ह्याप्पी बर्थ डे किसुनजी !!!

बिहानीको सुर्योदय नयाँ वर्षको पहिलो दिन

२०११ को पहिलो विहानी । अघिल्लो रात ठमेलमा न्यू इयर इभ मनाएर फर्किँदा १२ बज्न लागिसकेको थियो । त्यो मध्यरातमा चिसो खाटमा निदाएर बिहान अरु दिनजस्तो ध्यानका लागि उठ्न सके पो ? ५:३० मा बल्ल उठेर आधा घन्टा जति ध्यान गरेँ । अनि बाहिर निस्कन नसकेर सिरकमा घुटुमुटु हुँदा फेरी निदाएछु । छोरीले उठ्नु भन्दै कर गरी ।

…..
ओहो अनि आजअंग्रेज नयाँ वर्ष । के प्लान बनाउने त ? छोरीले ‘ब्याडमिन्टन खेलुँ न बुन दिदी’ भनि । जिउ फुर्तिलो बनाउने गज्जबको काईदा । हुन्छ नि त । एक घन्टा असिनपसिन भएर खेलियो ।

लौ स्कुटर त हिजो राति मारकोपोलो रेस्टुरेन्टमै छोडेर आईयो । आज केही योजना बनाउन पनि स्कुटर नभई त कता जानु र ? अनि साँच्चै अघिल्लो साता काठमाडौं कथा पढेपछि सोचेको थिएँ, यो शनिबार त किसुनजीको जन्मदिनमा जान्छु । हिजो सुदिप दाईले नयाँ वर्षको योजना अफिसमा सुनाउनु भएको थियो-छोरीलाई लिएर किसुनजीको घर जान्छु । अर्को वर्ष छोरीले देख्न पाउने हो कि होइन ।

जन्मदिनमा किसुनजी


ल गज्जब । आज म पनि छोरीलाई लिएर किसुनजीको घर जान्छु । त्यहाँ मैले चिन्न चाहेका थुप्रै विशिष्ट व्यक्ति आउँछन् । कार्यक्रमको ’bout मनोज दाईलाई फोन गरेर बुझेँ । आउ न रमाईलो छ । तिमीले ठाउँ थाहा पाईहाल्छौँ उताबाट उत्तर आयो ।

छोरीलाई चिटिक्क बनाइदिएँ । उसलाई कहाँ जाँदै छौं थाहा छैन । ममीले ल्याइदिएको उलन टप्स लगाउन पाएकैमा मख्ख छे ।

पहिला हामी ठमेल पुग्यौँ । ला……।आ स्कुटर त पानी र माटोले निथु्रक्क भएछ ।

हातेरुमाल नै बिगारेर सबैतिर पुछेँ । छोरीले भद्रकाली पुग्दा भनि मामाको अफिस त्यही होइन । अक्कली छोरी ।

अनि उसले ठाउँहरु सोध्दै गई । मैले जवाफ दिँदै गएँ । हामी कति टाढा जाने हो उसको प्रश्न । अब आदि बाटो आईयो होला । किसुनजीलाई सरकारले पनि एउटा भित्तैमा पुर् याएर राखिदिएको छ ।

जाँदा जाँदै सातदोबाटोदेखि नै ठाउँ ठाउँमा सुरक्षाकर्मी थिए । सुरक्षा व्यवस्था नि राम्रै गरेको रहेछ । हुन त म पुग्नुभन्दा अगाडी नै राष्ट्रपति प्रधानमन्त्री फर्किसकेका थिए ।

बाडेगाँउको मुख्य बाटो देखि नै ध्वजाहरुले सजिएको थियो किसुनजीको घर जाने बाटो । पार्किगं पनि वरै गरेर जानुपर्ने ।

दुईसय मिटर हिँडेर गएपछि मानिसहरुको उत्साहजनक सहभागिता देखियो । स्थानीय नेवार महिलाहरु लामबद्ध भएर स्वागतार्थ खटिएका थिए ।

म किसुनजीलाई हेर्न गएँ । मेरा लागि पनि किसुनजी हेर्नु एउटा रहर थियो । ठुल्ठुला मन्त्री नेता साधुसन्त सबै पेशाका मानिसहरुको उल्लेख्य सहभागिता थियो । किसुनजी सुर नभएका मानिस जस्ता देखिए । किसुनजी कस्ता मानिस हुन् र आज किन यहाँ यति धेरै मानिस भएको मैले आफूले जाने जति छोरीलाई बताएँ ।

किसुनजी स्वभाविक रुपमै साचारकर्मीबाट घेरिएका थिए । मैले पनि इतिहास बोकेका व्यक्तिको केही फोटा खिचेँ । त्यहाँ बसेर मानिसको माहोल हेर्नै रमाईलो लागिरह्यो । सानादेखि ठूला धेरैले उनलाई जन्मदिनको उपहार ल्याएका रहेछन् । मलाई त्यसको होस पनि भएन । धेरैले उनको खुट्टामै ढोगिदिए ।

फरकफरक साना साना चुट्ट परेका घरहरु । सरकराले राम्रै व्यवस्था गरी राखेको रहेछ किसुनजीलाई । राज्यमन्त्री सरह उनलाई सुविधा दिएको छ । बीसवर्षदेखि किसुनजीकै सेवामा समर्पित भएकी अमिता कपालीलाई भित्र बाहिर गर्दै हैरानी भएको देखिन्थ्यो । सानातिना बच्चा नै तसर्िने खालको चर्को स्वर रहेछ उनको । ओहो आजभन्दा चौबिस वर्ष अघि भर्खर बीस वर्ष की हुँदा कसरी आफ्नो पूरा जीबन अर्काको सेवामा समर्पित गर्न सकेको होला

अफिस बिदाको दिन भएपनि त्यहाँ अफिसका थुप्रै सिनियर दाईहरु भेटियो । पछि त सम्पादक नै पुगेछन् । आफ्नो उही शैलीमा दाहिने हातमा छोरी च्यापेर । मलाई नारायण दाईले छोरी घुमाउँदै खिचेको फोटोहरु देखेर आफ्नो पनि बुवासँग सानो छँदाको त्यसतै फोटोहरु भएको भए हुन्थ्यो नि भन्ने लागि रहन्छ ।

मैले छोरीलाई मेरो हाकिम र उनको छोरी देखाए । छोरीले भनि बुन दिदी त्यो छोरी हो कि नातिनी अँ सबै त्यसै भन्छन् तर नारायण दाईको दुई वर्षे छोरी नै हो त्यो जसको अनुहार काटिकुटि नारायण दाईको भन्दा फरक छैन ।

मैले त्यही दिन पाइलट बाबाले बिमोचन गरेको किसुनजीको फस्तक मेरो म किनेको थिइन । त्यो किनेँ । अनि त्यहीँ व्यवस्था गरिएको दुनोमा राखिएका मिठाइ हामीले खायौँ ।

किसुनजी देख्दा लागेको थियो बुढेसकालले उनलाई केही कुराको सुर छैन । तर त्यो होइन रहेछ । उनले यति गज्जबको भनाई राखे । कस्तो आटिँलो अनि साहसिलो लाग्थ्यो उनको स्वर । आफ्नो जन्मदिनमा यति धेरै आइदिएकोमा खुसी व्यक्त गर्दै उनले आफूलाई सयवर्षसम्म बाँच्ने रहर भएको बताए ।

किसुनजीको रहर पुरा होस् मैले मनमनै भनेँ ।

मानिसहरुको भीड किसुनजीबाट बिस्तारै तल्लो सानो घरमा सर् यो । पाइलटबाबाका यति धेरै साधक रहेछन् । हामीले पनि पाइलटबाबाको आर्शिवाद लियौँ ।

ठुल्ठुला नेता डाक्टर धेरैले उनको आर्शिवाद लिन मरिहत्ते गर्दा रहेछन् । त्यसपछि छोरीको सबैभन्दा रमाइलो क्षण आयो । उसले उसको प्यारो कलाकार हरिवंश आचार्यलाई देखि । उनी पनि पाईलट बाबाको आशिष लिन छोरा मोहितसँग आएका रहेछन् ।

मैले छोरीलाई अझै खुशी बनाउन हरिवंश आचार्यलाई भनेर एउटा फोटो खिचाइदिएँ । उसको नयाँ वर्षको पहिलो दिन सोचेभन्दा रमाईलो भयो रे । त्यसपछि पुस महिना भएकोले साँझ पर्न लागिसकेको थियो । अरु मानिस जस्तै हामी पनि फर्किने तरखरमा लाग्यौँ । किसुनजी आफैँमा एउटा इतिहास बोकेका मानिस हुन् जसलाइ बुझ्न मैले उनको पुस्तक पढ्नै पर्छ । फर्किँदा मनमनै सोचेँ किसुनजीको जन्मदिनमा अर्को वर्ष पनि यसै गरी आउन पाइयोस् ।

ह्याप्पी बर्थ डे किसुनजी ।

किसुनजीको जन्मदिनमा खिचिएका केही तस्बीर

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )