प्रीय लक्ष्मी,

धेरै धेरै माया । हामी छुटेको झण्डै पाँच महिनापछि कसोकसो तिमीलाई एउटा पत्र लेख्न खोज्दै छु । धेरै दिनपछि इन्टरनेट बिगि्रएकामा रमाउँदै मैले समयको सदुपयोग गर्न र् याकबाट पढ्नबाकिँ किताब रोज्दा धुब्रचन्द्र गौतमको अलिखित हातमा पर् यो । त्यो किताबको पहिलो पृष्ठबाट म अघि बढ्न सकिन । किताब नराम्रो भएर पक्कै होइन । असाध्यै राम्रो भएर । किताबको पहिलो वाक्यदेखि पढ्दा नै तिमी मेरो आँखा वरिपरि नाँच्न थाल्यौ । मेरो मानसपटल भरी त्यही अध्यारो साँझ छरपष्ट भएर आए जुन साँझ हामी त्यो असजिलो गोरेटो बाटो मोबाइलको मधुरो प्रकाशको भरमा एकघन्टा हिँडिनै रह्यौँ ।
लक्ष्मी तिमीलाई पारिवारिक जिम्मेवारीले धेरै गाँजेको छ । त्यो बुझ्न सक्छु । त्यसैले क्याम्पसका परिक्षामा नम्बर ल्याउनुपर्ने पुस्तकहरु नै तिमीले पढ्न नभ्याइरहेकी बेला कुनै उपन्यास पढ्न सोचेकी होलिउ भन्ने मलाई लाग्दैन । तर मेरो त प्राय सबै पल बरालिएरै बित्छ जस्तो कि इन्टरनेटमा अर्कोको चियोचर्चो गर्ने फेसबुक चलाएर गीत सुनेर फिलिम हेरेर अनि थोरै समय कलेज बाहेकका किताब पढेर । लक्ष्मी म आजकाल धेरै अङ्ग्रेजी फिलिम हेर्ने भएको छु । म अनुमान लगाउन सक्छु ती फिलिमहरुमा हुने यौन सम्बन्धका हिरोहिरोइनले ओठओठ जोडेर चुम्बन गरेको दृश्य हेर् यौं भने तिमी लाजले भुतुक्क हुन्छ्यौ । हामी सँगै बसेर ती फिलिमहरु हेर् यौँ भने तिमी लाजले भुतुक्क भएर भन्लिउ,’दिदी, यिनीहरु कसरी यस्तो फिलिम खेल्न सक्लान् यिनीहरुको बुवाआमाले केही भन्दैनन्  पैसा नाम कमाइन्छ भन्दैमा जे पनि गर्न त हुँदैन नि’ सायद तिम्रा प्रतिकृया यस्तै होलान् । मसँग प्रत्यक्ष प्रतिकृया जनाउन नसकेपनि तिमीले मनभित्र भित्रै सायद यस्तै सोचौली ।

मलाई पनि यस्तै लाग्थ्यो पहिला पहिला अङ्ग्रेजी फिलिम हेर्दा । आजकाल थारै भएपनि म अभ्यस्त हुन थालेको छु । ती फिलिममा आफुलाई सरम लाग्ने त्यसता दृश्य भएपनि ती फिल्ममा देखाइने अन्य कुराबाट धेरै सिकिन्छ लक्ष्मी । विदेशीहरु हामी भन्दा कति धेरै माथि छन् भन्ने कुरा मनमा खेलिरहन्छ । तर ’emको बेफिकि्र खुल्लापनको संस्कृति चाहिँ तिमीलाई जस्तै मलाइ पनि मनपर्दैन ।

साँच्चै पुस्तकको कुरा गर्दागर्दै फिलिमतिर पो हेलिएछु । म तिमीलाई त्यही माथि चर्चा गरेको अलिखित उपन्यासको थोरै अंश सुनाउन चाहन्छु । ताकि ती पढ्दा मेरो मनमा तिम्रो स्मिृति आएजस्तै तिमीलाई पनि केही न केही सम्झनाले विगत अनुभुत गराउँछ । मलाई कहिलेकाहीँ लाग्छ लक्ष्मी तिमीहरु तीन त्यो अगेनाको वरिपरि बसेर खाना खाँदा मलाई सम्झन्छौ होला । ुके होला है ती दिदीको खबर अब त हामीलाई बिसर्न् पनि होला’ भनेर सोच्लाउ । इमान्दार बोल्छु लक्ष्मी मैले प्रत्येक पल प्रत्येक दिन नसम्झिउँला तर तिमीहरुसँगको छोटो भेटले मलाई समयसमयमा पुराना कुरा सोचेर एकोहोरो बनाइरहन्छ । त्यसलाई अङ्ग्रेजीमा ‘नोस्टाल्जिक’ भन्छन् । त्यसैले मलाई माफ गर म तिमीलाई  पनि उपन्यासका यी हरफ सुनाएर नोस्टाल्जिक बनाउन खोज्दै छु ।

कुकुरहरुको सामुहिक भुकाइ निकै टाढा भए पनि सुनिन थालेकाले हामीले थाहा पायौं गाउँ नजिकै कतै छ । साँझको लाटो झमक्कपना र एकलासले बाटो दुबै हामीलाई अझै थकाउन पर्याप्त थिए ।
मान्छे यस्तोमा असहाय पाउन सक्छ आफूलाई । नहिँडी नहुने बाटो निर्लज्ज र क्रुर भएर कोसौँसम्म पल्टेको देखिन्थ्यो । यता हाम्रो उदासी र साँझको रङमा निकै एकाकारपन फेला परेको थियो ।
-‘यसपल्ट त पक्कै गाउँ नै हो ।’ तिलकले अठोटसाथ भन्यो । अलिक प्रसन्नता अनुहारमा पुर् याएको हुँदो हो । अँध्यारोमा देखिएन ।
‘यस्तो पनि हिँडाइ हुन्छ  मान्छेको  जुन ठाउँ पनि देखिनलाई उस्तै देखिन्छ आफ्नो गाउँचाहिँ कता हो कता ‘


हो यति हरफ पढिसक्दा नै हो मेरो मन तिम्रो कल्पनातिर डोरिएको । पुस्तकमा यसभन्दा तल बाँकि रहेका दुइ साना हरफ त पढेँ मैले तर आँखाले मात्रै । दिमाग तिमी तिरै थियो ।
त्यो मेरो तराइमा दोस्रो हिँडाइ भएपनि दिनभर त्यहाँको सम्म फाँट हिँडिरहँदा मलाई लागेको थियो यहाँ हिँड्दा त जमिन गन्तब्यबिहीन भइदिँदो रहेछ । जति बेगमा हिँडेर जहाँ पुग्छु भने पनि क्षितिज पर खेतै खेत पछि आकाशमा टुंगिएको देखिन्छ । तराइको दाँजोमा बरु पहाडका उकालि ओरालीको ज्ञान अलिअलि भएकोले त्यहाँ हिँड्दा शरिर थाके पनि मन चंगा हुन्थ्यो । तर यहाँ त यो स्वार्थी मनले सायद जति हिँड्दा पनि कहीँ नपुगे जस्तो भएपछि दिक्दारीले छोयौ । मैले सोचेँ यस्तो ठाउँमा अझै तीन हप्ता मैले कसरी बिताउने ?
दिनभर पशुपतिनगरकी मिनासँग दुइवटा गाविस पुरै हिँड्दा पनि कुनै उत्साह आएन । दिक्क मानेको बेला स्कुलदेखिको आफ्नो प्रेम कसरी विवाहमा परिणत भयो भन्ने ’bout चाहिँ मैले रमाएर सुनेको थिएँ । पुषको छोटो दिनमा साँझ पर्न कति नै बेर लाग्थ्यो र । अनपेक्षित रुपमा तिमी त्यो साँझमा भेटियौ । त्यो रातका लागि म तिम्रो जिम्मा लगाइएँ । मलाई आफू उभिएको धर्ती चितवन जिल्लाको माडी क्षेत्र हो भन्ने सम्म थाहा थियो । बाकिँ सबै तिम्रै भर । म तिम्रो घरमा त्यो रातको बासका लागि लगिँदैरहेछु मलाइ त्यो पनि थाहा थिएन ।

पुसको अँध्यारो रातमा मैले तिम्रो अनुहार पनि खुट्याउन सकेको थिइनँ । तिमी कस्ती उमेर कहाँ बस्ने के गर्ने होलिउ भन्ने उकुसमुकुस मनमा छँदै थियो । एकघन्टाको त्यो कच्चीबाटोमा सार्बजनिक यातायातमा गुडेपछि हामीले काँडाघारीको गोरेटो बाटो रोज्दा त्यस्तै साँझको ८ जति बजेको हुँदो हो…………॥क्रमश

Advertisements

3 thoughts on “प्रीय लक्ष्मी,

  1. पिंगब्याक: लक्ष्मीलाई अर्को पत्र…, « Pramb's Weblog

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )