न्याय खोज्दै हिंसापीडित महिला

हिंसा पीडित महिलाका ’boutमा अरू शिक्षित र माथिल्लो ओहोदामा रहेका महिला वा पुरुषले उठाएको आवाज मात्रै सुनिन्छ। उनीहरूकै स्वर सञ्चार माध्यममा बिरलै आउने गर्छ। यहीकारण गत महिना म स्वयं हिंसा पीडित महिलाको आवाज सुन्न काठमाडौँका केही उद्धार केन्द्रमा गएको थिएँ। सबै हिंसापीडितको रुवाइ उतिनै मार्मिक थियो। महिलाहरु धेरैजसो आफू माथिको हिंसाविरुद्ध कानुनी प्रक्रियामा गएकै छैनन् र गएकै भए पनि उनीहरूका मुद्दालाई लामो अदालती प्रक्रियामा अल्झाउने परिपाटी बसेको छ। हस्पिटलबाट डिर्स्चाज गरेपछि उनलाई पतिले नौलो ठाँउमा पुर्‍याए। चरम शारीरिक पीडा हुदाँ पनि पतिले इच्छा विपरीत जबर्जस्ती यौन सम्पर्क गरे। त्यसको केही दिनमै छोरासहित पति बेपत्ता भएपछि उनी नौलो ठाँउमा एक्ली भइन्। अशक्ततामा उनलाई घरट्टीले साथ दिइछन्। त्यसको चार महिनापछि उनी गर्भवती भएको थाहा पाइन्। गर्भपातका लागि ढिला भैसकेको थाहा पाएपछि स्थानीय आमा समूहले उनलाई सहयोग गरे। जेठ ७ गते छोरी जन्मिएपछि त्यहीँबाट उनले छोरी कसैलाई धर्मसन्तान बनाउन दिइन्। २०६३ साल फाल्गुण १५ गतेदेखि छोराहरूको अत्तोपत्तो छैन। सुनिता ताम्राकार(नाम परिवर्तन), २१, जो अहिले आफ्नो अढाई वर्षीय छोराको साथमा उद्धार केन्द्रमा बसेर पतिसँग पारपाचुके गर्ने प्रयासमा छिन्। उनको यो प्रक्रिया निकै लामो गराइएको छ। प्रेम विवाह गरी भित्र्याएको ६/७ महिना नपुग्दै पति र परिवारले उनलाई घरेलु हिंसामा पारे। सासु ससुराले दाइजो नल्याई भागेर आएको भन्दै पटक पटक झुन्ड्याएर र मट्टितेल खन्याएर मार्न खोजे रे। घरको पीडा असह्य भए पछि उनले माइती गुहारिन्। उनको यस कदमबाट आक्रोशित परिवारले त्यही समय छोरोलाई उनीबाट खोसेर लगे। त्यति मात्रै नभई प्रहरीमा निवेदन गरे सडकमै नाङ्गिझार बनाएर बेइज्जत गरिदिने धम्की उनले आफ्नै देवरबाट पटकपटक पाइन्। लागूपदार्थको कुलती पतिबाट कतै आफू एचआईभी सङ्क्रमित छु कि भन्ने शंकामा उनले रगत परीक्षण गरिन्। सङ्क्रमण नभएको थाहा पाएपछि बाँकि जीन्दगी आफूखुसी जीउने प्रण गरिन्। साथै पारपाचुके गरेपछि धनाढ्य पतिबाट पाइने अंश पनि नलिई आफैँ छोरोको पालनपोषण गर्ने सङ्कल्प लिएर बसेकी छिन्। त्यस्तै, आफ्नै पतिबाट हिंसा भोगेकी् पाएकी भोजपुर तिम्बा गाविसकी सुजाता राई, ३९, को कथा कम पीडादायी छैन। पतिले रक्सीले मातेर विवाह भएको २२ दिनदेखि नै पिट्ने गर्थे। उनले घर नहेरेका कारण छोराहरूको पढाइ खर्च जुटाउन अन्न कुट्ने मिलमा काम गर्दै आएकी आइन्। यस्तैमा एकदिन उनलाई चरम यातना दिएर पतिले टाउकोमा घनले हान्दा उनी बेहोस भइन्। पतिले मरेको ठानेर घरको कान्ला मुनि फालेर प्रहरीले समात्ने डरले भाग्न खोजे। छिमेकीले भाग्नुको साटो एकपटक अस्पताल लैजान सुझाएछन्। सत्र दिनसम्म त्यसरी अस्पतालमा बसेपछि उनी होसमा आइछन्। तर उनको बोली लरबराउँदो मात्रै आयो। शरीरको दाहिने पाटो चल्न सकेन। हस्पिटलबाट डिर्स्चाज गरेपछि उनलाई पतिले नौलो ठाँउमा पुर्‍याए। चरम शारीरिक पीडा हुदाँ पनि पतिले इच्छा विपरीत जबर्जस्ती यौन सम्पर्क गरे। त्यसको केही दिनमै छोरासहित पति बेपत्ता भएपछि उनी नौलो ठाँउमा एक्ली भइन्। अशक्ततामा उनलाई घरट्टीले साथ दिइछन्। त्यसको चार महिनापछि उनी गर्भवती भएको थाहा पाइन्। गर्भपातका लागि ढिला भैसकेको थाहा पाएपछि स्थानीय आमा समूहले उनलाई सहयोग गरे। जेठ ७ गते छोरी जन्मिएपछि त्यहीँबाट उनले छोरी कसैलाई धर्मसन्तान बनाउन दिइन्। २०६३ साल फाल्गुण १५ गतेदेखि छोराहरूको अत्तोपत्तो छैन। स्थानीय आमा समूह र प्रहरीको मद्दतबाट उनी काठमाडौको सुधार केन्द्रमा आइपुगिन्। माइती र आफ्ना भन्नुको सहयोग विवाह भएदेखि नै थिएन। शिक्षित र जान्ने बुझ्ने भएको भए समय हुदैँ पतिलाई पारपाचुके दिन्थें भन्ने उनलाई लाग्छ। सुधार केन्द्रबाट कहाँ जाने? उनको आफ्नो भन्नु कोही छैन। उनको पतिलाई सजाय त परै जाओस् खोजीसम्म हुन सकेको छैन। न्याय नपाएका हिंसापीडित महिला समाजमा थुप्रै छन्। भौगोलिक, सांस्कृतिक, सामाजिक र शैक्षिक सबै कारणबाट थुप्रै महिला आफूमाथि भएको हिंसाविरुद्ध लड्न सकिरहेका छैनन्। हरेक वर्ष महिलामाथि हुने हिंसा विरुद्ध सोह्र दिने अर्न्तराष्ट्रिय अभियान चलाइन्छ। तर त्यो अभियानका ’boutमा स्वयं हिंसा पीडित सुनिता र सुजाता जस्ता महिलालाई नै थाहा हुदैँन। नेपालको अन्तरिम संविधान, अन्तर्राष्ट्रिय सन्धि सम्झौता सबैले महिला अधिकारलाई विशेषरूपमा स्वीकार गरेर हिंसाविरुद्ध लड्ने प्रतिबद्धता जाहेर गरेको छ। तर, महिलामाथि हुने हिंसा कम हुनुको सट्टा दिनानुदिन बढ्दै गएको छ। हरेक वर्ष महिलामाथि हुने हिंसा विरुद्ध सोह्र दिने अर्न्तराष्ट्रिय अभियान चलाइन्छ। तर अभियानका ’boutमा हिंसा पीडित सुनिता र सुजाता जस्ता महिलालाई नै थाहा हुदैँन। केही दिन पहिले प्रधानमन्त्रीले राष्ट्रको नाममा गरेको सम्बोधनमा विशेष प्राथमिकताका साथ ´घरेलु हिंसा निषेध गर्दै जाने उद्देश्यले हरेक गाविसमा एक महिनाभित्र घरेलु हिंसा उजुरी केन्द्र स्थापना गरिने´ भनी घोषणा गरेका छन्। उनको यो घोषणा निश्चय नै स्वागत योग्य र प्रशंसनीय थियो। तर, अहिलेसम्म पनि केही कार्य सुरु हुनसकेको छैन। संविधान सभामा महिला हिंसासम्बन्धी प्रस्तावलाई घरेलु हिंसासम्बन्धी विधेयकको रूपमा मात्र सीमित गरी दर्ता गरिएको छ। यसले समग्रमा महिला हिंसालाई समेट्न नसक्ने यस क्षेत्रमा कार्यरत अगुवा महिलाले टिप्पणी गर्दै आएका छन्। बिस्तारैसबै समुदायका महिला जागरुक हुदैँ कुनै न कुनै रूपमा आफ्ना हक अधिकार स्थापित गर्न आवाज उठाइरहेका छन्। तर, गहिराइमा भने पुग्न अझै धेरै चुनौती बाकिँ छ। महिलाले विश्वास र पहुँच बढाउन मनोसामाजिक विमर्श र कानुनी सहायताको व्यवस्था निश्चित गर्नुपर्छ। binnidahal@yahoo.com काठमाडौँ विश्वविद्यालय

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )