बाई बाई २०१० !!!

नयाँ वर्षको दिन किसुनजीको आँगनमा देखिएकी सानी बच्ची - pramb


अघिल्लो साल २०१० आउँदा म एकमहिने जिल्ला बसाईबाट भर्खरै काठमाडौं आईपुगेको थिएँ । दैनिक हाजिर हुने र महिना सकिने बित्तिकै तलब आउने जागीर थिएन ।

धेरै विषयसँग अछुतो थिएँ ।

विश्वविद्यालयको चार वर्षे कोस्रको एक्जाम सम्भवत सकिएको थियो । बेफिकि्र तराईका फाँट घुम्नुको आनन्द सायदै कसैले लिएका होलान् । मैले कल्पना गर्ने भन्दा भिन्न मनकारी मानिस भेटेँ ।

लक्ष्मी मेरी आदर्श पात्र बनी । जसका पाईला मैले पच्छाइरहेँ । उसको व्यवहारिक ज्ञान र साटफेर गरिएका अनुभव अमिट रहनेछ ।

……

सुरुवात देखि नै कामको खोजिमा थिएँ । फागुन पहिलो साता जागीरको लागि बोलाईएँ । आधिकारीक रुपमा त्यसको पत्तो झण्डै छ महिनापछि मात्रै पाएँ । मेरो स्वभाव देखेर मैले श्रद्धा गर्ने र मेरो जागिरको ’boutमा नजिक रहेर थाहा पाउने मेरा थोरै नजिकका मानिस नै नै आजित भए । जागीर सँगै पत्रकारितासँग जोडिएका मानिसलाई बुझेँ ।

धेरै परिस्थितिमा चुके पनि । मैले मान्छे चिन्न नजिकिनुलाई युवतीको नजिकाई बुझियो । तर मलाई वास्ता छैन । जब म स्पष्ट छु भने । धेरै राम्रा कुरा अनि धेरै नराम्रा अफ द रेकर्डका कुरा थाहा पाएँ ।

पत्रिकाको मुख्य समाचार पहिलो पृष्ठमा थुप्रै पटक आउँदा स्वभाविक रुपमा म मख्ख परेँ । केहीले फुर्काइदिए कसैको स्याबासी पाएँ । अनि पछाडीबाट गरिने आलोचना’bout पनि सम्भव भए सम्म भेउ पाएँ ।

………
एउटा सानो सर्कलबाट ठूलो भीडभाडमा छिरेपछि वाहवाह गर्ने र पछाडी खेदो खन्ने दुबै खाले मानिससँग अभ्यस्त हुनसक्नु पर्दोरहेछ । धेरै अवस्थामा त्यसतो हुनसकिरहेकेा छैन । तर म कोशिस गर्दै छु ।

२०११ मा त्यो कोसिस गर्न सके राम्रो हो । त्यसो नगरी पत्रकारिता पेशामा टिक्न सकिन्न । निरन्तरको पत्रकारितामा म हुर्किदैँ छु । एकवर्षको पनि भएको छैन धेरै कुरा सिक्नु छ ।

धेरै अवस्थामा आफ्नो समाचारले कसैको जिवनमा थोरै पनि सहयोग भयो भने त्यो ठूलो सफलता लाग्छ । अनि बाध्य भएर कसैको विरुद्ध समाचार लेख्नु पर् यो भने चित्त बुझ्दैन । आफ्नो एउटा बाईलाईनको स्वार्थ खातिर किन मैले परोक्ष रुपमा भएपनि कसैको चित्त दुखाईदिनु तर हाकिमको अगाडी आफू असक्षम नभएको देखाउन कै लागि पनि त्यो नगरी हुन्न ।

असार तिरै बसन्त राईालई आफ्नै साथीले धोका दिएर मृगौला बेचे भन्ने समाचार लेखेपछि एक सहृदयीले पचास हजार पाए । उनले भक्कानिएर रोएको उनकै डेरामा हेरेको थिए । आँशु थाम्न मलाई पनि गाह्रो भएको हो । त्यो समाचारबाट थारै भए आत्मसन्तष्टि मिल्यो ।

त्यसबाहेक यो पेशामा मेरो आकर्षण हराउँदै गएको छ । थोरै समय काम गर्ने र बाकिँ समय अरुको कुरा काट्ने खालको जागीर जस्तो लाग्छ पत्रकारिता । तर त्यो मात्रै होइन पनि । केही त्यसता मानिस देखेको छु जो अरुको कुरा धेरै सुन्ने र सकेसम्म आफ्नो प्रतिकृया कमै दिने । मेरो अपेक्षा पनि त्यही छ यो वर्ष । महत्वपूर्णबाहेक धेरै अवस्थामा प्रतिकृयाबिहीन हुन सकिए सफल यत्तिकै भईन्छ । !

………
२०१० मा मैले एउटा दिब्य आध्यात्मिक अनुभव गरेँ । दश दिने विपश्यना शिविरको । तर ध्यानलाई मैले सिरियसली छुन सकिन । म ध्यानबाट बाहिरीएपछि बढी नै बहिर्मुखि भएको छु । ध्यानले सिकाउने अन्र्तमुखि हुन हो ।

……
मैले यहीवर्ष स्नातक सकेँ । दीक्षान्त लिएँ । बुवाममीले एउटा ठूलो आनन्दको सास फेर्नुभयो ।

अन्तिममा असाध्यै नमज्जा लागेको कुरा म हुर्किएको घर यसैवर्ष भत्काईयो । जहाँ मेरो धेरै अवोध आनन्दको पल बितेको छ । ती प्रत्येक पल अतीत हुन् । जसलाई सम्झेरै एउटा मिठो कथा हेरेको आनन्द आउँछ ।

तर २०१० लाई बाई-बाई गर्दै २०११लाई स्वागत गर्दा किन बढी खुसि र बढी दुखि हुन मनोज दाईको ‘काठमाडौं कथा’मा लेखेजस्तो प्रत्यके पललाई नयाँ सम्झे अनि प्रत्येक विगतलाई मिठो सम्झना माने भईहाल्यो ।

……
गोयन्का गुरुले भने जस्तो यो संसार अनित्य छ । कुनै पनि कुरा सधैँ एकैनास भईरहन्न भने किन द्वेष र राग जगाईरहनु प्रत्येक पल आफु सफल हुनुभन्दा असल हुन खोजे भईहाल्यो । पाइलाट बाबाले भनेजस्तो आफैँलाई नियाल्न भित्री यात्रा सुरु गरे भईहाल्यो ।

बाई बाई २०१० !!!!!! यू वील बी मिस्ड ।

Advertisements

2 thoughts on “बाई बाई २०१० !!!

  1. २०१० सकियो, तर निकै लामो अन्तरालपछि मात्र ब्लग मा नयाँ कुरा पढ्न पाइयो । पत्रकारिता आफ्नो ठाउँमा छ, मान्छे चिन्नु, दिक्क लाग्नु, पारिवारिक दवाव आउनु, कुरा काटिनु, सबै कुरा नर्मल नै हुन् । तर पनि ब्लग बाट चैँ नहराउनु है दिदी ! शुभकामना !
    🙂

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )