ।’ यो विषयमा प्रदीप गिरीसँग एक दिन तपोवनमा मेरो गहन संवाद भएको थियो जसमा प्रदिपजी नैयरका भनाइसँग सहमत हुनुभएन । उहाँले भन्नुभयो-’जनताको कमजोरीले गर्दा हामीले योग्य हामीले योग्य नेता पाएनौं भन्ने भनाईसँग म सहमत हुन सक्दिनँ । विचरा गरिब नेपाली ‘दखी नेपाली जनताले मौका पाएका बेला हमेसा सही र संयमित जनादेश दिएका छन् । सत्य के हो भने जनादेशको मर्मप्रति नेताहरु संवेदनशीन नभइदिएकाले जटिलताहरु थपिएका हुन् । हो हाम्रो राजनीतिक नेतृत्व उत्पादन हुने प्रणाली दोषयुक्त छ त्यसमा बहस गरौं । नेपालमा नेता बन्ने बनाउने प्रकि्रयामाथि गहन संवाद र सुधारको दरकार छ । जनता ठीक नभएकाले बेठीक नेता निस्के भन्ने वडा सतही भनाई हो । सुन्दा पढ्दा सनसनीखेज त लाग्छ तर सतही हो ।’ प्रदीपजीले यति भनिसकेपछि मैले हल्का प्रतिवाद गर्दै सोधेँ- ‘के एक अनुपयुक्त शासकीय निर्वाचन प्रणाली भएको देशमा उपयुक्त नेताको उत्पादन हुन सम्भव छ के मैले एक सतही भाव लिएर सोधेको प्रश्नले गहन उत्तर प्राप्त गर्न सक्छ’ मेरो यो जिज्ञासाले भने प्रदिपजीलाई गम्भीर मुद्रामा ल्यायो । एक छिन सोचेर जवाफ दिनु भयो ‘शासकीय स्वरुप र निर्वाचन प्रणालीसँग जोडिएको यो सर्वाधिक महत्वको यक्ष प्रश्न हो । यस विषयमा म तपाईसँग कुनै अर्को दिन छलफल गरौंला । जहाँसम्म सतही भावले सोधिने प्रश्नले पाउने उत्तरको सन्दर्भ छ, मलाईभन्दा तपाईँलाई त्यसको बढी अनुभव छ । जिब्रोले कुनै काम गर्नु र मनले त्यही काम गर्नुबीच फरक त होला नि ।’ यति भनेर प्रदिपजी त्यस दिन बाटो लागे । म सोच्न थालेँ सायद मैले कतिपय अवसरहरुमा हृदयले होइन जिब्रोले प्रश्न सोधेकोले अधिकांश जवाफ दिनेले पनि मनको गहिराईबाट नदिएर जिब्रोको टुप्पोबाट बोल्ने औपचारिकता निर्वाह गरिदिए । अथवा कहिलेकाहीं मैले हृदयबाट सोधे पनि उत्तर दिने मानिसले जिब्रोभन्दा तल ओर्लन नचाहेको पनि हुनसक्छ । ऊ मसित जिब्रोभन्दा तल हृदयको तहमा ओर्लनै पर्छ भन्ने कुनै जवर्जस्ती पनि त छैन नि । हृदयको हृदयसँग संवाद गर्न कम्तीमा दुईजना चाहिन्छ होइन भने ‘वन साइडेड लभ’ भरेर वर्वाद हुन्छ । नारान दाई भन्नुहुन्थ्यो ‘के तिमीलाई थाहा छ संसारका सबैभन्दा उत्कृष्ट अन्तर्वाताहरु पढ्न हेर्न र सुन्नका निम्ति मात्र हुँदैनन् । उत्कृष्ट अन्तर्वार्ताहरु त मानिसले ‘महसुसु गर्न सक्नुपर्छ । उत्कृष्ट अन्तर्वार्ता हृदयको हृदयसँग संवाद हो ।’ नारान दाइले निर्धारण गरेको मापदण्डअनुसार मैले बिरलै मात्र टेलिभिजनको पर्दामा ‘अन्तर्वार्ता’ देखाउन सकेँ होला । ‘वार्ताहरु धेरै गरेँ ‘अन्तरमनको वार्ता’ धेरै गर्न सकिनँ । कसैसँग वार्ता गर्नु र ‘अन्तरमनको वार्ता’ गर्नुबीच धेरै फरक छ । मेरो अनुभवमा गैरराजनीतिक क्षेत्रका मानिसहरुसित जति सहजै अन्तरंग अन्तर्वार्ता गर्न सकिन्छ राजनीतिक प्राणीहरुसँग सकिन्नँ । नेपालमा मात्र होइन यो कुरा सर्वव्यापी छ । हुन त विश्व पत्रकारिताको इतिहासमा ओरियाना फलासी जस्ता केही नामहरु पनि छन् जसले विश्व राजनेताहरुसँग गरेका अन्तर्वार्तामा आधारित ‘इन्टरभ्यु विथ हिस्ट्री’ पढ्नु भयो भने कुनै जीवन्त सेनेमा हेरेको अनुभव गर्न सकिन्छ । लेखनी यति जीवन्त छ कि अन्तर्वार्ता पढेको होइन हेरेको अनुभव गर्न सकिन्छ । एक इटालियन मित्र भन्थिन्- ‘विजय हामी ओरियानालाई पढेर मात्र जति धेरै दृश्य देख्न सक्छौं सायद कतिपय टेलिभिजन वार्ता हेरेर पनि त्यस्तो विहङम दृश्य देख्न सक्दैनौं । ‘एक सफ्ट आवर कनवरसेसनका’ दौरानमा डा.उपेन्द्र महतो भन्नुहुन्थ्यो- ‘विजयजी तपाईँले मुखले बोल्नुभयो भने मेरो कानले सुन्छ तर हृदयले बोल्नुभयो भने मेरो मनले सुन्छ ।’ सुनेर म अवाक् भएँ । धेरैलाई थाहा छैन डा. महतोमाथि लक्ष्मी माताको जति कृपा छ त्यसको दाँजोमा सरस्वती अनुकम्पाको पनि कुनै कमी छैन । डा.साबको त्यो उत्तरबाट पत्रकारिताको विद्यार्थीले धेरै कुरा सिक्न सक्दछ । धेरैले ठान्दछन् कि गीता श्रीकृष्णको उपदेशको गाथा हो । तर सत्य त्यति मात्र होइन । गीताको निर्माणमा अर्जुनका प्रश्नहरुको पनि बराबरको योगदान छ । एक कमजोर प्रश्नले बलियो उत्तर बिरलै निम्ताउँछ । अर्जुनको ठाउँमा अरु कोही उभिएको भए सम्भवत गीताको रचना नै हुने थिएन । श्रीकृष्णा अगाडी नहकुल सहदेव भीम वा स्वयं युधिष्ठिरले समेत अर्जुनले झैं ‘मलाई भीष्म द्रोणचार्य शैल्य अस्वस्थामा जस्ता अनेकौं महायोद्धा भएको सेनालाई बध गर्नुपर्दा परम दुख हुनेछ । कसरी यिनीहरुलाई मारुँ’ भन्ने आशयको प्रश्न गर्ने आँट नै गर्ने थिएनन् । अर्जुनले त्यो प्रश्न गरे किनभने उनी ती सबै महारथीको बध गर्ने क्षमता राख्दथे । अर्जुनबाहेक अरुका मुखबाट गीताको प्रथम अध्यायमा उल्लेखित त्यो प्रश्न ‘छोटा मुख बडी बातु हुन्थ्यो र सम्भवत श्रीकृष्णले त्यसको उत्तर पनि दिनुहुन्नथ्यो होला र गीता आफ्नो प्रथम अध्यायमा नै तिरोहित हुन पुग्दथ्यो ।

केही मानिसहरु मलाई भन्छन् ‘पन्ध्र दिनमा एक पटक गन्थन लेखेर के समय बिताउनु हुन्छ नेताहरुलाई टेलिभिजनमा ल्याएर मारसँग छ्यास्नुस् न । मारसँग छ्यासे पो हेर्न मजा आउँछ ।’ हो देश र समाजको आवश्यकतालाई ध्यानमा राख्दै गरिने आक्रामक ब्रान्डको टेलिभिजन पत्रकारिताको इतिहास सुरुवात गर्ने सक्दो प्रयास गरेँ । फर्केर हेर्दा महसुस हुन्छ म टेलिभिजनमा त्यति आक्रामक कहिले थिइनँ जति ठानिए । सत्य के हो भने- पाचायतको सुनसान सन्नाटामा नेपाल टेलिभिजनमा देखिने मेरो कार्यक्रममा यदाकदा आउने सानो विरोधको आवाज पनि निकै ठूलो सुनिएको मात्र हो । आजभोलि समाजमा गणतन्त्रको यत्रो कोलाहल छ कि घाँटी फुकाएर कराउनेहरुको आवाज पनि खासै सुनिदैँन । पाचायती शासकहरु कानमा स्पिकर लगाएर बस्थे कतै विरोधको सानो खित्रिक्क आवाज आए कि सतर्क हुन्थे । अहिले शासकहरु कानमा ‘एयर प्लग’को बुजो लगाउर बस्छन् । आफ्नो परिवार र मन परेका कार्यकर्ताको बाहेक अरु कसैको आवाज नछिर्ने एयर प्लग ।

यस्तो पृष्ठभुमिमा म एक नयाँ टेलिभिजन कार्यक्रमबारे सोच्दै छु जहाँ कहिलेकाहीँ भए पनि नारान दाईले भनेझैं हृदयको हृदयसँग संवाद गर्न सकियोस् । हुन त मलाई थाहा छ टेलिभिजनमा कुनै नयाँ अभिनेत्री वा अभिनेतालाई लुगा फुकालेर आफ्नो शरिर देखाउन जति अप्ठ्यारो हुन्छ त्यसको तुलनामा मन खोलेर देखाउन धेरै गुणा बढी असहज हुन्छ । यो नियम अभिनेता अभिनेत्रीमा मात्र होइन नेता नेत्री वा हामी प्राय सबैमा त्यतिकै लागू हुन्छ । तर हाम्रा नेताहरुले जिब्रोबाट मात्र होइन अलिकति हृदयबाट बोले जनताले पनि कानले होइन मनले सुन्ने थिए । तब न मजा ।
vijayko@gmail.com

युवराज घिमिरे

नेपालका सम्पादक युवाराज घिमिरेले भारतका आफना सम्पादक विनोद मेहेताको पुस्तक लखनउ ब्वई पुस्कतबारे लेखेको लेखेको समिक्षा (तर उनले सुरुमै भनेका छन यो समिक्षा होइन :) )

Lucknow boy by Vinod Mehta

यो पुस्तक समीक्षा हैन, विनोद मेहताको ‘लखनउ ब्वाय- अ मेम्वायर’ या उनको संस्मरणको। किनकि, म त्यो गर्न सक्दिनँ निष्पक्षताका साथ। विनोद मेहतासँग सहायक सम्पादकका रूपमा ‘आउटलुक’ साप्ताहिकमा त्यसको तयारी र स्थापनाकालदेखि नै काम गरेकाले मात्र हैन, मेहता मेरा आदरका पात्र पनि हुन् भारतीय पत्रकारितामा। आत्मपरकताको अभाव, कृत्रिम विनम्र नदेखिने गरी विनम्र, सार्वजनिक व्यक्तित्व (खासगरी राजनीतिज्ञ) प्रति मर्यादित या सम्मानजनक तरिकाले असम्मान देखाउन सक्ने (लेखेर) खुबी उनीसँग छ, आफ्नै किसिमको।

व्यक्तिगत रूपमा, म उनको ‘सोसल सर्कल’ भित्र पर्दिनँ र परिनँ पनि। विनोद आफैं ‘एक्लो’ खालका व्यक्ति मानिन्छन्। दिल्लीमा छँदा अक्सर इन्डिया इन्टरनेसनल सेन्टरमा लन्च या चिया खान जाँदा अवश्य पनि त्यहाँको ठूलो जमात पत्रकार (सक्रिय या रिटायर्ड) तथा प्रशासक र नेताबाट पन्छिन उनलाई गाह्रो हुन्छ नै। तर, उनी एकलासे या एकदुई जनासँग मात्र बसेर अन्यत्र कतै खान रुचाउने खालका व्यक्ति हुन्। उनका फ्यान छन्, तर ती संगठित या सामूहिक रूपमा विनोदसँग देखिँदैनन्।

उनको ‘सोसल सर्कल’मा नपर्दा-नपर्दै पनि म उनको प्रशंसक हुँ, खासगरी उनले सम्पादकका रूपमा आफ्ना सहयोगीमाथि हस्तक्षेप नगर्ने र विविध निहित स्वार्थ (सरकार या कुनै संगठित समूह/व्यक्ति आदि) र मालिकको हस्तक्षेप नसहने बानी र साहसका कारण। त्यो बानीले गर्दा उनले पटके रूपमा राजीनामा गरेका मात्र छैनन्, विनोदको परिचय एउटा जमानामा ‘अस्थिर’ सम्पादकका रूपमा पनि स्थापित भइसकेको थियो। असहमति जनाएर बाहिरिएपछि पनि उनी संयमित र तिक्तताबाट पूर्ण मुक्त देखिन्छन्। त्यसैले, उनी सधैं ‘कुल’ रहन्छन् र यदाकदा चर्को स्वरमा अफिसमा बोलिहाले पनि उनका सहयोगी ‘अनलाइक विनोद’ भन्दै हाँसेर त्यो क्षण बिताइदिन्छन्। अनि त्यो सम्झनामा नजेलिइने अतीत बन्न जान्छ।

सर्सर्ती हेर्दा विनोद मेहताको किताबमा उनको पत्रकारिता जगतको भोगाइ भारतीय सञ्चार माध्यमका अक्सर बाहिर पुस्तकका रूपमा नआउने, तर त्यो वृत्तमा चर्चा हुने विषय समेटिएका छन्। केही सञ्चार मालिकले या प्रोप्राइटरले कस्ता किसिमका व्यक्तिलाई सम्पादकका रूपमा राख्न चाहन्छन्, त्यो अभिव्यक्त गर्न आफैंलाई आफ्नै व्यंग्यको पात्र बनाउन सफल विनोदले त्यस्ता प्रशस्तै मालिकलाई भोगेका छन्, त्यागेका छन्। तर, सम्पादक (एडिटर) कस्तो हुनुपर्छ त? घरमा एउटा कुकुर पाल्नेबारे आमा र श्रीमतीसँग त्यसको नाम के राख्ने भन्ने छलफल हुँदा विनोदले ‘एडिटर’ राख्ने सुझाव दिए। त्यो एडिटर साथी हो ‘एडिटर इन चिफ’ विनोद मेहताको अहिले। ‘ऊ अवज्ञाकारी छ, जिद्दी छ, सोच्न र विचार गर्न सक्छ, उसलाई सबै कुरा थाहा छ।’ हरेक एडिटरको आफ्नाबारे र अरूहरूको एउटा एडिटरबारे सायद त्यस्तै सोच हुने गर्छ।

‘एडिटर’का लागि सायद योग्यताभन्दा पनि त्यो पोजिसन हासिल गर्ने व्यक्तिले आफूलाई ‘सर्वज्ञ’/'सर्वज्ञाता’ मान्ने वर्तमान संस्कारप्रतिको व्यंग्य हो विनोदको त्यो। किताबका कतिपय पानामा उनले आफ्नो अनाडीपनदेखि अज्ञानतासम्म अनेक बेलिविस्तार लगाएका मात्र छैनन्, भर्खर बेलायत पुगेर एकजना धनी परिवारकी छोरीसँग कसिन लागेको मित्रता उनको अज्ञानताकै कारण समाप्त भएको रहस्योद्घाटन पनि गरेका छन्। सन् ५० को दशकयता पश्चिमेली मुलुकले प्राविधिक शिक्षा हासिल गर्न गरिब र अल्पविकसित एसियाली मुलुकलाई दिएको सहयोग समेटिएको ‘कोलम्बो प्लान’बारे उनले खासै केही नबुझेको देखेपछि विश्व परिवेशमा बेलायती नीतिबारे चासो राख्ने त्यो परिवार र ती महिला मित्रसँगको उनको सम्बन्ध टुटेको थियो।

भारतीय पत्रकार जगतमा हासिल गरेको हैसियत हेर्दा उनले जीवनमा धेरै संघर्ष गरेजस्तो लाग्दैन। तर, यथार्थ फरक रहेछ। चार दशकदेखि कुनै न कुनै पत्रिका, चाहे पुरुष सौन्दर्यको अवधारणामा आधारित ‘डेबोनियर’ होस् या अहिले ‘आउटलुक’का सम्पादक, उनको जागिर (जसले बीचबीचको ब्रेकपछि निरन्तरता पाइनै रहेको छ) सहजजस्तै लाग्नु स्वाभाविकै हो। किनकि, आखिर उनले ‘जागिर’ त पाइनै रहेका छन्। Read the rest of this entry »

Tag Cloud

Follow

Get every new post delivered to your Inbox.

Join 852 other followers