फूलमाया…

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस

यो लेख आजको नागरिक शनिबारमा प्रकाशित भएको हो ।

अग्लो डाँडाको नाकमा वरिपरि छरछिमेक नभएको एक्लो घर । सफा गोठमा गाई-बाख्रा सेउला चपाउँदैछन् । खाइलाग्दा केटाकेटी आँगनमा दुई बिरालासँग खेलिरहेका । हामी पुग्दा उनी घर सफा गर्दै थिइन् । माथि बुइगल र तल एउटै कोठा भएको सफा मझेरीमा गुन्द्री बिछ्याउँदै लजाइलो स्वरमा उनले भनिन् ुके-के भन्नुपर्ने हो मैले त जान्दैन बोल्न ।ु

मंसिर ८ गते । मकवानपुर जिल्लाको छतिवन गाविसस्थित हात्तीसुँडे भन्ने ठाउँ । बिहानै हेटौंडाबाट बस चढे यहाँ आइपुग्दा बाह्र बज्छ । त्यो बस छुटे भोलिपल्ट नभई यहाँ आइन्न । हात्तीसुँडेबाट पाखाको काखैकाख उक्लँदा उनको घर रातोथलीसम्म पुग्न कसिलो २ घन्टा हिँड्नुपर्छ ।

फुलमाया लो ३१ – ुफूलु र ुमायाु दुईवटा पि्रय शब्द मिलाएर जुराइएको छ उनको नाउँ । अहिले नेपालीको औसत आयुको आधा उमेर काटिसक्दा बल्ल व्यवहारमा आफ्नाबाट मायाको आभास हुन थालेको छ उनलाई ।

मैले डायरी र कलम निकालेको देखेपछि दुई वर्षकी कान्छी छोरीलाई छातीमा च्यापेर दूध चुसाउँदै उनी १५ वर्षे किशोरी उमेरमा फर्किइन् ।

१४-१५ वर्ष टेक्नेबित्तिकै पैसा कमाउन काठमाडौंका गलैंचा कारखानामा जाने चलन मकवानपुरमा छँदैछ । उनी पनि त्यही उमेरमा लहडमै हानिइन् सपनाको काठमाडौं । नौलो लाग्दै थियो सहरी वातावरण । एकाध दिन गलैंचाको बुट्टेदार धागोसँग औंला खेलाउँदै बित्यो । पछि मेसिनसरी हात चलाउन पर्ने पेसा देखेर विरक्त लाग्न थाल्यो । यही बिरानो बेला गाउँकै विकास लोले उनलाई जन्मजन्म साथ दिने बचन दिए ।

ुमन परेपछि धनी गरिब राम्रो-नराम्रो परवाह हुँदोरहेनछु काखे बच्चाको कपाल मुसार्दै उनले भनिन् ुगाउँका अरु दिदीबहिनी आफूजत्रै हुँदा बिहे गरेको देखेकी थिएँ त्यसैले गरिदिएँ ।ु

तर उनले बिहेलाई जति सजिलो सोचिन् उनको जातअनुसारको रीतिरिवाज घरपरिवारले के मान्थ्यो छोरीले सहरमा गाउँकै छिमेकीसँग बिहे गरेको थाहा पाएपछि बुवाले फर्काएर ल्याउन दाइलाई पठाए । दाइको बचन त्याग्न नसकेर दोधारमै उनी आफ्नो प्रेमीलाई काठमाडौंमै छोडेर गाउँ फर्किन् । घरपुग्दा थाहा भयो उनको बिहेका लागि केटा ठिक्क पारेर कोसेली उनीहरुको भाषामा पुङ्ग÷रीत लिन परिवार तयार भएर बसेका रहेछन् । त्यो पुङ्ग आमाको साथ लिएर जबर्जस्ती फिर्ता गर्न लगाएदेखि आफ्नै माइतीसँग दुरी बढ्यो उनको जुन अझै छोट्टिएको छैन ।

यता श्रीमान् काठमाडौंबाट गाउँ फर्किए । छोरीको घर सपि्रएलाभन्दा पनि बुवाले छोरीको घरबाट आउने कोसेलीको चिन्ता गरे । ज्वाइँ-ससुरामा उनकै कारणले काटाकाटसम्मको झगडा पर् यो । अन्तमा जसैगरी उनलाई आफ्नो बनाउन चाहने श्रीमान्ले ऋण काढेरै दोहोरो १० गाग्री रक्सी पाँचवटा कुखुरा डालोभरि सेलरोटी आदि … सौगात लगे । तर आफूलाई मन नपरेको केटा भएकाले बुवाले दाइजो दिएनन् । जन्मदाताले त उनको खुसी सोचेनन् पराई घरकाले के गर्थे दाइजो नल्याएको भनेर उनले सधैं खप्की खानुपर् यो । ससुराले कोसेली लगेको ऋण तिर्न गाह्रो भयो भनेर घरबाट निकाले ।

कोही नभए पनि संसारै भनेर स्वीकारेका श्रीमान् त थिए नि उनैसँग । तर अर्काको अधियाँमा तीन महिना काम गरेपछि ससुराले त्यहाँ पनि काम गर्न दिएनन् । ुखुला आकास नै छत भयो सिङ्गो धर्ती नै मझेरीु १८ वर्षको उमेरमा बेसहारा हुँदाको क्षण सम्झिन् उनले ुविकल्प नभएपछि पाखो भएको यही ठाउँ फाँडेर एउटा सानो ओत लाग्ने ठाउँ बनायौं ।ु

१९ देखि २९ को दस वर्षे अवधिमा लगातार आधा दर्जन सन्तान जन्मिए । दुई छोरी र चार छोरा । कमाइ सुको थिएन । वरिपरिको ढुंगामाटो सरोबरी भएको पाखोबारी फाँड्दा अहिले जसोतसो आठजनाको परिवार पालिन पुगेकै छ ।

यसबीच माओवादीको उदयसँगै श्रीमान् द्वन्द्वमा लाग्न थाले । आफूले बस्दै आएको जग्गा छोड्नुपर्छ भन्दै गाउँका ठूलाबडाले धम्काउँथे । माओवादीले भने आफ्नो पार्टीमा लागे त्यो जग्गा लो परिवारकै नाममा नामसारी गराइदिने लोभ देखाए । उनी लोभिए । आफै कसरी पालिउँ भनेको बेला श्रीमान्ले बोकेर आएका माओवादी कार्यकर्तालाई आफ्नै भान्छामा पाल्नुपथ्र्यो । ुयहाँ लडाइँ गर्ने त्यहाँ लडाइँ गर्ने यो कब्जा गर्ने त्यो कब्जा गर्ने अनि देश बन्छ भन्थेु फूलमायाले सम्झिन् ुमलाई चाहिँ मनमनै लाग्थ्यो लडाइँ गरेर पनि कहीँ देश बन्छ त तर श्रीमान्ले केही नभन्नु भनेकाले चुप्प लाग्थेँ ।ु

लगातार दुई घन्टा उनको कुरा सुनिरहँदा काखको बच्चा कहिले देबे्र कहिले दाहिने छाती चुसिरहन्थ्यो । अरु पाँचजना छोराछोरी वरिपरि आमाको कुरा सुनेर बसेका थिए । यी छजनाले पनि नपुगेर दुईवटा खिनौरा बिराला ठाइँलो छोराको काखमा लडिबुडी गरिरहेको थियो । वरिपरि छिमेकी नभएको यो परिवारमा यी दुई पनि सदस्य जस्तैगरी पालिएका रहेछन् ।

दिन बित्दै थियो । कहिले श्रीमान् छापामार आएपछि मकै गोड्दै गर्दा कोदाली नै छोडेर जान्थे कहिले पस्केको ढिँडो नै जुठो मुख गरेर । ुदशथरिका सामान केमात्रै राखेका होलान् भनेर तलको खोल्चामा फालेको त बम रहेछ कत्रो आवाजले पड्क्योु झन्डै मर्न लागेको त्यो दिन सम्झेर कहालिँदै फूलमायाले भनिन् ुनजिकै फालेको वा बच्चाले खेल्न चलाएको भए हामी एउटै चिहान हुने रहेछौं ।ु

माओवादीको यस्तो लडाइँ देखेर उनलाई श्रीमान्को काम मनपरेन । झन् माओवादीहरु उनीहरुले राखेको सामान जतन गर्नू नचलाइदिनू भन्ने धम्की दिन्थे । ुन खान लाउन पाउनुछ न आफ्नो परिबन्धले काम गर्न पाउनुछु माओवादी कि्रयाकलापबाट आजित भएपछि उनले भनिछन् ुकि तिमी पार्टी छोड कि म तिमीलाई छोड्छु ।ु

श्रीमान्लाई पनि उत्तिको मनपरेको होइन पार्टीको काम तैपनि डर थियो । अब छोडे त पार्टीले आफैलाई मार्छ भन्ने । उता पार्टीका मान्छे राति बास माग्न आउँदा फूलमायालाई भन्थे ुभाउजु अब दाई पूर्व लाग्नुहुन्छ तपाईं पश्चिम लाग्नुस् बालबच्चा घरव्यवहार भनेर हुँदैन । महिला-पुरुष समान नहिँडे देश बन्दैन ।ु

माओवादीलाई त्यो भन्न जति सजिलो थियो आफ्ना बालबच्चाको कलिलो अनुहार हेर्दा परिस्थिति स्वीकार्न उतिनै पिडादायी । विकल्पका रुपमा त्यसको भोलिपल्टै अरु सन्तानलाई हजुरबाको घरमा पठाएर नौ महिनाको छोरो काखी च्यापी काठमाडौंका एक्ला परिचित काकाकोमा आइन् उनी । रातभरि फुलजोरको पाखो काट्दा उनलाई कम्ती मुस्किल परेन । साथमा फुट्या कौडी थिएन । राईगाउँका एकजना भोलनदाइ उनका लागि भगवान् सरह भए । उनले रात्रि गाडीको भाडादेखि कलंकीबाट बौद्धसम्म पुर् याउन पनि मद्दत गरे ।

घरमा कलिला सन्तानमात्रै । तिनका पेट पाल्ने मेलोमेसो नपाएका श्रीमान् फेरि माउको खोजीमा काठमाडौं आए । ुअब पार्टी छोड्छु बरु जे पर्छ-पर्छ घरफर्कीु-श्रीमान्ले यसो नभनेका होइनन् । संकटकालका बेला माओवादीकै कारण काठमाडौं आएकी उनलाई फर्कन डर लाग्यो । तर तेह्रौं दिनको दिन बहिनीले ुतँ गाउँमा नआए ज्यान फाल्छु भनेपछि उनी अरु छोराछोरी सम्झेर घर फर्किन् ।

जीवन कतिसम्म निर्दयी छ – जस्तो परिस्थिति आए पनि झेल्नुपर्ने । घरमा अन्नको दाना थिएन । कमाइ गर्ने दम्पति बाचिँन्छ कि मरिन्छ भन्ने अन्योलमा थिए । पाखो बारी बाँझै रह्यो । यति भैसकेपछि एकदिन बेलुकी पार्टीका बथानै आएका बेला श्रीमान् र उनी मिलेर आफ्नो दुःख सबै बाँडे । माइती र घरसँगको मनमुटावको कुरादेखि आफूहरु दुईजना खेतीमा मरिमेटेर नलागे खानलाउनधरी नसकिने कुरा गरेपछि एकजना महिलाले उनको मर्म बुझिन् । फूलमायाका श्रीमान् अब दिनरात गस्तीमा हिँड्नु नपर्ने कुरा गरिन् । तर पार्टीको समर्थन बेलामौका गर्नुपर्ने जबर्जस्ती छँदै थियो ।

टाढैका भए पनि छिमेकीसँग आवतजावत नभएकी उनलाई वर्षौंदेखिको आफ्नो मौनता आफैलाई असह्य भैसकेको थियो । विस्तारै आमा समूहमा लागेर उनले सामुदायिक वनमा आफ्नो पनि पहुँच हुनसक्ने कुरा थाहा पाइन् । झन् वनको सम्पूर्ण काम महिलाले गर्ने भएकाले महिलाले नै अध्यक्ष पद पाउनुपर्ने दावी गरिन् । त्यतिबेला हेटौंडामा सामुदायिक वनसम्बन्धी तालिम दिइएको थियो । काखको छोरो लिएर उनी हेटौंडा गइन् । गाउँलेले यो कुरा चित्त नबुझेपछि उनका विरुद्ध श्रीमान्लाई भड्काए । त्यहीबेला अनाहक उनीमाथि शंका गरेका श्रीमान्को नानाभाँति आरोप सुन्न नसकेर उनले पस्केको भात नै टाउकोबाट खनाइदिछन् ।

ुहामी तामाङको रिस यस्तै हुन्छ मैले झोक चलेका बेला बुढाको टाउकोबाट भात खनाइदिएँु मानौं केही भएकै छैनजस्तरी उनले ठट्यौली पारामा भनिन् ुत्यो डाहा सहन नसकेर उनले मलाई चाहिँ दलानको बन्चरो झिकेर हाने ।ु

रिसको रन्कोमा थाहै नपाई टाउकोमै हानेछन् श्रीमान्ले । सिन्दुरको रेखी बस्ने सिउँदोमा बन्चरोको रेखी बस्यो । उनी लामो समय थला परिन् । उपचार गर्न सुको पैसा थिएन । साहुले पहिलेकै ऋणको ब्याजसमेत नबुझाएको कुरो सम्झाउँथ्यो । दसक लामो द्वन्द्व गरेका माओवादी बरु शान्ति सम्झौतामार्फत् देश बनाउने प्रकि्रयामा आए तर उनका आफ्नै माइती र घरकाले यस्तो जटिल परिस्थितिमा उनको खोजखबर गरेनन् । जस्तै झगडा गरे पनि ुलोग्नेस्वास्नीको झगडा परालको आगोु भन्ने उखान आत्मसात गरेर एकअर्काको गल्ती स्वीकार गरे ।

ुतपाईंहरु आउँदा मलाई भगवान् आएजस्तो लागेको छु उनले हिस्सी परेको मुहारमा खुसीको भाव झल्काउँदै भनिन् ुयतिका वर्ष मेरै कुरा सुन्न भनेर यो आँगन कसैले टेकेका थिएनन् ।ु

यतिका वर्षको एक्लो अनुभवले उनी खँजिइसकेकी थिइन् । आफ्नो घरपरिवार नै संसार भयो । तर फूलमाया फकि्रने समय अब बल्ल आउँदै छ । अहिले गाउँ दंग छ फूलमाया सामुदायिक वनको अध्यक्ष पदमा आफ्नै ससुराको प्रतिस्पर्धी भएर लड्दैछिन् । पूरै गाउँ उनको समर्थनमा लागेको छ ।

गाउँमा छोराछोरीलाई समान रुपमा पढाउने अभियानमा पनि छन उनी । अक्षरको नाममा ुकु नचिनेकी उनी आफू कविता गीत रचना गर्ने भएकी छन् । ुमैलै आफै लेख्न जान्ने भए कति मात्रै लेख्थेँ हुँलाु उनले हुर्केका लालाबालाको अनुहार हेर्दै भनिन् ुअब यिनीहरुको मद्दत लिएर कापीमा लेख्न थाल्छु ।ु

दुई घन्टा अविरल उनलाई सुनेपछि फर्कनेबेला हाम्रो इच्छाअनुसार उनले आफूले दुःखका दिनमा रचेको गीत गाएर सुनाइन् ।

यो पहाड गाउँका बस्तीहरुमा चलन यस्तो छ

रोगी र कमजोर पातली ज्यान दुःखमा व्यस्त छ

नगरी काम पाइँदैन खान साँझ र बिहान

सबैको मनमा सम्झनु होला दुःखको चेतना


Advertisements

2 thoughts on “फूलमाया…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )