Virgin संवाद

त्यो न्यानो बचपना

‘सुबि आर यू स्टील भर्जिन ?’ आज यतिका वर्षपछि उसले यस्तरी सोध्यो मानौं मेरो कुमारित्व रहनुलाई उसले संसारको आठौं आश्चर्य मानेको छ ।
….
सूदुर अतितमा जब हामी स्कुले केटाकेटी थियौं, उ मलाई आफू केटा र म केटी भएकोमा चिँड्याउँथ्यो । उ पढाईमा असाध्यै राम्रो म मझ्यौला । मीनपचासको बिदा र गर्मी बिदा गरी वर्षको दुईपटक हाम्रो भेट हुन्थ्यो । उ आफ्नो मामाघर आउँदा र म मेरो फुपूको घर जाँदा । मेरो फूपू उसको मामाघरको हजुरआमा । कहिलेकाहीँ मेरो भान्दाईसँग उ मेरो घर आउँथ्यो । वर्षको एकमहिना हामी सँगै खेल्न पाउँथ्यौं । उसको मामाघरको आर्कषण कान्लामुनिको पधेँरो थियो । मेरो चाहिँ उ ।
….
फूपूले एकपटक उसलाई ढलोटको कचौरामा दुधचिउरा दिँदै भन्नुभयो, ‘छोरा मान्छेलाई केही हुँदैन । छोरी भएपछि सोमतिलो बस्नुपर्छ । छोरासरह खोज्दैमा पाइँदैन ।’ उहाँले केहीबेरपछि मलाई शिलेबरको कचौरामा दुधचिउरा दिनुभयॊ । फूपूबाटै थाहा पायौँ हामीले -‘चरेसको थालमा भात र ढलोटको कचौरामा तरकारी बिहेगरेपछि मात्रै पाउँछन् छोरीले । उहाँ आफैँपनि फूपाजुले खाएर उठेपछि तरकारीको झोलले पहेलिएको दुधिलो थालमा भात खानुहुन्थ्यो ।

हामी पधेँरोमा कालीमाटिको खेलौना बनाउँथ्यौं । उ सधैँ छेस्को छिराएर चारपांग्रे जीप बनाउँथ्यो । म घुम्टो ओडेकी दुलही । पानी भर्न आउँदा माइजु हामीलाई जिस्काएर उसको र मेरो बिहे गरिदिने कुरा गर्नुहन्थ्यो । म लजाएर भुतुक्क हुन्थेँ । अनुहार छोप्न घाँघरको फेरो अनुहारमा पुर्याउँथे । म नाँगिएको हेर्दा उ झन् रमाउँथ्यो । त्यति बेला कट्टु लगाउने चलन थिएन ।

त्यसपछि रोई कराई गरेर बरु बुट्टेवाल घाँघर लगाइन कट्ट् चाहिँ सधैँ लगाएँ । ठूलो भएपछि बिहे गर्ने उसको जुठो थालमा मैले भात खाने जस्ता अनेकौं कल्पना गर्थेँ म । उ चाहिँ उसले कालीमाटीले बनाएको जीपमा मलाई राखेर चिडियाखाँना घुमाउन लैजाने सपना देखाउँथ्यो ।
….
आज १४ वर्षपछि उसँग मेरो भेट भएको छ । उसैले भेट्न चाहेर । बीचमा मैले बेतारे दुनिँयामा धेरै चाहँदा पनि उसले वास्ता गरेन । सानोमा जसरी पाखे भन्थ्यो । आज त्यही व्यबहार र लबजमा उसले मेरो कुमारित्वको खिल्ली उडायो ।

‘मानब, तिमी विदेशिएर धरै परिवर्तन भएछौं । कम्तीमा मैले तिमीबाट यस्तो प्रश्न सुन्न चाहेकी थिइनँ,’ असह्य भएर मैले हुर्किसकेको उसलाई आँखा जुधाएरै भने, ‘यति नबिस्र पहिलोपटक मैले केटा र केटीको भेद थाहा पाएको तिमीलाई नै हेरेर हो ।’
….

पानीको दुख भएका ठाउँबाट आएका हामी । पधेँरो हाम्रो फेभरेट थियो । नजिकैको बनबाट कलिला स्याउलाको मुन्टो भाँचेर हामी पधेँरी वरीपरि गाडेर सजाउथ्यौं । उ भन्थ्यो, ‘त्यसलाई हाम्रो घर बनाउनुपर्छ ।’ खाने र सुत्ने समय बाहेक हामी त्यहीँ ’round बिताउँथ्यौं । माघको अन्तिममा माथ्ला घरको प्याउटे मामाको गोठ नजिकै डाँडाको थाप्लोमा कलिला गुँरास टिप्न जान्थ्यौं । उ रुख चडेर फुल झाथ्र्यो । म घाँघरको फेरो भरी बटुल्थेँ ।

एकदिन फूपू पुजाका भाँडा साबुन र खरानी लिएर पधेँरीमा आउनु भयो । एकघन्टा लगाएर पुजाका थाली, घन्टी, अर्घ मस्काउनु हुन्थ्यो । भगवान कति भाग्यमानि त्यत्ति चम्किलो भाँडामा पन्चामि्रत पाउने ! म मनमनै सधैँ भगवानको इश्र्या गर्थेँ ।
….
‘धुम्ली, तेरो स्कुल भोलिदेखि लाग्छ रे म आज नुहाइदिन्छु,’ फूपूले पुजाको भाँडा खरानीले मस्काउँदै भन्नुभयो, ‘लुगा फुकाल । बेलुका भाई तँलाई लिन आउँछ रे ।’

मानब त्यहीँ थियो । मलाई कट्टु फुकाल्नुपर्छ भनेर नुहाउन लाज लाग्यो । मैले निहुरेर फूपूसँगै भगवानको डाडु मस्काइरहेँ । म पनि नुहाउँछु भन्दै उसैले पहिला कट्टु खोल्यो । उसले मलाई हेर्दै भन्यो, ‘म सू गरेर उ त्यो सिस्नुको बोटमा पुर्याइदिउँ । धुम्मा तैँले सक्छेस् ?’ फूपूले मलाई धुम्ली भनेको सुनेपछि उसले सधैँ मलाई ‘धुम्मा’ भनेर बोलाउँथ्यो ।

त्यति भनेर उसले जबरजस्ती मेरो कट्टु खोलिदियो । केटा र केटीको फरक मैले त्यही दिन थाहा पाएँ । म बिछट्ट रोएँ । पधेँरो छेउछाउ सु गर्दा नाग लाग्छ भन्ने चलन थियो । फूपूको मुखबाट उसले पहिलोपटक गाली खायो । उसले एकछिन पछि निन्याउरो अनुहारमा कान समातेर मलाई हेर्दै भन्यो, ‘अबदेखि कहिल्यै पनि त्यसतो गर्दिनँ धुम्मा ।’
त्यसपछि उसले चिँड्याउँदा म रुन्थे । चित्त उ दुखाउँथ्यो ।
….
मेरो रजस्वलापछि म आफैँ उबाट टाढिएँ । मलाई लाज लाग्थ्यो । भान्जी दिदीले भन्थिन् -‘भाई भए पनि उसको ब्रतबन्ध गरिसकेको छ । छोइएला । अब सधैँ बच्चा बनेर हुँदैन ।’

उमेरमा मभन्दा मानब ६ महिना कान्छो थियो । चाडबाडमा भेट्दा म आफैँ उबाट असजिलो मानेर टाढा हुन्थेँ । उसले त्यसैलाई हाम्रो दुरीको कारण बनायो ।
भेटघाट नभए पनि म उ’bout खोजिनिती गरिरहन्थेँ । केटाकेटीमै उसको गाउँ’bout कसैले प्रसंग उठाए पनि मेरो कान चनाखा हुन्थे ।
….

७ कक्षामात्रै पास गरेको थियो । एकजना बिदेशीले उसलाई धर्मपुत्र पाल्न क्यानडा लैजाने भए । धेरै छोराछोरी जन्माएका उसका बाबुआमाले उसलाई परदेश पठाए ।
मैले मानबलाई एकपटक भेट्नसम्म पाइनँ ।
परदेशिए पछि उसले मलाई यस्तरी बिस्र्यो मानौं हामी दुई अन्जान थियौं । भेट्ने मेलो पनि बनेन । म बुवासँग फूपूको घर जाँदा उस’bout केही कुरा सुन्न पाउँथे । उ बिदेशिएपछि फूपूको घर जानुको एउटै ध्येय उ’bout थाहा पाउनु हुन्थ्यो ।

विदेश गएकै पछिल्लो वर्ष उसलाई तिनै विदेशीले नेपाल ल्याएका रहेछन् । थाहा पाएपछि मैले बुवालाई फूपूको घर जान मन लागेको बहाना बनाएर त्यहाँ गएँ । भान्दाईलाई भनेर म उसलाई भेट्न उसकै घर पनि पुगेँ ।

कति सुकिलो, रुगरुगाउँदो भएछ उ । धेरै अंग्रेजी बोल्न जान्ने पनि । मैले पहिलोपटक उसँगै आएको विदेशीसँग हात मिलाएँ । उसले मलाई मैले कहिल्यै नदेखेको चकलेट टोकेर आदि दियो । हामी बेलुका भान्दाई सँगै फूपूको घर फर्कियौँ ।

मलाई उसँगै पधेरो जान मन थियो । हिँड भन्न लाज लाग्यो । म सानो पित्तलको गाग्री बोकेर अघि लागेँ । उ पछिपछि आउला भनेको आएन । साँझ अध्याँरोमा पधेँरोबाट म घरको करेसामा आइपुगेको थिएँ । उसले मलाई विदेशमा खाना खाईरहँदा खिचेको उसको फोटो बत्तिको मधुरो प्रकाशमा देखायो ।
….
‘आइ मीन तिम्रो ब्वाईप्रेुन्ड छैन भने -‘लेट अस बी इन अफियर’ उसले मेरो प्रश्नमा अलि अक्मकाएर जवाफ दियो, ‘आई स्टील लभ यू ।’

खै मैले पाप सोचेको हो की, यतिका वर्षपछि उसको प्रस्ताबमा मैले पुरुष गन्ध पाएँ ।
उसले त्यो करेसाबारीमा दिएको फोटो मैले अझै सुरक्षित राखेको छु । उसले त्यसमा पछाडी ‘वीथ डियू लभ मानुस्बी’ लेखेर दिएको थियो । पुरै वाक्य त मैले बुझिन तर उसले लेखेको लभ शब्द पढेर मेरा आंग सििरंग भएको थियो । सायद गाला पनि राता भएका थिए ।

सानोमा पधेँरो वरिपरीको कालीमाटिमा मानब र सुबी मिलाएर उ मानुस्बी लेख्थ्यो । आज उसले मलाई तीनै दिन सम्झाइरहेको छ । मलाई भित्रभित्रै कुतकुती लागेको थियो ।
त्यसपछि नेपाल आएको बेला पनि उ कुनै थाहा दिँदैनथ्यो । यतिका दुरीबीच पनि आँखा चिम्म गर्दा मेरो मानसपटलमा उ त्यही अबोध अनुहारमा झुल्किन्थ्यो । विदेशको भब्य महलमा ठुलो टेबलमा बसेर थरीथरी परिकार खाईरहेको मानबलाई बेला बेला कल्पना गथेर्ँ म ।
….
‘उ तेरो भाई हो । उसको ’bout धेरै नसोच,’ मैले एसएससी दिएको वर्ष एक साँझ फूपूले भन्नुभयो । मेरो साह्रै चित्त दुख्यो । मानब मेरो भाई हो वा अरु कोही मलाई थाहा थिएन । शारिरीक रुपमा परिपक्व भइसके पनि मानबलाई सम्झेर म मानसिक रुपमा बच्चै थिएँ ।

हालै उसले क्यानडाको प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए सकाएर नेपाल आएको रहेछ । अब बिहे गरेर फर्कने । दश वर्ष विदेशमै पैसा कमाउने । त्यसपछि उताको अनुभवका आधारमा यतै राम्रो कम्पनी खोल्ने र एउटा प्रतिष्ठित जीबन बाँच्ने । आफ्नो भविष्यका योजना एक सासमा बतायो । उसले थप्यो, ‘२५ काटेपछि यौबनको मज्जा भन्ने अब रहेन । अब व्यवहारिक बन्नुपर्यो । जीबन’bout साँच्चै सोच्ने बेला आएको छ ।’

मैले उसलाई एकोहोरो सुनिरहेँ ।
उसले आफ्नो ’boutमा मात्रै कति सुनाउनु भनेजसरी सोध्यो ुअनि तिमी के गर्दैछौं पढाई कहाँ पुग्यो भविष्यका योजना के छन्, ‘उसले औपचारिकताको लागि सोधेजस्तो गर्यो, ‘अघिल्लो मंसिरमा पढाईमा असाध्यै राम्रो एकजना सरकारी जागिरेको कुरा आएको थियो रे बिहेको लागि ।’

मैले हेरीरहेँ । त्यो सफा निख्खर अनुहारमा कति धेरै स्वार्थ लुकेको । सानोको मेरॊ सिँगाने मानब कहाँ रह्यो अब उ ? ती सबैलाई उसले सुखसयलको बैभवले ढाकिसक्यो । निश्चल आँखा संसार जित्ने महत्वकांक्षाले भरिइसके ।

….

उसले मेरो एकछिनको मौनता पछि फेरी भन्यो, ‘एक्लो छोरा भएको छोटो परिवारको घर रहेछ । घरका सबैले केटा चित्त बुझाउँदा पनि तिमीले केही वर्ष विवाह गर्दिन भन्यौ रे ।’ उसले घर आएर ममीसँग सबै बुझेछ । त्यसैलाई आधार मानेर मेरो ब्वाईप्रुेन्ड भएको शंका गरेको हुनुपर्छ ।

….

यतिका वर्षपछि भेटेको मानब आज मलाई मेरो कुमारित्वमाथि शंका गर्दै कुनै संकोच नमानी प्रश्न गर्छ । उसको आश्चर्यचकित प्रश्नसँगै उसले नभनेरै मैले बुझे उ चाहिँ अब कुमार रहेन । म रन्थनिएको थिएँ उसको प्रश्नले । मेरो अनुहार कसरी प्रतिविम्बित भएको थियॊ थाहा छैन तर उसका सामु असाध्यै अप्ठ्यारो परिस्थितिबाट गुज्रँदै थिएँ म ।

‘तिमी यति पाप नसोच,’ मैले सुन्य दिमागमै जवाफ दिएँ,’तिमी मेरो आफ्नै भाई नभए पनि भाई जस्तै हौ ।’
मेरो प्रतिकि्रया पछि अब मौन हुने पालो उसको थियो ।

हो मानब, मेरो ब्वाईप्रुेन्ड छ । एउटा उपन्यासको पात्र । जसलाई मैले केही वर्षदेखि आफ्नो पहिलो प्रेमी मान्दै आएको छु । कम्तीमा उसले मेरो चरित्रमा शंका गरेर यस्तो प्रश्न गर्दैन । ममाथि आफ्नो पुरुष गन्ध देखाउँदैन । मेरो कल्पना अनुसार नै उ असल बनिदिन्छ । चाहेअनुसार नै मलाई स्पर्शबिहीन प्रेम गर्छ । संसार बुझ्न कुची र रंग बोकेर पहाड डुल्छ । म उसैबाट रंगिन चाहन्छु ।

….

उस’bout मैले नसोचेको केही दिन भएर रहेछ म आजकाल आफैँलाई फिक्का मान्दै थिएँ । आज उसको याद तिमीले गाढा बनाईदियौ ।
विपश्यनाको कुनै कठोर साधनामा लीन होला सायद । अन्र्तआत्माको यात्रामा आफैँलाई नियाल्दै । वा, धम्मश्रृंगका वर्षे झार टिपेर साधनामा तृप्त साधकको सेवा गरिरहेको होला ।

….

मलाई माफ गर मानब । तिमी धेरै सफल भएको देखेँ मैले । म असल केटाको काल्पनिक संसारमा हराएको छु ।

P.S. यस घटनाका पात्रहरु काल्पनिक हुन् । कसैको बास्तविक जीबनसँग मेल खाएमा त्यो संयोगमात्रै हुनेछ । 🙂
सानोमा सन्तोष पन्तको ‘हिजोआजका कुरा’ हेर्दा कण्ठ पारेको वाक्य 😛 😛

Advertisements

15 thoughts on “Virgin संवाद

  1. Dherai pachi ho yeti mitho and ramro katha padeko maile… Ma afai nai haraye.. harek sabda ko arko sanga ko link is really very beautiful.

    This feels like a song..this feels like a painting.. an art…which has many part.. Let me say an exhibition of the whole art one by one in the form of words..

    I can envision character, feel what they are feeling and hear what they are talking.. they are so live to me.. so very true character.. so different subject matter and so sweet story…

    The ending is amazing too.. the strong ending and show off of a woman’s stance over her virginity gives this feminist touch..

    WOW… Just wow… loved it so soo soo very much..

  2. मलाई माफ गर मानब । तिमी धेरै सफल भएको देखेँ मैले । म असल केटाको काल्पनिक संसारमा हराएको छु । These lines remind me the sentences by B.P. Koirala.
    Congratulations bini, yeti complicated issue lai saral prastuti diyeko chau. Loved reading it. Must say, you are a good writer. Keep it up!!!

  3. संसार बुझ्न कुची र रंग बोकेर पहाड डुल्छ । म उसैबाट रंगिन चाहन्छु ।
    ….
    उस’bout मैले नसोचेको केही दिन भएर रहेछ , म आजकाल आफैँलाई फिक्का मान्दै थिएँ ।

    —————————————————–
    काल्पनिक कुरा यति पत्यारिलो गरी कसरी लेख्न सकिन्छ ? 🙂 लेखाइमा निकै दम छ । निकै मज्जा लाग्यो ।
    कुनै प्रख्यात उपन्यासको कुनै विशिष्ट अध्याय पढे जस्तो ….

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )