आइ मिस यु …

यो लेख आजको नागरिक घुमफिरमा प्रकाशित भएको हो ।

अगष्ट २ ‘प्रेुन्डसिप डे’ । बिहानै फेसबुकमा एउटा पहेँलो गुलाब सहितको शुभकामना सन्देस छाडेँ । अनि गुगलमा हेरेका गोसाइकुण्डका तस्बिर मनभरि साँचेर निस्किएँ पाँच दिने यात्रामा ।

परिवारकै दुई सदस्य सहयात्री बनिदिए । आफ्ना एकनासे दिनमा थोरै परिवर्तन ल्याउन तय गरिएको यात्रा । योजना-सुन्दरीजलतिरबाट उक्लने र धुन्चेहुँदै फर्कने ताकि दुबै तिरको बाटो देख्न पाईयोस् ।

बिहानै आमाले पकाउनुभएको गुन्द्रकको झोल र भातको भरमा सुन्दरीजलको उकालो समात्यौ हामीले । उकालिँदा मैले अघिल्लो यात्रा सम्झिएँ । स्कुले साथी सुनिता सुष्मा र म पोहोर दशैँको छुट्टिमा बिना योजना यहाँ आएका थियौँ । त्यो क्षण हासोँ भन्दा बढी गफ गरेका थियौं । त्यो भन्दा पनि बढि तमासा गरेका थियौं पोज पोजका फोटा खिचेर ।

धत्तेरिका ! यो मोबाईलको खाता पनि अहिल्यै सकिनु परेको । जम्मा एक रुपैयाँ ८८ पैसा बाँकी छ । अब दुई मध्ये कसलाई पठाउँ म्यासेज बिहान फेसबुकको पर्दामा टाँसेको सन्देस पनि उनीहरुले थाहा पाउने छैनन् । सारा संसार फेसबुकमा झ्याम्मी सक्दा पनि उनीहरुले चाहिँ यसमा किन मन नदिएका होलान्

मनमा कुरा खेलाउँदै हामी शिवपुरी राष्ट्रिय निकुाज प्रवेश गर्न आँट्दै छौँ । अचम्म ! मेरो मोबाईल बज्यो शुभकामना सन्देश रेहछ सुनिताकै । उसको मनै खलबलाउने सन्देशले मन भरिएर आयो । तत्काल परिवेशको वर्णन गर्दै प्रतिकृया पठाएँ । लौ मध्यमााचलबाट पठाएको सन्देश सुदुर पश्चिममा कामको सिलसिलामा पुगेकी साथीको मोबाईलमा त ब्ल्याङ्क पो पुगेछ । अब के गरुँ मोबाईल रित्तिहाल्यो ।

मोबाईल रिचार्ज गर्ने कुनै ठेगान छैन । मन गहु्रङ्गो भएर आयो । साथी मलाई जिस्काउन थालि हालीन् ुआज तैँले मिस गर्ने केटी मात्रै छन् कोही केटा साथी बनाउन सकिनस् जसलाई आज मिस गर्न सकियोस् ।’

हाँस्दै हामी सोझियौं गोसाइकुण्डतिर । गोसाइकुण्डमा वर्षको दुईपटक भब्य मेला लाग्छ । भदौको जनैपुर्णिमा र बैशाखको दशहरा मेलामा । त्यसबाहेक मौसम हेरेर दृश्यावलोकन गर्ने पदयात्री पनि वर्षैभरि हुन्छन् । यतिबेला बाटैभरि लालीगुराँस फुलेका होलान् । हामी जाँदा डाँडैभरि गुराँसका बुटा देखेका थियौं ।

हामीले चाहिँ जनैपुर्णिमाको समय रोजेका थियौँ यात्राका लागि । पहिलो दिन मूलखर्क हुँदै चिसापानी पाटी भाज्याङ्ग पछि चिप्लिङ्ग हाईटमा बास बस्न पुग्यौँ । एकाध बाटोहरुमा कहिले दरर्रर्र दर्किएको पानी कहिले ढपक्कै ढाकेको हुस्सु अनि कहिले ढाडै सेक्ने घाम । यो समयमा यो बाटो हिँड्दा भिन्न भिन्न मौसमको स्वाद एकैपटक पाईँदो रहेछ । पानी दर्किरहने भएकाले बर्षादी वा प्लाष्टिकको राम्रै जोहो गर्नुपर्ने ।

मेरो अनुभवमा बर्षादि भन्दा निकै उपयोगी प्लाष्टिक हुँदोरहेछ । बर्षादी लगाउँदा शरिरबाट बाफिएर आएको तातो र बाहिरबाट भित्र हावा छिर्न नसक्दा पानीले भन्दा बढी आफ्नै पसिनाले जिउ पुरै निथु्रक्क हुँदोरहेछ । त्यसको सट्टा प्लाष्टि निकै उचित साबित भयो र हामीले आफ्नो ब्याकप्याक छोप्न लगेको प्लाष्टिकले आफूलाई पनि ढाक्यौँ । आकाशबाट पानी वर्षिरहँदा जमिनबाट उत्तिकै जुका पनि उब्जिँदा रहेछन् । खुट्टाभरी आर्युबेदिक औषधि साचो दलेर सबैतिरबाट जोगाउँदा पनि जुकाहरु कहिले शरिरको कुन ठाउँमा अनि कहिले कुन ठाउँमा भेटिन्छन् ।

जस्तै मानिसलाई पनि सिकार बनाउन खप्पिस हुँदा रहेछन् जुका । जिउभरीमा लगभग सात ठाउँमा रगत चुस्न भ्याईसक्दा पो मैले यिनीहरुको मानिसको जिउँमा पुग्ने बाटो पहिल्याएँ । उकालि ओरालीका साना गोरेटोमा आफ्नो तेस्रो खुट्टा भनि लट्ठीको सहारा लियो जुका त त्यसकै भरमा पो उक्लँदो रहेछ हाम्रो हात्केलासम्म ।

अघिल्ला वर्षहरुमै मेला भरिसकेकाले हाम्रो कान भरेका थिए । मास्तिर खानेकुरा महङ्गा हुन्छन् त्यसको ब्यवस्था यतै गरेर जानु । तर भनाई मात्रै हो । भनेकै ठाउँमा पसल नपाईएला तर पाएको ठाउँमा सस्तो मुल्यमै सामान पाईन्छ । उही बिना दुधको चिया पाँच रुपैँया कप र चाउचाउको सुप २५ रुपैँया । काठमाडौँको दाँजोमा के महङ्गो भयो र बरु यात्रामा ब्राण्डेड चक्लेट र नुनिला पदार्थ खाने मन भए मात्रै हो यताबाट लैजानुपर्ने । चिसो ठाउँ र सुत्ने ठिकैका झुप्रा र साना घर पाईने भएकाले सिल्पिङ्ग ब्याग चाहिँ लानु पर्छ है ।

पहिलो दिन ढुङ्गाले छाएका साना घर भएका तामाङ्ग बस्तीबाट गुजि्रदा काठमाडौँबाट टाढा पुगिएको हुँदैन । तर प्रकृतिको निकटता र एकदमै गाउँले बस्ती देख्दा आफू आफ्नै देशको कुनै सुदुर ठाउँमा पुगेजस्तो लाग्छ । बाटामा भेटिएका फुर्गेल्बो-लाजुङ्ग दाजुबहिनीको दिनमा चार घण्टा हिँडेर स्कुल जाने दैनिकीले कहालि लाग्छ । त्यसमा पनि उनीहरुको खुसी र यो बन्ने त्यो बन्ने उद्देश्यले यस्तो यात्रा दिगो सम्झनाको बनाउँछ ।

चिप्लिङ्गको ठाडो उकालोमा भेटिएका कोटेश्वरका चार युवा कसोकसो हामी संगै बास बस्न आईपुगे । साँझ होटलमा बस्दा लामबद्ध भएर संगै भात दाल र च्याउको तरकारी खायौँ । त्यो समुह र हामी तीनजना अब एउटै समुह भयौँ-ुलक्की सेबेनु । जयराम खड्का यात्रा भरिका कम बोल्ने तर सबैले मनपराउने पात्र ।

दोस्रो दिन पनि हामी उही पानीको दर्काई यात्रामा भेटिएका नौला मान्छेसंग हिँडौँ है हिँडौ भन्दै अघि बढ्यौँ । बिहानको खाना खान कुडुम्साङ आईपुगिन्छ । यहाँ खाना बनाउन लगाएर हामी ओसिएका लुगा अख्राउन थाल्छौँ । खाना खाएर हिँड्दा जिउ लोसो भईहाल्ने । खुट्टाको बेग घट्छ तर अब रुझिरहेको बाटोमा ओरालो लाग्नुपर्नेछ । कुडुम्साङबाट मेलम्ची जाने पदयात्रा रोज्न सकिन्छ ।

बाटाभरीका मानिस गोसाइकुण्ड पुग्ने हतारोमा छन् । २८ सय मिटरको हाराहारी पुग्दा बाटामा साना भाईबहिनी दस रुपैँयाका दरले टिमुरको माला बेच्न बस्छन् । जति उकालो लाग्दै गयो लेक लाग्ने डर उतिनै हुने । हामीसंग चाहिए जति लसुनका पोटी छन् । मालाको खाँचो हामीलाई परेन । कोटेश्वरका साथीले भने ती कलिला बहिनीहरुको मन राखिदिन माला किनिदिए । अब उक्लदैँ गर्दा थकाईले लद्धु भईन्छ । हिड्ने ताकत बटुल्न हामी ग्लुकोजको बट्टा पुरै उत्तानो पारेर मुखमा हाल्छौँ । त्यसमा पानी हालेपछि कोमल तालुमा हुने शितलता मलाई निकै मनपर्छ । लामा शुरिला हाँगा नभएको रुखमा तलदेखि माथिसम्म लेउ झैे टासिँएका पात भएको घना ठाउँमा सुस्ताउन निकै रमाईलो हुन्छ ।

दोस्रो दिनको बास ठाडेपाटीमा । यहाँको उचाईबाट उत्तरमा हिमश्रंखला निकै मोहक देखिन्छ । यात्रुलाई न्यानो होस् भनेर होटलवालाले डाइनिङ हलमा ठुलो मुडो बालिदिँदा रहेछन् । ठाडेपाटीबाटै थुप्रै पर्यटकले हेलम्बुको यात्रा पनि गर्छन् । यहाँबाट पारीको घोप्टेभीर आजको हाम्रो गन्तब्य । त्यहाँबाट एकघण्टा तेस्रो ओरालो झरे गोसाइकुण्ड पुगिन्छ ।

हेर्दा लाग्छ ठाडेपाटी र घोप्टेभीरमा एउटा लामो साँगु हालिदिए बेतोडले दौडिए बढी लागे एकघण्टा । तर यहाँका स्थानीयले हामी काठमाडौँबासी भन्दै ६ घण्टा छुट्याईदिए । ओरोलो अनि खोल्सै खोल्सा हुँदै हिँड्दा हामीलाई पल्लो डाँडा पुग्न नौ घण्टा लाग्यो ।

यात्रामा हरियाली हिमाल छाँगा छहराको एउटा मज्जा । भिन्न कथा बोकेका अनेकौँ मान्छेसंगको कुराकानी उनीहरुकै पाईला पच्छाउँदै हिड्न मलाई मज्जा लाग्छ । यस्तैमा एकजना चौरीको घिउ किन्न हिँडेका घलेदाई हामी नजिकै आईपुगे । छहरामा फोटो खिचाईरहेका बेला उनीसंग भेट भयो । उनको लबज मलाई निकै मिठो लाग्यो । कुडुमसाङ देखि आजै आएका उनले हामीलाई यति चाँडै भेटिसके । हाम्रो भन्दा चौबर छिटो चाल भएका ।

उनकै पिछा गर्दै छु म । यसैपालि उनको एकमात्र छोरोले एसएलसी दिँदैरहेछ । उसलाई ट्युसन र कम्प्युटर पढाउन मन गरेर चौरीको घिउ लेकबाट सस्तोमा लगेर बेसीमा महङ्गोमा बेच्न लागेका रहेछन् । छोरा पढाएर बुढेशकालमा हाईसोखले बस्न मन छ घलेदाइको । ुमेरो छोरा तिमी जस्तै ज्ञानी र धेरै जान्ने भयो भने हाम्रा दुखका दिन जान्छनु् उनले भने ।

दुई घण्टा उनी संगै हिँडेपछि मैले साथीलाई कुर्छ तपाईँ जानोस् भनें । उनी म सुस्ताएको ढुङ्गा नजिकै आए मलाई पानी दिए जुनारको गेडो दिए अनि त्यही लवजमा एकैपटक तीनवटा प्रश्न गरॆ ुतपाईको उमेर कति भयो अहिले कति पढ्यो तपाईँले विवाह भयो ु उनलाई लागेछ म अहिले पन्ध्र वर्ष जतिको भएँ एसएलसी पनि भर्खरै दिएको हुँ अनि अब विवाह गरिदिन मेरा बुवा आमाले केटा खोज्दैछन् ।

उनको प्रश्नमा म हाँसे मात्रै । जाने बेलामा उनले भने ुकाठमाडौँकी भईकन कति ज्ञानी यस्तै असल केटी पाए आउँदो साल छोरो एसएलसी पास भएपछि विहे गरिदिन्छु ।ु

…॥

अबिरल झरिरहेको पानी रोकिएको छैन । साथीहरुलाई कुर्दा कुर्दा पट्यार लागेर म बिस्तारै आफ्नो पाईला बढाउँछु । त्यही बेला साथीहरु ऋषिकेश दाहाल र काचन अधिकारी भेटिए । लौरिबिनायकमा लौरी चडाएर हामी गोसाईकुण्ड हानियौँ । हामी भन्दा अघि पुगिसकेका दाईले एउटा कोठा चार हजारमा बल्ल बल्ल मिलाएछन् । गन्तब्यमै पुग्दा चाहिँ बास बस्न निकै महङ्गो रहेछ । त्यो चिसोमा पुग्दा हामी एउटै कोठामा सात जना निदाउनै सकेनौँ । काठैकाठको सानो कोठामा गर्मी सिवाय केही भएन । गोसाइकुण्ड पुग्दा गर्मीले निदाउन सकेनौँ भन्दा फर्किसकेपछि घरमा निकै हासोँ गरे सबैले ।

भोलिपल्ट गोसाईँकुण्डलाई एकफन्को मारेर दर्शन गयौै्र । निकै राम्रो रहेछ ठाउँ । चौडा फिजिएको ताल । चिसो मौसममा नाङ्गा होचो डाँडाले ढाकेको ठाउँ । यता डाँडातिर थुप्रै स्वदेशि र विदेशि मेडिटेसनका लागि आउँछन् रे । यहाँबाट तल भैरब कुण्ड जहाँ मानिस टाढैबाट दर्शन मात्रै गर्छन् । उक्लँदाको भन्दा बग्रेल्ती मानिस झर्दा भेटिन्छन् । खुलेको मौसममा लौरीबिनायकबाट उत्तरमा छरपष्ट हिमाल देखिन्छन् तर हामी आइपुग्दा हुस्सुले पुरै डाँडाकाँडा ढाकेको छ ।

हिमाल हेर्न नपाएको झोंकमा हामी ठाडो ओरालो झरिरहन्छौँ । साँझमा धुन्चेमा बास बसि भोलिपल्ट राम्चेसम्म हिँडेर गाडीमा आउँछौ । घर आईपुग्दा सबैभन्दा पहिला फेसबुक खोल्छु र पहेँलो गुलाबमा आएका सन्देश हेर्छु । तर मैले पाँचदिन घरछोडेर मित्रता दिबसलाई मिस गरे जति मेरा समकक्षीले मलाई मिस गरेनछन् ।

Advertisements

3 thoughts on “आइ मिस यु …

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )