‘चेली, ज्वाईँ खोई त ?’

उदाउँदो सुर्योदय


यो लेख गएको शनिवारको नागरिक घुमफिरमा प्रकाशित भएको हो । पत्रिकाकै पृष्ठमा हेर्ने भए यहाँ छ ।
http://www.nagariknews.com/nagarikplus/ghumphir/item/129-cheli-jwain-khoi-ta.html शिर्षकको लागि सम्पादकीय टिमलाई धन्यवाद

दार्जिलिङ यात्रा
एउटा कुनामा उभिएर त्यो …कुल जोडी’लाई खोजिरहेको बेला अर्को एक्लो जर्मन नागरिक मेरो अगाडी उभिएर भिडियो खिच्दै छ।

माथि आकाशको जुनलाई धर्तीको प्रकाशले मधुरो तुल्याउन बाकिँ नै छ। तल, पूर्वी क्षितिजमा देखिने हरिया पहाडको कापबाट सूर्य थुप्रै आशा सहित नयाँ बिहानीको थालनी गर्ने तयारीमा छ। सुन्तला रङ्गको प्रकाश त्यो अनुपम स्वच्छन्दता बोकेको आकाशमा पोखिँदा अहा कति मनोरम भएको छ वातावरण।

दक्षिणमा विश्वको तेस्रो ठूलो हिमशिखर कन्चनजङ्गा विस्तारै आफ्ना उपस्थिति यिनै रङ्गमा बदल्दै छ। हजार भन्दा बढी ब्यग्र मानिस आज त्यही क्षणको प्रतिक्षामा छन्। अर्थात्, टाईगर हिलबाट देखिने सुर्योदय। एकअर्कालाई ठेलमठेल गर्दै सुर्यको पहिलो किरण हेर्न बसेका मानिस के एउटा दिब्य अनुभव प्राप्त गर्न यहाँ उभिएका हैनन्?

विश्वविद्यालयको अन्तिम सेमेस्टरका १२ जनाको टोली एकहप्ते भ्रमणमा निस्किएका हामी। थुपै्र तरिकाले भ्रमण दिगो सम्झनाको बनाउने आशामा छौं। अघिल्लो साँझ नै होटल साहुले सबैलाई विहान ४ बजे दार्जिलिङको रेल वे स्टेशनबाट टाटा सुमो टाईगर हिलका लागि छुट्ने बताएका थिए। कुहिरीमण्डल अध्याँरोमा सुमो आफ्नै रफतारमा गुडिरहेको छ। यति चाँडै तयार भएर ननिस्के सुर्योदय छुटिसक्ने। धेरै जसो त चालककै अल्छीले पनि छुट्ने रहेछ। त्यसैले आफू बसेको होटलबाटै त्यो ब्यवस्था मिलाए पछुताउनु पर्दैन।
१३ किलोमिटर दुरीको घुमाउरो बाटोमा एकघण्टाको गाडी यात्रा पश्चात टाईगर हिल पुग्यौँ। एककिलोमिटर वरै देखि मानिस र सवारीको घुईँचो छ। सुर्योदय हेर्न पर्यटकले १० देखि ४० भारुसम्मको टिकट काट्नुपर्ने रहेछ। अलमल गर्दा सुर्योदय छुट्ला भनेर सुमो चालक रोकायाले हामी गाडीमा सवार ६ जनाको टिकट आफैँ काटिदिए। लौ, माथि पुग्दा पो थाहा भयो पेभिलियनबाट फोटो खिच्न कम्तीमा पनि ३० रुपैँयाको टिकट काट्नुपर्ने रहेछ। साथीहरु सबैलाई एकातिर छोडेर अनुशासन त्याग्दै म मानिसका भिडबाट छिरेर फोटो खिच्न अलि सजिलो ठाउँमा उभिएको छु। सबैका हात–हातमा छन् क्यामरा। काठमाडा्रैमा पुस– माघमा पनि लगाउन नपर्ने खालका भद्दा ज्याकेट र मफलरमा गुटमुटिएर पर्यटक कफीको चुस्की लिँदै छन्। झण्डै पचास जना जति महिलाहरुले त थरमसमा बोकेर चिया र कफी बेच्ने एउटा गतिलो ब्यापारिक दिनचर्या सुरु गर्दा रहेछन्।

आठ हजार चार सय सात फिटको यो उचाईमा उभिँदा लाग्छ म प्रकृतिको यति निकट अहिलेसम्म पुगेको थिइन। …ल ह,ै कन्चनजङ्गाको टुप्पोमा सुनौलो किरण देखियो, अब एकैछिनमा हेर्दाहेर्दै सुर्योदय भइहाल्छ।’ सायद त्यतैका कसैले भनेका थिए, एकैछिन्मा सुर्योदय भयो पनि। कसो कसो ३० रुपैँयाको टिकट नभए पनि ती प्रवेशद्धारमा बसेका दाइले मलाई पेभिलियनमा छिर्न दिए। उनलाई मनमनै धन्यवाद दिएँ। माथि फोटो खिच्न झ्यालको सिसा खोल्दा बिछट्टैको हिमाली हावा चल्दोरहेछ। कहिले यता कहिले उता गर्दै झण्डै आधा जिबि स्पेसको फोटो खिचिसकेँ। … निकै जाडो छ, अब चिया पिउनुस्,’ फोटो खिच्न छोडी हात बानेर बसेको मलाई त्यहीका स्थानीयले बोलाए। पेभिलियन पस्नेलाई विना शुल्क चिया खुवाइँदो रहेछ। हात मिलाउँदै प्लाष्टिकको कपमा चिया थमाए उनले।
…चेली, एक्लै आएको ज्वाईँ खोई त?’ उनको प्रश्नले म अक्क न बक्क पर्छु। अझै, …चेली’ र …ज्वाईँ’ शब्द र तीनको मिश्रित प्रयोगले एककिसिमको साँस्कृतिक झट्का नै लाग्छ। ४० हाराहारी लाग्ने ती मानिसले माया गरेर सोधेको हो कि जिस्काएको बुझ्न नसकेर म …अँ…..एक्लै’ भन्दै त्यहाँबाट बाहिर निस्कन्छु। साथी सबैलाई छोडेर आफ्नै धुनमा फोटो खिच्न निस्किएको मलाई उनीहरु खोज्दै होलान्। तर, यहाँ त एउटा मेला नै लागे जस्तो छ, छोडेर जान मनै मान्दैन। झन्, अघि देखि एउटा जोडी नियालिरहेको छु।

हिमाल, सुर्योदय र आकाश पछि मलाई भिन्न तरिकाले चकित तुल्याउने हर्कत चाहिँ ती विदेशि जोडीले गरेका छन्। लाग्छ, यिनिहरु हनिमुन मनाउन आएका हुन्। चाहने हो भने उनीहरु अरु हजारौंले जस्तै तछाडमछाड गर्दै दृश्यलाई क्यामरामा कैद गर्न सक्छन्। हिमाल र सुर्योदयमा यसरी एकाग्र भएका छन् कि मानौं उनीहरुका चार आँखा र दुई मस्तिष्कका हेराइ र सोचाईमा कुनै भिन्नता छ्रैन। मैले देखे देखि नै उनीहरु एकदमै भिन्न धारमा उपस्थित छन्। केटो केटीको कुममा चिउँडो अडाएर पछाडी उभिएको छ। उनीहरुको उचाई लगभग उस्तै छ। दार्जलिङमै किनेको जस्तो लाग्ने लामो पच्छयौराले आफ्नो ढाडदेखि केटीको घुँडासम्म ढपक्कै ढाकेको छ केटोले। केटीका हातले सलभित्रै गुटमुटिएको केटाको हात बलियो पारामा सम्हालेकि छ। एकअर्काको यति समीपमा रहेर उनीहरु पारीको हिमाल एकटक हेरीरहेका छन्। वरिपरिको भीडलाई पूरै बेवास्ता गर्दै उनीहरु सायद सुन्दर भविष्यको कल्पना गर्दै होलान्।
मैले देखेका यी हिमाल, पहाड, सुर्योदय र निश्चल आकाश उनीहरुको पवित्र प्रेमको साक्षी बनेका छन्। मैले निष्कर्ष लिएँ, यात्रा भरीको सबैभन्दा …कुल जोडी’ यही हो। र, तत्काल निधो गरेँ एकअर्कामा हराएका उनीहरुकै कथा लेख्छु म। तर, यो अवस्थामा रमाएका उनीहरुको निजि समय बिथोल्न मन लाग्दैन। अनुमति बिना नै उनीहरुको फोटो खिचिहाल्न पनि मन मान्दैन। साँच्चै जोडी हुने यहाँ एक्लै आए पछुतो मात्रै लाग्छ।

उता, थुप्रै समय गाडीमा कुर्दा पनि नआए पछि साथीहरु मलाई खोज्न थालेछन्। आज त दिनभर घुम्नु छ। त्यो जोडी पनि म जस्तै पर्यटक, कसो नभेटिएला भन्ने आशाले म साथीहरुसंग लागे।

प्राय सबै पर्यटक टाईगर हिलमा सुर्योदय पछि बतासे डाँडाबाट आँखै अगाडी देखिने कन्चनजङ्गा हेर्न आइपुग्दा रहेछन्। बतासे डाँडाबाट बिहानीको अर्को प्रहर देख्न पाईन्छ जहाँ हिमालले एउटा चम्किलो स्वरुप लिइसकेको हुन्छ। रङ्गीबिरङ्गी फुलका पत्ताले रातभरी साँचेका शीतका थोपा सुर्यका किरणले सोस्न भ्याइसकेको हुँदैन। यो विहानीमा …पहाडकी रानी’ दार्जिलिङ्ग बजारको सौन्दर्य पूर्वपट्टि बतासेबाट अझै निख्खर देखिन्छ। यहीँ उभिँदा, म नेपालका थुप्रै यस्तै पहाडहरुमा मानिसको सुविधासम्पन्न बस्ती र समथर काठमाडौंमा हराभरा तरकारी खेतीको कल्पना गर्छु। अघिल्लो गन्तब्य सिक्किमको ग्याङटोक जुनेलीरातमा पुग्दा पनि मैले नेपालका पश्चिमी पहाड त्यस्तै झिलिमिली भएको कल्पना गरेको थिएँ। यस्तै कल्पनामा मैले त्यो …कुल जोडी’लाई फेरी चिया पिएर तल सडकमा उभिरहेको देखेँ। अब त मौका मिल्लाकी उनीहरुको प्रेम कथा सुन्ने भनेको, लौ उनीहरु त गाडीमा पसिहाले।

हामी पनि त्यहाँबाट बे्रकफास्टका लागि हिँड्यौँ। दार्जिलिङका सडक गोर्खाल्याण्डको आन्दोलनले काठमाडौं जतिकै फोहोर लाग्छन्। ग्याङटोकका सफा र ब्यवस्थित सहर देखेर आएकाले होला दार्जिलिङ केही फोहोर र अब्यवस्थित छ। गोर्खाल्याण्डको आन्दोलनले यहाँ मानिसले बिजुलीको शुल्क, कर सबै तिर्न छोडेका रहेछन्। सडकबाट फोहोर दैनिक उठ्दैनन्। त्यसैले पनि यहाँका सडक हिँड्दा कालीमाटि वरिपरि हिँडेभन्दा फरक लाग्दैन। जाडोका लुगा, चिया, अचार, छुर्पि किन्ने मानिस तल रेलवे स्टेसन देखि माथि आधा घण्टा पैदल लाग्ने चौरास्ता बजार सम्मै बग्रेल्ती देखिन्छन्। कुनै काठमाडौंकै गल्ली घुमे भन्दा फरक लाग्दैन। विशेषत सबै नेपाली भाषी, अलिकति लवज फरक। सामानमा बार्गेनि्रङ्ग गर्ने चलन पनि ब्यापक नै हुँदोरहेछ। ७ सय ५० पर्ने सामानलाई पहिला १०० रुपैयाँ दाम गर्नुस्। त्यसपछि ब्यापारी भाउ घट्दै आउँछ र तपाईँले बढी तिरे १५० भन्दा माथि नगएकै राम्रो। यतिमा त ब्यापारी रमाई रमाई सामान बेच्छन्।

भाषा, संस्कृति, संगित, खान्की सबैले नै दार्जिलिङमा नेपालीपन देख्न पाईँन्छ। आफ्नो राष्ट्रिय पोशाकका रुपमा केटाहरुले दौरा सुरुवाल र कालो गोर्खाली टोपी अनि केटीहरुले ढाकाको चोलो फरिया लगाउने गर्दारहेछन्। कलेज जाने विद्यार्थी पनि यही पोशाकमा देख्दा हामीलाई रहर लाग्यो।

१४०० फिटदेखि ७४०७ फिटसम्म पुग्ने यहाँको टोय टे्रन पर्यटका लागि प्रख्यात छ। नयाँ जलपाइगुरी देखि दार्जिलिङसम्म चल्ने टोय ट्रेन तुलनात्मक रुपमा अन्य सवारी भन्दा ढिलो हुन्छ। सडककै छेउछाउ दायाँ बायाँ ट्रेनका सबैभन्दा सानो दुइफिटको लिगमा गुड्ने। पहाडै पहाड हिमाल र पहाडको दृश्यावलोकन गर्न पाइने कारणले यसको मज्जा पर्यटक मन पराउँछन्।

बजारको पश्चिमपट्टि हिमालयन माउन्टनेरिङ्ग इन्स्टीच्यूट र पदमाजा नइदु जुलोजिकल पार्क छ। जहाँ मानिसहरुले हिमाली क्षेत्रका विभिन्न जनावर र चरा देख्न पाउँछन्। विश्वमै दुर्लभ मानिएको हाब्रे पनि यहाँ छ।

दार्जिलिङको अर्को आकर्षण रक गार्डेन जाँदैछौं, हामी। बजारबाट १२ किलोमिटर दुरीमा रहेको यहाँ पुग्ने घुम्ती ओरालो निकै मोहक छ। साघुँरो बाटोका दायाँबायाँ पुरै तलसम्मै आँखाले भ्याएसम्म चिया बगान देखिन्छ। कुर्ता लगाएर सल फहराउँदै बगानै बगान नाँचु जस्तो।
नामै अनुसार पुरै चट्टानमा बनेको छ रक गार्डेन। पुरै घुम्न १५ मिनेट जति लाग्ने यहाँ थरी थरीका फुलको बगैँचा छ जसलाई हेर्न घुमाउरो पहाड सयर गरे जस्तो लाग्छ। विभिन्न परम्परागत पहिरनमा सजिएर फोटो खिचाउने मौका गुमाएनौं हामीलेे। रक गार्डेनमा एकघण्टा बिताएर साँझ चौरास्ता घुम्ने योजनामा छौं।

साँझमा चौरास्ता बजारको घुमफिर निकै रमाइलो हुन्छ। स्थानीय देखि पर्यटकसम्म ६ बजे देखि बेलुकि ९ बजेसम्म बजारमै टहलिरहेका हुन्छन्। संगै आएका संगिनीहरु साँझ नपर्दै होटल फर्कने योजनामा थिए म चाहिँ यही टहलाईमा बिहानका ती कुल जोडी भेटिने आशामा थिएँ। साथी संग छुटिएर म यहाँको वातावरणमा अभ्यस्त हुँदै छु। डाँडाको टुप्पोमा फराकिलो मैदानबाट पारी कञ्चनजङ्गा अस्ताउँदो देखिन्छ। माथि चन्द्रमा फेरी आफ्नो उपस्थिति गाढा बनाउँदै छ।
दशैँदेखि तिहारसम्म भानुचोकमा यहाँका स्थानीय संगीतप्रेमी युवाले सांगितिक कन्सर्ट नै गर्दा रहेछन्। गोर्खाल्याण्डको लागि लडिरहेका उनीहरुले यसलाई …सांगितिक आन्दोलन’को सज्ञा दिएका छन्। आज कलकत्तादेखि आएका कवालीहरुको कन्सर्ट रहेछ। हिन्दु र मुसलमानको जमघट पहिलोपटक साँगितिक कन्सर्टमा भएको आजै रहेछ। कवालीहरु गाउँदैछन् तालमा ताल मिलाउँदै दर्शक साथ दिइरहेकाछन्।

हिन्दु, मुसलमान एकी थालमे खाएङ्गे
के हिन्दु, मुलसमान, सिख, साई अर सबने पुकारा हे
ए गोर्खाराज्य हमारा हे
मरजायङ्गे, मिटजायङ्गे हाम गोर्खाराज्य बनायङ्गे

साना बालबालिका बेलुन उडाउनमै मस्त छन्, अलि पाका उमेरका मानिस लामबद्ध मिलाइएका मेचमा बसेर अगाडीको धुन सुन्दैछन्। ७ बज्दा झण्डै हजार मानिसको जमात बनिसकेको छ। भानुभक्त नेपाली भाषालाई उँचो बनाएर उभिएका छन्। …वी वान्ट गोर्खाल्याण्ड’ लेखिएको डायस अगाडी अक्सफर्ड पुस्तकालयमा पुस्तक छान्ने आगन्तुक पनि उस्तै छन्। रेस्टुरेन्टका बाहिरि छहरामा बसेका विदेशि कुनै छेकबार बिनानै संगितमा रमिरहेका छन्। एउटा कुनामा उभिएर त्यो …कुल जोडी’लाई खोजिरहेको बेला अर्को एक्लो जर्मन नागरिक मेरो अगाडी उभिएर भिडियो खिच्दै छ। रेकर्डिङ्ग मोडमा क्यामरालाई पर्खालमा अड्याएर गीतको रचना नबुझे पनि उ मस्त कम्मर हल्लाउँदै नाचिँरहेको छ। साथी दिपक र अभिमन्यूले मैले कुरा सुरु गर्नु अगावै उसंग घुमाईका ’bout गफिन थाले। बिहान टाइगर हिलको सुर्योदय सम्झाउँदै …एक्लै यस्तो ठाउँमा आउँदा बोर भएन?’ भन्ने प्रश्नमा उसले जवाफ दियो, …म कहाँ एक्लो छु,’ हामी तीन साथीलाई देखाउँदै उसले भन्यो, …तिमीहरु सबै मेरा साथी।’ तर, गर्लफ्रेन्डसंग आउनुपर्ने नि यो ठाउँ भन्ने मेरो आशय बुझेपछि उसले भन्यो, …त्यसरी आएको भए मान्छे कसो कसो बाधिँन्छ। तिमीहरु जस्तो मान्छे संग बोल्ने माहोल नै मिल्दैन।’ साँच्चै मैले खोजिरहेको त्यो जोडी पनि आखिर धेरै अर्थमा एक्ला नभएकाले नै मैले उनीहरुसंग कुरा गर्ने वातावरण मिलाउन नसकेको हुँ। विहानीको सुर्योदय सम्झँदै जर्मन नागरिक गुनार फकंले भन्यो,…मलाई त्यहाँ पुग्दा संसारैकै उच्च ठाउँमा उभिएको छु जस्तो लाग्यो, जाडो निस्पि्कक्रि थियो तर मलाई भएकै न्यानो लुगा पनि लगाउन मन लागेन। हातका राै ठाडा भएका थिए, आँखाबाट तररर आँशु झर्‍यो, एउटा आनन्दको आँशु जसले मलाई वर्षैंसम्मका लागि स्फूर्ति दिएको छ।’ तर, त्यस्तो रोमाञ्चक ठाउँमा बिहानको कुल जोडी सम्झँदा फंकको एक्लै रमाउन सकिन्छ भन्ने विचारले आश्वस्त पार्न सक्दैन।
binnidahal@yahoo.com

Advertisements

2 thoughts on “‘चेली, ज्वाईँ खोई त ?’

  1. दार्जिलिङ को यात्रा वर्णन पढि सकेपछि त मलाई पनि जाउँ जाउँ लागेर आयो । यहाँ पनि त्यो सूर्योदय को फोटो राखेको भए राम्रो हुनेथियो नि अझै ।
    अनि ज्वाई खोई त भनेर सोद्धा तपाईले दिनुभा’को जवाफ पढेर पनि मज्जा ले हाँसे है म त ! हा हा हा
    अँ, भनेपछि दार्जिलिङ घुम्न जाँदा अझ भनौँ माथि टाइगर हिल चाँहि जोडि भएरै जानुपर्ने रै’छ । 😛
    जेहोस्, यति मिठो र रमाइलो यात्र वर्णन को लागि धन्यवाद !
    🙂

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )