प्रेम, सम्बन्ध र विवाह (मात्रै छलफलका विषय)

जोडिदैँ की तोडिदैँ सम्बन्ध ?दिउँसोको मध्य १२ बजे । चर्को घाम चिर्दै सानेपाको त्यो फियोनाको (बेलायति महिला हुनुपर्छ) घाँसैघाँसले लेउ लागेको आँगन हुँदै लिबिगं रुममा पुगेको थिएँ ।

त्यहाँ उसलाई लगभग दुईवर्षपछि देख्दा तीनछक्क परेँ । म जस्तै उ पनि छलफलमा भाग लिन आएको बुझ्न मलाई गाह्रो भएन । यसै पनि उ नेपाल छँदा रेडियो आर्टिस्ट थियो । हामी बाहेक छलफलका लागि अन्य चार थिए । अरु को-को थिए पहिला त मेरो ध्यानै गएन । म जतिकै उ पनि अचम्म परेको हुनुपर्छ ।
‘अरे, बिनि तिमी ?’उसको अचम्मित भएको स्वर । मलाई चकटी दिएपछि उ नजिकै गएर बसेँ । मैले वातावरण सहज बनाउनु पथ्र्यो । कार्यक्रम स‌‌‌चालिका र अन्य सहभागितिर ध्यान मोड्न खोजे जस्तो गरेँ । घाँटीबाट सहजसँग स्वर आइरहेको थिएन । मलाई त्यहीँकी दिदीले नुन हालेर पानी ल्याइदिनु भयो ।

बिबिसिको ‘कथा मिठो सारंगीको’ रेडियो नाटकमा छलफलका लागि बोलाउन भबसागरले फोन गरेपछि पुगेको थिएँ म । दिमाग सुन्य थियो एकहप्तादेखि मैले पेपर हेरेको थिइन समसामयिक विषय र न्युजमा शुन्य थिएँ । बोल्नुपर्ने विषय ‘प्रेम, विवाह र विवाहपूर्वको यौन सम्बन्ध’ थियो ।

भलै, म यी विषयमा सधैँ मौन रहन्छु । त्यो दिन खै के कुराले हो बिरामीबाट नतंगि्रँदै मैले कार्यक्रममा भाग लिने अठोट गरे । स्कुटरमा गुडिरहँदा पनि केयूको रिजल्ट दिमाग भरी घुमिरहेको थियो । रेडीयो छलफलको विषयलाई मैले खास वास्ता गरेको थिइनँ । अब ब्याचलरको रिजल्ट हातमा परेपछि मैले मास्टस्र कहाँ जोइन गर्ने ? दिमागमा बस यस्तै कुरा थिए ।
ग्यानोदय स्कुलबाट भबसागरजीलाई स्कुटीमा राखेर म त्यो ओसिलो लाग्ने घरभित्र छिरे देखिनै मेरो दिमाग उसकै बिगततर्फ डोरिएको थियो ।

बिशाल (नाम परिवर्तन) मेरो साथीको एक्स ब्वईप्रुेन्ड । उसलाई देखेर मेरो दिमागमा बिगत गुजि्रए जस्तै उसलाई पनि त्यस्तै भइरहेको छ भन्ने उसको अनुहारको भाबमा म छरपष्ट देख्न सक्थेँ । रेडियो साचालिकाले सुरु मै प्रश्न सोधिन्, ‘तपाईँको ब्वईप्रुेन्ड छ ?’

कार्यक्रममा प्रश्न सोध्ने कस्तो तरिका हो यो ? हाम्रा समाजका केटाकेटी यति खुलस्त सँग आफ्नो केटासाथी वा केटीसाथी भएको कुरा रेडियोका लाखौं दर्शकले सुन्ने थाहा पाउँदा पाउँदै स्वीकार गर्न सक्छन् । भलै मैले सही बोलेँ ‘छैन’ भनेर ।

जानुका शर्मा आँटिली हुन् उनले आफ्नो व्वई प्रेुन्ड भएको बताइन् । छलफल त्यसपछि सुरुभयो । सम्भवत ६ मध्य मैले सबैभन्दा कम बोलेँ आधा घन्टाको छलफल कार्यक्रममा । खै मैले आफूलाई बुझ्की सम्झेको हो कि त्यहाँ सबैको बिचार सुनि सकेपछि लाग्यो मैले कम बोलेपनि यिनीहरु भन्दा यी विषयलाई परिपक्वसँग मै बुझ्न सक्छु ।

कार्यक्रममा बिशालले आफ्नो बिगतको सम्बन्ध थोरै कोट्याएपछि म झस्किएको थिएँ । म कार्यक्रममा सबैलाई ध्यान दिएर सुन्न वा आफ्नो राय राख्न भन्दा बिशाल र उसकी प्रेमिकाको बिगतमा फर्किन र फियोनाको कोठा सजावट हेर्न बढी तल्लिन थिएँ ।

मेरो बाइसौँ जन्मदिन मनाउन भृकुटिमण्डपको ‘हलुवा बर्गर’मा म भन्दा पहिलै बिशाल र उसकी प्रेमिका स्टीलको प्लेटमा चिजबलको पहाड बनाएर बसेका थिए । चिजबल मेरो बेस्ट भएको उनीहरुलाई थाहा थियो । बिशाल त्यो बेला पनि एकमहिने लिभमा नेपाल आएको थियो । त्यो दिन हामीले खुब रमाइलो गर्यौ । पछि बिशाल र विपश्वी (उसकी प्रेमिका र मेरी साथी)ले मलाई ‘ह्याप्पी बर्थ डे बिनी’ कुँदिएको हरियो टिस्रट गिफ्ट गरे । यी शब्द लेखिरहँदा पनि मैले आफ्नो आंग त्यही टिस्रटले ढाकेको छु।

विपश्वीले बेलाबॆला डेट जाँदा मलाई सँगै लाने गथ्र्यो । उनीहरु भेट भएपछि म आफैँ हिँड्थेँ । म सँगै छु भनेर विशालले कहिलै नराम्रो सोचे जस्तो लाग्दैन थियो मलाई ।

विशालको रेडियोका पहिलै देखिका साथी पनि अरु धेरै थिए । हामी सबै एकपटक विशाल नहुँदा पनि सबिनको जन्मदिनमा बसन्तपुरमा भेटेको याद छ ।

यता छलफल चर्काचर्कि हुँदै छ । कोही भन्दै छन् प्रेमि भावनात्मक रुपमा मात्रै हुन सक्दैनन् । शारिरिक सम्बन्ध पनि हुनुपर्छ दिगो सम्बन्धका लागि । खै सम्बन्ध भोग्नेहरु बुझ्छन् यस्तो कुरा । मैले आफ्नो राय साचालिकाले बलजफती सोध्दा मात्रै मिलाएर दिएँ । आखिर यस्ता छलफल गर्ने विषय भनेका आफ्नो जागीरको मेलो खोज्ने अर्को विषय हो । बस् ! साच्चिकै यो वा त्यो हुन्छ यसको उत्तर त को भन्न सक्छ र  सबैको यथार्थ आफैँ सँग हुन्छ । कार्यक्रम सकिएपछि खाजा खाएर हामी बाहिर निस्कियौं ।

बिशालले स्कुटरमा ड्रप गरिदिन भन्यो । मलाई उसँगै बसेर कफी पिउने मन थियो । मनमा कुरा खेलिरह्यो ‘के उ यति धेरै समयपछि मलाई भेट्दैछ आफ्नो छुटिसकेको प्रेमिकाको विषयमा केही बुझ्न चाहँदैन ?’

यही सोच्दै सानेपाको आरोलो झर्दा निस्फिकि्र पानी पर्यो । हामी ओत लाग्यौँ झण्डै ४५ मिनेट । उसले अनुमति लिएर चुरोट सल्कायो । मलाई नमज्जा लाग्यो । बिशाल पहिला विपश्वी सँगको जस्तो मेरो साथी देखिन । उ परिवर्तन भएछ । म घरी घरी भन्थेँ विपश्वीलाई- तिमीहरुको जोडी सबैभन्दा पर्फेक्ट जोडी । अहिले उसले विवाह गरी । विशाल एक्लै छ । यही हो सम्बन्ध । 

मैले फाटेको कन्भस्र लगाएको थिएँ । पानीले घुँडा सम्म आउने भएको सानेपा सडकमा पार्क गरेको मेरो स्कुटर बिशालले आफैँ ब्याक गर्दै ल्यायो । मैले स्कुटरमा सिधै अफिससम्म ल्याएँ । उसलाई फेमिलि रेस्टुरेन्टमा लगेर मिल्क कफी खुवाएँ । उसले आफ्नो ’boutमा भन्दा मेरो ’boutमा सोध्यो, ‘तिम्रो फेसबुक स्टेटसको शब्दशब्दमा प्रेम पीडा हुन्छ, तर अघि किन तिमिले व्वई प्रुेन्ड छैन भनेको ?

खै, उसले कसरी बुझ्यो । फेसबुक त तत्कालको कुरा लेख्ने ठाउँ हो । त्यसमा त्यति प्राइभेट कुरा नै म किन राख्थेँ । र मैले यसै गरी भनेँ पनि । उसले के बुझ्यो म जान्दिन । मैले उ फर्किनु अगाडी एकपटक भेट्नुपर्छ सम्म भनेँ । त्यति हो ।

उसमा मैले पहिलाको जस्तो विशाल देखिन । उ परिवर्तन भएको थियो । चुरोट पिउनु, उसले चस्मा लाउन छोड्नु त सिम्बल मात्रै थिए । उ साँच्चिकै बदलिएको थियो । उसकी प्रेमिका अहिले विवाह गरेर खुसिखुसि पारिवारिक लाइफमा बाचेँकी छ । म उसको लाइफ देखेर खुसी छु  । र त्यतिकै नमज्जा लाग्यो अस्ति बिशाललाई देखेर ।

बिबिसीको ‘प्रेम, विवाह र सम्बन्ध’ विषयमा जति नै तर्कका कुरा गरेपनि के गर्नु ? आखिर सम्बन्ध भनेका विशाल र विपश्वीको यथार्थ थियो । मैले त्यसदिन बुझेको ।

Advertisements

4 thoughts on “प्रेम, सम्बन्ध र विवाह (मात्रै छलफलका विषय)

  1. ‘प्रेम, सम्बन्ध, विवाह’ यी विषय भनेकै यस्तै हुन्, जसको ’boutमा हामी जतिपनि छलफल गर्न सक्छौं तर कुनै निष्कर्ष दिन सक्दैनौं। निष्कर्ष जिन्दगीले दिन्छ, जुन सबैका लागि उस्तै नहुन सक्छ।

    सार्वकालिक सामयिक पोष्टका लागि धन्यबाद!

  2. पिंगब्याक: Tweets that mention प्रेम, सम्बन्ध र विवाह (बस् छलफलका विषय) « Pramb's Weblog -- Topsy.com

  3. मलाई अहिलेको पुस्ताले गरेको प्रेम यसको शाब्दिक अर्थको अपहेलना बाहेक अरु केही लाग्दैन् । पोष्टका लागि धन्यवाद तपाईलाई ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )