असल मान्छेका असल कुरा

आज महिनौं पछि म विहान चाँडै उठ्न सकेको छु । विहानको ४ बजे । मोबाईलमा अलार्म बज्ने वित्तिकै ब्यूजियँ र हिजोका कतिपय कुराकानी घटनाले मन हलुका हुँदा आँखा लाग्न सकेन । फलस्वरुपमा यो पोष्ट लेख्दै छु । खुला मनस्थिति लिएर चार घन्टा सुते पनि पुग्दो रहेछ । हिजै राति पनि म स्टार मुभिज हेरेर एक बजे सुतेको । अफिसबाट फर्किँदा कहिलेकाहीँ मन चङ्गा हुन्छ । हिजो त्यस्तै भयो । खास कुनै विशेष घटना भएर होईन न नै कुनै प्रशंसायोग्य काम गरेर हो ।

वास्तबमा राम्रा मान्छेको राम्रो कुरा सुनेर हो । यहाँ सच्याउँ असल मान्छेको असल कुराले हो । बाहिरी आवरणमा राम्रा र एकछिनको लागि ठिक्क बनाउने त को हुँदैन र अस्तीको दिन एउटा पनि बाईलाईन लेख्न नसक्दा म निकै उदास भएर फर्किएँ । हिजो खास ठूलो अपेक्षा पनि थिएन । अस्तीको जस्तो फुर्तिको साथ नसहि तर म हिजो पनि नुहाईधुवाई गरेर हल्का कम फुर्तिको साथ घरबाट निस्किँए । एउटा भए पनि बाईलाईन लेख्छु भन्ने ध्ययेले । त्यही समाचार खोज्ने सिलसिलामा म पुगेँ लैनचौर स्थित रामलक्ष्मण दुइ पौरखी दाजुभाईको टेक्नोलोजि शेल्समा । एउटा समाचार त बन्यो । ३ः१० तिरै हो गिरिश दाईले अर्को समाचारको लागि िसंहदरबार पठाउनुभएको । म अघिल्लो समाचारका लागि थप्नुपर्ने नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र थिकेको कोट पछि आएर थप्ने निर्णयले त्यो समाचार सेभ गरेर गएँ । त्रिपुरेश्वर आईपुग्दा नै ३ः३० भएछ । ओहो मलाई िसंहदरबारको दक्षिणगेटमा हुनुपर्ने यति बेला । सूचना विभागको प्रेस पास छैन समयमा नपुगे सुरक्षा गार्डले भित्र छिर्न दिँदैन । अनि समाचार नै नलिई कुन मुखले अफिस फर्कनु ।

अब भएन भनेर भक्तपुरको बस चढेँ । बबरमहलको नागरिक उड्डयन अगाडी झरेर सरासर पुग्दा केही दिग्गज लागने ब्यक्ति थिए । तर मैले कसैलाई चिनेको रहेनछु । सबै नयाँ अनुहार । भैरब रिसाल आउने आसले म गएको थिएँ । मलाई प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भन्ने सम्म थाहा थियो । विषय के हो पत्तै थिएन । अब कसलाई सोधुँ । कपाल फुलेकालाई सोध्दा खिल्ली उडाउलान् । पछाडी गह्रौं क्यामेराको ब्याग जस्तो बोक्ने मान्छेलाई सोध्ने निर्णय गरेँ । किनकी उनको आबरण हेरेर म बिस्वस्त भएँ पक्का पत्रकार हुन् भन्नेमा । केही अपबाद बाहेक पुरुष पत्रकारले जहिले पनि म जस्ता कलिला पत्रकारिताका विद्यार्थीलाई सहयोग गर्छन् । उनलाई देख्दा मलाई त्यसतै लाग्यो ।

ती बुढा दिग्गजहरुको हुलबाट उनी बाहिरिएर अर्का उनकै उमेरका मानिस जो हातमा ज्ञापन पत्र लिएर बसेका थिए संग नजिक गए । अब हामी तीन नजिक थियौँ । म संग आफ्नो परिचय मागे । बदलामा मैले पनि त्यहीँ गरे । एकजना थिए एनजिओ फेडेरेशनका प्रमुख अर्जुन ढकाल । अर्काको र कहाँका पत्रकार हुन् म सुन्न चाहन्थेँ । उनले अकमकाएर नाम भन्दैमा मैले थाहा पाएँ बिबिसि नेपाली सेवाका जितेन्द्र राउत । कस्तो ह्याण्डसम र असल स्वभावको लाग्ने । हरेक रात मैले रेडियो सगरमाथामा सुन्दाको स्वर भन्दा विशेष ।

मैले आफू अफिसबाट कुन परिवेशमा आएको र कार्यक्रमको विषय संग अनभिज्ञ रहेको बताएँ । सुन्दा अचम्म लाग्छ तर म जस्तै सवारी साधनबीहिन रहेछन् उनी । मैले सोचेको थिए आफ्नै गाडी होला । गाडी हुने आ-आफ्नैमा गए । म ती नौ वर्ष बिबिसिमा अनुभव भएका पत्रकार संग हिँड्न चाहन्थे । भयो पनि त्यही उनी आफैँले भने हिँड्दै जाउँ । कति सहयोगी कार्यक्रम के र यो कस्तो साजाल हो उनले सबै बताए । आफूलाई सजिलो अनुभव भए पछि भैरब रिसाल संग पहिला केहीपटक कुरा गरे पनि उनले आफूलाई योपटक नचिनेको बताएँ । सायद दैनिक म जस्ता नवप्रवेशीलाई भेट्ने मान्छेले चिन्न पनि गाह्रो हुन्छ । तब ती पत्रकारले आफैँ चिनाईदिने र मलाई समाचारमा कोट गर्न सजिलो हुने बताए । भयो पनि त्यही । मैले प्रश्न गर्दा पो भैरब रिसालले पहिला भेटेको कुरा गरे त । उमेर ढल्कँदै गएपछि आक्कल झुक्कल देख्ने मान्छेलाई ठम्याउन गाह्रो हुँदोरहेछ ।

जितेन्द्र राउत संग पत्रकारिताको कुरा गर्दै जाँदा मलाई त्यो दक्षिण गेट देखि पं्रधानमन्त्रीको सभाकक्ष सम्म पुगेको पत्तै भएन । बाहिरै गार्डको ठूलो जमात थियो । माधब कुमार नेपाललाई केही महिना अघि माओवादीको सरकार हुँदा आफ्नै घर अगाडी ब्रतबन्धको पार्टीमा देखेको थिएँ । मैले खाइसक्दा उनी आइपुगेका थिए । उनी संग फोटो खिचाउनेको ताँती लाग्दा दाई र म त्यहाँबाट सुटुक्क निस्किएका थियौँ । त्यसको एक महिनामै उनी प्रधानमन्त्री भए । आज तिनै प्रधानमन्त्रीको वातानुकुलित सभाकक्षमा म पुगेको थिएँ कार्यक्रमको समाचार लेख्ने मेसोमा । िसंहदरबार भित्रकै अन्य मन्त्रालयमा म थुप्रैपटक पुगेको छु । तर यो मेरो पहिलो अनुभव थियो कोही प्रधानमन्त्रीको सभाकक्षमा पुग्ने । जाने प्यासेजमा रातो कारपेट बिच्छाईएको थियो । भन्नैपर्दैन बाहिरको चर्को घाममा हिँड्दै गएको मलाई एसीको शितलतामा राष्ट्रिय पोसाकमा सजिएका मानिसले भित्र छिर्न आग्रह गर्दा आफूलाई विशेष सम्झँदै थिएँ । हलभित्रको गोलमेचमा सबै पुरुष थिए । मात्रै दुईजना महिला । एक महिला अधिकारकर्मी रेणुराज भण्डारी र त्यो बरिष्ठ ब्यक्तिहरुको जमातमा एकजना मट्याङ्रो म आफैँ । त्यहाँ उपस्थित सबैलाई म चिन्थेँ तर मलाई कसैले चिन्दैन थियो । राजेन्द्र खेतान मैले एकैपटक केयूको दिक्षान्त समारोहमा भेटेको मान्छे त्यो पनि आएका ब्यक्तिको रजिष्टर गराउने बेला । खै मैले उनको अनुहारमा पुलुक्क हेर्दा उनले त परिचित हाँसो पो फर्काए । सोचेँ पक्कै कतै देखेको जस्तो लागेर होला ।

अब कार्यक्रम सुरु हुनै लागेको थियो । माधव कुमार नेपाल उहीँ सदाबहार मुस्कानका साथ गार्ड दाँयाबाँया लाएर आफ्नो सिटमा बसे । अर्जुन ढकालले सबैलाई स्वागत गरेर आफ्नो साजालको ’bout बताए । त्यसपछि ज्ञापनपत्र पढेर सुनाउने पालो भैरव रिसालको । पं्रतिकृयामा उही आफ्नो समर्थन रहेको सदाबहार उत्तर फर्कियो पं्रधानमन्त्रीबाट । विषय चाहिँ उच्च शिक्षामा पार्टीगत हस्तक्षेप हुन नहुने भन्ने थियो ।

मलाई कार्यक्रमको अन्त्यमा नेपालको कुरो रमाईलो लाग्यो । उनले भनेका थिएुहाम्रो माग सुनुवाई नभए आन्दोलनमा उत्रन्छौँ चाहि लेख्नु भएको रहेनछ ।ु आजकाल जसले पनि यस्तो गर्ने कुरा उल्लेख गर्दै उनले ठट्टा गरे नत्र म पनि सबै मन्त्री बटुलेर आन्दोलन गरुँ की भन्ने सोचेको । यति भनेर उनी आफ्नो बाटो लागे ।

हलबाट निस्कदाँ कार्यक्रमकी अर्की महिला रेणुराज भण्डारीले कति न चिनेको जस्तो ुअहिले तपाईँ पनि नागरिकमाु भनिन् । एकताका उनलाई भेट्ने खुब प्रयास गरेको थिएँ । नेपालको शान्ति प्रकृयामा सहयोग गर्ने ८ जना महिलाको खोजीमा मैले उनलाई पनि रोजेको थिएँ । तर मेरो त्यत्रो प्रयासमा पनि उनलाई भेट्न सकेको होइन । कान्तिपुरमा छापिएका मेरा केही लेख उनलाई याद रहेछ । अरु थुप्रैलाई जस्तै उनलाई पनि मैले पहिला कान्तिपुरमा संवाददाताको रुपमा काम गरेको भन्ने भ्रम रहेछ । कास मैले काम गरेको थिएँ भने अहिले मेरो भाषामा थोरै भएपनि सुधार आइसक्थ्यो सम्भवत ।

यस्तैमा सामुहिक तस्वीर खिचेर हामी आ-आफ्नो बाटो लाग्यौं । फकिँदा पनि म जितेन्द्र राउत संगै थिएँ । त्यही पत्रकारिताकै कुरा भए । मलाई यस्ता कुरा सुन्ने रहर कहिल्यै मर्दैन । फर्किँदा उनी संग सवारीसाधन भए नभएको जान्ने कौतुहलता थियो । कारण उनी लण्डन बेस्ड भएर काम गर्दा रहेछन् र यहाँ हुँदा धुलोको एलर्जीको कारणले मोटरसाईकल नचढ्ने रहेछन् । यस्तै कुरामा दक्षिण गेट आइपुग्यो । हामी छुटियौँ । मलाई त्यही समय लागेको थियो आज केही उपलब्धीपूर्ण भयो ।

अब समाचारको स्टोरी लाईन सोच्दै हिँडे म अफिस सम्म । त्यहाँ पुगेर सोसाईटि÷सिटि सेक्सन प्याक रहेछ । म फिल्म सेक्सनमा गएँ । कम्प्यूटर खाली देखेर । चारबजेसम्म अफसमा चहलपहल नै हुँदैन त्यसपछि मान्छेलाई मान्छेसंग बोल्ने फुस्रद नै कहाँ हुनु । तर फिल्म सेक्सनमा गएपछि यज्ञश जी संग फिल्मी गफ । कस्तो रमाईलो । गायिका तथा नायिका नोरा जोन्स भारतिय रबी शंकरको छोरी भएको हिजै थाहा पाएँ मैले । नोरा जोन्स स्वयंले चाहिँ आफ्नो बाबु रबी शंकर हो भनेर १९ वर्षमा थाहा पाउँदा मुद्दा नै हालेकी थिईन् रे । यज्ञश दाई चुरोट तान्दै बाहिर निस्केपछि म समाचार लेख्न थालेँ । लेखिसक्दा पौने सात भइसक्यो । गोठाटारको बस पनि शहिदगेटबाट छुटिसक्यो । अब आठबजेको मङ्गले दाइको बस जिन्दाबाद । बस चालक मङ्गले दाई सम्झँदा सधै एककिसिमको आदरभाव जाग्छ मनमा ।

गिरिश दाईलाई समाचार देखाई हालुँ भने पनि ऋचा जीको समाचारमा ब्यस्त हुनुहुन्छ । कुर्नैपर् यो । बसको चिन्ता मनमा ब्यग्र छ । यही हुँदा टेलिकमका सुरेन्द्र थिकेलाई फोन गरिहालेँ । गाडीमा भएका उनी डिस्टर्बमा थिए तैपनि आफूलाई चाहिएको कोट गरेँ ।

यस्तैमा म कहिले यता कहिले उता गर्दै हिँडिरहेको छु । रघु दाई नजिकै आएर भन्नुभयो ुतपाईँ केमा फर्कने घर ु बसमा । उहाँले भन्नुभयोुमैले भने दाई लेखिसकेँ देखाउन मात्रै बाकिँ छ । हुन्छ म कुर्छु संगै घर फर्किउला । रघु दाई मुलपानी म गोठाटार सधै मेरै घर अगाडीबाट जाने मान्छे । आज दाईको त्यति बचनले मन कस्तो हलुङ्गो भयो । समाचार देखाएर विदावारी भएर हामी निस्कियौँ । साँढे सातको समय गाडी सडकमा असरल्लै थिए । हामी पत्रकारिता र विशेष आफ्नै कामगर्ने थलोको विविध कुरा गर्दै फर्कियौं । निकै गहकिला कुरा थाहा पाएँ । आफू यो क्षेत्रमा कति तल छु र कति सुधार गर्न बाकिँ छ ठ्याक्कै थाहा नपाए पनि निकै पछि छु भन्ने थाहा पाएँ । उहाँले मेरो मनोबल बढाउने काम गर्नुभयो । यस्ता आर्शिबचनले म कहिल्यै अघाउँदिन । छुटिनेबेला भन्नुभयो ुढिला भएको दिन मलाई खबर गर्दा हुन्छ संगै आउँदा घर आईपुगेको पनि पत्तो हुँदैन साथी पनि हुन्छ ।ु यति भन्दा मलाई लाग्यो मेरै जिब्रोको कुरा उहाले चोर्नुभयो । यस्तैमा घर आएँ । मन खुसि थियो । खाना खाईवरी एकछिन टिभी हेरेर अनलाईन बसे । बेलुकी अनलाईन बस्नैपर्ने आदत बसेको छ । च्याटमा खासै नौला कोही छैनन् । त्यतिकैमा बेसारे रङ्गमा कसैले ुहाईु भन्यो । अरे अमृत दाई । झण्डै पाँच मिनेट कुरा भयो तर त्यो पनि मेरा लागि हित चिताउने शब्दहरु थिए । थप आर्शिवचन शब्दहरु । उहाँ अहिलेलाई बाई भनेर गएपछि एकछिन ट्वीटर हेरेँ । मैले अझै बुझ्न सकेको छैन ट्वीटर फेसबुक भन्दा किन राम्रो छ अरुका अपड्ट्स हेरेँ तर आफूलाई त्यहाँ ब्यक्त गर्न मनलागेन । फेरी टिभीमा हानिएँ एउटा गे र उसका महिला साथीको ’boutमा फिल्म थियो । रमाईलो मानेर हेरेँ । खाटमा पल्टिँदा एकबजेको थियो । विहान चार बजे अर्लाम बज्दा मैले हिजो अस्ती जस्तो त्यसलाई बन्द गरेर फेरी ८÷९ बजेसम्म सुत्न सकिनँ । हिजोका ती सम्झनायोग्य कुराहरुले आफूलाई एकपटक आफ्नै ब्लगमा अभिब्यक्त हुन मन लाग्यो ।

Advertisements

2 thoughts on “असल मान्छेका असल कुरा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )