होली आतंक

यी पछिल्ला दुइवटा फोटो हिजो होलीमा लिईएको हो र लेख अघिल्लो साता लेखिएको हो ।

Happy Holi

Holi ma Ramauda


Gothatar Chowk ma holi kheldai

‘होली, सद्भावको पर्व हो,’ सानैदेखि हामीले यही पढ्दै आयौँ तर हाम्रो भोगाई सधैँ यसको
बिपरित हुँदै आएको छ ।
अब सोच्नुस, ‘मानिस एउटा उद्देश्य बोकेर दिमागमा कुरा खेलाउँदै आफ्नो गन्तब्य तिर लाग्दै छ । अकस्मात, अनपेक्षित रुपमा लोलाको चुर्टाई सहनुपर्‍यो र आफूलाई कसैले मनोरञ्जनको पात्र बनायो भने के हुन्छ हालत ?
एक त मनस्थिति नै ब्रि्रन्छ, अर्को समयको बर्बाद र सबैभन्दा बढी चाहिँ बिनाकसुर आफैँ कमजोर भएको हिनताबोध ।
बास्तबमा यो पर्व सामाजिक सद्भाव र अघिपछिका रिसराग त्यागी मेलमिलाप बढाउनुको लागि हो । आपसी भातृत्वप्रेम र विभिन्न रङ्गको उल्लासमय चाडलाई हर्षोल्लासको साथ मनाउनर्ुपर्छ । यी सबै कुरा थाहा छ हामीलाई । तर, हामी केटीले स्कुले बेलादेखि नै यति रमाईलो पर्वलाई कहिल्यै पनि यसरी आत्मसात गर्न सकेनौँ ।

सम्भिm ल्याउँदा मैले पहिलोपटक होली पर्वको ’boutमा थाहा पाएको कक्षा दर्ुइमा पढ्दा हो । होली आउनु एक साता अघिको कुरो हुँदो हो, म स्कुलका माथिल्लो कक्षामा पढ्ने दिदीहरुको बीचमा हिँड्दै थिएँ । स्वेटर लगाएको मेरो ढाडमा एउटा ठूलो लोला बर्सियो । लोला भित्रको पानी एकदमै फोहोरी र दर्गन्धित थियो । त्यो लोलाको निशाना दायाँ बायाँ रहेका दिदीहरु थिए तर सिकार म भएँ । त्यही बेला थाहा पाएँ, होली त लोला खाने पर्व रहेछ । यसरी होली पर्व सद्भावको हो भनेर पढे पनि भोगाईमा सधैँ आतंकको पर्व रह्यो ।
भोगाईको दृष्टिकोणबाट, यो बुझाई मेरो मात्रै होइन स्कुलदेखि विश्वविद्यालयसम्मका सबै समकक्षी साथीको हो ।

‘उफ, होलीको बेला छ कसरी घरबाट निस्कने र, यार -, होलीपछि जाउँला,’ होलीको एकसाता अघि गोदावरी जाने प्रस्ताब फोनमा राख्दा साथी मन्जुले दिक्क मानेर दिएको प्रतिकृया हो यो । होली आउन करिब पन्ध्र दिन अघि देखि मुख्य सडक र साना गल्लीमा केही उरन्ठेउला केटाहरुको क्रियाकलापले घरबाट निस्कन यसरी डराउनर्ुपर्छ । फेरी यस्ता घटना कति सम्म अमानवीय हुन्छ भने – गएको बुधबार विश्वविद्यालयमा काम परेर गएकी साथी दीक्षाको घटना सुन्दा त कन्सिरिको रौँ तातेर आउँछ ।

कलेज प्रवेश गर्नु अगावै बाटोको किनारमा रहेको केटाहरुको समुह मध्यबाट एउटाले उसलाई ताकेर हानेछ । साथीले रिसाएको मनस्थितिमा आँखा तर्दै ‘कसलाई हिर्काएको ढुंगाले हानौँ,’ भनिछ । एक्ली केटीलाई देखेर हौसिएको उसले पनि जोरी खोज्यो । रिसको आवेगमा साथीले बाटोको ढुंगा टिपेर त्यो केटालाई हानिछ । अनि त त्यो गधा पच्चीस ननाघेका केटोलाई के चाहिँयो, उल्टै निहु खोजेर बाँसको लट्ठीले सुम्ला बस्ने गरी मेरो साथीलाई हानेछ । उसको दाहिने हात र पछाडी अझै निलडाम छ ।
घटनालाई प्रत्यक्ष देख्ने वरिपरिका मानिस चाहिँ एक्ली पीडितलाई देखेर मुकदर्शक भएर बसेछन् । कोहि पीडामा पर्दा त्यसको विरोध गर्न नसक्ने कस्तो पाखण्डीपन हाम्रो – शहर निस्किने थुप्रै महिलाको पीडा हो यो ।

धेरैले मनमनै सोच्लान्, ‘त्यस्ता केटा संग के निहुँ खोजेको त – लोला खाए पनि चुपो लागेर हिँड्नुपर्ने ।’ तर यसरी बिनाकसुर पाएको मानसिक र शारिरिक पीडालाई कहिले सम्म चुपोलागेर सहने केटीहरुले – हिजोका पीडितले सहे आजका पीडकले झन् हौसला पाए । यसरी सधैँ सही रहने हो भने यो होली पर्व सधैँ सद्भावको पर्व रहला – फेरी पीडकको मुख्य आशय लोला हानेर मनोरञ्जन लिने मात्रै हुँदैन । लोला खाइसकेपछि केटीको प्रतिकारलाई उत्ताउलो पाराले प्रतिकृया दिनु र झन् हिंसा गर्न खोज्नुहुन्छ । लोला खाईसकेपछि चुपो लागेर हिँड्यो भन्यो केटाहरु छेड हान्दै भन्छन्, ‘कस्तो गाली नगरी रिसाएर मात्रै हिँडि, यार ! रमाईलै भएन ।’

मेरो साथीको जिउमा सुम्लो बसाउनेले पनि सायद यस्तै सोच्यो होला, ‘क्या रमाईलो भयो ।’ ती बलको प्रयोग गर्ने मर्ुखको लागि के गर्न सकिन्थ्यो, पीडित साथीले घर फर्केपछि बुद्धि लगाएर सामाजिक सञ्जालको प्रयोग गरी र फेसबुकमा एउटा समुह खोलि, ‘बी अ हिरो ! से नो टु वाटरबलुन्स !’
उसको निमन्त्रणा पाउने बित्तिकै तत्काल समुहमा आफू आबद्ध भएर मैले फेसबुकमा रहेका मेरो ६ सय १८ जना साथीलाई निमन्त्रणा पठाए । अहिलेसम्म एकसय ६० जना त्यसमा सदस्य भईसकेका छन् । यो त पछिल्ला वर्षा होलीको नाममा ब्यापक बढेको बिकृतिको बिरुद्ध उर्ठाईएको हामी पीडितको सानो पहल हो ।

चोकचोक र गल्ली गल्लीमा बसेका समुहले विशेष बाटोमा हिँड्दा युवतिलाई लक्षित गरि लोला बर्सर्ााे गर्छन् । आफूलाई कतैबाट कसैले प्रहार गर्दै छ कि भन्ने सन्त्रासमा हिड्नर्ुपर्छ । यही सजगता बीच हिँड्दा कसैले लोला हान्यो र त्यसको प्रतिकार गर्‍यो भने झन् ठूलो शारिरिक र मानसिक पीडा पाइन्छ । त्यसैले, यस्तो अवस्थामा मौन रहनु लोला पीडितको बाध्यता हो । र, यही बाध्यताको फाईदा उठाउँछन् पीडकहरु ।

पछिल्लो समय सहरमा स्कुटर चलाउने महिलाको सङ्ख्या सडकमा बढे सँगै लोलाको सिकार पनि बढिरहेका छन् । यसरी स्कुटर चलाउँदा लोलाको चुर्टाई झन् खतरापर्ूण्ा भई अकल्पनीय घटना घट्न सक्छ । विहीबार पशुपति क्याम्पस अगाडी लोला हानी रमिता हर्ेन बसेका झण्डै सयजना जति केटाले मभन्दा अघि रहेकी स्कुटरकी केटीलाई बीस/पच्चीस वटा लोला बर्सर्ाा। स्कुटरलाई थाम्न नसक्दा स्कुटर ढल्यो र उनी लडिन् । उनको त्यो बाध्यतामा सबै रमाएर हाँसे । उनी भन्दा पछि गुडिरहेको मैले पत्तै नपाई बेतोडले एक्सीलिरेटर दबाएछु । अगाडीबाट आउँदै गरेको यनिकोर्न बाईकले टाढैबाट बाईक रोकिदियो । अफिस र्टाईमको भीडभाडमा आफू दर्ुघटनाबाट जोगिएको कुरा मलाई अझै अचम्म लाग्छ । नत्र यस्तो अवस्थामा मान्छेको ज्यान जान के बेर ?

होली आउनु धेरै दिन अगावै देखि देखिने यस्तो क्रियाकलापका लागि अहिले सम्म कुनै किसिमको नियम कानुन भएर कसैले सजाय पाए जस्तो लाग्दैन । सरकारले बिगतको वर्षा यसरी होलीलाई बिकृतिको रुपमा मनाएर कसैलाई दर्ुर्ब्यबहार गरे त्यस्तालाई कडा कारबाही हुने बताएको पनि हो । तर, निलडाम बस्ने गरी हानेर आफूलाई ठुलै शत्तिशाली ठान्ने त्यस्ता युवालाई कसले कसरी उजुरी गर्नु र कडा सजाय होस् । यस्तो क्रियाकलाप न्यूनीकरण गर्न विभिन्न ठाँउमा सादा पोशाकमा पुलिसलाई गस्तीमा बसाली अमानवीय कार्य गर्नेलाई कडा कारबाही गर्ने हो भने मात्रै कम होला । यो पालि कोही कारबाहीमा परेको थाहा पाए अर्कोपटक देखि इच्छा बिपरित लोला सहनु नपर्ला । नत्र त काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भने जतिकै हो । पोहोर पनि लोला हानेर रमाउने रमाएकै थिए र सास्ती खेप्नेले खेपेकै थिए । यो पटक पनि त्यस्तै भइरहेको छ र आगामी वर्षा पनि स्थिति उस्तै हुने देखिन्छ ।

Advertisements

2 thoughts on “होली आतंक

  1. sahi kura …………”पोहोर पनि लोला हानेर रमाउने रमाएकै थिए र सास्ती खेप्नेले खेपेकै थिए । यो पटक पनि त्यस्तै भइरहेको छ र आगामी वर्ष पनि स्थिति उस्तै हुने देखिन्छ । ”
    stithi ustai cha………kahaile badlidaina…ra badalincha jasto pani lagdaina ……….kinabhane college bata farkida bharkhar matra lola ko barsat bata guzreyera aayeki chu……..yo kathmandu ma daily use ko lagi matra pani paindaina, holi ko belama ta khola nai bagne garera pani paincha…………..
    every year darai darai hidnu parcha so holi is not happy…………
    at last i want to say “I HATE HOLI”
    :((

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )