म बदल्न सकूँ…

friends forever


केही अघि एउटा बिहे पार्टीमा विजय दाईले भनेका थिए ‘संसारमा मान्छेले आफ्नो भन्दा अरुको ’bout बढी पीर गरेर बिगि्रएको हो ।’ मलाई लाग्थ्यो/अझै पनि लाग्छ- ‘एउटा स्वार्थी सोचाई राख्नु हुँदैन जहाँ आफ्ना आकांक्षामात्रैले ठाउँ पाऊन् ।’ त्यसतो भए परिवार, साथीभाई, समाजसँग एक्लिन्छ । तर यो समाज/साथी भाई के साँच्चै निस्वार्थीलाई माया गर्छ त ? विजय दाईले अरु र आफ्नै पेशाप्रतिको मेरो नैराश्यता देखेर अर्का हितैषि दाईलाई बोलाएर माथिको वाक्य भनेका थिए ।

राम्रा मान्छेलाई पछारिएको बेला थियो त्यो । मैले ती दाई अभिमानी मात्रै हैनन्/स्वार्थी पनि रैुछन् सोचेको थिए । तर कपाल तिलचाम्ले भैसकेका दाईले मैले भन्दा धेरै भोटो फटाएका छन् । समाज बढी बुझेका छन् । कुरा सत्य नै हो । तिमी नसुधि्रए/नसपि्रए सम्म तिमीलाई एक कौडीको पनि भाउ दिने वाला छैन यो समाज, आफ्नै साथी भाई । आज मित्रता दिबस । कति परिवर्तित छ समाज । हुनैपर्छ । पेशामा सकि्रय हुँदा र नहुँदा कति फरक छ यो मित्रता दिबसको महत्व । कम्तीमा मोबाइलको इनबक्स, जीच्याट, फेसबुक र ट्वीटरमा ।

मैले धेरै पछि हटमेलमा एउटा मेसेस पाएँ । आधा दशक अघि बि्रटिश काउ_िन्सलमा सँगै पढेको साथी । उसले अगस्ट फस्टमै म्यासेज पठाएछ । आफ्नो हालखबर दैनिक जीबन’bout । कुनै बेला उसले शोल्टी होटलमा भेट्नै बोलाउँदा पनि म जान डराएको थिएँ । मोबाइल चेन्ज गरेपछि नम्बरसम्म नयाँ छ भनिन । त्यो अस्तीको प्रुेन्डसीप डे म्यासेजको रिप्लाई गर्दा पनि पठाउन सकिन । नचाहेर होइन । कुनै बेला आफू जोगिने निहुँमा मैले उसलाई दिएको थिइन भने अहिले के भनेर दिने । असमनजस्वका कारण दिन सकिन । उसँग भाग्ने मेरो चाला देखेर उ आफैँ चकित भई मबाट टाढा भइदिएको थियो । कस्तो टीठ लाग्दो थिएँ म । महिनौं बेपत्ता भइदिने ।

यी सबै कुरा लेखेर उसले मलाई पठाएछ । हो म उसका धेरै कुरा सुनिदिन्थेँ सुन्थे । असल श्रोता भएर । उ आफूलाई अभिव्यक्त गर्न पाएर खुसी हुन्थ्यो । भारतीय मुलको उ नेपालमा ब्यापार गर्ने मलाई उसको दिमाग नाफा/नोक्सानमै केन्द्रित भएर पहिलो प्रेमिकाले धोका दिएकी हो कि भन्ने लाग्थ्यो । ओहो ! मान्छे कस्तो परिवर्तन हुन्छ । के उसको अस्तिको मेसेजले त्यही भन्थ्यो त ? उ एउटा व्यापारी मानसिकताबाट कति परोपकारी भएछ । म भौतिक रुपमा टाढिएकै हो । असल/खराब छुट्याउन नसकेर । उ फेसबुकमा प्रुेन्ड छैन । मैले उसलाई कहिल्यै पनि जिमेलमा एसेप्ट नै गरिन । मलाई थाहा छ । झन्डै आधा दर्जनपटक रिक्वेस्ट पठाउँदा पनि अग्रजले एसेप्ट नगर्दा कस्तो पीडा हुन्छ । म त झन् उसको साथी । तर मैले जीच्याटमा उसको रिक्वेस्ट सधैँ इगनोर गरेँ ।

के बुझेर हो मैले टाढा बस्न चाहेजस्तै उसले एउटा शिष्ट दुरी बनाइदियो । कम्तीमा आज मित्रता दिबसको दिन भिन्न तरिकाले सोच्न बाध्य बनाइदियो । धेरैले फेसबुक ट्वीटरमा देखावटी मित्रताको नाता मजबुत गरे । उसको र मेरो मित्रता बलियो बनाउन मलाई ती कुनै माध्यम चाहिएन । स्वस्फूर्त साथी सम्झेर आँखा रसायो । एउटा अन्जान माया । उ प्रतिको सम्मान । उसले मलाई लेखेर पठाएछ । ‘यू आर लाईक अ पि्रु बर्ड’ त्यस्तै रहु । चरा पखेँटा भए पछि सधैँ स्वतन्त्र उडिरहन्छ । उसको मनमा त्यसबाहेक केही कुरा हुँडलिन्छ ? म उसलाई यही कुरा सोध्न चाहन्छु । तर उसको फरक दैनिकीमा सायद यसलाई मनन गरेर जवाफ दिइरहने फुस्रद छैन । न नै म उसलाई यस’bout खुलस्त केही सोध्न सक्छु ।

जवाफमा मान्छेले जसलाई जति आरामदायी शब्दसाथ ब्याख्या गरे पनि यथार्थसँग जुध्न मान्छेको पसिना नै छुट्छ । सुरुमा आत्मबल बढ्ला तर जब जवाफ पहिल्यै निश्चितप्राय हुन्छ त्यो मनोबलको के अर्थ ? तिमीलाई लाग्यो म सधैँ बच्चा भएँ वा हुन चाहेँ । मलाई हुन चाहेको बानी मनपर्दैन । म थिएँ नै भने त्यो मेरो दोष होइन । त्यसैगरी छुट्याइदियौ मलाई खुसी लाग्यो । कम्तीमा तिमी स्वेदश फर्कनु अघि धेरै खुलस्त भएर गयौ । मलाई माफ गर तिम्रो त्यति स्पष्ट म्यासेज पढेर पनि म तिमीलाई बाइबाइ भन्न आउन सकिन ।

जिस्किँदा जिस्किँदै तिमीले मलाई पाँचवर्ष अघि दरबारमार्गको कफिसपमा प्रोपोज गरेका थियौ । कारण थियो । त्यति बेला हाम्रो दुई दर्जनको जमातमा कोही िसंगल थिएनन् । हो छेउका एसपीले मलाई नभनेको भए मैले तिमीलाई एस भन्ने पनि थिइन । म रातो पिरो भएको थिएँ तिमीले रातो प्लाष्टिकको गुलाफ दिँदा । फ्याकेको छैनौं भने त्यो तिम्रो एल्बममा सुरक्षित होला । त्यही बेला अर्को एउटा मलाई पनि दिएका थियौ । हो म सायद त्यसतै अभिनयका लागि ठीक छु । समाजले चाहेको अभिनयको मित्रतामा । अपवादबाहेक धेरै सम्बन्धहरु सायद स्वार्थकै हुन्छन् । खै त्यसैले हो कि आजकाल उभो लागेका साथीको संगतमा म कम पर्न थालेको छु । रिस/रागले होइन । मैले चाहे अनुसार नै समय एउटै पेसमा हिँडिदिँदा मलाई लाग्थ्यो मैले कहिल्यै पछाडी फर्कनै पर्दैन । कुरा त्यति सत्य होइन रहेछ । मलाई समयले छिट्टै त्यो समयको यथार्थ बुझाइदियो । भ्रममा मान्छे रमाई रमाई बाँच्छ । म पनि बाँचे । त्यो समय मिठो हुन्छ । आफ्ना’bout अरुले गुनगान गाइदिएको बेला । धेरै साथी कमाएको छु । धेरैले चिन्छन् भन्ने अर्को मिठो भ्रमको बेला । ती साथ सम्बन्धहरु पनि अपवादबाहेक स्वार्थमै जोडिएका हुन्छन् /त्यसैगरी चुँडिएर जान्छन् ।

तर कसैले पनि समयलाई मुठ्ठीमा कसेर राख्न सक्दैन । कोही पढाईमा चुक्लान्, कोही व्यवहारमा, कोही सम्बन्धमा, कोही करियरमा । संसारमा सधैँ मान्छे एकनासले कसरी खुसी हुनसक्छ ? जस्तै ज्ञानी आध्यात्मिक चिन्तनको मान्छेले पनि भोगाई र भनाईमा भिन्नता भेट्छ शायद व्यवहारमा परेपछि । व्यवहारमा माया गरेका मान्छेको आकांक्षा/अपेक्षा पुरा गर्न नसकेको बेला ।

मान्छे सधँै एउटै कुराले कसरी सन्तुष्ट भएर बाँच्न सक्ला र यो प्रतिस्पर्धि समाजमा ? मेरो यो ब्लग पढ्यौ भने तिमीले कुनै म्यासेज गर्न सक्थ्यौ तर तिमी त्यति मोर्डन भएर पनि यसमा कहिल्यै लागेनौं । लागेको भए त्यति ठूलो रकमको परोपकारी कामको चर्चा नगरी बस्ने थिएनौं । मलाई भनेकै पनि चर्चाको लागि हो भन्ने मलाई रत्तिभर लाग्दैन । तिमीले मेरो पेशा नै कहिले थाहा पायौ र । कस्तो अनौठो है ? तिमीले एउटा अचम्मको साथी भेटेको थियौ जस’bout जति थाहा पायौ त्यहि अठार दिनमा पायौ ।

तिमी मलाई सधै केही गिफ्ट गर्न चाहन्छु भन्थ्यो । मैले सधैँ गेस गरे त्यो पक्कै पनि थोमस मोरनको ‘द वल्र्ड आई मेड फर हर’ भन्ने हो । मैले पढेको त्यो किताव तिमी स्वेदश फर्किएको बेला पाउन सक्छु भन्थ्यो । बि्रटिश काउन्शिलको लाईब्रेरीमा अझै होला त्यो पुस्तक । त्यहाँ बाहेक मैले नेपाली बजारमा त्यो पुस्तक फेला पारेको छैन । म भने सधैँ डराए त्यो तिम्रो गिफ्ट लिन । अरु केही पनि हुन सक्थ्यो होला । तर खै म डराएँ । पोहोर पनि म एकपटक यस्तै डराएको थिएँ । सायद भग्वानले राम्रै गरे । म अहिले जति स्वतन्त्र नहुन सक्थेँ । तिमीले भने जस्तो पि्रु बर्ड । 🙂

तिमीलाई इगनोर गरेको बाहेक म सम्झिन सक्दिन मैले जानेर कसैलाई हानी पुर्याएको । तर समाज त स्वार्थी नै छ । तिमीले कसैलाई नराम्रो गरे पनि तिम्रो कुरा धेरैले काट्छन्, खुट्टा तान्ने धेरै हुन्छन् । बोलीमा तिम्रो प्रसंशा गरे पनि व्यबहारमा तिमी ओरालो लागेको हेर्न चाहन्छन् । स्वार्थी संसारमा टिक्न तिमीले पनि त्यसतै व्यबहार गर्नुपर्छ । तिमी संसार बदल्न हिँड संसारले तिमीलाई बदलि दिन्छ । संसारका केही सम्बन्ध साथ बाहेक धेरै स्वार्थमै अडेको हुन्छ । त्यसैले त क्षणिक हुन्छ । एकवर्ष अघि मेरा लागि जो मान्छे सबैभन्दा पि्रय थियो आज उसको अस्तित्व नै म किन बिस्रन लाग्दैछ । किनकी उ र मेरो सम्बन्ध जोगाइराख्ने त्यो धागो एउटा स्वार्थले तन्किएको थियो । मैले पाएका साथको म प्रतिको लगाब देखेर अचम्म लाग्छ । अनि डरलाग्छ एकतर्फी रुपमा मजबुत धागो कहिलेसम्म बलियो भइरहन्छ । अर्को त्यो धागो समाउने मान्छे अलि कति तन्कियो भने ? मैले बुझेको साथ, सम्बन्ध, मित्रता त्यही हो । प्रत्येक मान्छेले आफ्नो कथा बोकेको हुन्छ । त्यसका झुद्र केलाउँदै जाने हो भने बिगतमा आफूले बिराएको बाटो, समाजको बहकाउमा लागेर गलत देखेको मान्छे कालान्तरमा सही साबित हुँदा उ आश्चर्य मात्रै हुन्छ की हिनताबोध पनि महसुस गर्छ ? प्रश्न आफ्ना लागि ।

तिमी सधैँ म सँग रिसायौ परोक्ष रुपमा मैले तिमीलाई केही कुरा सेयर गरिनँ भनेर । सेयर त म अहिले पनि गर्न सक्दिन । अरुले यो नबुझे पनि कम्तीमा तिमी बुझ मेरो स्वभाव नै यही हो । म यसलाई बदल्न चाहन्न तत्काल ।

सायद यही कारण यो बहिर्मुखि समाजमा मेरा धेरै साथी छैनन् ।
Happy Friendship Day!!!!!


Advertisements

3 thoughts on “म बदल्न सकूँ…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )