मेरा सम्पादक

युवराज घिमिरे

नेपालका सम्पादक युवाराज घिमिरेले भारतका आफना सम्पादक विनोद मेहेताको पुस्तक लखनउ ब्वई पुस्कत’bout लेखेको लेखेको समिक्षा (तर उनले सुरुमै भनेका छन यो समिक्षा होइन 🙂 )

Lucknow boy by Vinod Mehta

यो पुस्तक समीक्षा हैन, विनोद मेहताको ‘लखनउ ब्वाय- अ मेम्वायर’ या उनको संस्मरणको। किनकि, म त्यो गर्न सक्दिनँ निष्पक्षताका साथ। विनोद मेहतासँग सहायक सम्पादकका रूपमा ‘आउटलुक’ साप्ताहिकमा त्यसको तयारी र स्थापनाकालदेखि नै काम गरेकाले मात्र हैन, मेहता मेरा आदरका पात्र पनि हुन् भारतीय पत्रकारितामा। आत्मपरकताको अभाव, कृत्रिम विनम्र नदेखिने गरी विनम्र, सार्वजनिक व्यक्तित्व (खासगरी राजनीतिज्ञ) प्रति मर्यादित या सम्मानजनक तरिकाले असम्मान देखाउन सक्ने (लेखेर) खुबी उनीसँग छ, आफ्नै किसिमको।

व्यक्तिगत रूपमा, म उनको ‘सोसल सर्कल’ भित्र पर्दिनँ र परिनँ पनि। विनोद आफैं ‘एक्लो’ खालका व्यक्ति मानिन्छन्। दिल्लीमा छँदा अक्सर इन्डिया इन्टरनेसनल सेन्टरमा लन्च या चिया खान जाँदा अवश्य पनि त्यहाँको ठूलो जमात पत्रकार (सक्रिय या रिटायर्ड) तथा प्रशासक र नेताबाट पन्छिन उनलाई गाह्रो हुन्छ नै। तर, उनी एकलासे या एकदुई जनासँग मात्र बसेर अन्यत्र कतै खान रुचाउने खालका व्यक्ति हुन्। उनका फ्यान छन्, तर ती संगठित या सामूहिक रूपमा विनोदसँग देखिँदैनन्।

उनको ‘सोसल सर्कल’मा नपर्दा-नपर्दै पनि म उनको प्रशंसक हुँ, खासगरी उनले सम्पादकका रूपमा आफ्ना सहयोगीमाथि हस्तक्षेप नगर्ने र विविध निहित स्वार्थ (सरकार या कुनै संगठित समूह/व्यक्ति आदि) र मालिकको हस्तक्षेप नसहने बानी र साहसका कारण। त्यो बानीले गर्दा उनले पटके रूपमा राजीनामा गरेका मात्र छैनन्, विनोदको परिचय एउटा जमानामा ‘अस्थिर’ सम्पादकका रूपमा पनि स्थापित भइसकेको थियो। असहमति जनाएर बाहिरिएपछि पनि उनी संयमित र तिक्तताबाट पूर्ण मुक्त देखिन्छन्। त्यसैले, उनी सधैं ‘कुल’ रहन्छन् र यदाकदा चर्को स्वरमा अफिसमा बोलिहाले पनि उनका सहयोगी ‘अनलाइक विनोद’ भन्दै हाँसेर त्यो क्षण बिताइदिन्छन्। अनि त्यो सम्झनामा नजेलिइने अतीत बन्न जान्छ।

सर्सर्ती हेर्दा विनोद मेहताको किताबमा उनको पत्रकारिता जगतको भोगाइ भारतीय सञ्चार माध्यमका अक्सर बाहिर पुस्तकका रूपमा नआउने, तर त्यो वृत्तमा चर्चा हुने विषय समेटिएका छन्। केही सञ्चार मालिकले या प्रोप्राइटरले कस्ता किसिमका व्यक्तिलाई सम्पादकका रूपमा राख्न चाहन्छन्, त्यो अभिव्यक्त गर्न आफैंलाई आफ्नै व्यंग्यको पात्र बनाउन सफल विनोदले त्यस्ता प्रशस्तै मालिकलाई भोगेका छन्, त्यागेका छन्। तर, सम्पादक (एडिटर) कस्तो हुनुपर्छ त? घरमा एउटा कुकुर पाल्ने’bout आमा र श्रीमतीसँग त्यसको नाम के राख्ने भन्ने छलफल हुँदा विनोदले ‘एडिटर’ राख्ने सुझाव दिए। त्यो एडिटर साथी हो ‘एडिटर इन चिफ’ विनोद मेहताको अहिले। ‘ऊ अवज्ञाकारी छ, जिद्दी छ, सोच्न र विचार गर्न सक्छ, उसलाई सबै कुरा थाहा छ।’ हरेक एडिटरको आफ्ना’bout र अरूहरूको एउटा एडिटर’bout सायद त्यस्तै सोच हुने गर्छ।

‘एडिटर’का लागि सायद योग्यताभन्दा पनि त्यो पोजिसन हासिल गर्ने व्यक्तिले आफूलाई ‘सर्वज्ञ’/’सर्वज्ञाता’ मान्ने वर्तमान संस्कारप्रतिको व्यंग्य हो विनोदको त्यो। किताबका कतिपय पानामा उनले आफ्नो अनाडीपनदेखि अज्ञानतासम्म अनेक बेलिविस्तार लगाएका मात्र छैनन्, भर्खर बेलायत पुगेर एकजना धनी परिवारकी छोरीसँग कसिन लागेको मित्रता उनको अज्ञानताकै कारण समाप्त भएको रहस्योद्घाटन पनि गरेका छन्। सन् ५० को दशकयता पश्चिमेली मुलुकले प्राविधिक शिक्षा हासिल गर्न गरिब र अल्पविकसित एसियाली मुलुकलाई दिएको सहयोग समेटिएको ‘कोलम्बो प्लान’’bout उनले खासै केही नबुझेको देखेपछि विश्व परिवेशमा बेलायती नीति’bout चासो राख्ने त्यो परिवार र ती महिला मित्रसँगको उनको सम्बन्ध टुटेको थियो।

भारतीय पत्रकार जगतमा हासिल गरेको हैसियत हेर्दा उनले जीवनमा धेरै संघर्ष गरेजस्तो लाग्दैन। तर, यथार्थ फरक रहेछ। चार दशकदेखि कुनै न कुनै पत्रिका, चाहे पुरुष सौन्दर्यको अवधारणामा आधारित ‘डेबोनियर’ होस् या अहिले ‘आउटलुक’का सम्पादक, उनको जागिर (जसले बीचबीचको ब्रेकपछि निरन्तरता पाइनै रहेको छ) सहजजस्तै लाग्नु स्वाभाविकै हो। किनकि, आखिर उनले ‘जागिर’ त पाइनै रहेका छन्।

‘डेबोनियर’ र ‘आउटलुक’ बाहेकका उनका कार्यकाल विवादमै टुंगिएका छन्। ‘इन्डियन पोस्ट’ सन् ८० दशकको एउटा अर्को आशालाग्दो दैनिक थियो, कलकत्ताबाट एमजे अकबरको नेतृत्वमा सुरु भएको ‘दी टेलिग्राफ’जस्तै। ‘दी टेलिग्राफ’ पूर्ण रूपमा स्थापित भयो र अहिलेसम्म निरन्तरता पाइनै रहेको छ, राजनीतिमा लाग्न अकबरले त्यहाँबाट सन् १९८९ मा बिदा लिएपछि पनि। अकबर म र त्यसबेलाका मजस्तै थुप्रै युवा पत्रकारका ‘मेन्टर’ हुन्। अकबरलाई यसो भन्दा उनी खुसी हुन्छन्। तर, विनोद आफैं कसैको ‘मेन्टर’ भएको सुन्न र भनिन चाहँदैनन्। तैपनि उनी धेरैका आदरप्राप्त सम्पादक अवश्य हुन्। सत्य बोल्ने र लेख्ने उनको आफ्नै ‘स्टाइल’ छ। त्यो सत्य अभिव्यक्तिको ‘चोट’ खानेहरूबाहेकले विनोदको प्रशंसा गर्नेछन्, रुचाउनेछन्। जस्तो, उनले आफ्नो पुस्तकमै भारतीय जनता पार्टी (भाजपा) भित्र ‘लिबरल’ भनी मान्दै आएका अटलबिहारी बाजपेयी विनोदका प्रशंसक देखिए पनि आउटलुकले प्रधानमन्त्री बाजपेयी वरिपरिका व्यक्तिको भ्रष्टाचारको जालोलाई भण्डाफोरको निसाना बनाएपछि राजस्व विभागले आउटलुकका लगानीकर्ता राजन रहेजाको व्यापारिक प्रबन्धनमा छापा हानी मुद्दा दायर गरेको थियो। त्यो घटनापछि विनोदको वाजपेयीप्रति मोहभंग भएको स्विकारेका छन् उनले।

वास्तवमा राजनीतिक व्यक्तित्व’bout ‘सम्मानजनक’ असम्मान देखाउनसक्ने भने पनि मेरो आफ्नै नजरमा मेहताको दुईजना राजनीतिक हस्तीप्रति केही ‘सफ्ट कर्नर’ अनुभव गरेको छु मैले। पहिला इन्दर गुजराल र अर्का वाजपेयी। वास्तवमा मैले आउटलुकबाट राजीनामा गर्नुमा (फेबु्रअरी १९९८) भाजपाको कभरेज र वाजपेयीप्रतिको सम्पादकको धारणाले केही भूमिका खेलेको थियो। वाजपेयी ‘उदारवादी’ र भाजपाका लालकृष्ण आडवाणी लगायत आमनेताभन्दा फरक छन् भन्ने मान्यता राख्ने सम्पादक र पत्रकारको संख्या अत्यन्त ठूलो छ भारतमा। म त्यो फरक छवि रणनीतिक र शैलीमा मात्र हो भन्ने मान्यता राख्ने झन्डै अपवादजस्तै थिएँ। सन् १९९८ को आमचुनावमा भारतीय जनता पार्टीको रणनीतिसम्बन्धी एउटा विश्लेषण म र अर्का एक संवाददाताले ‘ज्वाइन्ट बाइलाइन’ मा गरेका थियौं। उनको बुझाइमा भाजपाको निर्णायक भित्री घेरो ‘उदारवादी’ वाजपेयीलाई चुनावी रणनीतिअन्तर्गत प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने र बहुमत आएपछि आडवाणीलाई प्रधानमन्त्री बनाउने थियो।
मेरो बुझाइ अलग थियो। वाजपेयी भाजपा र उसको भ्रातृ संगठन राष्ट्रिय स्वयंसेवक संगठन (आरएसएस) का सर्वाधिक शक्तिशाली अभिभावक हुन्, संगठन र पार्टीलाई बचाउनुपरे सार्वजनिक रूपमा उनीहरूको आलोचना गर्ने छुट र जिम्मा वाजपेयीको थियो र अन्य कुनै पनि तरिकाले उनी पार्टीको घोषित लक्ष्य र व्यवहारसँग भिन्न मत राख्दैनथे। अयोध्या बाबरी मस्जिद ध्वस्त हुँदा (डिसेम्बर ६, १९९२) मा आडवाणी घटनास्थलमा भएकाले त्यसको दोष पाए। गिरफ्तार पनि भए। तर, डिसेम्बर ५ को बेलुकी त्यहाँबाट १ सय २६ किलोमिटर यता लखनउमा वाजपेयीले ‘अयोध्यामा केही भवन र जमिन’लाई समथर बनाउन तथा त्यो अभियानको सफलताका लागि आफ्नो पार्टी तथा सहयोगीलाई शुभकामना दिएको कसैलाई थाहै भएन घटनापछि। बरु बाबरी मस्जिदको विनाशको दुई दिनपछि एउटा अमेरिकी समाचार सेवालाई अन्तर्वार्ता दिएर ‘हिमालयन ब्लन्डर’ भनी उनले आफ्नो ‘लिबरल छवि’को बचाउ गरे। आडवाणीलाई प्रधानमन्त्री बनाउने अड्कलबाजीसहितको विश्लेषण तथा त्यसको सत्यताका आधारमा प्रश्न राख्दै मैले विनोदलाई आफूले राजीनामा दिने बताएँ। एउटा पत्रकारको संवेदनशीलता र निष्ठा उनी सहजै बुझ्थे। उनले यसलाई स्वीकार गरे।

तर, कान्तिपुरको सम्पादकका रूपमा बाबुराम भट्टराईको लेख छापेबापत राजद्रोह आरोपमा जेल पर्दा विनोद तथा ‘आउटलुक’ का साथीहरूले रिहाइका लागि बढी नै सक्रियता देखाए। कुनै पनि रूपमा विनोदले मेरो फरक मतलाई नकारात्मक र व्यक्तिगत रूपमा लिएनन्। र, पछि ‘आउटलुक’मा छापा परेपछि वाजपेयी अरूभन्दा फरक नभएको निष्कर्षमा विनोद पुगेको देखिन्छ किताबमै। यो फरक मत’bout यति विस्तारमा जानुपछाडि मेरो एउटा उद्देश्य छ, सम्पादक र संवाददाताको फरक मतमा अक्सर सम्पादकले नै ‘जित्ने’ गर्छ र जित्ने अवस्थामा रहेको संवाददातालाई सम्पादकले कहिल्यै माफ गर्दैन। तर, त्यो नियम विनोदमा लागु भएन, हुँदैन।

‘लखनउ ब्वाय- अ मेम्वायर’ मा विनोदले आफ्नो संघर्षको चित्रण गरेका छन्। खासगरी आउटलुक सुरु हुनुपूर्व उनी सम्पादक रहेको पत्रिका ‘पायोनियर’ दैनिकका मालिक एलएम थापरसँगको मतभेदपछि उनलाई मानसिक यातनामात्र हैन, उनले पाउनुपर्ने पूरा रकम भुक्तानीसमेत दिइएन। आफ्नो गुजाराका लागि वर्षौं पहिले बम्बईमा किनेको फ्ल्याट बाध्यतामा बेचे उनले। संघर्षका ती दिन (१९९४-९५) मा अर्थ अभावका कारण हरेक रुपैयाँले महत्त्व राख्थ्यो उनका लागि। आइआइसीबाट घर जाने क्रममा ५ रुपैयाँ बचाउन केही अघिसम्म हिँडी ट्याक्सी चढ्ने निधो गरे उनले। तर, केही गज टाढा नै झन्डै एउटा नालामा खस्न पुगे। संघर्ष, स्वाभिमान र विवशताको एउटा कठिन मोड थियो त्यो उनको जीवनको, जसलाई बाहिर नल्याएको भए यस्तो घटना विनोदसँग हुनसक्ने कल्पना पनि कसैले गर्नसक्ने थिएन। हो, भारतमा धेरै व्यक्ति पैसाले नभएर पेसाप्रतिको निष्ठा र प्रतिबद्धताले पत्रकार र सम्पादक भएका छन्। उनीपूर्वका पुस्ताका सम्पादक चेलापती राव आफ्नो नियमित एउटा ढाबामा बिहान चिया पिउँदापिउँदै हृदयाघातले मरेको धेरैलाई थाहा छ। तर, विनोदको पुस्ताका सम्पादकमा मालिकसँगका झगडा या सम्झौता आम जानकारीका विषय भए पनि स्वाभिमान र गरिबीको त्यो स्तर अकल्पनीय मानिन्छ।

उनले आफ्नै हिसाबले धेरै कुरा बाहिर ल्याएका छन्, चाखलाग्दा प्रकरण। सन् १९८० को दशकमा सुरु भएको ‘इन्डियन पोस्ट’मा मालिक विजयवट सिंघानियाले राजीव गान्धी, विश्वनाथ प्रताप सिंह आदि व्यक्ति’bout केही नलेख्न/नछाप्न लिखित आग्रह गरेपछि राजीनामा गरेका थिए पदबाट। सम्पादकको टाउको र हात अंकुशरहित हुनु हुँदैन, तर त्यो अंकुशको लगाम उसको विवेक, उसको व्यावसायिक धर्म र निष्ठामा हुनुपर्छ, मालिकको ह्विम्स या निहित स्वार्थमा हैन।
पुस्तकमा विनोदले आफूमा विवेक, व्यावसायिकता या सिद्धान्त छ या छैन, त्यो खासै चासोको विषय नभएको समेत उल्लेख गरेका छन्। तर, यी सबै कसीमा विनोदले आफूलाई खरो उतारेका छन्।
सायद यो किताबमार्फत उनले एउटा साहसी रहस्योद्घाटन तथा प्रायश्चित पनि गरेका छन्, आफ्नो’bout र उनले नभनेको अवस्थामा धेरैलाई थाहा नहुने व्यक्तिगत विषयलाई सार्वजनिक जानकारीमा ल्याएर :
मेरो ब्रिटेन प्रवासका आठ वर्ष मेरो सबभन्दा ठूलो गल्ती आइन (नाम परिवर्तित) स्विजरल्यान्डको सुन्दर र समर्पित महिलाप्रतिको मेरो व्यवहार थियो। मेरा १/२ स्थायी महिला मित्रमध्ये थिइन् ती। आइन मध्यमवर्गी क्याथोलिक थिइन्, उनका पिताको एउटा रेस्टुरेन्ट थियो र उनको अंग्रेजी बेलायत आउनुपूर्व नै निकै राम्रो थियो। साँच्चै नै अलगअलग परिस्थितिमा उनले मेरो हेरविचार गर्थिन् र मैले उनीसँगै स्थायित्व खोज्ने’bout सोचे पनि हुँला। गर्भनिरोध त्यति भरपर्दो थिएन, त्यतिबेला। आखिर हुने कुरा भएरै छाड्यो। आइन गर्भवती भइन्।
उत्पन्न परिस्थितिबाट बच्न त्यो बेलाको अत्यन्तै महंगो पर्ने ‘अबोर्सन’का लागि पैसा जुटाएरपछिको परिस्थिति’bout विनोद लेख्छन्, ‘आइनले एउटा वज्रपातपूर्ण अडान लिइन्। उनको धार्मिक आस्था र आपत्तिलाई उनका बा, आमा र पादरीले समर्थन गरे।’ २१ वर्षको त्यो उमेर र भरपर्दो कमाइ नभएको त्यो अवस्थामा श्रीमती र बच्चालाई हेर्न नसक्ने विवशतामा आइनले स्विजरल्यान्डमा आफ्नो पिताका रेस्टुरेन्टमा काम गर्न विनोदलाई सुझाव दिएकी थिइन्। ‘कुक’ या ‘वेटर’ विनोदभन्दा फरक पेसा थिए। अन्ततः आइन स्विजरल्यान्ड गइन्। इशाई पादरीले विनोदको ‘विवेक’ सँग आग्रह गरे। परिस्थिति र विवेकको मेल हुन सकेन। केही समयपछि उनीहरूले बीच समाचारको आदानप्रदानको क्रम पनि रोकियो। तर, एउटा साथीमार्फत विनोदले खबर पाए, उनी एउटा छोरीको पिता बनेको। एउटा फोटो पनि पाए, साथीमार्फत ती सुन्दर बालिकाको। तर, उनको नाम या त्यसपछिको अवस्था’bout उनलाई केही थाहा हुन सकेन।
‘मेरी छोरी अहिले करिब ४५ हराहारी होलिन्, सायद आमा पनि बनिन् होला र म हजुरबुवा। मलाई थाहा छैन, उनी कहाँ बस्छिन्, उनले के गर्छिन् र मेरो’bout के सोच्छिन्। मेरो जीवनमा त्यति धेरै पश्चातापहरू छैनन् र सामान्यतया म महिलासँगको सम्बन्धमा ‘व्यभिचारी’ छैन पनि। तर, यो मामिलामा म भएँ। माफीको अपेक्षा मैले राखेको छैन।’ विनोदको सच्चाइ, साहस र प्रायश्चितका तीन वटै मुखको एउटा इमानदार स्वर हो, यो। त्यसैले यो किताब अरू आत्मवृत्तान्तभन्दा फरक छ। हो, सबैका जीवनवृत्तान्त र मार्ग एकैखाले हुँदैनन्, तर सबैले साँचो बोल्ने र सार्वजनिक रूपमा लेख्ने हिम्मत पनि त गर्दैनन् नि! र, विनोदको ‘ब्युटी’ उनी जीवनमा अनि पत्रकारितामा अरूका लागि आदर्श वा स्ट्यान्डर्ड्सका उपदेश दिन चाहँदैनन्। तर पत्रकार र पत्रकारिता’bout उनी आफ्ना प्राथमिकता स्पष्ट पार्न हिचकिचाउँदैनन्। निराशावाद (सिनिसिजम) र आशंका (स्केप्टिसिजम) का बीच विनोद पछिल्लोलाई रुचाउँछन्। निराशावादबाट ग्रस्त पत्रकार पूर्वाग्रही, विध्वंशक र अन्त्य अनुचित हुने ठहर छ, उनको। तर, विनोदको पत्रकारिताको खुबी के भने यदाकदा उनी सबैको ध्यानमा रहेको विषयलाई समाजमा ठूलो बहस (तात्कालिक नै भए पनि) हुने गरी उठाउन सक्छन्।
पायोनियरका सम्पादक छँदाको एउटा घटना’bout उनी लेख्छन्, ‘मैले एउटा मत सर्वेक्षण गराए, आम व्यक्तिको धारणा विभिन्न पेसाकर्मीको समाजमा उपयोगिता’bout उनीहरूको मान्यतालाई क्रमबद्ध रूपमा राख्न। डाक्टर र अध्यापक त्यो सूचीमा सबभन्दा माथि देखा परे, र अन्तिम दुई स्थानका प्रतिस्पर्धी वेश्या र राजनीतिज्ञ थिए।’ तर सहजै बुझ्नुपर्ने कुरा के भने अरू सम्पादकले व्यावसायिकहरूको त्यो सूचीमा ‘वेश्या’ लाई सायदै राख्ने थिए।
आउटलुकको पहिलो अंक (अक्टोबर १२, २००५) मा ‘कभर स्टोरी’ थियो, त्यस्तै एउटा विवादास्पद मत सर्वेक्षण। ‘७७ प्रतिशत काश्मिरमा जनमत संग्रह चाहन्छन्,’ कभरमा स्टेटमेन्ट थियो। त्योभन्दा ‘राष्ट्रघाती’ कदम के हुन सक्थ्यो र? तर, मननीय राष्ट्रियतालाई जनताको नजरको कसीमा राख्ने साहस उनले गरे। व्यक्ति’bout उनले त्यस्ता टिप्पणी गरेका छन्, चाहे महाराष्ट्रका मुख्यमन्त्रीद्वय वाइभी चब्हाण सिआइए एजेन्ट भएको दाबीसहितको समाचार छापेर होस् वा शरद पवारलाई दाउद इब्राहिमको हवाला कारोवारमा संलग्न व्यक्तिका रूपमा प्रस्तुत गर्ने टिप्पणी छापेर। पहिलो मामिलामा उनलाई जागिरबाट हात धुनुपर्‍यो इन्डिपेन्डेन्ट दैनिकको सम्पादक पदबाट। महिनादिनमै अर्को मामिलामा घुमाउरो माफी मागी दोषमुक्त भए उनी।
यी सबै कठिनाइ भोगे पनि उनी ‘क्रान्तिकारिता’ र पत्रकारिता एक हो भन्ने मान्यता राख्दैनन्। के एउटा पत्रकार विद्रोही बन्नुपर्छ? ‘एउटा मान्यतासहित वा रहितको जस्तो विद्रोही भए पनि यस्ता रुमानी पदविचलनबाट मुुक्त हुन’ आग्रह गर्छन्, उनी पत्रकारसँग। ‘टिकट संग्रहको हबीजस्तै क्रान्तिकारिताको एउटा समय (परिवेश) र स्थान हुन्छ। जवानीमा केही क्रान्तिकारी पर्चा निकालेको भए पनि तिमी अगाडि बढ्नुपर्छ। मुख्यधार सञ्चारमा सन्की (म्यामरिक) हरूका लागि स्थान हुँदैन।’ के पत्रकारले परिवर्तन ल्याउन सक्छन्? ‘धेरैजसो युवा चरम आदर्श एकातिर र अर्कातिर वन्चितीकरण, अन्याय र दोहोरो मापदण्ड हटाउने सोच राखेर यो पेसामा आउँछन्। वास्तवमा, सबै ठूला पत्रकारिताको केन्द्रमा एउटै विश्वास हुन्छ, त्यो हो आलोचनात्मक रूपमा चिर्न नसकिने कुनै समस्या नै हुँदैन। त्यो विश्वास अन्तसम्म जीवित रहनुपर्छ। त्यो विश्वास टुटे पत्रकारिताबाट गुन्टा कसे हुन्छ।
अनि सायद समकालीन पत्रकारिताबाटै यो सन्दर्भमा उनले यसो भनेका होलान्, ‘जब भ्रष्टाचार चारैतिर फैलिन्छ, अनि जब तिम्रा सहयोगी र बस डिलमा र धनी हुनुमा मस्त रहन्छन्, आदर्शवादी रहन सहज हुँदैन, अझ तिम्रो सम्पादक भ्रष्ट छ भने। केही सम्पादकमा भ्रम हुन सक्छ उनीहरू गोप्यताका साथ ठगीमा लिप्त हुन सक्छन्। अफिसमा कसैले सुइँकोसमेत पाउने छैन। तर यथार्थ ठिक उल्टो हुन्छ। एउटा सम्पादकले गर्ने भ्रष्टाचार मुखमुखै यति फैलिन्छ कि त्यो वास्तविकभन्दा ठूलो आयतनको बन्न पुग्छ। उसले ३ एकडको फार्म आर्जे त्यो ५ एकडको भएको हल्ला हुनेछ। एउटा भ्रष्ट रिपोर्टर अथवा विशेष संवाददाताले प्रकाशनलाई प्रत्यक्ष रूपमा भ्रष्ट बनाउँदैन। तर, एउटा भ्रष्ट सम्पादकले त माथिदेखि तलसम्म भ्रष्टाचार फैलाउँछ। एउटा ‘प्रमुख’ टेढो भए ढिलो हैन छिट्टै, उसको बेइमानीले सम्पूर्ण संस्था दुषित तुल्याउनेछ।’
यी निष्कर्ष उनका अनुभवमा आधारित हुन्। अघोषित विद्रोही विनोदले पत्रकारिताको पाठ्यपुस्तक पढेर अवश्य पनि यी अर्ति दिएका हैनन्, कसैलाई। धेरै नबोल्ने बानी भएका विनोदले वास्तवमा धेरै लेख्न भ्याएका छन्, आफ्नो पुस्तकमा। मेरो आफ्नै एउटा कौतुहल पनि मेटिएको छ। आउटलुक सुरु भएको एक् वर्षपछि ‘ग्रान्टा’ को एडिटर इयान ज्याक दिल्ली आएका थिए। एउटा भेटमा आउटलुक भारतीय पत्रकारिता अनि त्यसका व्यक्ति’bout कुरा भई छुट्टिने बेला उनले विनोद’bout केही रमाइला र सकारात्मक टिप्पणी गरे। अनि एउटा चिठी दिए विनोदको नाममा। ‘विनोद मेहता बिए’ लेखिएको थियो खाममा। अनि एउटा कुटिलजस्तो मुस्कानसाथ मलाई भने, ‘यसको अर्थ मसँग नसोध, विनोदसँग सोधे हुन्छ।’
अहिले खुल्न आयो विनोद मेहता लखनउ विश्वविद्यालयबाट बिए तेस्रो श्रेणीमा उत्तिर्ण भएका रहेछन्। तर, त्यो ‘डिग्री’ र ‘श्रेणी’ लाई बराबर पुस्तकमा चर्चामा ल्याएर उनले एकातिर आफ्नो ‘योग्यता’ ’bout व्यंग्य गरेका छन् भने अर्कातिर शैक्षिक डिग्री र ज्ञानबीचको सम्बन्ध या दुरी।
हरेक व्यक्तिको आत्मकथा आफ्नो ऐनाअघिल्तिरको ‘म’ हो। त्यसलाई कसैले राम्रो मात्र देख्न चाहन्छ, सधैं। कतिपय अवस्थामा उसले आफूले त्यो ‘म’ मा राम्रो मात्र देखाउन चाहन्छ बाहिरी दुनियालाई। र, अरूमा त्यो पुस्तकप्रति चाख उत्पन्न गर्नु त्यत्तिकै असहज हुने गर्छ। विनोद न गान्धी हुन्, न आइन्सटाइन। तर पनि उनले आफूसँग न्याय गरेका छन्। र, आफ्नो भोगाइ इमानदारीसाथ र पढ्दाखेरि अरूलाई ‘बोर’ नहुने गरी पस्केका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )