लक्ष्मीलाई अर्को पत्र…,


लक्ष्मी धेरै धेरै सम्झना,

पछिल्लो साता मैले तिमीलाई बारम्बार सम्झेँ । हिजो राति मोबाईलमा सन्देश पनि पठाएँ । डेलिभर्ड नै भएन । बिहानदेखि फोन ट्राई गरेको लाग्दै लाग्दैन । ठूलै केही तलबितल परेर होइन । डेढ वर्ष भयो तिमीलाई भेटेको आक्कलझुक्कल तिमीलाई सम्झेँ पनि मैले फानै गर्नुपर्ने ठानेको थिइनँ ।
खै के के कुराले यो साता एक तमासको छटपटीले सताइरह्यो । अनपेक्षित सफलताको ईष्या गर्नेबाट हो या आफूले केही गर्न नसकेको आफ्नै यथार्थले हो । साहै्र एक्लोपनले थिचिरह्यो । वरिपरि भर्चुवल साथी धेरै भए जस्तो लाग्छ । सबै औपचारिकताका लागि मात्रै । अनि मैले तिमीलाई सम्झेँ ।
ब्लगमा तिमीलाई धेरै लेखेँ । तिम्रा तस्बिर सहित आउँछु पनि भनेँ । तर त्यो आफैँलाई ढाँटेको अर्को मिठो भूल भइदियो । तिम्रा तस्बिर राख्न कस्तो दोमन भयो । उचित हो होइन सोच्दा सोच्दै त्यो पाखा लाग्यो ।
मैले त्यसरी आफैँलाई के ठग्नु जस्तो लाग्यो । अस्ति धेरै समय लगाएर अन्तरकुन्तरमा रहेको तिम्रा तस्बिर भएको डिभिडी खोजेँ । अनि फाल्नलाई धोक्रोमा हालिसकेको रिपोर्टिङ डायरी खोजेर भाई पवनले बोक्ने तिम्रो मोबाईल नम्बर फेला पारेँ । निसासिएपछि लामो सास फेरे जस्तो हलुका भयो ।

…..

मैले तिमीलाई भेट्दाको जस्तो राम्रो कमाई हुने जागीर अहिले तिमीसँग छैन होला । मोबाइलको खाता भरिरहन पनि हम्मेहम्मे परेको होला ।
खोलाले आफ्नो गोरेटो बनाएको खडेरी परिरहने खेतीबाट कति नै कमाई होला र  ? भाइको पनि जागिरको ठेगान लागेको नहोला ।

साह्रै उज्यालो अनुहारको भाई बिहानैको त्यो चर्को घाममा मलाई भन्दै थियो, ‘साला यो पैसा भन्ने कुरा किन कमाउनै पर्ने होला है दिदी ।’
म थामी नसक्नु हाँसेको थिएँ, उसको निर्धक्कको जवाफ सुनेर । उसले पछि लजाउँदै भन्यो ‘दिदी मैले अलि छाडा बोलेँ भने आफ्नै भाईजस्तो सोचेर मलाई गाली गरे हुन्छ है ।’ मेरो हाँसो नथामिँदै उसले थपि हाल्यो, ‘तर नि दिदी यो संसारमा जन्मि जति सकेपछि ठूलै धनाढ्यको घरमा जन्मिन पाउनु कहिल्यै पढ्न नपर्नु र मनलागे जति सबै काम गर्न पाउने भए कस्तो मज्जा हुन्थ्यॊ नि ।’
भाईका यस्ता गफ सुन्दै गर्दा त हो हामीले बिहानीको चारघन्टे तेस्रो बाटो सहजै पार गरेको ।
भाई त्यो बेला मलाई साह्रै अबोध लागेको थियो । कल्पनाका यी कुरा पछि उ बास्तविकता तिर फर्कियो । उसको सपना थियो सेनामा भर्ति भएर पेनसन पकाउने ।
‘बुढेसकालमा हाइसोखले बिताउन पाइन्छ,’ उसको अर्को माथ खुवाउने जवाफ ।
हलक्क बढेको उसको कदभन्दा बुझाई ज्यादा निर्दोष लाग्थ्यो । उसले भन्यो ‘खास अरु त होइन । आमा धेरै चिन्ता गर्नुहुन्छ के ।’
अनि उसले भनेको तिमी पनि उस्तै छौ रे । जाँचमा भाईले पढेन भन्ने चिन्ता लिएर तिमी झन् दुखी भएर पढ्दैनौ रे ।
‘यो कुरा चाहिँ तपाइँले दिदीलाई यसो फोन गर्दा भन्दिए पनि हुन्छ के,’ उसले एक सासमा बोली सिध्यायो,’मलाई पढ्नै मन छैन त कर गरेर हुन्छ । म सेनामा भर्ति हुन्छु भै हाल्यो नि होइन ।’
मैले केही जवाफ दिनै सकिन । बसन्तपुरको सानो बजार छोडेर हामी जंगलै जंगलको बाटो हिँड्न थालेको डेढ घन्टा हुन लागिसकेको थियो । खाने कुरा केही थिएन । मभन्दा बढी उ भोकाएको थियो ।
हिँड्दा हिँड्दै भाई र म चेपाङ बस्तीमा पुग्यौं ।
पाखैपाखोले ढाकेको अनकन्टार ठाउँ । साना साना झुप्रो भएको सुकुम्बासी बस्ती ।
म बोल्नुभन्दा अगाडी उसैले भन्यो,’हामी गरिब भन्यो । यिनीहरु हेर्नुस् त … तर मलाई असाध्यै भोक लागेको छ । यिनीहरुले जे दिन्छन् त्यही खाउँ है ?’
मसँग यो पटक पनि उसको प्रश्नको जवाफ थिएन ।
दुई छोरा भएको चेपाङ्ग दाईको घर पुग्यौं हामी । मैले पानी मागेर पिएँ ।
भान्छामा मकैको च्याँख्ला र खोलेको साग पाकेको रहेछ । सफा मझेरीमा थोरै भाँडा थिए । कतै केही नबारिएको एउटै कोठा भएको घर । अगेनामा ठूलो कसौडीमा राखेको च्याँख्ला भाईले भन्न नपाउँदै ती चेपाङ्ग दाईले पस्कने सुरसार गरे । भाईले मलाई आँखाको इसारा गर्दै तपाईँ पनि खानुस् भन्ने संकेत गर् यो ।
खान त बसियो । मैले करैले एक गाँस निले त्यसपछि सकिन । पहिलोपटक मैले मान्छको चित्त दुख्ने गरी खाना फालेँ । उसले मिठोपिठो जे भए पनि रहरलाग्दो गरी मिठो मानेर खायो ।
पानी घट्टका महिला समूहलाई भेटाइदिए पछि उसले दिदी अब जानुपर्छ भन्यो । साँच्चै लक्ष्मी उसलाई बाइ भन्नै पनि मलाई कस्तो गाह्रो भएको ।
अब म तिमीलाई भन्दा बढी मिस भाईलाई गर्न थालेको छु ।

…….
केयर नेपालको प्रोजेक्ट म फर्किँदै सकिन लागेको थियो । त्यसपछि त्यो ठाउँमा अरु कुनै त्यसतै राम्रो तलब दिने संस्था गयो होला त  कुनै गएकै भए पनि तिमीलाई दियो होला त ?
म गएको साँझ भाईले मलाई मिठो खुवाउन कुखुराको मासु ल्याएको थियो । तीन वर्ष अघिदेखि नै माछामासु खाँदैन थिएँ । मैले होस पनि गरिनँ । तिमीहरुले मेरै लागि भनेर मासु ल्याएका रहेछौं ।
म तिम्रो कोठाभरी सजिएका भगवानलाई हेर्दै कताकता हराएको थिएँ ।
त्यो थाहा पाएर मलाई खान्न भन्न असाध्यै गाह्रो भयो । मासु भए पछि अरु तरकारी किन चाहियो भन्ने तिमीहरुको सोचाई ठिक हो । तर मैले असजिलो मानि मानि आफू साकाहारी भएको बताए पछि तिमीहरुलाई अर्को तरकारी जोहो गर्न पनि गाह्रो भयो । मलाई त्यो बेला लाग्यो, ‘म किन कुनै व्यक्तिको घरमा खान र बस्नको लागि जिम्मा लगाइएँ ?’ मलाई असह्य भयो ।
मैले भैँसीको तरको दही, दाल र भात खाएँ । मलाई दुध तरको दही भन्ने कुरा साह्रै नमिठो लाग्छ । घरमा ममीसँग यस्तो खान दिएको बेला झर्किएको सम्झिएँ । तर मैले तिमीहरुको आतिथ्यको खातिर खानकै लागि खान पर्ने भएर मिठो मानेरै खाएँ ।
दिनभर गन्तब्यहीन बाटो हिँडेको थकान थियो मलाई जस्तै तिमीलाई पनि । तर म तिम्रो कोठामा छिरेपछि मनमा केके कुरा खेल्न थाले यतिकै बसेँ । थकित तिमी खाटमा पल्टियौ । भाईले एकछिन अघि मैले खिचेको तिमीहरुको फोटो हेर्न चाह्यो । चार्ज सकिन लागेको काखे कम्प्यूटर खोलेर मैले देखाएँ । आमा र भाईले रमाइलो मान्दै हेर्नुभयो ।
तिमी अघि नै निदायौ । आमाले भाईलाई सुत्न पठाउनु भयो । त्यसपछि म सँग वर्षौदेखिको उकुसमुकुस आमाले खोल्नु भयो । मैले सुनिमात्रै रहेँ । केही प्रतिकि्रया दिने आँटै आएन ।
यो ’bout मैले अघिल्लो पत्रमा नै तिमीलाई लेखिसकेको छु ।

अनि भोलिपल्ट बिहान फेरी काममा जानकै हतार । हामी दुबैलाई ।
भाईको साथ लगाएर तिमीले मलाई अर्को गाउँ पठायौ । भाईलाई त्यही दिन बाइबाई भन्नु पर् यो । उसले घरतिरको गन्तब्य फर्किसकेपछि मलाई पछाडी फर्केर सम्म नहेरी हात माथि उठाएर बाइ गर् यो । मैले उसको कलिलो अग्लो कद हेरेँ मात्रै ।

अपरिचित तिमीसँग त्यो रात बास पाएको भगवान सजिएको कोठा

……
त्यसको पन्ध्र दिनपछि मकवानपुर सर्लाही र महोत्तरी घुमेपछि फेरी तिमीलाई भेट्नकै लागि म तिम्रो गृहजिल्ला पुगेँ । तिमी त्यो विधवा आमालाई रातो पहिरन चुरा धागो लगाइदिने क्रान्तिकारी अभ्यासका लागि कालिकाको अफिस आएकी थियौ । मैले अब फेरीफेरी तिमीसँगको भेट टुंगो नभएर तिम्रो फोटो खिच्न चाहेँ ।
तिमी त दुखि भयौं । विदा गर्नै पनि गाह्रो मान्यौ । उताबाट बस आइसकेको थियो । तिमीले मेरो जस्तै मैले तिम्रो अनुहार फर्केर हेर्नै सकिन । त्यहाँ हामी बाहेक विकासे जागिरका पोजिला मानिस थिए । अनि मैले भाईकै शैलीमा तिमी पटि नफर्कि हात माथि पुर् याएर बाइ गरेँ । तिम्रो प्रतिकि्रया म अनुमान पनि गर्न सक्दिन ……………
P.S.: तिम्रो तस्बीर राख्ने नराख्ने भन्नेमा म अझै दोधारमा छु लक्ष्मी….

Advertisements

8 thoughts on “लक्ष्मीलाई अर्को पत्र…,

  1. Binita, How mysterious Laxmi is? Malai usko yo mystery nai maan paryo…timro letters le laxmi prati yeuta distrikon banayo mero…yeuta ideal woman ho laxmi 🙂 sarai nai maan bhitra pasyo timro writing ani laxmi ko mitho kura…
    Kahile kahi anjan mai kasari nata bascha ani teti belako abhas jiwan bhar ko lagi mitho huncha hai ? Malai testai lagyo…malai ekdum priye lagyo laxmi… Like Shikha I too suggest not to put her pictures here. We readers have to imagine Laxmi…and create our own ideal Laxmi 🙂

    Loved your letters

  2. Hey bini, laxmi sanga chutda timi lai jati garo bhayo teti nai garo aaja laxmi ko lagi arko parta ko antim line padh’da malai pani bhayo. Aakha rasaye. Timi sanga chutda ko laxmi ko pratikriya kasto thiyo maile ni anuman garna sakdina. laxmi lai timi lae lekheko aggilo patra padh’da laxmi ko photo herna maan lageko thiyo, tara aaile yo patra padhe pachi, mero request timi lai laxmi ko photo blog ma narakha, yes artha ma ki, ma chahanna maile kalantar ma banayeko laxmi ko tasbir kei hosh. Meri kalantar ki laxmi sarai nirdosh chin, timri laxmi jastai, teslai lae pani uni warapara ka kura sameta tara photo narakha.

  3. दुर्भाग्य आज मात्र आईपुगे यता पहिलो पत्र पनि पढ्न मन लाग्यो कसरी खोज्नु

  4. लक्ष्मी सँग को अर्को अनुभव, रमाइलो लाग्यो ।
    हाम्रो लागि भएपनि, उसको फोटो नराखेपनि, उसको ’round को परिवेश को फोटो चाँही राखे हुने !

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )