पर्यावरण यात्रा

दुई साइकल यात्री कलामसँग


साइकलबाट सार्क राष्ट्र घुमेर फर्केका मनोक्रान्ति अभियानका दुई तन्नेरी वैशाखमा युरोप जाँदै

विनिता दाहाल

सानैदेखि केही फरक काम गर्ने हुटहुटी चलिरहन्थ्यो । स्कुल छँदै किताबमा पढिएका व्यक्तिजस्तो बन्न केही फरक अभियानमा लाग्नुपर्ने तर्कना आउँथ्यो । त्यो सोचलाई योजनामा बदल्न उनीहरुले फरक बाटो रोज्नु थियो । भावनामा बग्ने किशोर अवस्थामा उनीहरु योगी विकासानन्दको दर्शन गर्न जान्थे । त्यसले घरपरिवार समाज सबैलाई त्याग्ने ऊर्जा दियो ।

महान सोचाइ कर्ममा रुपान्तरण गर्ने हो भने बन्धन केही रहँदैन- उनीहरुले बुझेको कुरा । यसैले फरक गन्तव्यमा लाग्ने संकल्प जाग्यो । जब विकासानन्दको दर्शन सुन्थे उनीहरुलाई लाग्थ्यो विश्व विस्तारै विनासतर्फ उन्मुख छ ।

मनोक्रान्ति अभियानमा लागेर गुरुकुल बस्दा उनीहरुलाई सन्देशसँगै यात्रामा निस्कने इच्छा जाग्यो । जीवनको कुनै कालखण्ड लामो यात्रा तय गरेकैलाई विश्वले चिनेको दिव्य ज्ञान पाए उनीहरुले । बुद्ध मोजेज जिजस विवेकानन्द ओशो कृष्णमुर्ति रविन्द्रनाथ टेगोर चे ग्वेभारा सबै अखिर एउटा यात्रामै निस्केर त चिनिएका हुन् ।

अब फरक बन्न र विनासमा धकेलिएको विश्वमा बुझ्न केही सन्देश बोकेर विश्वयात्रा किन नथाल्ने त यही प्रश्न दुई युवा योगीको मनमा जाग्यो । संयोगले दुवै काभ्रे जिल्लाका ।

ती जुझारु युवा हुन् रुपक खड्का र राजेन्द्र सापकोटा । मन्त्रअनुसार उनीहरुलाई दिइएको नाम हो योगीयाम र योगीघम छ । आफ्नो परिचय पनि उनीहरु यसैबाट चाहन्छन् ।

फरक यात्रा तय गर्ने मनसायले उनीहरुले पहिला नेपाल पदयात्रा सुरु गरे । मेचीदेखि महाकालीसम्मको पैदलयात्रा सक्न पन्ध्र महिना लाग्यो । उनीहरुको भनाइमा भ्रमणको उद्देश्य स्वस्थ शान्त प्रफुल्ल सिर्जनशील लक्ष्यमुखी मानवतावादी तथा प्राकृतिक आध्यात्मिक समाज निर्माण गर्नु हो । त्यसका लागि उनीहरुले हिउँदवर्षा नभनी मिठोपिठो खाएर सुगम-दुर्गम सबै ठाउँ चहारे ।

जोस यत्तिमै मरेन । नित्य ध्यान र योग गर्ने उनीहरुको यो यात्रा सुरुवात मात्र थियो । बाँकी योजना’bout अनिश्चित उनीहरुले चियागफमा विश्व साइकलयात्री पुष्कर शाहलाई भेटे । शाहले एघार वर्ष लगाएर विश्वका १५० मुलुकको भ्रमण साइकलबाटै गरेका थिए । शाहकै सल्लाहअनुसार यात्राको मजा लिँदै पर्यावरण संरक्षणको नारा विश्वभर फैलाउने इच्छा जाग्यो ।

यात्राको दौरानमा


‘यही संकल्प गरेर हामीले साइकलबाट विश्वपरिक्रमा गर्ने अठोट गर् यौं,’ योगीयामले भने ‘पर्यावरण संरक्षणका लागि आफ्ना तर्फबाट मात्र नभई सारा मानव जातिका तर्फबाट आवाज बुलन्द गर्ने अभिप्राय पलायो र हामी यात्रामा निस्क्यौं ।’

२०६६ मंसिर ३ । जमलबाट साइकलयात्रा सुरु भयो । विकासानन्द पुष्कर शाह नायिका गौरी मल्ल र अरु केहीले उनीहरुलाई सार्क देश भ्रमणका लागि बिदाइ गरे । काठमाडौंबाट चितवन हुँदै यात्रा अघि बढ्यो ।

भारत पुगेपछि उनीहरुलाई रामपुर महानगरपालिकाका मेयर जावेद खानले भव्य कार्यक्रमसहित सम्मान गरे । रामपुरबासीको आशीर्वादसँगै अघि बढेका युवालाई भारतका गल्लीमा मान्छे र यातायातको भीडले साइकल डोराउने कि चढ्ने भन्ने दोधार हुन्थ्यो । भारतका अनेक राज्यमा देखिने अनेकतामा उनीहरु यात्राको मजा पाउँथे । साँझ बास बस्न पुगेको ठाउँमा उनीहरुले विश्वयात्रामा निस्कनुको अभिप्राय स्थानीयबासीलाई सुनाउँथे । यात्राको नारा थियो ‘पर्यावरण संरक्षणका लागि साइकलबाट विश्व परिक्रमा ।’

पृथ्वी विनासतर्फ धकेलिँदैछ । त्यसको मुख्य जिम्मेवार मानव । मानव र प्रकृतिबीचको सम्यक सम्बन्ध डग्मगाउन दिन नहुने अभिप्सालाई उनीहरुले कर्मयोग सम्झे । यो सन्देशका लागि साइकल उपयुक्त माध्यम थियो ।

जसले वातावरणलाई अन्य सवारी साधनले झैं बिगार्न दिँदैनथ्यो । यात्रामा निस्कँदा सधैं व्यवस्थित होटल÷घर नपाइन सक्ने बुझाइ उनीहरुले पहिल्यै बनाएका थिए । त्यसैले जहाँ जे पाइन्छ जस्तो व्यवस्था हुन्छ त्यसैगरी आफूलाई अभ्यस्त बनाउन सक्ने भइसकेका थिए । यात्रामा उनीहरु झुपडीका मानिसदेखि राष्ट्रप्रमुखसम्म सबैलाई भेट्थे । ‘यात्राको मज्जा पनि हामीलाई त्यही लाग्यो’ योगीयामले चियाको चुस्की लिँदै बानेश्वरको एक क्याफेमा भने ।

अहिलेसम्म उनीहरुले नौ महिना लगाएर सार्क राष्ट्र मात्रै पुरा गरे । विश्वयात्राका लागि ९९ देश तय गरिएका छन् । बाँकी भ्रमणका लागि उनीहरु वैशाखमा फेरि निस्कन्छन् । अरबबाट अपि्रुका हुँदै युरोपेली देशहरुको तीनवर्षे यात्रा हुन्छ ।

भारतमा उनीहरुले मिसाइल म्यान पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामसँग भेटे । उनले भेटमा दुई नेपाली युवाको साइकल यात्राको तारिफ गर्दै नेपालीबाट भारतीय युवाले पनि सिक्नुपर्ने बताए । यसले हौसला थपिएको अनुभव गरेका छन् उनीहरुले ।

अघि बढ्ने हौसला मात्र होइन आर्थिक सहयोगसमेत यात्रामै पाउँथे । नेपालबाट बाहिरिँदा जम्मा १० हजार भारु बोकेका उनीहरुको अरु खर्च यात्रामा भेटिएकाले नै जुटाइदिएका हुन् ।

राजधानीलगायत मुख्य सहरमा पर्यावरण संंरक्षणसम्बन्धी कार्यक्रम ध्यान र योग’bout बताउँदै जाँदा उनीहरुलाई सार्क भ्रमण खास ठूलो लागेन । यात्रासँगै भेटिएका मानिस र उनीहरुको अनुभवले अघि बढिरहन हौसला दिएको महसुस भयो ।

राष्ट्रप्रमुख वातावरण र स्वास्थ्यसँग सम्बन्धित सरकारी व्यक्ति उनीहरुको यात्रा’bout बुझेपछि आफैं भेट्न चाहन्थे । प्रचारप्रसारलाई जनमानससम्म पुर् याउन क्याम्पस र स्कुलहरुमा पनि उनीहरुले कार्यक्रम गरे । ‘सबैको इच्छा पर्यावरण जोगाउनुपर्छ भन्ने छु उनले भने ‘तर आफैंबाट सुरु गर्ने भन्ने भावना कसैमा देखिएन । त्यसकै लागि हाम्रो यात्रा सहायक हुनसक्छ ।’

पर्यावरण संरक्षणको सन्देश बोकेर उनीहरुलाई अमेरिकी राष्ट्रपति बराक ओबामालाई पनि भेट्ने धोको छ । सकारात्मक सोच र सम्यक विचार लिएर यात्रामा निस्कन लागेको यो जोडी आइपर्ने सबै अप्ठेरासँग जुध्न मानसिक रुपमा तयार देखिन्छ ।

पर्यावरणमा हुने परिवर्तनले नेपालजस्तो हिमाली देश र सामुद्री तटमा रहेका मुलुकलाई बढी प्रभाव पर्ने ठहर यिनीहरुको छ ।

वनविनास जल प्रदुषण दुषित हावाले गर्दा बिग्रँदै गएको पर्यावरणप्रति उदासिन उनीहरु मानव स्वास्थ्यका विषयमा पनि चिन्तित छन् । मानव जातिमा बढ्दै गएको तनाव रोगजस्ता विषयलाई आन्तरिक पर्यावरणको संज्ञा दिएका तन्नेरीहरुले विश्वसमुदायमा स्वस्थ सन्देश पनि प्रवाह गर्नेछन् । साइकलयात्रापछि नेपाल फर्केर कुनै न कुनै रुपमा समाजसेवामा समर्पित हुने सपना छ । जोडी आफ्नो यात्रा पाँच वर्षमा तय गरिसक्ने योजनामा छ ।

प्राणी र प्रकृति पर्यावरणका अभिन्न अंग भएकाले ’em जोगाउने सन्देश छर्ने काम प्रत्येक नयाँ ठाउँमा हुन्छ । जैविक विविधता खलल पुर् याउने तत्व न्युनीकरण गरी प्रकृतिलाई सम्मान गर्ने सन्देश छर्न होस् या सम्पूर्ण विश्वमै पर्यावरण संरक्षणको आवाज बुलन्द पार्न अनवरत लागिरहने उनीहरुले बताए ।

मानवीय पर्यावरण स्वास्थ्य शान्ति सिर्जनशीलता आध्यात्मिकता विकास एवं संरक्षणका लागि प्राकृतिक एवं यौगिक मार्ग अवलम्बन गर्ने योग शिविर-प्राकृति उपचारको प्रचार गर्ने योजना अनुसार उनीहरु तयारीमा जुटेका छन् ।

‘गहन अध्ययन चिन्तन मनन हामी यात्राबाटै गछौं,’ साथी योगीघमको अनुपस्थितिमा भविष्यको बिट मार्दै’ योगीयामले भने ‘स्वतन्त्रता र प्रकृतिको प्रेमले जीवन अर्थपूर्ण बन्छ । बाँच्नुको सार बन्छ मर्नुको गौरव बन्छ । यही सम्यक सन्देश छर्ने अभिप्सामा हामी लागिरहन्छौं ।’

Advertisements

2 thoughts on “पर्यावरण यात्रा

  1. पिंगब्याक: Tweets that mention पर्यावरण यात्रा « Pramb's Weblog -- Topsy.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )