जन्मदिनको शुभकामना

यो वर्ष ब्लग लेख्दा कसो कसो आफैँ प्रति धेरै असन्तुष्टि भए जस्तो लाग्छ । आफ्नै क्षमता, आत्मविश्वास माथि कुनै विश्वास नभए जस्तो । अघिल्लो वर्षको ब्लग शुभकामनामा मैले एउटा आशा राखेको थिएँ आगामी वर्ष सम्म थोरै भए पनि मेरो लेखाईमा सुधार आओस् । खै कस्तो भएको छ तर आफ्नै बुझाईमा चाहिँ (आफैँ संग नभएको लेखन शैली) झन् खस्कँदै गए जस्तो । झन्, आजकाल पठाईरहँदा पनि लेखहरु पत्रिकामा नछापिँदा त के भन्नु र खै ?
हो, यही बेलो मेरो पि्रय ब्लग साथमा हुन्छ । जब फेसबुक र अन्य मेसेन्जरमा च्याट गरेर वाक्क्क्क्क्क्क्क्क्क्क हुईन्छ तब अन्तिम पालो ब्लगको आउँछ । त्यही बेला लाग्छ ब्लग प्रति एउटा गहिरो भाव छ, ‘आखिर तिमी नै त छौ’ मेरो साथ । साँच्चै वर्षौ देखि प्रकाशित हुन नपाएका र कहिलेकाही आफुले लेख्न चाहेका कुरा कहाँ लेखौँ भन्दा यहीँ आईन्छ । कहिलेकाहीँ त लाग्छ आफ्ना कहिँ नबिकेका विचार र भावहरुको कन्टेनर हो मेरो ब्लग । त्यसैले त आफैँ छापिन्छ आफ्ना मनगडन्ते कुरा । मपाइँ हुन मन लाग्दैन तर नभई बिकल्पै भेट्न गाह्रो हुनथाल्यो ।
जे होस् हालैका दिनमा बिरक्तिएको यो मनस्थितिले त्यही अवस्थामै आफ्नो जन्मदिनको सन्देश यस ब्लगमा राख्न चाह्यो । तर कुनै उत्साह बिनै । आफैँ संग ठगेर के लेख्नु खै ? खासमा लेख्न रमाउने मान्छेले सबैभन्दा बढी चाहिँ आफ्नो पाठक चाहँदो रहेछ ।
कान्तिपुरमा लेख्न छोडेदेखि सबैभन्दा बढी गुमाएको कुरा पनि मैले त्यही हो ।
स्वदेशि केही र एउटै भए पनि विदेशि पत्रिकामा आफ्नो लेख प्रकाशित नभएको होईन । तर खै छापिएको दिनमा सधैँ एउटै प्रतिक्षा हुन्छ आज राति त मजाले बसेर इमेल चेक गर्नुपर्छ । तर वास्तबमै त्यसतो दिन गएछन्, अब ।
नागरिकमा लेख्न थाले देखि मैले सबैभन्दा बढी इमेल पाएको चेली ज्वाईँ खोई त शिर्षकमा । र, म यति सम्म बुझ्न सक्छु की त्यो यात्रा संस्मरण पढ्नुको ठुलो कारण शिर्षकले गर्दा हो । त्यो बेला थुप्रैले मलाई अलि अर्कै तरिकाले बुझे जस्तो लाग्छ । तर मेरो ठम्याई के पनि हो भने त्यही शब्दहरुमा कुनै फरक शिर्षक थियो भने मानिसले त्यसलाई फरक किसिमले हेर्थे वा कतिले त पढ्दै पढ्दैनथे । त्यही लेख पुरुषले लेखेको थियो भने त्यहाँ सोच्नुपर्ने कुरा निकै कम हुन्थे, सायद । कति स्पष्ट हुन सकेँ थाहा छैन । यहाँ लेख्दै जाँदा धेरै त्यसता कुरा लेखिन्छन् जसलाई अभिब्यक्त गर्न मन लाग्दैन ।
आजकालको दिनचर्याले म वाक्क दिक्क भईसके । केही कुराले पनि मलाई साथ नदिई रहेको बेला जस्तो । अब चाहिँ म आफू धेरै नै पोखिन चाहेको छु । तर फेरी पनि यी भावना बुझाईहरु अन्र्तमुखि स्वभावले यहाँ सार्बजनिक गर्न नचाहाँदा यी फोटो अपलोड गर्न चाहँदैछु । यो लेखाईमा मैले के लेख्न चाहेर के लेखे केही थाहा छैन, अन्यौलता कति मात्रै छ ? पुग्न चाहेर पनि गन्तब्य समाउन परिस्थितिले नदिए जस्तो वा आफैँले पकड्न नसके जस्तो । अहिलेको मनस्थितिलाई झल्काउने यो फोटो मैले अघिल्लो साँझ आकाश हेरीरहँदा खिचेको थिएँ । अनि, आज नागरिकमा पनि ठ्याक्कै यस्तै फोटो प्रकाशित भएको छ ।

भिन्न र अनौठो, मेरो मनस्थिति जस्तै


मडारिएको आकाशमा पनि रंगको निश्चलता

यी दुबै तस्बिर एकै समय घरको छतबाट लिईएको हो । मात्रै क्यामराको मोड फरक थियो मेरो ……..जस्तै
P.S.यस्तो समय मेरो सबैभनदा नजिक हुने मेरो प्रिय ब्लगलाई फेरी पनि जन्मदिनको धेरै धेरै शुभकामना

Advertisements

4 thoughts on “जन्मदिनको शुभकामना

  1. एक वर्षभन्दा बढी समय बितेपछि ब्लगको जन्मदिनमा सार मिलाउन आइपुगेको छु । यी लेखाइहरूको भावदशा केही बुझे जस्तो लाग्दैछ । अपूरो हो कि पूरा ? थाहा छैन ।

    पत्रिकामा छापिनु मात्र अभिव्यक्तिको अन्तिम ढोका होइन, मन्च जहाँ पनि बन्छ ।

  2. पत्रिका मा छापिएन भन्दैमा हरेश त खानु भएन नि ! मलाई त लाग्छ, जति लेख्यो त्यति नै लेखाइ मा निखार आउँछ । अनि त्यो, ज्वाँइ खोइ त भन्ने संस्मरण साँच्चै राम्रो छ ।

    तपाईको प्रिय ब्लगलाई मेरो तर्फबाट पनि जन्मदिन को धेरै धेरै शुभकामना ! सँधै पढ्नपाइरहुँ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )