ललिपप एड्भेन्चर :)

यो क्यानोिनंग अनुभव हिजोको नागरिक शनिबारमा प्रकाशित भएको हो ।

यात्राको उत्कृष्ट फोटो

कात्तिक पहिलो साता । काठमाडौंमा त्यति धेरै जाडो थिएन । दिउँसॊ हप्प गर्मीमा छाँगोबाट खस्दाको कल्पनाले पनि मन शितल हुन्थ्यो । थोरै जानकारीका भरमा अग्लो छाँगोबाट डोरीमा तुन्द्रुङ्ग झुन्डँदै खेलिने रोमान्चक खेल क्यानोइङ गर्ने प्रस्ताव सजिलै स्विकारेँ । मेरा लागि नौलो र रमाइलो अनुभव ।

साढे तीन बजे ललिपप चुस्दै नागढुंगाको नागबेली बाटो ओरालो झरेका हामी बेलुकी ८ बजे गन्तव्य पुग्यौं । यो उमेरमा ललिपपको मज्जा लिने कस्तो काईदा । जसै बन्दीपुरको बसस्टपबाट नेवारी बस्ती प्रवेश गर्दै थियौं हामीलाई स्थानीय बाजा र नाचले स्वागत गरियो । गरेको केही होइन तैपनि ठूलै काम गरेजस्तो सत्कार पाइन्छ नेपालका गाउँघरमा । यहाँ पनि आमाहरुले हामीलाई अबिर फूलका गुच्छा र बाजाले स्वागत गरे । पश्चिमका थुप्रै गाउँमा जस्तै होमस्टेले बन्दीपुरमा आन्तरिक पर्यटकलाई राम्रै प्रभाव पारेको रहेछ ।
नेवार संस्कृतिअनुसार उनीहरुले बाजा र लाखे नाचले स्वागत गरे । मगर संस्कृतिको चुट्का नाच मेरा लागि नौलो थियो । पाँचजना कलिला बहिनीहरुले मध्यरातसम्म त्यही नाचले माहोल थप रोमााचक बनाए ।
स्वागतलगत्तै मकै भटमास साँधेको गुन्द्रुक र मोही । काठमाडौंका लागि नौलो हुँदै गएको यो खान्की मुख फेर्न हामीलाई उत्कृष्ट भयो । रातको खानामा टपरीमा कोदोको ढिँडो गुन्द्रुक अचार खायौं । मध्यरातसम्म नाच हेरेपछि होमस्टेमा सुत्न व्यवस्था गरियो ।

हामी सहयात्री

३२ जनाको एउटा समूह भए पनि यहाँ मेरा लागि सबै नौला अनुहार छन् । झन्डैझन्डै उस्तै उमेर समूहका । एकअर्काबीच ठट्टा र रमाइलो यो उमेरको आकर्षण नै हो । रोटर् याक्ट क्लब अफ काठमाडौं डिल्लीबजार र दमौलीको संयुक्त आयोजनामा यो यात्रा तय गरिएको रहेछ । उनीहरुसँग बसमा गुडिरहँदा मैले आङ्गनो काठमाडौं विश्वविद्यालयका दिनहरु सम्झिए । ती केयुकालका दिनहरुमा हामीले गरेका केही लामा यात्राहरु विशेष छन् । रोल्पामा प्रवीनको गजल जलजलामा ७ दिनसम्म छाप्रोको बास र दार्जििलङ्घको टाईगर हिलबाट हेरेको सुर्योदय । ओहो द्र जहाँ हामी आफूआफूमा खित्किएर हाँस्थ्यौं । आङ्गना र अरुका कुरामा गफिएर । ती दिन जीबनभरका लागि यादगार रहनेछन् । यो पटक न मलाई कसैले चिन्छ न नै यति छोटो समयमा कोहीसँग घनिष्ठ बन्न सकिन्छ । त्यसैले पनि मैले मनमनै सोचेको थिएँ यो यात्रामा मेरो पि्रय साथी मेरो क्यामेरा बन्ने छ ।

Flower for frens

तर त्यसको भोलिपल्टै उनीहरुले मलाई गलत साबित गरे । कारण त्यही क्यामेरा बन्यो । उनीहरु त्यो क्यामेरामा कैद हुन चाहे । त्यसले हामीलाई बिस्तारै नजिक ल्यायो । बिहानीको पहिलो योजना थानी माईको उचाइमा पुग्ने थियो । मन लागेजति पूर्वी आकाशमा उदाइरहेको सूर्यलाई क्यामरामा उतारेँ । हाम्रै लागि उदाएजस्तो थियो त्यो मधुरो बिहानको सूर्योदय । धुम्म बादल लागेको पूर्वी आकाशमा हामी पुगेको केही समयमै सुन्तला रंग आकाशको उचाइ छाम्न पुग्यो । निलो आकाशमा सूर्यका किरण छरपष्ट भएर फैलियो । मनको एउटा कुनामा त्यही दार्जििलंगमा देखेको जोडी कता कता झुल्किए । उनीहरुको जोडी अझै त्यसतै होला  फरक परिचय बुझेका मैले देखेका उत्कृष्ट जोडी ।

https://pramb.wordpress.com/2009/12/20/%E0%A4%9A%E0%A5%87%E0%A4%B2%E0%A5%80-%E0%A4%9C%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%88%E0%A4%81-%E0%A4%96%E0%A5%8B%E0%A4%88-%E0%A4%A4/
उनीहरु दिमागमा घुमिरहेका थिए त्यही बीच उनीहरुले र हामीले फरक भूगोलमा देखेको त्यही सुर्योदय मैले क्यामेरामा कैद गरे । हामीले थानीमाई दर्शन गर् यौं । देख्नलाई सानो मन्दिर केही उद्दार नगरिएको देखिए पनि आस्था राख्नेहरु थानीमाईमा विशेष शक्ति भएको विश्वास गर्छन् ।

Sunrise

ओहो आजको दिन त हामी क्यानोिनङ गर्दैछौं,  बिहान बन्दीपुर बीचबजार पार गरेर बिन्दवासिनी मन्दिर र तीनधारा घुम्यौं । २००७ सालमा सहिद हुनेहरुको चिहान भएको ठाउँ सहिद स्मारकमा पुतलीफूलमाझ बसेर फोटो खिच्यौं । भानु माविको पुस्तकालयलाई काठमाडौंबाट लगिएको केही पुस्तक सहयोग गरेर हामी निँगालोको लट्ठी टेक्दै ओरालो झर् यौं ।
यात्राभरिको विशेष आकर्षण क्यानोिनङ थियो । त्यसका लागि हामी एक घन्टा ओरालो झरेर बीचजंगल आइपुग्यौं । हामीमध्ये धेरै जना बन्दीपुरलाई भन्दा पनि क्यानोिनङ र रक क्लाइम्बिङलाई गन्तव्य बनाएर आएका । मेरो पनि उद्देश्य त्यही । चार वर्ष अघि नै प्याराग्लाईडङ्घ गरेपछि अब बन्जीजम्प भन्ने दिमागमा आए पनि मैले गर्न पाएको थिइन । मेरो जिद्दी स्वभाव रामै्र बुझ्नु भएको बुवाले मलाई बन्जीजम्प गर्न लगे पनि गलत दिन भोटेकोशी माथि पुगेका हामी हेरेर मात्रै फर्कियौं । तर क्यानोिनङ्घ मैले सोचेकै थिईन । तर जंगलको काचन पानी बग्ने छहरामा झर्नु मै पनि कहाँ कम आनन्द थियो त ।

बन्दीपुर र विमलनगरको बीचमा छाँगादी झरनामा क्यानोिनङ गराउन दुई भाइ दिपक सुनार र लिलाबहादुर गुरुङ्घ तयार थिए । छहरामाथिको ठूलो ढुंगामा बलियो डोरी बाँधेर उनीहरुले त्यसको ब्यालेन्स मिलाए । बिस्तारै हाम्रो उत्साह चुलियो । यात्रामा अलि डराएकी साथी प्रज्ञा पनि सहजै झरिन् क्यानोिन;ङको मज्जा लिँदै ।
९० फिट लामो दुइटा झरना पार गर्दा झन्डै नौ बज्न लागिसकेको थियो । त्यसबीचमा हाम्रो उत्साह धेरै भए पनि पछिल्लो झरनाबाट झर्नुभन्दा अघिको पर्खाइ ज्यादै ठििहर् याउँदो भयो । भिजिसकेको लुगामा झन्डै दुई घन्टा बस्दा हामी कठ्यांगि्रएका थियौं । तर त्योबीच हामीले अनुभव गरेको क्यानोिनङ विशेष छ सम्झनलायक सहयात्री सौरभ रिजालले पछि कफि गफमा सुनाए । उनकै भाइ गौरव भने सबैभन्दा रमाइला र हसिला साथी । जसले गम्भीर कुरा गरेकै पनि नसुहाउला कि जस्तो । यात्राभरि दुई दाजुभाइ इरु र लुनाको दिदीबहिनी सुमंगला लक्ष्मी खनाल रमेश ढकाल नेहा पुष्पिता लगायत सबैले मेरो यो भिन्न यात्रालाई सम्झनालायक बनाए । राति ९ बजे जंगल बीचमा हामी झन्डै ३५ जनाको समूह निथ्रुक्क भिजेर क्यानोिनङ गर् यौं । डोरीलाई एक हातले छोड्दै र एक हातले तान्दै छाँगाको लेउ लागेको ढुंगामा चिप्लिँदै निश्चल कन्चन छहराको चुटाइसँगै झर्दा मलाई विशेष आनन्द आयो । सँगै गएका साथीहरुलाई माथिल्लो छहरामा क्यानोिनङ गर्न १ मिनेट लागे पनि मलाई चार मिनेट लागेको पछि साथी सौरभले सुनाए । साँच्चै मैले छहराका प्रत्येक चुटाई भोग्न खोजेको थिएँ ।


सुमंगलाका भाइ शिशिरले क्यानोिनङ गराउन हामीलाई विशेष सहायता गरे त्यो रात । अनि उत्तिकै काम गर् यो तराई टेलिभिजनको क्यामेरा लाइटले । नत्र हाम्रो बास जंगलमै हुने पक्का थियो ।
लाइटको मधुरो प्रकाशमा ढुंगैढुंगाको बाटो हामी विमलनगर झर् यौं ।
सुन्तलै सुन्तलाको बगैंचामा एकले अर्कोको हात लहरै समाएर एउटै गतिमा आधा घन्टा हिँडेपछि बल्ल हामीले लुगा फेर्न पायौं । त्यहाँबाट दमौलीको गण्डकी रिभर भ्यु टपमा गएर रातिको खानासँगै हामी निदायौं ।

ओहो द्र हामी बसेको होटल त नदीको किनारमै रहेछ । एकदमै सजिएको सानो राम्रो आकारको घर । भोलिपल्ट बिहान खोलालाई पृष्ठभूमिमा पारेर सँगै गएका रोटर् याक्टका साथीहरुको फोटो मनलागे जति खिचेँ । मेरो क्यामेरामा धेरै कैद भइन् इरु पौडेल जसको हाँसो मलाई साह्रै मिठो लाग्थ्यो । सौरभले भादगाउँले टोपी लगाएका बेला इरुको शिरमा पारिजातको फूल लगाइदिए । मैले यात्रा भरीको उत्कृष्ट फोटो क्लिक गरेँ ।
साँच्चै यात्रामा बिस्रनै नहुने एक मितिनी जोडी थियो । उपाशना र सपनाको मितिनी प्रेम देखेर म आङ्गनो मितिनीलाई मिस गरिरहेको थिएँ । धेरै भयो हाम्रो भेट सम्म नभएको । एउटा न्यानो प्रेम हुन्छ, मितिनीमितिनी बीच । मैले आङ्गनो मितिनीसँग अनुभव गरेको कुरा । वर्षौ लाग्छ हाम्रो एउटा भेट हुन । तै पनि एउटा त्यसतो आत्मीयता जुन सम्झँदै मात्रै पनि कताकता अनुभव हुन्छ ।
त्यसपछि दमौलीमा घुम्नैपर्ने व्यास गुफामा हामी पुग्यौं । त्यहाँ २८ सालदेखि राते बाबा भन्ने ऋषि बस्दा रहेछन् । त्यहीँ १०८ फिटको महर्षि व्यासको मूर्ति बनाउने तयारी भइरहेको कार्यक्रम संयोजक विष्णुकान्त घिमिरेले बताए । व्यास गुफा नजिकै बग्ने सेती र मादी खोलाको दोभान रहेछ । एकापिट्टबाट सेतो र अर्कोपिट्टबाट अलि हरियो पानी । एउटै जमिनमा बग्ने पानी पनि मुहान फरक हुँदा कस्तो फरक देखिने द्र
त्यसपछि भानुभक्तले कवितामा उतारेका घाँसी कुवा भानु घाँसी स्मृति पार्क भानु जन्मस्थल विकास समितिको कार्यक्रम सबै भ्याएर हामी विमलनगर फर्कियौं । त्यहाँबाट सिद्ध गुफा । जुन मैले यसअघि देखेको पोखराका नाम चलेका गुफाभन्दा फरक र अचम्मलाग्दो थियो । भगवान जनावरहरुको विभिन्न आकृति देख्न पाइने गुफा विशेष महह्वकै रहेछ । त्यसपछिको हाम्रो अर्को व्यग्रता थियो रक क्लाइम्बिङ । धेरै साथीले त्यसको पनि मज्जा लिए । तर मैले फोटोकै लागि मात्र दुई पाइला उक्लिएँ ।

यो यात्रा रमाइलो र साहसिक दुवै थियो । हामीले कलंकीबाट सुरु गर्दा ललिपप खाएजस्तै र फर्किंदा मनै आत्तिने रक क्लाइम्बिङ गरेजस्तो । एउटा सम्झनायोग्य ‘ललिपप एड्भेन्चर’ का लागि रोटर् याक्ट क्लब र सबै साथीलाई न्यानो माया ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )