फुर्गेल्बो, लाजुंग र पाङ्डा डिक्की

पढ्नका लागि हरेक दिन चार घन्टा पैदल हिँड्ने शेर्पा दाजुबहिनी
DSC07427

उनीहरुको स्कुल पुग्न घरबाट दुई घन्टा पैदल हिँडनुपर्छ । चिप्लिङ सिन्धुपाल्चाकको एउटा पूरै डाँडाको फेरो मारेपछि मात्रै स्कुलको छानोदेखिन्छ । स्कुल प्रांगणमै पुग्न त त्यस्ता दुई डाँडा अझै पार गर्नुपर्छ । तर पनि सधैं स्कुल जान्छन् । कहिल्यै थाक्दैनन् ।

गाँउमा घरबाट आधा घन्टामै पैदल यात्रामा पुगिने स्कुल नभएको होइन । त्यहाँका सर धेरै विदामा बसेर स्कुल बन्द हुने भएकाले उनीहरुले दुई घन्टा टाढाकै स्कुल रोजे ।

ती हुन् सिन्धुपाल्चोकको चिप्लिङ हाइटमा बस्ने दाइ फुर्गेल्बो शेर्पा १३ र बहिनी लाजुंग ११ । घरमा पाँचजनाको परिवार छ । बा आमा उनीहरु दुई र कान्छी बहिनी पाङ्डा डिक्की शेर्पा ९ । कान्छी बहिनीबाहेक सबैले आ-आफ्नो काम बाँडिचुँडी गर्नुपर्छ । घरमूली बा मौसमअनुसार काम खोज्न काठमाडौं झर्छन् । आमा अन्न जोहो गर्न बचेका थोरै भिर पाखोमा मकै कोदो र आलु लगाउँछिन् । फुर्गेल्बो भान्छाको काम गर्छन् । बिदाको दिन भैंसी र गोरुका लागि घाँस काटेर ल्याउँछन् । घरका सानातिना काम पनि भ्याएकै हुन्छन् । स्कुल जान थालेपछि भने उनलाई धेरै पढ्नुपर्ने रहेन भन्ने लाग्यो रे । स्कुलमा उनले शेर्पा भाषाबाहेक नेपाली पनि सिके । पहिला आफ्नो भाषा मात्रै जान्दा बा आमा र छिमेकीको घरधन्दाका कुरा मात्रै सुन्थे । स्कुल गएर नेपाली भाषा बुझ्न र बोल्न जानेपछि सर-मिसले गर्ने ज्ञानगुनका कुरा पनि सुने ।
DSC07430
उनलाई सर-मिसको कुरा सुन्दा किताबको पाठमा भएका वीर नेपालीको कुरा पढ्दा नेपाल धेरै ठूलो रहेछजस्तो लाग्यो । ‘मैले त यो कुरा घरमा आमालाई पनि सुनाएँ,’ उनले भने ‘आफूले भन्न खोजेको आमाले नबुझेजस्तो लागेपछि शेर्पा भाषामा बहिनीलाइए पनि सुनाएँ । उसले पनि बुझिर्न । पढ्न नपाएकीले नबुझेकी हुन् भन्ने लाग्यो ।’

उनकी बहिनी लाजुंग पनि घरको काममा आमालाई सघाउँछिन् । सानी बहिनी पनि हेर्नुपर्छ । त्यसैले बहिनी नहुकिँदासम्म उनले स्कुलको मुखै देख्न पाइनन् । घर नजिकैको स्कुल जने इच्छा राखे पनि त्यहाँका शिक्षक बाली लगाउने बेला महिनैभरि बिदा लिएर बस्थे । पढाइ हुँदैजथ्यो । स्कुलभरिको शिक्षक त्यही एकजना । उनी स्कुल बसे स्कुलै बन्द हुँदो रहेछ । उनी अहिले पार्टी भाज्याङको स्कुलमा पढ्छिन् । त्यहाँ भने जाडो गर्मी दसैं तिहार र अन्य सार्वजनिक बिदाको दिनमात्र छुट्टी हुन्छ ।

अघिल्लो वर्ष फुर्गेल्बोले सोचे सानी बहिनी हुर्केपछि तीनैजना एउटै स्कुल जानुपर्छ । नियमित पढाइ भइरहने स्कुल चाहे त्यो घरभन्दा ठाढा किन नहोस् यति सोचेपछि बा काठमाडौंबाट पैसा कमाएर घर फर्केका बेला फुर्गेल्बोले सोधे ,’अब हामी तीनैजना दाजुबहिनी टाढाको स्कुल पढ्न जान्छौं’ सुरुमा त आमाबाले उनको कुरा बुझ्दै बुझेनन् । तर उनले आफ्नो हठ छोड्दै छोडेनन् ।

अहिले यी तीनैजना दाजुबहिनी दुई घन्टा टाढाको ‘श्री ठूलो थाकनी माध्यमिक विद्यालयु’ पार्टीभाज्याङमा भर्ना भएका छन् । फुर्गेल्बो ४ र दुई बहिनी कक्षा २ मा पढ्छन् । कान्छी बहिनी नहुर्किने बेलासम्म त्योभन्दा माथिल्लोले पढ्न नपाउने चलन उनीहरुको गाँउमा अझै छ ।
DSC07413
करिब ५०घर भएको यो गाँउबाट यति सानै उमेरमा टाढाको स्कुल जाने उनीहरु मात्रै हुन् । यो देखेर गाउँले छक्क मान्छन् । उनीहरुको घरदेखि पार्टीभाज्याङसम्म गोरेटो बाटोमात्र बनेको छ । बिहान १० बजे सुरु हुने स्कुल पुग्न उनीहरुलाई ढिलोमा आठ बजे हिँडिसक्नुपर्छ ।

स्कुल जान थालेपछि उनीहरुले धेरै नयाँनयाँ कुरा सिकेका छन् । दाँत स्वस्थ राख्न नियमित ब्रस गर्नुपर्छ भन्ने उनीहरुले सुकलमै जानेका हुन् । अहिले त्यसलाई व्यवहारमा पनि उतारेका छन् । बजारमा पाइने ब्रस घरमा नभएकाले उनीहरु निगाँलाको डाँठले दाँत माँज्छन् ।

उनीहरु तीनैजनालाई स्कुल जान एकदमै रमाइलो लाग्छ । फुर्गेल्बो बिहानै पकाइतुलाई गरेर स्कुल जान तयार हुन्छन् । दिउँसो खाजा खान भुटेको मकै पोल्टामा हाल्छन् । जेठी बहिनीको काम अझ धेरै छ । उनी आफू लुगा लगाइसकेपछि बहिनीलाई सफसुग्घर पारेर स्कुल जान थयार पार्छिन् । घरमा भात कमै पाक्ने हुँदा उनीहरु कोदो या मकैको ढिँडो खाएर समय हुँदै स्कुल निस्कन्छन् । ‘दस बजेको प्रार्थना नछुटोस् भन्ने लाग्छु फुर्गेल्बोले भने ।

बाटोमा हिँड्दा पनि फुर्गेल्बो बहिनीहरुलाई पढेका कुरा र सुनेका कथा सुनाउँछन् । एकदिन उनले ुकेटीले पनि पढेर धेरै काम गर्न सक्छन्,’ भन्ने सुनाएछन् । लाजुंगले उदाहरण मागिन् । फुर्गेल्बोले आफ्नो जस्तै थर भएकी पासाङ ल्हामु शेर्पाले हिमाल चढेको कुरा सुनाए । अहिले त जेठी बहिनीलाई पनि विस्तारै पढाइको रस बस्न थालिसक्यो । उनी नेपाली राम्ररी बुझ्न बोल्न र पढ्न सक्छिन् । ‘मैले विस्तारै पढाइ राम्रो गरेँ’ लाजुंगले हाँस्दै भनिन्,’अहिले त कक्षामा फस्ट भएकी छु ।’

मिस किरमाई तामाङ उनलाई कक्षामा असाध्यै माया गर्छिन् । पढ्न अल्छी गर्ने साथीको अगाडि ‘लाजुंगले झैं पढ्नुपर्छु’ भनेर मिसले सुनाउँदा उनलाई निकै रमाइलो लाग्छ रे । ‘लाजजस्तो खुसीजस्तो खै त्यस्तै के हुन्छ के हुन्छ,’उनले भनिन् ।

उनीहरुले राम्रो पढेको थाहा पाएर बाले कहिलेकाहीँ फुर्गेल्बोलाई क्याम्पससम्म पढ्नुपर्छ भनेका छन् । आफूले काठमाडौं आएका बेला काम गर्ने घरबेटीका छोरा विदेश पढ्न गएको सुनाउँदा बाले पढाइको महत्व बुझेछन्जस्तो लागेको छ फुर्गेल्बोलाई ।

एकदिन स्कुल जाँदा बाटामा उनीहरुले गोरो छाला भएका दुईजनालाई देखे । ुउनीहरुले त नमस्ते पनि फर्काएु लाजुंग हिँसिन्’’emलाई पनि नमस्ते गर्न आउँदो रहेछ । हामी हाँस्यौं मात्र । बोलिहाल्न डर लाग्यो ।’

स्कुलमा गएर लाजुंगले,’’em कस्ता मान्छे हुन्’ भनेर मिसलाई सोधिन् । मिसले ‘उनीहरु पर्यटक हुन् र तिनैले गर्दा नेपालले धेरै पैसा कमाउनसक्ने’ बताएपछि उनलाई पनि अंग्रेजी बोल्ने रहर लागेको छ रे ।

‘बिदेशि भनेको त मलाई अमेरिकाका मान्छेमात्र हुन् भन्ने लाग्थ्यो’ फुर्गेल्बोले सुनाए ‘तर अरु देशबाट आएकालाई पनि विदेशी भनिन्छ भन्ने मैले मिसबाट थाहा पाएँ ।’

उनीहरु ४ बजे स्कुल छुटेर सरासर हिँडे पनि घर पुग्दा ६ बजिसक्छ । घर पुगेपछि फेरी आ-आफ्नो भागको काम गर्छन् । दाइ भान्छाको काम सकेर सुत्नेबेला टुकि बत्तीमा हामवर्क गर्छन् । लाजुंग आफ्नो होमवर्क गरेर सानी बहिनीलाई पढाउन बस्छिन् । ‘घरमा बिजुलि छैन के गर्नु टुकी बालेरै भए पनि हामी होमवर्क गर्छौं,’ लाजुंगले भनिन् । विद्युत् नपुगेको उनीहरुको गाउँमा केही घरले सोलारबाट बत्ती बाल्ने गरेका छन् ।

उनीहरु स्कुल आउँदाजाँदा धेरैजसो पानी परिरहन्छ । जुका लाग्छ । चिप्लो बाटोमा जोगिएर हिँड्नुपर्छ । कतिपल्ट त बाटोमा चिप्लिएर लड्दा उनीहरुका किताबका गाता उक्केका छन् । भिजेका छन् । कहिलेकाहीँ त उनीहरुलाई राम्रो स्कुल घरनजिकै भए कति धेरै पढिन्थ्ायो भन्ने लाग्दोरहेछ । गर्मी महिनामा त ठिकै छ । जाडो महिनामा भने चाँडै अँध्यारो हुने हुँदा जंगलै जंगलको बाटो हिँड्न निकै डर लाछ । तर उनीहरुलाई ठूलो मान्छे बन्ने रहरले पनि टाढाकै स्कुल जानुपर्ने भएको छ ।

‘ठूलो भएर के गर्ने,’ जूनकीरीको प्रश्नमा लाजुंगले लजाउँदै भनिन् किरमाई मिस जस्तै बन्ने ।

फुर्गेल्बोलाई धेरै पढेर ठूलो भएपछि नौलो काम गर्न मन लागेको रहेछ । आफूले कहिलेकाहीँ भेट्ने विदेशी पर्यटकसंग मज्जाले अंग्रेजीमा कुरा गर्न मन छ रे । उनले भने ,’जति कक्षासम्म हुन्छ ’til पढिसक्दा जे काम पाइन्छ त्यही गर्ने ।’ उनले यही कुरा एकपटक स्कुलको कक्षाकोठामा सुनाउँदा सर मज्जाले हाँसेका थिए रे । सर किन हाँसे फुर्गेल्बोलाई अझै थाहा छैन ।

Advertisements

2 thoughts on “फुर्गेल्बो, लाजुंग र पाङ्डा डिक्की

  1. I am feeling so great and sad at the same time….reading the pathetic condition and also the undying hope that education will lead them to success….it nearly made me tearful….
    You have put feelings on this post…the post does not only give details…but also touches some part…in our heart…it touched mine…

    They are really in a pathetic condition…but still they have dreams…and hopes of better life….

    I wish them success…in life…

    Cheers !!!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )