जथाभावी गोलीले बालकको मृत्यु

यो समाचार बिहीबारको नागरिक दैनिकको पहिलो पृष्ठमा प्रकाशित भएको हो।

गिरीश गिरी/विनिता दाहाल- काठमाडौं, माघ ७- सरस्वती पूजामा भेला भएका साथीहरुको नृत्य हेरिसकेपछि दुई कक्षामा पढ्दै गरेका सन्तोष कार्कीले बुधबारै घोषणा हुन लागेको रिजल्ट’bout शिक्षकसँग जिज्ञासा राखेका थिए। दिउँसो मात्र त्यो थाहा हुने बताइएपछि घर फर्कदै गरेका ९ वर्षेको बाटोमै गोली लागेर मृत्यु भयो।
‘ऊ एलकेजीमा भर्ना भएदेखि लगातार प्रथम हु”दै आएको थियो,’ मृत्युको केहि घन्टापछि सन्तोषको त्यही जिज्ञासा नागरिकले राख्दा गोठाटारस्थित भिमेश्वर एकेडेमीका इञ्चार्ज राजीव सेढाईले भने, ‘यसपटकको परीक्षामा पनि ऊ सर्वोत्कृष्ठ भएको छ।’

गोठाटार-७ स्थित शोकमग्न घरमा बुधबार बेलुकी पुग्दा सन्तोषका बा, आमा र दाइ एकै ठाउँ गुजुल्टिएर रोइरहेका थिए। छेउको कोठामा आफन्त र छिमेकको भीड लागेको थियो। त्यसैको भित्तामा रातो रिबनभरि झुण्डिएका स्वर्ण पदकहरु देखिए।
‘कक्षामा प्रथम भएपिच्छे स्कूलले उसैलाई दिएको हो,’ एकै विद्यालयमा पढ्ने ठूलो बुवाका छोरा प्रदीप कार्कीले भने, ‘केहि चाहिँ अनुशासनको निम्ति पनि पाएको थियो।’
दुई छोराको भविष्य राम्रो हुन्छ भनेरै दोलखा शैलुङेश्वरका शम्भु कार्की पाँच वर्षअघि सपरिवार काठमाडौं बसाई सरेका थिए। साढुदाइ गोविन्दसँग मिलेर महाबौद्धमा खाजा पसल चलाउँदै आएका उनको सपना कान्छो छोराको मृत्युसँगै बिथोलिएको छ।
सार्वजनिक स्थलमा रोडाको थुप्रो लगाएपछि गोठाटार-८ का बासिन्दा र ठेकेदार रत्न लामाबीचको झगडामा ठेकेदार पक्षबाट गोली प्रहारपछि त्यसको सजाय सन्तोषले भोग्नु परेको हो। ‘बिहानै भएको त्यो झगडा प्रहरीको उपस्थितिमा उतिबेलै सहमतिमा टुंगिएको थियो,’ प्रत्यक्षदर्शी टोलबासी गंगाबहादुर थापा भन्छन्, ‘अचानक उनीहरुको समूह पाँचवटा मोटरसाइकलमा आयो र सडकछेवैको पर्खालमा बसेका हामीतिर एक्कासी बन्दुक तेर्स्यायो।’ त्यसलगत्तै गोलीको फोहरा छुटेको बताउने थापाका अनुसार स्कूलबाट फर्कदै गरेको बालकहरूतिर पनि बन्दुक तेर्सियो र लगातार गोली निस्किरह्यो।
‘उफ्रँदै हिँडेका बच्चाहरु मोटर गुड्दै गरेको सडकतिर जालान् भनेर म सम्हाल्दै थिए”,’ सरस्वती पूजाको दिन स्कुलबस नआउने भएपछि बच्चाहरु ल्याउने पुर्‍याउने जिम्मा पाएकी सन्तोषकी सानी आमा शोभा कार्कीले भनिन्, ‘अचानक पटटट पड्केको आबाज आयो र गोली लागेर हातमा झनन्न भएपछि म आफैं बेहोस भए”।’ त्यतिबेला उनले डोर्‍याउँदै गरेका ११ जना बच्चा कता-कता लागे भनेर उनले छुट्याउनै सकिनन्। ‘धमाधम सटरहरु बन्द हुन थालेको र बच्चा-बच्चा भनेर चिच्याएको आबाजको धमिलो सम्झनामात्र छ,’ काठमाडौं मेडिकल कलेजको विछ्यौनाबाट उनले भनिन्, ‘एकजनाले बोकेर छेवैको मेडिकल पसलमा लगेपछि बल्ल मलाई होश खुल्यो।’ गोली लागेर दाहिने हातको हड्डी फुटेको र बुढी औंला काटिएको उनी आफ्नो अवस्थाभन्दा सन्तोषको मृत्युबाट चिन्तित थिइन्। ‘अघिमात्र स्कूलको मिस अस्पताल आएर सन्तोषले बिहान दिएको चकलेट देखाउँदै बिलौना गरिरहेकी थिइन्,’ शोभाले भनिन्, ‘आजै उसको दाइको जन्मदिन भएकाले ठूलो पाकेट चकलेट उसैले स्कूलमा सबैलाई बा”डेको रहेछ।’
लहरै गोली हिर्काएपछि होहल्ला र भागाभाग फैलिएकै बेला मोटरसाइकलमा आएका बन्दुकधारीहरु भने खुँडा र खुकुरी हल्लाउँदै अगाडि बढ्न खोजेको स्थानीय बासिन्दा बताउँछन्। उनीहरुका अनुसार त्यसमध्ये तीन मोटरसाइकलमा सवार तत्कालै भाग्न सफल भए भने दुईवटा मोटरसाइकलमा आएकाहरूलाई स्थानीयबासीले समाते। दुवै मोटरसाइकलमा आगो लगाएपछि टोलबासीले तिनलाई निर्घात कुटपीट गरे।
कुटाइ खाने आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएर कोटेश्वर प्रहरीको भ्यानले काठमाडौं मेडिकल कलेजतर्फ दौडाएको थियो। ‘त्यो भागदौडको बेला कोखमा गोली लागेर सडकमा लडेको बच्चातर्फ हाम्रो ध्यानै गएन,’ कोटेश्वर प्रहरीका इञ्चार्ज सइ छविरमण भट्टराईले भने, ‘अचानक आइपरेको अवस्थामा भीड र हल्लाले जता डोर्‍यायो हामी उतै पुग्यौं।’
गोली लागेर घाइते भएको बालकलाई पहिलो प्राथमिकता नदिएर आक्रमणकारीलाई प्रहरीले अस्पताल पुर्‍याएको आरोप लगाउँदै केही स्थानीयबासीले आक्रोश पोखेका थिए। ‘घाइते यहा” छ भनेर हामीले कराएको करायै गर्‍यौं,’ स्थानीय जीवन थापा भन्छन्, ‘तर प्रहरीले सुन्दै सुनेन।’
भाइको कारमा राखेर काठमाडौं मेडिकल कलेज पुर्‍याउनुअगावै सन्तोषको शरीर लत्रिसकेको प्रत्यक्षदर्शी गंगाबहादुर बताउँछन्। ‘अस्पताल पुग्नेबित्तिकै डाक्टरहरुले पेटमा थिचे र मृत्यु भइसकेको घोषणा गरे,’ उनले भने, ‘त्यसपछिको असह्य बेदनामा म अस्पतालबाहिर निस्केर १०-१५ जना सहित नारा लगाउन थालेँ।’
लजालु स्वभावका सन्तोष पढाइमा बढी ध्यान दिने र कम बोल्ने केटाकेटीको रुपमा टोलबासीले चिन्छन्। ‘आफ्नै सुरमा फर्किरहदा अचानक गोलीको आवाजसँगै ममी कराएको सुनेँ,’ शोभाका छोरा निरजले भने, ‘त्यसपछि मसँगै हिडिरहेको सन्तोष लड्यो।’
निरजका अनुसार त्यसपछि उनीहरु सबैजना नजिकैको सटरतिर भागे। ‘साथमा भएका बहिनीहरु रूवाबासी गर्न थाले,’ उनले भने, ‘सुरुमा त मैले केही गर्न सकिन। एकै छिनमा म पनि रोए”।’
‘ठूलो भएपछि डाक्टर बन्छु भन्थ्यो,’ सँगै हि”ड्दा हि”ड्दै बाटोमा ढलेको साथीका सपना सम्झँदै निरजले भने, ‘त्यसपछि गाउँ (दोलखा) फर्केर अस्पताल खोल्छु भनेर सुनाएको थियो।’
सन्तोषको घरमा जम्मा भएका आफन्त र छिमेकले शिक्षण अस्पतालमा राखिएको शव जिम्मा लिन मानेका छैनन्। ‘यो हत्यामा संलग्न सबैलाई कारबाही गरेको देखाउनै पर्छ,’ उनीहरुले एक स्वरले भने,’त्यति नभएसम्म उसको अन्त्येष्टी गर्दैनौं।’

Advertisements

One thought on “जथाभावी गोलीले बालकको मृत्यु

  1. पिंगब्याक: Tweets that mention जथाभावी गोलीले बालकको मृत्यु « Pramb’s Weblog -- Topsy.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )