सपनामै भुल्न देउ

IMG_0519

आजकाल खुल्ला आँखाले संसार नियाल्दा

जब अन्धकारले मन चिसो हुन्छ,

म आँखा बन्द गरेर उज्यालो खोज्न थाल्छु

दुखको विगत जब मानसपटलभरि छाउँछन्

खुसी र हाँसो त्यसैमा भेट्‍छु

हो मलाई विपनामा होइन, सपनामै भुल्न देउ

अहिले जब समय अर्थहीन भएको पाउँछु

कहालिन्छु भविष्यमा मेरो भागमा के लेखिएको होला?

हुन त म पढिएजस्तो भाग्यवादी पक्कै होइन

तर जब कुनै बीच बाटोमा लक्ष्यविहीन भएको आभास हुन्छ

तब लाग्छ भाग्यको भर निर्विक्लप बन्दोरहेछ

अनि त विपना भन्दा सपना प्यारो लाग्दोरहेछ

आँखा खोल्न भन्दा चिम्लिनमा उज्यालो महसुस हुँदोरहेछ

कल्पना गर्नमा के जान्छ समयको न्यानो महसुस न हो

म कल्पनामा टुहुरो हुनुको यथार्थ भुल्न सक्छु

आमाको ममतामा लुटपुटिएको महसुस गर्नसक्छु

चित्त दुखेको मन भुलाउन सक्छु

थोरै पल सहि विगतका सम्झनामा पौडिँदै

अहिलेको कल्पनामा तैरिन सक्छु

म आँखा चिम्म गरेर विगतमा हराइरहँदा नै सही

मेरो अनुहारमा बिछट्टको खुसी खोज तिमी

हो मलाई विपनामा होइन, सपनामै भुल्न देउ

म त्यो पनि कल्पना नै गर्छु

जब म आँखा चिम्म गरेर

वर्षौं अघिको समयमा फर्किन्छु

तब मेरो मुहारमा फक्रिएको सुर्यमुखीमा

तिम्रो ममतामयी छहारीको प्रतिविम्ब खोज

हो मलाई विपनामा होइन, सपनामै भुल्न देउ

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )