चार पढ्न तीन घन्टा

यो लेख आजको नागरिक जुनकीरिमा प्रकाशित भएको हो ।

हरिमाया चेपाङ ८ अघिल्लो वर्ष नै तीन कक्षामा प्रथम भएकी थिइन् । अहिले उनी चारमा पढ्नुपर्ने हो । तर यो वर्ष पनि उनी तीनमै छिन् । कारण उनीहरुको स्कुलमा तीन कक्षासम्म मात्र पढाइ हुन्छ । यो बाध्यता उनको मात्रै नभई कुसुमखोलास्थित रा।प्रा।वि स्कुलमा तीन कक्षामा पढिरहेका सबै विद्यार्थीको हो । कुसुमखोला चितवन जिल्लाको माडीस्थित अयोध्यापुरी गाविसमा पर्छ । यहाँ पुग्न गाडीको बाटो छोडेर खोलाको किनार र जंगलको बाटो गरी तीन घन्टा हिँड्नुपर्छ ।

स्कुल अब कति वर्षपछि पाँच कक्षासम्म पुग्ने हो स्कुलका हेडमास्टरलाई पनि थाहा छैन । तर शिक्षा पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो । सुकुमवासी क्षेत्र भएकाले कुसुमखोलामा अयोध्यापुरी गाविसले कुनै पनि विकासको कार्य गर्न नदिने र आर्थिक सहयोग नगर्ने भएकाले स्कुलमा कक्षा थप गर्न नसकिएको बताउँछिन् स्कुलकी एकमात्र शिक्षिका शिवमाया चेपाङ ।

तीनपछि चार कक्षा पढ्नका लागि गाउँबाट तीनघन्टा लाग्ने बगईमा जानुपर्छ । तर त्यहाँ पुग्न जंगली जनावर आउने घनाहा जंगलको दुईघन्टे बाटो हिँड्नुपर्छ । त्यसपछि खोलाको किनारै किनार एकघन्टा । वर्षामा त झन् समस्या हुन्छ बाढीको डरले । बालबालिकामात्र होइन ठुला मान्छे पनि खोला तर्न सक्दैनन् । फेरि स्कुलको समस्या कहाँ त्यति मात्रै छ र

त्यसैले कुसुमखोलाका बालबालिकाले पढाइ निरन्तरताका लागि दैनिक बगईसम्म हिँड्नुपर्छ वा पाँचघन्टा पैदल पर्ने बाँदरझुलामा कोठा लिएर बस्नुपर्छ । तर तीन पढेपछिको कलिलो उमेरमा यति साना बालबालिका कसरी कोठा भाडामा बसेर पढ्न सक्छन्

ुत्यति टाढासम्मको स्कुलमा दैनिक पुर् याउन जाने कुरा पनि भएन उनीहरुलाई एक्लै पठाउने कुरा पनि भएन अनि के गर्नु ु अभिभावक गणेशबहादुर चेपाङले भने । अर्को वर्ष उनको छोरा पनि चारमा जानुपर्ने हो तर गाउँमा विकल्प नहुँदा छोरा फेरि गोठाला नै बन्ने भो भन्ने पीर छ गणेशबहादुरलाई । फेरि पढिरहेका बालबालिकाले पनि कहाँ निरन्तर शिक्षा पाएका छन् र कक्षा तीनमा पढ्ने शर्मिला माया चेपाङले भनिन् ुबर्षामा त हामी स्कुल नै आउन्नौं जाडो पनि हुन्छ अनि स्कुलमा छानो पनि हुँदैन ।ु

नौला मान्छेसँग बालबालिका बोल्न डराउँछन् । शर्मिलाबाहेक हामीसँग बोल्न अरु कोही बालबालिका भएनन् । फेरि धेरै बालबालिकाले त उनीहरुकै भाषाबाहेक अरु बोल्न पनि जानेका छैनन् । वर्षामासमा एकपटक हावाहुरी आउँदा सबै जस्ताको छानो उडाएर लग्छ । गाउँले आफै सकि्रय भएर नबनाए महिनौं स्कुल बन्द भइरहन्छ । यही पालि पनि बैशाख र जेठ महिनामा अलिअलि पढाएपछि एकैपटक तिहारपछि मात्रै हो स्कुल साचालन हुन थालेको ।

जम्मा स्कुलमा एकजना शिक्षक र एकजना शिक्षिका छन् । तीमध्ये पनि स्कुलका प्रधानाध्यापकले स्कुलका कक्षा आक्कल-झुक्कल मात्र लिन्छन् । एकदेखि तीन कक्षासम्मको पूरै विषय एक्ली शिक्षिकाले लिनुपर्छ । अनि कुन बेला कुन कक्षालाई कुन विषय पढाउनु विद्यार्थीलाई देखाउँदै शिक्षिका भन्छिन् ुआफूले सक्दो गरेको छु तर सधैं यी विद्यार्थीलाई ठगिरहेँजस्तो लाग्छ ।ु

उनी दिनभरमा एउटा कक्षाको जम्मा चारवटा विषय मात्र पढाउन भ्याउँछिन् । तर दुईवटा कोठा भएको स्कुलका बालबालिकालाई क्षमताले भ्याएसम्म एउटै कक्षामा राख्न खोजिन्छ । एक दुई र तीनका बालबालिकालाई एकैपटक एउटै कोठामा पढाइन्छ । प्रधानाध्यापकको पनि काम परेर कता-कता गइरहन्छन् । शिक्षिका शिवमाया चेपाङको पनि घर मकवानपुर भएकाले सधैैं स्कुल गइरहन पाउँदिनन् । यसरी चेपाङ बालबालिकालाई स्कुलमा शिक्षा लिने कुरा मुस्किलले सम्भव भएको छ । प्रावधानअनुसार यो स्कुलमा जम्मा चारजना शिक्षक÷शिक्षिका हुनुपर्ने हो ।

ुपूरै जंगलले घेरिएको बाटो बिजुली टेलिफोन केहीको पनि सुविधा नभएको यो बस्तीमा आएर कसले काम गर्न मान्छ र ु शिवमाया भन्छिन् । फेरि मासिक तलब पनि जम्मा २५ सय हुन्छ ।

कुसुमखोलामा धेरै चेपाङको बसोबास छ । यी बालबालिकाका आमाबाबु पनि यहाँ २०५६ सालमा सुकुमबासीका रुपमा काँकडा सििलंगे मकवानपुरबाट बसाइँ आएका हुन् । त्यसैले यो स्कुलमा पढ्दै गरेका थुप्रै बालबालिका यही ठाउँमा आएर जन्मिए । उनीहरुलाई सुकुमवासी भनेको के हो थाहा छैन । शिक्षा पाउनु बालअधिकार हो भन्नेचाहिँ थाहा छ । जम्मा सात जना तामाङ जातिबाहेक यो स्कुलमा सबै चेपाङ बालबालिका पढ्छन् ।

दुई वर्ष अघिसम्म यहाँका मानिस नयाँ कोही मान्छे देखे घरभित्र लुक्ने गर्थ्रे । ०६५ सालमा स्कुल स्थापना भएपनि सुरुका दिनमा अभिभावक स्कुलमा बालबालिका पठाउनै मन गर्दैनथे । सुन्य जनचेतनास्तर आर्थिक अभावले गर्दा अवस्था नाजुक भएको बताउँछिन् हरिमायाकी आमा पूर्णमाया चेपाङ । बिस्तारै गाउँका मान्छे बटुलेर छलफलमार्फत शिक्षाको महŒव’bout बुझाएपछि घाँसदाउरा गर्न पठाउने छोराछोरीलाई स्कुल पठाउन थाले अभिभावकले ।

यसरी अहिले अघिल्लो वर्षबाट बालबालिका स्कुल आउन थाले । तर स्कुलमा केही कुराको व्यवस्था छैन । हरिमायाजस्ता विद्यार्थीले पनि यसरी तीन कक्षामा पढ्न पाएको पहिला चितवन जिल्लाकै अरु कसैको घरमा काम गर्न बसेकाले हो । अघिल्लो वर्षबाट स्कुलमा बालबालिकाको संख्या बढ्यो तर तीन पुगेपछि त्यहीँ रोकिएको छ उनीहरुको पढाइ । कारण स्कुलमा भौतिक संरचना र आवश्यक जनशक्ति पर्याप्त छैन । गाविसले चासो नदिउन्जेल परिवर्तन आउन नसक्ने बताउँछन् गाउँलेहरु ।

ुचितवन जिल्ला भनेर के गर्नु यो गाउँ सुदूर पश्चिमभन्दा पनि पिछडिएको छु शिक्षिका शिवमाया भन्छिन् ुयो ठाउँमा परिवर्तन ल्याउन यी बालबालिकाको पढाइ निरन्तर हुनुपर्ने हो । तर खै त्यो दिन कहिले आउँछ ु

दष्ललष्मबजबि२थबजयय।अयु

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )