४० डिग्री चेन्नाई

यो लेख २१ जेठमा नागरिक घुमफिरमा प्रकाशित भएको हो

Shore temple, mahabalipuram

काठमाडौंमा तीस डिग्री गर्मी बढ्दा चैत अन्तिम साता चेन्नईको ४० डिग्री गर्मी याद आउँछ । दार्जिलिङ सिक्किम यसअघि गए पनि नेपाली भाषीको बसोवास रहेकाले भारतीयपन महसुस गर्न पाइएको थिएन । त्यो अवसर यसपटक मिल्यो ।
पत्रकारिता अध्ययन सुरु गर्दैदेखिको चेन्नई जाने हुटहुटी । निवेदन दिएको पहिलोचोटि नै आफू छानिएको थाहा पाएदेखि म चेन्नई जाने दिनको व्यग्र प्रतिक्षामा थिएँ । तर साथीहरुबाट सुनेँ औधी गर्मीले मानिस यो सिजनमा चेन्नई जानै मान्दैनन् । गर्मीको बहानामा पहिलोपटक मिलेको अवसर गुमाउन चाहिनँ ।
एसियन कलेज अफ जर्नलिजममा १५ दिने तालिममा भाग लिन जाने हामी तीन नेपाली थियौं । कसैले कसैलाई नचिनेका । तर सामाजिक साजालले कति सहज बनाइदिएको छ भने फेसबुकबाट उनीहरुको फोटो हेरे एयरपोर्टमा देख्दा अनुहार छुट्याउन गाह्रो पर्दैन । मैले फेसबुकबाट द काठमान्डु पोस्टका सन्तोष क्षेत्री र समाचारपत्रकी सन्ध्या राईलाई सर्च गरेँ र उनीहरु’bout पाएजति जानकारी लिएँ । सायद उनीहरुले पनि त्यही गरेका थिए कि !
चेन्नई पुग्नु अघिल्लो बिहानसम्म हरेक दिन आझ्नो काखे कम्प्युटरमा चेन्नईको म्यापमा घुम्नुपर्ने ठाउँको फेहरिस्त बनाउँथेँ । तापक्रम देखेर उखरमाउलो गर्मीले चिमि्रएका आँखाले हेर्नुपर्ने नयाँ नयाँ ठाउँको कल्पना गर्थें । घुमाइ मध्यविश्वको दोस्रो ठूलो मरिना बिच मुख्य आकर्षण थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले मुम्बईमा ओराल्दैमा गर्मीले हामीलाई अत्याइसकेको थियो । मुम्बईबाट साँझ चेन्नई पुग्नासाथ हामीलाई पहिले स्वागत गर् यो त्यहाँको गाला डढ्लाजस्तो हप्प तातो गर्मीले । होटलवाला हामीलाई लिन एयरपोर्टमै आएका रहेछन् । उनीबाटै थाहा भयो हामी बस्ने होटल त पाँचतारे रहेछ । त्यो थाहा पाउँदा हामी झन् उत्साही भयौं ।

mahabalipuram

अबका पन्ध्र दिन यही गर्मीमा अभ्यस्त हुनुको विकल्प थिएन । त्यहाँका फराकिला फ्लाइओभर भएका सडक हामीलाई मात खुवाउने थिए । दैनिक १४ घन्टा लोडसेडिङ खेपिरहेका हामीलाई त्यहाँ दिपावली मनाइरहेजस्ता सडकबत्ति पनि लोभलाग्दो लाग्यो ।
पुगेको भोलिपल्टैदेखि दैनिक ९ देखि ५ बजेसम्मको व्यस्त दैनिकी । सुरुका दिन ’round बजार हेर्न र चेन्नई बुझ्नै लाग्यो ।
तामिलनाडु राज्यको राजधानी रहेछ चेन्नई । भारतको चौथो ठूलो सहर । विकसित सहर देखेर हामीमात्र नभई सार्क देशका अरु विद्यार्थी पनि छक्क परेछन् । नेपाली फिल्मभन्दा बढी चासो हिन्दी फिल्मलाई दिने हामीलाई हिन्दी आउँथ्यो तर चेन्नईमै बस्नेलाई भने हिन्दी आउँदो रहेनछ । कि अंग्रेजी कि तामिल । उनीहरुको चासोभन्दा बाहिरको भाषा रहेछ हिन्दी ।
हामी घुम्ने योजनासाथ तेस्रो दिन पहिलोपटक कलेज नजिकैको बेसान्त बिच पुग्यौं । पहिलोपटक समुद्री छालसँग खेल्न पाउने उत्साह काठमाडौंदेखिकै थियो । मैले क्यामरा ब्याट्री अघिल्लै दिन फुल चार्ज गरेकी थिएँ ।
तर दुर्भाग्य । जागिरे जीवनको पहिलो कमाइले किनेको पहिलो क्यामरा पहिलोपटक देखेको छालले बगाएर लग्यो । अझै पत्यार लाग्दैन त्यो महासागरको छाल आँधीझैं कसरी आयो ! निमेषभरमै क्यामरा हरायो । कुनै कुरा आफूबाट गुम्न लागे त्यसलाई जोगाउने तागत आफूसँग नहुँदोरहेछ भन्ने दिव्यज्ञान क्यामरा समुद्री छालसँग मिसिएसँगै भयो मलाई । तर त्यही कारण बाकीँ बसाइ बिगार्नु थिएन ।

त्यसपछि मेरो हातमा क्यामरा भएन तर अरु साथीको क्यामरामा धेरैपटक कैद भएँ ।

Chennai-Mahabalipuram-under-ASI-WHS

हामी त्यहाँ नजिकै रहेको मुरुगान इडलीमा गयौं । जुन साउथ इन्डियन फुडका लागि असाध्यै चर्चित रहेछ । केराको पातमा पन्ध्रभन्दा बढी परिकार खान पाइने साकाहारी होटलमा बेलुकी खुट्टा टेक्ने ठाउँ नहुने गरी मानिसको भीड लाग्दोरहेछ ।
कलेजको तालिकाअनुसार आफूले योजनामा राखेका घुम्ने ठाउँ त जानै मुस्किल । तैपनि शनिबार र आइतबार कलेजले नै हामीलाई नजिकका घुम्नैपर्ने ठाउँ घुमाउने योजना बनाएको रहेछ ।
योजनाअनुसार महावलिपुरम घुम्ने दिन थियो शनिबार । जुन चेन्नई सिटीबाट ६० किलोमिटर दक्षिण कान्चीपुरममा पर्छ । सातौं शताब्दीमा बनेका महावलिपुरमका मठमन्दिर युनेस्कोको विश्व सम्पदाअन्तर्गत पर्छ ।
ठुल्ठुला ढुंगा कुँदेर बनाइएका महिसासुरामारथिनि गुफा भराहा गुफा मन्दिर हात्ती िसंगो ढुंगामा बुट्टा भरेर बनाइएका पाँच पाण्डव र द्रौपदीको रथ देख्दा अचम्म लाग्छ । ठाउँठाउँमा ठुल्ठुला ढुंगा छन् । एउटा ढुंगामा अर्को ढुंगा छ जुन झरिहाल्छ जस्तो देखिन्छ तर कसैको हल्लाउने तागतसम्म पुग्दैन ।
महावलिपुरममै सिसोर मन्दिर पनि छ जुन हेर्नैपर्ने अर्को ठाउँमा पर्दोरहेछ । यो बे अफ बेङ्गालको किनारमा पर्छ । हामी त्यहाँ जाँदा मन्दिर पुनःनिर्माण गरिँदै थियो । तातो घाममा नरिवल पानी खाँदै बे अफ बेङ्गालको छालसँग खेल्दै ’round डुल्नुको मजै बेग्लै ।
महाबलिपुरमको चिनो आफन्तलाई ल्याउने हो भने सस्तो मूल्यमा बुनेका सामान र कपडा त्यहाँ पाइन्छन् ।
आइतबार । चेन्नई सिटी ’round घुम्न जाने दिन । ठाउँ’bout राम्रो जानकारी होस् भनेर गाइडको पनि व्यवस्था गरिएको थियो । तर सबै आआफ्नै सुरमा । गाइड बसबाट देखिने ससाना नदीको पनि चर्चा गर्थे । उनलाई सुन्ने कान बिरलै चनाखा थिए । हामी ठाउँ’bout थाहा पाउन भन्दा अचम्मका भवन सडक र बिच हेरेरै टोलाइरहेका हुन्थ्यौं ।
बस सेन्ट थोमस माउन्ट चर्च तल रोकिएको पत्तोसम्म कसैलाई भएन । बसबाट ओर्लनासाथ फेरि चर्को घामको चुनौती । तर ’roundको वातावरण एकदमै आनन्दमय । लाग्यो चेन्नई घुम्न रुचाउनेले एकपटक पुग्नैपर्ने सहर रहेछ ।
एउटा सानो पहाडमा बनेकाले यसलाई माउन्ट चर्च भनिएको रहेछ । मुख्य प्रवेशद्वारबाट जाँदा १३२ खुड्किला उक्लनुपर्ने । अरु ठाउँमा जस्तै आइतबारको भीड यहाँ पनि थियो ।
डाँडाको चर्चबाट ’roundको भ्यु राम्रो देखिन्थ्यो । त्यसैले त्यस्तो तातो घाममा भ्युलाई ब्याकग्राउन्ड बनाएर फोटो खिच्यौं हामीले । चर्चभित्र प्रार्थना गर् यौं ।
अर्को गन्तव्य बन्यो कपालेश्वर मन्दिर । मन्दिर वरिपरि जताततै भगवानको आकृति कुँदिएका ढुंगा थिए । सातौं शताब्दीमा बनेको यो शिव मन्दिरमा सुनले िसंगारिएका मूर्ति हेर्दै अचम्म लाग्ने । आरतीको समयमा मन्दिर’roundको बत्तिको रमझमले निस्कनै मन लागेन ।
जुत्ता परैबाट फुकाल्नुपर्ने मन्दिरको भुइँमा बिछ्याइएको तातो पैताला सेक्ने ढुंगामा उभिरहन पनि नसकिने ।
आधा दिनजसो घाममा हिँड्नेबित्तिकै जिउ गलिसकेको हुन्थ्यो ।
फर्किंदा देखियो हामीले थुप्रैपटक सामान किनेको बेलुकीको खाना खाएको र साँझको समय बेफिक्री बरालिएको टि नगर ।
टि नगरको पोन्डी बजार सामान किन्नका लागि असाध्यै चर्चित छ । सडक किनार र ठुल्ठुला सपिङ मल भएको यो ठाउँमा छान्न जाने सस्ता र राम्रा सामान पाइन्छन् । काठमाडौंको असनजस्तै लाग्छ । मान्छेको भीडभाड सामानको रोजाइ सबै उस्तै । आफन्त साथीका लागि केही किन्न सस्तो र धेरै रोजाइका सामान हुने बजार रहेछ यो ।
भ्रमणको अन्तिम दिन हामी चेन्नईको पुरानो रेल चढेर मरिना बिच घुम्न गयौं । नेपालीलाई बिचको घुमाइ एउटा सानकै विषय हो । छालसँग जिस्किन पाउने मेरो पहिलो अनुभव क्यामेराले गुमाए पनि पछि नयाँ क्यामरासहित म साँझको भीडमा मरिना बिचमा थिएँ । अस्ताउँदो सूर्यसँगै बिस्तारै आनन्दको हावा लाग्दो रहेछ मरिना बिचमा । कुनै मेला लागेजस्तो छ यहाँ मानिसको भीड ।
नअघाउन्जेल छालसँग खेल्दै फोटो खिच्यौं । होटल पुग्न अबेला भइसकेकाले हामी शितलतामा बस्न नअघाएको मन लिएर फक्र्यौं । छालको दुरी हामीबाट बढ्दै गयो । सार्क देशबाट आएका साथसँगको दुरी घट्दै । झन्डै दुईहप्ता बसेर थुप्रै रमाइलो गरेका थियौं ।
तर चेन्नई पुगिसकेपछि पोण्डीचरीस्थित अरबिन्दो आश्रममा जाने धोको भने पुरा हुनसकेन । पोण्डीचेरीमा थुप्रै पर्यटक त्यहाँको बोटानिकल गार्डेन र अरबिन्दो आश्रममा गुरुजीलाई भेट्न जान्छन् । गुरुजी भेट्ने मेरो इच्छा समय अभावले अधुरै रह्यो । अर्को पालि त्यता आउँदा भेटुँला है गुरुजी  ?

Advertisements

One thought on “४० डिग्री चेन्नाई

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )