भ्रम त्याग, आउ

प्रश्न ?
होइन उत्तर !

विजय कुमार

नयनाले बडो उत्साहित भएर भनी ‘म सत्यमा आधारित स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न चाहन्छु ।’ यो सुनेर म चुपचार भएँ । नयनाले आश्चर्य मिसिएको स्वरममा सोधी, ‘जवाफ दिनु भएन नि सुन्नु भएन म सत्यमा आधारित स्वतन्त्र र निष्पक्ष पत्रकारिता गर्न चाहन्छु’ यसपटक उत्तर दिन बाध्य भएँ ‘त्यसो भए तिमी पत्रकारिता नगर ।’ अवाक् भइन् नयना । दुखका धसा्रहरु मुहारमा प्रस्टै देखिए । मैले एउटा लामो सास ताने र बताउन थाले ।

नयना ‘सत्य’ जसलाई अंग्रेजीमा ‘ट्रुथ’ भनिन्छ । त्यो शब्द त्यति सानो शब्द होइन । नेपालको त कुरै छाडौं पत्रकारिताको विश्व इतिहासमै यस्ता पत्रकारहरु बिरर्ल आए जसले सत्यलार्य सम्बोधन गरे । पत्रकारिता ‘सत्य’ होइन ‘तथ्य’ सँग सम्बन्धित विधा हो । सत्य र तथ्य एउटै कुरा होइनन् । सत्यभित्र तथ्य सजिलै अटाउँछ तर सत्यभित्र तथ्यबाहेर अरु पनि धेरै थोक हुन्छ । हरेक सत्य भित्र तथ्य हुन्छ तर हरेक तथ्य भित्र सत्य नहुन पनि सक्छ ।

तथ्यलाई विभिन्न कोणबाट प्रस्तुन गर्न सकिन्छ पहिलो पेजभित्र भित्री पेज जहाँ पनि जसरी पनि राख्न सकिन्छ रंग हल्का गर्न सकिन्छ गाढा बनाउन सकिन्छ…॥आदि आदि । तर सत्यमा यो कुनै पनि थोक सम्भव हुँदैन । सत्य केबल सत्य हुन्छ । ए थिङ अफ ब्युटी ज्याय फर एभर । सत्यं शिवं सुन्दरम् । त्यस कारणले नयना पहिलो कुरा यस भ्रमबाट मुक्त होउ कि पत्रत्रकारिता सत्यमा आधारित हुन्छ । तथ्यसँग सम्बन्धित विधा हो यो व्यवसाय हो यो वा मिसन हो यो ।

पदम ठकुरीले मलार्य पत्रकारितामा ल्याउँदा हामीले गर्ने अखबारको नाम त आफूलाई थाहा थियो तर पत्रकारिताको टाइप थाहा पाउन मलाई समय लाग्यो । मलाई मात्र किन आज पनि पत्रकारिताको ज्वरोमा यता उता भौँतारिरहेको कुनै पनि नवप्रवेशीलार्य यो कुराको आत्मबोध हुन केही समय लाग्छ कतिपय त थाहै नपाई रिटायर्ड हुन्छन् वा बीचैमा छाड्छन् । कि उनीहरुलार्य गरिरहेको पत्रकारिता कस्तो टाइपको हो र कसका लागि हो तर आजको युवा पुूस्ता हाम्रोभन्दा बढ्ता योग्य भएको उससलाई यो आत्मबोध हुन लाग्ने समय थोरै छ । पत्रकारिताका विभिन्न टाइप र प्रकार छन् । सरकारी पत्रकारिता व्यवसायिक पत्रकारिता मिसन पत्रकारिता आदि आदि । कोही यसमा चुर्लम्म डुबेको छन् पत्रकारिताको नशा र आनन्दको मजाले ओतप्रोत भएर पत्रकारितामा छन् । र कतिपय नाम तपाइँ प्राय छापामा देख्नु हुन्छ वा टिभीमा देख्नु हुन्छ पत्रकारिता उनीहरुका निम्ति पार्टटाइम खेल हो । पत्रकारिता गरेको अभिनय गर्ने खेल । पत्रकार मात्र किन कतिपय सानाठूला सरकारी वा गैरसरकारी साचारमाधयमका मालिकहरुका निम्ति पनि यही कुरा भन्न सकिन्छ । तर यो कुरा नेपालमा मात्र सीमित छैन । संसारभरि तेस्रो विश्वका धेरै देशमा लगभग यही कुरा लागू हुन्छ ।

हाम्रो पुस्ता पत्रकारितामा प्रवेश गर्दा मिसन पत्रकारिताको बोलवाला थियो २०४६ पछि स्थिति केही बदलिएको छ । तर त्यति होइन जति प्रचार गरिन्छ । यति हुँदाहुँदै पनि पत्रकारितामा गुणात्मक विकास भएको छ भन्न कसैले संकोच नमाने हुन्छ ।

नयना म कुरा गर्दै थिएँ सत्यको । पत्रकारिता बढी भए तथ्यसँग सम्बिन्धत विषय हो सत्य होइन भन्ने कुरा अघि नै भए । अब तिमी दोस्रो भ्रमबाट मुक्त हुने तयारी गर । निष्पक्ष पत्रकरिताको भ्रम । पत्रकारितामा सबैभन्दा दुरुपयोग भएको शब्द हो निष्पक्षता । मलाई लाग्छ पूर्ण निष्पक्षता गणित या निर्वाणमा मात्र सम्भव छ । सिके लाल भन्दै थिए गणितमा पनि सम्भव छैन निर्वाणमा मात्र त्यो सम्भव छ । निष्पक्षता कुनै लड्डु वा सामान होइन जसलार्य जोखेर वा काटेर दामाशाहीको दरले प्रत्येक पक्षलाई बाँड्न सकियोस् । पत्रकारिताको निष्पक्षता कुनै निरपेक्ष आदर्श होइन । न्याय र अन्यायबीच कुरा चल्दा कालो र सेतोबीच विवाद उठ्दा निर्णय गर्न नसक्नु निष्पक्षता होइन । सकेसम्म धॆरै तथ्यहरुको र सकेसम्म धेरै पक्षहरुको नजिक गएर विवेकलाई साक्षी राखेर मात्र हामी सार्थक पत्रकारिताको नजिक पुग्न सक्छौंँ । निष्पक्षता पत्रकारिता पत्रकारिताका केही मास्टरहरुले कक्षामा पढाएझैँ कुनै ठोस लक्ष्य होइन जहाँ पुगेर कसैले यो दाबा गर्न सकोस् कि मैले निष्पक्षताको शिखरमा टेकेँ वा फलानो साचारमाध्यमले टेक्यो । आहा क्या ठाउँ रहेछ यो ।

नयना पत्रकारिता गर । तर भ्रममुक्त भएर गर । यसलाई यसको वास्तविक स्वरुपमा जानेर पत्रकारिता गर्यौ भने पाठक दर्शक वा श्रोताको पनि बढी सेवा हुनेछ साथै आफ्नो करियार पनि सुगम हुनेछ । कुनै दिन भ्म टुट्दा दुख पनि हुनेछैन ।

मिसन पत्रकारिता र व्यवसायिक पत्रकारिताका विषयमा तिम्रो जिज्ञासाका विषयमा दुई शब्द भन्न चाहन्छु । यी दुवै आ आफ्नो ठाउँमा उत्तिकै महत्व राख्छन् । हालको हाम्रो जस्तो समाज जहाँ व्यापार पत्रकारिता र राजनीति यति अप्ठ्यारोसँग जेलिएका छन् । एउटाले अर्कोप्रति कुनै सुपेरिटि वा इनफेरिटीको भ्रम नपाले हुन्छ ।

जे गर्दा अन्तरमनको आनन्द प्राप्त हुन्छ । जे गर्दा आफ्नो विवेकले आफूलाई दोषी ठहर्यायाउँदैन जे गर्दा सडकदेखि महलसम्म शिर उचो गरेर हिँड्ने आत्मसम्मान प्राप्त हुन्छ त्यही पत्रकारिता गरे हुन्छ । चाहे मिसन पत्रकारिता होस् वा व्यवसायिक पत्रकारिता होस् विधाको रुपमा भनौं या पेसाको रुपमा पत्रकारिता एउटा जबरजस्त काम हो । र पत्रकारिताले आफ्ना साधकहरुलाई संसारका अनेकौं रंगका विविधताहरुको बीच बाँच्ने मौका दिन्छ । एउटै जीवन बाँचेर पनि पत्रकारितामा लाग्नेहरु धेरै जीवन बाँचेका हुन्छन् । यही यसको सुख हो र यही कुरा पत्रकारितामा लाग्नेहरुको निम्ति दुखको कारक बन्छ । पत्रकारितामा मात्र किनरु कुनै पनि बस्तु वा मान्छे कुनै एक दिन दुखको कारण पनि बन्छ । एउटै जीवन बाँचेर धेरै धेरै जीवन महसुस गर्न पाउने पेसामा स्वागत छ नयना । वेलकम टु जर्नालिजम ।

P.S-पत्रकार विजयकुमार पाण्डेको यो लेख कुनै बेला ‘समय’ साप्ताहिकमा छापिएको थियो । पत्रकरिता पढ्न सुरु गर्दा पढेको यो लेख आज पत्रकारिताको अभ्यासमा लाग्दा फेरी सान्तर्भिक लागेको छ । विजयकुमारको ’boutमा मलाई थाहा भएको केही रोचक कुरा लेख्न बाकिँ छ उपयुक्त शब्द र समय पाएपछि यही व्लगमा लेख्छु

Advertisements

2 thoughts on “भ्रम त्याग, आउ

  1. जहाँसम्म लाग्छ विजयकुमार को कुरा एकदम सान्दर्भिक छ !
    विजयकुमार ’boutको रोचक पाटो चाँडै पढ्न पाउने आशामा !
    🙂

  2. पिंगब्याक: Tweets that mention भ्रम त्याग, आउ « Pramb's Weblog -- Topsy.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )