My experience with 9 canadian women trekkers

women\'s trek for peace and development

उकाली ओराली गर्दै

खोला नदी सागर तर्दै

दुख पीडा बिसर्ँदै म आँए

आफ्नै गाँउ फर्कि आँए



स्थायी घर म्याग्दी जिल्ला नभए पनि त्याहाँको डाँडा पाखा हिडँ्दा सोनु निगमको यो गीत म खुब गुन्गुनाउथेँ । सँगसँगै हिडेका क्यानाडियन महिलाहरु गीतको धुन मन परेको भन्दै रचना अनुवाद गर्न अनुरोध गर्दथे । टुटेफुटेको अङ्ग्रेजी मिलाउदैँ अनुवाद गरेर सुनाउँथे । मैले गीत गुन्गुनाएको सुनेर उनीहरुलाई पनि गीत गाउनुपर् यो रे । गाउ न त भन्दा उनीहरुले आफ्नै ठाँउको पारा ल्याईहाले । म्याग्दीका बासिन्दाको कष्टकर जीवन देखेका उनीहरुले आफ्नै मुलुककी गायिका अभि्रल लभिग्नीको ुलाईफ ईज सो कमप्लिकेटेटु गाएर ।

ुशान्ति र विकासका लागि महिला पदयात्राु कार्यक्रम मार्फत जाने विभिन्न उमेरका महिला बेग्ला बेग्लै क्षेत्र संग आबद्व थिए । ९ क्यानाडियन महिला संग गरिएको दश दिने म्याग्दी भ्रमणमा थुप्रै कुरा सिक्ने र थाहा भएका केही कुरा सिकाउने मौका मिलेको थियो । मेरो लागि पहिलोपटक थियो विदेशी महिला संग यति लामो समय संगै बिताएको । पहिला पहिला उनीहरुको कति कुरा नोैलो लागे पनि पदयात्रामा संगै

हिड्न थालेपछि सबै स्वभाविक लाग्न थाल्यो ।

एक वर्ष अघि रोल्पामा गरेको १५ दिने पदयात्रा कार्यक्रममा मलाई खासै नौलो कुरा महसुस भएको थिएन । तर अहिले परिस्थिति पनि त्यस्तै पर्न आयो कि एकातिर घरधन्दामा व्यस्त भई पिठ्युमा बच्चा च्यापदै गरेका विकासोन्मुख देशका नेपाली महिला थिए भने अर्कोतिर विकसित देशका सक्षम महिलाहरु ।

क्यानेडियनमा आएको नेपालीपन

पहिला पहिला चिसो पानी छोए पनि बिरामी होइएला भन्ने उनीहरु पछि भने थकाई मार्दा खोलाको किनारामा गएर जुक्ता खोली खुट्टा पानीमा डुबाएर बस्थे । धारा आउने बित्तिकै पुरै टाउको चुर्लुम्म भिजाँउथे । नेपाली पदयात्रीमा पोर्टरहरु बाहेक थ्री सिस्टस्र की डिक्कि दिदी फेकोफनकी जेनी दिदी र म मात्र थियौँ । हामीहरुको साझा भाषा अङ्ग्रेजी थियो । चिसो पानी माथि उनीहरुले पारेको नखरालाई हामी तीन नेपाली भाषामा कुरा गथ्योै्र । सायद उनीहरु पनि हामी संग चित्त नबुझेको कुरा फे्रन्चमा नै भन्थे हालान् ।

चौरखानीका आमासमुह स्थानीय खाना बनाउदैँ

क्यानेडियनहरु पहिला पहिला खाना तयार भए पछि कुनबेला खाएर सुत्न जाँउ भन्ने गर्थे । चौरखानीमा आमा समुहले हामीलाई सिस्नुको साग मकैको च्याँखला फापरको रोटी कोदोको ढिडो खुवाएका थिए । साथै गरिबीमा पि_िल्सएका उनीहरुले हामीलाई नुन घ्यू र सिल्टिमुर हालेर बनाएको चिया खुवाएका थिए । यो चियालाई विदेशीहरुले हर्बल टि भन्दै स्वाद लिई लिई पिए । त्यसैबेला देखि अरुलाई खुवाउन पाँउदाको खुसी गाँउलेमा देखेका विदेशीहरुले हामी नेपाली पदयात्री नै छक्क पार्ने गरी कहिले को त कहिले को आज मेरो खाना सर्भ गर्ने पालो भन्थे । एकदिन राति खाना खादाँ पहिला चाहिँ आफैँ मात्रै खाना खाँउ भन्ने अहिले चाहिँ किन नी यस्तो भन्ने प्रश्नमा उनीहरुले एक मुख भएर उत्तर दिएका थिए ुहामीमा पनि अरुलाई ख्वाएर मात्रै आफु खाँउ भन्ने नेपालीपन ल्याउन खोजेको नि ।ु साच्चै नै दश दिनमा उनीहरुले थुप्रै नेपाली शब्द र दुई वटा नेपाली गीत पनि जसोतसो गाउन सक्ने भएका थिए । रेशम फिरिरिको साथै कुईने गाँउमा स्वागत गर्दा स्थानीय महिलाले गाएको

घर कहाँ हो मायाको

त्यही पर खोला मािथ

जीवन हाम्रो गाह्रो यहाँको

रमाईलो पानी मायाले

पनि जेनतेन गाउन सक्ने भएका थिए । यो गीतको लय साह्रै मनपराएकी क्यामेरा वमनडेबारा भ्यान्सलेटले स्थानीय महिला जम्मा पारी गीत रेकर्ड गरेर लगिन् । अग्ली डेबोराले क्यामेरा काँधमा भिरेर बाहिर निस्किदाँ बच्चाहरु वरिपरि झुम्म हुन्थे । एक दिन टेन्टबाट उनी संगै बाहिर निस्किदाँ बच्चाहरु वरिपरि बसेका थिए । मैले उनीहरुलाई के हेरेको बाबु भनेर सोधेँ उनीहरुले मै माथि प्रतिप्रश्न गरे ुदिदी यो गाडी जस्तै छ यहाँ कसरी गुड्छु मैले झट्ट विजय कुमार पाण्डेले जुम्लामा पहिलोपटक गाडी देखेका बच्चाहरुलाई गाडी कस्तो हुदाँेरहेछ भनेर सोधेको प्रश्न सम्झिएँ । टेन्टलाई देखाएर त्यहाँका बच्चाहरुले सोधेको प्रश्नले म अवाक् भएको थिएँ । यी सबै कुराहरुलाई उताबाट डेबोराले आफ्नो क्यामरामा कैद गरिरहेकी थिईन् ।


स्थानीय महिला संग नाच्दै रोजे

रोजे नेपालीमा उनको नाउको अर्थ शित हुनेरहेछ गएकै दिनदेखि स्थानिय लोक सङ्गितबाट मोहित भएकी थिईन् । समाज सेवामा स्नातत्तोतर गर्दै गरेकी उनलाई नेपाली लोक गीत सङ्गीतले निकै लोभ्याएको थियो । म्याग्दी जिल्लामा भ्रमण गरेको विभिन्न दश गाउँमा नै हामीलाई रातो अबिरको टिका फुलमाला खादा विभिन्न स्थानीय गीत सङ्गीतले गाँउलेहरुले स्वागत गरेका थिए । यात्राको तेस्रो दिन हामी चिमखोला गा।बि।समा बास बस्न गएका थियौं । हामी आउने थाहा पाएका उनीहरु हाम्रो स्वागतको लागि स्थानीय बाजा सहित एक कोष टाढा पुगेका थिए । हामी पुगेको साँझ उनीहरुले ३ घण्टे साँस्कुतिक कार्यक्रमको साथै घरेलु सामानको प्रदर्शनि पनि देखाएका थिए । चिमखोलाको विशेषता रहेको थाली नाँच देखाए पछिको अन्तिम गीतमा उनीहरु आफू मात्र नाचेनन् विदेशि महिलालाई पनि नचाएका थिए । नाँच गानमा ठुलो सौखिन रोजेले पदयात्रा सकेर हामी फर्किए पछि भनेकी थिईन् नेपालमा बिस्रन नसकिने कुरा भनेकै स्थानीय गाँउले संगै नाचे र गाएको क्षण हो ।


चिम खोलामा देखाईएको साँस्कृतिक कार्यक्रम

दग्नाममा स्थानीय महिलाहरुले आफैँले बुनेको झोला उपहार स्वरुप हामी सबै पदयात्रीलाई दिदाँ रोजे निकै बेर रोएकी थिईन् । त्यही क्षण उनले भनेकी थिईन् ुगरिबीमा पनि सधैँ मुस्कुराउने अनुहार अन्य कुनै देशमा पाउन सकिदैँन ।

ब्वाईप्रुेन्डको झट्का

पदयात्रा कार्यक्रमकी प्रवक्ताको साथै पच्चिस वर्ष देखि पत्रकारीता क्षेत्रमा रहेकी जोजेले एकदिन कुईने गाँउमा म संग नेपाल र नेपालीका ’boutमा थुप्रै कुरा सोधेकी थिईन् । नेपाली महिलाको जीबन शैली देखेर साँस्कृतिक रुपमा झट्का पाएको महसुस गरेकी उनले मैले पनि कतै आफुहरुबाट त्यसतो केही पाएकी छु कि भनेर सोधेकी थिईन् । म उनीहरुको दुईवटा कुराले साच्चैको कल्चुरल सकमा परेको थिएँ । एउटा त पन्ध्र÷सोह्र वर्ष कै उमेरमा परिवार संग अलगिएर बस्ने एक्लो स्वतन्त्र जिवन थियो भने अर्को उनीहरुले छोटो समय मै परिवर्तन गरिरहने ब्वाईफे्रन्ड । नौ क्यानाडियन मध्य पनि जोजे ब्वाईफे्रन्ड बदलिरहने प्रतिस्पर्धामा सबैभन्दा अगाडी थिइन् । पन्ध्र वर्षे उमेरमा ४५ वर्षे आफ्नो फिलोसोफी शिक्षकलाई ब्वाईफ्रेन्ड बनाएकी उनलाई त्यो बेला शिक्षकले ब्लादीमीर नाबोकोवद्धारा लेखिएको विश्व विख्यात उपन्यास ुलोलिताु पढ्नको लागि सल्लाह दिएका थिए रे । त्यसपछि उनलाई अहिले सम्म कतिवटा ब्वाईफे्रन्ड भए भन्ने कुरा नै याद छैन रे । उनले कुराको प्रसङ्गमा भनेकी थिईन् ुओ माई गड आई कान्ट काउन्ट माई ब्वाईप्रुेन्ड मे बी ट्वान्टी÷थर्टी ।ु। जोजेले ब्वाईप्रुेन्डको ’boutमा सबै कुरा बताउदाँ निकै लामो समय लगाएर बुझे पछि म तीन छक्क पर्थेँ ।

दग्नामबासीले गरेको स्वागतले आशु झार्दै पत्रकार जोजे


जे भए पनि अन्य क्यानाडियन महिला संगै ढुङ्गे युगमा नै नेपाल देख्ने पत्रकार जोजे पनि म्याग्देलिले गरेको स्वागतले भक्कानो फुटाएर रोएकी थिईन् । उनी रोएको फोटो मैले खिज्दा उनले भनेकी थिईन् ु अहिले सम्म थुप्रै गरिब र बिकट ठाँउ घुमे पनि उद्धार भावना लिएर मुस्कुराउन सक्ने नेपालीपन अन्यत्र भेट्टाउन सकेकी थिईन ।ु यो लेख लेखिसकेर क्यामेरा वोमन डेबोराले पठाएको ईमेल पढ्दा लेखिएको छ ु माई एक्सपिरियन्स ईन नेपाल ईज डिप इन्साईड मी द्याट ईज फर स्योरु ।

Advertisements

ुप्याराग्लाइडिङ्ग पारोु


राजधानीको प्रदुषण माग षुरा गराउने एक मात्र विकल्प भएका बन् हड्ताल र ट्राफिक जामले दिने सास्ती आफ्ना ठाँउमा छन् तर यी सधैँ खुखको पहाड बनेर मात्रै नआउँदा रहेछन् । त्यस्तो हुँदो हो त म पोखरा पुग्नै पाउँदिन थिएँ ।

सुन्दर तालनगरी’bout मैले थुप्रै सुने पढेकी मात्रै थिएँ । काठमाडौँ विश्वविद्यालयमा यस पालिको विन्टर भ्याकेसन र पेट्रोलियम पदार्थको अभावविरुद्ध राजधानीका सडक तताइ एकै चोटिजसो परेका थिए । यसले मलाई पोखरा जान हुटहुटायो । संगिनी शिखाका साथ पाएँ ।

लोडसेडिङ्ग बलिरहेको साँझ हामी गन्तब्य पुगेका थियौँ । त्यहाँ पुगेपछि नै आनन्द अनुभूत हुन थाल्यो । भोलिपल्ट विहानको चिसो सिरेटोमा लेकसाइडबाट पहिलोपटक फेवाताल हेर्न पाउँदा अर्को रमाइलो थपियो । तालवाराही दर्शनपछि एघार सय मिटर उचाइमा निर्माणाधीन विश्वशान्ति स्तूप पुग्दाको अनुभव के बयान गरुँ ! त्यहाँबाट छर्लँगै देखिएका पोखरा नगरी मनमोहक हिमशृखंलाले पनि मन मोहे । प्याराग्लाइडिङमा चराझैँ उडेका मानिसको दृश्यले भिन्नै कौतूहल जगाइदियो ।

नाम चलेका तीनै गुफा मन्दिर माटेपानी गुम्बा बेगनास र रुपा ताल घुमेपछि घर फर्कने हाम्रो सुर थियो । तर पोखरा आएपछि प्याराग्लाइडिङ अनुभव नलिई फर्कनु मेरो मनले मानेन । हिखा कामविशेषले चितवनतिर लागी । मैले बसाइ दुई दिन बठाएँ ।

मौसम खुलेको दिन मुलुककै पहिलो ग्याराग्लाइडिङ पाइलट मानिएका राजेश बमजनलाई भेट्न गएँ । स्थानीय अग्रजहरुले प्याराग्लाइडिङ एकदम खतरनाक र डरलाग्दो भएकाले नगर्न सल्लाह दिएको र घरपरिवारले इच्छा भए उड्नु भनेकाले दुविधामा थिएँ । बमजनबाट हौसलापूर्ण सुझाव पाएँ । पाइलटिङ सिक्नेमा १५ वर्षे मिलन परियार पनि रहेको थाहा पाउँदा मेरो उत्साह दोब्बर भयो । यसले उडान शुल्क तोकिएभन्दा एक हजार घटाउन पनि मदत गर् यो ।

img_3917
निश्चित समयमा उड्न म र दुई कोरियाली युवती तीन पाइलटसहित गाडीमा सराङकोट डाँडातर्फ लाग्यौँ । उड्दा के होला भन्ने कौतुहल ज्यूँका त्यूँ थियो । हामी तीन फेरि भेट्ने बाचासहित उड्ने तयारीमा लाग्यौँ । कारियालीहरुलाई नेपालीले उडाउने भए मलाई भने प्रुान्सेलीले । मेरा पाइलटले कावा खाइरहँदा जाडो हुन्छ भन्दै जगेडा ज्याकेट लगाउन सल्लाह दिए । कम उचाइकी मलाई त्यो ज्याकेटले सानो छँदा लगाएको घाँगरको सम्झना दिलायो । मलाई उड्दा आवश्यक सबै कुरा लगाइसकेपछि कसरी दौडेर उड्ने सिकाए । अनि हामीले जमिन छाड्यौँ ।

म अगाडि थिए पछाडि प्रान्सेली हर्बे । चिसो सिरेटोमा उडिरहँदा आँखैमा टाँसिने गरी माछापुच्छ्रेृ अन्नपूर्ण हिमाल देख्दा सम्पूर्ण कुरा बिसर्िएँ । चीलहरुलाई नजिकै देख्दा आफै कुनै चरा भइरहेको अनुभव भयो । मैले प्रकृति नियालिरहेका बेला हर्बेले सोधे ुआर यु अप्रुेड ु

good-pic-2-wings-over-lake
मैले सोचे जति डर नलागेको बताएँ । उनले फेरि सोधे ुकस्तो अनुभव भइरहेको छ ु

मैले वरिपरिका दृश्यबाट अनुपम आनन्द लिइरहेको बताएँ ।

ुम हावाको बेग मिलाउँदै उडाउँछु आफूलाई सुरक्षित राख्नु वउनले सहज पारामा भने ुम सुरक्षित रहेपछि तिमी पनि सुरक्षित रहन्छयौ नि होइन ु उनको कुरा चित्त बुझ्यो ।

त्यही बेला मेरो माबाइल बज्यो । खल्तीबाट निकालें घरबाट दाइले गर्नुभएको रहेछ । मैले ढुक्कसँग कुरा गरें । तर म उडिरहँदा नै बोलेको उहाँले विश्वास गर्नुभएन । ुविश्वास दिलाउन फोटो देखाउँछु मैले भनें ।

त्यसपछि खल्तीबाट क्यामेरा झिकेर वरिपरिका दृश्य कैद गरेँ । हर्बेले एकपटक सररर राउन्ड लगाउँदा भिडियो पनि खिचेँ । २२ वर्षको पाइलटिङ पेसामा सराङकोटबाट उड्दाको जस्तो आनन्द अनुभव अन्यत्र नगरेको उनले बताए । पोखरामा तीन महिनादेखि प्याराग्लाइडिङ गराउँदै आएका उनले म जस्ता कम उमेरका नेपाली केटीलाई नउडाएको बताए र सम्झनास्वरुप क्यामेरा उल्टा पारेर दुवैको तस्बिर उतार्न आग्रह गरे । म आज्ञाकारी चेली भएँ ।

उडान अवधि १५ मिनेट मात्र बाँकी रहेको भन्दै उनले दृश्यको आनन्द लिन सुझाए । ब्यारोमिटरको मधुरो आवाजबाहेक मलाई डिस्टर्ब गर्ने कुनै चीज थिएन । सात हजार फिट हाराहारीको उचाइबाट तल देखिएका विभिन्न ताल तलैया पोखराबजार गुरुङ बस्ती र पूर्वी दक्षिण क्षेत्रमा अवस्थित विश्वशान्ति स्तूपले मनै चंगा बनाए । जति हेरे पनि नअघाइने मनोरम स्थलमा बसेकैले पोखरेलीहरु साहित्य संगीततिर बढी लागेका होलान् जस्तो लाग्यो ।

प्याराग्लाइडिङ ल्यान्ड गर्ने समय भयो । त्यस बेला भने मेरो कान बन्द भएर पेट उमठियो तर खासै अप्ठ्यारो केही भएन ।

दुई कोरियाली युवतीमध्ये हियुनले फेरि भेट्ने इच्छा राखेकी थिइन् । लगभग सँगै उडेका हामीलाई अवतरण पनि सँगै गराइएको थियो । हियुन नजिक आइन् र मेरो निधारको टीकातिर इसासा गर्दै सोधिन् ुआर यू अलरेडी म्यारिड ु बिहान विन्ध्यवासिनी मन्दिर दर्शन गर्दा पुजारीले लगाइदिएको टीका कपालसम्म पुगेको रहेछ । हियुनले नेपाली महिला विवाहिता हो होइन भन्ने सिउँदोको सिन्दुरले जनाउने सुनेकी रहिछन् ।

ुतपाइले सुनेको सही होु मैले अथ्र्याएँ ुहिन्दु धर्पालम्बीहरुमा पूजापछि पनि यसरी टीका लगाउने चलन छ ।ु

कारियाकै विश्वविद्यालयमा मेडिकल साइन्स पठिरहेका उनीहरु सोझै गोवाबाट पोखरा आएका रहेछन् । काठमाडौँमा भने नबसेको थाहा पाएपछि साधेँ ुघुम्न नजाने त एक चोटि ु

final-glide-after-a-days-xc
अघिदेखि मौन रहेकी मिनले मुख खोलिन् । मीनभवनस्थित नेपाल कोरिया डोङसान मेडिकल सेन्टरमा स्किन चेकअप गराउने इच्छा भए पनि काठमाडौँमा कुन समय बन्द हुन्छ भन्ने निधो नहुने सुनेकाले दोधारमा परेको उनले बताइन् ।

पढाइमा मभन्दा एक वर्ष सिनियर उनीहरुसँग रमाइलो गफ कलेज लाइफ’bout पनि भयो । कोरियाली सिरियल ुविन्टर सोनाटाु एकदमै मन परेको सुनाएपछि उनीहरुले आफूहरु र उताका थुप्रै किशोरी त्यसका मुख्य पात्र खान जुनसाङको फ्यान भएको बताए । कुराकानीा भुल्दाभुल्दै प्याराग्लाईडिङको कार्यालय आइपुगेछ ।

बमजन दाइले सोध्नुभयो ुकस्तो रह्यो त उड्दाको अनुभव ु मलाई प्याराग्लाइडिङमा फेरि तत्काल हुइँकिने मन थियो तर विद्यार्थी जीवनमा तत्काल साढे चार हजार रुपैँया जोहो गर्न कहाँ सक्नु !